top_rightads

Tuesday, October 28, 2014

पहिरोमा परी नौ ठहरै, डुङ्गा दुर्घटनामा आठको मृत्यु

 



चीनको युनान प्रान्तमा मङ्गलबार पहिरोमा परी नौ व्यक्तिको मृत्यु भएको छ ।
भारी बर्षापछि आएको सो पहिरोमा परी ती व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रान्तीय राजधानी कुन्मिङ्ग सहरको डोङ्गचुआन जिल्लाको सिआओसिन गाउँमा स्थानीय समयाअनुसार मङ्गलबार ११ बिहान सो पहिरो गएको बताइएको छ । पहिरो प्रभावित सो स्थानमा उद्धार कार्य जारी रहेको बताइएको छ ।

डुङ्गा दुर्घटानमा आठको मृत्यु
गुआङ्गजोउ (चीन), दक्षिणी बचीनशको गुआङ्गडोङ्ग प्रान्तको तटीय क्षेत्रमा मङ्गलबार भएको डुङ्गा दुर्घटनामा आठ व्यक्ति वेपत्ता भएको सामुद्रिक अधिकारीहरुले जानकारी दिएका छन् ।

सो डुङ्गामा सवार रहेका ११ जना चालक दलका सदस्यहरुलाई भने मङ्लगलबार अपरान्ह १ बजे उद्धार गरिएको र अन्य आठ जना बेपत्ता रहेका प्रान्तीय खोजी र उद्धार केन्द्रले जनाएको छ ।

सो केन्द्रका उप निर्देशक जुआङ्ग जेपिङ्गले बेपत्ताको खोजीकार्य जारी रहेको बताउनु भएको छ ।
यस अघि भएको एक अर्को कार्गो दुर्घटनामा १२ जना चालकदलका सदस्यलाई उद्धार गरिएको सामुद्रिक अधिकारीहरुले जनाएका छन् । रासस ÷सिन्ह्वा


nepaliheadlines.com

No comments:
Write comments