top_rightads

Wednesday, December 10, 2014

२५ वर्ष बाख्राको खोरमा थुनिएकी महिलाको उद्धार !

 

25 वर्षदेखि बाख्राको खोरमा थुनिएकी भरतपुर उपमहानगरपालिका–१८ मंगलपुरकी काशीमाया तामाङको बुधबार उद्धार गरीएको छ ।
उहाँलाई भरतपुर अस्पतालमा उपचारको व्यवस्था समेत मिलाइएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान चलिरहँदा मानसिक समस्या भएको भन्दै महिलालाई वर्षौदेखि खोरमा थुनिएको भन्ने समाचार आएपछि प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका व्यक्ति सञ्चारकर्मीसहितको टोलीले उद्धार गरेको हो ।bakhrakokhormaउद्धारमा सक्रिय राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमल्सिना, प्रमुख जिल्ला अधिकारी मानबहादुर विके, भरतपुर अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर महेन्द्रराज न्यौपानेसहितको टोलीले घरमा गएर महिलको उद्धार गरेको हो । बुधबार नै काशीमायालाई भरतपुर अस्पतालको मानसिक रोक उपचार कक्षमा राखर उपचार सुरु गरिएको छ । बिरामी काशीमायालाई निको नभएसम्मको लागि निःशुल्क उपचार, खान, बस्नको लागि व्यवस्था गर्ने डाक्टर महेन्द्रराज न्यौपानले बताउनुभयो । २५ वर्षसम्म खोरमा थुनिएर बस्दा समेत उहाँको चेतान शक्ति सुधारउन्मुख रहेकाले उपचार गर्दा निको हुने डाक्टर न्यौपानले बताउनुभयो ।
१६ वर्षमा विवाह भएर १७ वर्षको उमेरबाट मानसिक समस्या देखिएपछि काशीमायालाई परिवारका सदस्यले बाख्रा बाध्ने खोरमा थुन्नेका थिए । केही वर्ष भारतका विभिन्न शहर, नेपालको पाटन अस्पतालमा उपचार हुँदा केही सुधार भएपनि नियमित औषधी खुवाउन नसक्दा समस्या भएको बुबा फयसिंह तामाङले बताउनुभयो । फयसिंहले जेठाछोरोमा पनि मानसिक समस्या देखिएपछि उपचार गर्न कठिन भएको जानकारी दिनुभयो । बिरामी काशीमाया र उहाका भाइलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।स्रोत :उज्यालो अनलाइन 

No comments:
Write comments