top_rightads

Wednesday, December 10, 2014

योवर्ष पनि लगन नजुरेका नायिकाहरु..

 

खासमा यो महिनालाई बिहेको मौसमका रुपमा बुझिन्छ । मंसिर सकिनै लागेको छ । उमेर पुगेर पनि अविवाहित रहेका नायिकाहरुको च्यानाकुटी च्यानाकुटी झ्याइँ यसपालि देख्न नपाइने लगभग पक्का भएको छ ।

हुन त बिहे गर्न मंसिरै कुर्नुपर्छ भन्ने छैन । मन,परिस्थिती मिले जति नै उमेर घर्किए पनि जुनसुकै महिनामा पनि बिहे हुन्छ । आधा शताब्दी उमेर खाएपछि राजेश हमालले गत जेठमा बिहे गरे ।

बैशाखमा आर्यन सिग्देलले सपना भण्डारीको सिउँदो रंगाए । हमालकै उमेर हाराहारीमा मिथिला शर्माले गत असारमा पूर्वप्रहरी प्रमुख मोतीलाल बोहोराको सिन्दुरले सिउँदो रंगाइन् ।

अविवाहित हिरोइनहरु पनि अचेल अभिनेता हमाल र अभिनेत्री शर्माको उमेर बिहेको कुरा गरेर आफ्नो बिहेबारे पन्छन खोज्छन् ।

sushma-karki-two-piece



‘बिहे गर्न केको हतार ?’ नायिका नन्दिता केसी भन्छिन्,‘हमाल दाइ,मिथिला दिदीले त हतार गर्नुभएन । म त सानै छु ।’

नन्दिता बलिउड सुपरस्टार शाहरुख खानझैं बेहुलोको पर्खाइमा छिन् रे । ‘मेरो सपनाको राजकुमार शाहरुखजस्तो हुनुपर्छ’ नन्दिता भन्छिन्,‘तर मैले अहिलेसम्म मेरो सपनाको राजकुमार भेटेको छैन । त्यही भएर त बिहे नगरेकी ।’



नायिका सुष्मा कार्की पनि अविवाहित छिन् । पहिला लामो समय सुदर्शन थापाको प्रेममा रहेकी उनी ब्रेकअपपछि नरेन शाहीको प्रेममा परिन् । कुरा बिहेसम्म पुग्दा नपुग्दै नरेनसँग उनको ब्रेकअप भयो ।

हाल सिंगल रहेकी सुष्माले बिहेबारे सोचेकी छैनन् रे । ‘खै कहिले गर्छु बिहे,थाह छैन’,उनी भन्छिन्,‘लगन आएपछि आफैं हुन्छ । किन आत्तिनु ?’




अविवाहित नायिकामा पर्छिन् नीता ढुंगाना । तर उनले आफू र नवअभिनेता अमेश भण्डारी गहिरो प्रेममा रहेको सार्वजनिक गरिसकेकी छन् ।

बिहे भने अर्को वर्ष धुमधामसँग गर्ने रे । अनु शाह पनि अविवाहित छिन् । घरबाट बिहे गर्न दबाब आउने गरेको भए पनि आफूले खोजेकोजस्तो जीवनसाथी नभेटाएकाले सिंगल रहेको दाबी उनको छ ।

गरिमा पन्त भने बिहेभन्दा करिअरमा केन्द्रीत भएको बताउँछिन् । नेपालि हेडलाईन बाट साभार

No comments:
Write comments