top_rightads

Wednesday, December 10, 2014

यस्तो पनि ! ७६ वर्षकी पत्नि ४२ वर्षका पति (तस्विर सहित)

 

एजेन्सी ।
भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमलाई उमेर वा अन्य कुनै कुराले पनि रोक्न सक्दैन । समाजमा कहिले काँहि यस्ता उदाहरण देखिन्छन् जसले पुष्टी गर्छ कि प्रेम साँच्चिकै अन्धो हुन्छ ।
 डेली मेलमा प्रकाशित एक समाचार अनुसार चीनको लिआओनिङ प्रान्तमा एक जोडी यस्तो अनौठो छ कि पति र पत्निबीच ३२ वर्षको फरक छ । त्यसमा पनि पति पत्नि भन्दा ३२ वर्ष कान्छा छन् । आमा छोरा उमेरका जोडी ।

यो जोडी मध्ये पतिको उमेर ४२ वर्षको छ भने पत्निको उमेर ७६ वर्ष छ । यिनीहरुले विवाह गरेको १८ वर्ष भैसक्यो । १८ औं वर्षगाँठ धुमधामसँग मनाउने उनीहरुको तयारी छ ।

यी युवकले आफू ८ वर्षको हुँदा देखि नै आफ्नी आमाको उमेरकी यी महिलालाई प्रेम गर्थे । यी मा युकिन नामकी महिला त्यतिबेलाकी चर्चित कलाकार थिइन् । बच्चा देखि नै आफ्नै सेलिब्रेटी आमा उमेरकी यी महिला मन पर्ने यी युवकले समाजले के भन्ला भन्ने कुरा वास्ता नगरी विवाह गरे ।

ली नामका यी युवकले बच्चा देखि नै आफ्नी आमाको उमेरकी महिलालाई प्रेम गर्थे र अन्टी भन्थे । जवानीमा जति सुन्दर युवती नजिकिन खोजेपनि लीलाई मन परेन बरु तिनै अन्टीलाई विवाह गरे ।

लीका आमा बाबुले यो सम्बन्धलाई जति गरेपनि टुटाउन सकेनन् । छोराले यी बुढी महिललाई विवाह गरेपछि ली की आमाको मृत्यु नै भयो ।

No comments:
Write comments