top_rightads

Saturday, December 6, 2014

यी खानाहरु दैनिक खाएमा सजिलै निको हुन्छ उच्चरक्तचाप..

 

प्याज : भान्सामा सधैं हुने प्याजले रगत पातलो पार्छ र कोलेस्टेरोल घटाउँछ । प्याजले एस्प्रिन औषधिको काम पनि गर्दछ । प्रतिदिन ५० ग्राम काँचो प्याज खानाले उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुग्दछ ।

 भट्मास:  भट्मासले पनि कोलेस्टेरोलको स्तर कम गर्छ ।

तरबुजा : तरबुजाको सफा बाहिरी भाग, जसलाई प्रायः सधै फ्याँक्ने वा जनावरलाई खुवाइने गरिन्छ, त्यसबाट निस्कने रसले उच्च रक्तचाप कम गर्नुका साथै सारा शरीरमा शीतलता दिन्छ ।



 पुदिना :त्यस्तै पुदिनाको चिया धमनीका लागि राम्रो मानिन्छ र यो हृदयको धड्कन कम गर्न पनि लाभदायी छ ।

तुलसी : तुलसीले रक्तचाप कम गर्छ । ५ देखि १० वटासम्म तुलसीको पातको लेदो बनाएर दही या महीसँग बिहान सवेरै सेवन गर्नु पर्छ ।

गहुँको घाँस : गहुँको घाँसको रस रक्तचाप कम गर्न लाभदायक हुन्छ । प्रतिदिन १० देखि १५ ग्राम गहुँको घाँस यसका लागि पर्याप्त हुन्छ ।

नोट : उच्च रक्तचाप भएका व्यक्तिका लागि आहारामा पोटासियमयुक्त खाद्यपदार्थ प्रयोग गर्नु लाभदायी हुन्छ । पोटासियमले मुटुको काममा सकारात्मक असर पार्छ । यसका महत्वपूर्ण श्रोतहरु– गहुँ, खजुरी, आलु, बदाम, बन्दा, केरा तथा अन्य फलको रस, बीउ, खरबुजा आदि हुन् । क्याल्सियमले रक्तचाप घटाउन मद्दत पु¥याउँछ । क्याल्सियम दूध र दूधबाट बनेका चिज, हरियो पात भएका तरकारी,  रसदार फल, हरियो केराउ, बदाम, तिल र सूर्यमुखीको बीउबाट प्राप्त गर्न सकिन्छ ।

No comments:
Write comments