top_rightads

Wednesday, December 10, 2014

चलचित्र निर्माता नारायण खतिवडा मृत भेटिए

 

काठमाडौं । चलचित्र निर्माता नारायण खतिवडा मृत भेटिएका छन् । बुधबार दिउँसो करिब ४ बजेतिर उनी काठमाडौंको होटल हार्दिकमा मृत भेटिएका हुन् ।
होटल हार्दिकको कोठा नम्बर १०३ मा उनी मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । उनी मंगलबार दिउँसो नै होटलमा आएको स्रोतले जनाएको छ ।



बुधबार बिहानैबाट उनी बसेको कोठाको ढोका नखुलेपछि शंका लागेर हेर्दा उनी मृत भेटिएको होटलले जनाएको छ । चितवन घर भएका खतिवडाको तेस्रो फिल्म ‘मेरो मान्छे’ को छायांकन हालै सकिएको थियो ।
यसअघि उनले चलचित्र भेटी र लफडा निर्माण गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:
Write comments