top_rightads

Wednesday, December 10, 2014

५० रुपैयाँमा प्रहरीले इज्जत बेचेपछि…

 

सिन्धुपाल्चोक । सवारीसाधनको कागजपत्र चेक/जाँच गर्ने क्रममा अरनिको राजमार्गस्थित विभिन्न स्थानमा बसेका प्रहरीले कागजपत्रसँगै पकेट खर्च असुल्ने गरेको पाइएको छ ।
अरनिको राजमार्गको विभिन्न स्थानमा रवारीसाधनको कागजपत्र चेकजाँच खटिएका प्रहरीहरुले ५० देखि २ रुपैयासम्म पकेट खर्चके रुपमा असुल्ने गरेका हुन् ।
काभ्रेको साँगादेखि सिन्धुपाल्चोकको विभिन्न स्थानमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले सवारीसाधन चेक गर्ने गरेका छन् ।



सवारीको कागजपत्र माग्जे क्रममा सवारी चालकहरुलले कागजपत्रभित्रै पैसा हालेर दिने गरेका छन् ।
राजमार्गमा चेकिङमा खटिने प्रहरीले निजी सवारी साधनभन्दा सार्वजनिक र मालबाहक गाडीसँग पैसा असुल्ने गरेको चालकहरुले बताएका छन् ।
चालकले दिएको पैसा किन लिएको भन्ने प्रश्नमा प्रहरीहरु दाँत कोट्याउन झिकेको पैसा गोजीमा हालेको भन्दै पन्छिने गरेका छन् ।
चालकहरुले लफडामा पर्नुभन्दा पैसा दियो उनीहरुको पनि चुल्हो बल्ने हुनाले पैसा दिने गरेको उल्लेख गरे । आजको राजधानीमा समाचार छ ।

No comments:
Write comments