top_rightads

Wednesday, December 10, 2014

यस्ता छन् संसारका उत्कृष्ट ५ विमानस्थल ( तस्विर सहित )

 

हुन त विलाशी भन्दा हामीलाई होटल मनमा आउँछ । तर संसारमा कतिपय विमानस्थल नै यति उत्कृष्ट छन् कि कुनै पाँच तारे होटल भन्दा यहाँको सुविधा कम छैन । के तपाइँलाई थाहा छ यात्रुको सुविधा र ट्राफिकको हिसावले संसारकै सबै भन्दा उत्कृष्ट विमानस्थल कुन देशमा पर्छन् ? पछिल्लो पटक स्वीटजरल्याण्डको जेनेभामा आयोजित एक समारोहमा संसारका ५ उत्कृष्ट विमानस्थललाई पुरस्कृत गरियो । बेलायतको स्काइट्याक्स नामक संस्थाले वर्षेनी संसारभरिका विमानस्थलबाट उत्कृष्ट १०० विमानस्थलको सूची जारी गर्ने गर्छ । रमाइलो कुरा त यस वर्षा उत्कृष्ट विमानस्थलको सूचीमा शीर्ष ५ मा ३ वटा एसियाकै विमानस्थल छन् भने २ वटा चीनका मात्र छन् । 

यहाँ संसारका सबै भन्दा राम्रा र सुविधा सम्पन्न ५ विमानस्थलको चर्चा गरिएको छ ।
१ सिंगापुरः च्याङ्गी विमानस्थल
च्याङ्गी विमानस्थल सिंगापुरको सबै भन्दा ठूलो विमानस्थल हो । यो विमानस्थल नै कर्मचारीको ब्यवहार देखि सरसफाइ र यात्रुको सुविधाका हिसावले संसारको नम्बर १ विमानस्थल घोषित भएको छ । सन् २०१२ मा दोश्रो उत्कृष्ठ विमानस्थलकोरुपमा रहेको यो विमानस्थल २०१३ मा १ नम्बरमा आएको थियो । यो वर्ष पनि यही विमानस्थल संसारको सबै भन्दा राम्रो विमानस्थल ठहरिएको छ । संसारभरिका यात्रुले गरेको भोटिङका आधारमा यो उपाधि विमानस्थलले प्राप्त गरेको हो ।
top 5 airports in the world

२ दक्षिण कोरियाः इन्चोन विमानस्थल
दक्षिण कोरियाको इन्चोन विमानस्थल दुनियाँको सबै भन्दा उत्कृष्ट विमानस्थलमा नम्बर १ मा थियो । तर सन् २०१३ मा सिंगापुरको विमानस्थलले यसलाई पछाडी पार्‍यो । अहिले पनि यो विमानस्थल उत्कृष्टको सूचीमा दोश्रो नम्बरमा परेको छ ।

top 5 airports in the world 1

३ नेदल्याण्डस्ः शिफोल विमानस्थल
नेदल्याण्डस्को शिफोल विमानस्थल उत्कृष्ट विमानस्थलको सूचीमा तेश्रो स्थानमा छ । यो विमानस्थल युरोपको सबै भन्दा राम्रो विमानस्थल समेत मानिन्छ । दुनियाँका दर्जनौं विमानस्थललाई पछि पारेर यो विमानस्थल उत्कृष्टको तेश्रो स्थानमा कायम रहन सफल भएको हो ।
top 5 airports in the world 2


४ हङकङः हङकङ अन्तर्राष्ट्रिय विमानस्थल
हङ्कङको हङकङ अन्तर्राष्ट्रिय विमानस्थल दुनियाँका राम्रो विमास्थलको चौथो नम्बरमा छ । यो विमानस्थल संसारकै सबै भन्दा ब्यस्त विमानस्थल मध्ये एक हो । यहाँबाट संसारका हरेक कुनामा विमान पुग्छन् । यहाँको सर्भिस विश्वस्तरीय मानिन्छ ।
top 5 airports in the world 3


५ चीनः बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल
चीनको राजधानी बेइजिङमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल पनि संसारको सबै भन्दा राम्रो र सुविधाजनक विमानस्थलको टप फाइभमा छ । यो पनि संसारकै ब्यस्त मध्येको एक विमानस्थल मानिन्छ । यो विमानस्थल चीनको विकाश झल्काउने एक निशानी भएको समेत चर्चा हुने गरेको छ ।
top 5 airports in the world 4

कसरी गरिन्छ सर्वे ?
यस्तो अध्यनका लागि विमानस्थलबाट विमान चढ्ने यात्रुहरुलाई फारम भराउने गरिन्छ । यसमा ३० देखि ५ अंक सम्म दिने सुविधा हुन्छ । यही मतदानको आधारमा नै विमानस्थललाई छान्ने गरिन्छ । यस्तो मत सर्वेक्षणको उद्देश्य विमानस्थलको सेवाबाट यात्रुहरु कति सन्तुष्ट छन् भन्ने कुरा जाँचिन्छ ।


No comments:
Write comments