३० असोज, एजेन्सी । पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुशरर्फले भारत विरुद्ध डरलाग्दो अभिब्यक्ति दिएका छन् । भारतले इट्टाले हाने पाकिस्तानले ढुंगाले हान्नु पर्ने उनले बताएका छन् । उनले पाकिस्तानमा भारतविरुद्ध लड्नका लागि लडाकु तयार गर्दै जानु पर्ने समेत बताएका छन् । कश्मिरमा मानिसहरु भारतविरुद्ध रहेको र उनीहरुलाई भड्काउन मात्र पर्ने मुसरर्फको भनाइ छ । पाकिस्तानमा १ लाख मानिस भारतविरुद्ध लड्न तयार रहेको उनले बताएका छन् । यसलाई भारतले हल्का नलिए हुने चेतावनी समेत उनले दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्लिम र पाकिस्तान विरोधी नेता भएको समेत मुसरर्फले बताएका छन् । भारत र पाकिस्तानी सेनाबीच कश्मिरमा भएको लडाइँ दुखद भएको बताउँदै उनले भारती सेनाले पाकिस्तानी सेनासँगको रिशमा कश्मिरी जनतालाई दुख दिने गरेको आरोप समेत लगाएका छन् । भारत र पाकिस्तानबीच तनाव बढिरहेको समयमा पूर्व सैनिक शासक मुसरर्फको यस्तो भनाइ आएको हो । उनीविरुद्ध पाकिस्तानमा भ्रष्टाचारको मुद्धा चलिरहेको छ । - See more at: http://nepaliheadlines.com/2014-10-16-14-32-59.html#sthash.kz6kPT9P.dpuf
No comments:
Write comments