top_rightads

Friday, October 10, 2014

मृदुला भन्छिन - मैले कट्टु हैन, पाइन्ट लगाएको थिए हचुवाको भरमा मिडियाले

 

२५ असोज, काठमाडौ । प्रधानमन्त्री सुशील कोइराला अमेरिका भ्रमणमा रहेको बेला भएको कुटनीतिक भेटघाटको क्रममा प्रधानमन्त्रीकी जनसम्पर्क सल्लाहकार मृदुला कोइरालाले लगाएको पोशाकले निकै चर्चा पायो ।   प्रधानमन्त्रीको कुटनीतिक भेटघाटको क्रममा उनले मर्यादापालन गर्ने पोशाक नलगाएको र अमर्यादित ढंगले उभिएको तस्विर सार्वजनिक भएपछि तस्विर खिच्ने र उभिने प्रधानमन्त्रीका सल्लाहकारहरु मात्र होइन, प्रधानमन्त्रीको समेत आलोचना भयो । तस्विरमा प्रधानमन्त्रीको छेउमै अल्छिपाराले भित्तामा टाँसिएकी मृदुलाले कट्टु लगाए जस्तो देखिए पनि उनले आफूले कट्टु नभइ पाइन्ट लगाएको प्रष्ट्याएकी छन् ।   मृदुलाले mridula-kattuभन्छिन -‘मैले त्यतिबेला स्किन कलरको कट्रइज पाइन्ट लगाएको थिएँ । माथि कालो रङको तिघ्रासम्म आउने टिसर्ट र त्यसमाथि सेतो स्वीटर पनि लगाएको थिएँ । फोटोलाई जुम गरेर राम्रोसित हेर्नुभयो भने पाइन्ट प्रस्टै देखिन्छ ।’   मृदुलाको अमर्यादित उपस्थितीसहित प्रधानमन्त्रीको कुटनीतिक भेटघाटको तस्विर प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले खिचेका थिए । उनले खिचेको तस्विरकै कारण मृुदुला र प्रकाशको सम्बन्ध पनि चिसिएको छ । खिचेका प्रकाश अधिकारीले प्रधानमन्त्रीको र को तस्विरको कारण निकै चर्चा बनेको थियो ।   आजको नयाँ पत्रिका लेख्छ, प्रकाशले आफूले तस्विर खिचेको स्वीकार गर्दै अन्य सल्लाहकारको अवस्थाबारे आफूले ख्याल नगरेको बताएका छन् । मृदुलाको अपमान गर्ने ढंगले आफूले फोटो संम्प्रेषित नगरेकेा प्रकाशको भनाई छ । सोही तस्विरहरु विवादमा आएपछि मृदुलासँग आफ्नो सम्बन्धसमेत चिसिएको प्रकाशले गुनासो गरेका छन् । प्रधानमन्त्रीसँग बसेर फोटो खिचाएका अन्य ब्यक्तिहरुले पनि प्रधानमन्त्रीको सरलपनाको फाइदा उठाएको प्रकाशको भनाई छ ।

No comments:
Write comments