top_rightads

Showing posts with label जीवनशैली. Show all posts
Showing posts with label जीवनशैली. Show all posts

Wednesday, December 10, 2014

नगर्नुस् यी काम, कंगाल भइन्छ

शास्त्रमा जीवनमा आत्मअनुशासन सबैभन्दा महत्वपूर्ण रहेको भन्दै केही नियमको उल्लेख गरिएको छ । जसको पालना गर्नु अनिवार्य मानिन्छ । ब्रह्मवैवर्त पुराणमा यस्ता कुराको उल्लेख गरिएको छ जुन गर्नु हुँदैन । यस्ता काम गर्दा करोडपति पनि कङ्गाल हुने शास्त्रमा उल्लेख छ ।

यी तिथिमा भुलेर पनि नगर्नु मालिस र यौन कार्य
हिन्दु पाञ्चाङ्ग अनुसार कुनै पनि महिनाको औंशी, पूर्णिमा, चतुर्दशी र अष्टमी तिथिमा तेल मालिश र मांसाहार गर्नु हुँदैन । यी तिथिमा यौन कार्य गर्नु पनि अशुभ मानिन्छ । अझ परपुरुष वा परस्त्रीसँग त भुलेर पनि संगत गर्नु हुँदैन ।
never to do 12 things 4

जमिनमा राख्नै नहुने कुरा
शास्त्रमा बत्ति, शिवलिङ्ग, शालिग्राम, मणि, देवी-देवताका मुर्ति, जनै, सुन र शंख कहिले पनि भुइँमा राख्न नहुने उल्लेख छ । यिनलाई भुइँमा राख्नै परेपनि कपडा बिच्छ्यार राख्नु पर्छ ।


पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित
शास्त्रमा दिउसोमा पनि पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित छ । यी समयमा यौन क्रिडामा लिप्त हुँदा अनेक प्रकारका रोग लाग्ने र अशुभ हुने उल्लेख छ ।
never to do 12 things 2
सूर्य र चन्द्रमा अस्ताउँदा हेर्नु हुँदैन 

सूर्य र चन्द्रमा अस्ताको समयमा हेर्न त्यस दिशामा हेर्न नहुने शास्त्रमा उल्लेख छ । यस्तो समय अशुभ मानिन्छ । यस्तो दृष्य हेर्दा आँखामा समेत समस्या आउन सक्छ ।


यिनीहरुलाई कहिल्यै तल नपार्नुस्
आफ्ना बाबु, आमा, पुत्र, पुत्री, पत्नि, पति, गुरु, अनाथ स्त्री, बहिनी, भाई, देवी-देवता र ज्ञानी ब्यक्तिलाई अनादर गर्नु अशुभ मानिन्छ । यी ब्यक्तिको अनादर गर्दा अशुभ हुने र धननाश एवं दरिद्र्ता बढ्ने उल्लेख छ ।

never to do 12 things 3
घरमा प्रवेश गर्दा सँधै ख्याल गर्नुस्
जव बाहिरबाट घर आइन्छ त्यतिबेला सिधै भित्र प्रवेश गर्नु अशुभ मानिन्छ । जहिले पनि बाहिर बाट आइसकेपछि बाहिर खुट्टा सफा गरेर मात्र घर भित्र प्रवेश गर्नु पर्छ ।
nepaliheadlines.com

पुरुषको मुखबाट महिलाले सुन्न चाहने १० चिज

अधिकाँश पुरुषहरु महिलाई के मन पर्छ भन्ने आफूले बुझ्न नसकेको गुनासो गर्छन् । यहाँ केही त्यसता कुराको चर्चा गरिएको छ जुन कुरा सुन्न महिलाहरु लालायित हुन्छन् तर पुरुषहरु भने भन्न हिच्किचाउँछन् ।
यदि कुनै महिलाई आकर्षित गर्न वा खुसी राख्न राहनु हुन्छ भने धेरै केही गर्नु पर्दैन सामान्य बोलीचालीमा उनीहरुलाई मन पर्ने कुरा गरिदिए पुग्छ ।
तपाइँलाई अचम्म लाग्न सक्छ तर यो सत्य कुरा हो ।
यदि तपाइँ आफ्नो सम्बन्धमा प्रतिबद्ध हुनुहुन्छ र सम्बन्ध टुट्लाकी भनेर चिन्तित हुनुहुन्छ भने यि महिलालाई मन पर्ने केही कुरा ध्यानमा राख्नुस् ।



सुन्दरताको बयानः
पुरुषले जहिले पनि महिलालाई मन पर्ने तीन कुरा मनमा राखि रहनु  पर्छ । सबै महिलालाई मन पर्ने खाना, दराजमा नयाँ नयाँ कपडा र पुरुषहरुले आफ्नो सुन्दरताको बयान गरेको मन पर्छ । महिलाई तिमी राम्री छौ भन्दिँदा जित खुसी अरु केही गर्दा नि लाग्दैन । कुनै पुरुषले तिमीलाई यो कपडा राम्रो देखिएको छ भन्यो भने मख्ख पर्छन् । ३० वर्षकी महिला पनि यो उमेरमा पनि कस्तो सेक्सी देखिएको भन्दा फुरुक्क पर्ने  हुन्छन् ।
'तिमी मेरो पहिलो प्रेम हो'
महिलालाई तिमी मेरो पहिलो प्रेम हो भन्यो भने मख्ख पर्छन् किन भने उनीहरुलाई यो एक मात्र महिलालाई प्यार गर्ने पुरुष हो भन्ने पर्छ ।
सँगै सुत्दा प्रशंसा गर्नुस्
जुन सुकै महिला पनि आफ्नो प्रशंसा सुन्न लालायित हुन्छन् । खासगरी सँगै सुतिरहेको समयमा प्रशंसा गरेको महिलालाई खास मन पर्छ । यसो गर्दा तपाइँ सेक्स जीवनमा सन्तुष्ट हुनुहुन्छ भन्ने प्रभाव पर्छ र महिला खुसी हुन्छन् ।
'तिमी असल आमा बन्न सक्छौ'
कुनै पनि महिला आमा बन्न लालियत हुन्छन् । त्यसकारण उनीहरुलाई तिमी असल आमा बन्न सक्छौ भनिदियो भने अति खुसी हुन्छन् । महिलाहरुमा बच्चा सम्हाल्न सक्छु कि सक्दिन भन्ने पिर मनमा हुने हुँदा पनि यसो भन्न जरुरी हुन्छ ।
भावुकताको कदर गर्नुस्
सबैजसो महिलाहरु भावुक हुन्छन् । तिमी मेरो जीवन साथी बन भनेर भन्दा महिलाहरु पग्लिन्छन् । त्यति भनेकै भरमा तपाइँले उनीहरुको मनमा राज गर्न सक्नु हुन्छ ।
हरेक कुरामा सल्लाह लिनुस्
महिलाहरु साना सान कुरामा पनि उनीहरुसँग सल्लाह लिएको मन पराउँछन् । तपाइँले मोबाइल किन्दा होस् या गाडी किन्दा महिलासँग तिमीलाई कुन मन पर्छ भनेर सोध्नु भो भने उनीहरु खुसी हुन्छन् । यसले उनीहरुलाई सम्मानित पनि अनुभव गराउँछ ।
'तिमी मेरी सबैभन्दा नजिकको साथी हो'
कुनै पनि स्त्री आफूलाई कुनै पुरुषले साथी भनेको सुन्न लालायित   हुन्छे । उनीहरुलाई केवल सुन्दरता र शरीरको बर्णनले मात्र पुग्दैन उनीहरुलाई साथी बनाएको बढी मन पर्छ ।
महत्व बुझाउनुस्
स्त्रीहरुलाई पुरुषले महत्व दिएको मन पर्छ । तिमी मेरो जिन्दगी हो भनेमा उनीहरु मख्ख पर्छन् । तिमी मेरो जीवनमा कति महत्वपूर्ण छौ भन्ने कुरा सँधै बुझाउनुस् ताकि उनीहरुलाई आफ्नो गहनता महसुस हुन्छ ।
आई लभ यू
आई लभ यू अर्थात म तिमीलाई प्रेम गर्छु भन्ने केवल तिन शब्दले महिलाको मन सहजै जित्नै सकिन्छ । महिलाहरु आई लभ यू भनेको सुन्न लालियत हुन्छ । यद्यपी यस्को प्रयोग भने सही समयमा गर्नु  पर्छ ।

Tuesday, December 9, 2014

नरिवलका १० फाइदाहरु जानिराखौं


नरिवल प्राचिन काल देखि नै औषधिको  रुपमा लिदैं आइएको चिज हो । मिसावट नभएको नरिवलको तेल घाउ, खटिरा, एलर्जी भएको ठाउँमा लगाउँदा यसले निको हुन मद्धत गर्दछ । आर्युदवेद औषधि बनाउँदा पनि नरिवलको तेल प्रयोग गरिएको हुन्छ । सुन्नीएको ठाउँमा नरिवलको तेल लगाउँदा सुन्नीन कम हुँदै जान्छ । हाम्रो शरीरलाई पानि भरिएको नरिवलले बढि फाइदा गर्दछ ।



नरिवलको तेलसँगै नरिवलका केही फाइदाहरु यस प्रकारका रहेका छन् ।


१.कोलइस्ट्रोल कम गर्न मदक्त गर्दछ ।

२.पाचनिक्रयामा मदक्त गर्दछ ।

३.चाउरीपना हटाउन मदक्त गर्छ ।

४.हरमोनलाई नियमित िक्रयामा राख्दछ ।

५.वजन घटाउन मदक्त गर्दछ ।

६.मेटावोलिजम बढाउँछ ।

७.संक्रमण हुन बाट जोगाउँछ ।

८.विर्सने बानी हटाउँछ ।

९.शरीरमा गुलकोजको मात्रा बढाउँछ ।

१०.छालालाई ड्राइ हुन दिदैन, मुलायम बनाइराख्छ ।

दश मिनटको योगाले यसरी चम्काउँछ तपाइको मुहार

यदि तपाईं मानसिक तनाव महशुस गर्नु हुन्छ या तपाइंलाई हताशा चिन्ता आदि समस्या हरु सधै सताउने गर्छन भने, हरदिन यो आसन गर्नुहोस, तपाइंको जीवन र जीवनको दृष्टिकोण बदलिनेछ । योगासनले मनलाई शान्ति प्रदान गर्नुका साथै स्वास्थ्यको लागि पनि लाभदायक मानिएको छ । योग बाट आँखाको रोशनी बढ्नुको साथै मुहारमा चमक आउनेछ । आज हामी सर्वांगासनको चर्चा गर्दैछौं, यसले विशेष गरि तपाइंको आँखा र मुहारमा कान्ति ल्याई व्यक्तित्व विकास गर्न मदत गर्नेछ ।



सर्वांगासनको विधि
सुबिधाजनक स्थानमा पातलो तन्ना ओच्छ्याएर सर्वप्रथम सवासन (उत्तानो परेर सुतेको अवस्था)मा रहनुस । अब दुवै हात तिघ्रामुनि जमिनमा राख्नुस ।गहिरो स्वास लिनुहोस् । बिस्तारै घुंडा खुम्च्याउदै दुवै खुट्टालाइ सम्भव भए सम्म ३० डिग्री, ६०डिग्री हुदै ९०डिग्री माथि उठाउनुस र पिठिउलाइ पनि हल्का उठाउनुहोस । त्यसपछि दुवै हातलाई कम्मरमा राखेर शरीरको उठेको भागलाई सहारा दिनुहोस । खुट्टा सिधा माथि उठी सके पछी एकछिन सोही अवस्थामा राख्नुस, यो समयमा स्वासप्रस्वास लाइ स्वाभाविक हुन दिनुस । आँखालाइ बन्द गर्नुस वा खुट्टाको औंलामा केन्द्रित गर्नुस । त्यसपछि बिस्तारै पहिले जसरी उठाउनु भएको थियो त्यसै गरि पहिले पिठिउ र त्यसपछि दुवै हात हटाएर खुट्टालाई सिधा जमिनमा शुरुको पोजिसनमा राख्नुस । जति पटक सर्वान्गासन गर्नु हुन्छ उति नै पटक सवासनमा बिश्राम गर्नुस ।
सावधानी - कुहिनोले भुँईमा टेकेको हुनुपर्छ र दुवै खुट्टा एकनास सिधा मिलेको हुनुपर्छ । जसलाई गर्धन या ढाडको समस्या छ उनीहरुले यो आसन गर्नु हुदैन ।
लाभ : थायराइड एवं पिच्युटरी ग्लैंड मुख्य रुपमा क्रियाशील हुने हुँदा यो कदवृद्धिमा लाभदायक हुन्छ। दम, मोटोपना, दुर्बलता र थकानादि विकार दूर हुनुका साथै यसले मुहार तथा आँखामा रक्त संचार केन्द्रित गराई चमक ल्याउछ । स्त्रीहरु स्वास्थ्यमा यसले विशेष लाभ दिन्छ, मासिक धर्म संग सम्बन्धित बिमारीमा पनि राहत मिल्छ । समयपूर्व कपाल फुल्ने, अनुहारमा चायाँ पर्ने तथा क्रोध र चिड चिडापन जस्ता मानसिक विकारमा लाभदायक हुन्छ । यसको पूरक आसन मत्स्यासन हो अतः शवासनमा विश्राम गर्नुपूर्व मत्स्यासन गर्नु भए अरु लाभ प्राप्त हुन्छ ।

जाडो महिनामा यसरी गरौँ स्वास्थको हेरचाह

जाडो महिनाले धेरैजसो मानिसमा एक प्रकारको त्रास उत्पन्न गराउँछ। यो खाँदा चिसो लाग्छ त्यो खाँदा ज्वरो आउँछ जस्ता कुराले पनि कतिपयलाई त्रसित बनाइरहेको हुन्छ। त्यसकारण कतिपय अवस्थामा त के गर्ने भन्ने अन्योल नै उत्पन्न हुन्छ। जाडो महिनामा केही कुरामा ध्यान दिने हो भने अप्ठ्यारो परिस्थितिबाट बच्न सकिन्छ। बाहिर निस्कनुअघि कान छोप्नुपर्छ स्वास्थ्यको हिसाबले पनि कान छोप्नु आवश्यक छ। हाम्रो काँधभन्दा माथिल्लो भागको रक्त संचारको गति तुलनात्मक रूपमा तीव्र हुन्छ। 


टाउकोमा हिट रेडियट हुन्छ। त्यसैले घर बाहिर निस्कनुभन्दा पहिले टाउको छोप्नुपर्छ। यसले गर्दा तातोपन बाहिर निस्कन पाउँदैन भने बाहिरी चिसो पनि टाउकोमा पुग्न पाउँदैन। राम्रोसँग छोपेपछि कानको माध्यमबाट चिसो हावा नाक, घाँटी तथा मस्तिष्कसम्म पुगेर नोक्सान पुर्‍याउन पाउँदैन। हाइपरटेन्सन, डिप्रेसन र हाई ब्लडप्रेसरको समस्या चिसो मौसममा हाम्रो अन्तस्रावी ग्रन्थिबाट यस्तो हार्मोन निस्कन्छ जसले शरीरको तनाव स्तर र ब्लडप्रेसर बढाउँछ। त्यसैले जाडो मौसमको खानपानमा नुन र घिउ कम प्रयोग गर्नुपर्छ। एक्लै बस्नुको साटो बढी समय समूहमा बिताउनुपर्छ। यसले गर्दा डिप्रेसन तथा हाइपरटेन्सनजस्ता समस्याबाट बच्न सहयोग पुग्छ। हाई ब्लडप्रेसरका रोगीले नियमित रूपमा औषधि प्रयोग गर्नुपर्छ। 




अर्थराइटिसको पीडा चिसोले शरीरका मांसपेशीहरू कडा हुन्छन्। फलस्वरूप हातखुट्टामा पीडा हुन्छ। अर्थराइटिसका रोगीलाई यो समयमा बढी अप्ठ्यारो हुन्छ । उनीहरूले बिहान तथा राति घरबाट बाहिर निस्कँदा मोजा तथा पन्जा लगाउनुपर्छ । नुहाउँदा सधैं तातोपानी प्रयोग गर्नुपर्छ। राति सुत्नुभन्दा पहिले मनतातो पानीमा खुट्टा डुबाउनुपर्छ। दिनहुँ केही समय घाममा बस्नुपर्छ। यसले शरीरमा भिटामिन डी उपलब्ध गराउँछ। दमका रोगीका लागि जाडोको सुरुवात तथा अन्त्यमा दमको समस्या बढी देखिन्छ किनभने यो मौसममा फूलको यस्तो परागकण हावामा उड्छ जसले गर्दा दमका रोगीहरूमा एलर्जी बढ्छ। 


त्यसका अतिरिक्त जाडोमा पूरै वातावरण धूलोका कण तथा गाडीको धूवाँले प्रदूषित हुन्छ जसलाई स्लग भनिन्छ। यस्तो वातावरण दमका रोगीका लागि नोक्सानदायक हुन्छ। अतः यो मौसममा घरभित्रको कार्पेट र पर्दाको सफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ। दमका रोगीले राती घरका सबै भmयाल-ढोका बन्द गर्नु हुँदैन। घरबाट बाहिर निस्कदा इन्हेलर साथमा राख्नुपर्छ। रुम हिटर धेरै समय चलाउनु हुँदैन हिटर तथा ब्लोहरले वातावरणमा रहेको अक्सिजन तथा चिसोपन सोस्ने हुँदा कोठामा सास लिन गार्‍हो हुन्छ। यस्तो स्थितिमा खोकी लाग्छ र टाउको दुख्ने समस्या उत्पन्न हुन्छ। त्यसैले कोठामा लगातार रुम हिटर चलाउनु हुँदैन। 


हिटर तथा ब्लोअर चलाउँदा भाँडामा पानी भरेर राख्नुपर्छ। यसले वातावरणको नरमपन कम हुन दिँदैन । रुघाखोकीबाट बच्न यो मौसममा कतिपय मानिस रुघाखोकीको समस्या नआओस् भनेर फल खाँदैनन्। फल खाएर कहिल्यै घाँटी खराब हुँदैन। जाडो मौसममा सुन्तला, जुनार, अमलाजस्ता मौसमी फल प्रयोग गर्नुपर्छ जसमा पर्याप्त मात्रमा भिटामिन सी हुन्छ । यो मौसममा सुन्तला र अमला नियमित प्रयोग गर्दा रुघाको समस्या हुँदैन ।  सुप पिउँदा रुघा हट्छ भन्ने कुरा पूर्णरूपमा सही होइन । रुघा कम गर्न सुप सहयोगी हुँदैन । यसका लागि औषधि सेवन गर्नुपर्छ । चिसो मौसम छ भने तातो सुप पिउँदा तातोपनले रुघाग्रस्त व्यक्तिलाई केही राहत प्रदान गर्छ । चिसोका कारण पानी कम पिउनेहरूका लागि भने सुप राम्रो विकल्प हो । 


शरीर तात्नेे वस्तु खानुपर्छ प्रकृतिको व्यवस्था यति दुरुस्त छ कि हरेक मौसममा शरीरको आवश्यकताअनुरूप फलफुल प्राप्त हुन्छ । जाडो मौसममा जाडोको बचाउका लागि हिट प्रोटेक्सन आवश्यक छ । त्यसैले यो मौसममा बदाम, तिल, मेथी, गुड, जुनेलो आदि शरीरलाई ताप दिने वस्तुहरू खानुपर्छ । यस्ता वस्तुले शरीरमा पर्याप्त ऊर्जा दिन्छन् । जाडो मौसममा भोक लाग्छ यो मौसममा चिसोबाट बच्न शरीरमा बढी ऊर्जा बन्छ । त्यसैले मानिसलाई अतिरिक्त क्यालोरीको आवश्यकता पर्छ । यो मौसममा स्वाभाविक रूपमा हाम्रो शरीरको बेसिक मेटाबोलिक रेट बढ्छ । त्यसैले यो मौसममा हामी जे खान्छौं त्यो सजिलै पच्छ । खानाप्रति हाम्रो रुचि बढ्छ। जाडोमा फल तथा तरकारी चाँडै पच्छ । भोजनप्रति हाम्रो रुचि बढ्छ। यो मौसममा पौष्टिक गुणले भरिपूर्ण अनेकौं प्रकारका फल तथा तरकारी उपलब्ध हुन्छन् । यतिबेला स्वादको विविधताको आनन्द उठाउन सकिन्छ । यो मौसममा घिउ, तेल, मख्खन, चिनी जस्ता बढी क्यालोरी भएका वस्तुको सेवनमा सन्तुलन ल्याउनुपर्छ । हरिया तरकारी तथा फलफूलले रोगप्रतिरोधक प्रणाली बलियो बनाउँछन् ।

यसरि थाहा हुन्छ श्रीमतीले धोका दिएको

तपाईं आफ्नी श्रीमतीलाई कत्तिको विश्वास गर्नुहुन्छ ? श्रीमतीबाट नजिकै बस्नुहुन्छ या टाढा ? तपाईंले आफ्नी श्रीमतीको विभिन्न क्रियाकलापबाट उसले धोका दिएको या नदिएको थाहा पाउन सक्नुहुन्छ ।
सबैभन्दा पहिलो हो


फोन कल:

तपाईंको श्रीमती फोनमा कत्तिको झुन्डिन्छिन् ? तपाईँको अगाडि फोन आउँदा उनको हाउभाउमा कुनै परिवर्तन आउँछ कि आउँदैन ? बारम्बर फोन आइरहने फोन, स्वरको परिवर्तन, मेसेज गर्ने प्रवृत्तिहरुले पनि तपाईंले श्रीमतीले दिइरहेको छ या छैन भनेर थाहा पाउन सक्नुहुन्छ । फोन आएको बेला आवाज कम गर्ने, अकस्मात् बोल्ने शैलीमा परिवर्तन गर्छिन भने सम्झिनुस, उनको नियत ठीक छैन । थाहै नपाई तपाईमाथि धोका भइरहेको हुन सक्छ ।


केटी साथीहरुसँग घुलमिल:   

उनका केटी साथी कति छन् ? केटी साथीसँग पहिलेको भन्दा बढी समय बिताउँछिन कि बिताउन्नन ? कतै केटी साथीलाई भेटन जाने भनेर अरु कसैलाई भेट्न त गएकी छैनन् ? केही समयअघिसम्म बेलुकी अरुसँग समय नबिताउने तपाईंको श्रीमती एकाएक धेरैजसो समय बाहिर नै बिताउने गर्न थाल्छिन् भने तपाईंमाथि धोका भइरहेको हुनसक्छ । तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ ।


नुहाउने र जीम:

विगतमा दिउँसो नुहाउने काम नगर्ने तपाईंकी श्रीमती घर फर्कने बेला नुहाएर आएको जस्तो देखिन्छिन् ? के उनी पहिलाको भन्दा जीममा बढी धाउने गर्दछिन् ? सम्झिनुस् त्यहाँ पनि तपाईंलाई गुमराहमा राखिएको हुनसक्छ ।


श्रीमतीको बास्ना

श्रीमतीले पहिले र अहिलेमा कत्तिको बास्नादार हुने गर्छिन ? उनीबाट महिलाको भन्दा पुरुषको बास्ना बढी आइरहेको छ ? उनको यो नयाँ बास्ना महिलाको भन्दा पुरुषको बढि हो कि, अथवा त्यस्तै खालको बास्ना आफ्नो कुनै साथीको हो कि त्यो याद राख्नुहोस् ।


आँखा जुधाई

पहिला आँखा जुधाएर कुरा गर्ने तपाईंकी श्रीमती अहिले प्रश्नहरु सोध्दा एकाएक यसो गर्न बन्द गरेकी छिन् भने होसियार हुनुहोस् ।


यौन विचलन

कतै तपाईंको श्रीमतीले तपाईंलाई झारा टार्ने गरी सेक्समा साथ मात्रै त दिएकी छैनन् ? के उनको सेक्स प्रतिको रुची पहिलाको भन्दा कम छ ? के उनले तपाईंले कहिले नगर्नुभएको तरिकाहरु अपनाउन अनुरोध गर्छिन् अथवा के उनले तपाईंलाई सेक्सका नयाँ तरिकाहरुको बारेमा सिकाउने गर्दछिन् ? त्यसो भए उनीमा शंका गर्ने आधारहरु धेरै हुन्छन् । अर्थात तपाईंमाथि श्रीमतीले धोका दिइरहेकी हुन सक्छिन् ।

कुनै धर्ममा किन वर्जित छ लसुन, प्याज र मदिराको सेवन ? थाहा पाउनुहोस्

सत्य, रजस र तमस, मायाका यी तीन गुण हरेक मानिसहरुको दिमागमा भिन्न–भिन्न तहमा हुने गर्दछ । सत्य त्यो गुण हो जुन धैर्य, संयमता, पवित्रता र मानसिक शान्तिलाई दर्शाउने गर्दछ । कामुकता र धनको लोभजस्ता गुणहरु रजस गुणमा पर्दछन् ।

सारा नराम्रा पक्षहरु तमसअन्तर्गत पर्ने गर्दछ जस्तै क्रोध, घमण्ड र विनाशकारी सोच आदि । भगवान प्रति ध्यान लगाउनका लागि रजस र तमस गुणहरुको मात्रामा कमी हुन आवश्यक छ । थुप्रै खाद्य र पेय पदार्थले मानिसहरुको मानसिक अवस्थालाई प्रभावित गर्ने हुँदा यसले सत्व, रजस र तमसजस्ता गुणहरुको मात्रामा पनि प्रभाव पार्ने गर्दछ ।



उदाहरणका लागि रक्सी पिउनाले मानिसहरुको सहन सक्ने क्षमतालाई कमी गर्दछ र वासनाजस्ता राजसिक गुणलाई बढाउने गर्दछ । यस्तै प्रकारले प्याज, लसुन, हिंगजस्ता खाद्य पदार्थ रिसजस्ता तामसिक गुणलाई बढाउन मद्दत गर्दछ ।

भगवानको सच्चा भक्तले यस्ता कुनै पनि कुराहरुको सेवन गर्नुहुँदैन जसले राजसिक र तामसिक गुणहरुलाई बढाउने गर्दछ किनभने यसले भगवानको पुजामा बाधा उत्पन्न गर्ने विश्वास लिइएको छ ।

जब राजसिक र तामसिक गुणहरुको वृद्धि हुन्छ तब मानिसको दिमाग शान्त हुँदैन त्यसकारण यस्तो अवस्थामा भगवानको भक्तिमा लिन हुन सकिँदैन । जब सत्व गुणको वृद्धि हुन्छ तब उक्त व्यक्ति मनदेखि इमानदारीका साथ भगवानको पुजा अर्चना गर्ने गर्दछ । (एजेन्सी)

यस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिला

तपाईंमध्ये कोही पुरुष हुनुहुन्छ भने यहाँ उल्लेखित पुरुषहरुको गुणलाई याद गर्नुहोस् । यस्ता पुरुषहरुको पछाडि महिलाहरु निकै पछि लाग्ने गर्दछन् ।
१. बुद्धिमान्ः
प्रायः महिलाहरु बुद्धिमान् पुरुषहरुप्रति निकै आकर्षित हुने गर्दछन् किनभने यस्ता मानिसहरुसँग सबै प्रश्नहरुको उत्तर हुने गरेको महिलाहरु विश्वास गर्छन् । यस्ता पुरुषहरुबाट सकारात्मक टिप्पणीहरु पाउने भएका कारण पनि महिलाहरु यस्ता पुरुषहरुलाई मन पराउने गर्दछन् । यसका साथसाथै बुद्धिमान् पुरुषहरु आफ्नो सम्बन्धलाई टिकाइराख्न बुद्धिमताले निकै ठूलो भूमिका खेल्ने कुरा थाहा भएको हुन्छ र उनीहरु आफ्नो यहि गुणले महिलाको मन जित्ने गर्दछन् ।



२. निकै आत्मविश्वासीः
जो पुरुषहरु आत्मविश्वासी हुन्छन्, उनीहरु थुप्रै मानिसहरुबिच आफ्नो भिन्न छाप छोड्न सफल हुने गर्दछन् । सम्बन्धमा भइसकेपछि उनीहरु अर्को पुरुषमाथि रिस गर्दैनन् र आफ्नी प्रेमिका अथाव श्रीमतीमाथि कहिले पनि शंका गर्दैनन् । उनीहरु सदैव सकारात्मक सोच राख्ने गर्दछन् ।
३. कलात्मक व्यक्तिः
कलात्मक व्यक्ति निकै सजिला हुने गर्दछन् र आफ्नो पल पल समय निकै खुसीसाथ व्यतित गर्ने गर्दछन् । यस्ता पुरुषहरु धेरैजसो आफ्नी महिलालाई खुसी राख्नका लागि कलात्मक ढङ्गले प्रस्तुत हुने गर्दछन् र उनलाई नै आफ्नो कलाको श्रोत मान्ने गर्दछन् । महिलाहरु यस्तो कलात्मक दिमागलाई सम्मान गर्ने गर्दछन् र उनीहरुसँग निकै सहज हुने गर्दछन् ।
४. विदेशी तत्वः
जो व्यक्तिहरु बाहिरी संसारसँग आबद्ध छन् र उनीहरुको भाषा वा शैली भिन्न हुन्छ त्यस्ता पुरुषहरुमाथि महिला आकर्षित हुने गर्दछन् । यस्ता व्यक्तिहरुको व्यवहार निकै भिन्न हुने गर्दछ र उनीहरु निकै हँसिला पनि हुन्छन् ।
५. विचारशील पुरुषः
जो आफ्नी महिलाको लागि कारको ढोका खोल्छन्, उनीहरुका लागि कुर्सीलाई अगाडि सारिदिन्छन् र अफर गर्छन् । जो उनीसँग बाहिर गएको बेलामा बिल पहिला नै चुक्ता गर्छन् र सबै कामका लागि महिलालाई पहिले नै अफर गर्छन्, यस्ता पुरुषहरु विचारशील श्रेणीमा पर्ने गर्दछन् । यस्ता पुरुषहरुको महिलाहरु निकै प्रशंसा गर्ने गर्दछन् ।
६. रोमान्टिक पुरुषः
रोमान्टिक पुरुषहरु क्लासिक रोमान्समा बढि विश्वास गर्ने गर्दछन् र उनीहरु महिलाको लागि चक्लेट ल्याउने गर्दछन्, उनलाई फूल दिने गर्दछन्, उनीसँग क्यान्डल लाइट डिनर गर्न मन पराउँछन् । उनीहरु प्रत्येक दिन महिलालाई दिनमा कति पटक सम्झेको र उनको कस्ता कस्ता कुराहरु याद गरेको बताउने गर्दछन् ।
७. बिन्दास किसिमकोः
महिलाहरुलाई बिन्दास प्रकारको पुरुषहरु मन पराउने गर्दछन् । पुरुषहरु कुनै कुरामा तनावमा भइरहेको महिलाहरुलाई मनपर्दैन । यस्ता पुरुषहरु साहसिक हुने गर्दछन् र रमाइलो गर्न उनीहरुलाई मनपर्छ । यस्ता व्यक्तिहरुको गुणले महिलाहरु निकै प्रभावित हुने गर्दछन् । (एजेन्सी)

Monday, December 8, 2014

यस्ता छन् विवाह पछि पुरुषहरुले छोड्नुपर्ने कुराहरू....

विवाहको अनुभव प्रत्येक व्यक्तिका लागि जीवनमा परिवर्तनको अनुभव गर्नु हो । एक्लो जीवनबाट युगल जोडिमा बाँधिनुपर्दा थुप्रै महिला–पुरुषहरुलाई निकै कठिन हुने गर्दछ । तपाईंलाई यस्ता कुराहरु थाहा पनि नहुन सक्छ कि जुन कुराहरु तपाईंलाई नराम्रो लाग्ने गर्दछ, त्यहि कुरा तपाईंकी श्रीमतीलाई पनि नराम्रो नै लाग्नुपर्छ भन्ने हुँदैन । त्यसकारण आफ्नो नयाँ प्रेमलाई निरुत्साहित हुनबाट बचाउनका लागि तपाईंले अब आफू एक्लै बस्ने भन्ने कुरालाई बिर्सिदिए हुन्छ । यहाँ यस्ता बानीहरु दिइएका छन् जसलाई तपाईंले श्रीमान बन्नुभन्दा पहिले बिचार गर्नुपर्ने हुन्छ ।



१. साँचो र मोजाहरुलाई याद राख्नुः प्रत्येक महिला आफ्ना श्रीमान् जिम्मेवार होस् भन्ने चाहन्छिन् । त्यसकारण आफ्नो मूलभूत कुराहरुलाई याद गर्नुहोस् । प्रत्येक सानो–सानो कुरामा आफ्नी श्रीमतीलाई बोलाउनुको साटो आफ्नो मोजा, साँचो, पर्स, घडिहरुलाई ध्यानमा राख्नुहोस् । यदि तपाईं यी साना कुराहरुप्रति जिम्मेवार हुनुभयो भने तपाईंकी श्रीमतीले तपाईंको पक्कै पनि तारिफ गर्नेछिन् ।

२. स्पोर्टस् र भिडियो गेममा रमाइरहनुः अफिसबाट फर्किसकेपछि यदि तपाईं टिभि अथवा गेमहरु खेल्नमा व्यस्त हुने गर्नुहुन्छ भने यस्तो बानी तत्काल छोड्नुहोस् । अब तपाईंले एक श्रीमानको हैसियतले बेडरुमको गेमहरुको बारेमा सोच्न जरुरी छ । यदि तपाईं आफ्नो टिभिसँग रात बिताउन चाहनुहुन्न भने आफ्नी श्रीमतीलाई ध्यान दिनुहोस् ।

३. साथीहरुसँग धेरै समय बिताउनेः कहिलेकाँही साथीहरुसँग घुम्न निस्कनु हुन्छ भने तपाईंकी श्रीमतीलाई यसमा केहि नराम्रो लाग्दैन । तर यदि तपाईंका साथीहरुले तपाईंको खाली समयको अधिकांस हिस्सा लिने गर्दछन् भने यसले तपाईंकी श्रीमतीलाई तनावमा पारिदिन्छ । त्यसकारण विवाह गरिसकेपछि साथीसँग भेट्ने समयलाई कटौती गर्नुहोस् ।

४. घरभरि सामान फैलाउन बन्द गर्नुहोस्ः विवाह गरिसकेपछि खाटमाथि चिसो रुमाल राख्न, ड्रेसिङ टेबलमाथि मैलो टिसर्ट राख्न बन्द गर्नुहोस् । आफ्नो बेडरुमलाई दराजको रुपमा प्रयोग गर्न पनि बन्द गर्नुहोस् । श्रीमतीसँगै काम गरेर आफ्ना सामानहरु यथास्थानमा राख्न सिक्नुहोस् । धेरैजसो महिलालाई फोहोर देख्दा रिस उठ्ने हुन्छ त्यसकारण आफ्नो यस्तो बानीलाई बेलैमा सुधार गर्नुहोस् ।

५. तपाईंको घर रेष्टुरेन्छ होइनः तपाईंकी श्रीमती तपाईंको घरको कुक वा वेटर होइनन् । उनी दिनभरीको काम गर्न र तपाईंलाई खाना टक्राउनको लागि आएकी पनि होइनन् । त्यसकारण उठ्नुहोस् र उनलाई मद्दत गर्नुहोस् । यसका साथसाथै यदि तपाईंमा ओछ्यानमा बसेर बियर पिउन र खानेकुराहरु खाने बानी छ भने त्यस्तो बानीलाई छोड्नुहोस् । जुन ओछ्यानमा तपाईं आफ्नी श्रीमतीसँग सुत्नुहुन्छ, त्यसमा बसेर खाँदा उनलाई पक्कै पनि राम्रो लाग्दैन ।

६. सधैँ केटाहरुजस्तै कुरा गर्नुः समयसँगै तपाईंकी श्रीमती तपाईंको राम्रो साथी पनि बन्ने गर्दछिन् । तर सधैँ उनीसँग केटाहरुको जस्तै कुरा गर्दा राम्रो हुँदैन । आफ्नो प्रिय खेल, भर्खरै भएको म्याच, शेयर मार्केट अथवा र्याम्बोको कुरा गर्न कम गर्नुहोस् । यदि तपाईंकी श्रीमतीलाई यस्तो विषयमा कुरा गर्न मनलाग्दैन भने यसले व्यर्थमा मुडमात्र खराब गर्ने गर्दछ ।

७. अर्की महिलालाई हेर्नुः यो तपाईंको लागि निकै खतरनाक साबित हुने गर्दछ । तपाईं नजिकबाट हिँडिरहेकी महिलाको सुन्दरताको तारिफ गर्नुहुन्छ भने यस्तो कुरा तपाईंकी श्रीमतीलाई राम्रो लाग्दैन । तपाईंको जिन्दगीमा अब महिला आइसकेको यथार्थलाई स्विकार गर्नुहोस् । त्यसकारण दोस्रो महिलालाई हेर्ने तपाईंको इच्छालाई नियन्त्रणमा राख्नुहोस् । (एजेन्सी)

Sunday, December 7, 2014

बढी गुलियो खाना खाने पुरुषका सन्तान मोटोपनको शिकार

बच्चाको स्वास्थ्य केवल आमासँग मात्र नभएर बाबुसँग पनि सम्बन्धित हुने एक अध्यनले देखाएको छ । हालै गरिएको शोधले बढी गुलियो खाने पुरुषका बच्चा बच्ची मोटोपनको शिकार हुने निष्कर्ष निकालेको हो ।

जर्मनीका शोधकर्ताहरुले आफ्नो अध्यनपछि गुलियो खानेकुरा खाएर सम्भोग गर्ने पुरुषबाट जन्मिएका बच्चा मोटोपनको शिकार हुने अनौठो तथ्य निकालेका हुन् ।



सम्भोग भन्दा एक दुई दिन अघि नै गुलियो पदार्थ खाएको भएपनि त्यस्ता पुरुषका सन्तान मोटोपनको शिकार हुन सक्ने शोधकर्ताको दावी छ ।

शोधकर्ताहरुका अनुसार महिलाहरु जस्तै पुरुषको खानपानले पनि उनीहरुका बच्चालाई असर गर्छ । जर्मनीको म्याक्स प्ल्याङ्क इन्स्टीच्यूट अफ इम्यूनोबायोलोजी एण्ड एपिजेनेटिक्सका शोधकर्ताहरुले यस्तो नयाँ तथ्य निकालेका हुन् ।
शोधकर्ता डा. एण्ड्रयू पोस्पिसिलिकले पुरुषको खानपानले समेत बच्चा प्रभावित हुने बताए ।

यो शोध सेल प्रेस जर्नलमा प्रकाशित छ ।

Friday, December 5, 2014

दश बानी, जसले तपाईंको खुसी लुट्न सक्छ....

भनिन्छ, मान्छे आदतको दास हो । संसार परिवर्तन गर्छु भन्ने मान्छे आफ्नो सानो तिनो कमजोरी परिवर्तन गर्न सक्दैन । संसारका सबै मानिसहरुको एउटा साझा चाहना हुन्छ । उनीहरु खुसीको खोजीमा हुन्छन् । खुसीबारे यहाँ निश्चित धारणा छैन, त्यसैले मानिसहरु खुसीको खोजीमा फरक-फरक दिशामा दौडधुप गरिरहेका हुन्छन् । प्रत्येक मानिससँग खुसीको बारेमा फरक-फरक दृष्टिकोण र धारणा रहेको पाइन्छ । संसारका सबै मानिसहरुसँग फरक-फरक आनीबानीहरु छन्, जसले उनीहरुलाई खुसी हुन सहयोग गरिरहेको हुन्छ, साथसाथै सपना गुमाउन पनि ।
दुर्भाग्यवश, मानिससँग त्यस्ता धेरै बानीहरु हुन्छन्, जसले तपाईको खुसी हरेर लग्छ, साथै तपाईंलाई दुःखी अनुभूत गराइरहन्छ । यदि तपाईले यस्ता नराम्रा बानीहरु सच्याउन कुनै प्रयत्न गर्नुभएन भने यस्ता हानिकारक बानीहरुले तपाईंको भावनात्मक हितलाई सजिलैसँग प्रभावित बनाउन सक्छ ।
तपाईंको हरेक दिनको आनन्दमाथि आक्रमण गर्ने तपाईंका बानीहरु थाहा पाउनुहोस् र सचेत रहनुहोस् :



१. उपयुक्त अवसरको प्रतिक्षा :

केवल तपाईंले मात्रै आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ । सही समयको लागि भनेर प्रतिक्षा नगर्नुहोस्, बरु हरेक क्षणहरुलाई सही समयमा रुपान्तरण गर्नुहोस् । आफूले चाहेको काम गर्न उपयुक्त अवसर र सर्वोत्तम क्षण पर्खिरहेका धेरै मानिसहरु सामान्यतया केही नगरी समाप्त हुन्छन् । जीवन छोटो छ, त्यसैले तपाईं र तपाईंको असाध्यै नजिकका र असाध्यै प्रिय मानिसहरुको जीवन भरपूर सफल बनाउन तत्काल आफ्नो सम्पूर्ण शक्ति लगाइहाल्नुहोस् ।

२. चाहना र रुचि बिनाको काम :

तलवी मानसिकताभन्दा माथि नउठेर केही नगर्नको लागि काम गर्नु (उद्देश्य बिनाको काम गर्नु) भनेको एकप्रकारको कैदमा बन्दी हुनु हो । दुर्भाग्यवश, आजकल धेरै मानिसहरु जब आर्थिक अभावबाट गुज्रन्छन्, तब आफूलाई मन नपर्ने काम गर्न जान्छन् । रुचि र आवेगबिना तपाईंले आफ्नो सपना र कामको बलिदानी नदिनुस् । यो तपाईंको जीवन हो र यो तपाईंको चाहनाले परिभाषित गरे अनुसारको कामको लागि हो । कन्फ्युसियसले एकपटक अद्भूत कुरा भनेका छन्, ‘तिमीलाई मन पर्ने काम रोज, त्यसपछि तिमीले जिन्दगीमा एक दिन पनि काम गर्नु पर्दैन ।’

३. अरुको सफलतामा ध्यान दिने :

हाम्रा वरिपरी धेरै खुसी मान्छेहरु छन् । तपाईंले प्रायः तिनीहरु मुस्कुराईरहेको, हाँसो ठट्टा गरिरहेको र हरेक कुरामा सफलता हासिल गरिरहेको भेट्नुहन्छ । फलस्वरुप, तपाईं अरुको जीवनम ध्यान दिन थाल्नुहुन्छ र तपाईंको सफलता उनीहरुको लक्ष्यसँग तुलना गर्नहुन्छ । यस्ता विनाशकारी विचारहरुले आफ्नो स्पिरिट रोक्न नदिनुहोस् । आफ्नो सफलतालाई आफैं परिभाषित गर्नुहोस् र सपनालाई पछ्याइरहनुहोस् । तपाईंको भाग्य लेख्ने एकजना मात्र कोही छ भने त्यो तपाई आफैं मात्र हो । तपाईं कस्तो जीवन बाँच्न चाहनुहुन्छ र त्यस्तो जीवन कसरी प्राप्त गर्न सक्नुहुन्छ ? जब तपाईंले यो निर्णय गर्नुहुन्छ, तब तपाईं जीवनमा अविश्वस्नीय परिवर्तन हासिल गर्नुहुनेछ ।

४. चिन्ता र डरसँग बाँच्नु :

डर र चिन्ता भनेका गलत भावनाहरु हुन्, जसले तपाईंलाई राम्रो बन्न सक्ने धेरै अवसरहरु अथवा विगतमा तपाईंले कहिल्यै गर्न नसकेका राम्रा कामहरु गर्न बाट बञ्चित गर्नसक्छ । ती सबै डर र नकरात्मकता आफ्नो जीवनमा नलिनुहोस् । जब तपाईं महसुस गर्नुहुन्छ कि तपाईंले असंख्य आनन्द र खुसीका पलहरु गुमाउनुभएको छ, तिनीहरुले सामान्यतया तपाईंलाई सधैं हतोत्साहित गराउँछन् । यस्ता डरसँग मुकाबिला गर्न र यसलाई अवसरको रुपमा ग्रहण गर्दै बाँकी जीवन बिताउन सकेसम्म तपाईंले आफूलाई पर्याप्त मात्रामा सामथ्र्यवान बनेको नै राम्रो । चिन्ता नगर्नुहोस्, खुसी हुनुहोस् ।

५. मनमा अन्तरनिहित घृणा :

माया एङ्गेलोउ भन्छन्, ‘घृणा, यसले विश्वमा प्रशस्त समस्या जन्माएको छ, तर अहिलेसम्म कुनै पनि समाधान गरेको छैन ।’ यदि तपाईंले नकरात्मक भावना आउने बाटो खुल्ला गर्नुभयो भयने यस्तो खराब बानीले साँच्चै तपाईंको मानसिक हितमा नकरात्मक असर गर्दछ । घृणा एउटा यस्तो शक्तिशाली भावना मध्ये एक हो, जसले तपाईंको आनन्द र जीवनलाई नै नष्ट गर्न सक्छ । तपाईंले घृणाको पहिचान गर्दै यसलाई जान दिनुपर्छ । विभिन्न नकरात्मक विचार गुमाउँदै आफूसँग भएको वस्तुमा आनन्दित हुँदा अझ धेरै रमाइलो हुन्छ । तपार्इ‌को मनको लागि, घृणा टाढा भगाउने एउटा मात्र औजार कुनै छ भने त्यो प्रेम नै हो । प्रेमले जीवन र उज्यालो फैलाउँछ तर घृणाले विनाश र अराजकता ।

६. सबै कुरा एकैपटक परिवर्तन गर्ने प्रयास गर्नु :

सबैकुरा एकैचोटि परिवर्तन गर्ने कुरा असम्भव नै छ । मलाई लाग्छ, केही कुरा मौलिक तरिकाले परिवर्तन गर्नु उत्तम हुन्छ । यो कुरा वैज्ञानिकरुपमा पुष्टि भइसकेको छ कि विचारणीय परिवर्तनको प्रक्रिया मानव मष्तिष्कका लागि अत्यन्तै तनावपूर्ण हुन्छ । हरेक कुरा क्रमिकरुपमा परिवर्तन गर्ने प्रयत्न गर्नुहोस् । यदि तपाई संसारमा केही नयाँ काम गर्न चाहनुहुन्छ भने तपाई वरिपरिको संसारलाई परिवर्तन गर्न शुरु गर्नुहोस् । जब तपाईं आफ्नै मन र मुड सामना गर्नुहुन्छ, तपाईंले अझ धेरै आनन्द महसुस गर्न सक्नुहुन्छ ।

७. कठिनाईहरुको बढाइचढाइ :

धेरै झिंगाहरु मध्ये एउटालाई हात्ती बनाउनु नै एउटा खराब दिनको कारण होइन । तपाईंले कठिनाईहरुलाई एउटा अवसरको रुपमा महसुस गर्नुपर्छ, व्यवहार गर्नुपर्छ न कि तपाईंको जीवनको समस्या । विभिन्न प्रकृतिका अप्ठ्याराहरु सामना गर्ने साहस र प्रतिबद्धता प्रदर्शन गर्न सक्ने मानिसको प्रतिबद्धताको स्तर र जीवनको सर्वश्रेष्ठ पुरस्कारका लागि जीवनले निरन्तर परीक्षा लिइरहेको हुन्छ । माओत्सेतुङले एकपटक उत्साहबर्द्धक वाक्य भनेका छन्, ‘कठिनाईहरुको समयमा हामीले हाम्रा उपलब्धिहरु उपलब्धिहरु बिर्सनु हुँदैन ।’ आफूले आफैंलाई विश्वास गर्नैपर्दछ र तपाईसँग सधै एक विकल्प छ र उपायहरु छ भन्ने महसुस गर्नुपर्दछ ।

८. क्षणिक सन्तुष्टि :

हाम्रो वरिपरि यति धेरै सुन्दर र आकर्षक कुराहरु छन् । सन्तुष्टिलाई चिन्नु र यसका प्रकारहरुका अन्तरलाई छुट्याउनु महत्वपूर्ण कुरा हुन्छ । हाम्रो जीवनमा दुई किसिमका सन्तुष्टिहरु हुन्छन् । मानिसहरु क्षणिक खुसी वा स्थायी सन्तुष्टि खोज्न सक्छन् । क्षणिक प्रकारको खुसी भनेको एक प्रकारको भौतिक सुविधा हो, जहाँ स्थायी प्रकारको सन्तुष्टि भनेको मन र मष्तिष्कको क्रमिक वृद्धि हो । स्थायी सन्तुष्टिले तपाईलाई आनन्द र विश्वास दिन्छ, जब क्षणिक आनन्दले तपाईंलाई अल्पकालीन प्रकृतिको आनन्द प्रदान गर्छ । यहाँ एउटाबाट अर्कोमा रुपान्तरण गर्न परिपक्वता र बुद्धिको आवश्यकता पर्दछ ।

९. शारीरिक आकर्षणको महत्वलाई बढाइचढाइ गर्नु :

वस्तु र मानिसलाई उनीहरुको स्वरुप र शारीरिक आकर्षणद्वारा नबुझौं । तपाईंले केही कुरालाई पनि त्यसको आकार र रंगको आधारमा छनौट गर्नुहुँदैन । किनकी स्वरुप भ्रमपूर्ण हुन्छ । निश्चय पनि, शारीरिक आकर्षण पनि धेरै महत्वपूर्ण हुन्छ, तर तपाईंले त्यसको भित्री गुणहरुलाई विचार गर्नुपर्छ, विशेषरुपमा जब मान्छेहरुबीचको नाता सम्बन्धको रुपमा यो आउँछ ।

१०. दुःख दिनेहरुलाई बोक्ने बानी :

कहिलेकाँही तपाईंलाई चोट दिने मानिसहरुबाट जोगिन आवश्यक छ । यदि तिनीहरु तपाईंको नकरात्मक भावना र दुःखको स्थायी स्रोत हो भने तपाईंले प्रेम र आदर गर्नेले तपाईंलाई मित्रवत व्यवहार गर्दैन भनेर तपाईंले स्वीकार गर्नुपर्दछ । उनीहरुलाई प्रभावित पार्न र केही प्रमाणित गर्न तपाईंको मूल्यवान समय खेर नफाल्नुहोस् । तपाईं अझ सुखी जीवन बाँच्नु चाहनुहुन्छ भने सबै बिषाक्त मानिसहरुलाई जान दिनुहोस् । जब कोही तपाईसँग रहँदा आफूलाई भाग्यमानी अनुभव गर्दैन भने उसलाई गुमाउन कति पनि नडराउनुहोस् । रोबर्ट टेउले एकपटक भनेका छन्, ‘नकरात्मक र बिषाक्त मानिसहरुलाई आफ्नो टाउकोको ठाउँ भाडामा नदेऊ । भाडा बढाउ र तिनीहरुलाई लात मारेर निकाल ।’
आनन्द तपाईंको हातमा पहिलादेखि नै छ तर, तपाईले यसलाई हेर्न र स्वीकार्न आफ्नो आँखा खोल्नुपर्छ । तपाईंको सपना धमिल्याउने र आनन्द चोर्ने खराब बानीहरुबाट छुट्कारा पाउने प्रयास गर्नुहोस् तब मात्र तपाईं राम्रो र आनन्दित हुनसक्नुहुनेछ ।
जेनिफर हाउस्टन

Thursday, December 4, 2014

यौन उत्तेजनामा कमी आउनुको कारण

तपाईंलाई थाहै होला, यौन उत्तेजना नै सुरु नहुनु वा यौन सन्तुष्टि प्राप्त गर्न बाधा पार्ने कुनै पनि कुराका शारीरिक, मानसिक वा दुवै कारण  हुन सक्छन्। यस विषयमा पनि एकपल्ट विचार पुर्‍याउनुहोला।
कुनै व्यक्ति भयका कारण यौनसम्पर्कमा संलग्न हुँदैन भने त्यसलाई sexual aversion भनिन्छ भने इच्छा नै नभै यौनसम्पर्क  नराख्नुलाई Inhibited Sexual Desire भनिन्छ। यो अवस्थामा यौन क्रियाकलापमा संलग्नता पनि कम हुन्छ भने यौन क्रियाकलामा  संलग्न हुने इच्छा पनि कम हुन्छ। यसरी इच्छा नै कम हुँदा यौन सपना (स्वप्नदोष), यौन परिकल्पना, यौन उत्तेजक कुराप्रति ध्यान वा आकषर् ण, यौन क्रियाकलाप प्रतिको चाहनाको सचेतनता, आकर्षण, सम्भावित यौन साथी देख्नु, यौन क्रियाकलाप गर्न नपाएकोमा हतास हुनेजस्ता  कुरा पनि हुँदैनन् वा कम हुन्छन्। यो अवस्थामा रुचि नै कम हुने भएकाले यौन क्रियाकलापको सुरुवात पनि नगर्ने हुन्छन् भने अर्काले सुरु  गर्दा पनि त्यसलाई सजिलै स्वीकार गर्दैनन्। यी सबै भए पनि उनीहरू शारीरिक रूपमा यौन सम्पर्क राख्न सक्षम हुन्छन्। तपाईकी श्रीमतीको  सन्दर्भमा त्यस्तो केही हो कि होइन भनेर निक्र्योल गर्न तपाईं बढी जानकारी राख्ने स्थितिमा हुनुहुन्छ। त्यसबाहेक दैनिक जीवनमा आईपर्ने  तनावहरू जस्तै चिन्ता, निराशा, थकाइ, तपाईंहरूबीचको (अन्तरव्यक्ति) सम्बन्धको चिसोपन तथा दम्पत्तीबीचको तनाव आदि यसका कारण  हुन सक्छन्। यो तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरासँग पनि सम्बन्धित हुनसक्छ। यदि त्यस्ता कुनै कारण भए पक्कै नै त्यसलाई  हटाउने प्रयास गर्नुहुनेछ।
यौन मनोविज्ञान
आजकाल म र मेरो श्रीमानबीच यौन सम्पर्कको समयमा झगडा हुन्छ। कारण मलाई यौन सम्र्पकको समयमा पीडा अनुभव हुन्छ। मलाई यौन  रोग भएकाले यौन सम्पर्कको समयमा अत्यन्तै पीडा हुन्छ। उहाँ भने यसैलाई आधार बनाएर परपुरुषसँग सम्पर्क छ कि भन्ने शंका गर्नु हुन्छ।  के यौन रोग भएकाहरूले यौनको चरम आनन्द लिन सक्दैनन् ?
स्मृति

यौन सम्पर्कमा सावधानी अपनाउन नसक्दा मानिसहरू घातक रोगको सिकार हुन्छन्। यौन चेतनाको कमी तथा कहिलेकाँही यसमा असावधानी  नअपनाउँदा धेरै मानिसहरू यौनजन्य रोगको शिकार भएका घट्ना हामी दिन प्रतिदिन सुनिरहेका हुन्छौं। एड्सलगायत अन्य यौनरोगहरू पहिले  साधारण जस्तो लागेपनि पछि तिनले विकरालरूप लिएर मानिसको ज्यान लिएको तथ्यहरूले देखाएका छन। यसको भावनात्मक एवं मनोवै ज्ञानिक असरहरू पनि छन्। यौन रोगहरू धेरैजसो पुरुषहरूबाट महिलामा संक्रमित भए पनि महिलाहरू नै यस्ता रोगबाट बढी प्रताडित हुने  गरेका छन। यौन रोगका लक्षण पुरुषमा भन्दा महिलामा चाँडो देखिने भएकाले कोबाट रोग संक्रमित भएको हो भन्ने विषयमा पुरुष र  महिलाबीच विवाद हुने गरेको छ। यस्ता घट्नाहरूमा पुरुषले महिलामाथि दोषारोपण गर्ने गरेको पाइन्छ। यो सही कुरा होइन। फेरि यौन रोगको  उपचारबाट पनि पुरुषहरू पन्छिने गरेको हामी पाउँछौं। यौनरोग पुरुषबाट महिलामा संक्रमित भएको हुन सक्छ र महिलामा छिटो देखिएको  हुन सक्छ। सँगसँगै पुरुषमा पनि संक्रमण भैसके पनि थाहा नभएको हुन सक्छ। यस्तो अवस्थामा दुवैले यौन रोगको उपचार गर्नुपर्ने हुन्छ।  एकजनाको मात्र उपचारले यौन रोग कहिल्यै निको नहुने हुन्छ। यो एकबाट अर्कोमा सरिरहने हुन्छ।
जहाँसम्म यौनरोग भएको मानिसले यौन आनन्द लिने कुरा छ, शारीरिक एवं मनोवैज्ञानिक हिसावले नै उनीहरूले यौन आनन्द लिन सक्दैनन्।  जुनसुकै किसिमको यौनरोगले मानिसहरूलाई पीडा दिन्छ। यस्तो रोग लागेको अवस्थामा दुख्ने, पोल्ने, चिलाउने भएकाले मानसिक तथा  भावनात्मकरुपले हैरानीको अवस्थामा पुगिन्छ। पीडाको यस्तो अवस्थामा हुने यौनले कसरी आनन्द दिन सक्छ ? अर्को कुरा आफूमा यौन रोग  छ भन्ने थाहा भैसकेपछि यौन सम्पर्कको अवस्थामा एकले अर्कोलाई त्यो रोग सारिरहेकोमा हिनताबोध हुन्छ। त्यसैले यो भावनात्मक तथा  मनोबैज्ञानिक समस्या पनि हो। मानिसलाई यस्तो रोगले मूलतः दुई किसिमबाट असर गर्छ। यौन आनन्द लिने कुरा त के, रोग विस्तार हुँदै जाँदा यस्ता रोगले जीवन ढलाइदिने खतरा एकातिर छ भने अर्कातिर लामो समय उपचार नगरिँदा मनमा आउने नकारात्मक सोचले तत्कालको  मनस्थिति बिगारी दिने मात्र होइन, दीर्घकालमा मनोवैज्ञानिक समस्याको रूप धारण गर्न पुग्छ र मानिस मनोवैज्ञानिक रूपले कमजोर भै  गरिखान नसक्ने अवस्थामा पुग्छ।

तपाई बुधबार जन्मनु भयो के छ यो बार जन्मने बेक्तिको रहस्य जानौ !!

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।
भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले बुधबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
२. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।
७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।
८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।
१०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।
११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।
१२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् । (एजेन्सी)

रातमा सुत्दा यी ७ गल्ती कहिल्यै नगर्नुस्..


मानिसहरु सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या समामना गर्नु पर्छ । खासगरी केही मानिस खाने वित्तिकै ओच्छ्यानमा पल्टिन्छन् । यो राम्रो बानी होइन । यहाँ सुत्ने समयमा गर्न नहुने ७ गल्तीको      विषयमा चर्चा गरिएको छ ।










१ रातिमा खाना खाने वित्तिकै सुत्नु हुँदैन । यदि तपाइँ खाना खाने वित्तिकै सुत्ने गर्नु हुन्छ भने मोटो पनको समस्या हुन्छ 
। यसले पाचन प्रणालीमा समेत समस्या हुन्छ ।

२ खाने वित्तिकै सुत्दा शरीरमा इन्सुलिनको स्तर बढ्छ यसले पाचन प्रक्रियामा समस्या हुन्छ । सुत्नु भन्दा कमसेकम १-२ घण्टा अघि खानु राम्रो हुन्छ ।

३ फोनमा अलार्म लगाएर छेउँमा राख्ने वा ल्यापटप विस्तारामा छोडेर सुत्ने बानी छ भने आजै देखि छोड्नुस् । यस्तो लापरवाहीले तपाइँलाई स्वास्थ्यमा समस्या आउन सक्छ । मोबाइल र ल्यापटपबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक किरणले कोर्टिजोल नामक हर्मोन बढेर स्ट्रेस बढाउँछ ।

४ शरीर फिट राख्ने भन्दै साँझमा भारी ब्यायाम गर्नु हुन्छ भने यसले पनि असर गर्छ । यसले निद्रामा प्रभाव पार्छ र शरीरमा मेलाटोनिन बढेर तनाव हुन्छ । निरन्तर यस्तो भो भने मोटोपन पनि बढ्छ ।

५ मुटुको समस्या छ र कार्डियो भास्कुलरर कसरत गर्नु पर्छ भने सुत्नु भन्दा कम्तिमा ३ घण्टा अघि गर्नुस् ।

६ टिभी हेर्दै नजिक बसेर खाना खाने बानी छ भने आजै छोड्नुस् । टिभीको नजिक भोजन नगर्नुस् । यसो गर्दा खाना धेरै खाइने र तनाव बढ्ने समस्या हुन्छ । सुत्नु अघि टिभी हेर्नु भन्दा कुनै संगीत सुन्नुस् ।

७ शोधकर्ताहरुका अनुसार हल्का उज्यालो अर्थात लाइट बालेर सुत्दा गहिरो निद्रा नआउने र मोटो पन बढ्ने बताउँछन् ।

सावधान ! यस्ता हुन्छन तपाईंका घातक साथि

साथी जीवनमा निक्कै आवश्यक हुन्छ । मानिसहरुले जीवनमा अनेक खाले साथी भेट्छन् । तर आजीवन वा दीर्घकालीन सम्बन्ध राख्न सक्ने साथी भेट्टाउन भने कठिन पर्छ । तर साथी चयन गर्दा सँधै ख्याल गर्नु पर्छ अन्यथा साथीकै कारण जीवनमा निराशा र डिप्रेसनको समेत शिकार हुन सक्ने खतरा हुन्छ । यहाँ त्यस्ता साथीबारे चर्चा गरिएको छ जसबाट बँच्नु नै बुद्धीमानी हुन्छ ।




फ्रेनिमीज अर्थात साथी दुश्मन
जीवनमा जुन साथीले तपाइँलाई हानी गर्ने ब्यक्ति ठहरिन्छ त्यस्ता ब्यक्तिलाई फ्रेनिमिज अर्थात फ्रेण्ड र एनमी अर्को शब्दमा साथी तर दुश्मन भनिन्छ । जीवनमा ५० प्रतिशत मानिस यस्ता हुन्छन् जसले तपाइँसँग राम्रो सम्बन्ध हुँदा हुँदैपनि तपाइँलाई घृणा गर्छन् । जीवमा साथी दुश्मन नहुने ब्यक्ति विरलै हुन्छन् ।

हालै गरिएको एक अध्यनले फ्रेनिमीज अर्थात साथी दुश्मन हमीले घृणा गर्ने शत्रु भन्दा पनि घातक हुन्छन् । यस्ता ब्यक्ति तपाइँको जीवन र स्वास्थ्यका लागि घातक हुने विज्ञहरु बताउँछन् ।

छुट्ट्याउनै मुश्किल
अहिले जीवन सूचना प्रविधीले यस्तो भैसक्यो कि कुन ब्यक्ति आफ्नो मान्छे हो र कुन दुश्मन छुट्टाउन कठिन छ । पछिल्लो समयमा सामाजिक सञ्जालको विकाशले साथीहरु समूहकोरुपमा विकाश भैरहेका छन् । यस्तो समूहमा तपाइँले कुन साथी हो र कुन साथी दुश्मन छुट्टाउन मुस्किल छ । कतिपय साथीहरु तपाइँको निक्कै नजिक भएपनि भित्र भित्रै तपाइँको सफलताबाट जलिरहेका हुन्छन् भने प्रतिस्पर्धीकोरुपमा दुश्मनको ब्यवहार गर्छन् ।


तनावको कारक 
साथी दुश्मनले जीवनमा तनाव पैदा गरिदिन्छन् । भित्र भित्रै सहयोगी हुने जस्तो देखिएपनि यिनीहरुले तपाइँको असफलता चाहिरहेका हुन्छन् । उनीहरुले सहयोग गरिरहेको जस्तो देखिन्छ तर नतिजा तपाइँको पक्षमा आउँदैन अनि तनाव दिन्छ । यस्ता ब्यक्तिले तपाइँलाई देखिने गरी घात गर्दैनन् तर भित्र भित्रै घात मात्र गर्न खोजिरहेका हुन्छन् । अझ यस्तो कुरा तपाइँले चाल पाउनु भो भने यस्तो मान्छेलाई विश्वास किन गरे भनेर तपाइँको चित्त दुख्ने मात्र होइन जीवनप्रति नै निराशा आउन सक्छ ।

झुटो बफादारी
खासगरी हामी साथी दुश्मनसँग धेरै सँग नै धेरै समय विताउँछौं । किन भने उनीहरु हामीप्रति बफादार देखिन्छन् । यद्यपी भित्र भित्रै उनीहरुको बफादारी झुटो हुन्छ ।


कसरी चिन्ने
शत्रु चिन्न सजिलो हुन्छ किन भने उसले सोझै आक्रमण गर्छ । तर साथी दुश्मन चिन्न निक्कै कठिन हुन्छ किन भने यस्ता ब्यक्तिले सोझै आक्रमण गर्दैनन् । यस्ता ब्यक्तिको ब्यवहार बुझ्न उनीहरुको सुक्ष्म अध्यन गर्नु जरुरी हुन्छ । उनीहरुका गतिविधीले आफूलाई परेका असरबारे गहिरो अध्यन गरेर मात्र यस्ता साथी दुश्मन चिन्न सकिन्छ । एजेन्सी

Wednesday, December 3, 2014

प्रेमिकासंग बोल्न अप्ठेरो लाग्छ भने यसरी भन्नुहोस् मनका कुरा...

मायामा पर्नु भएको छ भने सुरुको अवस्थामा माया गर्ने व्यक्तिसँग कुरा गर्दा अप्ठेरो लाग्ने, लाज लाग्ने र मुख रातो हुने गर्दछ । यस्तो असहज अवस्था सायद धेरै मानिसहरुलाई भएको हुनसक्छ । यस्तोमा आफ्नो मनको कुरा भन्न धेरैलाई निकै कठिन भएको हुनसक्छ तर धेरै नबोल्ने मानिसहरुका लागि आफूलाई मनपरेको मान्छेसँग आफ्नो मनको कुरा खोल्नु कम गाह्रो हुँदैन । आफ्नो कुराहरु भन्न नपाएर तनावमा हुनुहुन्छ भने हामी तपाईंलाई यस्ता तरिकाहरु भन्छौँ जसले गर्दा तपाईंले आफ्नो भावना मनपरेको व्यक्तिलाई भन्न सक्नुहुनेछ ।




 १. तयारी गर्नुहोस्ः आफूलाई मनपरेको व्यक्तिसँग भेट्न जाँदै हुनुहुन्छ भने मानसिक रुपमा तयार भएर जानुहोस् । उक्त व्यक्तिलाई भेटिसकेपछि सबै कुरा बिर्सेर केहि पनि बोल्ने नसक्ने जस्तो नहुनुहोस् त्यसकारण ती व्यक्तिलाई भेटेपछि के भन्ने कसरी भन्ने जस्ता कुराहरुमा तयारी गर्नुहोस् जसका कारण तपाईंले आफ्नो भावनालाई राम्रोसँग व्यक्त गर्न सक्नुहुनेछ ।

 २. आत्मविश्वासी बन्नुहोस्ः आफैँलाई विश्वास गर्नुभयो भने तपाईंलाई आफ्नो भावना व्यक्त गर्न सजिलो हुने गर्दछ । उनलाई भेटिसकेपछि आफ्नो कुराहरु बिना रोकटोक पूरै आत्मविश्वासका साथ भन्नुहोस् र यसको नतिजा तपाईंले आफैँ देख्नुहुनेछ ।

 ३. आफ्नो भावनालाई लेख्नुहोस्ः यदि आफ्नो भावनालाई केहि गरेर पनि भन्न सक्नुहुन्न जस्तो लाग्छ भने यसलाई लेख्नुहोस् । तर लेख्दा निकै राम्रा शब्दहरु प्रयोग गरेर कम शब्दमा लेख्नुहोस् अथवा यदि तपाईंलाई मन लाग्यो भने कुनै रोमान्टिक कविता पनि लेख्न सक्नुहुन्छ । आफूले लेख्दा पढ्ने व्यक्तिले आफ्नो भावना बुझ्छ कि बुझ्दैन भन्ने कुरा पनि याद गर्नुहोस् ।

 ४. आफैँलाई व्यक्त गर्नका लागि भिन्न तरिका अपनाउनुहोस्ः यो ट्विटर र फेसबुकको जेनेरेसन हो । यदि तपाईं भेटेर कुरा गर्न डराइरहनुभएको छ भने अर्को तरिका अपनाउनुहोस् । यो विषयमा इमेलले तपाईंको मद्दत गर्नसक्छ । तर मेल लेख्दा पनि तपाईंले निकै बिचार गरेर लेख्नुपर्ने हुन्छ । यसका साथसाथै तपाईंले मेसेजको सहारा पनि लिनसक्नुहुनेछ । तरिका जे सुकै अपनाउनुहोस्, आफ्नो भावना व्यक्त हुने तरिका अपनाउनुहोस् । (एजेन्सी)

कहिले पनि अधुरो नछोड्नुस् यी ४ काम

मानिस सुखी र समृद्ध कसरी बन्छ भन्ने विषयमा नीति शास्त्रमा धेरै कुरा उल्लेख छ । यस्ता नीतिको पालना गरेमा जीवनमा सुखी बन्न सकिने र सफलता हात लाग्ने शास्त्रविदहरु बताउँछन् । यस्तै नीति शास्त्रमा जीवनमा अधुरो छोड्न नहुने ४ कुराको उल्लेख गरिएको छ ।



कुन काम छोड्नु हुँदैन अधुरो ?

१ शत्रुता
जीवनमा कसैसँग पनि शत्रुता कायम राखेर छोड्नु हुँदैन । सके सम्म शत्रुतालाई मित्रतामा बदल्न कोशिस गर्नु पर्छ या त शत्रुतालाई निमिट्यान्न पार्न नसके शत्रुलाई निमिट्यान्न पार्नु पर्ने नीतिमा उल्लेख छ । शत्रुता कायम रहेमा जीवनमा यसले समयमा समयमा दुःख र झन्झट ल्याइरहने भएका कारण शत्रु सँधै डरको कारण बनिरहन्छ जसले जीवनमा शान्ति र सुख पाउन कठिन हुन्छ ।

२ आगो
यदि कहिँ आगो लागेको छ भने आगो सम्पूर्णरुपमा निभाउनु बुद्धिमानी हुन्छ । सानो भनेर आगोको अंश पनि छोडियो भने त्यसले भिषणरुप धारण गर्न कत्ति पनि बेर लगाउँदैन । आगोलाई कतिपय सन्दर्भमा आक्रोशसँग पनि तुलना गरिएको छ । तसर्थ आगो र आक्रोशलाई पूर्णरुपमा निवारण गरेर मात्र छोड्नु पर्छ अधकल्चो छोड्नु हुँदैन ।

३ रोग
कुनै पनि ब्यक्तिलाई कुनै रोग विमार लागेमा रोगको पूर्ण निवारण गर्नु पर्छ । कुनै पनि रोगलाई सामान्य भनेर उपचार नगरी अधकल्चो छोड्दा त्यसले अर्को भयकंर रोगलाई निम्त्याउन सक्छ । सामान्य भन्दा सामान्य रोगलाई पनि राम्रोसँग उपचार नगर्दा पुनः त्यही रोगले सताउने वा बारम्बार दुःख दिने हुन्छ । रोगलाई कहिल्यै पनि अधकल्चो पारेर छोड्नु हुँदैन सँधै निवारण गरेर उपचार गर्नु पर्छ नीतिमा उल्लेख छ ।

४ ऋण वा उधारो
कुनै पनि ब्यक्तिले कसैको उधारो वा ऋण लिएको छ भने त्यसलाई पुरै चुक्ता गर्नु उत्तम हुन्छ । ऋण वा उधारो पूर्ण रुपमा नतिर्दा सम्म त्यसले अनेक झन्झट दिने हुन्छ । उधारोमा हिसाव गडबड हुने र ऋणमा ब्याजले ढाड सेक्ने खतरा सँधै कायम रहन्छ । यसले आफूलाई मात्र होइन पुस्ता र सन्ततीलाई समेत पोल्न सक्छ । तसर्थ जीवनमा कहिल्यै पनि उधारो वा ऋणलाई अधकल्चो पार्नु हुँदैन यसलाई पूरै क्लियर पार्नु राम्रो हुन्छ ।
जीवनमा सुखी रहन यी ४ काम कहिल्यै पनि अधुरो नछोड्नुस् ।

जसले गरे १ सय ११ 'छोरी' को बिहे


गुजरात राज्यको सुरत सहरका हिरा व्यवसायी महेश सवानीले बुवा गुमाएका १ सय ११ छोरीहरुको बिहे गरिदिएका छन। ती युवतीहरु बुवा गुमाएकाले बिहेका लागि खर्च लगायत अन्य कुरा जुटाउन सकेका थिएनन्। बिहे गरिएकामध्ये तीन जना मुस्लिम रहेका छन। 
 
सवानीले बुबा नभएका चेलीहरुको बिहे गरिदिन पाउँदा आफू उनीहरुको 'बुवा' भएको र  आफूलाई गौरव महशुस भएको बताए। उनले सन् २००७ देखि अहिलेसम्म २ सय ५१ जना बुवा बनेर उनीहरुको बिहे गरिदिएका छन। उनले कन्यादान गर्दा दलहीलाई सुन चाँदीका गहना पनि दिने गरेको पनि बताए। 'बुवा' भएको नाताले उनीहरुको बिहेपछिको जीवन सहज बनाउन पनि म सहयोग गर्छु' उने भारतको एनडिटिभीलाई भने।

Tuesday, December 2, 2014

दैनिक स्याउ खाने महिला अत्यन्तै कामुक

'एन एप्पल अ डे, कीप्स डक्टर अवे' अर्थात दिनमा एउटा स्याउ सेवन गर्यो भने विरामी परिँदैन भन्ने उखान अव वदिलने भएको छ । हालै गरिएको एक सर्वेक्षणमा नियमित स्याउ सेवन गर्ने महिला कामुक हुने देखिएको छ ।

स्याउ सेवनले महिलाको कामुकता बढाउने अध्यनको निष्कर्ष छ ।



नियमित स्याउ सेवन गर्ने महिलाको यौन कार्यक्षमतामा वृद्धी हुने र स्याउमा पाइने पोलिफनाल्स र एन्टिअक्सिडेन्टले जनेन्द्रियमा रक्त प्रभाह बढाउने चिकित्सकहरुको भनाइ छ ।
स्याउ सेवन गर्ने महिलाको उत्तेजना बढी हुने पनि अध्यनले देखाएको छ ।
शोधकर्ताहरुले १८ देखि ४३ वर्ष उमेर समूहका ७ सय ३१ महिलामाथि यो अध्यन सर्वेक्षण गरेका थिए । अध्यनमा महिलाको यौन फंक्सन सुचाङ्क सम्बन्धी प्रश्नावली भराइएको थियो । जसमा यौन सम्पर्कको दर, संभोग, प्रयोग गर्ने लुब्रीकेन्ट र यौन सन्तुष्टीबारेका प्रश्न थिए ।
शोधकर्ताहरुले नियमित स्याउ सेवन गर्ने महिलाको सेक्सुअल फंक्सन् वेहत्तर हुने र उनीहरुको एस्ट्राडियोल महिला सेक्स हर्मोनले यौन क्षमता पनि बढाउने निष्कर्ष निकालेका छन् ।
एजेन्सी ।

बेहुला–बेहुलीलाई अग्नीको अगाडि किन खुवाइन्छ कसम ?

एजेन्सी । हिन्दु धर्मको १६ संस्कार मध्ये एक विवाह हो । विवाहमण्डपमा पुरोहितले इश्वरलाई साक्षी राखेर केटा–केटीको सम्बन्धलाई कानुनी मान्यता प्रदान गर्ने चलन रहिआएको छ ।वैवाहिक समारोहमा आगो वा अग्नीको अगाडि बेहुला–बेहुलीलाई सात पटक घुमाएर वाचाकसम खुवाउने गरिन्छ । आगो वा अग्नीको अगाडि
घुमाएर वाचाकसम खुवाउनुको पछाडिका कारण निम्न छन् :
 अग्नीको वेद र शास्त्रमा प्रमुख देवताको रुपमा मानिएको छ । अग्नीलाई विष्णुको स्वरुप मानिदै आएको छ । अग्नीमा सबै देवताको आत्मा बसेको हुन्छ भन्ने मान्यता रहेको छ । अग्नीमा हवन गर्दा सबै देवताको आत्मालाई सम्झेको वा पुजेको मानिन्छ ।
 अग्नीको अगाडि वाचाकसम खाँदा सबै देवतालाई साक्षी राखेर एक अर्काले प्रेम गर्छौं र जीवनसाथी स्वीकार गर्ने प्रण गरिएको मानिन्छ ।
 अशुद्धलाई हटाएर पवित्र सम्बन्ध कायम गर्नका लागि र बेहुला–बेहुलीको मनमा रहेको अपवित्र भावनालाई हटाएर पवित्र मनले एकअर्काले स्वीकार गर्नका लागि अग्नीको अगाडि घुमाइन्छ ।
 अग्नीको अगाडि खाएको कसम नमाने वा गतीछाडा भए अग्नीले दण्ड दिनेसमेत शास्त्रमा उल्लेख गरिएको छ ।