top_rightads

Showing posts with label विषेश. Show all posts
Showing posts with label विषेश. Show all posts

Tuesday, December 9, 2014

भो प्रीय स्कुटी नचलाउ ! - प्रकाश लामिछाने

 बिहान आठ नबज्दै हामी दुवैजनालाई कामधन्दामा निस्किने चटारो हुन्छ । नहोस् पनि कसरी ! काम गर्नकै लागि थातथलो छोडेर यो राजधानी नगरीको अस्थायी बासिन्दा भईएकोछ तमाम झमेला र किचलो सहँदै । कैले घरबेटीको किचलो, कहिले सार्वजनिक सवारी साधनको झमेला, कहिले लोडसेडिङको त कहिले खानेपानीको । त्यसमाथि दुईजनाले नै काम नगर्ने हो भने खर्च धान्न पनि धौधौ हुन्छ ।

काम त जसोतसो दुवैजनाले पाईएको छ तर सानी छोरी समेत छे । उसलाई खुवाईपियाई गरेर स्कुल पठाएर मात्रै आफू काममा जानुपर्ने बाध्यताले अँझै चटारो हुन्छ बिहानीपख ।Accidentआज पनि मैले उनलाई भनेँ-छिटो गर न हौ ! हतार भैसक्यो, मलाई बबरमहल छोडेर तिमी नौ बजे नै बालुवाटार पुग्नुपर्छ भन्ने बिर्स्यौ?

उनले भनिन्-साँच्चै भन्ने हो भने आज मलाई स्कुटी चलाएर काममा जाने मन नै छैन ।

लौ ! किन नि?-मैले सोधेँ ।

‘दिनहुँजसो भईरहेको सवारी दुर्घटना, त्यसमा पनि यो भिडभाडको शहरमा फुकाएर छाडिएका चैते बहरझैँ कुद्ने ट्रक, टिप्पर र बसको चेपुवामा कुन दिन म र यो स्कुटी दुबै पर्छौँ कि भन्ने डरले’-उनले भनिन् ।

मन झसंग भएपनि मैले उनलाई नै हकारेँ-‘ह्याऽऽऽ हावा कुरा नगर। केही हुँदैन । हजारौँ सवारीसाधन गुड्ने यो शहरमा भएका एकाध अपवादका दुर्घटनालाई लिएर धारणा बनाउनु राम्रो हैन।’

कान्तिले स्कुटर स्टार्ट गरिन् । म टुसुक्क पछि बसेँ । स्कुटर बबरमहलस्थित धोवीखोला किनार हुँदै बिजुलीबजार पुलतिर हुँईकियो । म पुल्चोक जाने टेप्पो चढ्न त्यहिँ ओर्लिएँ । कान्ति चाहीँ बाटो काट्न अघि बढिन् । तर पुच्छर ठड्याएर दकुरेको साँढेझैँ नयाँबानेश्वरबाट बिजुलीबजार हुँदै अघि बढेका सवारी साधनले त्यहाँ रोक्ने मेसो पाएनन् या जरुरी ठानेनन् । उनी त्यहाँ पाँचसात मिनेट जति रोकिईन् । मैले बाटो छेउ उभिएर हेरिरहेँ । बल्लतल्ल उनले बाटो काटिन् । म पनि पुल्चोकको टेम्पो समातेर अघि बढेँ ।

गएको आईतवार र सोमवार (मंसीर २१ र २२ गते) मात्रै काठमाण्डौको सडकमा दुईवटा सडक दुर्घटनामा परि दुईजना महिलाले ज्यान गुमाए । मंसीर २१ गते आईतवार साँझ साढे छ बजेतिरको समय हुँदो हो, आँखै अगाडि बबरमहलमा भएको सवारी दुर्घटनामा परि एकजना युवतीको ज्यान गयो । धुलिखेलतिर जाँदै गरेको मिनिबसले ति युवती चढेको स्कुटरलाई ठेलेर केहीपरसम्म पुर्‍याउँदै किचेको थियो । दुर्घटनामा परी ज्यान गुमाउने स्कुटर चालक २१ की युवती शान्ता हमाल रहिछन् भन्ने कुरा पछि समाचार सुनेर थाहा भयो ।

त्यस्तै मंसीर २२ गते सोमवार राजधानीकै तीनकुनेमा ट्रकले स्कूटीलाइ ठक्कर दिएर किच्दा त्यसमा सवार रहेकी एक जना युवतीको ज्यान गयो । दुर्घटनामा ज्यान गुमाउने युवतीको नाम भने मैले थाहा पाउन सकिन । यस अघि गत चैतमा चर्चित गायिका मञ्जु महतको पनि यसैगरी स्कुटरमा सामाखुसीबाट जमलतर्फ आउँदै गर्दा गल्कोपाखामा माइक्रो बसले किचेर मृत्यु भएको थियो । त्यस भन्दा अघि गत बर्षको मंसीरताका नै स्कुटर दुर्घटनाकै कारण महाराजगञ्जमा २८ वर्षीया सविना कार्कीले पनि ज्यान गुमाउनुपर्‍यो ।

यी त केही दृष्टान्तहरु मात्रै हुन् राजधानीको सडकमा भएका सवारी दुर्घटनाहरु र त्यसमा ज्यान गुमाउने महिलाहरुका । पछिल्लो समयमा दशैँ यता मात्रै देशका विभिन्न ठाउँहरुमा भएका सवारी दुर्घटनाहरुमा परि ५ सय भन्दा धेरै को ज्यान गईसकेको छ । पछिल्लो दुई सातामा मात्रै गृहजिल्ला सुर्खेत र आसपासमा गरी ७० जनाको पनि यसैगरी सवारी दुर्घटनामा परि ज्यान गएको छ । मैले यहाँ उठाउन खोजेको सन्दर्भ ठुला सवारी साधनहरु नै दुर्घटनामा परेको बारे हैन । हुन त यस बारेमा झन् धेरै बहस हुन र यी बहसहरुलाई राज्य तथा जिम्मेवार पक्षले गहन रुपमा बिष्लेषण गरी यथाशक्य दुर्घटना रोक्ने पहल थाल्न जरुरी मात्रै हैन कि ढिलाई नै भईसकेको छ ।

म पुरानै प्रसंगमा फर्किन चाहन्छु, यसरी राजधानीमा एकपछि अर्को रुपमा ठुला सवारी साधनको निसानामा स्कुटीहरु किन परिरहेका छन् त ! ट्राफिक प्रहरी महासाखाको तथ्याङ्क भन्छ-राजधानीमा हुने सवारी दुर्घटनाहरु मध्ये ८० प्रतिशत दुर्घटना, ठुला सवारीसाधन तथा सार्वजनिक यातायातका साधनकै कारण हुने स्कुटर या मोटरसाईकल दुर्घटनाका नै छन् ।

गतवर्ष असोजमा कान्तिले मसंग स्कुटर किन्ने प्रस्ताव ल्याएकी थिईन् । ‘कि तिमी मोटरसाईकल किन, हैन भने म स्कुटी किन्छु।’ उनको प्रस्ताव सुनेपछि मैले भनेँ-‘मलाई काठमाण्डुमा मोटरसाईकल चलाउने हिम्मत छैन हेर, आफ्नो सवारी साधन नै चढ्ने त्यस्तो रहर छ भने बरु तिमी नै स्कुटर किन । मैले पनि कहिलेकाहीँ लिफ्ट पाईहाल्छु होला के रे !’

मेरो उत्तर नसकिँदै उनले उत्तर दिईन्-‘माईक्रो बस र नेपाल यातायात चढ्दा वाक्कै भएको छु म । तिमी केटाहरुलाई पो के छ र ! ठेलमठेल हुँदै चढ्यो, कोचाकोचमै बस्यो । हामीलाई कम् छ ! त्यही कोचाकोचमै गोमन साँप झैँ हात सल्बलाउन खोज्नेहरु कति हुन्छन् कति ।’

हुन पनि हो, युवती देखेपछि हुँदो नहुँदो हर्कत गर्ने कतिलाई त मैले नै हकारेको छु सार्वजनिक यातायातमा । ढेस्सिएर बस्न खोज्ने, कुहिनोले घचेट्ने, महिला आरक्षण सिट लेखेको देखिदेखी त्यहीँ गजधुम्म परेर बसिदिने मात्रै हैन अश्लिल र द्विअर्थी शब्द बोलेर दुर्व्यवहार गर्ने जस्ता कृयाकलापको शिकार आफै समेत भएपछि उनले ऋण नै काढेर भएपनि स्कुटर किन्ने निर्णय लिएकी थिईन् । तर यसरी सार्वजनिक यातायातमा भएको दुर्व्यवहारबाट बच्न स्कुटर किनेपनि सुख त कहाँ छ र ! छेवैमा युवतीले रातो, सेतो, कालो, पहेँलो, बैजनी जस्ता ‘कलरफूल’ स्कुटर हाँक्दै गरेको देखेपछि सार्वजनिक सवारी साधनका चालक तथा सहचालकहरुमा के भूत सवार हुन्छ कुन्नी ! उनीहरु सिट्ठी फुक्ने, ‘ओ मैँया! बाटो तिम्रो मात्रै कि हाम्रो पनि !’ भन्ने, र मौका परे होडबाजी गरेको निहुँमा कच्याक्कुचुक् पारेर हिँड्न पनि पछि पर्दैनन् । सायद यिनै कारणले पनि पछिल्ला दिनहरुमा स्कुटरहरु बढीजसो दुर्घटनाका सिकार बनेका छन् ।

स्कुटर दुर्घटनाका कारण महिलाहरुले ज्यान गुमाउने गरेको सन्दर्भलाई जोड्दै मैले एउटा ट्विट पनि गरेको थिएँ-‘केही समय यता काठमाडौंमा भएका दुर्घटनामा अधिकांश स्कुटी किचिएका छन् र त्यसमा महिला नै परेका छन्। संयोग हो कि हेप्न खोज्दा दुर्घटना भको हो?‘ भनेर । यसमा केही साथीहरुका प्रतिकृयाहरु पनि यसरी पाएँ । गौरव पोखरेलले यसलाई संयोगमात्रैको रुपमा लिन सकिन्न कि भनेर आशंका ब्यक्त गर्नुभयो । त्यस्तै लोकदोहोरी गायिका मुना थापामगरले यसलाई हेपाहा प्रवृत्तिका रुपमा लिनुभयो । दुर्गा शाहीले भने स्कुटी र महिलालाई मात्र होईन दुईपाङ्ग्रे सवारीलाई समेत ड्राईभरहरुले देख्न छोडिसकेको तर्क गर्नुभयो । साथै उहाँ सरकारलाई ‘चीर निन्द्रामा रहेको’ भनेर ब्यङ्ग्य समेत गर्नुहुन्छ ।

सन्तोष पुडासैनी, बिरोचन पराजुली र महेन्द्र भुषाल भने अली फरक तर्क गर्नुहुन्छ । उहाँहरुको भनाई अनुसार दुई पाँग्रे सवारी चालकले पनि सडकमा आफ्नो सवारी साधन चलाउँदा खाली ठाउँ भेट्यो कि छिराईहाल्नु भएन । त्यसैगरी घरमै बसीबसी सवारी चालक अनुमति पत्र लिने प्रवृत्ति र सिकाईको कमीका कारण पनि यस्ता दुर्घटना भएका छन् भने दुवै पक्षले ट्राफिक नियमको वेवास्ता समेत गर्ने मात्रै हैन कि अधिकाँश ट्राफिक नियमकै बारेमा समेत बेखबर छन् ।

समग्रमा ट्विटरमा भएको यो बहसले सवारी दुर्घटना हुनुमा प्रवृत्तिलाई त दोषी देखाएको छ नै, साथसाथै नितिगत रुपमा समेत हाम्रो कमजोरी देखाएको छ । दुईपाँग्रे सवारीसाधनको लाईसेन्स किनबेचको कुरा हामीकहाँ बर्षौँ अघिदेखि चलेको हो र यो कुराको अहिले पनि उत्तिकै चर्चा हुनेगर्छ । काठमाण्डौँमा केही कम भएपनि जिल्लाहरुमा अँझैपनि स्कुटी या मोटरसाईकल नसिकेरै या भनौँ ट्रायल नदिएरै लाईसेन्स लिनेहरु हजारौँ छन् ।

जे होस्, एकले अर्काको कमजोरी देखाए पनि समग्रमा परिणाम एकातिर ‘आफ्नो आङ कन्याएर आफै छारो उडाउने’ जस्तै भएको छ भने अर्कोतिर बर्षेनी कैयौँले यसरी दुर्घटनाका कारण ज्यान गुमाउने या अपाङ्ग हुनुपर्ने अवस्था छ । आमनागरिकका हैसियतले यसको अन्त्य हुनका निम्ति आफै सचेत हुनुका साथै नितिगत सुधारका निम्ति सकारात्मक दवाव दिन पनि जरुरी छ भन्ने लेख्नुबाहेक मसंग अर्को विकल्प केहि छैन । छ त केवल उनलाई भन्ने एक वाक्य-‘भो प्रीय स्कुटी नचलाउ !’

Saturday, December 6, 2014

’कथाकी पात्र’’ लेखक रामप्रसाद ढुंगेललाई इजरायलवासी नेपाली आमाहरूको प्रश्न

शुभद्रा भण्डारी , इजरायलsony
लेखक, पत्रकार या साहित्यकार जो कसैलाई पनि आफूले अभिव्यक्त गरेका भावनाहरुवाट सामाजिक विखलन ल्याउने खालका, कसैको आत्मसम्मानमा चोट पुर्याउने शैलिका  आलेखहरु लेख्ने छुट  हुदैन । शव्द-शव्दमा  अर्थ खोज्नु जरूरी हुन्छ, कुनै शव्दलेअरूलाई पिडा हुन्छ की भनेर ?  राम प्रसाद ढुंगेल द्वारा ‘द नेपाली भ्वाईस डट कम’ अनलाईन पत्रिकामा प्रकाशित “कथाकी पात्र’’ नामक आलेखवाट तमाम इजरायलवासी नेपाली नारीहरूमाथि आघात पुगेको छ । लेखक  महोदय, तपाई पनि पत्रकार नै पर्नुभएछ, तपाईले  उक्त आलेखमा  इजरायलमा रहेकी कथाकी  महिला पात्रलाई  असहज प्रश्न सोधेर नेपाली नारी अस्मितामाथि  निलो आकाशमा  तुवालो फैलाए झै,   अव तपाईमाथि  पनि इजरायलवासी नेपालीहरूको प्रश्न तेर्सिएको छ ?  वन्द कोठामा वसेर गरिएका नितान्त निजी कुराहरूलाई लिएर  तमाम इजरायलवासी नेपाली नारीहरूको इज्जतमा धज्जी उडाउन खोजिएको उक्त आलेखवाट  रूष्ट भएका छन्  इजरायलवासी नेपाली आमाहरू ।  उक्त  लेखको पहिलो  लाईनमा नै  नेपाली आमाहरूलाई अपमान गरिएको छ ।  नेपाली आमाहरू जती हिम्मतवाला र साहसी आमाहरू सायद अन्य मुलुकमा कमै होलान् भन्दा अतिशयूक्ती नहोला । आलेखको  पहिलो लाईनमै  नानीहरूको मातृत्व र इजरायलको भूत जस्ता  शव्दहरूले  लेखकप्रति नै  प्रश्नवाचक चिन्ह्र तेर्सिएको छ ?   न कहिल्यै आमा हुन सक्ने,  न कहिल्यै आमाको महशुस गर्न सक्ने पुरूष मित्रको यस लेखाईप्रति तमाम आमाहरूको प्रतिप्रश्न रहनु स्वभाविक हो, तसर्थ   तमाम इजरायलवासी नारीहरूको  उक्त आलेखप्रति घोर आपत्ती रहेको छ । देशको राजनितिक,  सामाजिक र आर्थिक परिस्थितीको कारण दिनानुदिन नेपाली युवाशक्ति वैदेशिक रोजगारीमा होमिएको कुरालाई नकार्न सकिदैन । पछिल्लो समयमा  पुरूषहरू  झै नेपाली महिलाहरू पनि वैदेशिक रोजगारीमा होमिएका छन्, अझ भन्नु पर्दा नेपालको सामाजिक परिवेशमा सिंचित भएर रहेको महिला जनशक्ति आर्थिकोपार्जनका निमित्त वैदेशिक रोजगारी सुनौलो अवसर पनि वन्दै गइरहेको छ । पुरूषप्रधान हाम्रो समाजको परम्परागत कुरिती र कुसंस्कारलाई चिर्दै  नेपाली नारीहरू पनि पुरूष सरह आफ्नो  हक-अधिकार सुनिश्चित गर्दैछन् । नेपाली नारीहरू  इजरायल मात्र होईन  आफ्नो घर परिवार र लालावालाको सुन्दर  भविश्य निर्माणको  निम्ती भौतारिदै संसारको कुनाकुनामा छरिएका छन् । लेखक महोदय, तपाई अवश्यपनि प्रवासमै हुनुहुन्छ होला भन्ने अनुमान गर्दै सर्वप्रथम तपाईलाई नै प्रश्न  गर्न मन लाग्यो । सर्वप्रथम  तपाई आफु  किन प्रवासिनु भयो ? अनी प्रवासी जीवनसंगै तपाईको पारिवारिक जिम्मेवारी, विश्वास र मायाप्रेम नै धमिलो भएको हो त ? लेखक महोदय,  तपाईको नजर इजरायलमाथि मात्र किन पर्यो ?  के नेपाली नारीहरू अन्य देशका कुनाकुनामा पुगेका छैनन्  ?  जापान, अमेरिका,  क्यानडा, अष्ट्रेलिया  लगायत खाँडीमुलुकमा रहेका नेपाली महिलाहरूमाथि तपाईको नजर  किन परेन ?  खाँडी मुलुकमा नेपाली दिदिवहिनीहरू दिनानुदिन मानसिक र शारिरिक यातनाका शिकार भइरहेका छन् । वम्वैको कोठीमा अझै पनि लाखौ नेपाली नारीहरू नारकिय जीवन व्यतित गर्न वाध्य छन् । यूरोप अमेरिकामा मंहगीको मारमा होस् या अन्य कारण लिभिङ टुगेदरमा हुनेहरू प्रशस्तै छन् अनि इजरायलमा भन्दा  खाँडी मुलुक, यूरोप, अमेरिका लगायतका देशहरूमा चौगुणा वढी छन् नेपाली चेलीहरू ।  हो धेरैका नानीहरू मातृत्ववाट खोसिएका छन्, होस्टलमा कैद भएका छन्, घऱवार उजाडिएको छ यसको मतलव यो होईन की आमाको मातृत्व नै टुङ्गिएको छ, आमाको  हृदय नै चट्टानसरी वनेको छ ?   कुन आमालाई आफ्नो सन्तानको भविष्यको चिन्ता नहोला ?   ‘इजरायलको भूत चढेपछी’ भन्ने तपाईको शव्दले  तमाम  इजरायलवासी नेपाली आमाहरूको   आत्मविश्वासमा ठेस पुगेको छ । के इजरायल आउन चाहने हरेक नेपाली आमाहरु रहरले यहाँ आइपुगेका हुन् त ? के ति आमाहरु आफ्नो मुठ्ठीभरको रहरका खातिर आफ्नो मुटुको टुक्राजस्ता सन्तानलाई अलग्गाएका होलान त ? अनि मंहगा  होस्टलहरुमा रहेका नानीहरू इजरायलमा रहेका आमाहरूका मात्र होलान् त ?  श्रीमान विदेशिदा श्रीमतीहरू घरपरिवार वालवच्चा संम्हालेर  वर्षौ कुरेर  वसेका हुन्छन् भने श्रीमती विदेसिदा श्रीमानले छोराछोरी संहाल्न नसक्नु के पुरूषहरूप्रतिको लाचारीपन भएन ?  अनी प्रायजसोको वच्चाहरू घर परिवारले नै हेरचाह गरेका हुन्छन् । के नेपालमा हुने अभिभावकहरू  लगायत अन्य देशमा हुनेहरूले  होस्टेलमा वच्चा राखेका छैनन्  ? जवाफ छ ? यदि तपाई इमान्दार लेखक  हुनुहुन्छ भने यसको जवाफ अवश्य दिनुहुनेछ । अव कुरा रह्यो इजरायल कस्तो मुलुक हो भन्ने विषयको, महिलालाई प्रधानता दिइएको इजरायल महिलाहरूको लागि विश्वमै उत्तम गन्तव्य हो भन्दा कुनै गलत हुदैन ।  इजरायलमा रहेका हर  विदेशी कामदारहरूको आफ्नो हक अधिकार सुनिश्चित छ भने  व्यक्तिगत रूपमा पनि स्वतन्त्र छन् । इजरायलको रोजगारीले विदेशी महिलाहरूमा आत्मवल , आत्मविश्वास र साहस वढाएको छ ।  स्वदेशमा हुने गरेका महिला हिंसा, लैगिंक विभेद जस्ता असमान व्यावहारलाई व्यावहारिक रूपमा चिर्न सफल भएका छन् इजरायलको रोजगारीमा आउने महिलाहरू । हरेक क्षेत्रमा फक्रेका छन्  इजरायलवासी नेपालीहरू । समष्टिगत रुपमा भन्नुपर्दा इजरायल पत्रकार, साहित्यकार तथा  कलाकारहरूको उर्वर भूमी बनेको छ ।  तपाँईजस्ता वुद्दिजिवीहरु यी कुराहरू  स्वीकार्न किन हिच्किचाउनुहुन्छ ? इजरायलको वारेमा केही बोल्दा नकारात्मक सोच भएकाहरुको दिमागमा घरभित्रको ट्वाइलेट मात्र किन देखिन्छ  ?, त्यही घरभित्रको लाइव्रेरी अनि पवित्र  पुजा कोठालाई किन देख्नुहुन्न ? लाइव्रेरी अनि पुजा कोठाको वारेमा किन वर्णन गरेको सुनिदैन ? नेपाल सरकारले खाडी मुलुकहरुमा नेपाली महिला कामदारहरुलाई श्रम इजाजत नदिइराख्दा इजरायलको वन्द रोजगारी कुनै पनि अवस्थामा खुल्ला गर्न हदैसम्मको पहल जारी राखेको छ आखिर किन त ? यदि इजरायलको रोजगारी असुरक्षित हुन्थ्यो भने सरकारले किन इजरायलमा नेपाली महिला कामदारहरु पठाउन यति धेरै पहल गरेको छ त ? महिलाहरूको हकमा खाडी मुलुकहरुमात्र होइन युरोप अमेरिका लगायत अन्य विकशित मुलुकहरुको तुलनामा सुरक्षित गन्तव्य इजरायलको रोजगारीलाई  यसरी धमिल्याउने अधिकार जो कसैलाई पनि  रहदैन । इजरायल महिलाहरूको हकमा  सुरक्षित गन्तव्य मात्र होईन राम्रो कमाई हुने विकसित राष्ट्र पनि हो । नेपाली समाजमा सिंचित महिला जनशक्तिले यस्तो मुलुकमा आर्थिकोपार्जन गर्ने अवसर प्राप्त गरेका छन्, यो मुलुकको आर्थिक उन्नतीको निम्ती अत्यन्तै सकारात्मक पक्ष हो । यस्तो अवस्थामा यसरी प्रवासीएका नेपाली नारीहरूको विषयमा तथानाम भ्रमको विज छरिदिएपछि आम नेपाली अभिभावकहरूले के सोच्लान्  त ? आगामी दिनमा इजरायल आउऩ चाहनेहरूलाई कुन विश्वासले  इजरायल पठाउलान् त उनीहरु ? एकातिक यसतर्फ गम्भिर भएर सोच्न वाध्य वनाएको   छ भने अर्को तर्फ यी यस्ता पत्रकारको मुखुन्डोधारीहरु नेपाली महिलाहरुलाई फेरीपनि चुलोचौकामै सिमित राख्न क्रियाशिल छन् भन्ने कुरालाई प्रस्ट्याएको छ । कुरा रह्यो इजरालवासी आमाहरुको चरित्रको, लेखक महोदय, अझैपनि दोष नारीहरूमाथि थोपरेर आफु चोखिन खोज्नु कहांसम्म न्यायसंगत होला ? एक पटक गहिरिएर सोच्नुस् त ? तिनै पुरूषहरूको कारण महिलाहरू गलत वाटो रोज्न वाध्य भएका छन् ।  एउटी महिलालाई रण्डी, वेश्या जस्ता उपनाम दिईन्छ  तर ती महिला कसको कारण रण्डी या  वेश्या भएकी छे ?   निर्विवाद भन्न सकिन्छ त्यो हो पुरूष ? “ इजरायल दिउँसो सुत्छ सायद, रातभर अनलाइनमा भेटिन्छन् मेरी र डलीहरू”  तपाईको यो लाईन आफैमा अपुरो र तपाईसंगै प्रश्न सोधिरहेको छ ? के तपाई राती सुत्नुभयो ?   तपाईको लेखको आशय के हो ? इजरायलमा हुने सम्पुर्ण नेपाली चेलीहरूलाई ‘मेरी र डलीहरू ‘ को उपनाम दिएर एकपटक नेपाली सभ्यता अनी परम्परा र संस्कारको उपहास त गर्नुभएन ?   के हाम्रो संस्कार संस्कृतीले चेलीहरूलाई दिने इज्जत र सत्कार यसैगरी सिकाएको हो त  ?  के  कथामा तपाईवाट सोधिएका असहज प्रश्नलाई नियाल्दै  समाजले  तपाईलाई  असल पुरूषको संज्ञा दिन सक्ला  ? त्यसैले  इजरायल मात्र रातभर जाग्दो रहेनछ कतार पनि अनिदै ड्यूटी गर्दोरहेछ भन्ने कुरा नभुलिदिए लेख सान्दर्भिक वन्न सक्थ्यो होला । यहाँ लेखकको  भनाईलाई मान्ने हो भने   हिजोआज फेसवुक  इजरायलमा रहेका नारीहरूले मात्र चलाउने रहेछन् क्यारे ?    कुरो वुझ्नै गार्हो भयो । खाडी मुलुकमा रहेका नेपालीहरू  दिन-रात सकिनसकी ड्यूटी गर्छन् । परिश्रम गर्दा गर्दा भ्याईभ्याई हुन्छ ।  यूरोप अमेरिकामा पनि काम नगरी कहाँ पैसा फल्छ र ?  नेपालमा लोडसेडिङको मार वढेको वढ्यै छ । इजरायल हो जहाँ रहेका  विदेशी कामदारहरू यो सुविधा निर्धक्क प्रयोग गर्न पाउछन्, दिनरात  अनलाईनमा वस्न भ्याउछन्   अनी फेसवुकमा  फोटो अपलोड, स्ट्याटस अपडेट   गरे भनेर ईष्या  मात्र गरेर  के गर्नु ? होईन त ? लेखक महोदय, कतारका तपाईका मित्रले इजरायललाई नयाँ ससुराली भनेको कुरा लेख्नुभयो उसो त कतारमा रहेका केटाहरूलाई इलरायवासी नेपालीहरूले के भन्छन् , एक त त्यो कुरा म यहाँ लेख्न असमर्थ छु । दोस्रो त्यस किसिमका कुराहरु लेखेर खाडी मुलुकहरुमा काम गर्ने लाखौं नेपाली दाजुभाईहरुको अपमान गर्न चाहान्न् । प्रसंग इन्टरनेटकै, भिडियो च्याट अनी व्ल्याकमेलिङ महिला पुरूष दुवैवाट भएका छन्  ।  इजरायलमा रहेका नारीहरू भनेर संवोधन गर्ने मित्रलाई मेरो च्यालेन्ज  हिम्मत छ भने  आउनुहोस् म संग रातभर च्याट गर्नुहोस् । अनी  फेरी लेख्नुहोस् इजरायलमा भएका “मेरी र डल्लीहरु”……??? लेखक महोदय, तपाईले लेख्नुभएको अर्को  एक लाईन ‘लामो च्याटले तन र मनको तिर्खा जो जागेको थियो’ ।  जो पुरूष पात्र पहिलो पटक एक अपरिचित महिलासंग अनलाईनमा च्याट गर्दैछ उसलाई  तन र मनको तिर्खा जाग्यो ? कस्तो भद्रभलाद्मी पुरूष तपाई,  अनी लाजै नमानी सार्वजनिक रूपमा नारीहरूमाथि इज्जत  गरेको कुरा खुलेर लेखिदिने ? यसले तपाईको मात्र होइन तपाईको कुलिन संस्कारलाई पनि प्रतिविम्वित गरेको छ । “इजरायलमा त नेपाली केटाहरूलाई त मोज छ रे नि ? महिना महिना दिनमा गर्लफ्रेन्ड फेरिन्छ भन्छन् त ? कि मैले गलत समाचार सुनें ?” यी हरफहरूवाट  तपाईले   इजरायलमा  रहेका महिलाहरूलाई मात्र होईन पुरूषहरूलाई पनि धमिल्याउनु भयो । सवै पुरूष र सवै महिला उस्तै चरित्रका  हुदैनन् भन्ने ध्रुव सत्यमाथि पनि धव्वा लगाईएको छ । यहाँ दाजुभाई, दिदिवहिनी, काका, मामा जस्ता पवित्र सम्वन्धहरूको पनि चरित्रहत्या  गरिएको छ । आज प्रत्येक दिनजसो नेपालमा हुने गरेका यौन व्यावसाय, यौन शोषण र विभिन्न प्रलोभनमा हुने गरेका यौन विकृतीहरू समाचारका हेडलाईन वनिरहेका छन् । कलिला किशोरीहरूदेखि अर्धवैसेसम्म  पेट पाल्नकै निम्ती होस् या छोराछोरी पाल्नकै लागि  देह व्यापारमा लागेका छन् । खुलेआम जवानीको मोलमोलाई भईरहेको छ ।  गरिवीभित्रको आत्मविश्वास खोसिएको छ , ठुलावढाको हुकुमी साशनको अझै पनि  अन्त्य भएको छैन । किन तपाई कलम चलाउनुहुन्न ती निमुखा , निर्दोष र विवशतामा जेलिएका नारी मनहरूको लागि ? अन्त्यमा लेखक महोदय, दोषारोपण नारीहरूमाथी मात्र थुपार्न छोडेर यसको भागिदार पुरूष पनि  रहेको छ भन्ने कुरा नविर्सिदिए  लेखकको कलमको प्रतिकार गर्नुपर्दैन थियो । इजरायलका रहेका नारीहरूले आफ्नो मात्र नभई  सामाजिक जीवनस्तरलाई कतिसम्म माथि उठाउन सहयोग पुर्याएका छन्, जसले समाज र राष्ट्रलाई कतिसम्म फाईदा पुर्याएको छ भन्ने सकारात्मक  पक्षहरूलाई ओझेलमा पारिनु हुदैन ।  सवैमा सकारात्मक सोच अनी  प्रवासको वसाईसंगै आफ्नो  जिम्मेवारी, कर्तव्य र विश्वासमा कसैले पनि  तुषारापात नगरिदिए, सवैको आदर, सत्कार र  सम्मान  गर्न सकेमात्र समतामूलक समावेशी सामाजिक संरचनाको निर्माण हुन सक्छ । www.a1khabar.com

Friday, December 5, 2014

म सुपर पापी हुँ मैले एउटी महिलासँग काउलीबारीमा सम्भोग गरेँ : कुमार नगरकोटी

मोक्षान्तः काठमान्डू फिभर’, ‘फोसिल’ र ‘कोमा : अ पोलिटिकल सेक्स’बाट सम्मोहित पाठकका लागि कुमार नगरकोटीले नयाँ किताब ल्याएका छन्, ‘अक्षरगन्ज।’ यसलाई उनले ‘एन एन्थोलजी अफ ड्रिम्स, डायरिज् एन्ड डेथ’ भनेका छन्। नगरकोटीसँग शुक्रवारका लागि दीपक सापकोटाले गरेको कुराकानी-:nagrkoti
समाचार सार :
साहित्य लेखेर समाज परिर्वतन गर्छु भन्नु वाहियात हो। विनम्र मान्छेले त्यस्तो भन्नै सक्दैन।
मैले अर्काकी श्रीमतीसँग लामो समयसम्म यौनसम्बन्ध राखेँ। क्यान्सरपीडित पितालाई चाँडै मरून् भन्ने कामना गरेँ। म सुपर पापी हुँ।
लेखिएका ९० प्रतिशत पुस्तक त जलाउनसमेत योग्य छैनन्।
राजनीतिगमनभन्दा वेश्यागमन ब्युटिफुल कुरा हो। यसमा कसैलाई हानि छैन।
म आफैँलाई सोधिबस्छु– म किन यतिविधि अनौठो मानिस बनेको हुँला?
नयाँ किताब ‘अक्षरगन्ज’सँग तपाईंको अपेक्षा के छ?
म त्यस्तो अपेक्षा बोकिहिँड्ने जन्तु होइन। मेरा अघिल्ला किताब कला, दर्शन र रहस्यमा रुचि भएकाहरूका लागि हुँदो हो। ‘अक्षरगन्ज’चाहिँ मेरो साहित्यिक डिपार्चर हो। यसमा सो–कल्ड नगरकोटीले बिताएका प्रेमिल प्लस आध्यात्मिक क्षण, पर्सनल प्रसंग, कन्फेसन्सलाई सेयर गरिएको छ।
यसलाई नगरकोटीको आत्मकथा भन्न मिल्छ?
खासमा अक्षरगन्ज ‘ग्लिम्पसेज अफ लाइफ’ हो। र, मेरो आत्मस्वीकृतिका कच्चापदार्थ मिलेर बनेको एउटा प्याकेज हो। जीवनको आँखीझ्यालबाट चियाइएका/देखिएका स–साना चिजलाई पोर्ट्रे गरेको हुँ।
अक्षरगन्जलाई कुनै विधाअन्तर्गत राख्नुभएको छैन। किन यस्तो गर्नुभएको?
यो मेरो फ्यान्सी स्टाइल हो। डायरी लेख्नु मेरो सोख हो। घाटमा, गल्लीमा, जुनेली रातमा डायरी लेखिबस्थेँ। मेरा डायरीमा सपना, बाल्यकाल, युवाकाल प्रचुर मात्रामा छरिएका छन्। त्यसै पनि म विधाभञ्जकका रूपमा कुख्यात छु। र, यो किताब पनि कुनै एउटा विधा वा सीमामा बाँधिएको छैन। किताबको पात्र कुनै सार्वभौम थट्समा छैन। यो किताब एउटा आउटसाइडरको आत्मखोज हो।
कुनै विचार नभएको पनि मान्छे हुन्छ र?
म यहाँ विचारको होइन, विचारधाराको, स्कुल अफ थट्सको कुरा गर्र्दैछु। मेरो कुनै स्पेसिफिक विचारधारा छैन। कुनै पनि मान्छे एउटै विचारधारामा सधैँभरि रहिरहन सक्दैन। यसो हुँदा उसमा क्रिएटिभिटी रहँदैन। मार्क्सिजम नै भनौँ न, यस थट्समा लागेको मान्छे सधैँ मार्क्सवादी कसरी हुनसक्छ? खासमा मेन्टल जर्नी एउटा इभोलुसन पनि हो। झन् प्रगतिशीलता त एउटै चेनमा रहिरहनै सक्दैन।
नेपाली कथामा नयाँ ट्रेन्ड ल्याउनुभयो नि?
समीक्षक, समालोचक वा आलोचक नगरकोटीले कथालेखनको परम्परा डिस्ट्रोय गर्योि भन्छन्। आई डन्ट केयर! परम्परा भत्काउनु वा परम्परालाई नमान्नु मेरो रुचिको विषय होइन। परम्परा भत्कियो कि भत्किएन, हू केयर्स?
‘अक्षरगन्ज’मा सपनाको निकै कुरा गर्नुहुन्छ। भनिदिनुस् न सपनाको रङ कस्तो हुन्छ?
सपना बेरंगी हुन्छ तर मान्छे रंगीचंगी। उसका अनगिन्ती इच्छा, रुचि र लगाव हुन्छन्। बरु ऊ बेरंगी सपनालाई कसरी रंगिन बनाउने भन्ने खोजमा हुन्छ।
सपना नभएको मान्छे हुन्छ?
सपना नभएको त डेड म्यान हो। सपना जहाँ टुंगिन्छ, त्यो मानिसको अन्त्य नै हो।
त्यसो भए तपाईंका सपना के थिए?
कुरा यहीँनेर छ। मेरो जीवनशैली विचित्रको छ। मलाई अस्तित्वमा भएका विविध रङ मन पर्छन्। म आफ्नो जीवनका प्रसंगमा पेन्टरले जस्तै रङ पोत्दै हिँड्छु। अहिले पनि मेरा ठ्याक्कै यही र यस्तै भन्ने सपना छैन। म आनन्दपूर्वक बाँच्न चाहन्छु।
त्यसो भए तपाईं ‘डेड म्यान’ हो त?
मैले त्यस अर्थमा भनेको होइन। सपना त छ नि, बाँच्ने सपना। आनन्दको खोज हो मेरो। सोकल्ड सत्य र मुक्तिको खोज होइन। पेन्टिङ हेरेर, सुन्दर कविता पढेर, प्रेम गरेर, राम्रा मान्छे भेटेर बाँच्न सकिन्छ। आई एम द कलेक्टर अफ स्क्याटर्ड ड्रिम्स।
साहित्य त सुन्दर समाज निर्माणका लागि लेख्ने होइन र?
यो सब बकम्फुसे कुरा हो। साहित्य लेखेर समाज परिर्वतन गर्छु भन्नु वाहियात हो। विनम्र मान्छेले त्यस्तो भन्नै सक्दैन।
तपाईंले लेखिरहेका टेक्स्टले नेपाली समाजलाई के दिन्छ?
साहित्य आनन्दमार्ग हो। मैले लेखेका टेक्स्टले तपाईंलाई आनन्द दियो भने त्यही मेरो सन्तुष्टि हो।
तपाईं कस्तो लेखिरहनुभएको छ? बेजोड, झुर वा वाहियात?
खासमा म वाहियात लेखिरहेको छु। म कहिलेकाहीँ महिनौँसम्म केही लेख्दिनँ, वा भनौँ लेख्नै सक्दिनँ/आउँदैन। मलाई कहिलेकाहीँ लाग्छ, मैले साह्रै झुर लेखिरहेको छु।
‘अक्षरगन्ज’को ‘पहेँलो स्वेटर’ नामक टेक्स्टमा पहिलो प्रेमबारे लेख्नुभएको छ। अर्काकी पत्नीसँग लामो समय यौनसम्बन्धमा लिप्त देखिनुहुन्छ। त्यस्तो परस्त्रीगमन, प्रेमजस्तो पर्सनल कुरा सुनाउनु कत्तिको उपयुक्त हो?
उपयुक्त/अनुपयुक्त भन्ने कुरा नै हुँदैन। त्यो लेखनको एउटा प्रक्रिया हो। त्यो एउटा म्याटर हो। कतिपय मजस्ता मानिस होलान्, जसले मैले जस्तो एक्स्ट्रा म्यारिटल धन्दा चलाएका छन्। त्यस्ता कुरा उनीहरू आफ्नो जीवनसँग रिलेट गर्छन्। एक्सपिरियन्स सेयरिङ पनि हो लेखन। खतरा काम गरेँ भन्ने कुनै पनि भ्रम मसँग छैन।
प्रेम, यौनका कुरा अरूलाई सुनाउनु नै किन जरुरी छ? त्यसले प्रेमिकामाथि सम्मान हुन्छ त?
अरूलाई सुनाउने/नसुनाउने आफ्नो स्वतन्त्रता हो। त्यस्ता हिडेन ट्रेजर अरूलाई नसुनाए पनि फरक पर्दैन। त्यो आफ्नो इच्छाको कुरा हो। सम्मानभन्दा सुन्दर शब्द त प्रेम नै हो नि। त्यो एउटा मेमोरी हो। सम्मान भयो/भएन, त्यो सेकेन्डरी कुरा हो।
‘अक्षरगन्ज’मा मृत्युबारे, घाटबारे खूब चर्चा/परिचर्चा गरिरहनुहुन्छ। मृत्युलाई अनुभव गर्नु कति आवश्यक छ?
एभ्री मोमेन्ट डेथ इज विद् यू। हामीले महसुस नगरेका मात्र हौँ। के थाहा, मृत्यु कुन बेला उपस्थित हुन्छ? उज्यालो अन्धकारको अप्सन हो। झ्यार्र बत्ती बाल्दा अन्धकार हट्ने होइन। अन्धकार त त्यहाँ पहिलेदेखि नै छ। त्यस्तै झयार्र बलेको बत्ती हो मृत्यु। जब मृत्यु आफूसँगै छ भन्ने बोध हुन्छ। अनि, मात्र मृत्यु आउँछ।
पुराना डायरी हेर्दा तपाईंले कुनै बेला थुप्रै कविता लेख्नुभएको रहेछ। कविता लेख्न छोड्नुभएको हो?
कविता मेरो फस्ट लभ हो। कथासँग घरजम गरेँ। गजलसँग डिभोर्स गरेँ। कथा, निबन्धमा कवितासँग डेटिङ चलिरहेकै छ।
लेखकहरू अरूलाई उपदेश दिन्छन् र आफू पालना गर्दैनन् नि?
अरूको ठेक्का म लिन्नँ। म कहिल्यै कसैलाई उपदेश दिन सक्दिनँ। मेरो विद्यार्थीलाई पनि चुरोट नखाऊ, वेश्यालय नजाऊ म भन्दिनँ। उसलाई मन लागेको कुरा गरोस्, जीवन अनुभूत गरोस्।
समाजले गर्नु हुन्न भनेका कुरा तपाईं गर्नुहुन्छ। अरुको जाँच दिन जानुहुन्छ। यो नैतिक पतन होइन र?
लेखनमा मलाई नैतिक रूपमा पतित हुनु नै प्रिय छ। यस्तै कुरा लेख्नुमा म आनन्द अनुभव गर्छु। घटा गणेशको जाँच दिन जानु मेरो अति भावुक प्रेम हो। मलाई डबल स्ट्यान्डर्ड मन पर्दैन। चिरिच्याट्ट परेका मानिसका कुराले म विकर्षित हुन्छु। हू केयर्स अबाउट नैतिकता?
तपाईंले गरेका केही पाप बताइदिनुस्, जसले नैतिक रूपमा, सामाजिक रूपमा तपाईंलाई पतन भएको देखाओस्।
पाप नं १- मेरो पहिलो यौन सम्बन्ध वेश्यासँग भयो।
पाप नं २- मैले अर्काकी श्रीमतीसँग लामो समयसम्म यौनसम्बन्ध राखेँ।
पाप नं ३- एउटी महिलासँग मैले काउलीबारीमा सम्भोग गरेँ। ती महिला कल गर्ल पनि होइनन्। कहिल्यै नदेखेकी ती महिलासँग पहिलो भेटमै यौनसम्बन्ध राख्नु कुनै पनि हालतमा सुन्दर कुरा होइन।
पाप नं ४- मैले क्यान्सरपीडित पितालाई चाँडै मरून् भन्ने कामना गरेँ। उनी आजै मरे हुन्थ्यो भनिबसेँ। आई वाज इन लभ विद माई फादर। त्यो मेरो सदिच्छा थियो।
पाप नं ५- ‘अक्षरगन्ज’को एउटा निबन्धमा गिद्धराम चौधरी भन्ने पात्र छ। उसले गरेको पवित्र यौनकर्मबारे मैले अरूलाई लगाइदिएको पोलले उसले भयंकर पिटाइ खायो, सामाजिक अपहेलना बेहोर्‍यो र आत्महत्या गर्‍यो। मलाई सधैँ लागिरहन्छ, मैले उसको पोल नलगाइदिएको भए उसले आत्महत्या गर्ने थिएन।
यस्ता पाप अरू पनि छन्। यस हिसाबले म सुपर पापी हुँ।
मेरो लामो सङ्गतले भन्छ, कुमार नगरकोटी अलिकति एब्सर्ड, बौलाहा किसिमको मान्छे। असामान्य मान्छे। अब फकिर भएर हिँड्ने सम्भावना कति छ? कि क्रूर वा सेक्स मेनिएक हुने सम्भावना छ?
क्रूर वा सेक्स मेनिएक हुनुभन्दा लेखक हुनु पो ठीक होला। जोगी हुने सम्भावना चाहिँ छ। सेक्स मेनिएक कसरी हुनु म? आफ्नै श्रीमतीसँग सम्भोग नगरेको त महिनौँ भइसक्यो। म विरक्त भएको होइन तर रक्सी र सम्भोगप्रति मोहभंग चाहिँ पक्कै भएको हो। आई वन्डर, सबै कुरा डिट्याच्ड हुँदै गइरहेका छन्।
सम्भोग, ओछ्यान र पुस्तक’ निबन्धमा यौनबारे लेख्नुभएको छ। सम्भोगको लागि उपयुक्त स्थान कुन होला?
शौचालय, ओछ्यान वा काउलीबारी, जहाँ गरे पनि सम्भोग निकै पवित्र कुरा हो। मान्छेको मानसिकता मात्र अपवित्र हो, यौन अपवित्र कुरा होइन।
‘अक्षरगन्ज’मा तपाईं गैरमानिसजस्तो देखिनुहुन्छ। खासमा कुरा के हो?
म लामो समय होस्टेल बसेँ। सानोमा आमासँग पनि बस्न पाइनँ। मेरो कसैप्रति अट्याचमेन्ट नै छैन। मेरा कोही पनि सरकारी जागिरे साथी छैनन्। श्रीमतीप्रति, परिवारप्रति मेरो कुनै किसिमको अपेक्षा छैन। न त्यस्तो कर्तव्यबोध नै छ। यो एक किसिमको पागलपन नै हो। म आफैँलाई सोधिबस्छु– म किन यतिविधि अनौठो मानिस बनेको हुँला? आई लभ लन्लिनेस। म गैरमानिस नै हुँ।
‘मृत्युको अन्तरिम इच्छा’मा तपाईं राति आफ्ना प्रिय पुस्तक जलाएर उज्यालो बनाउनुहुन्छ। यो जीवनविरोधी, ज्ञानविरोधी कुरा भएन र?
किताबले ज्ञान दिन्छ, उज्यालो दिन्छ। मैले ‘मुनामदन’, ‘वार एन्ड पिस’जस्ता क्लासिक किताब जलाएँ। अँध्यारोमा किताबले आफू जलेर मलाई उज्यालो बाटो देखायो। त्यसैले किताब उज्यालोको स्रोत हो। यसमा कुनै जीवनविरोधी, ज्ञानविरोधी कुरो छैन। लेखिएका ९० प्रतिशत पुस्तक त जलाउनसमेत योग्य छैनन्।
तपाईंलाई लेखनमा अजर, अमर हुने विश्वास छ?
अजर–अमर हुने कुनै पनि अपवित्र इच्छा अहिलेसम्म छैन। मैले लेखेर के–के न गरेँ भन्ने पनि छैन। मेरा सबै किताब जलाइदिए हुन्छ। आफ्ना कुनै रचनाप्रति, कृतिप्रति मलाई कुनै मोह छैन। मेरा किताब जलाएर नेपाली साहित्यलाई कुनै एंगलबाट पनि घाटा हुँदैन।
स्त्रीबारे पनि खूब लेख्नुहुन्छ। स्त्रीका खास मन पर्ने अंग के हुन्? स्त्री के कुराले सुन्दर हुन्छन्?
स्त्रीको सबैभन्दा मन पर्ने, हेरिरहन मन लाग्ने एउटा अंग नाइटो हो। नाइटोमा सेक्स अपिल बढी देख्छु। सेक्सका बेला म नाइटोमै बढी किस गर्छु। रहस्यमयी, एडभेन्चर रुचाउने, अलिकति छोपिएको ग्रे कलर भएको स्त्री बढी सुन्दर हुन्छ। यस्ता नेपाली स्त्री मैले देखेको छैन। प्लास्टिक वा गुडियाजस्तो सुन्दरता भएका स्त्री मलाई मन पर्दैन। रहस्यमय भनिएको ईश्वर छैन, स्त्री रहस्यमयी छन्।
वेश्यागमन ठीक कि राजनीतिगमन ठीक?
राजनीतिगमनभन्दा वेश्यागमन ब्युटिफुल कुरा हो। विश्वविद्यालयका शिक्षाशास्त्रीहरू शिक्षासँग, राजनीतिज्ञहरू देशसँग सम्भोग गरिरहेका छन्। त्यसैले वेश्यागमन धेरै ठीक। यसमा कसैलाई हानि छैन।
तपाईंका अरू किताबभन्दा ‘अक्षरगन्ज’ कुन हिसाबले फरक छ?
यस किताबको नाम नेपालीमा छ। यो शब्दलाई म निकै प्रेम गर्छु। यसमा म दिवंगत लेखकहरूसँग संवाद गर्छु। ‘अक्षरगन्ज’ मेरो स्वैरकल्पनाको संसार हो। मेरो संसारमा लेखक, कलाकार मृत्युपछि स्वर्ग, नर्क जाँदैनन्। उनीहरू ‘अक्षरगन्ज’मा जान्छन्।
‘अक्षरगन्ज’को क्रमसंख्या नै तपार्इंले ‘पेग’मा राख्नुभएको छ। १ पेगदेखि ३० पेगसम्म। के हो यस्तो?
दारुवाला र पेगप्रति मेरो सम्मान छ। पेजभन्दा पेग ठीक हो।स्रोत :नागरिक न्युज 

हाम्रा पनि आशुका ग्रन्थी छन्ः दुःख पर्दा ती पनि चुहिन्छन् तिमी नारी किन यति हठी ?

नारी भएर जन्मनु सँधै घाटाको कुरा मात्रै नहुन सक्छ । नारीले जन्मसँगै केही सहुलियत पनि पाएकी छे जसले उसलाई पुरुष भन्दा पनि केही बलियो बनाएको छ ।




नारी सौन्दर्य पनि ती सहुलियत मध्येको एक हो । मलाई पुरुषको कुन चाहीँ कुरा नारीलाई सुन्दर लाग्छ भन्ने थाहा छैन ।तर नारीको हरेक कुरा पुरुषलाई सुन्दर लाग्छ । जस्तै कुरुप नारी भएपनि ऊ नारी हुनु नै सुन्दर हुन्छ । एक पटक हाम्रा केही साथीहरु एक होटलमा काम गर्ने काली केटीका पछि लागेका थिए, जो देख्नमा कत्ति राम्री थिइन । तर पनि उनीहरुले उसमा खै के देखेका थिए ! उसलाई रिझाउनका लागि मरिहत्ते गरेर लागिरहेका हुन्थे ।
जेडी स्यालिंगरद्वारा रचित सुप्रसिद्ध उपन्यास ‘द क्याचर इन द राइ’ को प्रमुख पात्र होल्डेन काउलीफिल्डले भनेका छन्ः“द्याट्स द थिंग अबाउट गल्र्स । एव्रीटाइम दे डु समथिं प्रीटी, इभन इफ दे आ’नट मच टु लुक एयाट, ओ’ इभन इफ देआ’ सर्ट अफ स्ट्युपिड, यू फल हाफ इन लव वीथ देम, एण्ड देन यू नेभ’ नो ह्वे द हेल यु आ’ (केटीहरुको बारेमो त्यही कुरा हो । हरेकपटक तिनीहरुले केही सुन्दर गर्छन्, उनीहरु देख्नमा सुन्दर नभएपनि वा उनीहरुले कुनै मुर्खतापूर्ण काम गरेपनि तिमी उनीहरुप्रति आधा प्रेममा पर्छौ र त्यसपछि तिमी यो पनि भुल्न पुग्छौ कि तिमी कहाँ छौ )।” यीनै कुराहरुले मलाई विश्वास गर्न मन लाग्छ कि नारी हुनु नै सुन्दर हुनु हो । तर सायद धेरै कम नारीले यो कुरा बुझेका छन् । उनीहरु अझै पनि आइलाइनर र कसिला पोसाकले उनीहरुको सुन्दरता वृद्धि गर्छ भन्ने सोच्छन् । 
सुन्दरता बाहेक पनि उसले एक अर्को तागत पाएकी छे ः त्यो हो उसका आँशु । सानो दुःख पर्ने वित्तिकै खै कुन चाहिं बटन थिच्छन् उनीहरुले उनका आँखाहरु तप्प तप्प गरेर चुहि हाल्छन् ।कतिपय बेला त ती आँशु नियोजित पनि लाग्छन् । जस्तै विवाहको बेला बेहुली डोली चढ्न लाग्दा अघि पछि हाँसीरहेको भए पनि आँखा तुक्र्याइहाल्छे नारीले । राम्रै नाटक मञ्चन हुन्छ त्यो बेला । छोरीसँग छुट्टिदाको पीडा त बाबुसँग पनि हुँदो हो तर उसले त्यो पोख्नलाई आँशुको शाहरा लिन पाउँदैन । किनभने आँशुहरुका एकाधिकारी भनेको महिला हुन् । उनीहरुलाई मात्र अधिकार छ जतिबेला चाह्यो त्यतिबेला आँखाबाट आँशु चुहाउने । यदि कुनै बाबुले विवहाका बेला आँशु चुहाइहाल्यो भने उसलाई तिनै भावुक भनाउँदा नारीहरुले खिसी गर्न सुरु गर्छन् । उसलाई, “के आइमाइको जस्तो रोएको ” भनेर उल्ल्याउन पछि पर्दैनन् । मानौ पुरुषका लागि भावुक हुने र आँशु झार्नु कुनै अपराध होस् । यदि पुरुषले आँशु झार्नु नपर्दो हो र उनीहरुलाई रुने मन नलाग्दो हो त उनका आँशुका ग्रन्थी नै हुने थिएनन् नि ! अनि एकान्तमै भए पनि चोटपर्दा ती चुहिने थिएनन् ।
पुरुषलाई सानै देखि भावुकताबाट टाढा राखिन्छ । भावुक हुनु नारीको गुण मानिन्छ । पुरुषलाई सानै देखि कठोर हुने तालिम दिइन्छ । मानौ अगाडिको जीवनमा उसको भावुकताको कुनै काम छैन । उसको नियती भनेको संवेदनहीन जीवन गुजार्नु हो । वालकले आमासँग धेरै समय विताउँछ । अनि आमा स्वयं नारी भएर पनि आफ्नो छोरोलाई कठोर हृदयी बनाउन तत्पर हुन्छिन् । पछि उनकै बुहारी (?!) (छोराकी प्रेमीका) हरु उनको छोरोसँग ‘तिमी किन यति कठोर भन त ?’ भनेर प्रश्नहरु तेस्र्याउलान् भन्ने कुरा के आमाहरुलाई ज्ञात हुँदैन र ? सानो छँदा चोटपटक लाग्दा पनि “केटा मान्छेलाई केही हुँदैन” भनिन्छ । रुनु भनेको आइमाइ हुनु हो त्यसैले रुनु हुँदैन भन्ने तालिम दिइन्छ । उसले सानै देखि आफ्ना आँशुहरु पिउन जान्दछ । उसका आँशुहरु आँखाबाट बाहिर नभएर भित्र बहन्छन् । अनि थुकसँगै मिसिएर घुट्कीँदै उदरसम्म पुग्छन् । ती आँशुहरु त्यस्तै नियती लिएर आएका हुन्छन् । त्यसैले त नारी हरु रुँदा पुरुषहरु थुक निल्छन् । त्यो तिनले प्रतिपादन गरेको रुने नयाँ तरिका हो(?!) । तर नारी हुनु केही सहुलियत पाउनु पनि हुन्छ । उसले कमसे कम आफुलाई चोट परेको बेलामा आँशु झारेर त्यसको अभिव्यक्ति दिन सक्छे । उसका आँशुमा कस्तो ताकत छ भने, ती आँशुको भरमा जस्ता सुकै पहलवान पनि हायल कायल हुन्छन् । भन्छन् नारीका आँशुले युद्धका लागि उठेका तरवारमा समेत खिया लगाउने ताकत बोकेको हुन्छ रे ! 
नारीको आँशुको मोल पनि निकै महँगो हुन्छ । पुराणकै कुरा गर्दा द्रोपदीका आँशुको तिरो भीमले दुश्सासनको छातिको खुनले तिरे । वाह! कति महँगो आँशु । हाम्रा आँशुको तिरो कसैले यसरी तिरेको उदहारण छ ? राजकुमारी अम्बाको आँशुको तिरो भीष्मपितामहले अर्जुनका बाणले बनाएको शैय्यामा सुतेर तिरे । नत्र उनलाई त्यसरी बाणका शैय्यामा सुताउने कसको तागत ? कुन्तीको आँशुको तिरो कर्णले जीवनभर आफुलाई सूतपुत्र भन्ने लांछना विना प्रतिकार सहेर तिरे । हेलनका आँशुको तिरो ट्रोय राज्यले आफू तहसनहस भएर ति¥यो (हेलन नामक सुन्दरीको लाग्दा भएको युद्धमा ट्रोय राज्य पूर्ण रुपमा ध्वस्त भएको थियो) । शाजहाँले आफु बन्दि भएरै पनि मुम्ताजको आँशुको मोल चुकाए (ताजमहल बनाउँदा राजकीय खजाना रित्याएको भनेर साजहाँका छोराले उनलाई बन्दि बनाएर आफू गद्दि आरोहण गरेका थिए) । राजा प्रताप मल्लले आफ्नी रानीको आँशुको मोल रानीपोखरी निर्माण गरेर चुकाए । हाम्रा गाउँघरका माने, हर्के, विर्खे, आदिले परदेशमा जीवन काटेर, घरबाट अलग्गीएर, दाजुभाइसँग लडेर, आदिआदि गरेर आफ्नी स्वास्नीका आँशुको तिरो तिरे । साँच्चिकै बलियो हुन्छ नारीका आँशु । जस्तै मै हुँ भन्नेलाई पनि गलाउँछ तिनले । मैले पुरुष रोएको पनि सुनेको देखेको छु । तर ती रुवाइले नारीको हृदय कठोर बनाएको पाएको छु । उनीहरु पग्लिनाको सट्टा चिसिएको सुनेको छु । उनीहरुलाई लाग्दो हो यो रुन्चेले के मेरो उद्धार गर्ला ? ‘पानी मरुवाको पत्नि हुनु भन्दा त वीरको विधवा हुनु स्वीकार्य छ’ भन्ने जस्तो उद्गारहरु हामीले नसुनेको हाइनौं । नारीको आँशुले भने त्यत्रो विधि कार्य सम्पन्न गर्न सक्ने अनि पुरुषको आँशुले चाहिं पुरुषलाई नै कलंकित बनाउने ! यो कस्तो अन्याय ?
एउटा वास्तिविक घटना बताउँछु । कुरा के भयो भने परीक्षाको बेला एक जना शिक्षकले एउटी केटीको चीट पकडेछन् । उनले त्यो केटीको कापी खोसेर लगिदिए । सायद केही कडा वा इमान्दार थिए होला र त जाबो चीट चोरेकै निहुमा पनि कापी खोस्न भ्याए । नभए आजभोलि निरिक्षक आउँदा बाहेक परीक्षा भवनमा चीट चोर्ने छुट दिइएको हुन्छ । एक पटम मैलाई पनि गार्ड भएको बेला केन्द्राध्यक्षले परिक्षा खुकुलो बनाइदिन आग्रह गरेका थिए । मैले विद्यार्थीहरुलाई भनें ः“सक्छौ भने मलाई नदेखाइ सार ! मैले देखें भने विना बहस मेरा हातमा बुझाउनु । नभए मैले विकल्प सोच्न बाध्य हुनुपर्नेछ ।” सबैले भनेको माने । कतिले सारी सकेका कागज दिए । कतिको सार्दै गर्दाका कागज समातेँ । आधा बोरा भए होलान ती किताब कापीहरु । पुरुस्कार स्वरुप दोश्रो दिनदेखि मलाई बोलाइएन । अनि मैले त्यो दिनको भत्ता पनि पाएन । जेहोस् परीक्षामा चीट पकडेपति ती केटी केही बेरसम्म अनुनय विनय गर्न थालिन् । उनले कहिल्यै हाँसेर ती शिक्षकलाई फकाउन खोजिन्, भने कहिल्यै लाडिएर बोलेर ती शिक्षकलाई पगाल्न खोजिन् । उनको केही शीप नचलेपछि उनले आफ्नो अन्तिम अस्त्र प्रयोग गरिन् ः आँशु । त्यसपछि त के थियो र उनका आँखाबाट वर्षायामको आकास चुहेजस्तै गरि आँशुका थोपाहरु चुहिन थाले । खै कहाँ लुकाएर राखेकी थिइन् उनले ती सब धाराहरु ? अनि उनको आँशुको भार खप्न नसकेर ती शिक्षकले कापी बुझाउँदै भने ः “मोरीको आँशुले मुटु नै पगाल्यो !”
हाम्रा पनि आँखामा आँशुका ग्रन्थीहरु हुन्छन् । चोटपर्दा हाम्रा मन पनि रुन्छन् । तर पटकपटक तिमी हामी स्वास्नी मान्छे जस्तो भएको भनेर हामीलाई आशुँ खसाल्दा सम्म लाज मान्ने बनाइ दिन्छ्यौ । के हामीलाई पीर पर्दा रुने हक पनि छैन त ? भावुकताका कोटाहरु नारी मात्रका लागि सुरक्षित गरेका हुन र सृष्टिकर्ताले ? नभए किन हामीले खुलेर आफ्ना भावना व्यक्त गर्न नपाउनु ? पुरुष भएर जन्मनु नै हाम्रो अपराध हो त ? भरखरको किशोरले चुरोटको सर्को तान्दा आफ्नो बाबुदेखि डराएर कुनै अन्कण्टारमा गएर सर्को ताने जस्तो गरेर पुरुषले आँशु चुहाउने बाध्यात्मक परिस्थिति सिर्जना गर्ने र भावुकता र सोन्दर्यप्रेम जस्ता कुराहरुलाई नारी मात्रमा सिमित गराउने नारीहरुलाई आज फेरी मेरो पुरानै प्रश्नः तिमी नारी किन यति हठी ?

Thursday, December 4, 2014

बाहिर हिंड्दा २०० रुपैया बोकेर हिंद






बाहिर  हिंड्दा २०० रुपैया बोकेर हिंड है ...

Monday, November 24, 2014

काठमाडौँ देखि दिल्ली आजदेखि बसमा सरर ...




महासंघले मंगलबारट सञ्चालनको तयारी गरेको बस। तस्बिर: महासंघ काठमाडौं-सरकारीस्तरमा नयाँ दिल्ली–काठमाडौं बस सेवा मंगलबार सुरु हुने भएको छ। सिंहदरबारमा दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि बस त्यहीँबाट साँझ ५ बजे दिल्लीका लागि छुट्नेछ। एजेन्सी 

Saturday, November 22, 2014

यस्ता छन् विज्ञले तयार पारेको सार्कका पाहुनालाई खुवाउने खाना

काठमाडौं  । सार्क शिखर सम्मेलनमा आउने पाहुनालाई खुवाउने खाना खाद्यविज्ञ टोलीले तयार पार्ने भएका छन् ।



पाहुनालाई प्रत्यक्ष रेखदेखमा खाना तयार गर्न सरकारले खाद्य प्रविधि गुण नियन्त्रण विभागमा वरिष्ठ खाद्यविज्ञ तथा उपसचिव कृष्ण राईको संयोजकत्वमा २९ सदस्यीय टोली बनाएको सरकारले जनाएको छ ।

सरकारले खाना बनाउने जिम्मा सोल्टी होटललाई दिएको छ ।

भिभिआइपीको खाना उच्च गुणस्तरको हुने राईले जानकारी दिए । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
एजेन्सी

Tuesday, November 18, 2014

संगै सुत्ने गर्दथे महारानी भिक्टोरिया र उनका नोकर : १५० वर्षदखि अनुत्तरित प्रश्नको उत्तर



लण्डन– १५० वर्षदखि अनुत्तरित एक प्रश्नको उत्तर एक इतिहासविद्ले सुल्भाएको दाबी गरेका छन् । प्रश्न यो थियो कि, के महारानी भिक्टोरिया र उनका नोकर ब्राउनबिच सम्बन्ध थियो ? संसारका निकै चर्चित इतिहासविद् एएन विल्सनका अनुसार महारानी भिक्टोरिया र जन ब्राउन सँगै सुत्दथे तर उनीहरु बिच शारिरिक सम्बन्ध भएको थिएन । स्मरण रहोस्, विल्सनले भर्खरै भिक्टोरियामाथि एउटा किताब पनि लेखेका छन् ।   महारानी भिक्टोरियाको आफ्ना नोकर जन ब्राउनसँग कस्तो प्रकारको सम्बन्ध थियो ? यो त्यो प्रश्न हो जुन विगत १५० देखि अनुत्तरित थियो । आफ्नो किताबमा विल्सनले लेखेका छन् कि मलाई लाग्दैन कि भिक्टोरिया र ब्राउनबिच कहिले पनि शारिरिक सम्बन्ध स्थापित भयो ।   उल्लेखनीय छ कि विवाद त्यतिबेला सुरु भयो जब एक मन्त्रीले आफू मर्ने बेलामा भिक्टोरिया र ब्राउनले क्रेथी चर्चमा विवाह गरेको बताए । ब्राउन, महारानी भिक्टोरियाभन्दा ७ वर्ष साना थिए ।  

 श्रीमानको मृत्यु पछि एक्ली र शान्त भएकी थिइन् भिक्टोरियाः

 श्रीमानको मृत्यु पछि महारानी निकै तनावमा बस्न थालेकी थिइन् । उनका सहयोगीहरुलाई लाग्दथ्यो कि उनका नोकर ब्राउन उनलाई यो अवस्थाबाट बाहिर निकाल्न सक्छन् । तर मानिसहरु त्यतिबेला अचम्मित भए जब महारानी उनको जादुमा डुब्दै गइन् । ब्राउन निकै चाँडै नै रानीको यति नजिक भए कि सबै दरबारियाहरु चकित भए र रानीका छोरीहरु पनि उनलाई आफ्नी आमाको प्रेमीको रुपमा स्विकार गर्न थालिसकेका थिए ।   उनको महारानीसँगको निकट सम्बन्ध बाँकी दरबारियाहरुका लागि चिन्ताको विषय बनेको थियो । शाही घरमा मानिसहरु उनलाई घृणा गर्न लागेको थिए र बाँकी नोकरहरुले उनलाई रानीको घोडा भन्ने गर्दथे । ब्राउनलाई डार्लिङ भनेर सम्बोधन गर्दथिन् महारानी भिक्टोरिया   एक विदेशी सचिवले पत्ता लगाए अनुसार भिक्टोरियाले ब्राउनलाई लेखेको पत्रमा उनलाई डार्लिङ भन्न सुरु गरेकी थिइन् । एक भ्रमणको दौरान उनीहरुबिच शारिरिक सम्बन्ध पनि भएको कोही मानिसहरुको दाबी छ । सन् १८८३ मा ब्राउनको मृत्यु भएपछि रानीले उनको बारेमा थुप्रै कुराहरु लेखेको मानिन्छ तर यसले रानीको छवि खराब हुने भन्दै दरबारियाहरुले ब्राउनको डायरीसँगै यी लेखहरुलाई पनि फालिदिएको बताइएको छ ।  

 जोडिएको कोठामा सुत्दथे भिक्टोरिया र ब्राउन  

 विदेश सचिवका अनुसार ब्राउन र रानी एकैसाथ रक्सी पिउने गर्दथे र जोडिएको कोठामा सुत्दथे । एक स्कटिश सोसलिष्ट रिपब्लिकन नेश्नलिष्ट एलेक्जेन्डर रोबर्टसनले यस्तो पर्चा बाँडेका थिए जसमा छापिएको थियो रानी र ब्राउनको विवाह भयो तर उनी उनका यस्ता श्रीमान हुन् जसको कुनै पदक छैन । कोही मानिसहरुले उनीहरुको एक बच्चासमेत भएको बताएका छन् तर यो निकै अविश्वसनीय रहेको छ । (एजेन्सी) 

www.ratopati.com/2014/11/18/183358.html#sthash.ZRV4JwuN.4EMvvV4I.dpuf

Wednesday, November 12, 2014

प्रथम विश्वयुद्धको कहिल्यै नभुल्ने दर्दनाक तस्विरहरु (फोटो फिचर)


सन २०१४ प्रथम विश्वयुद्धको शताब्दी वर्ष हो अर्थात प्रथम विश्वयु्द्ध भएको १०० वर्ष भईसकेको छ । प्रथम विश्वयुद्ध २८ जुलाई १९१४ मा शुरु भएको थियो र ११ नोभेम्बर १९१८ मा सकिएको थियो । १९१४ देखि १९१८ को बिचमा मुख्यतः युरोपमा भएको महायुद्धको नै प्रथम विश्वयुद्ध भन्ने गरिन्छ ।

यो महायुद्ध युरोपको अतिरिक्त एशिया र अफ्रिकामा पनि भएको थियो । प्रथम विश्वयुद्ध लगभग ५२ महिनासम्म चलेको थियो । विश्वको करिब आधा हिस्सा नै यस महायुद्धका कारण हिंसाको शिकार भएको थियो ।

यो अवधीमा करिब एक करोड मानिसको ज्यान गएको र यसको दोब्बर घाइते भएको बताइन्छ । विश्वयुद्ध सकिएपछि चार साम्राज्य रुस, जर्मनी, अष्ट्रिया-हंगेरी (हैप्सबर्ग) र उस्मानिया नराम्रोसँग ढले । युरोपको सिमा फेरि निर्धारित गरियो र अमेरिका एक सुपर पावरको रुपमा उदायो ।
हेर्नुस प्रथम विश्वयुद्धका दर्दनाक झलकहरु तस्विरमा....

First world war 1


First world war 1



First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 


 http://nepaliheadlines.com/2014-11-13-04-44-57.html#sthash.umwsxm4g.dpuf

सार्क सम्मेलनः मोदीका कारण पसिना काड्दै सरकार


सार्क विशेषः हेडलाइन टिप्पणी ।

यतिबेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं सम्मेलनको तयारीमा सरकार जुटेको छ । सिंगो देश सार्क सम्मेलनको तयारीमा केन्द्रित भएको देखिन्छ। गृह मन्त्रालय शान्ति सुरक्षाको तयारीसम्बन्धी बैठकमा ब्यस्त छ भने परराष्ट्र मन्त्रालय व्यवस्थापनमा लागि परेको छ । सार्क सम्मेलनमा यो संगठनमा सदस्य रहेका ८ देशका सरकार प्रमुखहरु अतिथिकोरुपमा नेपाल आउँदैछन् । तर सार्क सम्मेलनको सम्पूर्ण तयारी भन्दा पनि सरकार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा केन्द्रित भएको जस्तो देखिन्छ । सरकारले चारैतिर गरेको तयारी भारतीय प्रधानमन्त्री मोदीमा केन्द्रित छ । हुन त सुरक्षा विश्लेषकहरुले सार्कमा आउने विशिष्ठ पाहुना मध्ये सबैभन्दा बढी सुरक्षा खतरा भारतीय प्रधानमन्त्री मोदीलाई नै भएको भन्ने गरेको भएपनि यो विश्लेषण निर्विविवाद छैन । कतिपयले यस्तो सुरक्षा खतरा मोदीलाई भन्दा बढि पाकिस्तानी प्रधानमन्त्री नवाज शर्रिफलाई भएको बताउँछन् । नेपालमा भारतसँग खुल्ला सिमाना रहेकोले कुनै भारतीय अतिवादी समूहले आफ्ना प्रधानमन्त्री नवाज सरिफमाथि आक्रमण गर्न सक्ने चिन्ता पाकिस्तानी दूतावासका अधिकारीहरुले व्यक्त गरेको प्रहरी अधिकारीहरु बताउँछन् । तर सम्पूर्ण तयारी मोदीमा केन्द्रित छ र मोदीको सुरक्षाको मात्र विषय नभएर सार्क सम्मेलनकै क्रममा मोदीले गर्ने भनिएको विभिन्न ठाउँको स्थलगत भ्रमण र उनले गर्ने भनिएका भाषणले देशभरी नै तरंग ल्याइरहेको छ ।



मोदीको तरंग र भाषण

यस अघि गत साउनमा नेपाल भ्रमणमा आउँदा संसदमा भाषण गरेर सेलिब्रेटी बनेका मोदीले अव भने संसदमा नभएर खुला सभामा नै भाषण गर्ने मनसाय देखाएका छन् । त्यसका लागि जनकपुरमा उनको भाषणका लागि त सरकारले तयारी नै थालेको छ । अघिल्लो नेपाल भ्रमणमा बानेश्वरका सडकमा ओर्लिएर सर्वसाधारणसँग हात मिलाएका मोदी यस पटक झनै नयाँ पन ल्याउन सडकमार्गबाट नै नेपाल पस्ने तयारीमा छन् । नेपालमा उनलाई विभिन्न ठाउँमा नागरिक अभिनन्दन गर्ने तयारी समेत गरिएको छ । नेपालप्रति विशेष भाव देखाउन मोदीले कुनै कसर बाँकि राख्ने छैनन् । तर यही उनको चाहाना ब्यवस्थापन गर्न भने नेपाल सरकारलाई पसिना आइरहेको छ । अघिल्लो पटक पशुपतिमा गएर आगन्तुक पुस्तिकाबाट विशेष सन्देश दिएका मोदीले आफ्नो धार्मिक छवि कायम गर्दै यस पटक जनकपुर मात्र नभएर बुद्ध जन्मेको लुम्बिनी देखि मुक्तिनाथ सम्म जाने तयारीमा छन् । मोदीले आफू पुगेको ठाउँमा भाषण समेत गर्ने चाहना देखाएपछि उनलाई भाषण गर्न दिने कि नदिने भनेर अन्यौलमा परेका सरकारी अधिकारीहरु उनको सुरक्षा ब्यवस्था मिलाउने विषयमा पनि चिन्तामा छन् । मोदीले जनकपुरमा भाषण मात्र गर्ने छैनन् उनले त्यहाँ स्कुले बालबालिका साइकल समेत बाँढ्ने कार्यक्रम छ । तर परराष्ट्रका अधिकारीहरुलाई मोदीलाई कुटनीतिक घेरामा सीमित गर्न सक्ने कि नसक्ने भनेर गमिरहेको बुझिन्छ ।


 http://www.nepaliheadlines.com/special-today/#sthash.2OuCqG8C.dpuf

Tuesday, November 11, 2014

कोको आउंदैछन् यसपालिको सार्क सम्मेलनमा ..फोटो फिचर

काठमाडौं ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको स्थापना जुन उद्देश्यले भएको हो त्यो दिशामा काम हुन नसक्दा यसको अस्तित्वमाथि नै पटक पटक प्रश्न उठिसकेको छ । करिव किरव युरोपेली संघको मोडलमा विकाश गर्ने सोंचमा स्थापना गरिएको सार्क यो अवस्थामा किन आयो त ? सामुहिकता र क्षेत्रियताको अबधारणालाई अगि सार्दै स्थापना भएको सार्कले आफ्नो १८ औ शिखर सम्मेलनसम्म आईपुग्दा आशातित प्रगति गर्न नसक्नुको मुख्यकारण यो क्षेत्रका राष्ट्र प्रमुखहरुको कार्यशैली जिम्मेवार रहेको बिश्लेषकहरु बताउँछन् ।
sarc history
भारत पाकिस्तान द्वन्दका कारण पनि सार्कले अपेक्षित सपलता हासिल गर्न नसकेको पनि धेरैको विश्लेषण छ । सार्कमा यस पटक सबै सदस्य राष्ट्रका सरकार प्रमुखले सहभागिता जनाउँदैछन् ।

सार्क राष्ट्रहरुका प्रमुख कार्यकारीहरुको उपस्थित रहने १८ औ सार्क शिखर सम्मेलनमा सहभागी हुने प्रमुखहरु मध्य श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजपाक्षे र बंगलादेशकी शेख हसिना बाहेकका अरु राष्ट्रप्रमुखहरुको यो सम्बोधन पहिलो रहनेछ ।
mahinda rajapakshe
नेपालका प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति सुशील कोईरालाले सन् २०१४ फेब्रुअरी ११ मा सत्ता सम्हालेका हुन् । आयोजक राष्ट्रका हैसियतले पनि यसपाली उनले उठाउने मुद्धा धेरैको चासोको बिषय बनेको छ ।
 PM Koirala returns from india
सार्कको १७ औ सम्मेलन भएको सन् नोभेम्बर २०११ को करिब ४२ महिना पछि सन् २०१४ को मे मा भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका हुन्, नरेन्द्र मोदी । भारतका १५ औ प्रधानमन्त्रीका रुपमा परिचित मोदीले आफ्नो सपथ ग्रहण कार्यक्रममा सार्क राष्ट्रका प्रमुखहरुलाई बोलाउनुले पनि क्षेत्रीय सम्बन्ध सुधार गर्न चाहेको धारणा राख्छन् १८ औ सार्क शिखर सम्मेलनका सल्लाहकार समितिका संयोजक भेष बहादुर थापा । सार्कले समस्याहरुको पहिचान गर्नै तर कार्यन्वयन नगर्ने परिपाटीले आफ्नो भूमिका घटाउदै लगेको उनको भनाई छ ।

तेस्रो पटक पाकिस्तानका प्रधानमन्त्री बनेका मियान महोम्मद नवाज सरिफले पछिल्लो पटक सन् २०१३ जुन ५ मा आफ्नो जिम्मेवारी संहालेका हुन् । पाकिस्तानका उद्योगीका रुपमा समेत परिचित सरिफले भारतसगँ बनाउने सम्बन्ध र रणनीतिले पनि सार्कको गतिलाई निक्र्योल गर्ने जनाईएको छ । पाकिस्तान भारतको सम्बन्धनै सार्कको अबरोध बन्दै आएको छ ।

सार्कका बिषयबस्तुमा जानकार मानिएका श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले सन् २००४ मा प्रधानमन्त्री पद संहालेका थिए । सन् २००५ मा राष्ट्रपतिको पहिलो कार्यकाल र सन् २०१० देखि दोस्रो कार्यकाल संहालिरहेका राजपाक्षे १८ औ सम्मेलनमा उपस्थित रहने छन् ।

भुटानको पिपल्स डेमोक्रटिक पार्टीका नेता छिरिङ तोग्बेले सन् २०१३ जुलाई ३० बाट प्रधानमन्त्रीको पद संहालेका हुन् । उनी श्रम र मानव संसाधनका बिज्ञ मानिन्छन् ।

लैङिगक कोणबाट चर्चा गरिरहदा १८ औ सार्क शिखर सम्मेलनमा शिर्ष महिलाको रुपमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको उपस्थिती रहनेछ । सन् १९९६ मा प्रथम पटक र २००९ मा दोस्रो पटक प्रधानमन्त्री बनेकी हसिनाको १७ औ सार्क शिखर सम्मेलनमा समेत उपस्थिती रहेको थियो । उनी बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानका छोरी समेत हुन् ।
sheikh-hasina-pm-bangladesh

सार्कको नँया राष्ट्रको रुपमा परिचित अफगानिस्तान द्वन्द र आन्तरिक समस्याका कारण चर्चामा रहेको छ । पाकिस्तानका अर्थविद् एवं पूर्व अर्थ मन्त्री रहेका अश्रफ घानीले राष्ट्रपतिको पद सम्हालेको दुई महिनापनि बितेको छैन । सन् २०१४ सेप्टेम्बर २१ मा पद संहालेका घानीको रणनीतिले सार्कलाई प्रत्यक्ष असर पार्ने अड्कल काटीएको छ ।
 Ashraf-Ghani Afghan pm
सन् २०१३ मा माल्दिभ्स्का राष्ट्रपति पद संहालेका अब्दुल्ला यामीन अब्दुल गयुमको सामाजिक अभियान्ताका रुपमा परिचित छन् । १८ औ सार्क शिखर सम्मेलनमा उनको उपस्थिती र सहयोगको अपेक्षा गरिएको छ ।
saarc
धेरै राष्ट्र प्रमुखहरु कार्यकारी पदमा भर्खरै आएको र नयाँपनको उर्जासगै १८ औ सार्क शिखर सम्मेलनले तमाम सार्कका एजेण्डाहरुलाई कसरी सम्बोधन गर्छ र कुन उचाईमा लैजान्छ त्यो भने हेर्न बाकिँ छ ।

बिश्वका ८ वटा राष्ट्रहरु र कूल जनसङख्याको २३ प्रतिशत जनसङख्या सार्कमा रहेको छ । यति विशाल जनसंख्या भएको यो क्षेत्रीय सहयोग संगठनको विकाश अपेक्षित हुन नसक्नुको कारण केलाउने समय आइसकेको छ । सार्कलाई केवल औपचारिक भेटघाटको थलोकोरुपमा मात्र विकाश गर्ने परंपरा काठमाडौंबाट तोडियोस् । 
 http://nepaliheadlines.com/2014-11-12-07-07-00.html#sthash.G5MjD32X.dpuf