top_rightads

Thursday, November 20, 2014

सरकारी कार्यालय अब सबेरै ६ बजेदेखि संचालन हुने मन्त्रिपरिषद्को निर्णय

 

काठमाडौं । सरकारले अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु विहान ६ बजेदेखि खोल्ने निर्णय गरेको छ ।सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राहदानी, नागरिकता र चालक अनुमतिपत्र वितरण गर्ने, धारा, बिजुली र टेलिफोनको महशुल उठाउने, जग्गाको स्वामित्व हस्तान्तरण गर्ने, कम्पनी दर्ता गर्नेलगायतका सरकारी कार्यालय विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खोल्ने निर्णय गरेको हो ।निर्णय कार्यान्वयनमा आएपछि जिल्ला प्रशासन कार्यालयहरु, राहदानी विभाग, यातायात व्यवस्था कार्यालय,
                             
                                     


मालपोत कार्यालय, कर कार्यालय, खानेपानी संस्थान, विद्युत प्राधिकरण, नेपाल टेलिकम, वैदेशिक रोजगार विभागलगायतका कार्यालयहरु विहान ६ बजे नै खुल्ने संचारमन्त्री डा.मिनेन्द्र रिजालले जानकारी दिए ।बैठकले यो निर्णय कार्यान्वयनका लागि आवश्यक गृहकार्य गर्न सम्बन्धित मन्त्रालयहरुलाई मंसिर मसान्तसम्मको समय दिएको छ ।

त्यसैगरी, बैठकले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई मासिक २५ हजार रुपैयाँ भत्ता आजीवन दिने निर्णय पनि गरेको छ ।बैठकले दाइजोको निहुमा जिउँदै जलाउने प्रयास गरिएका रिहाना धपाली र चन्दा चन्दन सल्मानीलाई क्षतिपूर्तिस्वरुप एक÷एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । एजेन्सी

No comments:
Write comments