top_rightads

Showing posts with label नेपाली सिनेमा. Show all posts
Showing posts with label नेपाली सिनेमा. Show all posts

Wednesday, December 10, 2014

चलचित्र निर्माता नारायण खतिवडा मृत भेटिए

काठमाडौं । चलचित्र निर्माता नारायण खतिवडा मृत भेटिएका छन् । बुधबार दिउँसो करिब ४ बजेतिर उनी काठमाडौंको होटल हार्दिकमा मृत भेटिएका हुन् ।
होटल हार्दिकको कोठा नम्बर १०३ मा उनी मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । उनी मंगलबार दिउँसो नै होटलमा आएको स्रोतले जनाएको छ ।



बुधबार बिहानैबाट उनी बसेको कोठाको ढोका नखुलेपछि शंका लागेर हेर्दा उनी मृत भेटिएको होटलले जनाएको छ । चितवन घर भएका खतिवडाको तेस्रो फिल्म ‘मेरो मान्छे’ को छायांकन हालै सकिएको थियो ।
यसअघि उनले चलचित्र भेटी र लफडा निर्माण गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चित नायिकाले गरिन् कामोत्तेजक फोटो सुट (फोटो फिचर )

केही तमिल, तेलुगु, मलयामालम र कन्नड फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेकी नायिका कामना जेठमलानी वोर्डरोब मालफंक्सनको सिकार भएकी छन् ।
कामना बाम्बो बाइकिंग्सको भिडियो ‘छोड् दो आंचल जमाना क्या कहेगा’ का क्रममा यस्तो अवस्थामा आएकी हुन् । कामनाले आफ्नो फिल्म करियर सन् २००५ मा सुरु गरेकी हुन् । कामना प्रसिद्ध व्यापारी साम शेठमलानीकी नातिनी हुन् ।

kamna-jethmalani_10jpg

kamna-jethmalani_1


kamna-jethmalani_2



kamna-jethmalani_3

kamna-jethmalani_4

एजेन्सी

सिंगापुरे यूवतीसँग चश्मा साट्दै राजेश हमाल

नायक राजेश हमालको दिनचर्या फेरिएको छ । बिहेपछि उनले चलचित्रमा खासै समय दिएको पाइदैन । अर्कोतिर, उनको हातमा चलचित्रको संख्या पनि न्यून छ । हमालको यो व्यक्तीगत दिनचर्याले उनलाई फ्यान र मिडियाबाट केही पर राखिदिएको छ । सायद, यसैले होला उनले फेसुबक एकाउन्ट खोलेर फ्यानहरुसँग जोडिने काम गरेका छन् ।
मंगलबार नायक हमालले फेसुबकमा एक तस्बिर राखे । जसमा उनले यात्राका क्रममा एक सिंगापुरे यूवतीसँग चश्मा साटेको कुरा गर्दै थिए । उनले एक सिंगापुरे महिलाले आफूसँग चश्मा मागेर लगाएको र त्यसले आफूलाई खुशी बनाएको जनाएका छन् ।
हमालले, बनारसमा आफ्ना बुबा–आमाले बिहे गरेको समेत संझिएका छन् । आफ्नो पिताले अध्ययन गरेको ठाउँ पनि यही नै रहेको हमालले लेखेका छन् । पत्नी मधु भट्टराई विना नै हमालले रमाइलो गरेको देखिन्छ । हरेक स्थानमा पत्नी मधु भट्टराइलाई लिएर पुग्ने हमाल यसपटक भने एक्लै रमाइरहेका छन् ।

Tuesday, December 9, 2014

रेखा संग फिल्म खेल्नु भन्दा नखेल्नु नै बेश : आर्यन सिग्देल

आफ्ना स्थायी दुश्मन कोही पनि नभएको भन्दै नायिका रेखा थापाले सबैसँग चलचित्र खेल्ने चाहना राखेको खबर प्रकाशन भएपछि यसले सिने माहोल तताएको छ । एकपछि अर्का नायकसँग दुश्मनी मोल्दै रेखाले सम्बन्ध बिगारेको घटना त कुनै नौलो होइन । चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ पछि एकसाथ पर्दा शेयर नगरेका आर्यन र रेखा चलचित्र नगरीकै कट्टर दुश्मन मानिन्छन् । तर, रेखाको आज सोचाई बदलिएको छ । नायक निखिल उप्रेतीसँग चलचित्र खेल्ने तयारीमा लागेकी रेखा अब अहिलेका चल्तीका नायक आर्यन सिग्देलसँग पनि चलचित्र खेल्न तयार भएको बताइरहेकी छिन् । रेखाको यो चाहनाका बिषयमा नायक आर्यन सिग्देलले लामो प्रतिक्रिया दिन चाहेनन् । आर्यनले भने–‘मलाई यस्तो बिषयमा लामो प्रतिक्रिया दिनु नै छैन ।’ तर, उनले रेखासँग चलचित्र खेल्ने चाहना आफूलाई नभएको भने बताएका छन् । आर्यनले भने–‘मैले रेखाको बारेमा कहिले पनि मिडियामा केही बोलेको छैन । भोली कथावस्तुमा दुबै जना नभई नहुने बिषय आयो भने स्क्रिन शेयर गर्न सकिएला । तर, रेखासँग नै फिल्म खेल्ने चाहना भने ममा छैन । एकपछि अर्को चलचित्रको व्यापारिक सफलताले आर्यन आज उचाइमा पुगेका छन् । उनले थुप्रै नायिकासँग स्क्रिन साटिरहेका छन् । आर्यनले रेखालाई साथी बनाउने र चलचित्र खेल्ने कुरामा खासै चासो देखाएनन् । यस्ता बिषयमा धेरै बोल्नु भन्दा नबोल्नु नै ठिक हुन्छ भन्ने आर्यनको भनाई छ ।   
hasomaza.blogspot.co.i

Monday, December 8, 2014

पहिलो सेक्सले अझै सताइरहेको छ ..झरना

नेपाली चलचित्र जगत्की सफल एवं लोकप्रिय नायिका हुन् झरना थापा ।
कलिलै उमेर विवाह भयो उनको । भन्छिन्, “श्रीमान्सँग गरेको सेक्सको मज्जा अर्कै हुँदो रहेछ ।” सेक्सले नै जीवन सन्तुष्ट र सुखी हुने उनको धारणा छ । सेक्सका धेरै प्रस्ताव आए झरनाको जीवनमा । भन्छिन्, “विश्वास गर्नुस्, पहिलो प्रेम र सेक्स श्रीमानसितै भयो । म यति सन्तुष्ट छु कि ब्याख्या नै गर्न सक्दिन ।” उनको विचारमा सेक्स अपरिहार्य छ । र योविना जीवन पर्ूण्ा हुँदैन ।
यी चुलबुले नायिकासित सेक्सबारे धेरै प्रश्न सोधियो । सेक्स संवाद लम्बिँदे गएपछि झरनाले मस्केर भनिन्, “विवाह गर्नेलाई थाहा हुन्छ ऋषिजी सेक्स कस्तो हुन्छ भनेर । तपाईं अविवाहित मान्छे मलाई किन यसरी सोध्नुहुन्छ – विवाह गर्नुहुन्छ भने म कुनै नायिका खोजिदिन्छु ।”
रिपोर्र्टर्स नेपालसित झरनाले नयाँ पुस्तालाई पनि निकै सन्देश दिएकी छिन् । उनले भनिन्, ” अहिलेका युवायुवतीहरुलाई म के आग्रह गर्छर्ुुने जीवनमा प्रेम गर्नुस् मज्जाले । सेक्सचाहिँ विवाहपछि गर्नुहोस् । प्रेम र सेक्सलाई सँगै लिएर जान सकिँदैन ।सेक्सका लागि प्रेम गर्नुहुँदैन ।सफा दिलले प्रेम गर्न सक्ने मान्छे नै सुखी र खुसी हुन्छ ।”sourcetajaakhabar 

Wednesday, December 3, 2014

अभिनेत्री रेखा थापाको लागी भाडामा हेलिकप्टर

नायिका रेखा थापा जुन चलचित्रमा अभिनय गर्छिन त्यो चलचित्रमा नायकको भन्दा पनि बढि नायिका रेखा थापाकै चर्चा हुन्छ । पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र तथास्तुमा पनि अरु कलाकारहरुको भन्दा नायिका रेखा थापाकै चर्चा बढि छ । अझ मंसिर १५ गते नायिका रेखा थापाका लागी चलचित्रको निर्माणपक्षले हेलिकप्टरनै भाडामा लिएर रेखालाई उढाएपछि भने अर्को चर्चा फेरी चुलिएको छ । तर नायिका रेखाले आफ्नो व्यक्तिगत प्रयोजनका लागी भने हेलिकप्टरमा उढेकी होइनन । चलचित्र तथास्तुको एक दृश्यका लागी नायिका रेखा थापा त्रिभुवन विमानस्थलबाट भक्तपुरको तेलकोट डाँडासम्म हेलिकप्टरमा उढेकी छिन् । एउटा चलचित्रको दृश्य खिच्न हेलिकप्टरनै भाडामा लिएर जानुको कारण भने चलचित्रको निर्माणपक्षले खुलाउन चाहेको छैन ।
चलचित्रका निर्माता तथा निर्देशक सविर श्रेष्ठका अनुसार चलचित्र हेरेपछि मात्र त्यसको महत्व बुझ्ने बताउछन् । तस्विरमा बुझ्न आए अनुसार रेखा तेलकोट डाँडामा हेलिकप्टर ल्याण्ड गरेपछि रेखाले नायक किशोर खतिवडालाई भेटेको देख्न सकिन्छ । निकै महंगो खर्चमा खिचिएको उक्त दृश्यले चलचित्र अझै राम्रो बन्ने निर्माणपक्षले दाबी गरेको छ । निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेको चलचित्र तथास्तु नारीप्रधान कथा रहेको बताइएको छ । पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र तथास्तु सगँ गोविन्द शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाष एक साथ रिलिज हुदैं छ । चलचित्रमा रेखाको अलवा किशोर खतिवडा, सुवास थापा, विज्ञान जोशी लगायतले अभिनय गरेका छन् । काठमाडौं, कालिञ्चोकमा सुटिङ गरिएको चलतित्र तथास्तु सविर श्रेष्ठले नै निर्माण गरेका हुन् । चलचित्रलाई जगदिश्वर थापाले लेखेका हुन् ।

Wednesday, November 26, 2014

के भयो आर्यनलाई : डेड महिनासम्म बैसाखीको साहारामा


चलचित्र ‘किस्मत’को छायांकनदेखि सुरु भएको घुँडाको समस्याबाट छुटकारा पाउन नायक आर्यन सिग्देललाई अझै १ बर्ष लाग्ने भएको छ । शनिबार चिरायू अस्पतालमा आर्यनले घुँडाको लिगामेन्ट्सको अप्रेशन गरेका छन् । आजबाट बल्ल केही बोल्न सक्ने अवस्थामा रहेका आर्यनले अनलाइनखबरसँग कुरा गर्दै भने-‘डेढ महिना पुरै वैशाखीको साहाराले हिड्नुपर्छ । घुँडा पुरानै अवस्थामा र्फकन १ बर्ष लाग्छ ।’

आर्यनले १ महिनापछि चलचित्र ‘होमवर्क’मा काम गर्नेछन् । यो चलचित्रमा बसेर संवाद बोल्नुपर्ने दृश्य धेरै भएकाले काम गर्न लागेको आर्यनले बताए । आर्यनलाई अन्य चलचित्रमा काम गर्न अझै ३ महिना लाग्नेछ ।
आर्यनले घुँडाको अप्रेशनसँगै फुटेका हड्डी समेत मिलाएको बताए । अप्रेशनको समयमा निक्कै गाह्रो भएको उनको भनाई छ । चलचित्र ‘आवेग’को छायांकनको समयमा एक्सनको दृश्य गर्दै गर्दा आर्यनको घुँडामा समस्या देखिएको थियो ।

आर्यनको हातमा यतिबेला दर्जन बढी चलचित्र छन् । आर्यनले अप्रेशन गरेपछि सबै चलचित्रको छायांकन मिति पर सर्ने देखिन्छ । उनको यो बर्ष मात्र अझै ५ वटा चलचित्र प्रदर्शनको तयारीमा छन् । एजेन्सी

रेखा थापा आफ्नैमा कतै पनि अटिनन्



गत वर्ष अभिनेत्री रेखा थापाले चलचित्र ‘हिम्मतवाली’का निर्देशक श्याम भट्टराईलाई छायंकन सुरु भएको दोस्रो दिन नै निर्देशकबाट हटाएकी थिइन् ।

यस पछि यी दुई बीचको लामो वादविवाद एकले अर्कालाई गाली नगर्ने सर्तमा टुंग्यो । तर, रेखा थापासँग काम गर्न निर्देशक भट्टराई तयार छैनन् । रेखा थापाले अभिनय गरेको यस अघिका दुईओटा सिनेमालाई अब श्याम भट्टराईले ‘सिक्वेल’ (दोस्रो भाग) निर्देशन गर्दै छन् । तर, दुबै फिल्ममा रेखाको अभिनय भने रहने छैन ।

आइतबार राजधानीमा आफ्नो ५० औं जन्मदिन मनाउने क्रममा निर्माता छविराज ओझाले चलचित्र ‘किस्मत–२’ को निर्माण गर्ने र निर्देशनमा श्याम हुने घोषणा गरे । तर रेखालाई भने नखेलाईने प्रस्ट पारे । रेखालाई उनै छविले फिल्म क्षेत्रमा ल्याएका थिइए । हिंजोको राजधानी दैनिकमा खबर छ । एजेन्सी

Tuesday, November 25, 2014

छविको सरप्राइजबाट डाँको छोडिन् शिल्पाले



मंगलबार, मंसिर ९,
निर्माता छविराज ओझाले आफ्नो ५० औं जन्म दिनको अवसर पारेर सबैलाई सरप्राइज दिने भन्दै बोलाएका थिए । यसले सबैलाई खुल्दुली त बनाएको थियो तर नायिका शिल्पा पोख्रेल जति डर अरुलाई लागेको थिएन किनकि केहि समय देखि उनको नाम छबि संग जोडिँदै आएको छ  ।

छविराजले पनि शिल्पाले आफुलाई स्वीकार गरे आफुले नाइँ नभन्ने प्रतिक्रिया दिदै आएका थिए ।  यहि कारणले शिल्पा डराएकी हुन् ,कतै आफुलाई छविले प्रेम प्रस्ताव त राख्ने हैनन भनेर । तर, जब कार्यक्रममा छविले बिहेको नभई आफ्नो जन्मदिनको खुशी साट्न बोलाएको भन्ने थाहा भयो उनको मन ढुक्क भयो ।

 शिल्पा केही खुशी देखिइन् । तर, जब कार्यक्रम संचालक नरेश भट्टराइले छवि ओझा हरेक कुरामा सफल भएपनि बिहेको मामालामा असफल भएको कुरा गर्न थाले, शिल्पाको आँखा भिज्यो । उनले छविको जीवनलाई केहि बुझेको जस्तो महशुश गरिन उनको त्यो अनुहारले पनि त्यहि संकेत गरेको थियो कि शिल्पाको मनमा पनि छबि प्रति केहि माया उब्जिएको छ ।

 बाहिर जे जस्ता चर्चा भएपनि शिल्पा छविलाई प्रेम गर्छिन् भन्ने त प्रष्ट हुन्छ । छविको घरवार सम्हाल्ने मान्छेको खोजी भैरहदा शिल्पाको आँखामा देखिएका आशुले यस्तै प्रमाणित गर्छन् । तर उनले छविलाई माया गरेको जसरि साथ दिन सक्छिन कि सक्दिनन भन्ने कुरा त उनको हातमा छ । एजेन्सी

Monday, November 17, 2014

छोराको फिल्म हिट गराउन नायक भुवन केसीले बिद्यार्थी पक्राएको खुलासा


काठमाडौ–कलेज ड्रेसमा फिल्म हेर्न गएका १३ बिद्यार्थीलाई नेपाली चलचित्रका नायक भुवन केसीले पक्राउ गराएको खुलासा भएको छ । केही दिनअघि गोपिकृष्णहलबाट ड्रेसमै १३ बिद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । आफ्ना छोरा अनमोल केसीले अभिनय गरेको चलचित्र जेरीलाई प्रचार गराउन भुवनले यस्तो चाल चलेको प्रहरीले बताएको छ । बिद्यार्थीहरुलाई छोरा अनमोल मार्फत फिल्म हेर्ने निम्ता दिएका केसीले पछि प्रहरीबाट पक्राउ गराएका थिए । उनले छोराको चलचित्रको प्रचार गराउन यस्तो शैली अपनाएको प्रहरीले ठहर गरेको छ । फिल्म राम्रो भएकोले पढाई छोडेर बिद्यार्थी हल पुगेको प्रचार गराउन उनले यस्तो हर्कत देखाएका हुन् । तर प्रहरी पक्राउ गरेका केही बिद्यार्थीहरु जेरी भन्दा पनि हिन्दी फिल्म हेर्न पुगेका थिए ।

 आफु माफर्त छोराले निम्तो दिएका बिद्यार्थी हल पुग्न साथ नायक भुवनले गौशलाका प्रहरी प्रमुख डीएपी राकेश सिंहलाई फोन गरेका थिए । फिल्म सुरु हुनु भन्दा अगाडी नै प्रहरी पुगेर बिद्यार्थीलाई अपराधी जस्तै गरि प्रक्राउ गरिएको थियो । कलेज ड्रेसमा फिल्म हेर्न जान नपाइने निमय छैन । तर नायक केसीको आग्रहमा प्रहरीले बिद्यार्थीलाई अपराधी सरह पक्राउ गरि ट्रकमा राखेको छ । बिद्यार्थीलाई अपराधी सरह ब्यवहार गरेपछि अहिले प्रहरीको चौतफी बिरोप पनि भइरहेको छ ।

नायक भुवन केसीले बिद्यार्थी पक्राउदाँ प्रहरीलाई मात्र खवर गरेनन् टेलिभिजनका पत्रकार समेत बोलाएको रहस्य खुलेको छ । केही पत्रकारहरुलाई उनले पहिले नै हलमा पुरयाई सकेको थिए भने केही टेलिभिजन पत्रकारलाई बिद्यार्थी हलमा देखेपछि बोलाएका थिए । प्रहरीले पक्राउ गरेपछि पनि टेलिभिजनका क्यामरामेन र पत्रकार नपुगेसम्म त्यहाँबाट लिन उनले दिएका थिएनन् । बिद्यार्थीहरु पक्राउ परे लगतै ३ सय बिद्यार्थी पक्राउ परेको जानकारी टेलिभिजनहरुलाई नायक केसीले दिएका थिए ।
आफ्ना छोराले अभिनय गरेको फिल्मलाई प्रोपगान्डा बनाउन उनले प्रहरीलाई प्रयोग गरि बिद्यार्थीको चरित्रमाथी खेलवाड समेत गरेको चर्चा चलचित्र क्षेत्रमा अहिले चर्चित बनेको छ

http://onlinedainik.com/newspage.php?&nid=2496#.VGrtoZ9SbIU

Thursday, November 13, 2014

आर्यनको फरक लुक्स र गेटअप रहेको नाइकेको टाइटल गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौं, कात्तिक २७– मंसिर १९ गतेदेखि अल नेपाल रिलिज हुन लागको फिल्म ‘नाईके’ को टाईटल गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा अभिनेता आर्यन सिग्देललाई ‘नाईके’ को रुपमा प्रस्तुत गरिएको छ । साथमा रेम बिक, बोधराज रेग्मी, विजयराज सेन्चुरीसँगै अन्य केहि कलाकारहरु पनि केमियो भुमिकामा देखिएका छन् ।

 नेत्र गुरुङले निर्देशन गरेको फिल्म नाईकेको कोरियोग्राफर रोहन नेपाली हुन् । कोरियोग्राफिमा उनको डेब्यू हो । नाईके गीतको भिडियो सार्वजनिक भएसँगै कोरियोग्राफर नेपालीको चर्चा यतिबेला फिल्म उद्योगमा ह्वात्तै बढेको छ ।     आर्यनको करिअरमै पहिलोपटक फरक लुक्स र गेटअप रहेको यो फिल्ममा उनको भुमिकापनि भिन्न रहेको निर्माणपक्षले जनाएको छ ।

 केहि दिन अगाडिको पत्रकार सम्मेलनमा आर्यनले फिल्मबाट निकै आश गरेको बताएका थिए । गीतसंगीतको चर्चासंगै धेरै दर्शकहरुले फिल्मलाई पर्खेर बसेका छन् ।     फिल्ममा आर्यनसंगै रेम बिक, सुरबिना कार्की, बोधराज रेग्मी, विजयराज सेन्चुरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

फिल्ममा द्वन्दद्व निर्देशक सानुकुमार महर्जन हुन् । विष्णु हमाल कार्यकारी निर्माता रहेको फिल्ममा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीले लगानी गरेका छन् ।


http://www.ratopati.com/2014/11/13/181992.html#sthash.Mm9mckWZ.jOr0WTCh.dpuf

सेक्सबिना पनि बाँच्न सकिन्छ भन्छिन् करिश्मा मानन्धर




प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?
प्रेम भनेको चाहेर हुने कुरा होइन । म तिमीलाई माया गर्छु भनेर हुने होइन, यो महसुस गर्ने चिज हो । मानिसहरू यसलाई माया गर्छु, उसलाई माया गर्छु भन्छन्, तर माया भन्ने कुरा देखाउन जरुरी छैन ।
जीवनमा प्रेम किन जरुरी छ ?
प्रेम गर्ने नै होइन, यो त आफसेआफ हुन्छ । जस्तो म मेरो कबु (छोरी कविता) लाई माया गर्छु । माया भन्ने कुरालाई रोक्नै सकिन्न, यो त भित्रैदेखि हुन्छ ।  जस्तो कि म कबुका लागि जे पनि छोड्न सक्छु । छोडेर आइसकेको अमेरिका उसैको लागि (कविता हाल अमेरिकामा छिन्) जाँदै छु ।
कुन उमेरमा गरिएको प्रेम सही हुन्छ ?
प्रेम यही उमेरमा गर्दा सही हुन्छ भन्ने कुरा मलाई थाहा छैन, तर यो सहज प्रक्रिया हो । उमेर पुगेपछि एउटा महिला र पुरुषबीच जुन प्रेम हुन्छ भनिन्छ, त्यो वास्तवमा प्रेमभन्दा पनि आकर्षण भएको हुन्छ । पछि गएर त्यो आकर्षण नै प्रेममा परिणत हुन्छ होला ।
तपाईंको जीवनमा प्रेम कतिपटक भयो ?
मेरो जीवनमा यतिपटक प्रेम भयो भनेर ठम्याउन म सक्दिनँ । किनभने प्रेम गर्ने होइन, आफैं उत्पन्न हुने कुरा हो। आकर्षणलाई प्रेम भनेर नाम दिन मिल्दैन ।
रोमान्स भनेको के हो ?
रोमान्स भनेको पनि आकर्षण मात्र हो । कुनै पनि कुरामा राम्रो सोचेर रमाइलो महसुस गरिरहेको हुन्छ भने त्यो नै रोमान्स हो । हामी रोमान्स केवल केटा र केटीबीचमा हुन्छ भन्ठान्छौं, तर रोमान्स त म्युजिक, डान्स जेबाट पनि पाउन सकिन्छ। अपोजिट सेक्समा हुने रोमान्स अथवा आकर्षणले अलि बढी महत्त्व राख्ला अर्कै कुरा हो ।
रोमान्सका लागि कस्तो ठाउँ र कुन समय ठीक हुन्छ ?
त्यो पनि थाहा छैन मलाई त । कसैलाई के चिजले रोमाञ्चित बनाउँछ भने कसैलाई के चिजले ? रोमान्स भनेकै कुनै कुरामा हुने उत्साह र रमाइलो हो । यो केबाट हुन्छ भन्ने कुरा मानिसमा भर पर्ने कुरा हो ।
रोमान्सको बाधक के हो ?
रोमान्सको बाधक त आफ्नै दिमाग हो । कुनै पनि काम कुरा गर्नका लागि तपाईं दिमागदेखि तयार हुनुुहुन्न भने त्यो नै बाधक बन्न पुग्छ । जे कुरामा मनैदेखि खुसी हुन सकिन्छ त्यसबाट मात्र रोमान्स हुन्छ । कसैलाई जबर्जस्ती रमाइलो गराएर त हुँदैन नि ।
रोमान्सबिनाको जीवन कस्तो होला ?


भनिरहनै पर्दैन निरस हुन्छ ।
 सेक्सको परिभाषा कसरी गर्नुहुन्छ ?
सबैले भन्छन् सेक्स खानाजस्तो हो । मेरो लागि भन्नुहुन्छ भने सेक्स खानाजस्तो होइन । खाना नखाई त मान्छे बाँच्नै सक्दैन, मर्छ । सेक्स नभई त मरिँदैन नि । मेरा लागि सेक्स भनेको प्रेम अभिव्यक्तिको अन्तिम बिन्दु हो । तर बेग्लैबेग्लै मान्छेको बेग्लै धारणा हुन सक्छ ।
बिहेअगाडिको सेक्सलाई के भन्नुहन्छ ?
हिन्दु कल्चरमा बिहेअगाडिको सेक्सलाई मान्यता दिइँदैन । आजकल म सोच्ने गर्छु त्यसको रिजन के रहेछ भने जबसम्म मानिस आफ्नै खुट्टामा उभिन सक्ने हुँदैन, बिहेअगाडिको सेक्समा इनसेक्योर फिल गर्छ । सायद सामाजिका विकृतिलाई बन्द गर्न पनि बिहेअगाडिको सेक्समाथि बन्देज लगाइएको हो। मानिस जबसम्म आफूलाई ह्यान्डल गर्न सक्षम हुन्न तबसम्म सेक्स गर्नुहुन्न । २० वर्षको उमेर पछाडिको मानिस हो भने उसको निजी जीवनको व्यक्तिगत कुरा हो । सेक्स रिलेसन उमेरको आवेगमा राख्नुभन्दा पनि आफ्नै खुट्टामा उभिन सक्ने भएपछि राख्नु उचित हुन्छ ।
दुईबीच मन मिले पनि बिहेअघिको सेक्स ठीक हुँदैन ?
मन मिले पनि इनडिपिडेन्ट नभई यो रिलेसन नराखेकै बेस हुन्छ । होइन उमेरले पनि मेचुएड भईसकेको छ र आत्मनिर्भर पनि छ भने अर्कै कुरा हो । अब कोही मानिस बिहे नै नगरी यत्तिकै बस्छु भन्ला रे, त्यस्तोमा सेक्स रिलेसन नै नराख्ने भन्ने कुरा पनि हुँदैन । उमेर पुगेपछि र आत्मनिर्भर भइसकेपछि त्यो उसको निजी जीवनको व्यक्तिगत निर्णयको कुरा हुन जान्छ ।
तपाईंको सेक्स अनुभव ?
यो नितान्त व्यक्तिगत कुरा हो, यो बारेमा कुरा गर्न चाहन्न ।
 बिहेपछि सेक्स सस्तो लाग्छ रे नि ?
त्यो यस्तो हुन्छ, कुनै पनि कुरा जब एकदम धेरै पाउनुहुन्छ त्यति बेला कहिलेकाहीं यस्तो लाग्न पनि सक्छ । सँगै भएपछि सबै कुरा सेयर हुन्छ । बिहेअगाडि जुन अपेलिङ हुन्छ, त्यो बिहेपछि जिम्मेवारीले थिच्न सक्छ । तर त्यसलाई मायाले बाँधिराख्छ जस्तो लाग्छ ।
कस्तो सेक्स असुरक्षित हुन्छ ?
जब एकअर्काप्रतिको विश्वास सकिन्छ, विश्वासको कमी हुन्छ, त्यहाँनिर सेक्स रिलेसन इन्ड गरेको राम्रो हुन्छ । त्यो अवस्थामा सेक्स रिलेसनलाई रबर तन्काएजस्तो तन्काई राख्नुको कुनै अर्थ रहँदैन ।
फिल्ममा सेक्स जरुरी छ ?
फिल्ममा सेक्स जरुरी छ कि छैन भन्दा पनि यसलाई कसरी देखाउने भन्ने कुरा महत्त्वपूर्ण र जरुरी हुन्छ । एकअर्काप्रतिको मायामोहलाई कसरी पर्दामा देखाउने भन्ने कुराले निर्भर गर्दछ । कि त सेक्सकै बारेमा बनेको फिल्म हुनुपर्‍यो । वसन्ती र गगनसिंहको पनि सेक्सकै कथा हो नि । तर त्यसैमा अहिलेकाले फिल्म बनाए भने कस्तो बनाउलान् ? म त सोच्न पनि सक्दिनँ । किनभने अहिलेको फिल्ममा जस्तो सेक्स देखाइयो भने त्यसले दर्शकलाई आकर्षित होइन, विकर्षित गरिदिन्छ । हाम्रो समाजमा केही कुरा लुकाएकै राम्रो हुन्छ जस्तो लाग्छ ।
परिवार नियोजन कत्तिको आवश्यक छ ?
आवश्यक छ । परिवार नियोजनका साधन बनेकै त्यसकै लागि हो । यी साधन सुरक्षा र स्वास्थ्यका लागि बनाइएको हो । हाम्रो जस्तो समाजमा त परिवार नियोजन झनै जरुरी छ । किनभने हामीकहाँ शहर मात्र होइन, गाउँ पनि छन् ।
प्राकृतिक परिवार नियोजन उपयुक्त कि कृत्रिम ?
खै यो बारेमा त मैले सोचेको छैन । किनभने मेरो लाइफमा मैले कहिले पनि यसको बारेमा सोच्नुपर्ने जरुरी नै भएन ।
पहिलो सन्तानपछि दोस्रो सन्तानको अन्तर कति हुनु ठीक हुन्छ ?
नर्मल डेलिभरी भयो भने दुईदेखि ३ वर्षको अन्तर ठीक हुन्छजस्तो लाग्छ । बच्चा हुर्काउनका लागि पनि यत्तिको अन्तर भएको राम्रो हुन्छ । तर यसमा मेरो अनुभव छैन । मेरो एउटा सन्तान भयो सकियो । मैले जीवनमा जे पाएँ, त्यहीमा हात थापें । त्यो बेलामा काममा बिजी पनि भएँ, त्यसैले अर्को सन्तानका बारेमा कहिल्यै सोच आएन । अहिले त झन् सोचाइ पनि आउँदैन । किनभने जिन्दगी धेरै टढा पुगिसक्यो ।

अब चलाचित्रनै बन्ने भो ' पोइल जान पाम '

komal oli
 चर्चित लोकगायिका कोमल ओली कुन  कुन क्षेत्रमा काम गरिन भनेर खोज्नु  भन्दा पनि कुन क्षेत्रमा गरिनन भन्नुपर्ने  अवस्था आएको छ ।

 कुनै बेला राष्ट्रिय खेलकुद र राष्ट्रिय  लोकदोहरी गायनमा अब्बल सावित हुदै  नेसनल फिगर एकी कोम पछि रेडियो  नेपालमा समाचारवाचिकाको परिचय  बनाइन ।


 अहिले कोमल ओली भने आफ्नो चर्चित  गीत पोइलजाम पामलाई नै शीर्षक  बनाउँदै एउटा चलचित्र निर्देशन गर्ने  जर्मको गर्दैछिन भन्ने हल्ला चलेको छ ।

 नारीप्रधान विषय समेटिने चलचित्र पोइल  जान पामको कथा पनि ओलीकै हुने  बताइएको छ ।


आफूद्धारा अभिनीत दोस्रो चलचित्र दबदबा प्रदर्शनको तयारीमा रहकै बेला कोमलले चलचित्र पोइला जान पाम निर्माण गर्ने कुरा सार्वजनिक भएको हो खबर आजको कान्तिपुर साप्ताहिक ले छापेको छ ।

 http://www.nepaliheadlines.com/2014-11-14-01-51-29.html#sthash.gCD2kmBj.dpuf

Tuesday, November 11, 2014

जीवनमा रोमान्टिक हुन नसकेपछि नायिका केकी अधिकारी आपत्ति...

 नायिका केकी अधिकारी ठूलो पर्दामा प्रवेश गरेको ४ बर्ष भयो । म्यूजिक भिडियोमा जमेकी केकीले ‘स्वर’बाट ठूलो पर्दा डेब्यू गरेकी हुन् । छोटो समयमा नै आशालाग्दी नायिकाको रुपमा पहिचान बनाएकी केकी नेपाली कालाकारलाई स्टार बन्न परिस्थीतिले नदिएको बताउँछिन् ।
यसपटक अनलाइनखबरसँगको केकीले आफ्नो जीवन, संर्घष, प्रेम र नेपाली फिल्म उद्योगका बिषयमा खुलेर कुरा गरिन-
४ बर्षको अन्तरलामा मैले सधै उत्कृष्ट काम देखाउँ भनेर कोसिस गरेँ । तर, यहाँ काम गरौं भन्ने वातावरण नै बन्न सकेको छैन । यहाँ ईमान्दार मानिसको कमी छ जस्तो लाग्यो। आफूले इमान्दारिताका साथ काम गर्दा पनि सोँचे अनुसारको वातावरण बन्न नसक्दा काम गर्न गाह्रो भइरहेको छ ।
यो क्षेत्रमा हामी नायिकाहरु विच नै अस्वस्थ प्रतिस्पर्धा छ । नकारात्मक कुराले हामी सबैलाई नै असर गर्छ । मानिसहरु एउटाले गल्ती गर्दा अरुलाई पनि त्यही नजरले नै हेर्छन् । जसका कारण राम्रो गरौं भनेर आएकाहरुलाई पनि दाग लाग्छ । दर्शकको दिमागमा नकारात्मक कुरा चाडो प्रवेश गर्ने भएकाले पनि यस बिषयमा मिडियाले अलिक संबेदनशीलता अपनाए हुने थियो ।keki-adhikari
हामी संघर्षरत कलाकार
हामी यो देशका संघर्षरत कलाकार हौं । विदेशी सिनेमाको ठाउँमा हाम्रो पनि हेरिदिनुहोस् भनेर अनुरोध गर्नुपर्ने अबस्था छ । यो बिडम्बना हो । हामीले हाम्रो सेलिब्रेटीहुड गुमाएका छैनौं । तर, हामीलाई स्टार बन्न देशको परिस्थिती र राजनीतिले सधै रोकिराखेको छ । अहिले स्टार भनेको रेखा थापा मात्रै हो । उहाँलाई पनि स्टार बन्न १५ बर्ष समय त लाग्यो नि । हामी अहिले संघर्ष गरेर बाचिरहेका छौं ।
मलाई जहिले पनि चुनौतीले डर दिन्छ । दर्शकले मबाट आशा गरेअनुसार दिन सक्दिन कि भन्ने डर लागिरहन्छ । म राम्रो कलाकार बन्न सकुँ भन्ने भावनाले नै काम गरिरहेकी छु, तर आशा र अपेक्षाले सधै मलाई कमजोर बनाउँछ ।
निर्माताको अनुहारमा मुस्कान नै सफलता
सिनेमा सफल हुनका लागि बक्स अफिसमा कलेक्सन हुनुपर्छ । हजारौंले हेरेको चलचित्र नराम्रो हुँदैन । तर, कहिलेकाँही हामीले राम्रो गर्न खोज्दा खोज्दै पनि चलचित्र असफल हुन्छन् । तर, म व्यापार पनि चाहन्छु । किनकी, निर्माताको मुहारमा मुस्कान नै हाम्रो सफलताको आधार हो । असफलता आफैमा दिक्कलाग्दो शब्द हो । मिडियामा केकी असफल नायिका भन्दा साह्रै रुन मन लाग्छ । म पहिलेदेखि नै नकारात्मक कुरा सुन्न नसक्ने केटी हुँ । तर, असफलता स्विकार गर्न सक्नु नै सफलता हो भन्ने सिक्दै छु ।
हो, हाम्रो वाध्यता छ कि, एउटै मात्र सिनेमा गरेर एक बर्ष बिताउन सकिदैन । हामीलाई पनि आर्थिक अवस्थाले जेल्छ । तर, मैले निर्मातालाई धोका दिएकी छैन । अफर आउनासाथ जस्तोसुकै फिल्मलाई ओके भन्दिन् । फिल्म खेल्ने समयमा भिडियालाई पनि समय दिन्न । एउटा फिल्म हलमा नलाग्दासम्म मेरो काम सकिदैन भन्ने वुझेकी छु ।
रोमान्टिक दृश्यमा खुल्न सक्दिन
keki-adhikari-onlinekhabarम रोमान्टिक चलचित्रमा भित्रैबाट खुल्न सक्दिन । सायद, सानै उमेरबाट चलचित्रमा लागेर मैले रोमान्टिक पलहरु गुमाएकी छु । मसँग रोमान्टिक क्षणका लागि समय निकाल्ने फुर्सद नै भएन । जीवनमा कहिलेकाहीँ यस्ता कुराको अभाव महशुश गर्छु म ।
म व्यक्तिगत र व्यवसायिक कामलाई अलग राख्न चाहन्छु । मेरो फ्यानहरु मेरो कामकै कुरा बढि जान्न चाहनुहुन्छ । प्रेममा नै नपर्ने मानिस कोही पनि छ जस्तो मलाई लाग्दैन । त्यसैले प्रेमको कुरा सार्वजनिक गर्न चाहान्न ।
मेरो बुबा-आमाले जे सोच बोकेर मलाई हुर्काउनुभयो, यसलाई मैले बचाउनुपर्छ । मेरो परिवारलाई नकारात्मक असर पर्ने कुरा जीवनमा नआओस् भन्ने चाहना मेरो सधै हुन्छ । म नरम मुटु भएकी केटी हुँ ।
आँसु लुकाउन फिल्म हेर्छु
सानो-सानो कुराले पनि मलाई ईमोशनल बनाउँछ । मैले सोचेका कुरा भन्दा विपरित हुने वित्तिकै मलाई रुन मन लाग्छ । कामको बिषयमा कसैले नकारात्मक कुरा गर्दा पनि मेरा आँखाबाट आशु र्झछ तर, आँसु आमा-बुबालाई देखाउन चाहन्न । यसैले, कुनै कुरामा रुनु पर्‍यो भने रुवाउने खालका फिल्म हेर्छु । यसो गर्दा आमाले चलचित्र हेर्दा छोरी रोइ भन्ने ठान्नुहुन्छ । तर, म वास्तविक जीवन सम्झेरै रोइरहेकी हुन्छु ।
जानी-जानी कसैले देखाउँदैन
महिलाहरुका लागि पहिरनमा विविधता छ । यसैले पनि उनीहरु पहिरन परिवर्तन गरिरहन्छन् । जसले गर्दा पनि उनीहरु यस्तो समस्यामा पर्छन । भित्री बस्त्र जानी-जानी कसैले देखाउँछ जस्तो लाग्दैन । फेरि, खिच्ने मानिसको ध्येय के हो भन्ने पनि मुख्य हो । सस्तो प्रचार सायद कसैले चाहन्छ भन्ने मलाई लाग्दैन । तर, कसैले यस्तो कुरामा पनि प्रचार खोज्छन् भने मेरो केही भन्नु छैन । पहिरन लगाएर कुन मुभमेन्टमा तस्बिर खिचियो भन्ने कुरा पनि मुख्य हो ।
ब्रान्ड भ्यालु बनाउन सकेनौ
हामीले हाम्रो ब्रान्ड भ्यालु नै बनाउन सकेनौ । हामीलाई गरिने हरेक ठाउँका सम्झौता एकदमै कमजोर हुन्छन् । हामीले समाजमा प्रभाव पार्न नै सकेका छैनौं । जबसम्म देश नै विकासको गतीमा जाँदैन, तबसम्म हामी कलाकारले पनि यस्तो समस्या झेल्नु पर्छ । हाम्रो बजारमा विश्वव्यापी हुन सकेको छैन । जसका कारण, सिमित क्षेत्रमा खुम्चिएका हामी कलाकारबाट देशले, अनि जनताले पनि ठूलो अपेक्षा गर्न सक्दैन ।
- See more at: http://www.onlinekhabar.com

‘मिस अर्थ’मा नेपाली चेलीको विकिनी रुप

prinsha-shrestha

२९ नोभेम्बरमा आयोजना हुन लागेको ‘मिस अर्थ २०१४’मा सहभागी हुन यतिबेला नेपाली चेली प्रिन्सा श्रेष्ठ फिलिपिन्समा छिन् । ‘यूनिभर्सिटी अफ द फिलिपिन्स थिएटर’मा हुन लागेको यो प्रतियोगितामा ८५ देशका सुन्दरीहरुले प्रतिस्पर्धा गर्दैछन् । सोमबार विश्वका सुन्दरीहरुले आफूलाई विकिनीमा प्रस्तुत गरे । जसमा ‘मिस नेपाल अर्थ’ बन्न सफल प्रिन्सा श्रेष्ठले पनि आफूलाई ग्ल्यामर रुपमा प्रस्तुत गरिन् ।


prinsha-in-bikini

 onlinekhabar.com

आठ बर्षपछि सँगै फिल्म खेल्दै रेखा र निखिल : हिरोसँग रेखाको दोस्ती र दुस्मनी श्रृंखला



काठमाण्डौं। कुनै बेला नेपाली सिने नगरी रेखा र निखिलको आरोप प्रत्यारोप र सार्वजनिक गालीगलौजका खवरले तरंगित थियो । झण्डै तँतँ-मम को अबस्थामा एकअर्काबिरुद्ध उत्रिएका यी दुई स्टार त्यसयता सँगै पर्दामा देखिएनन्, बोलचालसमेत बन्द थियो ।
तर, बागमतिमा धेरै पानी बगिसक्यो र उनीहरुको ‘इगो’मा पनि ठेस लाग्दै गयो । आठ बर्षपछि फेरी यो जोडीले मित्रताको हात बढाएपछि त्यसको प्रतिफल पनि आएको छ ।
रेखा र निखिल आठ बर्षपछि एउटै फिल्ममा काम गर्दैछन् । सविर श्रेष्ठको निर्देशन र गोपाल कायस्थको निर्माणमा बन्न लागेको ‘लुटेरा’मा रेखा र निखिल सँगै काम गर्दैछन् ।
कसरी भयो मिलन ?
उनिहरु किन एउटै फिल्ममा कामका लागि राजी भए ? यसबारे अनेक टिप्पणी भइरहेको भए पनि मुख्य कारणचाहिँ कमजोर बजार भाउ नै हो । कुनै समय निखिल र रेखा यस्तो ‘डन’ मानिन्थे, उनीहरुले अभिनय गर्ने भएपछि जति पैसा पनि लगानी गर्न तयार हुन्थे निर्माता । निखिल र रेखा मात्रै यस्ता कलाकार हुन् जसले माग गरेको पारिश्रमिक सजिलै पाउथे ।
त्यहि दम्भको कारण उनीहरु एक अर्कालाइ मान्छे गन्दैन थिए । ‘मेरो अगाडी उ कोही होइन’ भन्ने भ्रम थियो । यहि दम्भकै कारण आठ वर्ष अगाडी घोषणा गरेका थिए ‘एक अर्कासँग फिल्म नखेल्ने ।’ तर, दुवैलाई समयले धेरै अगाडी हुत्याइदियो र मित्रताको हात फैलाए ।
हिरोसँगको झगडामा रेखा अगाडी
निखिलसँग मनमुटाब सुरु हुँदै गर्दा बिराज भट्टसँग सम्बन्धको हात बढाएकी थिइन् रेखाले । प्रसंग ७ वर्ष अघिको हो । उनका पूर्व श्रीमान छवि ओझा उज्वल घिमिरेको निर्देशनमा ‘किस्मत’ नाम राखेर फिल्म बनाउने तयारीमा थिए भने हिरो फाइनल गर्ने जिम्मा रेखाकै थियो ।
छवि र उनको सम्बन्ध यति राम्रो थियो कि फिल्मको विषय छविले छान्थे भने हिरो हिरोइन रेखाले । किस्मतको हिरोको रुपमा छनौट भए बिराज भट्ट र आर्यान सिग्देल । सुटिङ हुँदै गर्दा रेखाको अभिब्यक्ति आयो -‘अब फिल्म उद्योगमा निखिलको जरुरी छैन, निखल भन्दा धेरै राम्रो अभिनय गर्ने बिराज आइसके ।’
‘किस्मत’को सुटिङ सुरु हुँदा बिराजको प्रसंसा सुरु गरेकी रेखाले किस्मत रिलिज हुँदा नहँुदै बिराजको आलोचना गर्न सुरु गरिसकेकी थिइन् । किस्मत रिलिजताका उनको बुझाइमा बिराज ‘खत्तम’ भैसकेका थिए भने नेपालकै ‘नम्बर वान’ हिरो बनेका थिए आर्यन सिग्देल ।
अन्ततः रेखा र बिराजको सम्बन्धको नियति पनि रेखा र निखिलको जस्तै भयो । दुबैले सँगै फिल्म नखेल्ने घोषणा गरे । तर, रेखा र आर्यान भने निकै घनिष्ट थिए । रेखा फिल्मसकै ब्यानरमा अर्को फिल्म बन्यो ‘कसले चोर्‍यो मेरो मन’ । आर्यान र रेखाले मुख्य भुमिका निर्वाह गरे उक्त फिल्ममा । रेखाकै भाषामा सुटिङ हुँदै गर्दा आर्यान मुलुककै निकै सभ्य नायक थिए भने फिल्म रिलिज हुँदा ताका सबै भन्दा असभ्य भैसकेका थिए । रेखा र आर्यानको जुहारीले गसिप बजार राम्रै चल्यो एक ताक ।
एकपछि अर्को हिरोसँग सम्बन्ध बिग्रदै गएपनि रेखोको फिल्मी करिअरलाई खासै असर परेको थिएन । होम प्रोडक्सन बाहेक पनि वर्षमा ३/४ वटा फिल्म खेलेकै हुन्थिन् । उनमा एकखालको दम्भ थियो ।
आर्यानसँग सम्बन्ध बिग्रे लगत्तै उनको हिमचिम सुरु भयो आयुष रिजालसँग । रेखा फिल्मसकै ब्यानरमा बनेको हिफाजतमा आयुषले मुख्य मुख्य भुमिका निर्वाह गरेका थिए । तर, हिफाजतले बजारमा खासै कमाल गर्न सकेन ।
आयुष र रेखाको सम्बन्ध बिग्रेको छैन तर, रेखाले आयुषलाई भन्दा धेरै भाउ दिन्छिन् किशोर खतिवडालाई । पछिल्लो समय निर्माता सुदर्शन गौतमसँग दोस्ती बढाएकी रेखाको विषयमा अर्को टिप्पणी हुने गरेको छ -‘रेखाले सुदर्शनलाई निकालेको खबर आयो भने आश्चर्य नमान्नु ।’


http://www.onlinekhabar.com/2014/11/205567/#sthash.j8uYvSI9.dpuf

को राम्री, गरिमा कि सुमिना ?



काठमाडौं । पदर्शोन्मुख फिल्म ‘रंग बैजनी’ को गीत र प्रोमो सार्वजनिक भए लगत्तै चलचित्रमा काम गर्ने नायिकाद्वय गरिमा पन्त र सुमिना घिमिरेको सौन्दर्यको विषयमा चर्चा सुरु भएको छ । तपाइको फिल्ममा अनुबन्ध भएका हिरोइन मध्ये को बढी राम्री भन्ने प्रश्नमा निर्देशक शम्भु प्रधान पनि अलमल परे । ‘दुबै राम्रा भएर नै मैले हिरोइन लिएँ’ निर्देशक प्रधानले भने । प्रेमकथामा आधारित यस चलचित्रमा गरिमा र सुमिनाले आफुलाई सकेसम्म कामुक शैलिमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । पुराना चलचित्र निर्देशक प्रधान १२ वर्षपछि निर्देशनमा फर्किएका हुन् । कुशल सम्पादक र निर्देशकको परिचय बनाएका प्रधानका केही फिल्म अत्याधिक सफल भएका थिए भने केही फिल्मको ब्यापार निकै नाजुक थियो ।

 http://www.onlinekhabar.com/2014/11/205548/#sthash.AYe55NAi.dpuf

Sunday, November 9, 2014

आर्यन ‘नाईकेे’, एक्सनमा जम्ने तयारी


दर्शकले सधै नै लभस्टोरी चलचित्रमा देखिएको भन्दै आलोचना गर्न थालेपछि नायक आर्यन सिग्देल आफ्नो भूमिका परिवर्तन गर्न लागिपरेका छन् । आर्यनले पछिल्ला केही चलचित्रमा प्रेम भन्दा एक्सनलाई रोजेका छन् ।
उनले अभिनय गरेको चलचित्र ‘नाईके’ मंसिर १९ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा आर्यनले गरेको एक्सन भूमिकाको अहिले चर्चा भैरहेको छ । ‘नोभेम्बर रेन’ र ‘लज्जा’को सफलतापछि आर्यनको यो चलचित्र प्रदर्शन हुन लागेको हो । यो चलचित्रले पनि आर्यनको लोकपि्रयतालाई अझ बढाउने आशा धेरैको छ ।
जगदिश खनाल, नारायण खनाल, आनन्द क्षेत्री र संगीताको लगानी रहेको चलचित्रलाई नेत्र गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यनका अलवा नव-कलाकार सुबि्रना कार्कीको अभिनय छ ।
आर्यनको नयाँ गेटअपले सफलता पाउन ‘नाईके’ले पनि राम्रो व्यापार गर्नुपर्ने हुन्छ ।

: http://www.onlinekhabar.com/2014/11/204946/#sthash.4h5wxr7o.dpuf

Friday, November 7, 2014

आलोकको श्रद्धान्जलीमा भक्कानिए सेलिब्रेटी (भिडियोसहित)



काठमाडौं, कार्तिक २१ । आफ्नै निवासमा विहीबार साँझ मृत अवस्थामा भेटिएका नेपाली म्यूजिक भिडियो तथा चलचित्रका चर्चित निर्देशक आलोक नेम्वाङको शवमा अन्तिम श्रद्धान्जली गरिएको छ । निर्देशक नेम्वाङलाई अन्तिम श्रदान्जली दिन काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत नेपाली कलाकारहरु पुगेका थिए ।

श्रद्धान्जली दिन पुगेकाहरु निर्देशक आलोकको शव हेरेर केहिबेर भावुक भएका थिए । निर्देशक नेम्वाङको पशुपति आर्यघाटमा आजै अन्त्येष्टी गरिनेछ ।

भुन्डिएको अवस्थामा मृत फेला परेका निर्देशक आलोक नेम्वाङको साथबाट प्रहरीले ‘सुसाइड नोट’ समेत फेला पारेको छ । सुसाइड नोटको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनको शवको शुक्रबारै पोस्टमार्टम गरिएको थियो ।

निर्देशक नेम्वाङले कुकुर बढी मन पराउने गरेको उनको पारिवारीक स्रोतको भनाइ छ ।

बिहीबार बेलुकी ८ बजे धापासीस्थित ‘ग्रान्डी भिल्ला’मा रहेको आफ्नै अपार्टमेन्टको भर्‍याङमा झुन्डिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको थियो ।

अमेरिकामा पढेर आएपछि आलोकले इमेज च्यानलबाट आफ्नो कामको सुरुआत गरेका थिए । १७ वर्ष अगाडि नेम्वाङले पहिलोपटक ‘लाखौंपटक मैले कोसिस गरें’ बोलको म्यूजिक भिडियो निर्देशन गरेका थिए । नवीन के भट्टराईको आवाज रहेको यो भिडियो चर्चामा रहेको थियो ।

निर्देशक आलोकले पहिलोपटक नेपाली चलचित्र ‘सानो संसार’ निर्देशन गरेका थिए । सानो संसारपछि उनले ‘कोही मेरो’ चलचित्र निर्देशन गरेका थिए । उनले निर्देशन गरेको तेस्रो चलचित्र ‘अझै पनि’ प्रदर्शनको तयारीमा छ ।

 imagekhabar.com

Thursday, November 6, 2014

कति खुशि हुन्थेँ होला तिमीलाई आफ्नो भन्न पाए..........

"कति खुशि हुन्थेँ होला तिमीलाई आफ्नो भन्न पाए
जुनि जुनि सयौँ जुनि तिम्रै मान्छे बन्न पाए
मायाँ फुल्ने बोट रोप्थेँ तिम्रो मनको बगैँचामा
पिरतीको कोदालीले मनको बारी खन्न पाए"



गजलकार तथा गितकार प्रबल बिष्टको गजल एल्बम अनुभुतीको छायाँकन समाप्त भएको छ ।

मिठा मिठा शब्दलहरीहरु र मार्मिक भाब बोकेको 
उक्त  गितमा 
बिन्दु परियारको स्वर रहेको छ  । 



उक्त गितको भिडियो कतारको बिभिन्न रमणीय स्थानहरुमा भएको छ ।उक्त गितमा सँगितकार सन्तोस श्र्रेष्ठले सँगित दिएका छन  भने ओ बि रायमाझी  र  यसोदा बस्नेतको अभिनय रहेको छ 





।उक्त  भिडियोको निर्देशन पनि मोडल ओ बी रायमाझीले नै गरेका छन भने   छायाँकन शन्त बम्जनको रहेको छ ।
मर्मिक शब्दहरु गुथेर बनाईएको उक्त भिडियो पनि उत्तिकै रोचक रहेको छ।

 

ww.newschautari.com