Wednesday, November 26, 2014
के भयो आर्यनलाई : डेड महिनासम्म बैसाखीको साहारामा
चलचित्र ‘किस्मत’को छायांकनदेखि सुरु भएको घुँडाको समस्याबाट छुटकारा पाउन नायक आर्यन सिग्देललाई अझै १ बर्ष लाग्ने भएको छ । शनिबार चिरायू अस्पतालमा आर्यनले घुँडाको लिगामेन्ट्सको अप्रेशन गरेका छन् । आजबाट बल्ल केही बोल्न सक्ने अवस्थामा रहेका आर्यनले अनलाइनखबरसँग कुरा गर्दै भने-‘डेढ महिना पुरै वैशाखीको साहाराले हिड्नुपर्छ । घुँडा पुरानै अवस्थामा र्फकन १ बर्ष लाग्छ ।’
आर्यनले १ महिनापछि चलचित्र ‘होमवर्क’मा काम गर्नेछन् । यो चलचित्रमा बसेर संवाद बोल्नुपर्ने दृश्य धेरै भएकाले काम गर्न लागेको आर्यनले बताए । आर्यनलाई अन्य चलचित्रमा काम गर्न अझै ३ महिना लाग्नेछ ।
आर्यनले घुँडाको अप्रेशनसँगै फुटेका हड्डी समेत मिलाएको बताए । अप्रेशनको समयमा निक्कै गाह्रो भएको उनको भनाई छ । चलचित्र ‘आवेग’को छायांकनको समयमा एक्सनको दृश्य गर्दै गर्दा आर्यनको घुँडामा समस्या देखिएको थियो ।
आर्यनको हातमा यतिबेला दर्जन बढी चलचित्र छन् । आर्यनले अप्रेशन गरेपछि सबै चलचित्रको छायांकन मिति पर सर्ने देखिन्छ । उनको यो बर्ष मात्र अझै ५ वटा चलचित्र प्रदर्शनको तयारीमा छन् । एजेन्सी
Similar Posts
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments