१८ औ सार्क शिखर सम्मेलनको अवसरमा ‘हस्तकला महासंघ’ले काठमाडौका तारे होटलमा सार्क हस्तकला प्रदर्शनीसागै फेशन शो सम्पन्न गरेको छ । १२ औं हस्तकला ब्यापार मेला समापनको अवसरमा विषेश फेशन शो समेत गरिएको थियो ।
फेशन शोमा नेपाली हस्तकलाका सामग्री प्रयोग गरिएको थियो । नेपाली मोडलहरुको बाहुल्यता रहेको कार्यक्रममा एउटा सिक्वेन्समा भने सार्क शिखर सम्मेलनमा सहभागी सबै मुलुकका मोडलले क्याटवाक गरेका थिए ।
मालदिभ्सवाट कलाकार आउनु भएको थिएन, अरु देशका कलाकारलाई हामीले र्याम्पमा प्रस्तुत गर्यौं ।’ कार्यक्रम संयोजक सनम शाक्यले भने । कार्यक्रममा नेपाल लगायत भारत, पाकिस्तान, मालदिभ्स, अफगानिस्तान, भुटान, श्रीलंकाको पोशाक प्रस्तुत गरिएको थियो ।
एजेन्सी
No comments:
Write comments