top_rightads

Showing posts with label बिश्वो. Show all posts
Showing posts with label बिश्वो. Show all posts

Wednesday, December 10, 2014

यस्ता छन् संसारका उत्कृष्ट ५ विमानस्थल ( तस्विर सहित )

हुन त विलाशी भन्दा हामीलाई होटल मनमा आउँछ । तर संसारमा कतिपय विमानस्थल नै यति उत्कृष्ट छन् कि कुनै पाँच तारे होटल भन्दा यहाँको सुविधा कम छैन । के तपाइँलाई थाहा छ यात्रुको सुविधा र ट्राफिकको हिसावले संसारकै सबै भन्दा उत्कृष्ट विमानस्थल कुन देशमा पर्छन् ? पछिल्लो पटक स्वीटजरल्याण्डको जेनेभामा आयोजित एक समारोहमा संसारका ५ उत्कृष्ट विमानस्थललाई पुरस्कृत गरियो । बेलायतको स्काइट्याक्स नामक संस्थाले वर्षेनी संसारभरिका विमानस्थलबाट उत्कृष्ट १०० विमानस्थलको सूची जारी गर्ने गर्छ । रमाइलो कुरा त यस वर्षा उत्कृष्ट विमानस्थलको सूचीमा शीर्ष ५ मा ३ वटा एसियाकै विमानस्थल छन् भने २ वटा चीनका मात्र छन् । 

यहाँ संसारका सबै भन्दा राम्रा र सुविधा सम्पन्न ५ विमानस्थलको चर्चा गरिएको छ ।
१ सिंगापुरः च्याङ्गी विमानस्थल
च्याङ्गी विमानस्थल सिंगापुरको सबै भन्दा ठूलो विमानस्थल हो । यो विमानस्थल नै कर्मचारीको ब्यवहार देखि सरसफाइ र यात्रुको सुविधाका हिसावले संसारको नम्बर १ विमानस्थल घोषित भएको छ । सन् २०१२ मा दोश्रो उत्कृष्ठ विमानस्थलकोरुपमा रहेको यो विमानस्थल २०१३ मा १ नम्बरमा आएको थियो । यो वर्ष पनि यही विमानस्थल संसारको सबै भन्दा राम्रो विमानस्थल ठहरिएको छ । संसारभरिका यात्रुले गरेको भोटिङका आधारमा यो उपाधि विमानस्थलले प्राप्त गरेको हो ।
top 5 airports in the world

२ दक्षिण कोरियाः इन्चोन विमानस्थल
दक्षिण कोरियाको इन्चोन विमानस्थल दुनियाँको सबै भन्दा उत्कृष्ट विमानस्थलमा नम्बर १ मा थियो । तर सन् २०१३ मा सिंगापुरको विमानस्थलले यसलाई पछाडी पार्‍यो । अहिले पनि यो विमानस्थल उत्कृष्टको सूचीमा दोश्रो नम्बरमा परेको छ ।

top 5 airports in the world 1

३ नेदल्याण्डस्ः शिफोल विमानस्थल
नेदल्याण्डस्को शिफोल विमानस्थल उत्कृष्ट विमानस्थलको सूचीमा तेश्रो स्थानमा छ । यो विमानस्थल युरोपको सबै भन्दा राम्रो विमानस्थल समेत मानिन्छ । दुनियाँका दर्जनौं विमानस्थललाई पछि पारेर यो विमानस्थल उत्कृष्टको तेश्रो स्थानमा कायम रहन सफल भएको हो ।
top 5 airports in the world 2


४ हङकङः हङकङ अन्तर्राष्ट्रिय विमानस्थल
हङ्कङको हङकङ अन्तर्राष्ट्रिय विमानस्थल दुनियाँका राम्रो विमास्थलको चौथो नम्बरमा छ । यो विमानस्थल संसारकै सबै भन्दा ब्यस्त विमानस्थल मध्ये एक हो । यहाँबाट संसारका हरेक कुनामा विमान पुग्छन् । यहाँको सर्भिस विश्वस्तरीय मानिन्छ ।
top 5 airports in the world 3


५ चीनः बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल
चीनको राजधानी बेइजिङमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल पनि संसारको सबै भन्दा राम्रो र सुविधाजनक विमानस्थलको टप फाइभमा छ । यो पनि संसारकै ब्यस्त मध्येको एक विमानस्थल मानिन्छ । यो विमानस्थल चीनको विकाश झल्काउने एक निशानी भएको समेत चर्चा हुने गरेको छ ।
top 5 airports in the world 4

कसरी गरिन्छ सर्वे ?
यस्तो अध्यनका लागि विमानस्थलबाट विमान चढ्ने यात्रुहरुलाई फारम भराउने गरिन्छ । यसमा ३० देखि ५ अंक सम्म दिने सुविधा हुन्छ । यही मतदानको आधारमा नै विमानस्थललाई छान्ने गरिन्छ । यस्तो मत सर्वेक्षणको उद्देश्य विमानस्थलको सेवाबाट यात्रुहरु कति सन्तुष्ट छन् भन्ने कुरा जाँचिन्छ ।


Tuesday, December 9, 2014

बन्धक बनाएर बलात्कार गरी कर, बल, छलले धर्म परिवर्तन गराईयो

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक युवतीलाई जागिर लगाइदिने प्रलोभनमा ५ महिनासम्म बन्धक बनाई बलात्कार गरी धर्म परिवर्तन गराएको घटना सार्वजनिक भएको छ ।
भागेर घर पुगेपछि आरोपीले पटक पटक फोनमा धम्की दिएपछि तीन महिनासम्म मौन बसेकी उनले आजित भएर प्रहरीमा उजुरी गरेकी हुन् । प्रहरीले घटनाको छानविन र कारबाही गर्ने आश्वासन दिएको छ ।



आर्थिक अवस्था कमजोर रहेकी ती युवतीलाई ८ महिना पहिले गाउँकै एक शिक्षकले युवकसँग कुरा गरी कुनै फ्याक्ट्रीमा काम लगाइदिने र राम्रो तलब दिने आश्वासन दिएर आगरा पुर्‍याएका थिए ।
तर ती युवतीलाई आगरामा राखेर जबरजस्ती बलात्कार गरेर धर्म परिवर्तन गराइएको खुलेको हो । दुई दिनपहिले पनि उनलाई धम्की दिएका थिए । एजेन्सी

Monday, December 8, 2014

महिलाहरुले नाङ्गै भएर के गरे यस्तो..(फोटो फिचर)


संसारभरी जनावरको अधिकार सम्बन्धी मुद्धा चर्को बन्दै छ । केही दिन अघि नेपालको गढीमाइमा पनि विभत्स ढंगले हजारौंको जनावरको बली दिएको भन्दै विरोध भयो । यस्तै जनावरको अधिकार खोज्ने एनिमल राइटिष्टहरुले स्पेनको बार्सिलोनामा अनौठो विरोध गरे । जनावरको छालाबाट सामान बनाउने कुराको विरोधमा यी महिला तथा पुरुषहरुले यस्तो विरोध गरे ।   विरोधमा आएका महिलाहरु सर्वाङ्ग नाङ्गै थिए । उनीहरुको अवस्था हेर्दा साँच्चिकै विभत्स देखिन्थ्यो । किन भने उनीहरुले शरीरमा रगत जस्तो देखिने रातो रंग पनि छर्केका थिए । बार्सिलोना शहरको ला प्लाजा ड्ल री स्क्वायरमा जम्मा भएका यिनीहरुले जनावरको छालाबाट सामान बनाउने कुराको विरोध यसरी गरेका हुन् ।

एजेन्सी

Sunday, December 7, 2014

भारतीय प्रधानमन्त्री मोदी पत्नीलाई किन आयो देशभरीबाट चिठ्ठी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता बढ्दै गएका बेला उनकी पत्नी पनि अहिले चर्चामा छिन् ।
उनको बढ्दो लोकप्रियताको अन्दाज हामी देशका कुना कुनाबाट आएका चिठ्ठीले लगाउन सकिन्छ । चिठ्ठीमा मोदी पत्नी जशोदाबेन महिलाका लागि एक आदर्श पेश गरेको भन्दै सम्मान व्यक्त गरिएका छन् ।



साथै कुनै चिठ्ठीहरुमा उनलाई आफ्नो घर फर्किन निमन्त्रण दिइएको छ । एक अंग्रेजी अखबारका अनुसार जालंधरबाट अनिल के.चोपडाले लेखेका छन् कि भारतीय जनता प्रधानमन्त्री मोदीलाई जस्तै उनकी पत्नी जशोदाबेनलाई गर्छन ।
भारतका करोडौं महिलाहरुले यसबाट सिक्न सक्नुपर्छ । जशोदाबेनको उंझास्थित घरमा उनका भाई अशोक मोदीका छोरा राकेशले धेरै चिठ्ठीहरु भावुक र प्रेरक रहेका छन् । विवाहपछि मोदी र पत्नी जशोदाबेन लामो समयदेखि अलग्गै बस्दै आएका छन् ।

ग्राहकहरुले यौनक्रिडा गर्न थाले पछि निर्वस्त्र सुरक्षा गार्ड

मंसिर २१,
फिटनेस सेन्टरको बाफ गृहमा ग्राहकहरुले यौनक्रिडा गर्न थालेपछि निर्वस्त्र सुरक्षा गार्ड खटाइएको जनाइएको छ ।
घटना अस्ट्रियाको लिन्ज सहरको हो । लिन्जमा अवस्थित पार्कब्याड फिटनेस सेन्टरको बाफलिने कोठामा ग्राहकहरुले बाफ लिनुका अलवा एक अर्कासँग यौनक्रिडा समेत गर्न थालेको अत्यधिक गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न निजि सुरक्षा गार्ड खटाउनु परेको जनाइएको छ।

फिटनेस सेन्टरको स्टिम रुममा बाफ लिने क्रममा मानिसहरु पूरै निर्वस्त्र भएर बस्नुपर्ने हुन्छ । बाफको तातोले तातिँदै जाँदा र एकअर्काको पसिनाले भिजेको निर्वस्त्र सरीर देख्दा खप्नै नसक्ने भएपनि बाफ लिइरहेका ग्राहकहरु एक अर्कासँग यौनक्रियामा संलग्न हुन थालेपछि समस्या आएको हो ।

बाफ लिने कोठाभित्र हुनसक्ने यौनजन्य क्रियाकलाप रोक्नका लागि निर्वस्त्र सुरक्षा गार्डहरु ग्राहक झैँ बनेर बाफ लिने कोठामा छिर्छन् । यदि बाफ लिनुको साटो कसैले यौनक्रिडा गर्न थालेको पाइएमा त्यस्ता मानिसलाई निर्वस्त्र ग्राहक बनेर छिरेका ती सुरक्षा गार्डले पक्रिहाल्नेछन् ।

निर्वस्त्र गार्ड खटाएको पहिलो हप्तामै दुइ जोडी ग्राहकहरु बाफ लिने कोठाभित्र यौन क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका थिए । उनीहरुलाई अबदेखि उक्त फिटनेस सेन्टरमा आउन प्रतिबन्ध समेत लगाइएको जनाइएको छ।

Saturday, December 6, 2014

रूप बदल्ने केटी


मंसिर २१ - उनी एन्लोलिना जोलीजस्तै देखिन्छिन् । अथवा ऐश्वर्य राय । माइली साइरसजस्तै वा रिहान्ना पनि । कन्फ्युजन मेट्न यु-ट्युबको 'डीओपीई २१११' पेज लग-अन गर्नुपर्छ । वास्तवमा उनी कोही जस्तो देखिन्नन् । तर, टिपिकल तामाङ वर्णकी उनीसँग आफ्नै अनुहारमा भ्रम पैदा गर्न सक्ने अद्भूत सौन्दर्य शिल्पी छ । त्यसैले उनी कुनै न कुनै सेलिबि्रटीको बान्कीमा पदार्पण हुन्छिन्, बेलाबखत ।

प्रमिस तामाङ । नेपाली समाजमा खासै परिचित नाम होइन यो । यद्यपि विश्व समुदायमाझ उनको ख्याति यसरी चुलिँदो छ, जुन उचाइ कमै नेपाली सेलिबि्रटीले हासिल गरेका छन् । त्यो पनि, विलकुल फरक क्षेत्रबाट । सरसर्ती चिनाउनुपर्दा, यिनी 'यु-ट्युब मेकअप गुरु' हुन् । यही भर्चुअल आलोकमा टेकेर यिनले विश्वकै पारखीहरूलाई 'सौन्दर्य ज्ञान' बाँडिरहेकी छन् ।



अतः यु-ट्युब, फेसबुक, टि्वटर जस्ता माध्यमबाट प्रमिसलाई लाखौं तन्नेरीले पछ्याइरहेका छन् । प्रमिसको खास खुबी त्यसबेला झल्कन्छ, जब सौन्दर्य प्रसाधनका साथ उनी यु-ट्युब भिडियोमा प्रकट हुन्छिन् । आफ्नै अनुहार लिपपोत गर्छिन् । र, अपत्यारिलो ढंगबाट दोस्रो सेलिबि्रटीमा रूपान्तरण हुन्छिन् । लाग्छ, उनको अनुहार आफैंमा खुला क्यानभास हो, जहाँ अनेकौं रूपरंग पोतिन्छन् ।

प्रमिसको यु-ट्युब पेजमा त्यस्ता दर्जनौं भिडियो छन्, जसमा उनले आफूलाई मोनालिसादेखि माइकल ज्याक्सनसम्मको रूपमा दुरुस्तै उतारेकी छन् । उनी कहिले खतरनाक देखिन्छिन् त कहिले मायालु पनि । कहिले आक्रामक देखिन्छिन् त कहिले सौम्य । आफ्नो अनुहारमा विविधता पस्कन सक्ने कौशलकै कारण यिनले उपमा पाएकी छिन्, 'रूप बदल्ने केटी ।'

यिनी रूप त बदल्छिन् नै, साथसाथै मेकअप टिप्स पनि दिइरहेकी हुन्छिन् । प्रमिसको मेकअप सिकाउने यु-ट्युब पेजमा २६ लाख बढी सदस्य छन् । भिडियो हेर्नेको संख्या करोडौं छ । फेसबुकमार्फत ५ लाख २७ हजार बढी प्रशंसकले पछ्याइरहेका छन् । प्रसिद्ध बेलायती पत्रिका द सन, डेली मेल, हफिङटन पोस्टलगायतले उनको सौन्दर्य-जादूको वर्णन गरेको छ ।

याहु वेबसाइटमा समेत यी नेपाली मेकअप गुरुको फिचर प्रकाशित छ । अपत्यारिलो प्रसिद्धिले उनी स्वयंलाई चकित तुल्याएको छ । भन्छिन्, 'मलाई विश्वास गर्न गाह्रो भइरहेको छ ।' मेकअपसम्बन्धी उनले कुनै प्रशिक्षण लिएकी छैनन् । प्रमिसले 'आत्माबाटै' स्वतःस्फूर्त यो ज्ञान हासिल गरेको बताएकी छन् । कस्मेटिक कलामा उनको विशेष दख्खल झल्कन्छ ।

आखिर को हुन् प्रमिस तामाङ ? सर्वत्र चासो छाएको छ । गोरखा, खैरेनीमा जन्मिएकी उनको खास नाम प्रतिज्ञा तामाङ हो । नेपाली कल्चरल नृत्यमा रुचि राख्ने प्रतिज्ञाले आफूले नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन् । जेम्स क्यामरुन निर्देशित फिल्म 'अवतार' बाट प्रभावित उनले 'नाभी' को स्वरूपमा आफूलाई उतारिन् र फेसबुकमा अपलोड गरिन् ।

त्यसलाई धेरैले रुचाए र प्रतिक्रियाहरू पठाए । अन्ततः उनले पहिलोपटक त्यो मेकअप भिडियोलाई यु-ट्युब पेजमा राखिन्, २००९ मा । ठीक यहींबाट उनको जीवनले नयाँ मोड लियो । त्यसपछि उनी निरन्तर विभिन्न सेलिबि्रटीको स्वरूपमा देखा पर्न थालिन् । एन्जोलिना जोलीका रूपमा उतारिएको उनको मेकअप सर्वाधिक चर्चित भयो, जुन यु-ट्युबमा अहिलेसम्म २ करोड २३ लाख बढी पटक हेरिएको छ ।

यही भिडियो हेरेर भियतनामी मूलका स्टिभ फानले प्रमिसलाई साथी बनाए र पछि जीवनसाथी । स्टिभ विश्व प्रसिद्ध मेकअप आर्टिस्ट मिसेल फानका भाइ हुन् । यी २२ वर्षीया प्रमिस अमेरिकाको फ्लोरिडामा बसोबास गरिरहेकी छन् । अन्तरदेशीय विवाहका लागि परिवारले कुनै रोकतोक नगरेको बताउने उनी आफ्नो सुखमय दाम्पत्यबाट दंग छिन् । भन्छिन्, 'मलाई परिवारवाट राम्रो सपोर्ट छ ।'

आफू अमेरिका भए पनि बुवाआमा नेपालमै भएको उनले बताएकी छन् । केही वर्षअघि नेपाल घुम्न आएकी प्रमिसलाई पोखरा असाध्यै मन पर्ने स्थानमा पर्छ । उनको जिब्रो नेपाली खान्कीमै बढी लोभिएको छ । भन्छिन्, 'चिल्लो-पिरो चना चटपटे खान मन पर्छ ।' उनी जनावर र पशुपक्षीको पनि सौखिन हुन् । प्रमिस नेपाली कल्चर नृत्य, हिपहप र ब्रेक डान्स गर्न मन पराउँछिन् ।

किशोरवयदेखि नै मेकअपप्रति रुचि रहेको उनले बताएकी छन् । '१४ वर्षको उमेरदेखि नै मेकअप गर्न रुचाउँथें,' प्रमिस भन्छिन्, 'त्यसपछि निरन्तर यसको अभ्यास गरिरहें ।' अन्ततः निरन्तरको यही प्रयासले उनलाई प्रसिद्धिको चुलीमा पुर्‍यायो । अझै पनि उनी भन्ने गर्छिन्, 'म सामान्य केटी हुँ, मेकअपलाई प्रेम गर्ने ।

फेसबुकबाट बसेको माया भाउजुको किसले विवाह मण्डपमै तोडियो

एक उत्साहित भाउजुको किसले देवरको विवाह मण्डपमै टुटेपछि जन्ती बेहुली बिनै फर्केको छ । भारतको अलिगढमा एक युवकको विवाह मण्डपमै यसकारण टुट्यो कि उनकी भाउजुली सबैका सामु देवरलाई किस गरिन् ।
दुलहा–दुलहीको कुराकानी सामाजिक संजाल साइटबाट सुरु भएको थियो। कुरा अघि बढ्दै जाँदा उनीहरु एकअर्कालाई मन पराउन थाले, दुवैले विवाहको कुरा घरपरिवारमा पनि चलाए । परिवार राजी भयो, विवाहको दिन पनि तय भयो, तर, बेहुलाकी उत्साही भाउजुको एक किसले दुवैको विवाह नै टुट्यो।
बरमालाको विधि पूरा गर्ने क्रममा जसै बेहुलीले बहुलालाई माला लगाइन् भाउजुले मण्डपमै पुगेर देवरलाई चुमिन । कुरा यतिमै मात्र पनि सीमित रहेन । चुम्बनलगत्तै भाउजुले आफ्नो देवरलाई तानेर डान्स गर्नका लागि लगिन्। डान्स सुरुभयो । बेहुलाले पनि भाउजुका साथ फ्लोरमा जमेर डान्स गरे। यो देखेर बेहुलीका परिवारजन भड्किए । उनीहरु गुनासो गर्न लागे।
त्यसपछि दुवै परिवारबीच बहस सुरु भयो। बहस यति बढ्यो कि विवाहमा आएका पहुनाहरु सबै घर फर्किए ।तर, बेहुलीका परिवारजनले बेहुलालाई बन्धक बनाए । धन्न दोस्रो दिन उनका परिवारजनले बेहुलाको सकुशल उद्धार गरेर घर लगे । तर, सामाजिक संजालबाट सुरु भएको प्रेम भने विवाह मण्डपमा पुगेर तोडियो।एजेन्सी

४४ वर्षको उमेरमा उनको तौल ४४४ किलो ; जो संसारकै मोटा व्यक्ति थिए



हेर्नुहोस यी व्यक्तिका हैरान बनाउने तस्वीर जो संसारकै मोटा व्यक्ति थिए । ४४ वर्षको उमेरमा उनको तौल ४४४ किलो थियो । लण्डनमा बस्ने किथ मार्टिन पछिल्ला १० वर्षदेखि आफ्नो मोटाईका कारण घरभन्दा बाहिर हिड्न सकेका थिएनन् ।
तपाईलाई यो कुरा पत्यार नलाग्न सक्छ तर उनलाई हरेक दिन २०००० क्यालोरीवाला शक्ति भएको खाना खान्थे । यसमा ज्यादा पिज्जा र अन्य प्रकारका जंक फुड हुने गर्दथ्यो । उनी २० वर्षको उमेरसम्म ठिक थिए तर त्यसपछि मोटाउन सुरु गरेका थिए ।
आठ महिनापहिले उनको पेटमा यति मोटोपन भयो कि उनले पेटको सर्जरी नै गर्नुपरेको थियो । तर पनि उनलाई कुनै राहत भएन र बिरामी भइरहेका उनको हालै निमोनियाका कारण निधन भएको हो । उनले आफ्नो जीवनको धेरै समय डाक्टरी उपचारमा नै बिताउनु परेको थियो ।
एजेन्सी
www.nepalsandesh.com

यी हुन् नौँ वर्षीया सुपर मोडल



यी नौँ वर्षीया बालिका संसारको सबैभन्दा राम्री बालिकाको रुपमा संसारसामू परिचित भइसकेकी छिन् । रसियामा जन्मेकी र मस्कोमा बस्ने क्रिष्टिना पिमेनोभालाई संसारको सबैभन्दा राम्री बालिकाको रुपमा लिइन्छ त्यसकारण यो उमेरमा पनि उनी वोग, अरमानी र बेनेटनजस्ता चर्चित ब्रान्ड उनका ग्राहक हुन् । एक अंग्रेजी वेभसाइटका अनुसार क्रिष्टिन तीन वर्षको उमेरदेखि नै फोटोसुट गराइरहेकी छिन् । उनले त्यतिबेलादेखि नै चर्चित ब्रान्डका कपडा लगाएर र्याम्पमा हिँड्न सुरु गरेकी थिइन् । यी बालिकाले आफ्नो एक दशक पनि देखेकी छैनन् तर पनि उनी आफ्नो सुन्दर अनुहारका कारण चर्चित सुपरमोडलमा आफ्नो नाम समावेश गर्न सफल भएकी छिन् । उनी एक ‘चाइल्ड सुपरमोडल’ हुन् । मोडलिङमा संलग्न गिल्केरिया पिमेनोभा, क्रिष्टिनाकी आमा, ले ती नौँ वर्षीया बालिकाको फेसबुक चलाउने गर्दछिन् जहाँ उनको २३ लाखभन्दा बढि फलोअर रहेका छन् । इन्स्टाग्राममा पनि निकै चर्चित भइसकेकी उनको लामो कपाल, सुन्दर अनुहार र लोभलाग्दो आँखाले सबैको ध्यान आकर्षीत गर्न सफल भएको छ । क्रिष्टिन आफ्ना फ्यानसमक्ष आफ्नो लामो खुट्टाका कारण पनि चर्चित छिन् । नौँ वर्षको उमेरमा नै क्रिष्टिनलाई उनको खुट्टाका कारण सेक्सी भनिन्छ । उनका पिता रुसलान पिमेनोव रुसी फुटबल टिमका फुटबल खेलाडी थिए । गिल्केरियाका अनुसार उनकी छोरीको तस्बिरमा केहि अभद्र टिप्पणीहरु पनि आउने गर्दछ । यस्ता कमेन्टलाई उनी डिलिट गर्दै बालिकालाई बालिकाको जस्तै व्यवहार गर्न आग्रह गर्छिन् ।
 (एजेन्सी)
www.ratopati.com

Friday, December 5, 2014

भर्खरै प्राप्त समाचार अनुसार नरेन्द्र मोदीलाई आतंकबादीको डर लाग्दो धम्की : भारतमा सुरक्षा व्यवस्था कडा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक आतंकवादी संगठनले डरलाग्दो धम्की दिएको छ । पाकिस्तान र भारतको सीमा क्षेत्रमा ८० जना भन्दा बढीको ज्यान जाने गरी गराइएको विष्फोटको जिम्मा लिएको एक आतंकवादी संगठनले प्रधानमन्त्री मोदीलाई हत्याराको सज्ञा दिँदै त्यसको बदला लिने चेतावनी दिएको छ ।

पाकिस्तानी आतंकवादी संगठन तहरीक-ए-तालिबान पाकिस्तान जमात अहरारका प्रवक्ता एहसानुल्लाह एहसानले टि्वटरमा मोदी सयौं मुसलमानको हत्यारा भएको आरोप लगाउँदै कश्मिर र गुजरातका जनताले उनीसँग बदला लिने चेतवनी दिएका हुन् ।



पाकिस्तानमा आक्रमण गर्न सक्ने आफूहरुले भारतमा पनि त्यस्तै आक्रमण गर्न सक्ने चेतावनी समेत उनले दिएका छन् ।

यो चेतावनीपछि मोदीको सुरक्षा ब्यवस्था कडा तुल्याएको छ भने भारतभरी सुरक्षा सतर्कता बढाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस अघि पनि यो संगठनले थुप्रै आक्रमण र हत्या गरिसकेको छ । एजेन्सी

आखिर के पढ्दै छन् ओबामा ?

ओबामाले शनिबारयता मात्र १८ पुस्तक किनेका छन्, तीमध्ये अधिकांश फिक्सन छन् ।


अमेरिकी राष्ट्रपति बाराक ओबामा पछिल्लो समय राजनीतिक मुद्दाका कारण चर्चामा छन् । अमेरिकी संसद्मा रिपब्लिकनको जित, बढ्दो युक्रेन संकट र त्यसकारण बढेको अमेरिकी रुस चिसोपना, सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) विरुद्ध भएको अमेरिकी कारबाही र रणनीतिलाई लिएर ओबामाअका अधिव्यक्ति तथा योजनालाई विश्वका सञ्चारमाध्यमले प्राथमिकता दिइरहेका छन् ।



तर, ओबामाले पछिल्ला वर्षमा राजनीतिक क्रियाकलाप मात्र बढाएका छैनन्, अधययनमा पनि धेरै चासो दिएका छन् । तर यो विषयमा भने त्यति धेरै चर्चा गरेको पाइदैन ।

ओबामाले पछिल्ला वर्षमा जुन पुस्तक पढिरहेका छन्, त्यसले उनले बनाइरहेको सोच र रणनीतिलाई पनि परिवर्तन गरिदिन सक्छ ।

नेपालमा प्रधानमन्त्रीले के पढिरहेका छन् भन्ने खासै थाहा हुँदैन । मन्त्रीहरुले पनि कुन पुस्तक पढ्दै छन् भन्ने थाहा हुँदैन । अधिकांश अन्य नेताका तस्बिर पनि सरकारी कागजात तथा नीति पढिरहेको मात्र देखिन्छ, पुस्तक पढिरहेका तस्विर खासै बाहिर आउँदैनन् । तर, अमेरिकी राष्ट्रपतिको हकमा यस्तो हुँदैन ।

ओबामा के पढिरहेका छन्, त्यसअनुसार उनको सोचमा परिवर्तन हुने अनुमान गरिन्छ । अमे.रिसकामा आबोमाको पाठ्यसामाग्री विशेष रुपमा समयअनुसार दर्ज पनि गरिन्छ ।   एजेन्सी ।

पाकिस्तानी नेताले दिए भारतलाई खुलेआम युद्धको चेतावनी

एजेन्सी लाहोर, पाकिस्तान मंसिर २०

 पाकिस्तानका धार्मिक नेता हाफिज सईदले भारतलाई ठाडो चुनौती दिएका छन्।

पाकिस्तानको लाहोरमा एउटा भव्य र्‍यालीलाई सम्बोधन गर्दै उनले भारतीय प्रधानमन्त्रीको नाम लिंदै भने ‘नरेन्द्र मोदीलाई स्पष्ट हुन जरुरी छ कि काश्मीरको मुद्दा चाँडै सुल्झियोस्, यदि तिमी त्यो सुल्झाउनका लागि तयार छैनौ भने हामी नै कश्मीरका लागि भारतका विरुद्ध लड्न तयार छौँ।’ शुक्रवार त्यहाँ आयोजित एउटा भव्य सभालाई उनले सम्बोधन गरेका थिए।



त्यसक्रममा उनले पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफलाई पनि चेतावनी दिएका थिए। सम्बोधनका क्रममा नवाजलाई उनले भने ‘नवाफ म तिमीलाई अल्लाह(ईश्वर)को फैसला सुनाउछु, यदि मोदी कश्मीरको मुद्दामा वार्ताका लागि तयार छैनन्, अनि संयुक्त राष्ट्र संघको प्रस्ताव मान्न तयार छैनन् भने तिमी स्वतन्त्रताका लागि लड्नेहरूलाई साथ देऊ, कश्मीर मुद्दा सुल्झाउने यो एकदमै सरल बाटो हो।’

हाफिज पाकिस्तानी संगठन जमात–उद–दावका प्रमुख हुन्। लाहोरमा उनको सम्बोधनलाई लिएर भारतले भने उक्त अभिव्यक्तिलाई ‘चरमपन्थको सार्वजनिक स्वीकारोक्ति’ भनेको छ।

यो संगठनलाई हालैमात्र अमेरिकाले प्रतिवन्धित संगठनको सूचीमा राखेको छ। हाफिजलाई भारतले पनि मोष्ट वान्डेटको सूचीमा राखेको छ।
२६÷११को मुम्बई हमलामा भारतलाई उनलाई पनि आरोपीको सूचीमा राखेको छ।

Thursday, December 4, 2014

ओबामाकी १६ वर्षीय छोरी गर्भवती भएको हल्ला चल्यो ..

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पत्नीसँग मिलेर सधै यही कोशिस गरिरहेका हुन्छन् की उनकी छोरीको नाम विवादभन्दा टाढा नै होउन् तर पछिल्ला केही दिनदेखि ओबामा परिवार निरन्तर निशानामा परिरहेको छ ।
पहिले रिपब्लिकन सांसद स्टीफन फिंचरका संचार निर्देशक एलिजावेथ लाटेनले ओबामाकी १६ वर्षीय छोरी मालिया गर्भवती छन् । ओबामाकी छोरी गर्भवती भएकोबारे अफबाह तब चर्कियो कि जब ‘Empire News’ नामको वेवसाईटमा एन्जेला बेकरले सटायर लेखिन ।



यसपछि ‘Waffles at Noon’ नामको न्युज पोर्टलले ‘Empire News’ मा मालियाको बारेमा आर्टिकल छाप्यो जो अर्को सटायर थियो । धेरै अनलाईन प्रयोगकर्ता  ‘Empire News’ को बारेमा अनविज्ञ रहेको र यसमा अधिकांश समाचारहरु झुठा हुन्छन् । तर पनि  ‘Empire News’ पढ्नेले यसलाई साच्चै ठानेर खबर शेयर गर्न थाले ।  एजेन्सी ।

कोरियाली गायकले गाएको गीतको भिडियो, यू ट्युवले गन्न समेत सकेन

कोरियाली गायकले गाएको 'ग्याङनम स्टाइल' भन्ने गीत हाल सम्मकै सबै भन्दा बढी हेरिएको भिडियो मात्र होइन यू ट्यूवले गन्नै नसक्ने संख्यामा हेरिएको भिडियो बनेको छ ।

साइको 'ग्याङनम स्टाइल' ले यू ट्युवको भ्यू लिमिट अर्थात गन्न सकिने सीमा नै नाघेको हो ।




हाल सम्म २ अर्ब १४ करोडभन्दा बढी पटक हेरिसकिएको यो गीत अव गन्न नसिकने संख्यामा सूचीकृत भैसकेको छ ।

यो भिडियो यू ट्यूवले गन्न सक्ने संख्या भन्दा बढीले हेरिसकेको यू ट्यूवले स्वीकार गरेको छ । शुरुमा यति धेरै संख्या भन्दा बढि गणना गर्ने कल्पना आफूहरुले गर्न नसकेको स्वीकार समेत यू ट्यूवले गरेको छ ।
अहिले यो गीत कतिले हेरे भनेर हेर्न खोज्दा संख्या नै घुम्ने समस्या देखिन्छ ।

Wednesday, December 3, 2014

स्कुल जाँदा १९ बर्षमै बलात्कार भएको रहस्य गायिकाले खोलिन्..

अमेरिकी पपस्टार लेडी गागाले आफ्नो जीवनबारे एक गम्भीर रहस्य खुलाएकी छन् । जुन घटनाबाट पार पाउनका लागि इमोशनल थेरापी लिएकी थिइन् ।
एक अन्र्तवार्ताका क्रममा उनले २८ वर्षीय पप स्टार गागाले आफूमाथि १९ वर्षको उमेरमा यौनहिंशाको सिकार भएकी थिइन् । उनले यो कुरा पहिलो पटक खुलासा गरेकी हुन् ।



उनले भनेकी छन्, ‘उक्त घटनाबाट मैले ठूलो आघात पाएको छु र त्यसबाट पार पाउनका लागि ठूलो मेहनत गर्नुका साथै मानसिक, शारीरिक र इमोशनल थेरापी गर्नुपरेको थियो ।’


गागाले आफ्ना लागि संगीत सानदार भएपनि कुनै समय आफू धेरै कमजोर रहेको खुलाएकी छन् । ‘मेरो संगीत सानदार छ तर एक समय म धेरै कमजोर थिए, म आफै हुँ जस्तो लाग्दैन थियो । इमानदारीताका साथ भनौं कि म १९ वषीकी थिए । एक क्याथोलिक स्कुल जान्थे र यो सबै भयो ।’
उनले आफूले सफल हुनका लागि यो कुरा कहिल्यै नखुलाएको र यस कारणले नै आफू सफल भएको बताएकी छन् ।एजेन्सी ।

Tuesday, December 2, 2014

बाराक ओबामाकी छोरीको स्कर्टबारे टिप्पणी गर्ने महिलाले दिईन् राजिनामा


अमेरिकी राष्ट्रपति बाराक ओबामाका छोरीले लगाएको कपडाबारे सार्वजनिक टिप्पणी गरेर विवादमा परेकी महिला कर्मचारीले राजिनामा दिएकी छिन् ।

ओबामाका छोरीले लगाएका कपडाबारे नकारात्मक टिप्पणी गरेपछि चर्को विवादमा परेकी विपक्षी सभाषदकी मिडिया निर्देशक रहेकी एलिजाबेथ लाटेनले पदबाट राजीनामा दिएकी हुन् ।




केही दिन अघि मात्र उनले ओबामाका छोरीहरुले लगाएका स्कर्टबारे कडा टिप्पणी गरेकी थिइन् । ओबामाका छोरीहरुलाई आफू देशको राष्ट्रपतिकी छोरी हुँ भन्ने ख्याल नै नभएको भन्ने आशयको टिप्पणी गरेपछि उनी विवादमा परेकी थिइन् ।




विवाद बढ्दै जाँदा एलिजाबेथ लाटेनले पद छोडेकी हुन् । उनले क्षमा याचना सहित पद छोडेकी छिन् । यो मुद्धामा ओबामाको परिवारले कुनै प्रतिक्रिया दिएको छैन ।
एजेन्सी ।

Monday, December 1, 2014

जापानले चीनको हतियार नष्ट गर्न सुरु गर्यो

१६ मङ्सिर, बेइजिङ ।
चीनमा रहेको र जापानले बनाएको कारखानाले सोमबार यस मुलुकमा दोस्रो विश्वयुद्धको समयमा छोडिएका ठूलो मात्राका रासायनिक हतियार नष्ट गर्न कार्य आरम्भ गरेको जानकारी टोकियोका अधिकारीहरूले दिएका छन् । यसलाई यी दुई मुलुकबीच यस्ता विषयमा कमै देखिने सहयोगको रूपमा हेरिएको छ ।
यो कारखाना उत्तरपूर्वी भागको हार्बालिङमा अवस्थित रहेको र यहाँ तीनदेखि चार लाख रासायनिक हतियार रहेको विश्वास गरिएको जानकारी जापानको मन्त्रिपरिषद्को कार्यालयले दिएको छ ।

जापानी तथा चिनियाँ कर्मचारीहरू यस कारखानामा काम गर्ने ती अधिकारीले बताए । स्थानीय जनता तथा वातावरणको सुरक्षालाई ध्यानमा राखी रासायनिक हतियार नष्ट गर्ने कार्यलाई गम्भीरतापूर्व अगाडि बढाउनु आफ्नो जिम्मेवारी भएको ती अधिकारीले बताए ।
टोकियो तथा बेइजिङबीचको सम्बन्ध पूर्वी चीन जल क्षेत्रको विवादका कारण केही वर्षदेखि बिग्रिएको छ । यसैगरी २० औँ शताब्दीमा जापानको यस मुलुकमा क्रूर नियन्त्रणलाई समस्याकै रूपमा लिने गरिन्छ ।

यी हतियार छोड्नु जापानी सैनिक आक्रमणकारीले चीनमाथि आक्रमणका समयमा गरेका अनेकौँ अपराधमध्ये एक भएको चिनियाँ एक अधिकारीले बताए भनी सिन्ह्वा समाचार संस्था उल्लेख गरेको छ ।




सन् १९९९ मा टोकियो तथा बेइजिङबीच यी हतियार नष्ट गर्ने विषयमा सहमति भएको थियो । सहमतिमा जापानले आवश्यक कोष, प्रविधि, विशेषज्ञ तथा स्रोत उपलब्ध गराउने व्यवस्था गरिएको थियो । आरम्भमा यो कार्य सन् २००७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पछि यो मिति सन् २०१२ का लागि सारियो र हाल यत्तिको ढिलो भएको छ ।
हार्बालिङमा यो काम सन् २०२२ मा सम्पन्न हुने लक्ष्य राखिएको जानकारी जापानका मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरूले दिए ।
जापान सरकारको छोडिएका रासायनिक हतियारसम्बन्धी कार्यालयले आफ्नो वेबसाइटमा कूल ४७ हजार रासायनिक हतियार यसअघि अन्यत्र लगिएको, प्राप्त भएको तथा भण्डारण गरिएको जानकारी दिइएको छ ।

बेइजिङले टोकियोलाई नियमित रूपमा विगतलाई गम्भीरतापूर्वक स्वीकार गर्न र यी विषयमा छिटो काम गर्न आग्रह गरिरहेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिङले पत्रकारहरूलाई चीन तथा जापानले तय गरेको योजनामा प्रगति अझै कम भएको बताउनुभयो । उहाँले बेइजिङले जापानलाई चीनमा छोडेका रासायनिक हतियार नष्ट गर्ने काममा गति दिन कर्मचारी तथा साधनका हिसाबले स्रोत बढाउन आग्रह गरेको उहाँले बताउनुभयो ।



जापानी विद्वान योसियाकी योसिमीलाई उद्धरण गरी बेइजिङ टाइम्सले सन् १९३१ देखि १९४५ बीच जापानले ७५ लाख हतियार बनाउन सात हजार ३०० टन विषाक्त ग्यास प्रयोग गरेको उल्लेख गरेको छ । रासस,एएफपी

मोदीले भने फिल्मले पुलिसलाई विगार्‍यो

एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउडका चलचित्रले भारतीय प्रहरीको छवि नै विगारेको आरोप लगाएका छन् । आइतबार गुवाहाटीमा आयोजित पुलिसका महानिर्देशकहरुको सम्मेलनमा मोदीले यस्तो बताएका हुन् ।


भारतीय चलचित्रले पुलिसको विषयमा नकारात्मक छवि निर्माण गरिदिएको र जनमानसमा पुलिसलाई खराव संस्थाकोरुपमा चिनाएको आरोप मोदीले लगाए ।
पुलिसका राम्रा पक्षलाई उजागर गर्नका लागि फिल्म निर्मातासँग भेट्ने समेत मोदीले बताएका छन् ।
बलिउड अधिकाँश चलचित्रले भारतीय पुलिसले बर्दिमा खलनायकको भूमिका खेलेको देखाउने गरेको उनको भनाइ छ । पुलिसका राम्रा पक्ष फिल्मले उजागर गर्न नसकेको उनको भनाइ छ ।

Friday, November 28, 2014

अब भारतीय प्रधानमन्त्रीले पनि हिरोको रुपमा फिल्म खेल्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि फिल्म खेल्नेतपाईलाई यो समाचार गलत जस्तो लाग्न सक्छ । वा रमाइलोको लागि भन्ने लाग्ला । समाचार सत्य यो हो की भारतीय प्रधानमन्त्री रहेको नरेन्द्र मोदीले हिरोको रुपमा चलचित्रमा अभिनय गर्ने भएका छन् ।
हालै एक फिल्म निर्माता एवं राजनीतिज्ञसँगको भेटमा आफु पनि फिल्म खेल्न इच्छुक रहेको बताएर प्रधानमन्त्री मोदीले बलिउडमा नयाँ तरङ्ग ल्याइदिएका छन् । यदि यस्तो भएमा बहालवाला प्रधानमन्त्री फिल्मको हिरो बनको अनौठो संयोग अब भारतमा देख्न पाइने छ 
मोदीलाई भेट्न पुगेका भोजुपुरी फिल्मका सुपरस्टार एवं राजनीतिज्ञ मनोज तिवारीसँग मोदीले सामाजिक सन्देश बोकेको फिल्ममा आफु अभिनय गर्न तयार रहेको बताएका छन् ।
ब्यबसायिक र साना बजेटका फिल्मवाट टाढा रहन आग्रह गर्दै तिवारीलाई मोदीले भने ‘सामाजिक सन्देश बोकेका फिल्म बनाउनोस्, त्यस्ता फिल्ममा म पनि अभिनय गर्न तयार छु ।’
तिवारीले उत्तर पूर्व दिल्ली लोकसभावाट चुनाब जितेर सांसद भएका थिए । उनी अहिले पनि भोजपुरी सुपरस्टारका रुपमा चिनिन्छन् ।
तिवारीले राजनीतिक यात्रा सन् २००९ मा सुरु गरेका हु्न भने उनले सन् २०१० मा चर्चित रियालिटी शो ‘बिग बोस ४’ मा सहभागी भएका थिए ।
मोदील फिलिममा भुमिका खेल्न तयार रहेको बताएपनि तत्काल खेल्ने नखेल्ने केही बताइएको छैन । भारतीय समाचार संस्थाहरुले भने तिवारीले निर्माण गर्ने सामाजिक सन्देशको चलचित्रमा मोदीले अभिनय गर्ने भएको बताएका छन् ।

समाजिक सञ्जाल फेसबुक मार्फत मोडलले आफु विक्रिमा रहेको खुलासा गरिन्

गरीव र लाचार ब्यक्तिले आफ्नो जीन्दगी जिउने विभिन्न तरिका अपनाउन बाध्य हुन्छ । गरिवीको चपेटाबाट मुक्ती पाउन मानिसले समाजिक बन्धनलाई पनि तोड्न पछि हट्दैन । यस्तै भारतीय एक मोडलले गरीवीबाट मुक्त पाउन आफु बिक्रिमा रहेको खुलासा गरेकी छिन् ।



भारतको गुजरातमा बस्दै आएकी मोडलले बिक्रिमा भएको उल्लेख गर्दै समाजिक सञ्जाल फेसबुकमा मार्फत आफुलाई लिलामको सुचिमा चडाएकी छिन् । उनले गरिवी र रोगी बाबुआमाको उपचारका लागि आफु जो कोही सँगपनि आफ्नो शरिर सुम्पिन तयार भएको बताएकी छिन् । उनले आफुलाई भेट्नका लागि सम्पर्क नम्बर पनि दिएकी छिन् । फेसबुकमा उनले पैसा दिए आफ्नो जिसमको सौदा गर्न तयार भएको बताएकी छिन् । उनले गुजराती फिल्ममा पनि अभिनय गरिसकेकी छिन् ।