top_rightads

Monday, December 1, 2014

आकाशमा उडिरहेको जहाजमा यात्रुले हस्तमैथुन गरि जहाजको ढोका खोल्ने प्रयास गरेपछि

 

२६ वर्षे एक यात्रुले हवाइजहाज भित्रै हस्तमैथुन गर्न थालेपछि उडिरहेको जहाजलाई आकस्मिक अवतरण गराउनु परेको छ । सुन्दैमा आश्चर्य लाग्ने यो घटना अरु कहीँको नभएर अमेरिकाकै हो ।

गत सोमबार बोस्टनबाट लसएन्जल्सका लागि उडेको भर्जिन अमेरिका एयरलाइन्सको यात्रु डग एडम्सले जहाज आकाशमा उडिरहेकोबेला हस्तमैथुन गर्न सुरु गरेको र जहाजको ढोका खोल्ने प्रयास गरेपछि यस्तो आपत् परेको हो ।

उनको यस्तो व्यवहारले अन्य यात्रुसँग झगडा पर्‍यो र पाइलटले उक्त जहाजलाई नेब्रास्कामा आकस्मिक अवतरण गराएको हफिन्टन पोष्टले जनाएको छ ।



जहाज अवतरण भएलगत्तै प्रहरीले एडम्सलाई पक्राउ गरी हतकडी लगाएर लगेको थियो । उनलाई मानिसक परिक्षणका लागि अस्पतालमा लगिएको एनबीसी लसएन्जल्स डट कमले उल्लेख गरेको छ ।

उक्त जहाजका एक यात्रुका अनुसार बाथरुम गएर आएपछि एडमले आफ्नो छेउँमा बसेकी महिलासँग झगडा गर्न थालेका थिए । त्यसपछि उनले विमान कर्मचारीलाई ती महिलालाई आफ्नो छेउँबाट हटाउन आग्रह गरे ।

सोही विषयमा उनको जहाजका यात्रुसँग झगडा पर्‍यो । त्यसपछि उनले जहाजको इमर्जेन्सी ढोकामा लगाएको प्लास्टिक हटाएर ढोका खोल्नका लागि तान्न थाले ।

धन्न उक्त जहाजमा यात्रु भएर बोस्टन प्रहरीका केही अधिकारीहरु समेत चढेका रहेछन् । प्रहरी अधिकारीहरुले उनलाई तत्कालै च्याप्पै समाते । त्यसपछि चालक दलका सदस्यहरुलाई विमान कर्मचारीहरुले खबर गरे र विमानको आकस्मिक अवतरण गरिएको बताइएको छ ।

No comments:
Write comments