top_rightads

Showing posts with label प्रबिधि. Show all posts
Showing posts with label प्रबिधि. Show all posts

Tuesday, December 9, 2014

फेसबुकले ल्यायो पोल खोल्ने फिचर

सामाजिक सञ्जाल साइट फेसबुकले एउटा नयाँ फिर लञ्च गरेको छ । फेसबुकको नयाँ अपडेट अनुसार फेसबुकमा गरिएका पुराना पोष्ट पनि हेर्न सकिन्छ ।

यसको लागि सर्चबारमा पोष्ट गरिएका कुनै पनि सामग्री सम्बन्धी की वर्ड अर्थात शब्द टाइप गर्नु पर्छ । यसो गर्दा फेसबुकले कुनै सर्च इन्जिनले जस्तै पुराना पोष्टको लिष्ट गरिदिन्छ ।



तपाइँले टाइप गर्नासाथ फेसबुकले तपाइँले खोजेको पोष्ट सम्बन्धी अन्य पोष्ट र ग्रुपमा रहेका साथीहरुका पोष्ट समेत शो गरिदिन्छ । अहिले यो सुविधान डेसक्टप र आइफोनको अंग्रेजी भर्सनको एपमा मात्र छ ।

 यस फिचरले त्यही पोषेट मात्र देखाउँछ जुन अरुले तपाइँसँगै गरेका थिए । फेसबुकले प्राइभेसी सेटिङलाई झनै कडा तुल्याएको छ । तपाइँको पुरानो पोष्ट देखिएपनि तपाइँका जानकारी लिक नहोस् भन्नेमा फेसबुक झनै सचेत देखिएको छ ।

पोष्ट सर्चका लागि फेसबुकले कुनै समयसीमा तोकेको छैन । त्यसकारण जुन सुकै बेला पोष्ट गरेका सामग्री पनि अव खोज्न सकिन्छ । यद्यपी यस्ता पोष्ट पब्लिकका लागि पोष्ट गरेको चाँहि हुनु पर्छ ।

आफ्नो स्मार्टफोन जोगाउन यी शुत्र कहिले पनि नभुलौं

यदि तपाइँसँग महंगो स्मार्टफोन छ र हराउँछ कि भनेर चिन्ता छ त्यस्तो पिर छोडिदिनुस् । स्मार्टफोनमा विभिन्न सुविधा हुन्छन् । त्यस मध्ये एक हो कुनै पनि चिजको ब्याकअप राख्ने सुविधा अर्थात तपाइँको मोबाइलमा भएका सबै कुराहरु कुनै पनि मेलमा सुरक्षित राख्ने गरी सिङ्क्रोनाइज गर्ने सुविधा सबै स्मार्टफोनले दिएका हुन्छन् ।

यदि तपाइँसँग कुनै नयाँ स्मार्टफोन छ भने यी ट्रिकहरु सँधै सम्झिनुस् ताकि तपाइँको फोन हराएपनि भेटियोस् अर्थात ट्रयाक गर्न सकियोस् । तपाइँको स्मार्टफोन हराइहाल्यो भने पनि खोज्न सकिन्छ र भेटाउन कठिन छैन । यहाँ कुनै पनि स्मार्ट फोन हरायो भने कसरी भेटाउन सकिन्छ भन्ने विषयमा चर्चा गरिएको छ ।

आईफोन
एप्पलको आइफोनमा 'फाइण्ड माइ आईफोन' भन्ने सर्भिस हुन्छ । यो लोकेशन ट्रयाकरबाट तपाइँको आइफोन कहाँ छ भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ । आइफोन छ भने यो सर्भिस एक्टिभेट गरिहाल्नुस् । यो एक्टिभेट गर्नका लागिः
सेटिङ्ग्समा जाने अनि > आई क्लाउड > फाइण्ड माइ आईफोनमा जाने र अन गर्ने ।
smart phone tricks

यसले तपाइँको आइफोन सजिलै भेटाउन मद्दत गर्छ । यदि आइफोन हरायो भने तपाइँले अरुको आइफोनबाट लगइन गरेर आइफोन रहेको स्थान थाहा पाउन सक्नु हुन्छ । आईक्लाउड आकाउन्ट लगइन गरेपछि स्क्रीनमा तीन अप्सन आउँछ - प्ले साउण्ड, लस्ट मोड र इरेज़ आईफोन ।

प्ले साउण्ड अप्सनबाट स्मार्टफोनको अलार्म बजाउन सकिन्छ । कतै नजिकै भए आइफोन अलार्मबाट नै भेटाउन सकिन्छ भने हराएको भए डाटा हटाउन सकिन्छ । लष्ट मोड अप्सनमा हराएको स्मार्टफोनमा ४ अंकको पासकोड बनाउन सकिन्छ त्यो राखेपछि कसैले पनि तपाइँको आइफोन अनलक गर्न सक्दैन । त्यतिमात्र होइन यसबाट स्क्रिनमा मेसेज समेत खोज्न सकिन्छ । आइफोनमा रहेका डाटा संवेदनशील छन् भने त्यसलाई हटाउने अर्थात इरेज गर्ने अप्सन पनि हुन्छ । यसो गर्नका लागि आईक्लाउड आकाउन्ट लगइन गरेपछि कम्प्युटरबाटै यस्तो काम गर्न सकिन्छ ।
smart phone tricks 1


एण्ड्रोइड स्मार्टफोन
यदि तपाइँसँग एण्ड्रोइड भर्सनको स्मार्टफोन छ भने यसमा 'एण्ड्रोइड डिभाइस म्यानेजर' को प्रयोग गर्नुस् । यसले आइफोनको 'फाइण्ड माइ आईफोन' जस्तै काम गर्छ । यसका लागि तपाइँले आफ्नो स्मार्टफोनमा गूगल अकाउन्टबाट सबै ब्याकप अप सिङ्क्रोनाइज गरेको हुनु पर्छ ।
smart phone tricks 4
यदि तपाइँको स्मार्टफोन हरायो भने अर्को डिभाइसबाट गुगल अकाण्ट लगइन गरेपछि यसमा पनि आइफोन जस्तै ३ वटा आप्सन आउँछ । पहिलो अप्सन रिङ, दोश्रो लक र तेश्रो इरेज ।

smart phone tricks 3
रिङ अन गर्दा हराएको स्मार्टफोनमा अलार्म बज्छ र नजिक भए सजिलै पत्ता लाग्छ । लकको माध्यमबाट हराएको स्मार्टफोनमा सुरक्षित पासवर्ड राख्न सकिन्छ । जुन अरुले अनलक गर्न सक्दैनन् । र यदि हराएको छ भने यसमा रहेका संवेदनशील डाटा हटाउन सकिन्छ । अरुले कम्तिमा हेर्न नसक्ने वा दुरुपयोग गर्न नसक्ने बनाउन सकिन्छ ।

smart phone tricks 2
आफ्नो स्मार्टफोन जोगाउन यी शुत्र कहिले पनि नबिर्सनुस् ।
एजेन्सी 

अमेरिकन भन्दा नेपाली बढी खुशी

काठमाडौं । विश्वकै शक्तिशाली र विकसित मुलुक अमेरिका भन्दा नेपालका जनता खुशी रहेको एक तथ्यांकले देखाएको छ ।

हालै सार्वजनिक भएको जनताको खुसी सूचक (ह्याप्पी प्लानेट इन्डेक्स) ले अमेरिकी जनता भन्दा नेपाली जनता खुशीको सूचीमा अगाडि रहेको देखाएको हो । नेपाल खुशीको सूचीमा ५८ औं स्थानमा छ भने अमेरिका १ सय ५ औं स्थानमा छ ।

तथ्यांक हेर्दा विकसित र सुविधा सम्पन्न मुलुकका भन्दा पनि जहाँ तिव्र आर्थिक विकास भइसकेको छैन, त्यसका देशका नागरिकहरु बढी खुशी देखिएका छन् ।



सबै भन्दा खुशी जनता भएको देश कोष्टारिका बनेको छ । उसले पहिलो स्थान ओगटेको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया, चीन, जर्मनी, फ्रान्स जस्ता तिब्र आर्थिक विकास भएका मुलुकहरु खुशी हुने जनताको सूचीमा ४० औं नम्बरभित्र पनि पर्न सकेनन् । बरु उल्टै, विकसित देशहरुको साटो कोष्टारिका, भियतनाम, कोलम्बिया, एल साल्भाडोर, बेलिज, जमाइका, पनामा, निकारागुवा, भेनेजुएला र ग्वाटेमाला जस्ता मुलुकले खुसी जनताको सूचकांकमा उत्कृष्ट दश स्थानमा कब्जा जमाएका छन् ।

सन् २०१४ को ह्याप्पी प्लानेट इन्डेक्स (एचपीआई) मा कुल १ सय ५१ देशमध्ये कोस्टारिका पहिलो स्थानमा पर्न सफल भएको हो । एचपीआई इन्डेक्समा ६४ अंकका साथ पहिलो स्थानमा परेको कोस्टारिकाले समग्र सुखद जीवनयापन सूचकांकमा कुल १० मध्ये ७.३ अंक प्राप्त गर्न सफल भएको छ ।

कुल ५१ हजार १ सय वर्ग किलोमिटर क्षेत्रफल भएको सानो देश कोस्टारिका जैविक विविधताले निकै धनी मानिन्छ । ४७ लाख जनसंख्या भएको कोस्टारिका मानव विकास सूचकांकमा भने ६३ औँ स्थानमा छ ।

कोस्टारिकापछि ह्याप्पी प्लानेट इन्डेक्समा भियतनाम दोस्रो तथा कोलम्बिया तेस्रो स्थानमा छन् । स्वीटजरल्याण्ड ३४ औँ, बेलायत ४१ औँ, जर्मनी ४६ औँ, चीन ६० औँ तथा क्यानडा ६५ औँ स्थानमा छन् । त्यस्तै रुस १ सय २२ औँ स्थानमा छ । ह्याप्पी प्लानेट इन्डेक्सको सबैभन्दा पुछारमा बोत्स्वाना छ ।

औषत आयु, देशका नागरिकले अनुभूत गरेको जीवनयापनको गुणस्तर तथा पर्यावरणीय स्वच्छता लगायतका तथ्यांकहरु विश्लेषण गरी एचपीआईको गणना गरिन्छ । यसमा कुनै पनि देशले आफ्ना बासिन्दालाई कतिसम्म सुखी, खुसी, दीगो तथा दीर्घजीवनको अवसर प्रदान गरेको छ भन्ने कुराको मापन हुन्छ ।

नेपालको स्थान
ह्याप्पी प्लानेट इन्डेक्समा नेपाल ५८ औँ स्थानमा रहेको छ । ४५.६ अंक प्राप्त गरेको नेपालले राम्रो जीवनयापन सूचकांकमा जम्मा ३.८ अंक प्राप्त गरेर १ सय ४२ औँ स्थानमा रहेको छ भने औषत आयुको मामिलामा ९७ औँ स्थानमा रहेको छ ।

इकोलोजिकल फुटप्रिन्ट सूचकांकमा भने नेपाल निकै अघि छ । यसमा कुल ०.८ अंक प्राप्त गर्दै नेपाल विश्वका १ सय ५१ देशमध्ये ७ औँ स्थान हासिल गरेको छ ।

ह्याप्पिनेस इन्डेक्समा भारतले चीनलाई उछिनेको छ । भारत कुल ५०.९ अंकका साथ ३२ औँ स्थानमा भने चीन ६० औँ स्थानमा छ । पाकिस्तान भने १६ औँ स्थानमा रहेको छ ।

दुबइमा हेर्नै पर्ने ७ बिल्डिङ यस्तो ( तस्विर सहित )

आजकल नेपालबाट पनि दुबइ, सिंगापुर, थाइल्याण्ड तिर घुम्म जाने चलन बढ्दै गएको छ। नेपालीको रोजाईमा पर्ने एउटा शहर युएईको चर्चित शहर दुबइ पनि हो। 
यसका अलावमा थुप्रै नेपालि पनि दुबइमा काम गर्दछन्। त्यसैले नेपालीको लागि दुबई नौलौ भने होइन्।
यदी तपाई दुबइमा हुन हुन्छ वा जाँदै हुनु हुन्छ भने दुबइको विशेषताबाट वञ्चित नहुनुस। दुबइको एउटा विशेषता आकाशै छुने गगनचुम्बी बिल्डिङहरु हुन्।
तिब्र गतिमा निर्माण भइरहेको दुबईमा अहिले ठुला ठुला बिल्डिङ बन्ने क्रम जारी छ। खाडीको बीचमा बसेको यो सुन्दर शहरमा रहेका १० बिल्डिङहरु यसप्रकार छन्।
बुर्ज खालिफा
Burj Khalifa buildingयो संसारकै अग्लो बिल्डिङ हो। सन २०१० निर्माण पुरा भएको यो बिल्डिङमा उचाई ८२३ मिटर छ। यो बिल्डिङमा १६३ तला छन्।

प्रिन्सेस टावर
princes tower१०१ तले यो बिल्डिङ मानिस बसोबास गर्ने संसारकै अग्लो बिल्डिङ हो। ४१४ मिटर अग्लो यो बिल्डिङ दुबइको मारिनामा पर्दछ। सन २०१२ मा निर्माण पुरा भएको यो बिल्डिङमा ७६३ वटा मानिस बस्ने युनिट छन्।

२३ मारिना
marinaअर्को मानिस बस्ने गरि बनाइएको यो बिल्डिङमा ९० तला छ। ३९२.८ मिटर अग्लो २३ मारिना बिल्डिङमा ५३ वटा स्विमिङ पुल छन्। यो बिल्डिङ सन २००७ मा निर्माण भएको थियो।

ईलाइट रेसिडेन्स
 Elite Residence Day view३८०.५ मिटर अग्लो यो बिल्डिङमा ८७ तला छन्। सन २०१२ मा निर्माण पुरा भएको यो बिल्डिङमा ६९५ वटा अपार्टमेन्ट छन्। १२ वटा विदुतिय भर्याङ सहित स्विमिङ पुल, हेल्थ क्लव, बिजनेट सेन्टरहरु यो बिल्डिङमा अटाएका छन्।

अल्मास टावर
al mas tower a191108 1अल्मास कार्यलय भएको संसारकै अग्लो बिल्डिङ हो। ३६० मिटर अग्लो यो बिल्डिङमा ६८ तला छन्। सन २००९ मा निर्माण पुरा भएको यो बिल्डिङमा बहुमुल्य धातहरु सम्वन्धी व्यापार गर्ने कम्पनीका कार्यलयहरु छन्।

जेडब्लु म्यारिओट मार्किस
JW-Marriott-Marquis-Hotel-Dubaiयो संसारकै सबै भन्दा अग्लो होटल हो। ३५५ मिटर अग्लो यो बिल्डिङमा ७२ तला छन्। यस होटेलमा १६०८ वटा कोठा छन्।

ईमिरेट्स अफिस टावर
78382050ईमिरेट्स टावर वन पनि भनेर चिनिने यो अफिस कम्पेल्कस ५४ तलाको छ। ३५५ मिटर अग्लो यो बिल्डिङ विश्वको २३ औं अग्लो बिल्डिङ हो।
एजेन्सी 

पानीमा आरामले चल्न सक्ने अचम्मको बस

तपाई यी दुई भिडियो हेरेर दंग रहनुहुनेछ । हामीले सडकमा गुड्ने बस त देखेका थियौं तर यहाँ त पानीमा पनि दौडन सक्ने बसको बारे देखाइएको छ । कल्पना गर्नुस त पानीमा सफर गर्न कति आनन्द होला जब तपाई सुरक्षित रुपमा बसमा यात्रा गरिरहनु भएको होस ।

तपाई हामी त यसको कल्पना मात्र गर्न सक्छौं तर यस्तै पानीमा यात्रा गर्न भने विदेशमा सम्भव भईसकेको छ । एम्टर्डम र ब्रिटेनमा यस अघि नै यस्तै पानीमा गुड्ने बसमा यात्रा गरेर आनन्द लिन सकिन्छ ।
 
यस्तो बसमा यात्रा गर्नेहरु भने कतै पुग्न भन्दा पनि आनन्द र रमाइलोको लागि जाने गर्दछन ।

एजेन्सी

यस्ता छन् विश्व ध्वस्त गर्न सक्ने ५ हतियार..

जैविक हतियार (Biological Weapons)
जैविक हतियार अन्तर्गत कुनै प्रकारको भाइरस वा रोग पर्छ जसले लाखौ मानिसहरुलाइ प्रभावित पार्न सक्छ। यसरी भाइरस वा रोगलाइ हतियार को रुपमा प्रयोग गर्दा उत्पन्न हुने सबैभन्दा ठुलो जोखिम भनेको यसलाइ नियन्त्रण गर्ने सकिदैन। एक चोटि सुरु भइसकेपछि यसलाइ फैलनबाट केहि गरे पनि रोक्न सकिदैन।
जैविक हतियार जस्तो डरलाग्दो, भयानक र शक्तिशाली हतियार सायदै अरु नहोला। एउटा लहर बेनर आउछ अनि विनाश गरेर जान्छ मानिसको जिवन। यस्तो हतियार एकदम प्रभावकारि पनि हुन्छ। कसैले हतियारको रुपमा फैलाएका हुन कि प्राकृतिक रुपमा नै उत्पन्न भएका रोगहरु हुन भनेर छुट्याउन नसकिने हुदा जैविक हतियारले अति ठुलो जोखिम बोकेको छ।



जैविक हतियारको रुपमा प्रयोग गर्ने सकिने ( वा प्रयोग भएको हुन सक्ने ) केहि रोगहरु :
इबोला (ebola), एन्थ्राक्स (anthrax), टुलरेमिया (tularemia), प्लेग (plague)

रासायनिक हतियार (Chemical Weapons)
रासायनिक हतियारमा डरलाग्दा रसायनहरु प्रयोग हुन्छ जसले छाला, रगत, नशा वा स्वाशमा असर गर्दछ। थोरैमात्र भएपनि पुग्ने यस्ता रसायन वातावरणमा फैलिएपछि जैविक हतियारहरु जस्तै नियन्त्रण गर्ने नसकिने हुन्छ। केहि गरेर पत्ता लागिहाले पनि नियन्त्रण गर्ने अत्यन्त कठिन हुन्छ, जसको लागि धेरै समय र पैसा खर्च गर्नुपर्ने हुन्छ।
ठुलो मानव संहारको लागि यो अत्यन्त सजिलो हतियार हो। यि रसायनहरु यति डरलाग्दा छन् कि यि रसायनहरु केहि टन भन्दा बढि कुनै पनि देशले राख्न नपाउने नियम छ।
chemicalbomb
रासायनिक हतियारको रुपमा प्रयोग गर्ने सकिने केहि रसायन वा हतियारहरु :
मस्टार्ड ग्यास (mustard gas), रिसिन (Ricin), लेविसिट (Lewisite).

फिसन बम ( Fission Bomb) र फ्युजन बम ( Fusion Bomb)
न्युक्लियर फिसन र न्युक्लियर फ्युजन अत्याधिकरुपमा उर्जा उत्पन्न गर्न सक्ने रासायनिक प्रतिक्रियाहरु हुन जसमा परमाणुबिचको मिलन वा परमाणु टुक्रिनाले उर्जा पैदा हुन्छ।
फिसन भन्नाले एउटा परमाणु टुक्रियर दुइ वा दुइ भन्दा बढि परमाणुमा टुक्रने क्रिया भन्ने बुझिन्छ।
यसरि परमाणु टुक्रिदा उर्जा पैदा हुन्छ । परमाणु बम (atomic bomb) यहि सिद्धान्तमा बनाइन्छ। एक चोटि सुरु गरे पछि परमाणु टुक्रने श्रृंखलनै सुरु हुन्छ जसबाट अकल्पनिय उर्जा पैदा हुन्छ र त्यहि उर्जाने विनाशको लागि जिम्मेवार हुन्छ।


सन् 1945 अगस्त 6 मा जापानको हिरोशिमामा प्रयोग गरिएको लिटिल ब्वाइ (Little Boy) नामक परमाणु बम र यसको तिन दिनपछि सन् 1945 अगस्त 9 मा जापानकै नागासाकिमा प्रयोग गरिएको बम फिसन बमको उदाहरण हुन।
फ्युजन भन्नाले दुइ वा दुइ भन्दा बढि परमाणुको मिलनबाट एउटा ठुलो परमाणु बन्ने क्रियालाइ बुझिन्छ। प्राकुतिक रुपमानै भेटिने न्युक्लियर फ्युजनको राम्रो उदाहरण पृथ्विमा जिवनको अस्तित्व बचाइराख्ने सुर्य लाइ लिन सकिन्छ । सुर्य लगायतका अरु तारामा पनि न्युक्लियर फ्युजनले नै उर्जा पैदा हुन्छ।
फ्युजन बम लाइ हाइड्रोजन बमको नामले पनि चिनिन्छ। फिसन बम भन्दा शक्तिशालि मानिने यो प्रकारको बम बनाउन र प्रयोग गर्न एकदमै चुनौनिपुर्ण हुन्छ। अहिले सम्म अमेरिका, रसिया, फ्रान्स, चिन र भारतले यस्तो बम सफलतापुर्बक परिक्षण गर्न सकेका छन्।

नापलम बम ( Napalm Bomb)
पेट्रोलियम जेलीबाट बन्ने यस्तो बम अमेरिकाले भियतनामको युद्धमा मुख्यतः आगो लगाउने हेतुले प्रयोग गरेको थियो। त्यो बेला यो जस्तै बम अरु प्रकारमा बम पनि थिए र यस्तो जेलीलाइ हटाउन सजिलो भएको भन्दै पछि गम जस्तो टासिने बस्तु मिसाइएको थियो। जसले गर्दा यो बम अझ बढि शक्तिशालि भएको थियो ।
तर अझै पानीले यो बमको प्रभाब कम हुने हुदा यसमा म्यागनेसियम पनि मिसाइएको थियो तबकि पानि पनि यसमा कुनै प्रभाव गर्न नसक्ने भएको थियो। अझ भएन भनेर लिड (lead) पनि पछि यो बममा मिसाइयो विशालु बनाउनको लागि।

नापलम बम पड्किदा 1200 सेल्सियस सम्म तापक्रम पुग्छ।

अव नक्कली आँखा समेत हाल्न सकिने

नानो लेटर्स जर्नलमा प्रकाशित एक अनुसन्धानको विवरणमा कृत्रिम दृष्टिपटल (रेटिना) बनाउनमा ठूलो उपलब्धि प्राप्त भएको जानकारी दिइएको छ । तारको प्रयोगबिना बाह्य स्रोतबाट आएको प्रकाशद्वारा मस्तिष्कका न्युरोनलाई सक्रिय पार्नमा सफलता मिलेको छ ।

तारविहीन नानो प्रविधिको एक वस्तुले मस्तिष्कका कोषलाई प्रकाशप्रति संवेदनशील बनाएकाले कृत्रिम रेटिना निर्माण गर्ने बाटो खुलेको दाबी गरिएको छ । इजरायलको तेल अभिभ विश्वविद्यालयको स्कुल अफ इलेक्ट्रिकल इन्जिनियरिङका प्राध्यापक यायल हानेनको नेतृत्वमा भएको अनुसन्धानमा नानो प्रविधिको नयाँ पदार्थको प्रयोग गरिएको थियो । यस विधिबाट कृत्रिम रेटिना तयार पार्न सकिएमा उमेरसँग जोडिएको रेटिनाको समस्या म्याकुलर डिजेनरेसनको सफल उपचार सम्भव हुनेछ ।



कृत्रिम रेटिनाको विकास गर्नका लागि भएका अन्य अनुसन्धानमा शरीरमा नै प्रत्यारोपण गर्नुपर्ने उपकरण बनाइएका छन् । जसले प्रकाश सङ्केतलाई मस्तिष्कमा पठाउने गर्छन् । तर, प्राध्यापक हानेनका अनुसार विगतमा विकास गरिएका विधिबाट कम रेज्युलेसनको छवि बन्थ्यो भने नयाँ विधि बढी प्रभावकारी र सजिलो छ । यसले न्युरोनहरूलाई अझ राम्रोसँग उत्प्रेरित गर्छ । तारविहीन कृत्रिम रेटिनामा सेमिकन्डक्टर नानोरड र कार्बन नानोट्युबलाई प्रयोग गरिएको छ ।

यी वस्तुद्वारा बनाएको रेटिनामा क्षतिग्रस्त रेटिनाको स्थान लिनसक्ने क्षमता रहेको अनुसन्धान टोलीले जानकारी दिएको छ । अनुसन्धान टोलीले तारविहीन कृत्रिम रेटिनालाई चल्लामा परीक्षण पनि गरेको छ । चल्लाको रेटिना प्रकाशप्रति संवेदनशील भई नसकेको अवस्थामा कृत्रिम रेटिनाले उसको मस्तिष्कका कोषलाई सक्रिय पारेको थियो । एजेन्सी

Monday, December 8, 2014

तपाईंलाई अंग्रेजी भाषा खरर बोल्ने ईच्छा छ ? यी ७ अचुक सुत्रहरु, तपाई प्रयोग गर्नुहोस्

काठमाडौं । आजको समयमा इङलिस भाषा राम्रोसँग बोल्न नजान्ने मानिसहरुले जागिर पाउन मुस्किल छ । केहिलेकाँही तपाईले अंगे्रजी भाषा नजानेकै कारण पार्टी वा अन्य प्रोग्रामहरु रद्द समेत गर्नुभएको होला । र कसैको इन्सल्ट फेस गर्नुपनि पर्छ । तर अब अंग्रेजी भाषालाई लिएर यस्तो डराउनु पर्ने र भाग्नुपर्ने कुनै कारण छैन । अब यस्ता केही उपाय छन् जसले तपाईलाई अंग्रेजी भाषा सिक्नमा मद्धत गर्छ ।



१.इङलिसमा सोच्न सुरु गर्नुहोस्
तपाई जे सोच्नुहुन्छ त्यो तपाईको शब्द बन्छ यसले गर्दा अंग्रेजी बोल्नका लागि सबैभन्दा पहिला अंग्रेजीमा सोच्न सुरु गर्नुहोस् । सबैभन्दा पहिले आत्माविश्वासी भएर बोल्नुहोस् चाहे तपाईले बोलेको कुरा गल्ती नै किन नहोस् । विस्तारै विस्तारै गरिएको प्राक्टिसले नयाँ शब्द सिक्नसक्नुहुन्छ र आत्माविश्वासी बन्न सक्नुहुन्छ । यसका लागि तपाईले केही सिक्न जरुरी हुन्छ, जहिलेपनि अर्ध शिक्षाले नोक्सान पु¥याउँछ ।
२.शुद्ध उच्चारण गर्नुहोस्
जो अंग्रेजी बोल्न कोशिस गरिरहन्छ उसले ध्यानपूर्वक सम्झिन जरुरी छ । जुन शब्द तपाईले बोल्न सकिरहनुभएको छैन भने गुगलबाट शुद्ध उच्चारण चेक गरेर बोल्न कोशिस गर्नुहोस् । गुगलमा अडियोमा समेत सुन्ने प्रबन्ध छ ।
३.साह्रो साह्रो पढ्नुहोस्
इङलिस सिक्ने राम्रो तरिका दैनिक रुटिन मिलाएर न्युजपेपर पढ्ने पनि हो । तपाईले दैनिक एक घन्टा साह्रो साह्रो पत्रिका पढ्नुभयो भने अंग्रेजी सिक्न सक्नुहुन्छ ।
४.दैनिक एउटा नयाँ शब्द सिक्नुहोस्
एक शब्द दैनिक सिक्नुहोस् र यसलाई अलग अलग तरिकाले उच्चारण गर्नुहोस् । यो शब्द जबसम्म बोलिरहनुहोस् तबसम्म कण्ठ हुँदैन । सम्भब छ भने त्यसलाई डाइरीमा टिपेर राख्नुहोस् ।
५.इङलिस क्लास भर्ना हुनुहोस्
इङलिस सिक्ने सबैभन्दा राम्रो उपाय कुनै यस्तै क्लास भर्ना हुनु पनि हो जहाँ तपाई आफ्नो शौख पुरा गर्नका लागि इङलिस सिक्न सक्नुहुन्छ । तपाईलाई कुकिङको शौख छ भने कुकिङको र इङलिस सिक्नको लागि इङलिस क्लास भर्ना हुनसक्नुहुन्छ ।
६.डिक्सनरी प्रयोग गर्नुहोस्
तपाईले कुनै कुरा गर्नुभयो वा नयाँ शब्द सुन्नुभयो भयो त्यसलाई तुरुन्तै डिक्सनरीमा खोज्नुहोस् । कुनै नयाँ शब्द सुन्नु भयो भने त्यसलाई अनलाइनमा वा डिक्सनरीमा खोजेर बोल्ने कोशिस गर्नुहोस् ।
७.इङलिस बोल्ने साथी बनाउनुहोस्
साथीको आवश्यकता केवल मस्ती, घुम्न र सिनेमा हेर्नका लागि मात्रै होइन । कहिलेकाँही यस्ता साथीहरु बनाउनुहोस् जसले तपाईलाई सहयोग गर्न सकुन् । अब तपाई यस्ता साथीहरु बनाउनुहोस् कि जसले राम्रो अंग्रेजी जानेका हुन् र तपाईलाई सहयोग पुगोस् । अंग्रेजी सिक्नका लागि पर्ने साथीको आवश्यकता उसले पुरा गर्न सक्छ ।

Sunday, December 7, 2014

यी ६ तस्विर घरमा कहिल्यै नाराख्नोस, घरको बिनास गर्ला ....

वास्तु विज्ञानले हाम्रो घरमा आस-पासमा रहेका चिजले हामीमा प्रभाव पार्ने बताउँछ । यस्ता बस्तुहरुको प्रभाव सकारात्मक र नकारात्मक दुवै हुने यो शास्त्रको भनाइ छ । हामीले घरमा राख्ने सबै बस्तुको आफ्नै प्रभाव हुने र त्यसले कुनै नै कुनै खालको घटना गराइरहेको समेत यो शास्त्र दावी गर्छ ।


यहाँ त्यस्ता ६ चिजका तस्विरको चर्चा गरिएको छ जुन घरमा राख्नु राम्रो मानिँदैन । यस्ता बस्तुले तनाव निम्त्याउँछन् ।

२ भूत प्रेतको तस्विरः
                          

कतिपय घरमा भूत प्रेतका तस्विर एवं राक्षसका तस्विर टाँसिएको हुन्छ । यस्ता तस्विर बास्तुको हिसावले नोक्शानदायी मानिन्छ । यस्त तस्विरले घरमा नकारात्मक उर्जा पैदा गर्ने र कष्ट दिने बास्तु बिदहरुको दावी छ ।


१ जहाजको तस्विरः

                         

मानिसहरु ठूला ठूला जहाजका तस्विर घरको भित्रामा टाँस्न मन पराउँछन् । कतिपयले ऐतिहासिक टाइटानिक जहाजको तस्विर पनि राख्छन् । तर यो बास्तु शास्त्र अनुसार अनिष्टकारी मानिन्छ । यसले घर परिवारमा तनाव सृजना हुने र मनोवल गिराउन काम गर्ने बास्तु शास्त्रको दावी छ । यस्ता तस्विरले घरमा धनको क्षति गराउने समेत मानिन्छ । यस्ता तस्विर घरमा नकारात्मक उर्जा पैदा गर्ने हुन्छ ।


३ झरनाको तस्विरः

                         
मानिसहरुले घरमा झरनाको तस्विर राख्न मन पराउँछन् । तर यो पनि बास्तुको दृष्टीमा नकारात्मक मानिन्छ । बास्तुविज्ञानका अनुसार यस्ता तस्विरले घरमा खर्च बढाउँछ । झरनाको पानी बगे जस्तै खर्चमा पैसा बग्ने बास्तुविदहरुको दावी छ । घरमा सके सम्म चालक बस्तु भन्दा पनि स्थिर बस्तुको तस्विर राम्रो मानिन्छ ।

४ नटराजको तस्विरः



मानिसहरु भगवान शिवको नाचेको नटराज तस्विर घरमा राख्न मन पराउँछन् । यस्तो तस्विर देख्दा राम्रो मानिएपनि घरमा अशुभ मानिन्छ ।यसले घरमा विनाशको सम्भावना बढाउँछ ।

५ ताजमहलको तस्विरः
                             

घर वा कोठा सजाउन ताजमहलको तस्विर राख्ने गर्नु भएको छ भने हटाइदिनुस् । यसले पनि नकारात्मक उर्जा पैदा गर्ने बास्तुविदको भनाइ छ । यो समाधीको चिन्ह भएका कारण घरमा समाधीको चिन्ह राम्रो मानिँदैन । यसलाई प्रेमको विछोडको प्रतिक समेत मानिने हुँदा यो तस्विर घरमा राम्रो हुँदैन ।

 

६ महाभारतको तस्विरः

                                 

कतिपयले महाभारतमा कृष्णले रथ हाँक्न थालेको तस्विर घरमा राख्छन् । तर यो तस्विर पनि बास्तुको दृष्टीमा नकारात्मक उर्जा दिने हुन्छ । यो तस्विरले घरमा युद्धको भावना पैदा गर्ने र कलह हुन सक्ने बास्तुविदको भनाइ छ । यसले सम्बन्ध नभएर कलह बढाउने उनीहरु बताउँछन् ।

तसर्थ यी ६  तस्विर घरमा नराख्नुस्

Saturday, December 6, 2014

गुगलको इन्टरनेट शार्क माछाको कारण बन्द हुन सक्ने

महादेशको सञ्जालमा जोडिने समुन्द्रमा विच्छ्याइएको केवलमा शार्कको आक्रमण बढेपछि इन्टरनेट अवरोध हुने खतरा बढेको छ । शार्कले केवलमा थप क्षति पुर्‍याएमा हाम्रो इन्टरनेट सेवा विच्छेद हुन सक्नेछ ।

इन्टरनेट सेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनीहरुले अमेरिका र एसिया जोडनका लागि समुन्द्रमा ठूला ठूला २ केवल लगाएका छन् । त्यसैगरी तेश्रो केवलले गुगललाई एसियाभित्र विस्तार गर्छ ।



शार्कको मुखमा प्राकृतिक भोल्टेज सेटिङ हुन्छ र यसले गर्दा म्याग्नेटिक फिल्डको खोजीमा रहन्छ । क्यालिफोर्निया स्टेट युनिभर्सिटी लाङ बिचमा शार्क ल्याब चलाउने प्रध्यापक क्रिश लाभले शार्कले सहजै केवलमा क्षति पुर्याउन सक्ने बताएका छन् ।
नेटवर्क वर्ल्डका अनुसार गुगवले शार्कलाई केवलबाट टाढा राख्नका लागि केवलर प्रेटेक्टिभ लेयर राखेको छ तर अझै पनि यो लेयर सुरक्षित छैन ।
सन् १९८० को दशकमा समुन्द्रमा घडियाल शार्कले केवल काट्दा सञ्जाल नै प्रभावित हुन पुगेको थियो ।

एजेन्सी ।

Friday, December 5, 2014

वैज्ञानिकले बनाउँदैछन् चमत्कारी क्याप्सुल, मान्छेको आयु १ सय २० वर्ष हुने

शीर्षक हेर्दैमा कुनै साइन्स फिक्सन फिल्मको कथा जस्तो लाग्नसक्छ । तर यो कुनै काल्पनिक कथा नभई यथार्थ बन्नेवाला छ ।
वैज्ञानिकहरु मानिसको आयुलाई १ सय २० वर्षसम्म पूराउने औषधिको चक्की बनाउने कार्यको निकै नजिक पुगेका छन् । लामो समयसम्म स्वस्थ भएर बाँच्ने अर्थात् दीर्घजिवी हुने चाहना सबैको हुन्छ । आम मानिसको यहीँ चाहनलाई साकार पार्ने महत्वपूर्ण अनुसन्धानमा वैज्ञानिकहरु सफलताको नजिक पुगेका हुन् । रुसी वैज्ञानिकहरुको प्रयास पूणरुपमा सफल भएमा आम मानिसको आयु १ सय २० वर्षसम्म हुनेछ । र, अब १ सय २० वर्षे आयु लिएर बाँच्न सकिने दिन टाढा नभएको दाबी वैज्ञानिकहरुले गरेका छन् । रुसको मस्को स्टेट युनिभर्सिटीका वैज्ञानिकहरुको एक टोलीले नयाँ प्रकारको एन्टी अक्सिडेन्ट तत्वको परीक्षण गरिरहेको छ जसको कारण उमेर छिप्पिने गतिलाई सुस्त पार्न सकिन्छ । यो एन्टीअक्सिडेन्ट युक्त क्याप्सुलको परीक्षण मुसा, माछा तथा कुकुरमा गरिएको छ । वैज्ञानिक टोलीका प्रमुख डाक्टर म्याक्सिम स्कुलाचेभका अनुसार अनुसन्धानमा रहेको उक्त एन्टी अक्सिडेन्टले सरीरमा उर्जा प्रदान गर्ने कोषीय भाग माइटोकोन्डि्रयाको कार्यप्रक्रियालाई नियन्त्रित गर्दछ । माइटोकोन्डि्रयाको गडबडीलाई नै मानिसमा बुढ्यौली, हृदयाघात तथा विभिन्न खाले रोगब्याधीको कारक मानिन्छ । शोधकर्ता स्कुलाचेभका अनुसार बुढ्यौली प्रतिरोधी औषधिको निर्माण प्राविधिक रुपमा सम्भव छ । मानिसलाई ८ सय वर्षसम्म बचाउन सकिने कुरामा विश्वास नभएपनि १ सय २० वर्षसम्म भने बचाउन सकिने उनको दाबी छ । सुरुवातको परीक्षण आयु लम्ब्याउने भन्दा पनि बुढ्यौलीको दरलाई घटाउनेमा केन्दि्रत रहेको र यसमा सफलता मिलेमा माइटोकोन्डि्रयाको कार्यलाई प्रभावित गर्ने उपायको खोजी गरी आयुलाई १ सय २० वर्षमा पूराउन सकिने दाबी उनको छ ।  www.onlinekhabar.com

बाबुले ल्यापटप किनिदिए, छोराले नक्कली नोट छाप्ने मेसिन बनाए

दाङ-नारायणपुर ९ बुटनियाँकी सावित्री चौधरी बिहीवार साँझ घरमै थिइन्। एकाएक प्रहरीको टोली घर पुग्यो। प्रहरीले घर खानतलासी गर्न थालेपछि उनि डराइन्। प्रहरीलाई किन घर खानतलासी गरेको भनेर सोध्ने हिम्मत सम्म राखिन्।

प्रहरीले छोरा आशिष नक्कली नोटको कारोबारमा संलग्न भएको जवाफ दिएपछि सावित्रा झाँगाबाट खसेझैँ बनिन्। सुरुमा उनलाई लाग्यो प्रहरीलाई गलत खवर पुग्यो होला। प्रहरीले छोराको कोठामै नक्कली नोट भेटाएपछि भने सावित्रा ढुक्क बनिन् 'छोरो गलत काममै लागेको रैछ।' प्रहरीले उनको घरमा नक्कली नोट मात्रै हैन,पैसा छाप्दै आएको स्क्यान मेसिन र एकथान ल्यापटप समेत फेला पारेको छ।

छोरा पक्राउ परेको खवरले सावित्री विछिप्त छिन्। उनले नागरिकसँग रुँदै भनिन् 'मेरो छोरो सिधा थियो,यस्तो काम गर्ला भन्ने कहिल्यै लागेन।' आशिष उनका एक्ला छोरा हुन्। १७ बर्षीय उनी नारायणपुर स्थित सिद्धरत्ननाथ उच्चमाविमा कक्षा १२ मा पढ्दै थिए। पढाई भन्दा बाहिरको समय उनले बाबुलाई काममा सघाउँथे। उनका बाबु बीरवहादुर घर बनाउने मिस्त्री काम गर्छन्। निम्न बर्गिय यो परिवार तिनै बीरवहादुरकै आम्दानीबाट चलेको छ। घरको आयस्तर बढाउने बहाना गरेर आशिषले कम्प्युटर सेन्टर खोल्ने भन्दै गत कात्तिकमा ल्यापटप किन्न लगाए। बाबुले ५० हजार रुपेयाँ ऋण सापट गरेर एउटा ल्यापटप किनीदिए। आशिषको लागि ल्यापटप नक्कली नोट छाप्ने मेसिन बन्यो। 'गाउँका केटाहरुलाई पैसा लिएर कम्प्युटर सिकाउँछु बुवा भनेर ल्यापटप किन्न पठाएको थियो,'बाबु बीरवहादुरले भने 'छोराले कम्प्यूटर सिकाएर दुईचार पैसा कमाउला भनेको ,नक्कली पैसा छाप्ने मेसिन बनाएछ।'

आशिषले केही समय सम्म कम्प्यूटर सिकाएको जस्तो नगरेका पनि हैनन्। गाउँ वरपरकै ४/५ जना कम्प्यूटर सिक्न आउँथे। कम्प्यूटर सिक्न आउनेहरु देखेर बाबुआमा पनि २/४ पैसा कमाई हुने खुशीमै थिए। यत्तिकैमा ब्यापारकै लागि छोरा आशिषले अर्को आवस्यकता देखाए। त्यो थियो 'स्क्यानर मेसिन।' फेरी ४० हजार रुपैयाँ ऋण काढेर बीरवहादुरले छोराको त्यो माग पनि गत साता मात्रै पुरा गरिदिए। 'स्क्यान गर्ने काम पनि सुरु गरेपछि झनै बढी कमाई हुन्छ भन्यो,'वीरवहादुर भन्छन् 'होलात भनेर छोराकै विश्वासमा त्यो सामान पनि ऋण काढेर किनिदिएँ।' 'त्यो ऋण अहिले पनि बाँकी नै छ ,जे जे भन्यो,त्यहि पुरा गरिदिएँ,'विरवहादुरले भने 'अहिले पछुतो लागेको छ,छोराले गलत बाटो समात्ला भन्ने शंकै लागेन।'

प्रहरीले खानतलासीका क्रममा भेट्टाएका ल्यापटप र स्कानरलाई नै आशिषले नक्कल नोट छाप्ने मेसिनको रुपमा प्रयोग गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। प्रहरीले आशिषको घरबाट प्रिन्ट गरिएको अवस्थाका ५ सय रुपैयाँका नोट फेला पारेको छ। उनले प्रयोग गरेकै ल्यापटप र स्क्यान मेसिनबाटै उनले ति नोटहरु उत्पादन गरेको प्रहरी बताउँछ। 'हामीहरुले उसको घरबाट प्रिन्ट गरिएको अवस्थाका पाँच सयका २० वटा नक्कली नोट स्क्यान मेसिन र ल्यापटप बरामद गरेका हौँ,'जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रञ्जित सिंह राठौरले भने 'त्यही मेसिनबाटनै उसले नक्कली नोट उत्पादन गरेको हुन सक्ने देखिन्छ।' प्रहरीले यहाँ बरामद् गरिएका सवै सामाग्रीलाई काठमाडौँ महाराजगन्ज प्रहरी वृत्तमा पठाएको छ। आशिष काठमाडौँमै पक्राउ परेकाले यहाँ बरामद भएको सवै सामाग्री थप अनुसन्धानका लागि भन्दै काठमाडौँ पठाईएको छ।

आशिष नक्कली नोट कारोबार गरेको सप्रमाण सहित पक्राउ परेपनि घर परिवारलाई भने यसबारेमा कुनै जानकारी नभएको परिवारले बताएका छन्। 'हामीहरुलाई उसले गरेको यो धन्दाको बारेमा केही थाहा भएन हजुर,'आशिषकी आमा सवित्रीले भनिन् 'थाहा पाएको भए यस्तो काम रोक्न लगाउँथे।' उनका अनुसार स्क्यान मेसिन खरिद गरेयता आशिषले आँफू एक संस्थामा काम पाएको बताउँदै आएका थिए। तर उनले संस्थाको नाम भने भनेका थिएनन्। उनी त्यहि संस्थाको काममा भन्दै दिनहुँ घरबाहिर निस्कन्थे। 'संस्थाको काम छ भनेर सधैँ घरबाट निस्कन्थ्यो,'सावित्रीले भनिन् 'संस्थाको काम भनेर नक्कली पैसा छाप्ने काम गरेछ।' उनका अनुसार संस्थाकै काम देखाएर आशिष ४ दिन अघि काठमाडौँका लागि घरबाट निस्केका थिए।

साता दिनअघि मात्रै तुलसीपुर स्थित एक सुनचाँदी पसलमा नक्कली नोट दिएर सुन खरिद गरेको घटनामा आशिष जोडिएको हुन सक्ने प्रहरी अनुमान छ। तुलसीपुर स्थित विजय सुनचाँदी पसलबाट पौने तीन तोला सुन खरिद गरेका ती व्यक्तिले एकलाख ३३ हजार रुपैयाँ मध्ये १८ हजार रुपैयाँ मात्रै सक्कली दिएका थिए। पैसाको गड्डी बनाएर पसलेलाई बुझाएका उनी रकम दिए लगत्तै पसलबाट सुन लिएर फरार भएका थिए। पछि पसल साहुले रकम गन्दा बीचबीचमा नक्कली नोटहरु फेला परेका थिए। नक्कली नोट भिराएर सुन लिएका ती व्यक्तिले आफ्नो नाम विजय चौधरी र ठेगाना श्रीगाउँ लेखाएका थिए।

प्रहरीले श्रीगाउँमा खोजतलास गर्दा विजय नाम गरेको ब्यक्ति फेला नपरेको ईलाका प्रहरी कार्यालय तुलसीपुर सई बीरेन्द्रबहादुर बोहराले जानकारी दिए। त्यो व्यक्ति नक्कली नोट सहित काठमाडौँमा पक्राउ परेका आशिष नै हुन सक्ने प्रहरीले शंका गरेको छ। 'नक्कली नोट थमाएर सुन लगेको ब्यक्तिको परिचय यकिन नहुनु र काठमाडौँमा दाङकै मान्छे नक्कली नोट सहित समातीनुले तिनै व्यक्ति यो घटनामा पनि संलग्न भएको हुनु पर्छ,'बोहराले भने।
- See more at: http://nagariknews.com/main-story/story/28978.html#sthash.M36cbwo4.HuDSSjof.dpuf

नासाले गर्‍यो मंगल ग्रहतर्फ रकेट प्रक्षेपण : सफल भए मंगलग्रहमा मानव बस्ती सम्भव हुने

काठमाडौं, मंसिर १९ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले ‘ओरायन’ नामक रकेट मंगल ग्रहतर्फ प्रक्षेपण गरेको छ । यो ‘ओरायन क्याप्सुल’ सफल भए मंगलग्रहमा मानव बस्ती सम्भव हुनसक्ने बताइएको छ ।



फ्लोरिडास्थित केभ कानाभेरलबाट ‘दि डेल्टा फोर्थ’ मंगलग्रहमा पठाइएको हो । यसको आकार चन्द्रमामा पठाइएको ‘अपोलो’ जस्तै रहेको बताइएको छ । यसको उडान समय चार घन्टा २५ मिनेटको हुनसक्ने बीबीसीले जनाएको छ ।

यसअघि सो रकेट विहीबार प्रक्षेपण गर्ने भनिए पनि तीव्र गतिमा आएको हावाका कारण रद्द भएको थियो ।

महिलाको योनीबाट आइफोन चार्ज गरेपछि…

अमेरिकाको एक आर्ट ग्यालरीमा एक युवाले महिलाको योनीबाट मोबाइल चार्ज गरेको हेर्नेको भिड लागेको छ ।
प्रयोगकर्ताले १० मिनेटको २० अमेरिकी डलर तिरेर चार्ज गर्ने व्यवस्था रहेको थियो ।
‘आर्ट बेसेल मियामी’ दिइएको सो कार्यक्रमको उद्देश्य मानिस प्रविधिमा कति निर्भर छन् भन्ने देखाउनु रहेको आयोजकले बताएका छन् ।



पेशाले चित्रकार लिना मारकुइसले आफ्नो योनीमा चार्ज गर्न सक्ने व्यवस्था गरेकी थिइन् । यो घटनाको विषयमा टिका टिप्पणी भइरहेको छ ।
एजेन्सी ।

Thursday, December 4, 2014

मंगल ग्रह पठाउन लागिएको अमेरिकी यान अचानक बिग्रियो ..

काठमाडौं, मंसिर १९ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगल ग्रहका लागि प्रक्षेपण गर्न लागेको ‘ओरायन’ यानको प्रक्षेपण रद्द गरेको छ ।



प्रक्षेपणका लागि तयारी अवस्थामा राखिएको यानभित्र तीव्र गतिमा हावा चल्नुका साथै अरु प्राविधिक समस्या देखिएकाले रद्द गरिएको नासाले जनाएको छ । यद्यपि, प्राविधिक त्रुटि सच्चाउने काम भने जारी रहने नासाले जनाएको ।

‘स्पेस क्याप्सुल’को सहायतामा मानवलाई मंगल ग्रहसम्म प्रक्षेपण गर्न लागेको यस यानको बनावट सन् १९६० र ७० को दशकमा मानिसलाई चन्द्रमामा पुर्‍याइएको ‘एपोलो’ यान जस्तै छ । ‘ओरायन’मा भने मानिस पठाइने छैन । (एजेन्सी)

Tuesday, December 2, 2014

अब मेसिनले पुरै मानव समाज ध्वस्त गर्न सक्ने ....

प्रख्यात खगोलशास्त्री स्टीफन हॉकिंग कृत्रिम बौद्धिकता (Artificial Intelligence) संम्बधित रिसर्चहरु बन्दहोस् भन्ने चाहन्छन ।
व्हीलचेयर बिना हिडडुल गर्न नसक्ने यी विचारकले बीबीसी लाई अप्रत्याशित रुपमा भने, "कृत्रिम बौद्धिकता बिकासले मानव जातिको अन्त्य गर्न सक्छ। "




उनलाई भर्खरै अपडेट गरिएको उनको कम्प्युटर-सहयोगी भाषा प्रणाली (Computer-assisted speech system) जुन इन्टेल र मेसिन- लर्निङ सफ्टोयर कम्पनी स्विफ्टकि ले बनाएका हुन, यसबारेमा आफ्नो बिचार व्यक्तगर्न भनिएको थियो ।

हॉकिंग amyotrophic lateral sclerosis भन्न रोगबाट ग्रसित छन। उनि हिडडुल गर्न र बोल्न सक्दैनन् । दसकौंसम्म उनी व्हीलचेयरमा जिवन बिताइरहेका छन् ।

हॉकिंग इन्टेल कम्पनीसंग मिलेर कम्पुटरको मद्दतले बोल्न सकिने सफ्टोयरमा नयाँ अपडेटको लागि पनि काम गर्दैछन । जसमा उक्त सफ्टोयरले पछि बोलिने शब्द पहिलै पत्ता लगाउँछ । उक्त सफ्टोयरले आफै सिक्न र पुर्बसुचना (learn and predict) दिनसक्छ ।

उनले भने, यो सुरुको अवस्थाको कृत्रिम बौद्धिकता भएतापनि निकै उपयोगी सिद्ध भएको छ ।" तर उनी हामी भन्दा चलाख सफ्टवयरको परिणामको डर मान्दैछन् ।
उनले भने, " यस्तो सफ्टवयरले आफै सुधार हुन सक्ने र आफैलाई नयाँ स्वरूप दिन सक्ने हुन सक्छ ।"

"मानव, जसको जैविक बिकास ढिलो छ, यस्तो बौद्धिकतासँग जित्न सक्दैन र लोप हुने खतरामा पर्न जान्छ ।"


यस्तो बिचार राख्ने उनी मात्र होइनन् । रकेट स्पेस एक्सका प्रमुख एलोन मस्क भन्छन, " आफै सिक्न र बुझ्न सक्ने यस्तो बौद्धिकताले परमाणु बम भन्दा बढी खतरा बोकेको हुन्छ । यो त दानवहरुलाई हामी माझ बोलाउनु सरह हुन्छ ।"


समग्रमा भन्दा, तत्कालै यसले खतरा नल्याउने भएतापनि, यस्को बिकास सगैं मानव समाजलाई डर भने बढ्दै जाने देखिन्छ ।
तत्कालको परिवेशमा, मानव कार्यशक्तिलाई, यस्ता नथाक्ने, सिक्न सक्ने र धेरै पटक एउटै काम गर्दापनि अल्छि नगर्ने मेसिनहरुले विस्थापित गर्दैछन । एजेन्सी

इन्जिनियरले बनाए यस्तो रुख । जसले विजुली उत्पादन गर्न सक्छ (तस्विर सहित)

फ्रान्सका बैज्ञानिकहरु अनौठो परीक्षणमा सफल भएका छन् । अव रुखबाट विजुली निकाल्ने सपना साकार हुन लागेको उनीहरुको भनाइ छ । फ्रान्सका इन्जिनियरले एक कृत्रिम रुख बनाएका छन् जसले विजुली पैदा गर्छ । यो रुखले हावाको उपयोग गरेर विजुली पैदा गर्न सक्ने उनले बताएका छन् ।



यो कृत्रिम रुखलाई विण्ड ट्री नाम दिइएको छ । यसको विकाश फ्रान्सेली इन्जिनियरहरुको समूहले गरेको हो । पेरिसमा रहेको कम्पनीका संस्थापक जेरोम मिचोड लेरिविरेले यो रुख बनाउने विचार आफूलाई हावा चलेको बेला पात हल्लिएको देखेपछि आएको बताए ।




 आगामी वर्ष यो रुख बजारमा बेच्न राख्ने उनको योजना छ । इन्जिनियरहरुले २६ फिट अग्लो यो रुखको नमूना विकाश गरिसकेका छन् । उत्तर पश्चिम फ्रान्सको प्ल्ययूमर बोदोयु नामक कम्युनमा राखिएको यो हाइटेक रुखको मूल्य २३ हजार ५०० स्टर्लिङ पाउण्ड पर्छ ।



 यो रुख घरमा राखेर विजुलीको उपयोग गर्न सकिने कम्पनीको दावी छ । ठूला ठूला कार्यालय र विल्डिङमा पनि उपयोगी हुने कम्पनीको दावी छ । यसले नजिकको हावालाई आफूतिर तानेर विजुली उत्पादन गर्न सक्छ । तर यसको लागि हावाको गति भने नियन्त्रित हुनु पर्छ । एजेन्सी ।

Saturday, November 29, 2014

तपाईलाई थाहा छ ? फेसबुकको नयाँ नियममा के छ...

फेसबुकले नयाँ नियम ल्याउन लागेको जानकारी दिएको छ । १ जनवरी, २०१५ देखि उसले आफ्नो नियम बदल्न लागेको हो । यसको लागि कम्पनीले सबै युजर्सलाई नोटिफिकेशन पनि पठाएको छ । फेसबुकका अनुसार अब फेसबुकले युजर्सलाई फेसबुक चलाउनको लागि टिप्स/गाइडलाइन दिनेछ । कम्पनीले नयाँ नियमको माध्यमबाट फेसबुक प्रयोगकर्तालाई सुरक्षित नेटवर्किङको लागि गाइड गर्नेछ । यो जानकारी भने अहिलेलाई ३६ भाषामा मात्र हुनेछ ।

नयाँ नियममा के के छन ?
प्राइभेसी बक्स
यसको माध्यमबाट फेसबुकले आफ्नो युजर्सलाई आफ्नो जानकारीको लागि नियन्त्रणमा राख्न सक्छ । उदाहरणको लागि तपाई आफ्नो Untag, unfriend र block को बारेमा जान्न सक्नुहुनेछ । यति मात्र नभई आफ्नो हरेक पोस्ट कस-कसलाई पठाउने पनि थाहा हुनेछ ।
तपाईलाई तस्विरमा देखिए जस्तो नोटोफिकेशन आएको पनि होला ।

Friday, November 28, 2014

पत्ता लाग्यो जासुसी गर्ने खतरनाक भाइरस



कम्प्युटर सुरक्षाको क्षेत्रमा काम गरिरहेको एक अग्रणी कम्पनीले अहिलेसम्मकै सबैभन्दा खतरनाक सफ्टवेयर पत्ता लगाएको दाबी गरेको छ । उक्त सफ्टवेयर निकै अत्याधुनिक र परिष्कृत रहेको उसको दाबी छ ।
अमेरिकाको सिमेन्टेक कम्पनीले पत्ता लगाएको उक्त कम्प्युटर भाइरसको नाम ‘रेगिन’ हो ।
यो कम्प्युटर बग केही वर्ष पहिले सायद विश्वका कुनै सरकारले नै बनाएको र ६ वर्षयता पूरै विश्वमा निश्चित क्षेत्रलाई निशाना बनाइरहेको दाबी कम्पनीको छ ।
यो भाइरस कम्प्युटरमा एकपटक छिरिसकेपछि पासवर्ड चोर्न सक्ने, हटाइएका फाइल समेत निकाल्न सक्ने तथा कम्प्युटर स्क्रीनको तस्वीर लिन सक्ने बताइएको छ ।
यो बगबाट रुस, साउदी अरब तथा आयरल्याण्डका कम्प्युटर सबैभन्दा बढि प्रभावित हुँदै आएका छन् ।
विशेषज्ञहरुका अनुसार सरकारी संस्था, व्यवसाय तथा व्यक्तिहरुको जासुसी गर्नका लागि यो भाइरसको प्रयोग गर्ने गरिएको छ ।
शोधकर्ताहरुका अनुसार यो सफ्टवेयर यति धेरै परिस्कृत छ की यसलाई कुनै सरकारले नै साइबर जासुसीका लागि तयार पारेको अनुमान गर्न सकिन्छ ।
यसको विकाश गर्न महिनौँको समय लाग्ने उनीहरुको ठम्याइ छ र यसका निर्माताहरुले यसलाई लुकाउन पनि निकै ठूलो मेहेनत गरेका छन् ।
सिमेन्टेकका एक सुरक्षा रणनीतिकार सियान जोन भन्छन्, ‘जुन स्तरको कौशल तथा विशेषज्ञताको प्रयोग भएको छ र यसलाई बनाउन जति समय लागेको छ त्यसलाई हेर्दा लाग्छ यो पश्चिमी संस्थाहरुको तर्फबाट आएको छ ।’
सिमेन्टेकले यो बगको तुलना अर्को कम्प्युटर बग स्टक्सनेट सँग गरेका छन् ।
इरानको परमाणु कार्यक्रमलाई निशाना बनाउनका लागि अमेरिका र इजरायले स्टक्सनेट नामक भाइरस बनाएका थिए । उक्त बगलाई उपकरणमा क्षति पूराउने उद्धेश्यका लागि बनाइएकोमा रेगिनको उद्धेश्य भने सूचना संकलन गर्नु मात्र रहेको छ ।
एजेन्सी 

Thursday, November 27, 2014

एप्पलले ल्याएको आइफोन ६ र ६ प्लसले विश्वबजार आकर्षित



एप्पलले पछिल्लो समय बजारमा ल्याएको आइफोन ६ र आइफोन ६ प्लसले अहिले विश्वबजारलाई आकर्षित गरेको छ। ग्राहकको रोजाइमा परेका यी दुई फोनको विशेषता :

१. पातलो मोटाइ

सुरुसुरुको आइफोन गोलाकार किसिमको थियो। ५ एससम्म आउँदा फ्ल्याट डिजाइन भयो। ५ एस ७.६ एमएम मोटो थियो भने आइफोन ६ र ६ प्लस क्रमश: ६.९ र ७.१ एमएम मोटाइका छन्।

२. आकर्षक डिस्प्ले

आइफोन ६ र ६ प्लसमा ४.७ र ५.५ इन्चका डिस्प्ले छन्। आइफोन ६ ले १३३४&७५० पिक्सेल रिजोलुसन प्रदान गर्छ भने आइफोन ६ प्लसमा १९२०&१०८० पिक्सेल स्क्रिन रिजोलुसन दिन्छ। नयाँ डिस्प्ले फराकिलो गर्न मिल्छ।

३. ठूलो स्क्रिन

आइफोन ६ को लम्बाइ ५.४४ र चौडाइ २.६४ इन्च छ। यसको तौल ४.५५ आउन्समात्रै छ। आइफोन ६ प्लस ६.२२ इन्च लम्बाइ र ३.०६ इन्च चौडाइ छ। आइफोन ५ एस ४.८७ इन्च लम्बाइ र २.३१ इन्च चौडाइसहित ३.९५ आउन्स तौलको थियो।

४. ए८ प्रोसेसर

एप्पलका दुवै नयाँ फोनमा नयाँ डिजाइन गरिएको ६४ बिटको ए८ प्रोसेस चिप रहेको छ। ए८ ले दिगो प्रदर्शन, गेमहरू ठूला र चिल्लो फ्रेम रेटमा रन हुन दिन्छ। एप्पलले गरेको दाबीअनुसार यसको नयाँ चिपले २५ प्रतिशत छिटो स्पिड प्रदान गर्छ र ५० प्रतिशत तीव्र ग्राफिक्स प्रदान गर्छ।

५. राम्रो क्यामेरा

दुवै फोनमा ८ मेगा पिक्सेल क्यामेरा छ। त्यसमा १.५ माइक्रोन पिक्सेल छ। नयाँ क्यामेरामा नयाँ फोकस पिक्सेल सेन्सर रहेकाले अटो फोकसका लागि प्रकाश छिटो थाहा पाउँछ। नयाँ सेन्सरले एक्सपोजर कन्ट्रोल गर्न थप मद्दत गर्छ। तुलनात्मक रूपमा हल्लाएर खिच्दा पनि फोटो बढी स्टेबल हुन्छ।

६. वायरलेस क्षमता

आइफोन ६ ले छिटो काम गर्ने एलटीई फिचर गर्छ जसले ५ एसभन्दा तीव्र काम गर्छ। वाइफाई कल र भ्वाइस ओभर सहज रूपमा गर्न सकिन्छ। आइफोन ६ ले थप ८०२.११ एसी वाइफाई सपोर्ट गर्छ, जुन कनेक्सन आइफोन ५ एसको भन्दा तीन गुणा बढी गति मानिन्छ।

७. एनएफसी र एप्पल पे

आइफोन ६ ले एनएफसी (नियर फिल्ड कम्युनिकेसन) प्रदान गर्छ। यो क्षमता एप्पलको नयाँ मोबाइल पेमेन्ट सर्भिस एप्पलपेको लागि महत्त्वपूर्ण क्षेत्र हो। एनएफसी फिचरमार्फत रिटेल स्टोरमा क्रेडिट कार्डबिना सामान खरिद गर्न सकिन्छ।

८. शक्तिशाली ब्याट्री

नयाँ आइफोनमा शक्तिशाली ब्याट्री छन्। आइफोन ६ मा १० घन्टा टकटाइम र थप १ घन्टा वाइफाई ब्राउजिङ रहेको छ। ६ प्लसमा थ्रीजीमा २४ घन्टाको टकटाइम र १२ घन्टाको इन्टरनेट ब्राउजिङ छ।

९. नयाँ अपरेटिङ सिस्टम

आइफोन ६ र ६ प्लस आईओएस ८ मा आउँछ। यो एप्पलको सबैभन्दा नयाँ अपरेटिङ सिस्टम हो। नयाँ ओओएसको काम एप्पल डिभाइस (मोबाइल र एप्लिकेसन) जोड्नु हो। यसमा अन्तरक्रियात्मक नोटिफिकेसन, थर्ड पार्टी किबोर्ड, नोटिफिकेसन सेन्टरमा हुने विजेट, क्विक टाइप प्रेडिक्टिभ किबोर्डजस्ता फिचर छन्।

१०. मूल्य

आइफोन ६ को मूल्य १९९ डलर (१६ जीबी), २९९ डलर (६४ जीबी) र ३९९ डलर (१२८ जीबी) रहेको छ भने आइफोन ६ प्लसको मूल्य २९९ डलर (१६ जीबी), ३९९ डलर (६४ जीबी) र ४९९ डलर (१२८ जीबी) रहेको छ।