काठमाडौं, मंसिर १९ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले ‘ओरायन’ नामक रकेट मंगल ग्रहतर्फ प्रक्षेपण गरेको छ । यो ‘ओरायन क्याप्सुल’ सफल भए मंगलग्रहमा मानव बस्ती सम्भव हुनसक्ने बताइएको छ ।
फ्लोरिडास्थित केभ कानाभेरलबाट ‘दि डेल्टा फोर्थ’ मंगलग्रहमा पठाइएको हो । यसको आकार चन्द्रमामा पठाइएको ‘अपोलो’ जस्तै रहेको बताइएको छ । यसको उडान समय चार घन्टा २५ मिनेटको हुनसक्ने बीबीसीले जनाएको छ ।
यसअघि सो रकेट विहीबार प्रक्षेपण गर्ने भनिए पनि तीव्र गतिमा आएको हावाका कारण रद्द भएको थियो ।
No comments:
Write comments