top_rightads

Showing posts with label HEALTH. Show all posts
Showing posts with label HEALTH. Show all posts

Thursday, December 11, 2014

यस्ता छन् तोरीको सागका ५ फाईदा

 
तोरीको सागमा पाइने भिटामिन, मिनिरल, फाइबर र प्रोटीन निक्कै लाभदायक हुने विज्ञहरु बताउँछन् । १०० ग्राम तोरीको सागमा २७ क्यालोरी, शून्य दशमलव ४ ग्राम चिल्लो, ३५८ मिलिग्राम पोटाशियम, ४ दशमलव ७ ग्राम कार्वोहाइड्रेट, २ दशमलव २ ग्राम फाइवर, १ दशमलव ३ ग्राम सुगर, विटामिन ए, सी, डी, बी १२, म्याग्नीशियम, आइरन र क्याल्शियम जस्ता तत्व हुन्छ ।

जाडोमा तोरीको साग सेवन गर्दा हुने फाइदाः
तोरीको सागमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा हुन्छ । यसले शरीरमा रहेका विकार विसर्जनमा मुख्य भूमिका खेल्छ । र रोगसँग लड्ने क्षमता बढाउँछ । त्यतिमात्र होइन तोरीको साग सेवन गर्दा मुत्रनली, पेट, छाती, फोक्सो, प्रोस्टेट र पाठेघरको क्यान्सरबाट समेत तोरीको सागले बचाउँछ ।



१ मुटुका लागि राम्रो
तोरीको सागले शरीरमा नकारात्मक कोलेष्ट्रोल नियन्त्रण गर्छ र फोलेटको निर्माण बढाउँछ । यसले कार्डियोभास्कुलर रोगको सम्भावना समेत घटाउँछ ।

२ पेट सफा बनाउँछ
तोरीको साग फाइबरको मात्रा बढाउँछ जुन पाचनको लागि निक्कै राम्रो मानिन्छ । यसको सेवनले पाचन प्रणली स्वस्थ रहन्छ ।

३ कम क्यालोरी बढी फाइवर
तोरीको सागमा क्यालोरी कम र फाइबर बढी हुने हुँदा यसले शरीरको पाचन प्रणाली मात्र राम्रो राख्दैन । मोटोपन पनि नियन्त्रण गर्छ । मोटोपनको शिकार भएकाहरुलाई समेत तोरीको साग लाभदायक छ ।

४ हाडलाई बलियो बनाउँछ
तोरीको सागमा क्याल्सियमको मात्र बढी हुन्छ । यसले पोटाशियमको मात्रा पनि बढी दिन्छ । हड्डी बलियो बनाउन चाहिने यी तत्व तोरीको सागमा पाहिन्छ । हाडको समस्या हुनेलाई समेत तोरीको साग राम्रो मानिन्छ ।

५ आँखा तेज बनाउँछ
आँखाको लागि सागपात सबै भन्दा राम्रो चिज हो । तोरीको सागले आँखाको तेज बढाउँछ र आँखाका मांसपेसी समेत मजबुत राख्छ । स्रोत नेपाली हेडलाइनस्

Wednesday, December 10, 2014

बिहान उठ्ने बित्तिकै पानि पिउनुहोस्, अनेकौं रोगबाट छुटकारा पाउनुहोस्

 
हरेक दिन बिहान उठ्ने बितिकै खाली पेटमा पानि पिउने बानी जापानमा लोकप्रियछ। यस बाहेक बैज्ञानिक परिक्षणले पनि पुष्टि गरेको छ कि नियमित निम्नतरिकाले पानी पिउने हो भने केहि त्यस्ता नया पुराना रोगहरु टाउको दुख्ने, शरीर दुख्नु, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक,  मधुमेह, कब्जियत,आँखा रोग, कान, नाक र घाँटी रोग आदि नलाग्न, निको पार्न, अथवा बढ्न नदिन पानीले ठुलो मदत पुर्याउछ।



पानि पिउने विधि

१. बिहान उठ्ने बित्तिकै ब्रस गर्नु अघि खाली पेटमा ४ गिलास*१६० मिलिलिटर पानि पिउनुहोस।
२. अब ब्रस गर्नुहोस र अन्य दैनिकी नित्यकर्म गर्नुहोस तर पानि पिएको ४५मिनेट फेरी केहि पेय पदार्थ नपिउनुहोस र केहि खाना पनि नखानुहोस।
३. ४५ मिनेट पछी तपाइले नियमित झैं नास्ता या खानपिन गर्न सक्नुहुन्छ।
४. नास्ता या अन्य बिहान बेलुकाको भोजन गरेको १५ मेनेट पछी २ घण्टा सम्म फेरी केहि खानपिन नगर्नुहोस।
५.  जापानिज र चाइनिजहरु आफ्नो भोजन संग तातो चिया वा तातो सुप पिउनेगर्छन। हामी पनि नक्कल गर्ने कि? हुनत खाना संग एक गिलास चिसो पेय सबैलाईमन पर्छ। तर भोजनमा भएको चिल्लो पदार्थ पचाउन तातो पेयले मदत गर्छ भने चिसोपेयले जमाउछ।
६. रोगि वा बिरामीले यदि सुरुमा ४ गिलास पानि पिउन कठिन हुन्छ भने जतिसकिन्छ त्यति बाट सुरु गर्नुहोस र बिस्तारै बढाउदै ४ गिलासमापुर्याउनुहोस्।

निम्न रोगहरु लाग्न नदिन, कम गर्न, निको पार्न माथिको पानि पिउने विधिले मदत गर्दछ..

उच्च रक्तचाप – ३० दिन
गैस्ट्रिक – १० दिन
मधुमेह – ३० दिन
क्यान्सर – १८० दिन
क्षयरोग – ९० दिन
माथिको विधि अनुसार पानि पिउदा साइड इफेक्ट केहि हुदैन निश्चिन्त हुनुहोसतर केहि बेर लगातार पिसाब लाग्ने छ। यो विधिलाई सबैले आफ्नो दैनिकी बनाउनेहो भने स्वस्थ रहन मदत पुग्ने छ।
दैनिक कति मात्रामा पानि पिउने भन्ने प्रस्नको उत्तर फरक फरक हुन सक्छ।स्वास्थ्य स्थिति, वातावरण र सारीरिक क्रियाकलाप अनुसार पिउने पानीकोमात्रा फरक होला तर सामान्य अवस्थामा स्वस्थ मानिसलाइ दैनिक ३ देखि ४ लिटरतरल पदार्थको आवस्यक्ता पर्दछ। केहि मात्रामा तरल पदार्थ फलफुल र खानाकोमाध्यम बाट पनि आपूर्ति हुन्छ। मानव सरिरका प्राय सबै प्रणालीलाई पानीचाहिन्छ। पानीले नै हो सरिरमा भएका बिकारलाई पसिना र पिसाबको माध्यमबाटबाहिर निकाल्छ, हरेक कोषहरूमा पौष्टिक आहार पुर्याउन्छ, नाक कान् र घांटीमाओसिलो पन राख्छ। त्यसैले माथिको विधि अनुसार दैनिक पानि पिउन सुरु गरौस्वस्थ रहौ।
गर्मीको महिना र सारीरिक ब्यायम गर्दा साबिकको भन्दा बेसी पानि पिउने बानी बसालौ।

दिनमा दुई मुठी ओखरको गुदी खानाले यी अद्भुत फाइदाहरु ...

 
ओखरको नियमित सेवनले पुरुषको शुक्रकिटलाई स्वस्थ बनाउने पछिल्लो अध्ययनले देखाएको छ । बायोलोजी अफ र्रि्रोडक्सन जर्नलमा छापिएको अध्ययन प्रतिवेदन अनुसार दिनमा दुइ मुठी जति ओखरको गुदी खानाले तन्नेरीहरुको शुक्रकिटलाई स्वस्थ राख्दछ ।



अध्ययनको क्रममा १२ हप्तासम्म भोजनमा नियमित रुपमा ओखर सेवन गरेका पुरुषहरुमा शुक्रकिटको आकारप्रकार, गति तथा स्वास्थ्यमा निकै धेरै सुधार आएको पाइएको थियो ।

खासगरी ओखरमा रहेको फ्याट्टी अम्लले शुक्रकिटको विकाशमा सघाउ पूराउने अध्ययनकर्ताको निष्कर्षछ । त्यसैले ओखर पुरुषको बाँझोपनको उपचारमा समेत सहायक सिद्ध हुनसक्ने अनुमान गरिएको छ ।

बेलायतको शेफिल्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार ओखर सेवन गर्ने पुरुषको अण्डकोषमा बढि शुक्रकिट उत्पादन हुनुका साथै त्यस्ता शुक्रकिट स्वस्थ समेत हुन्छन् । प्रमुख शोधकर्ता एलान प्यासीले यस्ता अध्ययनका निष्कर्षाई खिसिट्युरी गर्न सजिलो हुने भएपनि आफुहरुको अध्ययनले निकै महत्वपर्ूण्ा तथ्य पत्ता लगाएको र यसले प्रजनन स्वास्थ्यमा ठूलो भूमिका निर्वाह गर्ने बताएका छन् ।

अध्ययनको क्रममा लिइएका २१ देखि ३५ वर्षसम्मका ११७ जना पुरुषहरुलाई दुइ भागमा विभाजन गरिएको थियो । त्यसमध्ये एक समूहका पुरुषलाई दैनिक ७५ ग्राम ओखरको गुदी खान दिइयो । तर अर्को समूहका पुरुषलाई ओखर खान दिइएन । १२ हप्तापछि ति दुइ समूहका पुरुषको विर्यको परिक्षण गर्दा नियमित ओखर खाएका पुरुषको विर्यमा शुक्रकिटको मात्रा बढि हुनुका साथै शुक्रकिट बढि स्वस्थ भएको पाइयो भने ओखर नखाएका पुरुषको शुक्रकिटमा कुनै फरक आएन ।

के हो निमोनिया ? यसका लक्षण तथा रोकथामका प्रभावकारी उपायहरु

 
निमोनिया रोग भनेको के हो?
आखाले नदेखिने किटाणुबाट अचानक स्वासप्रश्वस प्रक्रियासंग सम्बन्धित अंगहरुमा संक्रमण भइ सास फेर्ने बाधा पुगेमा यसलाई स्वासप्रश्वस रोग भनिन्छ। यसले धेरैजसो फ़ोक्सोमा असर गर्दछ साथै नाक र कानमा समेत असर गर्दछ।
निमोनिया रोगको समस्या



निमोनिया रोगमा प्रायजसो बच्चाहरुलाई साधारण रुघाखोकी लाग्ने गर्दछ। तर, कहिलेकाही रुघाखोकीबाट नै ५ बर्षमुनिका बच्चाहरुमा निमोनिया भन्ने घातक रोग पनि लग्न सक्दछ । फ़ोकसोमा कितानुहरुबाट संक्रमण भएमा निमोनिया हुन्छ। यस रोगबाट नेपालमा बर्षनी करिब ४० हजारजति ५ वर्षमुनिका बालबालिकाहरु मर्ने गर्दछ। खास गरेर श्वासप्रश्वास रोगमा हुने मृत्युको कारण निमोनिया रोगको समयमै उपचार नपाउनाले नै हो।

श्वासप्रश्वास रोगका लक्षण तथा चिन्हहरु के के हुन्?

साधारण रुगाखोकी लाग्दा बच्चाहरुलाई खोकी लाग्ने,नाकबाट सिगान बग्ने र हल्का ज्वरो आउने गर्दछ। निमोनिया भएको बच्चामा भने छिटोछिटो बच्चाको सास चल्ने, सास फेर्ने गाह्रो हुने, उच्च ज्वरो आउने र कोखा हान्नेजस्ता लक्षण र चिन्हहरु देखा पर्दछन्। तर, कडा निमोनिया हुन गएमा बच्चा खान पिउन नसक्ने हुन्छ र कसैकसैमा सास फेर्दा अस्वभाविक आवाज सुनिने पनि गर्दछन।

रुघाखोकी तथा निमोनियाको उपचार कसरि गर्ने?

निमोनियाको कारणले हुने मृत्यूबाट जोगाउन बच्चालाई रुघाखोकी लाग्दा हेलचेक्रायी गर्नुहुदैन। रुघाखोकीको समयमै घरेलु उपचार गरि निमोनिया लाग्नबाट जोगाउन सकिन्छ। घरेलु उपचार भनेको:

न्यानो पारि राखने तर नागुम्स्याउने,
बच्चालाई आमाको दुध धेरैपटक खुवाइराख्ने,
सफा कपडा नुनपानीमा चोबेर बच्चाको नाक सफा गरिदिने,
बच्चालाई खोकी बदी लागेको छ भने घरेलु औषधिहरु जस्तै मह, अदुवाको रस, तुलसीको पात राखेर उमालेको पानि, बेसार पानि उमालेर खुवाउनु राम्रो हुन्छ,
६ महिनाभन्दा बढी उमेरको बच्चा भएमा अघिपछिभन्दा बढी झोल कुरा र खाने कुरा पटकपटक गरि खुवाउने।
बच्चा सास छिटोछिटो फेरेको र कोखा हानेको छ कि हेर्ने।
बच्चालाई स्वास्थ्य संस्थामा उपचारको लागि लैजानुपर्ने अवस्थाहरु के के हुन्?

बच्चाले छिटोछिटो सास फेरेमा।
बच्चाको कोखा हनेमा।
बच्चाले झोलकुरा वा खानेकुरा खान नासकेमा।
बच्चाले आमाको दुध चुस्न नसकेमा।
२ महिनामुनिका बच्चालाई ज्वरो आएमा वा हात, खुट्टा शिताग भएमा।
बच्चा ज्यादै कुपोषित भएमा।
रुघाखोकी र निमोनिया लग्न नदिने उपायहरु:-

बच्चालाई धुवा,धुलो,मटितेलको खारबाट जोगाउने।
बच्चा भएको ठाउमा धुमपान गर्दै नगर्ने।
जाडो वा गर्मीमा मौसमअनुसारको कपडा लगाइदिने।
बच्चालाई न्यानो तर हावा आउन जान सक्ने कोठामा राखने।
बच्चालाई एक वर्षभित्र खोपको मात्रा पुरा गराउने।
बच्चा जन्मेदेखि ६ महिनासमन आमाको दुध मात्र खुवाउने। त्यसपछि आमाको दुधको साथै टप पोषिलो र ताजा खाने कुरा खुवाउने।
बच्चालाई धुलो र फोहर वाताबरणमा खेल्न नदिने।

Tuesday, December 9, 2014

मुटु रोगमा के खाने के नखाने ? डॉ. हेमराज कोइराला

 
मुटुरोग तथा हृदयघातवाट बच्न भोजन व्यवस्थापनको ठूलो महत्व छ। भोजनको मात्रा भोज्य पदार्थको छनौट व्यक्तिको प्रकृति, विकृति (रोग), बल, वय (उमेर), सत्व (मानसिकता) आदिका आधारमा हुनु अति आवश्यक छ। विशेषतः सन्तुलित, पौष्टिक, मौसमीय र क्षेत्रीय आहार सेवन गर्नाले मुटुरोग रोकथाम र नियन्त्रणमा ठूलो सेवा पुर्‍याउँछ। मोटामोटी रूपमा मुुटुरोगीले निम्न उल्लेखित आहार क्रमलाई अपनाउन सक्छन्।
 मुटु रोगमा के खाने के नखाने ? डॉ. हेमराज कोइराला    मुटुरोग तथा हृदयघातवाट बच्न भोजन व्यवस्थापनको ठूलो महत्व छ।



 १. घिउ, नौनी, छाली, बटर र बोसो जस्ता जंगम स्रोतबाट पाइने चिल्लो पदार्थको सेवन गर्नु हुँदैन। खाना पकाउन अत्यन्त कम वनस्पति तेलको उपयोग गर्नुपर्छ। शुद्धतोरी वा सूर्यमुखीको तेल अन्यभन्दा उत्तम छन्। शून्य तेल भएको खाना पकाउने चलन अनुसरण गरेर खानु कोरनरी मुटुरोगमा उपयुक्त मानिन्छ।

 २. मुटुरोगीले पूर्ण शाकाहारी हुन जरुरी छ। माछामासुमा पाइने बोसोलेे कोलेस्टेरोल बढाउँछ। माछामासु छाड्न नसक्नेले खसी, राँगा, बंगुरजस्ता ठूला जनावरका मासु नखाई माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट थोरै मात्रामा खान सक्छन्।

३. नदेखिने चिल्लो पदार्थका स्रोतहरु, बदाम, काजु, नरिवलजस्ता तैलीय फलहरु खानु हुँदैन।

 ४. तौल ज्यादा भएकाले कम क्यालोरी भएका खाना खानुपर्छ। चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बाेनिक र अल्कोहलिक पेयजस्ता क्यालोरीमात्र दिने पदार्थ मुटुको लागी राम्रो होइन।

 ५. पेटभरी कोचीकोची खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नुपर्छ भने चौथाइ भाग वायु संचरणका लागि छोडिदिनु पर्छ। ठोस भोजन दिनको दुई पटकमात्र होस्। बेलुकाको भोजनमा अन्नको मात्रा जति सक्तो कम होस्। अन्नको सट्टा दाल, तरकारीको झोल, उसिनेको सागसब्जी र तरकारीजस्ता रेसा र चोकरदार खाना खाने गरौँ।

 ७. खानामा नुनको मात्रा दुईतीन ग्राममात्र होस्। अजिनोमोटो, सोडियमब्ााइकार्बोनेट र सोडियमबेन्जोएटजस्ता बेकिङ पाउडरको प्रयोग मुटुमैत्री होइन। अचार, आलुचिप्स, कुरकुरे, पाँउजस्ता अतिरिक्त लवण राखिएका खाद्यपदार्थले मुटु रोगको जोखिम बढाउँछन्।

 ८. खानमा रेसा र चोकर युक्त खाद्यानको समायोजन हुनु जरुरी छ। सलाद, हरीया सागसब्जी, चोकरयुक्त पीठो, रातो चामल, सग्लै अन्नमा रेसाको मात्रा धेरै हुन्छ। हरिया कलिला मौसमी साग, उमारिएको गेडागुडी वा जमरामा एन्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ। एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र हृदयघात पछिको घाउ निको पार्न मुख्य भूमिका खेल्छ।

१. घिउ, नौनी, छाली, बटर र बोसो जस्ता जंगम स्रोतबाट पाइने चिल्लो पदार्थको सेवन गर्नु हुँदैन। खाना पकाउन अत्यन्त कम वनस्पति तेलको उपयोग गर्नुपर्छ। शुद्धतोरी वा सूर्यमुखीको तेल अन्यभन्दा उत्तम छन्। शून्य तेल भएको खाना पकाउने चलन अनुसरण गरेर खानु कोरनरी मुटुरोगमा उपयुक्त मानिन्छ।
२. मुटुरोगीले पूर्ण शाकाहारी हुन जरुरी छ। माछामासुमा पाइने बोसोलेे कोलेस्टेरोल बढाउँछ। माछामासु छाड्न नसक्नेले खसी, राँगा, बंगुरजस्ता ठूला जनावरका मासु नखाई माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट थोरै मात्रामा खान सक्छन्।
३. नदेखिने चिल्लो पदार्थका स्रोतहरु, बदाम, काजु, नरिवलजस्ता तैलीय फलहरु खानु हुँदैन।
४. तौल ज्यादा भएकाले कम क्यालोरी भएका खाना खानुपर्छ। चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बाेनिक र अल्कोहलिक पेयजस्ता क्यालोरीमात्र दिने पदार्थ मुटुको लागी राम्रो होइन।
५. पेटभरी कोचीकोची खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नुपर्छ भने चौथाइ भाग वायु संचरणका लागि छोडिदिनु पर्छ। ठोस भोजन दिनको दुई पटकमात्र होस्। बेलुकाको भोजनमा अन्नको मात्रा जति सक्तो कम होस्। अन्नको सट्टा दाल, तरकारीको झोल, उसिनेको सागसब्जी र तरकारीजस्ता रेसा र चोकरदार खाना खाने गरौँ।
७. खानामा नुनको मात्रा दुईतीन ग्राममात्र होस्। अजिनोमोटो, सोडियमब्ााइकार्बोनेट र सोडियमबेन्जोएटजस्ता बेकिङ पाउडरको प्रयोग मुटुमैत्री होइन। अचार, आलुचिप्स, कुरकुरे, पाँउजस्ता अतिरिक्त लवण राखिएका खाद्यपदार्थले मुटु रोगको जोखिम बढाउँछन्।
८. खानमा रेसा र चोकर युक्त खाद्यानको समायोजन हुनु जरुरी छ। सलाद, हरीया सागसब्जी, चोकरयुक्त पीठो, रातो चामल, सग्लै अन्नमा रेसाको मात्रा धेरै हुन्छ। हरिया कलिला मौसमी साग, उमारिएको गेडागुडी वा जमरामा एन्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ। एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र हृदयघात पछिको घाउ निको पार्न मुख्य भूमिका खेल्छ।  www.brusselnepal.com

अनेकौं रोगलाई नियन्त्रण गर्ने आलु , खानै पर्ने ५ कारणहरु

 
आलु संसारभरी नै लोकप्रिय खाना हो । आलु जेसँग पनि मिल्ने भएकाकारण पनि यो लोकप्रिय खाना बनेको हो । यही आलुका स्वास्थ्यको दृष्टिकोणले पनि निक्कै राम्रो खाना हो भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

आलुमा हुने गुणको विषयमा यहाँ चर्चा गरिएको छ ।



१ प्रयाप्त पोटासियम

आलुमा केरामा भन्दा बढी मात्रामा पोटासियमको मात्रा हुन्छ । एउटा आलुमा कम्तिमा १६०० मिलिग्राम पोटासियम पाइन्छ । जवकी एक दिनका लागि केवल ८०० ग्राम मात्र पोटासियम मानव शरीरका लागि प्रयाप्त हुन्छ । केरा खाने भन्दा आलु खाने मान्छेले धेरै पोटासियम प्राप्त गर्न सक्छ । पोटासियम मुटुको समस्या, मस्तिस्क घात रोक्न मद्दत गर्छ ।

२ फाइवरको मात्रा उच्च

आलुमा पाचन प्रणाली सहज तुल्याउन आवश्यक पर्ने फाइवरको मात्र उच्च हुन्छ । शरीरका लागि आवश्यक पर्ने फाइवरको लागि आलुको सेवन निक्कै हितकारी हुन्छ । आलुले मोटो पन नियन्त्रणका लागि पनि सघाउछ । आलुले कोलस्टोरलको समस्या र रगतमा सुगरको मात्रा नियन्त्रण गर्छ ।

३ सुन्तालामा  भन्दा बढी भिटामिन सी



आलुमा भिटामिन सीको मात्रा उच्च हुन्छ । दिनमा एउटा आलु सेवन गर्दा यसले शरीरका लागि आवश्यक पर्ने भिटामिन सीको आधा मात्रा दिन्छ । जुन पुरै पाकोको सुन्तालाको भन्दा बढी हो । शरीरमा रोगसँग लड्ने क्षमता विकाश गर्नका लागि भिटामिन सीको मात्रा आवश्यक हुन्छ । केही अध्यनले आलुले क्यानसरसँग लड्ने क्षमता समेत विकाश गर्ने देखाएका छन् ।

४ म्याग्नेसीको राम्रो श्रोत

आलु हाम्रो शरीरमा नभै नहुने अर्को खनिज म्याग्नेसीको राम्रो श्रोत हो । शरीर स्वस्थ राख्नका लागि यो खनिज अत्यावश्यक मानिन्छ । एउटा आलुमा एक दिनमा शरीरलाई चाहिने ३३ प्रतिशत म्याग्नेसि पाइन्छ । शरीरमा पाचन प्रणाली ठिक राख्न म्याग्नेसी अत्यन्त महत्वपूर्ण मानिन्छ । यसले क्यान्सर र मुटुको रोगबाट बचाउने चिकित्सकहरु बताउँछन् ।

५ भिटामिन B6 को श्रोत

आलुमा शरीरमा आवश्यक पर्ने भिटामिन B6को उच्च मात्रा हुन्छ । एउटा मात्र आलुको सेवनले दिनमा शरीरलाई आवश्यक पर्ने ४६ प्रतिशत भिटामिन B6 प्रदान गर्छ । शरीरमा भिटामिन भिटामिन B6 अत्यन्तै आवश्यक छ । यसले शरीरका मांसपेसीलाई स्वस्थ राख्न र कोलस्टोरलको लेभल पनि नियमित बनाउँछ । दिमाग स्वस्थ राख्न पनि यो भिटामिन महत्वपुर्ण मानिन्छ । एजेन्सी

Monday, December 8, 2014

मोटो ज्यान भएकाहरुको ८ वर्ष पहिल्यै नै मृत्यु हुने खतरा.........

 
अत्याधिक ओजन अर्थात मोटोपनले ग्रसित हुँदा तपाईको उमेर ८ बर्षले घट्ने एक ताजा अध्यानले देखाएको छ । उक्त अध्यानका अनुसार मोटोपन धुम्रपान भन्दा पनि हानिकारक हुनसक्छ।


क्यानडाको मेकगिल युनिभर्सिटी र रिसर्च इन्स्टिट्युट अफ द म्याकगिल युनिभर्सिटी हेल्थ सेन्टरका सोधकर्ताहरुले शरिरको मोटोपन र आयुको सम्वन्धको बारेमा अध्ययन गरेका थिए। जसका अनुसार मोटोपन त्यतिनै हानिकारक हुन्छ जति,धुम्रपान गर्दा हुन्छ । सोधका अनुसार मोटोपनले गर्दा समय भन्दा पहिल्यै मधुमेह,र मुटु सम्बन्धि रोगले ग्रसित बनाउँदछ ।

सोधकार्ताले यस अध्यानको लागि अमेरिकका राष्ट्रिय स्वास्थ्य अनि पोषण परीक्षा सर्वेक्षण( २००३ देखि २०१० सम्म) को तथ्याङक प्रयोग गरेका थिए। परिक्षणमा ४००० जना मानिसमहरुका बारेमा अध्ययन गरिएको थियो।



अध्ययनमा २० देखि ३९ वर्षका स्वस्थ्य मानिसको तुलनमा बेस्सरी ज्यान मोटो भएका पुरुषको ८.४ वर्ष आयु घट्दछ भने बेस्सरी मोटा महिलाको ६.१ वर्ष आयु घट्दछ। यसै गरि बेस्सरी मोटाएका पुरुषले १८.८ थप बर्ष अस्वस्थ भएर गुजार्नु पछ भने यही महिलाहरुले १९.१ थप वर्ष अस्वस्थ भएर बिताउनु पर्छ।

चालिस देखी पचास दशकको उमेरमा रहेका मोटा पुरुषको ३.४ वर्षले आयु घट्द भने यही उमेर समुहका महिलाको आयु ५.३ वर्षले घट्दछ।

यसैगरि ६० र ७० को दशकका उमेर समुहका मोटा पुरुष तथा महिलाको आयु भने १ वर्षले घट्दछ भने ७ वर्ष थप अस्वस्थ जीवन बिताउनु पर्दछ।
अध्ययनले कम उमेर मोटोपनलाई ज्याद घातक देखाएको छ।

यसरी तह लगाउन सकिन्छ ग्यास्ट्रिकलाई....

 
भनिन्छ, ग्यास्ट्रिकले नेपालीलाई जन्मेदेखि छोड्दैन । हाम्रो अव्यस्थित खानपान र अन्य असावधानीका कारण यसले हामीले जिन्दगीभरी दुःख दिइरहन्छ । तर केही यस्ता सजिला तरिकाहरु छन्, जसबाट हामीले ग्यास्ट्रिकबाट केही राहत महसुस गर्न सक्छौं र लामो सयमसम्म ध्यान दिएमा निका समेत बनाउन सक्छौं । ग्यास्ट्रिकका कारण पेटमा समस्या छ भने स्ट्रबेरीको एक दुई दाना सेवन गर्नु स्वास्थ्यको लागि आभदायक हुन्छ ।



एक गिलास पानीमा एक चम्चा वेकिङ सोडा मिलाएर त्यसमा थोरै नुन र कागती फिटेर सेवन गर्दा त्यसले नसोचेको फाइदा पुग्दछ । हाम्रो वरिपरि पाइने घिउकुमारीको सेवन गर्नाले पनि ग्यास्ट्रिकबाट राहत महसुस गर्न सकिन्छ । पुदिना र दालचिनी राखेको चियाले पनि पेटको समस्या ठिक गर्न मद्दत गर्दछ । ग्यास्ट्रिकले सताएको छ भने सुकुमेल, जीरा, दालचिनी, लसुन तथा अदुवाको सेवनले फाइदा पुग्दछ । कागतीमा हाइड्रोक्लोरिक एसिड हुन्छ, जसले पाचन प्रक्रियालाई सघाउँदछ । यसको सेवनले पनि ग्यास्ट्रिकबाट राहत महसुस गर्न सकिन्छ ।

सावधान ! कतै तपाईंलाई यस्ता लक्षण देखिएको त छैन ? यी लक्षण देखिएमा मुटुको रोग हुनसक्छ....

 

पहिले पहिले मुटुरोगलाई पाका मान्छेहरुको रोग मानिन्थ्यो । तर पछिल्लो समयमा मुटु रोग किशोर तथा युवाअवस्थाकै मानिसहरुमा समेत डरलाग्दो गरि फैलिएको पाइन्छ । मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ ।

प्रायः गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै आफुलाई मुटुरोग रहेको कुरा थाहा पाउन सकिन्छ, केही लक्षणहरुको आधारमा । यदि त्यस्ता लक्षणहरु देखिए र उपचार तर्फ लागियो भने मुटुरोगबाट ज्यान गुमाउनुपर्ने जोखिम घट्ने विज्ञहरु बताउँछन् ।

तर मुटुरोगको प्रारम्भिक अवस्थामा उपचार नगर्ने र रोग छिप्पिँदै गएपछि भने त्यसको उपचार पनि कठीन र बढि महंगो समेत हुन्छ । त्यसरी कतै आफुलाई पनि मुटुरोग पो छ की ? भनेर सचेत बन्नुपर्छ ।

यी लक्षणहरु देखिएमा सचेत हुनुहोस् की तपाइँलाई पनि मुटुको रोग सुरु भैसकेको हुनसक्छ -



१. छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुने- छातिमा बेचैनी हुने वा भारीपन महसुस हुनु हृदयाघातको मुख्य सूचकका रुपमा लिइन्छ । त्यसैले यदि तपाइँलाई यस्तो भैरहन्छ भने त्यसलाई हल्का रुपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर जँचाइहाल्नुस् ।

२.सास फेर्न कठिनाइ हुने- यदि तपाइँलाई स्वास लिन बल लगाउनु पर्छ वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटुरोगको लक्षण हुनसक्छ ।

३. धेरै पसिना आउने- गर्मी महिनामा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वभाविकै हो । तर यदि चिसो याममा तथा बसेको बस्इै पनि पसिना तरतरी आउँछ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ । त्यसैले तुरुन्तै जँचाइहाल्नुस् ।

४. वाकवाक लागिरहने- नियमित रुपमा वाकवाक लाग्नु पनि हृदयरोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाकवाक लाग्ने, निकै थकाइ तथा कमजोरी महसुस हुने र तनाव महसूस हुने जस्ता लक्षण खतराका सूचक हुनसक्छन् ।

५.हात झझमाउने तथा चेतनावीहिन बन्ने- यदि तपाइँको हात बारम्बार झमझमाउँछ वा चिमोटेको समेत थाहा नपाउने गरि सिथिल हुन्छ भने सचेत बन्नुहोस् । यसो हुनु भनेको मुटुरोग तथा प्यारालाइसिस लगायतको लक्षण हुनसक्छ ।

६.सरीरको कुनै अंगले काम गर्न छाड्नु- यदि सरीरको कुनै भाग जस्तै काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्यो वा छुँदा पनि थाहा हुँदैन भने हेलचेक्राई नगर्नुहोस् । त्यो मुटुरोगको लक्षण हनुसक्छ ।

७. बोल्दा कठिनाइ हुने, जिब्रो लरबरिने- यदि तपाइँलाई बोल्दाखेरि अप्ठेरो महसुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ । एजेन्सीको सहयोगमा



आमा बनेकाले जान्नै पर्ने ....

 
धेरैजसो प्रसूति भएकी महिलाले सोचे भन्दा चाँडै उनीहरूमा पुनः प्रजनन् क्षमता विकास हुने र स्तनपान गर्ने अवधिमा परिवार नियोजनको कुन उपाय अपनाउने सम्बन्धमा अभैm पनि द्विविधा रहेको देखिन्छ ।  ब्रिटिस प्रिग्नेन्सी एड्भाइजरी सर्भिसले नयाँ आमा बनेकालाई सम्बोधन गरी प्रजनन् क्षमता विकास र परिवार नियोजनको उपयुक्त साधन बारेमा स्पष्ट
पारेको छ ।  प्रसूति भएको केही समयपछि नै कतिपय महिलाले बिनायोजना पुनः गर्भधारण गरेको देखिन्छ ।  यसैले ब्रिटिस एड्भाइजरीमा भनिएको छ– प्रसूति भएको २८ दिनमै प्रजनन् क्षमता फर्कन सक्छ तापनि तत्काल पुनः गर्भवती हुने इच्छा छैन भने महिलाले प्रसूति भएको २१ दिनपछि नै परिवार नियोजनको साधन प्रयोग गर्न थाल्नु पर्छ ।  स्तनपानले नचाहेको गर्भधारण गर्नबाट बचाउन ठूलो भूमिका खेल्न सक्छ तर यसमा कडा नियम अपनाउनु जरुरी छ ।  यसका लागि शिशु छ महिना भन्दा कम उमेरको हुनु पर्छ र आमाले नियमित रूपमा एक दिनमा चार घण्टा र राति छ घण्टाको अन्तरालमा स्तनपान गराउनु पर्छ ।  यसअतिरिक्त उनीहरूमा रजस्वला पुनः सुरु भएको हुनुहुँदैन ।  स्तनपान गराइरहेका महिलाले प्रोजेस्ट्रोजेनमा आधारित परिवार नियोजनका साधन जस्तो कि रिङ प्रयोग गर्न सक्ने सुझाव दिइएको छ । 

बेसारले क्यान्सरलाई गरयो चमत्कार : सामान्य देखिने बेसारका यति धेरै गुण र फाइदा...

 
संस्कृतमा बेसारलाई ‘कृमृघ्ना’ भनिन्छ, जसको अर्थ हुन्छ— कीटनाशक ।
– दूधमा  बेसार हालेर दैनिक खाँदा रुघा-खोकी तथा चिसोले सताउँदैन भने आन्तरिक घाउ पनि ठीक हुन्छ ।
– ईएनटी अर्थात् नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि ज्यादै उपयोगी छ बेसार । परम्परागत रूपमै हामीले यसको प्रयोग गर्दै आएका छौं ।
– छातीमा कफ जमेको छ, खोकी लागेको छ भने दुई दाना मरिच, एक चिम्टी बेसार घिउमा मिसाएर बनाइएको लेपले छातीमा हल्का मालिस गर्दा फाइदा हुन्छ ।
besar

– पुरानो खोकी (सुख्खा होस वा अन्य) भने को टुक्रा चुस्ने । राति पनि बेसारको टुक्रा मुखमा राखेर सुत्ने ।
– बेसारको सेवनले रगत शुद्ध बनाउँछ ।
– पिलो तथा घाउमा बेसार लगाउँदा फाइदा हुन्छ ।
– बेसार एन्टिबायोटिक पनि हो । आधुनिक चिकित्सा पद्धतिमा दिइने एन्टिबायोटिकले मित्र जीवहरूलाई पनि नष्ट गर्छ, तर बेसारले शत्रु जीवलाई मात्र नष्ट गर्छ ।
– सौन्दर्य प्रशाधनमा पनि बेसार प्रयोग हुन्छ । बेसार, चनाको बेसन तथा तोरीको तेल एक साथ प्रयोग गर्ने हो भने अझ राम्रो हुन्छ ।
– बेसारमा भएको तैलीय पदार्थ शरीरले सहजै ग्रहण गर्छ र शरीर सुन्दर देखिन्छ ।
– जन्डिसमा २-३ ग्राम बेसार मोहीका साथ खाँदा फाइदा पुग्छ ।
– बेसारमा मानव शरीरलाई स्वस्थ तथा सुदृढ बनाउन आवश्यक सबै गुण विद्यमान छ ।
अहमदाबाद (भारत) । मेघा शाह, ४० वर्षीया एकाउन्टेन, अमेरिकामा बस्ने गर्छिन् । उनलाई त्यतिबेला झट्का लाग्यो जब डाक्टरहरुले उनलाई क्यान्सर भएको बताए । मेघालाई आफ्नो जिन्दगी क्षणभरमै चकनाचुर भएझैं लाग्यो । उनले संसार अध्यारो देख्न थालिन् । यसपछि उनको जीवनमा यस्तो चमत्कार भयो कि जसको अपेक्षा उनी स्वयम्ले पनि गरेकी थिइनन् । नवभारत टाइम्सका अनुसार, सात हप्ताको बीचमा मेघाको ट्यूमरको आकार घट्न थाल्यो । अहिले उनको क्यान्सर बिस्तारै निको हुँदै गएको प्रिय खबर त्यही डाक्टरहरुले बताउँदैछन्, जसले उनलाई क्यान्सर भएको अप्रिय खबर सुनाएका थिए । के तपाईंलाई थाहा छ, उनको जीवनमा यस्तो चमत्कार ल्याउने जादुमयी औषधी के होला ? धेरै टाढा टाढा सोच्नुपर्दैन, त्यो जादुमयी औषधी हो तपाईं हाम्रै करेसाबारी र वरिपरि पसलमा सजिलै पाइने बेसार । हजुर, बेसारमा क्यान्सर निको बनाउने चमत्कारिक गुण हुन्छ । मेघालाई १० हप्तासम्म हरेक दिन १० ग्राम बेसार आफ्नो खानामा राखेर खानको लागि सुझाइएको थियो । यसको परिणाम यति सुखद निस्कियो कि उनको स्वास्थ्यमा चामत्कारिक परिवर्तन आउन थाल्यो । यतिसम्म कि उनलाई किमोथेरापीको जरुरत नै परेन । यतिबेला उनी सुखद र स्वस्थ जीवन बाँचिरहेकी छिन् । भारतीयमुलका डाक्टर भरत अग्रवालले क्यान्सरको उपचारको लागि एक ‘Lessons to be learnt about curcumin from clinical trials’ नामको अध्ययन सम्पन्न गरेका छन् । मेघा शाह पनि त्यही अध्ययनको एक सहभागी हुन् । डा.अग्रवालले आफ्नो अनुसन्धानको नतिजा गुजराज क्यान्सर रिसर्च इन्स्टिच्युट(GCRI) मा पेश गरेका छन् । उनका अनुसार अमेरिकामा रहेका १०० बिरामीमाथि यो परीक्षण गरिएको थियो । उपचारको क्रममा उनले आफ्नो खानामा बेसारको उल्लेख्य प्रयोग गर्ने सल्लाह थिए । डा.अग्रवालका अनुसार अनुसन्धानको क्रममा क्यान्सर रोगीलाई बेसारको प्रयोगले धेरै फाइदा पुर्याउन सक्ने पत्ता लागेको बताएका छन् ।  एजेन्सी 

तपाई अविवाहित हुनुहुन्छ अथवा विवाह गर्ने तयारी गर्दै हुनुहुन्छ भने एकपटक पढ्नोस् है...

 
सुहागरात भन्नासाथै सबैलाई एकप्रकारको रोमाञ्च, डर अनि बेग्लै प्रकारको अनूभति हुन्छ। चाहे केटा वा केटी, विवाहित वा अविवाहित। विवाहितलाई सम्झना हुन्छ, अविवाहितलाई त्यो अविष्मरणीय रात्रीको कल्पना हुन्छ जुन रात आफ्नो मनको राजकुमार या राजकुमारीसँग पहिलोपल्ट बित्नेछ। यसै रातबाट तपाईको जीवन नयाँ किसिमले अगाडि बढ्दछ। त्यो रात कति व्यक्तिका लागि सुखद रहन्छ भने कतिका लागि दु:खद। पुरुष मित्रहरुलाई लक्षित गरेर लेख्दै छु, महिला मित्रहरुले पनि पढ्न सक्नुहुन्छ। 



भनिन्छ पहिलो प्रभाव नै अन्तिम प्रभाव हो (First Impression Is Last Impression) । सुहागरात त्यही पहिलो प्रभाव (Impression) छाड्ने रात हो जसको प्रभाव, स्मरण तपाईको जीवन साथीलाई जीवनभर रहन्छ। दाम्पत्य जीवनको सफलता र विफलतामा पनि यस रात्रिको महत्वपूर्ण योगदान रहेको हुन्छ। अधिकांश पुरुष मित्रहरुलाई यो लाग्ने गर्दछ की यस रात यौन सम्पर्क गर्नका लागि लाल मोहर लगाइएको समय हो। यसैले पनि प्राय यस रात्रिमा कुराकानी भन्दा पनि पहिला श्रीमतीको कपडा खोली लाठी चार्ज शुरु भै हाल्छ बलत्कारिक स्वरुपमा। अनि जब जोश, जाँगर बीर्यसँगै बाहिरिन्छ अनि लल्याकलुलुक भएर एकापल्टी पल्टेर केही बेरमै घुर्दछन्। कतिले त बर्सौको प्रतिक्षा पछि पाएको माल भनी त्यही रातमा ३-४ पटक पनि भ्याउँछन्। अनि कुमारीत्व परिक्षण गर्ने सुरमा कति श्रीमानहरु श्रीमतीको यौनांगमा घोचेर रगत चुहाउने प्रयास, परीक्षण पनि गर्दछन्। न श्रीमतीको इच्छा बुझिन्छ, न भावना, न पीडा, दु:ख नै बुझिन्छ। श्रीमतीको सम्मान त निकै परको कुरा हो।
सुहागरातको समयमा नव दुलहीको मानसिकता कस्तो हुन्छ ? घर, परिवार, मानिस सबै नै उनको लागि नौलो भइरहेको एकातर्फ हुन्छ भने अर्को आफ्नो बाबु, आमा, इष्टजनसँगको विछोडको पीडा। दीनभरको थकान त छदैँछ साथमा डर, संकोच अनि त्रास। उनको भावना यो हुन्छ कि आफ्नो जीवनमा पति बनेर आएको यस व्यक्तिले यो नयाँ परिवारमा उनलाई संरक्षण दियोस्, माया दियोस्, आत्मीयता दियोस्, अपनत्व दियोस्, उनको दु:ख बुझ्ने प्रयास गरोस्। उनको त्यहाँ आफ्नो भन्नु नै त त्यही नवदुलहा त हुन्छ नि जसको नातामा, आडमा नयाँ परिवारमा प्रवेश भएकी हुन्छिन्। जसको भरोसा गरेको हुन्छ उसैले आफूलाई लुट्दछ, बलात्कार गर्दछ भने कस्तो मानसिकता निर्माण होला जब पतिले उनलाई होइन उनको शरीरलाई प्रेम गर्दछ, उपभोग गर्दछ, अर्धांगिनी होइन केवल वासना मेटाउने मेशिन ठान्दछ।
अर्को कुरा पहिलो रात्रिमा नै दुलहीको दुलहासँग राम्रो हेलमेल, चीनापर्ची, कुराकानी भइसकेको हुँदैन, राम्ररी खुली सकेकी हुदिनन्। यस्तो अवस्थामा यौन सम्पर्कमा बराबरको सहभागीता जनाउन सक्तिनन् । हुन त अहिलेका युवतीलाई यौनका बारेमा थाहा नहुने त होइन, अश्लील सिनेमा हेरेर, भिडियो हेरेर, वेभ साइटबाट, पत्रपत्रिका पढेर, साथी संगीको अनुभव सुनेर धेरै यौनज्ञान पाइसकेका हुन्छन्। तर ती पाएको ज्ञानलाई पहिलो रात्रिमा प्रयोग गर्न सक्तैनन् किनकी पतिले उनलाई चालू केटी नठानोस्, अनुभवी नठानोस् भनेर। जब यस्तो मानसिकतामा दुलहालाई पूरा सहयोग गरिदैन तब केही समयको पेलाइ पछि पुरुष त झर्दछ अनि एकतर्फ पल्टन्छ। तर उनको अवस्था भने नाजूक हुन्छ। पतिले यौन भावना जागृत गराइदिन्छ, वासनाको आगो सल्काइदिन्छ तर निभाउन सक्दैन। न यो कुरा भन्न नै सक्दछिन् न त शान्त हुन सक्दछिन्। अनि यौन तड्पाइमा रात बिताउनु बाहेक विकल्प रहन्न जुन निकै पीडादायक हुन्छ।
कुमारीत्व परीक्षण गर्नु पत्नीको अविश्वास गर्नु नै हो। फेरी प्रथम सहवासमा योनीबाट रगत बग्नु र नबग्नु बाट कुमारीत्व प्रमाणित हुन सक्तैन भनेर त प्रमाणित नै भइसकेको छ। यसको आधारमा उनीमाथि लांछना लाउनु, अपमान गर्नु राम्रो होइन। यदि विगतमा कसैसँग त्यस्तो सम्बन्ध रहेको नै रहेछ भनेपनि त्यसलाई अन्जानमा, अपरिपक्व भएर, नबुझेर गरेको सम्झी क्षमा गर्नसक्नुपर्दछ। बरु यसकुरामा अझ शंका गर्ने, अपहेलना गर्ने भन्दा झन् बढी माया दिने प्रयास गर्नुपर्छ ताकि उनले विगतलाई बिर्सन सकुन्।
सुहागरातमा के गर्ने त ?
माथि नै भनिसकेको छु कि पहिलो रात नौलो ठाउँ, नयाँ घर, नौलो परिवार, नौलो व्यक्तिसँग बिताउनु अनि आफन्तहरुसँग विछोड हुँदाको समयमा नव दुलहीको मानसिकता कस्तो हुन्छ भनेर। कता कता डर, कता कता लाज, कता कता संकोच, भइरहेको हुन्छ। आफ्नो मान्छेको साथ खोजीरहेको हुन्छ एक अवला आत्माले। त्यहाँ आफन्त भन्नु नै त दुलहा हुन्छ। सुहाग रातमा प्रेम, अपनत्व, आत्मीयता प्रदर्शन गर्दै पतिपत्नी दुवैले एक अर्काको मन जीत्ने प्रयास गर्नु पर्दछ। नवदुलहीलाई कसरी आत्मीयता दिने भन्ने कुरा मेरा मित्रहरुलाई राम्ररी नै थाहा होला। मेरो विचार चाही यस्तो छ।
जब सुहागरातको रात्रिमा कोठामा प्रवेश गर्नुहुन्छ, त्यस समयमा सम्भव हुन्छ भने गुलाफको अथवा अन्य कुनै सुन्दर फूल पनि साथै लानुहोस्। कोठामा नवदुलही तपाइँकै प्रतीक्षामा हुन्छिन्। कोठामा प्रवेश गरेको संकेत दिनुहोस्। अनि भित्रबाट ढोकाको चुक्कुल लगाएर बिस्तारै उनीसामु जानुहोस्। प्राय नवदुलहीहरु घुम्टो ओढी लाजले आँखा झुकाइरहेका हुन्छन्। घुम्टो विस्तारै हटाएर उनको चिउँडोमा एक हातले समाइ उनको झुकेको शीरलाई विस्तारै माथि उठाउनुहोस् जसबाट आँखा आँखा जुध्न सकोस्। अनि आफूले ल्याएको फूल उनको हातमा दिँदै नयाँ घरमा, नयाँ परिवारमा, आफ्नो जीवनमा उनलाई हार्दिक स्वागत छ भनी दाम्पत्य जीवनको सफलताको लागि शुभकामना दिनुहोस्। अनि भन्नुहोस् कि -’समयले आज हामीलाई एकै ठाउँमा ल्याएको छ। तिमी र म एउटै भयौँ। मेरो सम्पूर्ण तिम्रो अनि तिम्रो मेरो भयो। मेरो जीवन तिम्रो अनि तिम्रो जीवन मेरो, मेरो परिवार तिम्रो अनि तिम्रो परिवार मेरो भएको छ। आफन्तसँग विछोडको जुन दु:ख अनुभव गरीरहेकी छौ त्यो मलाई पनि अनुभव भइरहेछ, आखिर तिम्रो बुबा, आमा, आफन्त मेरो पनि त आफ्नै हुनुहुन्छ। फेरी हामी चाढैँ नै उहाँहरुलाई भेट्न जानेछौँ। अब त झन् हाम्रो परिवार ठूलो भएको छ, आफन्तहरुको संख्या बढेको छ, यो परिवार पनि तिम्रो आफ्नै परिवार मान्नू, बुबा आमालाई आफ्नै बुबा अमा सम्झनू। तिमीलाई घरबाट प्राप्त हुने माया यहाँ पनि प्राप्त हुनेछ। म तिमीलाई आफ्नै आधाअंग मानी धेरै भन्दा धेरै माया दिने प्रयास गर्नेछु। मलाई नजीकको साथी सम्झनू। हरेक सुख, दु:खहरु हामी एक अर्कालाई बाढ्नेछौँ। पारस्परिक सहयोगबाट एक अर्काको न्यूनता पूरा गर्दै दाम्पत्य जीवनलाई सफल बनाउनु छ। केही समस्या आई परेमा बिना संकोच मसँग भन्नू, हामी दुवै मिलेर त्यसको समाधान तर्फ लाग्नेछौँ। ‘ आदि जस्ता कुराहरु गरेर उनलाई आत्मीयता, अपनत्व तथा प्रेम प्रर्दशन गर्नुहोस्। उनीसँग कुरा गर्दा भावनमा ठेस पुर्याउने शब्दहरु ननिकाल्नुहोस्। श्रीमतिलाई घरको देवी सझेर सम्मानको भावना राख्नुहोस्।
दुलहीको संकेत पाएमा पहिलो रातमा नै सम्भोग गर्न नसकिने होइन। तर सम्भोग पूर्व भविष्यका योजनाहरु बनाउनु पर्ने हुन्छ। सन्तान कहिले जन्माउने? केही बर्ष पछि हो भने अहिले कुन प्रकारको अस्थाइ परिवार नियोजनको साधन प्रयोग गर्ने? आदिबारे दुवैको सल्लाहपछीमात्र निर्णय गर्नु राम्रो हो। पहिलो रातमा नै यी कुराहरु खुलस्त हुन गार्‌हो हुनसक्छ, यसैले केही दिन पछि मात्र सम्भोग गर्नु राम्रो होला जस्तो मलाइ लाग्दछ। नवदम्पतिहरु एक अर्कामा हेलमेल हुन सकून् भनेर नै हाम्रो समाजमा विवाहको २-३ दिन पछि नै दुरान फर्काउने, हनिमुन मनाउने चलन चलेको होला, यात्राको क्रममा परिवारजनबाट टाढा रहँदा सहज होस् भनेर। समभोग भनेको नै बराबर भोग गर्नु हो। जब दम्पतिहरु एक अर्कामा खुलस्त हुन्छन् तब मात्र सम्भोग हुनसक्छ।
हुन त विवाहको उद्धेश्य वासना पूर्ति गर्नुमात्र होइन, यसभन्दा महत्वपूर्ण अरु धेरै छन्। निश्चय नै विवाहले समाजमा यौनजन्य अपराधहरुमा कमी ल्याउँछ, यौनवासना भड्कीनमा नियन्त्रण गर्दछ, वासनालाई निकास प्रदान गर्दछ। तर वासनामा नै लिप्त हुनु विवाहको उद्धेश्य होइन, बरु यौन सुख भोग्दै बिस्तारै बिस्तारै कालान्तरमा यस प्रति वैराग्यता उत्पन्न गर्नु हो

Sunday, December 7, 2014

नेपालमा देखा परयो दुवै फोक्सो बिगार्ने नयाँ रोग ..

 
२२ मङ्सिर, काठमाडौँ ।

दुवै फोक्सो काम नलाग्ने बनाउने पानीबाट सर्ने लिगिनायर्स नामक नयाँ रोग देखा परेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार रोगको संक्रमण फैलिन नदिन किटाणुमुक्त पानीको व्यवस्था नभएसम्म पानीका फोहोरा बन्द गर्न सर्वसाधारण र संघसंस्थालाई आग्रह गरेको छ।

उक्त रोग काठमाडौं कालीमाटीका दुईजना पुरुषमा देखिएको महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले बताए। बल्खुस्थित बयोधा अस्पतालमा केही साताअघि उपचारका लागि भर्ना भएका ती बिरामीमा रोग देखा परेको हो। लक्षण शंकास्पद भएपछि अस्पतालका चिकित्सकले बिरामीको पिसाब पटक-पटक जाँच गरेका थिए। रोग पुष्टि हुन नसकेपछि ललितपुरस्थित संयक डाइग्नोसिस सेन्टरमा जाँच गर्दा उनीहरूलाई लिगिनायर्स रोग लागेको प्रमाणित भएको थियो। रोग पुष्टि भएलगत्तै अस्पतालका चिकित्सकले महाशाखालाई खबर गरेका थिए।



केही महिनायता पोर्चुगलमा लिगिनायर्सको प्रकोप फैलिँदा ११ जनाको ज्यान गइसकेको छ। त्यहाँ यसबाट पीडित करिब चार सयजना अस्पताल भर्ना भएका छन्।

यो दुवै फोक्सो काम नलाग्ने अवस्था उत्पन्न हुने रोग हो।  रोगको रोकथाममा विशेष ध्यान दिन सबै अस्पताल र होटेललाई आग्रह गर्दै महाशाखाले विज्ञप्तिमार्फत यस्ता बिरामीलाई छुट्टै आईसीयू र वार्डमा भर्ना गर्न पनि अस्पतालहरूलाई अनुरोध गरेको छ।

मरासिनीका अनुसार पानीबाट मानिसमा सर्ने गरेको यो रोग धूमपान गर्ने र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा देखापर्ने गरेको छ। यो रोग लागेपछि सुरुमा रुघा लाग्ने र बिस्तारै ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो ह्रुने, पखाला लाग्ने, अचेत हुनेजस्ता लक्षण देखिन्छन्, आजको अन्नपूर्ण पोस्ट मा खबर छ ।
यो रोग नेपालमा पनि देखिनुको कारण पत्ता लगाउन बिरामीलाई निगरानीमा राखेर थप अनुसन्धान भइरहेको बताए। नेपाली हेडलाईन बाट साभार

के तपाईको घाटी सधै खराब हुन्छ, दुख्छ? चिन्तै नगर्नोस्

 
 के तपाईंको घाटिमा सधै  खराब रहन्छ ? यो मौशम परिवर्तनको असर् हो भनेर वा खान पानमा आएको परिवर्तनको असर् भनेर नबस्नुहोस् । गलाको खराश टन्सिल वा गलाको गम्भिर समस्या पनि हुन सक्छ । कसरी बच्ने यसबाट ? यो पढ्नुहोस् |


 मौसमको बदलाव संगै गलामा हल्का खसखस  हुनु वा गलमा तिखो घोचाइ महसुश हुनु सामान्य कुरा हो । यो अवस्थामा गलामा खिच खिच हुनु र बोल्नमा समस्या हुनु सामान्य हो । भाईरस वा ब्यक्टेरिय को करणले यो
समस्या देखिन्छ । कहिले कही एलर्जी र धुमपानको करणले पनि घाटीमा खश खश   हुन्छ । यस्ता धेरै समस्याहरु आँफै समाधान हुन्छन तर केही यस्ता जिद्दी समस्या हुन्छन जो सजिलै जादैनन । त्यस्ता समस्यालाई राम्रो उपचारको जरुरी हुन्छ । आमरुपमा मानिशहरू घाटीको खश खस लाई त्यती ध्यान दिदैनन र लापरबाही गर्छन् तर यो समस्या त्यती सजिलो छैन र राम्रो उपचार गरिएन भने गम्भिर समस्या निम्त्याउन सक्छ ।

                                 

घाटीमा आउने खश खस  घाटीको इन्फेक्सन हो । जसमा गलामा कर्कश आवाज आउने, हल्का कासो लाग्ने र हल्का ज्वरो आउने, टाउको दुख्ने, गला दुख्ने जस्ता लक्षण देखिन्छन । 

 हाम्रो गलामा दुबैतर्फ टन्सिल हुन्छ जसले धुलो, ब्यक्टेरिया र भाईरशलाई गलामा जानबाट रोक्ने काम गर्छ । तर कहिले कही यो आँफै इन्फेक्टेड हुन्छ र आफ्नो काम गर्न सक्दैन । जसलाई टॉन्सिलाइटिस भनिन्छ । जसमा घाटी भित्र दुबैतर्फ टॉन्सिल्स गुलाबी वा रातो हुन्छ । इन्फेक्सन हुँदा यिनिहरु अली ठुला र अली बढी राता हुन्छन । कहिले कही यसमा सेतो कत्ला जस्तो पनि देखिन सक्छ । सधरणतया यो समस्या उचित देखभाल र एन्टिबायोटिकले निको हुन्छ तर स्ट्रेप्टोकॉक्कस हिमोलिटीकस नामक भाईरसको करणले यो समस्या देखियो भने अलिक गम्भिर हुन्छ । तव यो संक्रमण ह्रीदय र गुदामा पनि फैलिन्छ र गम्भिर हुन्छ ।


 यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । गलामा आराम मिल्छ ।
अदुवा, इलायची र मरिचको चियाले गलाको खश खसमा धेरै  आराम मिल्छ । यसमा जीवाणुरोधक गुण पनि हुन्छ र यो चिया नियमित रुपमा सेवान गर्नाले गलामा आराम मिल्नुको साथै गलाको खश खस  हराएर जान्छ ।

धुमपान र ज्यादा मसालेदार खानादेखी टाढै रहनुहोस् 

खानामा बिशेष साबधानी आपनाउनुहोस् । फ्रिज को वा अन्य कुनैपनी चिसो चिजको सेवान नगर्नुहोस् । सधैं मनतातो पानी पिउने गर्नुहोस् । त्यसमा अदुवाको धुलो हल्का मिसाउने र ताजा कागतीको रस १,२ थोपा मिलाउनाले अधिक आरमा मिल्छ । सावधानि नै यो समस्याको मुल हल हो ।

सधैं धुलो, धुवा र चिसो बाट बच्नुहोस् , राम्रो मास्कको प्रयोग गर्नुहोस् ।   समस्या देखिनासाथ तुरन्त चिकित्कसको सल्लाह लिनुहोस् ।

चाउचाउ खाने बानी छ ? नाखानोस् अनेकौं रोगको शिकार भईन्छ : एक पटक यो पढ्नुस्

 
चाउचाउ नेपालमा सबैभन्दा लोकप्रिय स्न्याक्समा पर्छ । छिटोछरितो र स्वादिलो हुने हुँदा हामी मध्ये धेरैले चाउचाउ सेवन गरिरहन्छौं ।

बच्चालाई मात्र होइन जवान र बृद्धहरुसम्म पनि चाउचाउ मन पराउँछन् । तर यही लोकप्रिय खाजा चाउचाउ स्वास्थ्यका लागि भने राम्रो हुँदैन भन्ने कुरा थाहा नहुन सक्छ ।



वुमन्स हेल्थमा प्रकाशित शोधका अनुसार चाउचाउको नियमित सेवनले हामीलाई विभिन्न प्रकारका रोग निम्तिने खतरा हुन्छ ।
यो शोधका अनुसन्धानकर्ताहरुले चाउचाउले मानिसहरुका मधुमेह, मुटु सम्बन्धी रोग र मस्तिस्क घात जस्ता खतरा हुने बताएका छन् ।
चाउचाउले कार्डियोमेटाबोलिक सिन्ड्रोम नामक अवस्था पैदा हुने र यसले मुटुमा विभिन्न समस्या पैदा गर्ने शोधकर्ताहरुको भनाइ छ ।
चाउचाउका कारण पाचनप्रणालीमा समेत समस्या हुने समेत बताइएको छ ।

हप्तामा २ पटक चाउचाउ सेवन गर्नेलाई पाचन प्रणालीमा समस्या आउने खतरा ६८ प्रतिशत हुन्छ ।
भेलोर विश्वविद्यालयका शोधकर्ताहरुले सन् सन् २००७ देखि २००९ सम्म महिलाहरुमाथि यो अध्यन गरेका थिए ।
चाउचाउमा हुने क्यालोरी, रिफाइण्ड कार्बोहाइड्रेट्, स्यचुरेटेड फ्याट् र सोडियमको उच्च मात्राले महिलाहरुलाई धेरै नै घाटा गर्ने उल्लेख छ ।

अद्भुत रोगहरु सजिलै नियन्त्रण गर्ने यी हुन् ल्वाँङका १० गुणहरू

 
काठमाडौं, ल्वाँङलाइ नेपाली खानामा बिशेष ठाउँ दिइएको छ । यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन । यसको उपयोग तेल तथा एन्टीसेप्टिकका रुपमा गर्ने गरिन्छ । ल्वाँङमा तपाइँको स्वास्थ्यलाइ तन्दुरुस्त राख्नका लागी कयौं गुणहरू रहेका हुन्छन ।

ल्वाँङमा हुने एक बिशेष प्रकारको स्वाद यसमा हुने एक तत्व युजेनलको कारणले हुने गर्दछ, यहि तत्वका कारण यसका एक बिशेष किसिमको गन्ध उत्पन्न हुन्छ । यद्दपी, ल्वाँङ हरेक मौसममा हरेक उमेरका मानिसहरूका लागी लाभदायक छ तर सर्दीको मौसममा यसको बिशेष महत्व रहेको छ, किनभने यसमा गर्मी गर्ने तत्व धेरै हुन्छ । ल्वाँङको तेलले निकै गर्मी गराउँदछ, यसका कारण यसको निकै सावधानीसंग प्रयोग गर्नु पर्दछ । जब तपाइँ यसलाइ आफ्नो त्वचामा प्रयोग गर्नुहुन्छ, त्यतिबेला यसलाइ केही अन्य कुरामा मिलाएर लगाउनु पर्दछ ।



यहाँ ल्वाँङका १० गुणहरूका बारेमा चर्चा गरिएको छ

१. दांतहरूमा हुने पीडामा ल्वाँङको प्रयोगले राहत मिल्दछ र यही कारणले ९९ प्रतिशत टूथपेस्टमा हुने पदार्थहरूको लिस्टमा ल्वाँङको बिशेष रूपमा प्रयोग हुने गर्दछ ।

२. खोकी र गन्हाउने स्वासको उपचारका लागी ल्वाँङको प्रयोग गर्न सकिन्छ । ल्वाँङको नियमित प्रयोगले यी समस्याहरूबाट छुटकारा पाउन सकिन्छ । तपाइँ ल्वाँङलाइ आफ्नो खानामा तथा यसलाइ सुपका साथमा खान सक्नुहुन्छ ।

३. सामान्य रूपमा हुने सर्दीलाइ ल्वाँङले ठिक गर्न सक्दछ । तपाइँ ल्वाँङको तेलको दश थोपा महमा मिलाएर दिनमा दुइ देखि तीन पटक प्रयोग गर्न सक्नुहुन्छ । जसले तपाइँको सर्दीलाइ ठिक गर्न सक्दछ ।

४. ल्वाँङमा दिमागी स्ट्रेसलाइ कम गर्ने गुण पनि हुन्छ । ल्वाँङलाइ तपाइँ तुलसी, पुदीना र अलायचीका साथमा प्रयोग गरेर सुगन्धित चिया बनाउन सक्नुहुन्छ, साथै यही मिक्स तपाइँ महका साथमा प्रयोग् गरे स्ट्रेसबाट छुटकारा पाउन सक्नुहुन्छ ।

५. यदि तपाइँ त्वचा सम्बन्धी समस्याहरू जस्तै, पोतो, ब्ल्याकहेड्स,र व्हाइट हेड्सबाट चिन्तित हुनुहुन्छ भने यसको उपाय ल्वाँङको तेलमा लुकेको छ । तपाइँले यसलाइ आफ्नो फेसप्याकमा मिलाएर प्रयोग गर्न सक्नुहुन्छ किनभने यो निकै पोल्ने हुन्छ, यसको सिधै त्वचामा प्रयोग गर्न हुँदैन ।

६. ल्वाँङको तेलमा अन्य कुनैपनि तेलको तुलनामा सबैभन्दा धेरै एन्टीअक्सीडेन्ट गुणहरूले भरपूर हुन्छ । एन्टीअक्सीडेन्ट स्वस्थ त्वचा र शरीरलाइ तन्दुरुस्त राख्नमा निकै उपयोगी हुन्छ । ल्वाँङ तेलमा मिनरल्स जस्तै पोटाशियम, सोडियम, फस्फोरस, आइरन, भिटामिन A, र भिटामिन C अत्यधिक मात्रामा हुने गर्दछ ।

७. ल्वाँङको तेललाइ कुनै बिषालु किराहरूले टोकेमा घाउमा प्रयोग गर्न सकिन्छ ।

८. ल्वाँङको प्रयोग गरेर बनाइएको चियाले केशलाइ निकै फाइदा पुर्याउँछ । ल्वाँङको चियालाइ केश कलर गर्न र स्याम्पु गरेपछि लगाउन सकिन्छ । यसलाइ चिसो बनाएपछि मात्र केशमा प्रयोग गर्नु पर्दछ । तपाइँको केशलाइ सुन्दर बनाउन यो निकै उपयोगी सावित हुन्छ ।

९. ल्वाँङबाट केशका लागी कन्डीशनर पनि बनाउन सकिन्छ । यदि तपाइँको केशमा छिटै लट्टा पर्ने जस्तो समस्या रहेको छ भने, यसबाट बनाइएको कन्डीशनर निकै असरकारक हुन्छ।

१०. ल्वाँङको उपयोगबाट उलटी आउने समस्या, डराउनु र मर्निङ सिकनेसमा आराम मिल्दछ । ल्वाँङको तेलमा केही अमिलो र थोरै चिनीका साथमा पानी राखेर पिउनु पर्दछ ।

यति धेरै उपयोगी ल्वाङको तपाइँ पनि प्रयोग गर्न थाल्ने कि ?

ढुक्क हुनोस्: दूध अमृत नै हो

 
som-khanal
सोम खनाल
केही दिन यता नेपाली भाषामा प्रकाशित हुने केही अनलाईन पत्रिकाहरूमा “दूध अमृत कि बिष ?”, “दूध एक रोचक जानकारी”, “याद गर्नुहोस गार्ई, भैंसीको दूध मानिसको लागि घातक विष हो”, “आश्चर्य हैन त !” “गाइ भैंसीको दुधबारे बुझ्नै पर्ने कुरा”लगायतका शिर्षकमा निरन्तर प्रकाशित भईरहेका केही सामाग्रीरूले आम जनमानसमा भ्रम पर्न गएको महसुस भएको छ । त्यसैले त्यस्तो भ्रम निबारणको लागि बैज्ञानिक अनुसन्धानबाट प्राप्त तथ्यहरूलाई समाबेश र बिष्लेशण गरी यो आलेख तयार गरिएको छ । सर्बप्रथम: म आफू नेपालमा दुग्ध बिज्ञान प्रबिधिको क्षेत्रमा २०५३ साल देखि काम गरिरहेको; फुलब्राईट छात्रबृत्तिमार्फत अमेरिकाको साउथ डकोटा स्टेट विश्वबिध्यालयबाट दुग्ध बिज्ञान प्रबिधिमा स्नातकोत्तर गरेर र हाल अमेरिकाकै ‘युनिभर्सिटी अफ विस्कनसीन-म्याडिसन’ (जुन दुग्ध बिज्ञान प्रबिधिमा करिब १०० बर्ष अघिदेखि अनुसन्धान शुरू गर्ने अमेरीकाकै पहिलो विश्वबिद्यालय हो) मा दुग्ध बिज्ञान प्रबिधिमै बिद्याबारिधी गरिरहेको मानिस हुँ । त्यसैले दूधको बारेमा भए गरेका बैज्ञानिक अनुसन्धानका अध्ययन बिष्लेशण गर्ने काममा सरोकार राख्दछु । त्यसैले यस लेखमा प्रस्तुत हुने अधिकांश बिषयहरूलाई मेरा निजी बिचार मात्र नभएर, बैज्ञानिक खोज अनुसन्धानबाट प्राप्त सर्बस्वीकार्य निष्कर्षलाई सरल भाषामा प्रस्तुत गर्दै दूधको बारेमा चलाईएको अनर्गल हल्लालाई चिर्ने कोशिसका रुपमा बुझिदिनु हुन पाठकबृन्दमा अनुरोध छ ।
उपरोक्त शिर्षकहरूमा छापिएका “लेख” र “लेखक” र लेखको श्रोत:
बुझ्दै जाँदा माथिका शिर्षकहरूमा लेखिएका ‘कथित’ लेखहरूका नेपाली’लेखक’ अंग्रेजी बिषयमा स्नातकोत्तर गरेका र उच्च माबिमा अध्यापन गर्ने एकजना शिक्षक रहेछन् । उनले छपाएका लेखहरूलाई झट्ट हेर्दा त्यहा उठाईएका कुराहरू उनको गहन अध्ययन र बिश्लेषणबाट निकालिएका निष्कर्शहरू जस्तो भान पर्दछ । तर त्यो सत्य होईन । ति “कथित लेखहरू” Robert M. Kradjian नामका एकजना स्तनको शल्यक्रिया गर्ने सनकी डाक्टरले लेखेको THE MILK LETTER: A MESSAGE TO MY PATIENTS शिर्षकको वाहियात लेखलाई टाकन टुकन मिलाएर उल्था गरि तयार गरिएका छन् । Robert M. Kradjian दूध सेवन गर्नु हुन्न भनेर हल्ला चलाउने एक अमेरिकी हुन् । उनी पोषण बिज्ञानका ज्ञाता होईनन्, त्यसैले सचेत अमेरिकीहरूले उनका दूध बिरोधी कुरालाई एक कानले सुनेर अर्को कानले उडाईदिन्छन् । यो लेखलाई नेपालीमा उल्था गरेर कपटपुर्ण तरिकाले आफ्ना बिश्लेषणको रूपमा प्रस्तुत गर्ने (नेपाली) लेखक अंग्रेजी शिक्षणका ज्ञाता त होलान् तर बैज्ञानिक तथ्यहरूलाई बिश्लेषण गरेर निष्कर्शको रुपमा प्रस्तुत गर्न योग्य ब्यक्ति भने होईनन् । उनले यी लेखहरूमा आफ्नो अंग्रेजी भाषा-ज्ञानको भरपूर दुरुपयोग मात्र गरेका छन् ।
Robert M. Kradjian कै कुरा गर्दा पनि उनी क्यालिफोर्निया राज्यमा बस्छन् र आफ्नो पेशाको अलाबा दूध बिरोधी अभियान पनि चलाउछन् । तर समग्र अमेरिकामा दैनिक २५ करोड लिटर भन्दा बढी र Robert M. Kradjian बस्ने क्यालिफोर्निया राज्यमै दैनिक ५ करोड लिटर भन्दा बढी दूध उत्पादन हुन्छ । अमेरिकामा बार्षिक सरदर ३००० मेट्रिक टनको दरले दूध उत्पादन र खपतमा बृद्धि भईरहेको छ । यदी Robert M. Kradjian ले भने जस्तो दूध बिष भैदिएको भए सचेत अमेरिकीहरूले “बिष”को उत्पादन र सेवन किन गर्थे होला र !
दूधलाई बिष साबित गर्न प्रयास गर्ने Robert M. Kradjian र उनका नेपाली उल्थाकारले अधि सारेका केही कुतर्कहरूमा: दूधमा रहेका हर्मोनले मानव शरीरलाई हानी गर्छ, दूधले मधुमेह गराउछ, दूधमा रहेको ल्याक्टोज पचाउन नसकिने भएकोले दूध खानु हुँदैन, क्याल्सियमका लागि दूध जरूरी छैन, क्याल्सियम नभए पनि हुन्छ, दूधले एलर्जी गराउँछ, मुटुको रोग लगाउँछ, शरीरको अधिक बृद्धि गराउँछ, आदि आदि अनेक तथ्यहीन र सर्वथा बेतुके कुराहरू अघि सारेका छन् । उक्त कुतर्कहरू देहाय अनुसारका बैज्ञानिक तथ्यका आधारमा गलत, अतिसयोक्तिपूर्ण, भ्रामक र सर्बथा तथ्यहीन छन् ।
हर्मोनले खासै केही असर गर्दैन :
दूधका दुष्मनहरूले दूधमा पाईने हर्मोनहरूको कारण दूध बिष हो भनेका रहेछन् । तर यो सत्य होईन । अनेक प्रकारका हर्मोनहरू प्राणी तथा वनस्पती श्रोतबाट प्राप्त हुने हरेक खाद्य बस्तुमा पाईन सक्छन् । यदी यी हर्मोनहरू बिष हुन्थे भने हामीले खाने हरेक खाद्य बस्तुलाई बिष मान्नु पर्ने हुन्छ । हाम्रो शरीरले पनि त्यस्ता कयौं हर्मोनहरू बनाईरहेको हुन्छ । हाम्रो शरीरमा बाह्य वा शरीर भित्रै उत्पादन हुने हर्मोनहरू कतिबेला सकृय वा निस्कृय हुने भन्ने बिकसित संयन्त्र बिद्यमान रहेको हुनाले अनाबश्यक हर्मोनहरूलाई अन्य खाद्य बस्तु झै शरीरले पचाई दिन्छ र दिशा पिसाबको माध्यमबाट निस्कासित गरिदिन्छ । गाईबस्तु दुहुंदा सुईको रूपमा दिईने अक्सीटोसीन हर्मोनले हामीलाई हानी गर्छ भन्ने निश्कर्ष पनि कहि कतै निकालिएको छैन, बरू प्रसिद्ध जर्नल “नेचर” मा सन २००५ मा प्रकाशित लेख अनुसार मानिस तथा पशुमा प्रेम वा विश्वासको भाव जगाउने हुनाले अक्सीटोसीनलाई बिश्वास जगाउने हर्मोन (Trust hormone) पो भनिएको छ  (हे. Vol 4352_June 2005_nature_03701) ।
यद्यपी सकेसम्म “स्वाभाबिक तवरले दूध उत्पादन गर्न पर्छ” भन्ने स्वच्छ दूध उत्पादन अबधारणाको आधारमा त्यस्तो हर्मोनको सुई नदिनु उचीत हुन्छ भनिएको हो । र यस्तो अबधारणा निर्माण गर्नेहरू पनि दूध उत्पादक किसान र दुग्ध बैज्ञानिकहरू नै हुन् । यसका अलावा दूधमा पाईने ‘मेलाटोनिन’ भन्ने हर्मोनले मीठो निन्द्रा निदाउन मद्दत गर्ने र यो पार्किन्सन्स र अल्साईमर जस्ता बुढ्यौलीमा लाग्ने रोगको निदानमा उपयोगी हुने देखेर फिनल्याण्ड जस्ता अति बिकसित देशमा अधिक’मेलाटोनिनयुक्त दूध’ उत्पादन गरि बेच्ने समेत गरिएको पाईन्छ (हे. Nord J Psychiatry 2005;59:217-221) ।
मधुमेह र दूधको सम्बन्ध छैन :
आलोचकहरूले गाईबस्तुको दूधको कारण मधुमेह हुन्छ भनेर नितान्त निराधार र भ्रामक कुरा गरेका छन् । उल्था गरिएको नेपाली लेखमा त झन प्यांक्रियाजका “बेटा आईसलेट सेल”, “इन्सुलिन” आदि शब्दावलीको प्रयोग यस्तरी गरिएको छ कि लेखक आफै ति कोषहरूको अध्ययन गरेका पोख्त बैज्ञानिक हुन् । तर यथार्थ त्यस्तो होईन, लेखकका लागि यी शब्दहरू सबै “अरेका कुरा” मात्र हुन्, यी शब्दहरूलाई केलाउन सक्ने उनी आधिकारिक ब्यक्ति हुदै होईनन् । भएको चाही के हो भने ऊटको बाहेक अन्य पशु बस्तुको दूधमा मानव दूधमा नपाईने एउटा बेटा ल्याक्टोग्लोबुलिन नामको प्रोटिन पाईन्छ । त्यसैले बैज्ञानिकहरूले कतै यो प्रोटिन र मधुमेहको सम्बन्ध छ कि भनेर १९९० को दशकमा केही अनुसंधानहरू गरेका थिए । ति मध्ये केही प्रारम्भिक अनुसन्धानले त्यस्तो सम्बन्ध हुनसक्ने खालको अवधारणा प्रस्तुत गरेका पनि हुन्, तर पछि गरिएका बिस्तृत अध्ययनले बेटा ल्याक्टोग्लोबुलिनको सेवन गर्नु र मधुमेह हुनुसंग कुनै सम्बन्ध छैन भन्ने प्रष्ट पारेका छन् (हे. Diabetes_ November_ 1999_vol. 48_ no. 11_ 2145-2149) । तर दूधका दुष्मनहरूले भने तिनै खारेज भईसकेका नितान्त प्रारम्भिक अबधारणामात्र प्रमाणको रूपमा उल्लेख गर्छन् र उही सुगा रटाई दोहोर्याउछन् । के चाही सत्यको नजिक छ भने, शीसुहरू जन्मेको छ महिना सम्म उनीहरूको आन्द्रा पातलो हुनाले केही ठूल्ठूला अणुहरू पनि सोसिएर रगतमा जान सक्दछन् र तीनले भबिष्यमा कुनै न कुनै किसिमका हानी पुर्याउने सम्भावना हुन सक्दछ । त्यसैले जन्मेको छ महिना सम्म भरसक शिशुहरूलाई आमाको दूधमात्र खुवाउनु नै उत्तम मानिन्छ (हे. Journal of Proteome Research2008, 7, 2165–2167) । तर सबै शिशूहरू उत्तिकै भाग्यमानी कहाँ हुन्छन् र ! कतिका आमाले प्रसब अबस्थामा नै ज्यान गुमाउछन् भने कति आमाहरूको पर्याप्त मात्रामा दूध आउदैन । त्यस्तो अबस्थामा शिशुहरूलाई खुवाउने एकमात्र बिकल्प भनेकै गाईबस्तुको दूध वा सोवाट बनाईएका शीसु आहार (फर्मुला) हुन् । हामीले नै देखेका छौ, कयौ त्यस्ता बाबु नानीहरू जो आमाको दूध चाख्न पनि नपाईकन केवल गाईभैसीको दूधको भरमा हुर्केका छन् । उनीहरुका लागि गाईबस्तुको दूध अमृत भयो कि बिष ? त्यो हरकोहीले सहजै अनुमान गर्न सकिने कुरा हो ।
दूधको एलर्जी बढाई-चढाई मात्र हो:
दूधका दुष्मनहरूले मानिसहरूमा हुने एलर्जीको सबै भन्दा ठूलो कारण दूध हो भनेर नितान्त असत्य कुरा गर्ने गरेका छन् । बास्तबमा एलर्जी भनेको सबैलाई हुने कुरा होईन । प्रोटिन पाईने हरेक खाद्य बस्तुले कसै कसैलाई एलर्जी गराउन सक्दछन् । बदामले सबै भन्दा धेरै मानिसलाई एलर्जी गराउने गरेको पाईन्छ । स्कूले उमेरका बच्चाहरूलाई बदामको एलर्जीबाट बचाउन कतिपय बिकसित देशका स्कूल आसपासमा बदाम मिसाईएको खाद्य बस्तु बेच्न समेत मनाही गरिएको पाईन्छ । रूखमा फल्ने नट्सहरू (काजु, पेस्ता, ओखर आदी) ले पनि कसै कसैलाई एलर्जी हुन्छ । कतिपयलाई अण्डाले एलर्जी हुन्छ भने कोहीलाई गहुंको कारण एलर्जी हुन्छ । यसरी बदाम, रूखमा फल्ने नट्स, अण्डा, दूध, गहू, भट्टमास, माछा, र खोलसहितका माछा (सेल फिस)लाई एलर्जि गराउन सक्ने आठ मूख्य खाद्य वस्तु मानिएको छ (हे.http://www.foodallergy.org/allergens)। यूरोप र अमेरिकाको तथ्यांक हेर्ने हो भने १०० मा औषत ३ जना बच्चाहरूलाई दूधको कारण एलर्जी हुने गरेको देखिन्छ । र, त्यस्तो एलर्जी पनि बच्चा तीन बर्षको भएपछि आफै हराएर जाने गर्दछ (हे. Ann Allergy Asthma lmmunol2002;89(Suppl):33-37) । जुन खाद्य बस्तुले जुन मानिसलाई एलर्जी हुन्छ त्यसका लागि मात्रै त्यो खराब हुन्छ । यसरी एलर्जीका दृष्टिकोणबाट हेर्दा पनि तीन बर्ष मूनीका सरदर ९७ प्रतिशत र सो उमेर भन्दा माथीका प्राय: शतप्रतिशत जनसंख्याका लागि दूध अमृतै हो ।
ल्याक्टोज नपच्दैमा केही हुन्न !:
दूधमा हुने दुई-ईकाई चिनी (डाईस्याकाराईड) लाईल्याक्टोज भनिन्छ । ल्याक्टोजलाई पचाउन ल्याक्टेज भन्ने ईन्जाईमले यसलाई ग्लुकोज र ग्यालाक्टोज भन्ने एक ईकाई-चिनीहरूमा टुक्राउनु पर्छ । कतिपय मानिसको आन्द्रामा त्यो ल्याक्टेज भन्ने ईन्जाईम बन्दैन । त्यसैले ल्याक्टोज शरीरले सोष्न सक्दैन, यस्तो अबस्थालाई ल्याक्टोज इन्टोलरेन्स भनिन्छ । त्यसरी ल्याक्टोज नपच्दा हदै भए पेट कुटुक्क दुख्न सक्ला, डकार आउला, पाद आउला वा एकदुई फेरा पातलो दिशा होला, तर त्यसले कुनै ठूलो असर गर्दैन । अमेरिकाको पर्डु विश्वबिध्यालयमा गरिएको एउटा बृहत बैज्ञानिक अध्ययनले पनि ल्याक्टोज नपच्ने कुरालाई अनाबश्यक रूपमा बढाई चढाई गरिएको भन्ने पुष्टि गरेको छ (हे. J. Nutr. 136: 1107–1113, 2006) । ल्याक्टोजको मात्राको कुरा गर्ने हो भने पनि गाई भैसीको दूधमा भन्दा मानव दूधमा करीब डेढ गुणा बढी (अर्थात ७%) ल्याक्टोज पाईन्छ । यदि ल्याक्टोज नपच्ने कारणले नै दूधलाई बिष मान्ने हो भने त झन् बढी ल्याक्टोज पाईने अमृतसरी आमाको दूधलाई नै बिष भन्नुपर्ने भयो, जुन सर्बथा गलत हो । ल्याक्टोज पचाउन नसक्ने मानिसहरूले ल्याक्टोज कम भएका दुग्ध पदार्थ खानु पर्छ । दूधलाई फटाएर छेनाबाट तयार गरिएका चिज, रसबरी, छुर्पी, पनीर जस्ता पदार्थमा ल्याक्टोज हुदैन । दहीमा पनि दूधमा भएको ल्याक्टोज ल्याक्टिक अम्लमा परिणत भईसकेको हुनाले न्यून मात्रामा मात्र ल्याक्टोज पाईन्छ, त्यसैले ल्याक्टोज पचाउन नसक्ने मानिसले दही मज्जाले पचाउन सक्दछन् ।ल्याक्टोज पचाउने क्षमता नभएका र मधुमेह भएका मानिसहरूका लागि मोही त झन् अमृत समान नै हुन्छ ।
क्लाल्सियम सम्बन्धी झूटको खेती:
दूधका दुष्मनले दूधमा अत्याधिक पाईने क्याल्सियम समेतलाई बेकामे तत्व भनेका छन् । त्यसलाई प्रमाणित गर्न जापानको “ओनिकावा” टापुका बासिन्दाले क्याल्सियम नै सेवन नगरे पनि स्वस्थ छन् भने बेतुके तर्क दिएका छन्, जुन अत्यन्त हास्यास्पद छ । मानिसको शरीरको सम्पूर्ण वजनको २% क्याल्सियमले ओगटेको हुन्छ । एउटा ७० केजी तौल भएको मानिसको शरीरमा करिब डेढ केजी क्याल्सियम हुन्छ । त्यसैले अमेरिकाको इन्स्टिच्यूट अफ मेडिसिनले स्वस्थ रहन दैनिक १ ग्राम क्याल्सियमको सेवन गर्नैपर्छ भनेर तोकिनै दिएको छ (हे. J. Nutr. 136: 1107–1113, 2006) । हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग मूटुका मांसपेशीलाई चलायमान राख्न क्याल्सियम नितान्त जरूरी हुन्छ । त्यसैले प्रकृतिले “क्याल्सियम गोदाम”को रूपमा शरीरमा हाडको निर्माण गरिदिएको छ । मानिसको १०० मिलिलिटर रगतमा १० देखि ११ मिलि ग्राम क्याल्सियम अनिवार्य हुनैपर्दछ । यदि रगतमा सो भन्दा बढी क्याल्सियम भयो भने हाम्रो शरीरले बढि भएको क्याल्सियम ‘गोदाम’ अर्थात हड्डीमा संचयको लागि पठाउँछ । त्यसको बिपरीत यदि रगतमा क्याल्सियमको मात्रा कम हुन गयो भने, शरीरले गोदाम (हाड खियाएर) बाट रगतमा क्याल्सियम पठाउने ब्यबस्था मिलाउँछ । यसरी रगतमा क्याल्सियमको मात्रा अनुसार हड्डीमा क्याल्सियम थप्ने वा हड्डी खियाएर क्याल्सीयम रगतमा पठाउने भन्ने कुरालाई ‘भिटामीन डि’ र ‘प्याराथाईरोईड हर्मोनले’ मिलेर नियन्त्रण गर्छन् (हे.Nature Reviews Molecular Cell Biology 4, 517-529 (July 2003)। यो सर्बस्वीकार्य र अत्याधिक बुझिएको बिषय हो । त्यतिमात्र होईन हाम्रो शरीरका बिभिन्न महत्वपूर्ण कोषहरूको बिचमा संचार-संकेतको आदान प्रदान गरेर अन्तरकोषिय समन्वय मिलाउनको लागि क्याल्सियम अति आबश्यक तत्व हो । यसले आन्द्रा वा पाचन प्रणालीमा हुन सक्ने क्यान्सरलाई नियन्त्रण गर्न पनि अतिनै महत्वपुर्ण भूमिका निर्बाह गरेको हुन्छ भन्ने तथ्य समेत अनुसंधानहरूबाट स्थापित भएको छ (हे. Journal of Cellular Biochemistry, Supplement 22:65-73 (1995) । यस दृष्टिकोणबाट हेर्दा एक कप दूध पिएरै ३०० मि.ग्रा. क्याल्सियम पाईने र दूधको सेवनबाट शारिरका बिभिन्नखाले कोषहरूको बिचमा राम्रो आपसी समन्वय रहन जाने तथा अन्य कारणबाट हुन सक्ने क्यान्सरको खतरालाई समेत रोक्ने भएकाले दूध अमृत नै भएको पुष्टि हुन्छ । यस्तो महत्वपुर्ण खनिजक्याल्सियम र त्यसको भरपर्दो श्रोत दूध बिना पनि मानिस स्वस्थ रहन सक्छ भन्नुजति मुर्खता के होला ? जहासम्म ओनिकावाका बासिन्दाको कुरा छ, उनीहरू दूध कम खाने आदिबासीहरू हुन् तर दूध नै खाँदैनन् भन्ने होईन । उनीहरू तुलनात्मक रूपमा दूध कम खान्छन् तर माछा, बंगुरको मासु (हड्डी सम्म नछाडी), अण्डा आदि खाने गर्दा रहेछन् र उनीहरूको शरीरलाई चाहिने न्यूनतम पोषण पुर्याउने रहेछन् । ओनीकावाका बासिन्दाहरूको तुलनात्मक लामो आयू हुनुमा सन्तुलित खाना, मोटोपनाको कमी, पर्याप्त ब्यायाम, वा बंशाणुगत कारणले समेत काम गरेका होलान भन्ने बैज्ञानिकहरूको मत रहेको छ (हे.Ann. N.Y. Acad. Sci. 1114: 434–455 (2007) । त्यहाका बासिन्दाले तुलनात्मक रूपमा कम दूध सेवन गरेर नै धेरै बाँचेका हुन भनेर कुनैपनि बैज्ञानिक अनुसन्धानले भनेको छैन । यो केवल दूधका दुस्मनहरूको बतासे अनुमान मात्र हो ।
दूधले मुटुको रोग लाउछ भन्नु तथ्यलाई बंग्याउनु हो:
हाम्रो शरीरको लागि क्याल्सियम अति नै महत्वपूर्ण छ, र दूधमा प्रचूर मात्रामा क्याल्सियम पाईन्छ भनेर भनेर माथिनै उल्लेख गरि सकिएको छ । स्वस्थ रहेर नियमित रक्त संचालनका लागि मुटुका मांसपेशी द्रुत गतिमा खुम्चनु र फैलिनु पर्दछ, र त्यसको लागि क्याल्सियम अति नै जरूरी हुन्छ । त्यसैले अत्याधिक क्याल्सियम पाईने दूधको सेवन मूटु स्वस्थ र कृयाशील राख्नका लागि जरूरी हुन्छ । अत्याधिक चिल्लो पदार्थको सेवनले रगतका धमनीहरू बुजिने रोग (Atherosclerosis) लाग्न सक्ने हुनाले हामीले फ्याटको मात्रा कम भएको दूध खाने गर्नु पर्दछ । गाईको दूधमा सरदर ४ प्रतिशत र भैसीको दूधमा ६ प्रतिशत फ्याट हुन्छ । तसर्थ रक्तचापमा पुर्याउने असरको हिसाबले हेर्दा भैसीको भन्दा गाईको दूध खानु उचित देखिन्छ । यद्यपी ‘तर’ काटेर वा कृम निकालेर फ्याटको मात्रा घटाईएको भएमा गाई, भैसी दूबैको दूधले रक्तचापमा खासै असर गर्दैन । त्यसैले मोटोपना भएका र रगतमा २०० मि.ग्रा. प्रति १०० मिलि भन्दा बढी कोलेष्टेरोल तत्व भएका मानिसले धेरै फ्याट भएको दूध, अण्डा आदि सेवन गर्न उचित हुन्न । त्यस्ता मानिसहरूका लागि पनि दही मथेर नौनी झिकि बनाएको मोही अतिनै लाभकारी हुन्छ । नौनी झिकिसकेको मोहीमा न्यून मात्रामा मात्र फ्याट बांकी रहन्छ, जसको कारण फ्याटबाट हुन सक्ने जोखिम घट्छ । यसका अलावा त्यस्तो मोहीमा ‘फ्याट ग्लोब्यूल मेम्रेन प्रोटीन’ नामका अत्यन्तै लाभकारी प्रोटिन पाईन्छन् । त्यस्ता प्रोटीनयुक्त मोहीको नियमित सेवनले क्यान्सर हुन बाट बचाउने र रगतमा कोलेष्टेरोको मात्रा घटाउन पनि मद्दत गर्छ भन्ने तथ्य  अनुसन्धानहरूले पुष्टि गरेका छन् ( हे. International Dairy Journal 18 (2008) 436–457) । यसरीमूटुरोग वा रक्तचाप र दूध सेवनको सम्बन्धलाई केलाउँदा दूधमा रहेको फ्याट मात्र केही हदसम्म दोषी देखिन्छ । तर दूधबाट त्यस्तो फ्याटलाई सजिलै हटाएर वा घटाएर सेवन गर्न सकिने तथ्यलाई बिर्षेर ‘दूधले मूटू रोग लगाउँछ’ भन्नु जस्तो भ्रामक कुरा के होला? त्यसैले फ्याट कम गरेको दूध, तथा दही मथेर नौनी झिकि बनाएको मोहीले मुटुरोग वा रक्तचापका रोगीहरूलाई झन घटाउँछ, त्यसैले दूध अमृत नै हो ।
दूधले अत्याधिक शारिरिक बृद्धि गराउँछ भन्नु गलत हो :
दूधको बिरुद्दमा अभियान चलाउनेहरूले पेश गर्ने गरेको अर्को (कु) तर्क दूधको कारण सामान्य भन्दा चांडो शरीरको बृद्धि हुन्छ भन्ने हो । यो कथनमा कत्ति पनि दम छैन । पश्चिमा देशका मानिसहरू सन्तुलित र कहिलेकाँही चाहिने भन्दा बढी पोषणयुक्त खानाहरु खाने गर्छन् र उनीहरू चाडै बढ्छन् पनि । त्यति हुदा पनि उनीहरूको उमेर अनुसार शरीरको उचाई र तौल ठीकै हुने गर्छ । रेष्टुरेण्टमा पाईने अनेक प्रकारका चिल्लोयुक्त जंक खानेकुरा खाने र ब्यायाम नगर्ने कारणहरूले मोटोपना देखिए पनि नियमित ब्यायाम गर्ने र सन्तुलित भोजन गर्नेहरूको तौल र शरीरको आकारमा असामान्यपना देखिदैन । नेपालको हकमा बढी पोषण हुने त कुरै छाडौ, अधिकांश बढ्दो उमेरका किशोर किशोरीहरू प्रोटीन नपुगेर उल्टै कुपोषणको शिकार हुने गर्छन् । “सुकेका नितम्ब र फुकेको पेट” नेपाली महिला पुरुषहरूको शारिरिक बनावटको पहिचान नै हो भने पनि हुन्छ । त्यसो हुनुमा बढ्दो उमेरमा यथेष्टमात्रामा प्रोटीन र क्याल्सियमको सेवन गर्न नपाउनु नै प्रमुख कारण हुन् । बढ्दो उमेरमा उनीहरूले प्रसस्त मात्रामा दूध, दही, महि आदी खान पाएका भए उनीहरूको शारिरिक बनावट पनि सलक्क मिलेको हुने थियो र उचाई पनि बढी हुने थियो ।
अन्य तर्कहरू पनि हावादारी छन्:
अनर्गल प्रचार गर्न कम्मर कसेकाले केही नचलेपछि सुन्दै अचम्म लाग्ने हावादारी कुरा पनि गर्ने गर्दछन् । उदाहरणको लागि दूधमा रहेको ‘केसीन’ भनिने प्रोटीन चिजबिजहरू टास्ने गम बनाउन प्रयोग हुने भएकाले यो हाम्रो आन्द्रामा टाँसिन्छ भनिएको रहेछ । संसारमा दुई प्रयोजनका लागि कारखानाहरूले केसीन प्रोटीन छुट्याउछन् । एउटा औद्योगिक प्रयोजनको लागि, जुन प्राय सडेर मानव उपयोगको लागि अवान्छित हुन थालेको दूधबाट बनाईन्छ । र अर्को खाद्य प्रयोजनको लागि । औद्योगिक प्रयोजनमा केसीनलाई टांक आदि बनाउन, गम बनाउन, कागज वा कपडालाई चिल्लो बनाउने कच्चा पदार्थको रूपमा प्रयोग गरिने सत्य हो । त्यसो गर्न केसीनलाई कयौ रसायनहरूसँग प्रतिकृया गराएर परिबर्तन गरिएको हुन्छ । त्यसो भन्दैमा शुद्द दूधमा रहेको केसीनलाई हानिकारक भन्न मिल्दैन । त्यसो त चामल या चिनीलाई पनि त रक्सी बनाउन प्रयोग गरिन्छ नि, तर चिनी र भातले रक्सीको जस्तो मात लाग्छ त ? ईलामका किसानले अमेरिकामा कुकुरको आहारा बनाउन छुर्पि निर्यात गर्छन् । अब के छुर्पीलाई कुकुरको आहारा भनेर हामीले खानु हुन्न भन्न मिल्छ ? कदापी मिल्दैन ।
उन्नत जातका गाईहरूले अत्याधिक दूध दिने हुनाले त्यस्तो दूध बिषाक्त हुन्छ भन्ने तर्क पनि सुनिने गरेको छ, जुन पनि सर्बथा असत्य छ । गाईहरूको उत्पादकत्व बढाउनका लागि नश्ल सुधार र सन्तुलित पोषण जस्ता स्वीकृत रणनीतिहरू अपनाईन्छ । यीनै रणनीतिलाई अधिकतम उपयोग गरेर उत्पादकत्व बढाउदैमा दूध बिषाक्त हुदैन । पोषणले उत्पादकत्वमा कस्तो प्रभाब पार्छ भन्ने थाहा पाउन नवलपरासी जिल्लाको भेडाबारीमा रहेको गोरखा ब्रुअरी आसपासका गाउँमा गएर हेर्न सकिन्छ । ति बस्तीहरूका किसानले बियर उत्पादनबाट निस्केको पौष्टिक ‘कट’ गाईबस्तुलाई खुवाउँछन्, जसको कारण त्यस्ता गाईबस्तुहरू हृष्टपुष्ट र अन्यभन्दा दुधालु हुने गर्दछन् । पश्चिमा देशहरुले भट्टमासको पीना, तोरीको पिना, मकै, चोकर जस्ता पोषिला दाना र अल्फाअल्फा, जस्ता घांसको पराल (साईलेज)को साथमा यथेष्ट पानी, खनिज र भिटामीनहरूको समेत कमी हुन नदिई गाईबस्तुको पोषण योजना बनाएका हुन्छन् । जस अनुसार पशुको शरिर ठिक्कको तर उत्पादकत्व अधिक हुने गरि मिलाईएको हुन्छ । दशकौको त्यस्तो प्रयासका कारण कयौं पुस्तापछि उत्पादनशील पशुको नश्ल तयार भएको हुन्छ । तर दूधको बारेमा कुप्रचार गर्नेहरूले केवल एक सुई दिएर मिनेटभरमा थारो गाईको कल्चौडोमा २० लिटर दूध तयार गरिन्छ, जसरी कुतर्क गर्छन्, जुन सर्बथा झूट मात्र हो ।
उपसंहार:
संसारमा अनेक थरी सोचाई भएका मानिस भेटिन्छन् । ‘यो संसारमा बांचेर केही हुन्न, सबैले सामूहिक आत्महत्या गर्नुपर्छ’ भनेर मानिसलाई मर्न उक्साउने मानिस समेत यही संसारमा छन् । त्यस्तै उल्टो बुद्धि एका-दुई मानिसहरूले हजारौ लाखौ बर्षदेखि अमृतको रूपमा स्वीकारिएको दूधलाई पनि केही नितान्त’आलाकांचा र अप्रमाणित’ अनुसन्धानको दुहायी दिदै ‘बिष’ हो भनेर दुष्प्रचार गर्नमा आफ्नो सम्पूर्ण शक्ति र सामर्थ्य लगाएर आफूसंग रहेको थोरबहुत बौदिकताको को समेत दुरुपयोग गरेको पाईन्छ । यसबाट कोही पनि उपभोक्ताले भ्रममा पर्न जरूरी छैन । बरू बजारमा पाईने दूध सडेको वा मिसावट भएको पो छ कि, प्रशोधन गर्ने कारखाना को स्वच्छता कस्तो छ, किसानहरुले दूध उत्पादनमा लापरवाही गरेका छन् कि भन्ने बारेमा चाही उपभोक्ताहरूले सधै सचेत हुन जरूरी छ । अस्वच्छ तरिकाले तयार गरियो भने अमृत पनि अमृत रहँदैन । तर स्वच्छता कायम गरिएर उत्पादन, प्रशोधन वा बितरण गरिएको शुद्द दूध हरेक उमेरका मानिसलाईस्वस्थ र तन्दुरुष्त रहन नभई नहुने पदार्थ हो । त्यसैले दूध अमृत नै हो ।
som.khanal@fulbrightmail.org
dainiknepal.com

सावधानः तीन महिनासम्म सेक्स गरे संक्रमणको खतरा

 
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार इबोलाको भाइरस ज्यादै खतरनाक हुन्छ र यसबाट संक्रमित व्यक्ति निको भएपछि सम्म पनि धेरै दिनसम्म यसको प्रभाव रहिरहन्छ ।
डब्ल्युएचओले इबोलाको संक्रमणबाट निको भएपछि खासगरी पुरुषले कम्तिमा पनि ९० दिनसम्म रहन्छ । इबोला भाइरसको संक्रमण मुख्य रुपले रगतसँगै थुक लगायतमा समेत रहिरहन्छ ।



अहिलेसम्म इबोला भाइरसको संक्रमण सेक्सुअली हो वा होइन भन्ने बारेमा ठोस प्रमाण त छैन तर पुरुषहरुको यौनांग लगायतका स्थानमा समेत इबोला भाइरस पाइएको छ र ९० दिनसम्म सेक्सबाट टाढा रहन सल्लाह दिइएको छ ।
डब्ल्युएचओका अनुसार इबोला भाइरस वीर्यमा लामोसमय अर्थात एक महिनादेखि तीन महिनासम्म रहनसक्छ । यसकारण विशेषज्ञहरुले इबोलाबाट ठीक भएका मानिसहरुलाई ९० दिनसम्म सेक्सबाट बच्न या कण्डम प्रयोग गरेर सेक्स गर्न सल्लाह दिएका छन् ।
इबोला भाइरसका कारण अहिलेसम्म १६ हजार मानिसहरु संक्रमित भइसकेका छन् भने ५६८९ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन समेत यस कुरालाई पुष्टि गरेको छ । एजेन्सी

तन्नेरी सिध्याउने रोग...

 
धेरै पढ्थ्यो, फलानो त खुस्केछ! गाँजा खान्थ्यो, साथी त खुस्केछ! कसैले असामान्य व्यवहार देखायो भने ऊप्रति हुने केही टिप्पणी हुन् यी। तर, मानसिक रोगको परिधि विशाल छ। नेपाली समाजमा यस रोगबाट

सिजोफ्रेनिया कडा खालको मानसिक रोग हो। खासगरी तन्नेरी यसबाट पीडित हुन्छन्। १५ देखि २५ वर्षका ऊर्जाशील युवायुवतीमा बढी देखिने यस रोगका कारण देशलाई नै अन्ततः ठूलो घाटा हुनेछ। राज्य नै मानसिक रोगीलाई सहयोग गर्न अग्रसर नहुने हो भने स्थिति झन् भयावह हुन सक्छ। सजना बराल र अम्मर जिसीले सिजोफ्रेनियाको त्रासदी मापन गर्न खोजेका छन्।

केस नं. १
श्रद्धा २३ वर्षकी भइन्। पाँच वर्षअघि उनी एमबीबीएस पहिलो वर्षकी विद्यार्थी थिइन्। त्यही बेला उनमा अनौठो खाले समस्या देखापर्योभ। होस्टेलमा बसेर अध्ययन गर्दै गरेकी श्रद्धाको समस्या सुनेर उनलाई यो ‘फुस्किछ’ भनेर उडाउने धेरै थिए। उनलाई एक्लै कोठामा बस्दा पनि अचानक सिनियर केटा साथी तथा पुरुष शिक्षकहरू बोलेको आवाज सुनेको जस्तो लाग्न थाल्यो। किताब पढेर बसिरहेको अवस्थामा केटा साथीहरूले जिस्काइरहेको जस्तो लाग्ने हुन थाल्यो। कोठाको सिलिङ फ्यान चल्दा पनि केटा साथीहरू नै बोलेको जस्तो लाग्ने भयो। उनलाई कोठामा एक्लै हुँदा पनि केटाहरूले किन हाँसिरहेकी? कसरी मस्केकी? भनिरहेका र अश्लील गाली गरिरहेका अनौठो महसुस हुन थाल्यो। उनलाई आफ्ना संवेदनशील अंगबारे केटाहरूले जथाभाबी टीकाटिप्पणी गरेको भान हुन्थ्यो। जब साथीहरू भेट्थिन, श्रद्धा पहिला उनीहरूलाई ‘मलाई तिमीहरूले किन जे मन लाग्छ त्यही भन्ने गरेको?’ भनेर कराउँथिन्। उनका केटा साथीहरू चाहिँ उनलाई ‘साइको’ भन्दै उडाउँथे। उनको समस्या बढ्दै गयो। उनले पढाइमा ध्यानै दिन सकिनन्। ट्वाइलेट जाँदा पनि कसैले हेरिरहेको जस्तो लाग्ने, ट्वाइलेटमा क्यामरा जडान गरेको छ कि जस्तो लाग्ने, दिसापिसाब गर्नका लागि कपडा खोल्न पनि नसक्ने जस्ता समस्या आइलाग्यो। महिनावारी हुँदा सरसफाइसमेत गर्न डराउन थालिन्। उनका सबै गतिविधि कलेजमा सँगै पढ्ने केटा तथा शिक्षकहरूले देखिरहेका छन् भन्ने दिमागमा आइरहनाले उनी झन्–झन् समस्यामा पर्न थालिन्।
मेडिकलको स्टुडेन्ट भएको र कलेजमा मानसिक रोग विभाग पनि भएकाले उनको रोग पत्ता लगाउन खासै कठिन भएन। लक्षणका आधारमा चिकित्सकले उनलाई ‘सिजोफ्रेनिया’ नामक गम्भीर मानसिक रोग लागेको निर्क्योल गरे। तर, उनको कलेजले उपचारमा सघाउनुको सट्टा उनलाई पढ्न नसक्ने भन्दै कलेज छोड्न बाध्य बनायो। उनी चिकित्सकहरूको माझमा पनि अपहेलित भइन्। सबैले ‘साइको’ भन्दै उनको खिल्ली उडाउन थाले। उनले विभिन्न अस्पताल र चिकित्सकसँग उपचार गराइन् तर उनको अवस्थामा सुधार आएन। सेवन गरेको औषधिको साइड इफेक्टका कारण उनले थप समस्या भोग्नुपर्योध। एक वर्षदेखि पाटन अस्पताल मानसिक रोग विभागमा उपचार गराइरहेकी श्रद्धाको स्वास्थ्य अवस्थामा अहिले निकै सुधार आएको छ। अस्पतालले उनलाई विद्युतीय कम्पन उपचार (इलेक्ट्रिकल सक थेरापी) गरिरहेको छ। उनी अहिले पद्यकन्या क्याम्पसमा अध्ययन गर्न थालेकी छिन्।
केस नं. २
३८ वर्षीय सुमन एक सरकारी कार्यालयका लेखापाल हुन्। उनले जागिर खान थालेको १५ वर्ष भयो। विगत १० वर्षदेखि उनी पनि अनौठो समस्याले ग्रसित छन्। उनलाई आफूसँगै काम गर्ने अफिसका सबै स्टाफ उनीविरुद्ध लागेको जस्तो लाग्छ। सबै मिलेर भ्रष्टाचारमा फसाउन थालेको जस्तो लाग्छ। अफिसको हरहिसाब उनैले हेर्ने भएकाले उनी कसैलाई कुनै कागज छुनसमेत दिँदैनन्। हाकिमले हिसाबकिताबको फाइल माग्दा उनी निकै नै समस्यामा पर्छन्। फाइल हाकिमको टेबलमा राखेपछि उनको होस गुम भएजस्तो हुन्छ। उनी जे सोचिरहेका छन्, त्यो अरूले थाहा पाइसकेको जस्तो लाग्ने हुन्छ। अफिसको कामकाजमा कसैको पनि विश्वास नगर्ने, सबैसँग तर्केर हिँड्ने, अरूले मद्दत गर्न खोज्दा रिसाउने, बेलाबेलामा आक्रामक हुने जस्ता लक्षण सुमनमा थियो। सुमनकी श्रीमती अस्पतालको नर्स हुँदा पनि उनी उपचारका लागि अस्पताल आइपुग्न वर्षौं लाग्यो। रोग लागेको धेरै वर्षसम्म त उनको स्वभाव नै यस्तै होला भनेर सबै झुक्किए। जब उनकी श्रीमतीले आफ्नो श्रीमान्लाई मानसिक समस्या रहेको भेउ पाइन्, त्यसपछि उनको उपचार सुरु गराइन्। सुमनको पनि हालसालैबाट उपचार सुरु भएको छ। उपचार सुरु गरेपछि अरूमाथि शंका गर्ने उनको लक्षणमा निकै सुधार आएको छ। उनी अहिले अफिसको काम सहज ढंगले गर्न सक्ने भएका छन्।


के हो सिजोफ्रेनिया?
सिजो अर्थात् टुक्रिएको र फ्रेनिया अर्थात् मन। यी दुई ग्रीक शब्द मिलेर सिजोफ्रेनिया बनेको हो। धेरैलाई यो शब्दको अर्थ टुक्रिएको व्यक्तित्व भन्ने गलत धारणा रहेको डा. शाक्य बताउँछन्।
यो एक प्रकारको सोच्ने प्रक्रियामा हुने गम्भीर मानसिक रोग हो। सिजोफ्रेनियामा इन्द्रियका असाधारण महसुस, सोचविचारमा असाधारण भ्रम हुने गर्छन्। जसले गर्दा गलत भाव, मिजास, गतिविधि आदि हुने हुन्छ। यो रोग लागेकाले अनौठो व्यवहार गर्छन्। यो एक किसिमको साइकोसिस हो। रोगीले वास्तविकता र अवास्तविकता छुट्याउन नसक्ने हुन्छ। ‘उपचार गर्दा पनि पूरा ठीक नहुने, प्रायः जिन्दगीभर लक्षणहरू आउने–जाने भइरहने आदि कारणले गर्दा यसका रोगीहरूले विश्वको आधी जस्तो मानसिक अस्पतालका शऒ्ढया ओगटिरहेका हुन्छन् भन्ने गरिन्छ,’ डा. शाक्य भन्छन्, ‘यो रोग लागेकाहरू सम्भवतः सबैभन्दा बढी सामाजिक अपहेलना र दुर्व्यवहारका शिकार हुने गरेका छन्। सिजोफ्रेनिया के कारणले हुन्छ भन्ने तथ्य अहिलेसम्म पत्ता लागेको छैन।’
कसरी चिन्ने सिजोफ्रेनिया?
सिजोफ्रेनियाका लक्षणहरू निकै व्यापक एवं थरीथरीका हुन्छन्। सिजोफ्रेनिया भन्नलाई सबै लक्षण हुन जरुरी हुँदैन। एकै रोगीको फरक समयमा भिन्नाभिन्नै लक्षण र एक रोगीको लक्षण अर्कोको भन्दा पूर्णतया भिन्न हुन पनि सक्छ। वास्तवमा विशेषज्ञहरू माझ सिजोफ्रेनिया एउटा मात्र रोग नभई अनेक रोगहरूको एक समूह भन्ने अवधारणा पनि छ।
सिजोफ्रेनिया भएकाहरूको निद्रा एकदमै गडबड हुन्छ। जसका कारणले बिरामीले चुरोट, रक्सी र गाँजा जस्ता नशालु पदार्थको सेवन अत्यधिक मात्रामा गर्न थाल्छन्। जसले गर्दा रोगीमा देखिएका लक्षण नशा सेवन गरेर भएको भन्ने अनुमान प्रायः सबैले लगाउँछन्। त्यसपछि बिरामीलाई नशालु पदार्थको सेवनबाट छुटकारा गराउन विभिन्न उपाय गरिन्छ। तर, समस्या एकातिर समाधानको उपाय अर्कोतिर खोज्दा बिरामीले निकै दुःख पाउने गरेका छन्। धेरै सिजोफ्रेनियाका बिरामीले आफूलाई के भएको हो भन्ने पत्ता लगाउन नसकेर नै दुःख पाउने गरेका छन्। ‘बिरामीले त आफूलाई के भएको हो, त्यो सजिलै थाहा पाउने कुरा भएन,’ डा. शाक्य भन्छन्, ‘उसका अभिभावक पनि यो रोगसँग झुक्किन्छन्। कतिपय अवस्थामा चिकित्सकले पनि बिरामीमाथि विभिन्न किसिमका औषधि सेवन गराएर परीक्षणमात्र गरिरहेका हुन्छन्।’

रोगपूर्वका संकेत
– बाल्यकालीन मौनता, निस्क्रियता र अन्तर्मुखी स्वभाव
– किशोरावस्थामा पनि सामाजिक अन्तरक्रियाभन्दा एक्लै रमाउने
– अमूर्त विषयः दर्शन, धर्म आदिमा अनौठो रुचि देखाउने
– दीर्घकालीन टाउको, ढाड, पेट दुखाइ
– कमजोर पाचन समस्या
– अनौठो मिजास, बोली–व्यवहार, सोचविचार आदि
रोगी अवस्थाका लक्षण
– अनुचित लवाइ, हाउभाउ, गतिविधि, मूर्तिझैँ उभिरहने, अकारण अस्थिरता आदि
– अनुचित रिस, खुशी, उदासी, डर, चिन्ता वा भावविहीनता
– असामान्य इन्द्रिय स्वचालनः वास्तवमा नभएका, अरूले नसुन्ने ध्वनि, दृश्य, गन्ध आदि महसुस गर्ने।
– सिजोफ्रेनिया भएकाले प्रायः अवास्तविक ध्वनि सुन्ने गर्छन्। रोगीले आफूलाई गालीगलौज गरेको, उसको क्रियाकलापबारे अरूले कुरा गरेको आदि महसुस हुन्छ। कहिलेकाहीँ उनीहरू आफ्ना सोच फेरि प्रतिध्वनित भई सुन्ने पनि गर्छन्।


‘तन्नेरी सिध्याउने रोग’
डा. रवि शाक्य, प्रमुख
मानसिक रोग विभाग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
मानसिक रोग भन्नासाथ मानिसहरू पागलपन भनी अर्थ लगाउँछन्। बृहत् नेपाली शब्दकोशले पागलको अर्थ बहुला, सन्की, हावा खुस्केको भनेको छ। त्यस्तै पागलपनलाई बहुला अवस्था, बौलट्टीपन भनेर अर्थ्याइएको छ। तर, आधुनिक चिकित्सा क्षेत्रमा मानसिक रोगको निकै फराकिलो परिधि र परिभाषा छ।
विश्व स्वास्थ्य संगठनले सन् १९७० मा स्वास्थ्यलाई ‘पूर्ण शारीरिक, मानसिक र सामाजिक सन्तुलनको अवस्था, न कि केबल रोगव्याधिको अनुपस्थिति’ भनी परिभाषित गरेको छ र मानसिक सन्तुलनलाई आफू र आफ्नो वरिपरिको वातावरणसित सामञ्जस्यता भनी अर्थ्याएको छ। यसरी मानसिक सन्तुलन पनि स्वास्थ्यको प्रमुख अंग हो भन्ने प्रस्ट छ। विश्व स्वास्थ्य संगठनकै सन् १९९९ को तथ्यांकअनुसार मानवजातिको उत्पादनशीलताको व्यवधानमूलक प्रमुख १० रोगमध्ये पाँच वटा त मानसिक रोग नै पर्छन्। मानवमा सबैभन्दा बढी हुने मुटु तथा रक्तसञ्चारका रोगपछि दोस्रो बढी हुने रोग उदासीपन (डिप्रेसन) भन्ने मानसिक समस्या नै हो। विश्व स्वास्थ्य संगठनका अनुसार करिब १५ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक समस्याबाट पीडित छन्। मानसिक रोगलाई ‘मनोरोग’ भनिन्छ। मनोरोगअन्तर्गत अति सामान्य समस्या ‘टेन्सन हेड्याक’ देखि अति कडा रोग सिजोफ्रेनियासम्म पर्छन्। विश्वमा करिब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पीडित छन्। विश्वका १० खतरनाक रोगमध्ये मानसिक रोग दुई नम्बरमा पर्छ। सन् २०२० सम्ममा यो रोग पहिलो नम्बरमा पर्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ। डिप्रेसन, मेनिया, सिजोफ्रेनिया, दुर्व्यसनी र डिमेन्सिया कडा खालका मानसिक रोग हुन्। डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो। तर, दुर्भाग्यवश नेपालमा सचेतनाको अभावमा जनमानस, विद्वानवर्ग, स्वास्थ्यकर्मी एवं स्वास्थ्यनीति निर्माताहरूद्वारा अझै पनि मानसिक स्वास्थ्यलाई न्यून प्राथमिकता दिने, रोगीहरूलाई हेलचेक्य्राइँ र भेदभावपूर्ण व्यवहार हुँदै आएको छ। यससम्बन्धी थुप्रै गलत धारणा र अन्धविश्वास व्याप्त छन्।
सामान्य खालका मनोवैज्ञानिक समस्या २५ देखि ३० प्रतिशतसम्म मानिसको जीवनमा विभिन्न समयमा पाइन्छ। खासगरी समस्यासँग जुध्न नसक्दा मानिसलाई डिप्रेसन हुन सक्छ। तर, वंशानुगत रूपमा पनि मानसिक रोग लाग्ने सम्भावना देखिन्छ। मेहनत गर्न नछोड्ने, अनावश्यक कुरामा बारम्बार एकोहोरो नसोच्ने, लागुपदार्थ सेवन नगर्ने, मनमा रहेको समस्या अरूलाई बा”ड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावना कम भएर जान्छ।
सामान्य खालका मानसिक रोगमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने आदि पर्छन्। औÈधिसेवन र साइकोथेरापी गरेपछि यस्ता रोग निको हुन्छन्। अचानक हातखुट्टा नचल्ने, सास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, काम्ने आदि लक्षण भएमा त्यसलाई कन्भर्सन डिसोसिएटिभ डिसअर्डर भनिन्छ। यो पनि सामान्य मानसिक रोग हो।
डिप्रेसन मध्यम खालको मानसिक रोग हो। यो रोगका बिरामी निराश हुने, दिक्क हुने, बारम्बार रुने गर्न सक्छन्। हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने पनि हुन्छ उनीहरूलाई। डिप्रेसनका कतिपय बिरामीले आत्महत्यासम्म गर्न पुग्छन्। यो उपचार गरे निको हुने रोग हो।
लागुऔषध र रक्सीका कारण पनि मानसिक समस्या देखापर्छन्। बढी रक्सी सेवन गर्ने व्यक्तिमा छारे रोग लाग्न सक्छ। छारे रोग पनि मध्यम खालको मानसिक रोग हो। यो रोग लागेमा लामो समयसम्म औÈधि सेवन गर्नुपर्छ। सुस्त मनस्थिति पनि मध्यम खालको मानसिक रोग हो। उपयुक्त उपचार पाए यसको बिरामी निको हुन सक्छ।
बाइपोलर इफेक्टिभ डिसअर्डर कडा खालको मानसिक रोग हो। यो पटक–पटक दोहोरिने भएकाले यसलाई मनोचिकित्सकहरू पटके रोग पनि भन्छन्।
सिजोफ्रेनिया कडा खालको मानसिक रोग हो। यो सामान्यतया युवा अवस्थामा सुरु हुन्छ र प्रायः जिन्दगीभरि नै रहन्छ। यो रोगले विश्वको कुल जनसंख्याको एक प्रतिशत व्यक्तिलाई गाँजेको छ। विश्व स्वास्थ्य संगठनको हालको तथ्यांकअनुसार विश्वभर २ करोड ६० लाख मानिसलाई यो रोगले ग्रसित बनाएको छ। तन्नेरी अवस्थामा सुरु हुने र जीवनभर रहने भएकाले यो तन्नेरी सिध्याउने रोग हो।
यो रोगले बिरामीलाई दीर्घकालीन रूपमा आक्रान्त पार्ने भए पनि यसको वैज्ञानिक उपचार उपलब्ध छ। पूर्ण रूपमा निको नहुने र लक्षणहरू घटबढ भइरहने तर राम्रो उपचार उपलब्ध हुन सक्दा धेरै हदसम्म नियन्त्रणमा रहने रोग हो। रोगीहरूलाई राम्ररी मद्दत गर्न, समाजमा पुनःस्थापना गर्न, औषधिका साथै रोगबारे रोगी तथा उनका परिवार समाज सबैले उचित ज्ञान, सोचविचार र व्यवहार सिक्न र गर्न आवश्यक छ। द्वैध अर्थ लाग्ने व्यंग्यात्मक भाषा प्रयोग गर्ने, माया र घृणा चरम रूपमा व्यक्त गर्ने, परिवारमा सबै मिलेर एक्ल्याउने, फसाउने आदि वातावरणबाट रोगीलाई बचाउनुपर्छ। यो रोग लागिसकेपछि पनि कतिपय मानिसले मानव जातिको निम्ति सिर्जनात्मक साहित्य, कला, वैज्ञानिक अन्वेषण/आविष्कार गरेर अद्भूत योगदान गरेका उदाहरण छन्। यही रोगबाट ग्रसित गणितज्ञ जोन न्यासले नोबेल पुरस्कार पाएका थिए। सिजोफ्रेनिया लाग्दैमा जिन्दगी बेकार हुन्छ भनी सोच्नु गलत हो।
एजेन्सी




Saturday, December 6, 2014

यी हुन् स्मरणशक्ति अत्यन्तै तेज बनाउने मस्तिष्कवर्द्धक खानेकुराहरु

 
प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्‍न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्। चामल, गहुँ, मुँग, मकै आदि अन्न; लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारी; सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्।

बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ।
जमुना:जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ। वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ।बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ।
पालुंगो:बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन। पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ।
कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्‍ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ।
पालुंगो लाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन।
अमला:फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो।यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ। मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल-वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ।
अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ। अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल-वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन।
प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तै: काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा (जाम) सेवन गर्नु सर्वोत्तम हुन्छ।
स्ट्रबरी:अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो। रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ।
बदाम:बदाम (आलमन्ड) ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्।यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो। मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ। बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो।
ओखर:बदामजस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ। तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन। सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ।
अंकुरित गेडागुडी:अंकुरित गेडागुडी त अमृत भोजन नै हो। शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूकोनिर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ। तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ। जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ। यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ।

अन्य ब्रेन फुड्स:स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ। पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ। पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ' ब्रेन फुड मानिन्छ। आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ