भनिन्छ, ग्यास्ट्रिकले नेपालीलाई जन्मेदेखि छोड्दैन । हाम्रो अव्यस्थित खानपान र अन्य असावधानीका कारण यसले हामीले जिन्दगीभरी दुःख दिइरहन्छ । तर केही यस्ता सजिला तरिकाहरु छन्, जसबाट हामीले ग्यास्ट्रिकबाट केही राहत महसुस गर्न सक्छौं र लामो सयमसम्म ध्यान दिएमा निका समेत बनाउन सक्छौं । ग्यास्ट्रिकका कारण पेटमा समस्या छ भने स्ट्रबेरीको एक दुई दाना सेवन गर्नु स्वास्थ्यको लागि आभदायक हुन्छ ।
एक गिलास पानीमा एक चम्चा वेकिङ सोडा मिलाएर त्यसमा थोरै नुन र कागती फिटेर सेवन गर्दा त्यसले नसोचेको फाइदा पुग्दछ । हाम्रो वरिपरि पाइने घिउकुमारीको सेवन गर्नाले पनि ग्यास्ट्रिकबाट राहत महसुस गर्न सकिन्छ । पुदिना र दालचिनी राखेको चियाले पनि पेटको समस्या ठिक गर्न मद्दत गर्दछ । ग्यास्ट्रिकले सताएको छ भने सुकुमेल, जीरा, दालचिनी, लसुन तथा अदुवाको सेवनले फाइदा पुग्दछ । कागतीमा हाइड्रोक्लोरिक एसिड हुन्छ, जसले पाचन प्रक्रियालाई सघाउँदछ । यसको सेवनले पनि ग्यास्ट्रिकबाट राहत महसुस गर्न सकिन्छ ।
No comments:
Write comments