Thursday, November 27, 2014
निशुल्क अण्डकोष परिक्षण गर्ने भन्दै चपाचप पुरुषका लिङ्ग समाउँदै हिँडेपछी हंगामा
एक सुन्दर युवतीले निशुल्क रुपमा अण्डकोष परिक्षण गर्ने भन्दै सडकमा हिडिरहेका युवकहरुको गुप्तांग समाइदिएको भिडियो अहिले युट्युबमा भाइरल बनेको छ ।
सिम्पल पिकअप नामक ग्रुपले तयार पारेको यो भिडियोमा म्यारिसा नामकी एक सुन्दर महिला नर्सको कामूक पहिरनमा देखापर्छिन् । उनले हातमा रबरका पञ्जा लगाएकी छिन् र पुरुषहरुसँग गुप्तांग छोएर स्वास्थ्य परीक्षण गरिदिने प्रस्ताव राख्छिन् ।
अमेरिकाको लस एन्जल्सको सडकमा यस्तो गुप्तांग परीक्षण सेवामा उत्रिएकी हुन् ती युवती ।
निशुल्क अण्डकोष परीक्षण लेखिएको कागज लिएर म्यारिसासँगै एक युवकले बटुवाहरुलाई अण्डकोषण परीक्षणका लागि आग्रह गरिरहे । सुरुमा केही युवकहरु सुन्दैमा लजाएर हिँडे तर केही भने ती सुन्दरीलाई आफ्नो गुप्तांग समाउन दिन राजी भए । सुन्दरीलाई आफ्नो गुप्तांग परीक्षण गराउन दिन पाउँदा उनीहरु खुसी देखिन्थे तर केहीले भने लाजका कारण आफ्नो अनुहार नदेखाइदिन अनुरोध गरेका थिए ।
निशुल्क अण्डकोष परीक्षण भनिएको भएपनि यसरी अण्डकोष परीक्षण गराउनेसँग १ सय डलर दान मागिन्थ्यो र परीक्षण गराएका ६ जनाबाट ६ सय डलर रकम जम्मा भयो । उक्त ग्रुपको आधिकारिक च्यानलमा यो भिडियो अनलाइनमा अपलोड भएको ५ दिनमै यसलाई ३५ लाखले हेरे । यसबाट जम्माजम्मी ४ हजार १ सय डलर रकम जम्मा भएको बताइएको छ ।
पुरुषको स्वास्थ्य खासगरी प्रोस्टेट लगायतका क्यान्सरका विषयमा जनचेतना जगाउने ‘मुभेम्बर’ नामक अभियानका लागि यो रकम संकलन गरिएको छ । यसबाट संकलित रकम पुरुष क्यान्सर उपचारको सहयोगमा खर्च गरिनेछ ।
आफ्नो यौनांगको नियमित रुपमा नलजाइ स्वास्थ्य परीक्षण गराउनुपर्ने र कुनै डल्लो तथा गाँठागुठी देखिएमा अस्पतालमा गएर परीक्षण गराइहाल्नुपर्ने सन्देश समेत मुभेम्बर अभियानले तयार पारेको यो फन्नी भिडियोमा दिएको भिडियोको अन्तिमतिर बोल्दै म्यारिसाले बताएकी छिन् । एजेन्सी
No comments:
Write comments