top_rightads

Saturday, October 11, 2014

इन्टरनेटमा पोर्न सामाग्री हेर्ने महिलाहरुलाई चेतावनी!

 

शनिबार, साउन २४,
 एजेन्सी।इन्टरनेटमा यौन सामाग्रीहरुका बारेमा विश्वका अगल अलग देशमा विभिन्न प्रकारका कानुनहरु बनेका छन्। तर पनि ती कानुनहरुको पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन। त्यसैले पनि यौनजन्य सामाग्रीहरु प्रयोग गर्ने प्रयोगकर्ताहरुको संख्या इन्टरनेटमा बढ्दै गइरहेको छ।

इन्टरनेटमा ती यौनजन्य सामाग्रीहरु प्रयोगकर्ताको स्वभावलाई लिएर हालसालै गरिएको एक अध्ययनमा ठूलै चेतावनी सहितको तथ्य सार्वजनिक भएको छ।

यस अध्ययनका अनुसार, इटरनेटमा नियमित पोर्न सामाग्री हेर्ने महिलाहरु वास्तविक जीवनमा सेक्स सम्बन्धबाट टाँडा हुदै गएको पाइएको छ। र उनिहरु इन्टरनेटको माध्यामबाट नै आफ्नो यौन आकंक्षाहरु पूर्ति गर्ने आदत लाग्ने खतरा बढ्दै भएको देखिएको छ।

सामान्य विषमलिंगी सेक्स जीवन विताउने महिलाहरु र इन्टरनेटको लत लागेका महिलाहरुको बीच तुलनात्मक अध्ययन गर्दा यो तथ्य आयो कि, यौनाकांक्षाको पूर्तिलाई लिएर इन्टरनेटको प्रयोग गर्ने महिलाहरुमा वास्तवीक जीवनको यौन भन्दा इन्टरनेटमा पोर्न सामाग्री हेर्नेको जमात बढ्दै गएको देखाएको अध्ययनको प्रतिवदनमा भनिएको छ।

बेल्जियमको ब्रसेल्स स्थित वर्चुअल रियलिटी मेडिकल इंस्टीट्यूटका एक अध्ययनकर्ता ब्रेडा वीडरहोल्डले बताए अनुसार, “सामान्य रुपम सेक्स जीवन बिताउने महिलाहरु पुरुष प्रति आकर्षित छन। तर इन्टरनेटको पोर्न सामाग्रीमा रुचि राख्‍ने महिलाहरु खासै भौतीक रुपमा पुरुषसँग सेक्समा आकर्षण नभएको पाइएको छ।र यो जमात धेरै रहेको देखियो।”

शोध पत्रिका ‘साइबर सायकोलोजी बिहेवियर एंण्ड सोशल नेटवर्किंङ्ग’मा प्रकाशित प्रत्रिकामा ब्रेडाले भने, “यो अध्ययन केवल ३० जना महिलाहरु बीच गरिएको हो। यसबाट सामान्य रुपमा के पत्ता लाग्यो भने महिलाहरुमा इन्टरनेटमा पोर्न सामग्री प्रयोगको लत बढ्दै गएको र साइवर वर्ल्डमा नै बढी रमाउने खतरा बढ्ने सम्भावना भएको देखिएको छ।”

No comments:
Write comments