top_rightads

Showing posts with label खेलकुद. Show all posts
Showing posts with label खेलकुद. Show all posts

Wednesday, November 26, 2014

विश्व किर्तिमान राखेका सोमपालले दिए गर्भिलो उत्तर : मैले त पत्याईन


काठमाडौं : श्रीलंका भ्रमण राम्रो पनि रह्यो, नराम्रो पनि। व्यक्तिगत रूपमा मैले सोचेको भन्दा निकै राम्रो प्रदर्शन गर्न सकें, तर टिमले जित्न सकेन। तयारी खेल भए पनि जितको चाहना त हुन्छ नै। हङकङसँग हार्दा निकै नमिठो लाग्यो।

तीन दिवसीय खेल पहिलोपटक खेलेकाले मलाई खासै अनुभव पनि थिएन। तर जब पहिलो खेलमा आठ विकेट लिन सकें, दोस्रो खेलमा मेरो आत्मविश्वास निकै बढेको थियो।

पिच हेरेर मैले दुवै पालीमा कम्तीमा पाँच/पाँच विकेट लिन सक्छु जस्तो लागेको थियो। ब्याट्सम्यानलाई उनीहरूकै अनुकूल ठाउँमा मैले आउट गर्न सकें र १० विकेट हात पारें।

हामीले तीन दिवसीय खेल खेलेका दुबै टोलीमा श्रीलंकाको जुनियर टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडी सहभागी थिए। मलाई होचो देखेर होला श्रीलंकाली खेलाडी मेरो उचाइ सोध्न आएका थिए। उनीहरूले मेरो निकै प्रशंसा पनि गरे।

हामीले टीट्वेन्टी विश्वकप खेलेको उनीहरूले पनि हेरेका रहेछन। उनीहरूले कप्तान पारस खड्का, शरद भेषावकर र ज्ञानेन्द्र दाइको पनि खुबै प्रशंसा गरे। नेपालमा क्रिकेटको पूर्वाधार, छनोट विधिबारे जिज्ञासा पनि राखेका थिए।

तीन दिवसीय खेलमा मेरो ब्याटिङ राम्रो पनि भयो। दुवै खेलमा राम्रो ब्याटिङ गर्न सकें। वर्षाका कारण हङकङसँगका अधिकांश खेल रद्द भए। लगातारको प्रतीक्षापछि सम्भव भएको एकमात्र टीट्वेन्टी खेलमा भने टोलीको ब्याटिङ चल्न सकेन। पहिला ब्याटिङ गर्ने क्रममा हामीले २५ रन जोड्दा आठ विकेट गुमाइसकेका थियौं। टोलीका सबै सदस्य चिन्तित थियौं।

यस्तो अप्ठ्यारो स्थितिमा म १० औं नम्बरमा ब्याटिङ गर्न क्रिजमा गएँ। यसअघि तीन दिवसीय खेलमा राम्रो ब्याटिङ गरेकाले मलाई आफूमाथि विश्वास भने थियो। राम्रो बललाई रोक्ने र अवसर पाउनसाथ रन लिने मेरो योजना थियो। मैले त्यही गर्दै गएँ। मेरो आँखा समय समयमा स्कोर बोर्डमा हुन्थ्यो, टोलीले कति रन पुग्यो भनेर।

एक सय रनसम्म जोड्न सक्यौं भने हामी जित्न सक्छौं जस्तो लागेको थियो, तर त्यहाँसम्म पुग्न सकेनौं। पाली सकिएपछि हाम्रो टेक्निकल एनालिस्ट रमन दाइले तिमीले विश्व रेकर्ड बनायौं भन्नुभयो। उहाँको मजाक गर्ने बानी भएकाले सुरुमा मैले पत्याइनँ। तर, पछि थाहा पाएँ, उहाँले भनेको सही रहेछ।

त्यसपछि यति खुसी भएँ, त्यसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ। हङकङसँगको खेललाई आईसीसीले पनि मान्यता दिएकाले मेरो कीर्तिमानले पनि मान्यता पाउनु स्वभाविक थियो।

विश्वका होनहार खेलाडीलाई उछिन्दै म शीर्ष स्थानमा पुगें भनेर पत्याउन पनि गाह्रो भयो। फेरि ब्याटिङमा बनाएको कीर्तिमान भएकाले यसले मेरो छुट्टै परिचय पनि स्थापित गराएको छ। यो मेरो व्यक्तिगत सफलता मात्र होइन, सिंगो राष्ट्रले हासिल गरेको उपलब्धि हो।

यसअघि म बलरको रूपमा चिनिएको थिएँ। तर श्रीलंकामा मैले बलिङ र ब्याटिङ दुवैमा राम्रो गर्न सकेँ। बलिङ मेरो जिम्मेवारी हो, ब्याटिङ भने अवसर पाएको बेला खेल्नुपर्छ जस्तो लाग्छ। ब्याटिङमै विश्व कीर्तिमान बनाएकाले अब ममाथि टोलीको विश्वास पनि बढेको छ।

कोचले पनि यसरी नै ब्याटिङ राम्रो ग:यौ भने माथिल्लो क्रममा खेलाउँछु भन्नु भएको छ। हरेक खेलाडीको सपना हुन्छ, राम्रो अलराउन्डर बन्ने। श्रीलंका भ्रमणले यसका लागि मेरो आत्मविश्वास बढाएको छ। साँच्चै भन्ने हो भने श्रीलंका भ्रमणले मेरो परिचय नै फेरिदियो।


(राष्ट्रिय क्रिकेट टोली श्रीलंका भ्रमण सकेर मंगलबार स्वदेश फर्किएको छ। नेपालले त्यहाँ श्रीलंका क्रिकेट बोर्डले दिएको टोलीसँग दुईवटा तीन दिवसीय खेल र हङकङसँग एउटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल्यो।

दुईमध्ये एउटा तीन दिवसीय खेलमा नेपाल पराजित भयो भने एक खेल बराबरीमा सकियो। ती दुबै खेलमा कुल १८ विकेट लिएर नेपालका युवा बलर सोमपाल कामी म्यान अफ दि म्याच बने। उनले हङकङविरुद्धको टीट्वेन्टी खेलमा ब्याटिङमा विश्व कीर्तिमान पनि बनाए।

उनी टीट्वेन्टी क्रिकेटमा १० औं नम्बरमा ब्याटिङ गर्न आएर ४० रन बनाए, जुन विश्व कीर्तिमान हो। श्रीलंका भ्रमण र विश्व कीर्तिमानको विषयमा १८ वर्षीय  । एजेन्सी

खेल सकिएपछि जुमानु राईले कुटे दर्शक : कुटपिट पछि खेल मैदानमा तनाव


विराटनगर, मंसिर १०– नेपाली राष्ट्रिय टोलीका भरपर्दा खेलाडी तथा तथा नेपाल पुलिस क्लवका कप्तान जुमानु राईले दर्शक कुटेको छन् ।

मोरङको पथरीमा जारी पथरी गोल्डकप अन्तर्गत आज भएको सेमिफाइनल खेलमा झापा ११ सँग १–०ले पराजित भएपछि जुमानुले दर्शक कुटेका हुन्।

जुमानुका समर्थक किशोर पराजुलीले जुमानुले राम्रो खेल्छ भनेर खेल हेर्न आएको तर नराम्रो खेलेको भनेपछि आक्रोत्रित जुमानुले उनलाई कुटेको बताइएको छ ।
जुमानुले उनलाई कुटेपछि खेल मैदानमा केही बेर तनाव समेत भएको थियो । एजेन्सी

Tuesday, November 18, 2014

सचिन तेन्दुलकरले झण्डै १५ वर्षमा बनाएका कीर्तिमान धरापमा



एजेन्सी । ‘जसले मौकामा चौका हान्छ उसैले जीवनमा माजी मार्छ ।’ यस्तै गरेका छन् भारतीय क्रिकेटर विराट कोहलीले ।

श्रीलंकाविरुद्ध सन् २००८ मा डेब्युर गरेका कोहलीले अहिलेसम्म पछि फर्किएर हेर्नुपरेको छैन । उनले केही क्षेत्रमा मास्टर ब्लास्टर सचिन तेन्दुलकरलाई समेत पछि छाडिसकेका छन् ।

उनले यही रुपमा खेल्ने हो भने उनी एक दिन संसारकै सर्वश्रेष्ठ व्याट्सम्यान बन्नेछन् । हालै श्रीलंकाविरुद्धको सिरिजमा उनले आफू जिम्मेवारी उठाउन तयार रहेको पुष्टि गरेका छन् । एकातिर राँचीको खराब पिच र अर्कोतर्फ लगातार विकेट गिरिरहेको थियो ।

यसको बाबजुत कोहलीले संयमतापूर्व व्याटिङ गर्दै १३९ रनको महत्वपूर्ण पारी खेल्दै भारतलाई जित दिलाए ।

कोहली यो सँगै सबैभन्दा छिटो वान डे क्रिकेटमा २१ शतक बनाउने खेलाडी बनेका छन् । उनले २१ शतक आफ्नो १३८ औं पारीमा पुरा गरेका हुन् । यही २१ औं शतक सचिन तेन्दुलकरले २०० औं र शौरभ गांगुलीले २१७ औं पारीमा पुरा गरेका थिए ।

लक्ष्य पछ्याएको खेलमा खेलमा विराटको यो १३ औं शतक थियो, जबकी सचिन तेन्दुलकरले लक्ष्य पछ्याएको खेलमा सबैभन्दा बढि १४ शतक प्रहार गरेका थिए ।

जसका लागि सचिनले ४५२ पारी खेले भने कोहलीले १३८ पारी खेलेका छन् । यसपछि सइद अनवर र सनथ जयसूर्या ९–९ शतकका साथ तेस्रो नम्बरमा रहेका छन् ।

कोहली सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडिको लिस्टमा अब क्रिस गेल र हर्शल गिब्सका साग संयुक्त रुपमा पाँचौ नम्बरमा रहेका छन् । कोहली अब सचिन तेन्दुलकर (४९), रिकी पोन्टिङ (३०), सनथ जयसुर्या (२८) र शौरभ गांगुली (२२) भन्दा पछाडि रहेका छन् । राँचीमा खेलिएको श्रीलंका विरुद्धको खेलसँगै कोहलीले यो वर्षमात्रै १००० रन पुरा गरेका छन् ।

यो संगै उनले लगातार ४ वर्ष १००० रन बनाउने शौरभ गांगुलीको कीर्तिमानको बराबरी गरेका छन् । गांगुलीले सन् १९९७, १९९८, १९९९ र २००० मा लगातार १००० रन पार गरेका थिए । यस्तै उनी देश र विदेशमा द्विपक्षीय सिरिजमा क्लिनस्विप गने पहिलो कप्तान पनि बनेका छन् ।

श्रीलंका विरुद्धको खेलमा ५–० को जित निकाल्नुपूर्व कोहलीको अगुवाईमा भारतले जिम्बाबेलाई उसकै मैदानमा ५–० ले हराएको थियो । यी तमान उपलब्धिले विराट कोहलीले विश्वका सर्वश्रेष्ठ क्रिकेट हस्तीलाई पनि पछि पार्ने अनुमान गरिएको छ ।


- Seewww.nepalsandesh.com/2014/11/18/110063#sthash.4xS7dVv7.XlCwT4p2.dpuf

Wednesday, November 12, 2014

मेस्सीलाई अश्लिल शब्दको उपमा दिएको आरोप , रोनाल्डोद्वारा अस्वीकार



२६ कात्तिक, काठमाडौं । रियल मडि्रडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ड्रेसिङ रुपमा लिओनल मेस्सीलाई अश्लिल शब्दले बोलाउने गरेको आरोप अस्वीकार गरेका छन् ।
एक स्पेनिस फुटबल पत्रकारले रोनाल्डो र मेस्सीको सम्वन्ध बाहिर देखिए जस्तो सौहार्दपूर्ण नभएको र मड्रिडको ड्रेसिङ रुपमा रोनाल्डोले मेस्सीलाई अश्लिल शब्द उपनाम दिएको दावी गरेका थिए ।
तर, रोनाल्डोले भने आरोप अस्वीकार गरेपवाद हुन सक्दैनन् ।’
स्पेनिस पत्रकार गेलिनले आफ्नो पुस्तका छन् । उनले फेसबुक पेजमा लेखेका छन्-‘म सबै व्यवसायिक सहकर्मीहरुको समान्न गर्छु । मेस्सी अकमा दुई स्टर फुबटलको सम्वन्धबारे चर्चा गरेका छन् । उनले बर्नाबाउका खेलाडीहरुले नै आफूलाई यो सूचना दिएको दावी गरेका छन् ।
मेस्सीलाई अश्लिल शब्दको उपमा दिएर रोनाल्डोले यसलाई आयरल्याण्ड र बेलायतको जनताको सम्वन्धका रुपमा व्याख्या गर्ने गरेको पुस्तकमा दाबी गरिएको छ ।
रोनाल्डोको यस्तो व्यवहारलाई रियल मड्रिडकै खेलाडीहरुले भने यसलाई कुकुर र कठपुतली संग तुलना गरेको समेत स्पेनिस फुटबल पत्रकार गेलिनले बताएका छन् ।
रियल मड्रिडका रोनाल्डो र बार्सिलेानाका मेस्सी मध्ये उत्कृष्ट फुटबल भन्ने बहस टुङ्गएिको छैन ।

 http://www.onlinekhabar.com/2014/11/205715/#sthash.dFpH3cAc.dpuf

Tuesday, November 11, 2014

के बुवा बन्दैछन् धोनी ? महिला डाक्टरसँग भेटघाटमा व्यस्त छिन् साक्षी

Dhoni-Sakshiभारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी चाँडै नै बुवा बन्न लागेको खबर मिडियामा छाएको छ । यदि स्रोतलाई मान्ने हो भने धोनी र उनकी श्रीमती साक्षी उनीहरुको पहिलो सन्तानको आगमनको तयारीमा छन् ।   स्रोतको दाबी अनुसार साक्षी चार महिनाकी गर्भवती छिन् । स्मरण रहोस्, गत अप्रीलमा पनि साक्षी गर्भवती भएको खबर आएको थियो तर साक्षीले आफू गर्भवती भएको समाचार निराधार रहेको बताएकी थिइन् ।   २७ वर्षीय साक्षी अहिले दिल्लीको वसन्त कुञ्जस्थित हस्पिटलमा महिला डाक्टरहरुको सम्पर्कमा रहेको बताइएको छ । उनी नियमित उपचारको लागि उक्त हस्पिटलमा जाने गरेको समाचारमा उल्लेख छ ।   स्रोत भन्छ, ‘धोनी अहिले आफ्नी श्रीमतीमाथि थुप्रै उपहारहरुको वर्षा गरिरहेका छन् र उनलाई खुसी पार्न आफूले सक्दो प्रयास गरिरहेका छन् । ’ यद्यपी उनीहरु यो विषयमा अहिले कसैसँग पनि कुरा गर्न नचाहेको बताइएको छ ।       धोनीले आफ्नी पुरानो साथी साक्षी रावतसँग सन् २०१० को जुलाई ४ मा विवाह गरेका थिए । त्यतिबेला साक्षी होटल म्यानेजमेन्टकी विद्यार्थी थिइन् । (एजेन्सी) 





www.ratopati.com

Sunday, November 9, 2014

साउदी अरेवियाविरूद्ध नेपालको ३२२ रनको विशाल लक्ष्य प्रस्तुत


 कुबेतमा जारी एसिसी यु-१९ क्रिकेटमा नेपालले साउदी अरेबिया विरुद्ध ३२२ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै ३२१ रन बनाएको हो। नेपालका लागि शंकर रानाले सर्वाधिक ८९ रन बनाएर आउट भए। उनले ८२ बलमा ११ चौका र दुई छक्का प्रहार गरेका थिए।

यस्तै कप्तान राजु रिजालले ४९ रनको योगदान दिए। ५३ बल खेलेका कार्कीले २ चौका प्रहार गरेका थिए। यस्तै सिनीयर टोलीबाट पनि खेलिसकेका आसिफ शेखले ३३ रनको योगदान दिए। यस्तै शौरभ खनालले १५ बल खेल्दै २ छक्कासहित २३ रन बनाए। १० बल खेलेका योगेन्द्र सिंह कार्कीले १० रन बनाए। ओपनर प्रेम तामाङले ११ रन बनाउँदा अर्का ओपनर सुनिल धमलाले २६ रन बनाएका थिए।








http://setopati.com/khel/19767/

Wednesday, November 5, 2014

नेमारले नया प्रेमिकालाई निजी हवाइजहाजमा बार्सिलोना बोलाएपछि सर्बत्र चर्चा

 ब्राजिलका स्टार स्ट्राइकर नेमार जुनियरले आफ्नी प्रेमिका सोराजा भुसेलिकलाई बार्सिलोनामा बोलाउँदा ठुलै चर्चा भएको छ ।
नेमारले सर्बियाली प्रेमिका सोराजालाई आफ्नै निजी हवाइजहाजमा सवार गराउँदै बार्सिलोना बोलाएपछि स्पेनिस मिडियामा चर्चा पाएको हो ।
नेमारले सोराजाको टिकट रद्द गरी आफ्नो निजी विमान पठाएका थिए ।
नेमारको निजी विमानमा सवार सोराजाले नेमारको जर्सी लगाएको फोटो सावजनिक गरेकी छन् ।
फोटोमा विमानको सिटमा एक्लै बसेको देखिएको छ । गत वर्ष मात्रै उनीहरुका बीचमा सम्बन्ध गाँसिएको थियो । आजको नयाँ पत्रिकामा समाचार छ ।
source: nepalsandesh

Monday, November 3, 2014

स्टार स्ट्राइकर नेमारले प्रेमिकाकालागि विमानै पठाए



 । ब्राजिलका स्टार स्ट्राइकर नेमार जुनियरले आफ्नी प्रेमिका सोराजा भुसेलिकलाई बार्सिलोनामा बोलाउँदा ठुलै चर्चा भएको छ ।
नेमारले सर्बियाली प्रेमिका सोराजालाई आफ्नै निजी हवाइजहाजमा सवार गराउँदै बार्सिलोना बोलाएपछि स्पेनिस मिडियामा चर्चा पाएको हो ।
नेमारले सोराजाको टिकट रद्द गरी आफ्नो निजी विमान पठाएका थिए ।
नेमारको निजी विमानमा सवार सोराजाले नेमारको जर्सी लगाएको फोटो सावजनिक गरेकी छन् ।
फोटोमा विमानको सिटमा एक्लै बसेको देखिएको छ । गत वर्ष मात्रै उनीहरुका बीचमा सम्बन्ध गाँसिएको थियो । आजको नयाँ पत्रिकामा समाचार छ ।

www.nepalsandesh.com

Saturday, November 1, 2014

रेफ्रीलाई बलले हिर्काउँदा फुटबल खेलाडीलाई ५० वर्ष प्रतिबन्ध



काठमाडौं, कार्तिक १६ – स्वीटजरल्याण्डको चौंथो डिभिजन क्लबका एक खेलाडीलाई रेफ्रीको अनुहारमा बल प्रहार गरेको र पानी छर्केको आरोपमा ५० वर्ष प्रतिबन्ध लगाइएको छ ।   स्वीस पत्रिका ब्लिकका अनुसार यस्तो अनौठो प्रतिबन्ध पाउने खेलाडी पर्चुगल फुटबल क्लबका डिफेन्डर रिकार्डो फरेर हुन् । स्थानीय बर्न लिगमा एससी वोर्बको हातबाट १–० को पराजय भोगेपछि क्रुद्ध बनेका रिकार्डोले खेल सकिएपछि रेफ्रीको मुखमा बलले प्रहार गर्दै अपशब्द बोलेका थिए । पछि रेफ्रीमाथि पानी पनि खन्याएका थिए । यद्यपि, रिकार्डोले भने खेल खेलेका थिएनन् । उनी अतिरिक्त खेलाडीका रुपमा रहेका थिए ।

 रिकार्डोले यसअघि पनि प्रतिद्वन्द्वी खेलाडीमाथि आक्रमण गरेको आरोपमा ४५ खेलमा प्रतिबन्ध भोगिसकेका छन् ।   स्वीटजरल्याण्ड अमेचुअर फुटबल लिगका वकिल रोबर्ट ब्रेइटरले लिगमा रिकार्डो जस्ता खेलाडी नचाहिने स्पष्ट पारेका छन् ।   उता, रिकार्डो भने यस निर्णयबाट स्तब्ध छन् । उनले भने, ‘मलाई लागेको थियो दुई वर्षको प्रतिबन्ध हुन्छ । तर, ५० वर्ष ? फुटबल मेरो जीवन हो ।’   यस प्रतिबन्ध पछि उनी अब ५ जुन, २०६४ मा मात्र फुटबल खेल्न पाउनेछन् । उनी त्यतिबेला ७८ वर्षको हुनेछन् ।


www.ratopati.com

Thursday, October 30, 2014

यौन सम्बन्ध राखे मात्र टिममा पार्ने गरेको आरोप

 महिला क्रिकेटरहरुले अधिकारीहरुमाथि लाजलाग्दो आरोप लगाएका छन् । खेलाडी चयन कर्ताहरुले आफूहरुलाई सेक्स गरेमा मात्र टिममा पार्ने भन्दै बार्गेनिङ गरेको आरो उनीहरुले लगाए । श्रीलंका क्रिकेट कार्यकारी समितिले शुक्रबार आपतकालीन बैठक बोलाएको छ । त्यसैगरी महिला क्रिकेटर छनौटका विषयमा छानविनको आदेश समेत दिएको छ ।   एक स्थानीय सञ्चार माध्यमकाS Lanka Woman Cricket अनुसार महिला क्रिकेटरले यस्तो आरोप लगाएपछि क्रिकेटर छनौट समितिका उपाध्यक्ष मोहन डी सिल्वा, सचिव निशान्ता रणतुंगा, सहायक सचिव हेरान्ता परेरा र मुख्य पुरुष राष्ट्रीय चयनकर्ता सनत जयसूर्यामाथि छानविन भएको छ ।   यसका लागि एउटा प्यानल नै गठन गरिएको छ । यो प्यानलले आरोप लगाउने महिला क्रिकेटर र छान्ने अधिकारीहरुसँग कुराकानी गर्नेछ ।   महिला क्रिकेटरले आफूहरुलाई शारीरिक सम्बन्ध राखेमात्र टिममा पारिदिने भन्दै ब्ल्याकमेल गरिएको आरोप लगाएका छन् । यस अघि सन् २०१२ मा पनि श्रीलंक क्रिकेट बोर्डकी एक महिला कर्मचारीले अधिकारीहरुमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । - See more at: http://nepaliheadlines.com/2014-10-30-11-51-57.html#sthash.IzlKFtSC.dpuf

कप्तान पारस खड्कालाई प्रधानमन्त्रीले फोन गरी बधाई :- 'जय नेपाल' 'जय क्रिकेट टीम'



काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मलेशियामा सम्पन्न आईसीसी वल्र्ड कप क्रिकेट लिग डिभिजन थ्री २०१४ को प्रतियोगितामा नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् ।
नेपाली टोली समूह विजेता बनेको परिणाम आए लगत्तैै प्रधानमन्त्री कोइरालाले विजय दिलाउने टीमका कप्तान पारस खड्कालाई टेलिफोन गरी बधाई दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट नेपाली क्रिकेट टिमका कप्तान, समस्त खेलाडी र प्रशिक्षकलाई बधाई दिएका हुन् । उनले यस सफलताले नेपाली क्रिकेट टीमलाई आउँदा दिनमा अझ उत्कृष्ट खेल प्रदर्शन गरी क्रिकेटमा सर्वोपरी स्थान हासिल गर्ने सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले यस क्रिकेट प्रतियोगितामा विजेता बनी नेपाललाई डिभिजन थ्रीबाट डिभिजन टु मा पु¥याएर नेपाली क्रिकेट टीमले राष्ट्रिय गौरव बढाएको बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


www.nepalsandesh.com

डिभिजन ३ क्रिकेटको उपाधि नेपाललाई, फाइनलमा युगान्डा ६२ रनले पराजित




काठमाडौं, कार्तिक १३ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को उपाधि नेपालले जितेको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा अफ्रिकी प्रतिद्धन्द्धी युगान्डालाई ६२ रनले हराउँदै नेपालले दोस्रो पटक उपाधि जितेको हो ।

किन्रारा एकेडेमी ओभल मैदानमा विहीबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय २३ रन जोड्यो ।

नेपालका तीन खेलाडिले अर्धशतक बनाए । सागर पुनले ६४, नरेश बुढाऐरले ५१ तथा ज्ञानेन्द्र मल्लले ५६ रन जोडेको इनिङमा पुछारका ब्याट्सम्यानहरुले भने खुलेर ब्याटिङ गर्न सकेनन् ।

पारस खड्काले १३ रन बनाए भने अन्य सबै खेलाडी दोहोरो अंक जोड्न नपाउँदै पभेलियन फर्किए । बलिङतर्फ युगान्डाका रोजर मुकासा एक्लैले ६ विकेट लिए ।

जवाफमा २ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डा ४५औं ओभरमा १ सय ६१ रनमै समेटियो । नेपालका भुवन कार्कीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे ।

यो जितसँगै नेपालले डिभिजन ‘थ्री’को पहिलो खेलमा युगान्डासँग भोगेको हारको बदला समेत लिएको छ । नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को उपाधि जितेको यो दोस्रो अवसर हो ।

यसअघि सन् २०१३ मा बर्मुडामा भएको फाइनलमा युगान्डालाई नै ५ विकेटले हराउँदै नेपाल पहिलो पटक डिभिजन ‘थ्री’ च्याम्पियन बन्दै डिभिजन ‘टु’मा उक्लिएको थियो ।

तर, डिभिजन ‘टु’को प्रतियोगिता हुन नपाउँदै सन् २०१५ मा हुने विश्वकपको लागि न्यूजिल्यान्डमा सम्पन्न छनोट प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पुछारको दुई स्थानमा रहेपछि नेपाल र युगान्डा डिभिजन ‘थ्री’मा झरेका थिए । यो पटक दुबै टोलीलाई डिभिजन ‘टु’मै रहने वा त्योभन्दा माथि उक्लने अवसर मिलेको छ ।

डिभिजन ‘टु’ प्रतियोगिता आगामी जनवरी १७ तारीखबाट नामिबियामा हुनेछ । उक्त प्रतियोगितामा नेपाल र युगान्डासहित केन्या, नामिबिया, नेदरल्यान्ड्स र क्यानडा सहभागी हुनेछन् ।


http://imagekhabar.com/samachar

Wednesday, October 29, 2014

रुसमा हुने विश्वकपको लोगो अन्तरिक्षबाट सार्वजनिक



कार्तिक १२, एजेन्सी

फिफाले सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप फुटवलको आधिकारिक लोगो अन्तरिक्षबाट सार्वजनिक गरेको छ । रुसी अन्तरिक्ष केन्द्रबाट गएको क्यापसुलभित्रका तीन अन्तरिक्ष यात्रीले रुस विश्वकपको लोगो हिजो सार्वजनिक गरेका हुन् ।

त्यस लगत्तै मस्कोमा भव्य समारोह आयोजना गरेर रुस विश्वकप यात्रा शुभारम्भ भएको घोषणा गरिएको थियो । कार्यक्रममा फिफा अध्यक्ष सेप ब्लाटर, स्थानीय आयोजक कमिटिका अध्यक्ष भित्ले मुत्को र सन् २००६ का विश्वकप विजेता टोली इटालीका क्याप्टेन फाबियो कानभारोको उपस्थिति थियो । आगामी जुन र जुलाईमा रुसका ११ शहरमा यस्तै कार्यक्रम आयोजना गरिने भएको छ ।

फिफा अध्यक्ष सेप ब्लाटरले पछिल्लो समय सम्बन्ध चिसिएका रुस र युक्रेनलाई विश्वकपमा छनोट भए एउटै समूहमा नराखिने स्पष्ट पारेका छन् । पूर्वी युक्रेनमा सक्रिय रुसी पृथकतावादीलाई मस्कोले सघाएको भन्ने आरोप लगाएपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ ।

radiokantipur.org

भर्खरैको ताजा अपडेट. .मलेसियालाई हराउँदै नेपाल डिभिजन २ मा उक्लियो



काठमाडौं, कार्तिक १२ । नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’मा उक्लिएको छ । मलेसियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को समूह चरणको आफ्नो अन्तिम खेलमा विजयी हुँदै नेपाल पुनः डिभिजन ‘टु’मा उक्लिएको हो ।

वर्षाले प्रभावित प्रतियोगिताको अन्तिम खेलमा बुधबार नेपालले ‘डकवर्थ लेविस’ नियमका आधारमा आयोजक मलेसियालाई ३६ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालसमक्ष मलेसियाले १ सय ४३ रनको लक्ष्य पस्किएको थियो । मलेसियाले ४३ दशमलव ३ ओभरमा सबै विकेट सकाउँदै १४२ रन मात्र जोडेको हो ।

नेपालका लागि कसिलो बलिङ गर्नेक्रममा चार विकेट कप्तान पारस खड्का एक्लैले लिए भने भुवन कार्कीले तीन, शक्ति गौचनले दुई र सागर पुनले एक विकेट लिए ।

जवाफी ब्याटिङ थालेको नेपालले वर्षाले खेल अवरुद्ध हुनुपूर्व २५ ओभरमा २ विकेट गुमाएर ८९ रन जोडेको थियो । नेपालका नरेश बुढाऐरले अविजित ४२ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्ले ३५ रनको योगदान दिए ।


imagekhabar.com

म्याराडोनाले हाने प्रेमिकालाई दुई झापड (भिडियोसहित)

फुटबलको क्षेत्रमा निकै चर्चित डियगो म्यारोडोना फेरि अर्को विवादमा तानिएका छन् । आफ्नी पूर्व प्रेमिकालाई हातपात गरेको उनको विवादास्पद भिडियो केहि दिन अगाडि मात्र सार्वजनिक भएको छ ।

३० सेकेन्डको उक्त भिडियो गत सोमबार अर्जेन्टिनाको एक स्थानीय टेलिभिजन कार्यक्रममा सार्वजनिक गरिएको थियो जसलाई म्याराडोनाकी पूर्व प्रेमिका रोसियो ओलिभियाले आफूमाथि हातपात भएको मोबाइलमार्फत गोप्य रुपमा कैद गरेकी थिइन् ।

स्पष्ट रुपमा मातेको देखिएका म्याराडोनाले केहि नबुझ्ने शब्दहरुको उच्चारण गर्दै ओलिभियालाई आफ्नो फोन प्रयोग गरेको निहुँमा गाली गर्दै उनीमाथि हातपात गरेको बुझिएको छ ।     उक्त भिडियो अनुसार ५३ वर्षीय म्याराडोना ‘अझै मेरो मोबाइल हेरिरहेको छौ ?’ भन्दै ओलिभिया नजिकै जान्छन् । उनको प्रतिकार गर्दै ओलिभियाले भन्छिन्, ‘के मैले हेर्न हुँदैन त ?’ म्याराडोनाको उग्र रुप देखेर उनले तत्कालै भनिन्, ‘रिसाउन बन्द गर’ यति भन्दा भन्दै

म्याराडोनाले आफ्नो दाहिने हातले ओलिभियामाथि दुई झापड हाने । तत्पश्चात आफूलाई कुट्न बन्द गर भन्दै ओलिभियाले गरेको याचना स्पष्ट रुपमा सुनिन्छ ।   म्याराडोनाको यस्तो व्यवहार यो पहिलो पटक भने होइन । केहि महिना पहिले मात्र उनले एक पत्रकारलाई भेरोनिका ओजेडामाथि आँखा झिम्काएको भन्दै थप्पड हानेका थिए । (एजेन्सी)

www.ratopati.com

Tuesday, October 28, 2014

अमेरिकाविरुद्ध नेपाल १० रनले विजयी (फोटो फिचरसहित)

सुरेश भुसाल/राजकुमार
११ कात्तिक, क्वाललाम्पुर । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले अमेरिकाविरुद्ध जित हात पारेको छ । वर्षाका कारण प्रभावित खेलमा डीएल मेथोडका आधारमा नेपाल १० रनले विजयी घोषणा भएको हो ।
जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ र डिभिजन टूमा पुग्ने सम्भावना निकै बलियो भएको छ । समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली मलेसियासँग खेल्नेछ ।
अर्को खेलमा अमेरिका र सिंगापुर तथा युगाण्डा र बर्मूडा भिड्नेछन् । अब नेपाल मलेसियासँग ठूलो अन्तरले पराजित भएको अवस्थामा मात्र डिभिजन टूमा जानबाट रोकिनेछ । तर, अहिले मलेसियामाथि नेपाल हावी हुँदै आएको छ । प्रिमियर लिगमा भएको भेटमा नेपालले मलेसियालाई हराएको थियो ।
नेपाल मलेसियाँसँग पराजित हुने र सिंगापुरले अमेरिकालार्इ ठूलो अन्तरले पराजित गरेको अवस्थामा पनि नेपाललार्इ बढुवामा अवरोध हुन सक्छ ।
वर्षाको अबरोध र नेपालको जित
किनरारा ओभलमा अमेरिकाले प्रस्तुत गरेको २२४ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा १ विकेट गुमाएर ७३ रन बनाउँदा वर्षा भयो । लगातारको वर्षाका कारण स्थानीय समय अनुसार साँझ ५ बजेसम्म पनि खेल सुरु हुन नकसेपछि नेपाल डीएल मेथोडका आधारमा नेपाल १० रनले विजयी भयो ।
नेपालले पहिलो विकेट भने पहिलो ओभरको अन्तिम बलमा मात्र एक रन जोड्दा गुमाएको थियो । नेपालको पारी सुवास खकुरेल र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले ।
Subash and gyanuसुवास ४९ रनमा अविजित रहे भने ज्ञानेन्द्र २२ रनमा । पानीले खेल रोकिनु अघि सुवासले दुई चौकासहित ९ रन लिएका थिए । जसले पानीले खेल रोकिएको अवस्थानमा डक वर्थ लुइस मेथोडमा नेपालको जित सम्भव भयो ।
यसअघि पहिले व्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२३ रन बनाएको थियो । उसका लागि बाबरले ५९ रन बनाए भने पटेलले ३९ र टेलरले ३६ रन जोडे ।
नेपालका शक्ति गौचनले १० ओभरमा ३० रन दिएर ३ विकेट लिए । सागर पुन र बसन्त रेग्मीले समान २/२ विकेट लिए ।
USA vs NEP
Nepal-vs-usa Nepal-vs-usa-2 Nepal-vs-usa-3 Nepal-vs-usa-4 Nepal-vs-usa-5
point table-Nep vs usa
- See more at: http://www.onlinekhabar.com/2014/10/200556/#sthash.U8PSa4N9.dpuf

Sunday, October 26, 2014

भर्खरैको ताजा अपडेट : फुटवल टीमका कप्तानको गोली हानी हत्या


काठमाडौं, कार्तिक १० । दक्षिण अफ्रिकाको फुटवल टीमका कप्तानको गोली हानी हत्या गरिएको छ । दक्षिण अफ्रिकाली टीमका लागि गोलकीपरसमेत रहेका सेनजो मेयीवाको हत्या उनकै गर्लफ्रेण्डको घरमा गरिएको हो ।


घटना जोहानसवर्गको दक्षिणमा रहेको वोसलूरुसस्थित प्रेमीको घरमा प्रहरीले जनाएको बीबीसीमा खबर छ । २७ वर्षीय सेन्जो मेयीवा ओरलांडो पाइरेट्सका तर्फबाट खेल्ने गर्दथे । हत्या कसरी कस्ले गर्‍यो भन्नेबारे विस्तृतमा खुलेको छैन ।



http://imagekhabar.com/samachar

नेपालद्वारा सिंगापुर १९० रनको फराकिलो अन्तरले पराजित



काठमाडौं: मलेसियामा जारी आइसीसी विश्‍व क्रिकेट लिग डिभिजन 'थ्री' प्रतियोगिताको तेस्रो खेलमा नेपालले सिंगापुरलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार बिहान मलेसियाको वायुमास ओभल मैदानमा  टस हारेर ब्याटिङ गरेको नेपालले दिएको २६४ रनको लक्ष्य पच्छ्याएको सिंगापुर २१.४ ‌ओभरमा अलआउट हुँदा ७३ रनमा सीमित हुन पुग्यो ।

सिंगापुरलार्इ फराकिलो हार चखाउन नेपालका लागि किशोर खेलाडी सोमपाल कामी एक्लैले ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै  ४१ रन खर्चेर ४ विकेट लिएन सफल भए । नेपालका लागि बसन्त रेग्मीले पनि ४ विकेट लिए।रेग्मीले ५.२ ओभर बलिङ गर्दै मात्र ६ रन खर्चेर ४ विकेट लिएका हुन् ।त्यसैगरी अमृत भट्टरार्इले ५ ओभर बलिङ गर्दै १९ रन खर्चेर २ विकेट लिए ।

सिंगापुरविरुद्द टस हारेर ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ६३ रन बनाउन सफल भएको थियो ।

ज्ञानेन्द्रको सतक

बलिङमा किशोर खेलाडी सोमपाल कामी चम्किँदा ब्याटिङमा उपकप्तान ज्ञानेन्द्र मल्लले जादु देखाए । नेपालको शानदार जितको आधार उनैको सतकले तयार पारेको थियो । उत्कृष्ट पारी खेलेका उनले १२५ बलको सामना गर्दै ११४ रनको सानदार स्कोर बनाए ।

नेपालका लागि शरद भेष्‍वाकरले २५ रन बनाएर नेपालको स्कोर बढाउन मद्दत गरे । बसन्त रेग्‍मी र सागर पुनले समान २१ रन बनाए । त्यसैगरी कप्तान पारस खड्काले १४ रन बनाए। विनोद भण्डारीले ८,  सोमपाल कामीले ६,  शक्ति गौचनले ५ रन र अमृत भट्टराईले ६ रन बनाउन बनाए।

सिंगापुरका लागि अजमज महबुबुले ९ ओभर बलिङ गर्दै ४७ रन खर्चेर ४ विकेट लिए। यस्तै मुलेवा धर्मिचन्दले १० ओभर बलिङ गर्दै  ३१ रन खर्चेर ३ विकेट लिए। त्‍यसैगरी अनिश पारमले १० ओभर बलिङ गर्दै ६६ रन खर्चिदै २ विकेट लिए।

पहिलो खेलमा युगान्डासँग २० रनले हारेको नेपालले दोस्रो खेलमा बर्मुडालाई ८ विकेटले पराजित गरेको थियो। सिंगापुरबिरुद्द जित निकालेपछि नेपाललार्इ अघि बढ्न सहज भएको छ । ६ देश सहभागी डिभिजन ‘थ्री'बाट शीर्ष दुई टोली डिभिजन 'टु'मा पुग्दा पुछारका दुई टिम डिभिजन 'फोर'मा झर्ने छन्। अब नेपालले सोमबार अमेरिकासँग र बुधबार मलेसियासँग खेल्नेछ।


annapurnapost.com

Saturday, October 25, 2014

उपकप्तान ज्ञानेन्द्र मल्लको सिंगापुरविरुद्ध शतक


काठमाडौ, कार्तिक ९ - नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ मा सिंगापुर विरुद्ध शतक प्रहार गरेका छन् । जारी प्रतियोगितामा यो पहिलो शतक हो । मलेसियामा आइतबार भएको खेलमा उनले १२५ बलको सामना गर्दै ११४ रन बनाए ।

ज्ञानेन्द्रको शतक नेपाली खेलाडीले अन्तर्राष्ट्रिय वान डे म्याचमा प्रहार गरेको छैर्ठौ शतक हो । यसअघि पारस खड्का, सुबास खकुरेल, अनिल मण्डल, शक्ति गौतम, राजु खतिवडाले शतक प्रहार गरेका छन् ।


http://www.ekantipur.com

Friday, October 24, 2014

बर्मुडामाथि नेपालको शानदार जित

काठमाडौं, कार्तिक ७ । मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’ प्रतियोगिताको दोस्रो खेलमा नेपालले बर्मुडामाथि शानदार जित दर्ता गरेको छ । १ सय १ रनको लक्ष्य नेपालले ११ दशमलव १ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा विनोद भण्डारीले अविजित ४३ रन बनाए । यस्तै, सुवास खकुरेलले ३० रन बनाएको नेपाली इनिङमा कप्तान पारस खड्काले अविजित १४ रनको योगदान दिए ।

यसअघि क्वालालम्पुरको सेलाङ्गोर टर्फ क्लबमा शुक्रबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको बर्मुडाले ४० ओभर १ बलमा अलआउट हुनुपूर्व सय रन मात्रै बनाउन सक्यो । बर्मुडाको लागि क्रिश्चियन बर्गेसले २८ रन तथा ट्रे माण्डर्सले २१ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौचनले २–२ विकेट लिए ।

६ टोली सहभागी डिभिजन ‘थ्री’बाट शीर्ष दुई टोली डिभिजन ‘टु’मा पुग्दा पुछारका दुई टिम डिभिजन ‘फोर’मा झर्नेछन् ।


http://imagekhabar.com