कार्तिक १२, एजेन्सी
फिफाले सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप फुटवलको आधिकारिक लोगो अन्तरिक्षबाट सार्वजनिक गरेको छ । रुसी अन्तरिक्ष केन्द्रबाट गएको क्यापसुलभित्रका तीन अन्तरिक्ष यात्रीले रुस विश्वकपको लोगो हिजो सार्वजनिक गरेका हुन् ।
त्यस लगत्तै मस्कोमा भव्य समारोह आयोजना गरेर रुस विश्वकप यात्रा शुभारम्भ भएको घोषणा गरिएको थियो । कार्यक्रममा फिफा अध्यक्ष सेप ब्लाटर, स्थानीय आयोजक कमिटिका अध्यक्ष भित्ले मुत्को र सन् २००६ का विश्वकप विजेता टोली इटालीका क्याप्टेन फाबियो कानभारोको उपस्थिति थियो । आगामी जुन र जुलाईमा रुसका ११ शहरमा यस्तै कार्यक्रम आयोजना गरिने भएको छ ।
फिफा अध्यक्ष सेप ब्लाटरले पछिल्लो समय सम्बन्ध चिसिएका रुस र युक्रेनलाई विश्वकपमा छनोट भए एउटै समूहमा नराखिने स्पष्ट पारेका छन् । पूर्वी युक्रेनमा सक्रिय रुसी पृथकतावादीलाई मस्कोले सघाएको भन्ने आरोप लगाएपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ ।
radiokantipur.org
No comments:
Write comments