top_rightads

Showing posts with label अपराध. Show all posts
Showing posts with label अपराध. Show all posts

Wednesday, December 10, 2014

२५ वर्ष बाख्राको खोरमा थुनिएकी महिलाको उद्धार !

25 वर्षदेखि बाख्राको खोरमा थुनिएकी भरतपुर उपमहानगरपालिका–१८ मंगलपुरकी काशीमाया तामाङको बुधबार उद्धार गरीएको छ ।
उहाँलाई भरतपुर अस्पतालमा उपचारको व्यवस्था समेत मिलाइएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान चलिरहँदा मानसिक समस्या भएको भन्दै महिलालाई वर्षौदेखि खोरमा थुनिएको भन्ने समाचार आएपछि प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका व्यक्ति सञ्चारकर्मीसहितको टोलीले उद्धार गरेको हो ।bakhrakokhormaउद्धारमा सक्रिय राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमल्सिना, प्रमुख जिल्ला अधिकारी मानबहादुर विके, भरतपुर अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर महेन्द्रराज न्यौपानेसहितको टोलीले घरमा गएर महिलको उद्धार गरेको हो । बुधबार नै काशीमायालाई भरतपुर अस्पतालको मानसिक रोक उपचार कक्षमा राखर उपचार सुरु गरिएको छ । बिरामी काशीमायालाई निको नभएसम्मको लागि निःशुल्क उपचार, खान, बस्नको लागि व्यवस्था गर्ने डाक्टर महेन्द्रराज न्यौपानले बताउनुभयो । २५ वर्षसम्म खोरमा थुनिएर बस्दा समेत उहाँको चेतान शक्ति सुधारउन्मुख रहेकाले उपचार गर्दा निको हुने डाक्टर न्यौपानले बताउनुभयो ।
१६ वर्षमा विवाह भएर १७ वर्षको उमेरबाट मानसिक समस्या देखिएपछि काशीमायालाई परिवारका सदस्यले बाख्रा बाध्ने खोरमा थुन्नेका थिए । केही वर्ष भारतका विभिन्न शहर, नेपालको पाटन अस्पतालमा उपचार हुँदा केही सुधार भएपनि नियमित औषधी खुवाउन नसक्दा समस्या भएको बुबा फयसिंह तामाङले बताउनुभयो । फयसिंहले जेठाछोरोमा पनि मानसिक समस्या देखिएपछि उपचार गर्न कठिन भएको जानकारी दिनुभयो । बिरामी काशीमाया र उहाका भाइलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।स्रोत :उज्यालो अनलाइन 

नयाँ कानुन : २४ घण्टाभित्र बलात्कारीको हत्या गर्नेलाई कारबाही नहुने

काठमाण्डौ, २४ मंसिर– बलात्कारीलाई घटनाको २४ घण्टाभित्र हत्या गरे कानुन नलाग्ने व्यवस्थासहितको कानुन बन्ने भएको छ ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो कडा प्रावधानसहितको व्यवस्था लागू गर्न प्रस्ताव गरिएको हो । हालको ऐनमा बलात्कारीलाई घटनाको एक घण्टाभित्र पीडितले हत्या गरेमा कानुनी कारबाही नहुने व्यवस्था छ ।
विधेयकबारे छलफल गर्न बुधबार आयोजित कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री निलम केसीले यस्तो जानकारी दिएकी हुन् ।
उनले राज्यका हरेक तहमा महिलाहरुको समान सहभागिता नभएसम्म लैंगिक विभेद अन्त्य नहुने बताइन् ।
उनले महिला हिंसा अन्त्यको अभियान घरबाटै सुरु हुनेपर्ने उल्लेख गरिन् ।
‘प्रत्येक नेपालीलाई म हिंसा गर्दिन र हिंसाविरूद्ध आवाज उठाउँछु’ भन्ने प्रतिबद्धता जाहेर गर्न उनले आग्रह गरिन् ।

गोरखाकी युवतीलाई नुवाकोटको वनमा लगेर निर्ममतापुर्बक हत्या


 नुवाकोट, मंसीर २४ – गोरखाकी एक युवतीको नुवाकोटको सुनखानीमा हत्या भएको छ ।
गोरखा जिल्ला थालाजुङ गाविस–९ की २३ वर्षीया रीता गुरुङको मङ्गलबार राति नुवाकोटको सुनखानी गाविस–७ छहरे–टोखा सडकखण्ड नजिकै चाँपे वनमा हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको आरोपमा गणेशस्थान गाविस–४ का २५ वर्षीया अजय ढकाललाई स्थानीयको सहयोगमा प्रहरीले गएराति नै पक्राउ गरेको छ ।
काठमाडाँै बस्दै आएकी गुरुङलाई हिजो साँझ ढकालले मोटरसकाइलमा सुनखानीको जङ्गलमा ल्याई हत्या गरेको प्रहरीले जनाएको छ । ढकाललाई बा६४प २२३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको छ ।

Monday, December 8, 2014

ट्याक्सीभित्रै चालकले गरे युवतीको बलात्कार




महिलाका लागि असुरक्षित ठहरिँदै आएको भारतको राजधानी नयाँ दिल्लीमा ड्राइभरले ट्याक्सीभित्रै ग्राहक युवतीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

शुक्रबार रति दिल्लीको बसन्त बिहारबाट भाडाको ट्याक्सी चढेकी २७ वर्षे युवती बाटोमै बलात्कारको शिकार भएकी हुन्।पीडित युवतीले ट्याक्सी ड्राइभरविरुद्ध प्रहरीमा बलात्कारको उजुरी दर्ता गरेपछि घटना सार्वजनिक भएको हो। समाचार एजेन्सी पीटीआइकाअनुसार १० बजे राति ती युवतीले बहुराष्ट्रिय क्याब कम्पनी उबेरको कार मगाएकी थिइन्।




ड्राइभरले कारभित्रै बलात्कार प्रयास गरेपछि उनले प्रतिवाद गरेकी थिइन्। तर उनले आफूलाई जोगाउन सकिनन्।



प्रहरीका अनुसार संयमित युवतीले घटनापछि ड्राइभरलाई घरसम्म पुर्‍याइदिन अनुरोध गरिन्। जब ड्राइभरले उनलाई घरमा छोडिदिए त्यही मौकामा मोबाइलबाट कारको फोटो खिच्न भ्याइन्। सोही प्रमाणको आधारमा दिल्ली पुलिसले बलात्कार आरोपी कारका चालकलाई पक्राउ गरेको दाबी गरेको छ।



युवती बलात्कारको घटनाको विरोधमा आम आदमी पार्टीका कार्यकर्ताले सोमबार बिहानैदेखि गृहमन्त्री राजनाथ सिंहको घर बाहिरपट्टि प्रदर्शन गरिरहेका छन्। आम आदमी पार्टीका नेता योगेन्द्र यादवले दिल्लमा महिला सुरक्षा बल स्थापना गर्न माग गरेका छन्।



साथै दिल्लीको सार्वजनिक यातायातमा सिसिटिभी जडान गर्न उनले माग गरेका छन्। ‘महिला सुरक्षा केन्द्रित निर्भय कोषमा १,००० करोड रुपैयाँ जारी भए पनि त्यो कहाँ खर्च गरियो ?, उनले प्रश्न उठाएका छन्।
पक्राउ परेका उबेरका ट्याक्सी ड्राइभरलाई आजै अदालत पेश गरिने जनाइएको छ ।
एजेन्सी

हजुरआमाको घाँटी रेटी टाउको लिएर भाग्न खोज्दा...

काठमाडौं । सामान्य विवादमा नातिले हजुरआमाको घाँटी रेटेर हत्या गरेका छन् । विवादमा क्रममा आफूलाई घुरेर हेरेको भन्दै काठमाडौं विजयश्वरीका १८ वर्षीय छिरिङ तामाङले ८६ वर्षीया हजुरआमाको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।



केही दिनअघि काभ्रेबाट छोरीको घरमा बस्न आएकी हजुरआमा दामु तामाङलाई कान्छी छोरीका छोराले टाउको छिनाएर विभत्स हत्या गरेका हुन् ।  हजुरआमाले घुरेर हेरेपछि आफूले हत्या गरेको उनले स्वीकार गरेका छन् ।
हजुरआमालाई बोका काटेझैँ काटेर हातमा टाउको लिएर भाग्दै गरेका उनलाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका थिए । अनलाइन दैनिकबाट साभार

Sunday, December 7, 2014

सेक्स भिडियो सार्बजानिक गर्ने धम्कि दिदै १८ वर्षीया स्टाफ नर्सलाई दिनहु बलात्कार

विश्वासै नभएको घटना भएपछि पत्याउन करै लाग्छ । यस्तै घटनाले जीवनभर मानसिक तनावमा बाँच्नुपर्ने बाध्यतासँगै पुरुष भन्ने शब्दसँगै मनभरि घृणा जागेको छ एक युवतीको । तर, पनि हरेस नखाई उनी आफूलाई लुट्ने नक्कली प्रेमी र उनकै सहयोगमा बलात्कार गर्ने अर्का युवालाई कारबाही गराउन प्रहरीमा धाइरहेकी छिन्


जन्मदिने बाबुआमाजस्तै प्यारो हुन्छ उमेरमा कोही अरू पनि । विश्वास र मायामा परेका एक जोडीमध्येका दुवै अहिले पछुतोमा छन् । प्रेमी प्रहरी कस्टडीमा प्रायश्चित गर्दै छन् भने प्रेमिका उमेर नपुगी गरेको प्रेमका कारण पछुतोमा छिन् । । अझ प्रेम भन्ने शब्द, विगतमा सार्वजनिक भएका फिल्म शैलीका घटनाबाट विरक्त छिन् । ‘आफ्नो जीवनमा जे भयो भयो, अरू प्रेमीप्रेमिकाले यस्तो जीवन भोग्नु नपरोस्,’ उनले भनिन् । धुलिखेलमा बयानका लागि आएकी उनले भनिन्, ‘यतिखेर मलाई आफ्नै बाबासँग हिँड्दा पनि १० पटक सोच्नुपर्ने भएको छ ।

 ‘भर्खर १८ वर्षकी भएँ,’ स्टाफ नर्सको दोस्रो वर्षमा अध्ययन गर्दै गरेकी उनी भन्छिन्, ‘काठमाडौंबाहिर घर हो । बुबाआमा काठमाडौंमा बस्ने भएकाले जन्म पनि यतै भयो ।’ उनका अनुसार नौ महिनाअघि दोलखा घर भई भक्तपुर बस्दै आएका उमेश उप्रेतीसँग भेट भएको थियो । उप्रेती प्रिमियर कलेज काठमाडांैमा बिबिएसमा अध्ययन गर्दै छन् ।

‘मेरो र उमेशको नजानिँदो तरिकाले प्रेम सुरु भयो,’ उनले सुनाइन्, ‘गोदावरीमा जाँदा उसको र मेरो देखादेख भएको रहेछ । म साथीको घरमा गएका बेला नेट चलाउँदा उसको र मेरो लामो कुराकानी भएको थियो ।’ कलेजको नाम मात्र भनेपछि उनलाई भेट्न उप्रेती कलेजमै आएका थिए । ‘साथीको अफिसमा गएर कुरा गराँै भन्दै उसले बाइकमा बस्न अनुरोध गर्‍यो,’ उनले सुनाइन्, ‘त्यहाँ पुगेपछि उसले शरीरमा हात हाल्यो ।’ पहिलो भेटमै जबर्जस्तीमा परेकी उनीसँग भएका सबै क्रियाकलाप क्यामेरामा कैद भएको रहेछ ।

उनले भनिन्, ‘पटकपटक मानसिक तनाब दिन थाल्यो । सेक्स क्लिप छ भन्दै फोन गर्न थाल्यो ।’ उनका अनुसार सेक्स क्लिप बाबुआमालाई पठाइदिन्छु भन्दै उप्रेतीले तर्साएका थिए । उप्रेतीले भनेको नमाने बाबुआमालाई गुन्डा लगाएर अपहरण गर्ने र मारिदिने धम्की पनि दिएका थिए । सेक्स क्लिप सार्वजनिक भए बेइज्जत हुने डरले उसले भनेको मान्दै गएको उनले सुनाइन् । ‘क्लिपका आधारमा उसले मसँग धेरैपटक सेक्स गर्‍यो,’ उनले थपिन्, ‘कलेज ड्रेसमै उसले जता लैजान्छ उतै गएर उसको इच्छा पूरा गर्न थालेँ ।’

यो त उनको प्रेमीको वासना पूरा गर्नका लागि कलेज र परिवार छाडेर हिँडेको बाध्यताको घटना थियो । तर, तिनै प्रेमीले अरू साथी लगाएर बलात्कार गर्न लगाउने र आमाबाबुलाई फोन र एसएमएस गर्ला भन्ने उनले सोचेकी पनि थिइनन् । किनभने यही डरले त उनी प्रेमिका अघि यौनदासी नै बनेकी थिइन् । तर, धोकेबाज प्रेमीले उनलाई कहाँ यतिमै छाड्यो र ?

पुसको पहिलो साता उमेशले उनलाई भक्तपुरको एचटुओ क्याफेमा बोलाएका थिए । त्यहाँ पुग्दा उप्रेतीसँगै साथी आकाश श्रेष्ठ र अर्की केटी स्मिता राई पनि थिए । उमेशले उनलाई आकाशसँग चिनायो र केटी साथीलाई मलाई घरमा पुर्‍याउन पठायो ।

उनले थपिन्, ‘आकाशले उमेश गुन्डा हो भनेर तिम्रो सेक्स क्लिप उम्काएर लिनुपर्छ भन्दै फकायो ।’ उनी विश्वासमा परिन् र आकाशले भनेअनुसार मान्दै गइन् । ‘२७ पुसमा आकाशको फोन आयो,’ उनले भनिन्, ‘उसले क्याफेमा लगेर चप्सी खुवायो ।’ चप्सीमा केही मिसाएर खुवाइएकाले उनी बेहोसजस्तै भइन् । आकाशले घर पुर्‍याउँछु भनेर बाइकमा राखेको पनि उनलाई याद छ ।

कोठाभित्र लगेर कपडा सबै खोलेर नराम्रो गर्दै छ भन्ने पनि उनलाई याद छ तर प्रतिकार गर्नसक्ने आँट छैन । ‘राति ६–७ पटक थिच्यो,’ उनले भनिन्, ‘२८ पुसमा ब्युँझिँदा ऊ र म नांगै थियौँ ।’ उनी आत्तिन् र भनिन्, ‘यो के गरेको ?’ आकाशले तिम्रो ब्वाइफ्रेन्ड उमेशले पठाएको जवाफ दिएपछि उनी झन् तनावमा परिन् ।

Friday, November 28, 2014

पुलिसलाई केरा देखाउँदै तर्साउन खोज्दा खोरमा

पुलिसलाई केरा देखाउने एक युवकले ३ वर्षसम्म जेलको हावा खानुपरेको छ । अमेरिकाको कोलोराडोस्थित प|mुटबेलका २७ वर्षीय नाथन चानिङले आफ्नो हातमा रहेको केरा देखाउँदै प्रहरीलाई तर्साउन खोज्दा पक्राउ परेका हुन् । आफ्नो हातमा रहेको केरालाई बन्दुक भनेर पुलिसलाई ताकेर उनी भाग्न खोज्दै थिए ।
पुलिसले पनि उनको हातको त्यो चिज केरा नभै पहेँलो टुप्पो सहितको ह्याण्डगन रहेको विश्वास गर्यो । वास्तवमा उनी युट्युबका कमेडी भिडियो बनाएर पोष्ट गर्ने कलाकार थिए । उनले त्यस्तै हँसिमजाक गरेका थिए पुलिससँग । तर पुलिसले त्यो कुरा बुझेनन् र आत्मरक्षाका लागि भन्दै उनलाई चेतावनी दिँदै पक्राउ गरे । प्रहरी आफुनेर नै आएर समाउन थालेपछि उनले यो केरा हो भन्दै चिच्याएका थिए । तर प्रहरीले उनलाई पक्राउ गरिछाड्यो र केरा बन्दुक बरामद गरिछाड्यो । ती युवालाई मेसा काउन्टी जेलमा राखिएको छ । उनीसँग स्थानीय अदालतले १० हजार डलर धरौटी माग गरेको छ । उनीमाथि लगाइएको अभियोग अनुसार उनलाई ३ वर्षसम्मको जेल सजाय र १ लाख डलरसम्म जरिवाना हुनसक्छ ।
एजेन्सी
 www.onlinekhabar.com

Sunday, November 23, 2014

साथीको अश्लिल फोटो वेभसाइटमा राखी चरित्र हत्या गर्न खोज्ने प्रहरी खोरमा

 महिला सहकर्मीको अश्लिल भिडियो तथा फोटोलाई अश्लिल वेभसाइटमा राखेर चरित्र हत्या गर्न खोज्ने प्रहरीको फन्दामा परेका छन्।


क्षेत्रपाटी निवासी निरज शाक्यले आफ्नै सहपाठीको अश्लिल भिडियो तथा फोटो लाई अश्लिल वेभसाईटमा राखी महिला साथिको चरित्र हत्या गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

२७ वर्षीय शाक्यलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको छ।

Wednesday, November 19, 2014

बिना अपराध साढे १४ बर्ष भारतीय जेलमा बिताएका नेपालीको कथा

.ekantipur.com
काठमाडौ, मंसिर २ - १९ कात्तिकको मध्याह्न। काठमाडौँको गौशालास्थित होटल महाराजानजिकै एक जना अधवैँशे दुवै खुट्टा फैलाएर सडकमा लम्पसार थिए। हातले पछिल्तिरका फलामे डन्डीको बारमा पक्रिएका उनको एक छेउमा बेमतलबसँग फालिएको झोला थियो। पसिनाले निथु्रक्क अनुहार बनाएका उनको एक घुट्को पानी पिएपछि मात्र वाक्य फुट्यो, "चक्कर आइरहेको छ।" लगत्तै उनले तीनपटक बान्ता गरे।
रिँगटा लागेर सडकमा ढलेका यी व्यक्ति थिए, साढे १४ वर्ष भारतीय जेलमा बिताएपछि निर्दोष ठहरिएका भूपालमान दमाई उर्फ युसुफ नेपाली, ५२। ९ पुस ०५६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको आईसी-८१४ विमान अपहरणको त्रासदीपूर्ण घटनामा सहयोग गरेको अभियोगमा भूपालमानले आफ्नो जीवनको उर्वर समय भारतको जेलमा बिताउनुपर्‍यो। ३८ वर्षको उमेरमा जेल परेका उनी १४ वर्ष ७ महिनापछि निर्दोष साबित भए र २२ चैत ०७० मा मुक्त भएका हुन्।
उनलाई अपहरणकारीलाई बन्दोबस्ती सहयोग र हतियार उपलब्ध गराएको आरोपमा १५ पुस ०५६ सालमा मुम्बईबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनीमाथि विमान अपहरणका लागि खर्च जुटाउन बैंक र कार चोरीको अभियोगसमेत लगाइएको थियो। अढाई दशक पन्जाबको पटियाला र मुम्बईको आर्थर रोड जेलमा बिताएपछि भूपालमानलाई पन्जाब-हरियाणा उच्च अदालतले निर्दोष त ठहर्‍यायो तर यतिन्जेल उनको सब थोक गुमिसकेको थियो।
लामो समय भारतीय जेलमा बसेकाले होला, उनको लबज भारतीयको जस्तै बनिसकेको छ। शारीरिक र मानसिक यातना र प्रताडनाले खाएको शरीर जीर्ण छ। उमेरभन्दा निकै पाको। रोगको भकारी। खानेबस्ने बन्दोबस्त छैन। आफ्नो जीवन बर्बाद भएकामा उनी निराश र हतास छन्। कुनै कुरा सोध्यो भने केही बेर घोरिन्छन् र ढिलो गरी जवाफ फर्काउँछन्। छाती बेस्सरी पोल्छ। आधा घन्टा हिँड्यो भने खुट्टा दुखेर पाइला सार्नै सक्दैनन्। युरिक एसिड, अल्सर, मधुमेहजस्ता रोग उनका साथी बनेका छन्।
बिनाअपराध विदेशी जेलमा बसेर निस्कँदा उनका पक्षमा आज कोही मानव अधिकारवादी, नागरिक समाज वा राजनीतिकर्मी बोलिरहेका छैनन्। तिनै गुमनाम भूपालमान नेपालको लामो प्रयासपछि आफ्नो अलपत्र जीवनबारे बोल्न राजी भए।
यी हुन् भूपालमान
बिन्जेल-५, सिन्धुपाल्चोकको एक गरिब परिवारमा जन्मिएका हुन्, भूपालमान। उनी ११ वर्षको छँदा परिवारले मुस्लिम धर्म अपनायो। त्यसपछि भूपालमान युसुफ नेपाली भए। तर, नागरिकता भने भूपालमान दमाईकै नाममा छ। भारतमा भूपालमानलाई युसुफ नेपाली भनेरै सार्वजनिक गरिएको थियो।
गरिबीकै कारण भूपालमानको पढाइ ७ कक्षाभन्दा अघि बढेन। पढाइ छाडेर राजधानी आए। केही समय ज्यालादारी काम गरे। पछि बागबजारमा चियानास्ताको सानो होटल थाले।
होटलबाट मात्र पाँच जनाको परिवारको गुजारा नचल्ने भएपछि समयसमयमा सुन्धारा, असन, कमलादी, कालीमाटीजस्ता मुख्य बजार र चोकमा पुगेर फुटपाथमै कपडा र जुत्ताचप्पल बेच्ो । पसलका गोदामबाट उठाइएका यस्ता सामान खासमा मिति गुजि्रएका हुन्थे। "दोकानमा नचलेर गोदाममै थन्क्याइएका सामान हामी फुटपाथमा बेच्थ्यौँ," भूपालमान सम्झन्छन्। होटल श्रीमतीको जिम्मामा हुन्थ्यो। भारी बोक्ने काम पाउँदा त्यही गर्थे। भन्छन्, "पिठ्यूँमा भारी बोकेर बनेपासम्म जान्थेँ।"
जहाँबाट मोडियो यात्रा
उनको होटलमा एक नियमित ग्राहक थिए। पाकिस्तानमा पठित ती मंगोल मुस्लिमसँग अरू दुई जना पनि आउजाउ गरिरहन्थे। कुराकानीकै क्रममा ती नेपाली मुस्लिमले भूपालमानलाई भारतको मुम्बई गए यहाँभन्दा गतिलो होटल मिल्ने देखाए। उनी बारम्बार भन्थे, मुम्बईमा होटल चलाएर मासिक ६०-७० हजार रुपियाँ भारु आरामले कमाइ हुन्छ। बागबजारमै घर भएका, परिचित व्यक्ति। आफ्नो भलो हुने कुरा। धौधौसँग परिवार चलाउनुपरेको पीडाले उनलाई थिचेको थियो। मनै त हो, लोभियो। उनी भन्छन्, "यता मेरो होटलमा मासिक १० हजार रुपियाँको व्यापार पनि हुँदैनथ्यो। ५०/६० हजार रुपियाँ कमाइ हुने भएपछि मुम्बई जान मन लाग्यो।"
भूपालमान ३० हजार भारतीय रुपियाँ बोकेर मुम्बई हिँडे। गोरखपुर हुँदै ५० घन्टाजतिको यात्रा गरेर मुम्बई पुगे। भूपालमान मुम्बई सहर त पुगे तर त्यो नयाँ दुनियाँमा चिनेको कोही थिएन। त्यो महँगो सहरमा होटल गरेर बस्ने त उनले सोच्नै सकेनन्। काठमाडौँको होटल अरूलाई नै एक वर्षका लागि जिम्मा लगाएर गएकाले र्फकन पनि सकेनन्। त्यहीँ कपडा किनेर फुटपाथमा बेच्न थाले। "प्रतिरात १५/२० भारु तिरेपछि बस्न पाइने खोलीहरू पाइँदो रहेछ," उनी भन्छन्, "त्यहीँ बस्न थालेँ।" दिनभरि फुटपाथमा लत्ताकपडा बेच्नु, राती खोलीमा सुस्ताउनु उनको दैनिकी बन्यो।
अँध्यारो जीवनको अध्याय
१५ पुस ०५६ को मध्याह्न। मुम्बई पुगेको १५-२० दिन मात्रै भएको थियो। उनी फुटपाथमै सामान बेचिरहेका थिए। मुम्बई प्रहरीको क्राइम ब्रान्चले थानामा काम छ भन्दै नियन्त्रणमा लिएर बोरिवली थानामा पुर्‍यायो। २० पुस ०५६ मा पत्रकार सम्मेलन गरी प्रहरीले भूपालमानलाई जोगेश्वरी, मुम्बईको अपार्टमेन्टबाट विस्फोटक पदार्थ र घातक हतियारसहित पक्राउ गरेको सूचना सम्पे्रषण गर्‍यो। ती सामान आतंककारी गतिविधिमा प्रयोग भएको हुन सक्ने प्रहरी आशंका थियो।
काम छ भन्दै लगेको प्रहरीले उल्टै गम्भीर आरोप लगाएपछि भूपालमान भीरबाट खसेजस्तै भए। "मेरो त दिमागै फनफनी घुम्यो। केही समझमा आउन सकेन," उनी भन्छन्। होस खुल्दा उनको हातमा हत्कडी थियो। उनकै शब्दमा, थाना पुग्नेबित्तिकै प्रहरीले पहिल्यै तयार गरिएको कागजमा हस्ताक्षर गर्न भन्यो। उनले कागजमा लेखेको विवरणबारे सोधे। जवाफमा कुटाइ मात्र पाए। प्रहरीले दुवै कानमा फलामको रड घुसाएर करेन्ट लगाइदिए। "घुरुर्र दुवै कानमा करेन्ट लगाउँदा दिमाग नै सर्ट भएजस्तो भयो," चार-पाँचचोटि यसरी करेन्ट लगाएको स्मरण गर्दै उनी भन्छन्, "त्यसपछि मैले औँठाछाप लगाएँ।" अहिले दुवै कानको श्रवणशक्ति कमजोर छ। कानमा सुनिने उपकरण राखेर मात्रै सुन्न सक्छन्।
भूपालमान हिन्दी पढ्न सक्दैन थिए। ल्याप्चे लगाएपछि मात्रै पत्तो पाए, बैंक र कार डकैतीको आरोपपत्र रहेछ त्यो। जहाज अपहरणमा रकम जुटाउन मुम्बईमा बैंक र कार चोरिएको प्रहरीको आरोप थियो। "म तीन छक परेँ," लामो श्वास तानेपछि उनी भन्छन्, "हामीले जे भन्छौँ, खुरुखुरु औँठाछाप लगा भन्यो, नमाने कुट्थ्यो।"
भारतीय प्रहरीले केही महिना मुम्बईको आर्थर रोडस्थित जेलमा राख्यो। चार महिनापछि उनलाई दिल्ली पुर्‍याइयो, सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन -सीबीआई)को मुख्यालय। सीबीआईले विमान अपहरणको घटना अनुसन्धानको नेतृत्व लिएको थियो। त्यहाँ पनि पहिलेजस्तै भूपालमानलाई तयारी कागजपत्रमा हस्ताक्षर गर्न लगाइयो। सीबीआईको हेडक्वार्टरमा उनलाई अँध्यारो कोठामा एक्लै राखियो। हस्ताक्षर गर्न माथिल्लो तलामा जाँदा मात्रै दिन या रात थाहा हुन्थ्यो। नभए २४ घन्टा नै अँध्यारोमा। "कुनै कागजमा हस्ताक्षर गराउनुपर्‍यो भने मात्रै माथि बोलाउँथे," उनी सम्झन्छन्।
मुद्दा अदालतमा दायर हुँदासम्म उनीमाथि अरू आरोप थपिए। विमान अपहरणकारीलाई काठमाडौँमा कोठा खोजिदिएर र हतियारको बन्दोबस्त गरिदिएर अपहरण योजनामा सामेल भएकोे अभियोग लगाएर सीबीआईले मुद्दा दर्ता गरायो, जिल्ला अदालत पटियाला हाउसमा। "त्यतिबेलासम्म मलाई हाइज्याक र अपहरण भन्ने कुरा नै थाहा थिएन," भन्छन्, "जुन कुराको मलाई छेउटुप्पो थाहा छैन, त्यही आरोप लाग्यो।"
उनले दुईवटा जेलको अनुभव लिए, आर्थररोड जेल, मुम्बई र सेन्ट्रल जेल, पटियाला। सुरुमा करिब तीन महिना र पछि साढे तीन वर्ष आर्थर रोड जेलमा बसे। बाँकी ११ वर्ष पटियाला जेलमा। मुम्बईमा पटियालामा भन्दा बढी दुःख पाएको उनको अनुभव छ। पटियाला जेलमा विमान अपहरणकै अरू दुई अभियुक्त पनि थिए। उनका भनाइमा, यस मुद्दाका सबै अभियुक्तलाई अलगअलग राखिएको थियो। र, सुनुवाइसमेत जेलभित्रै गरिएको थियो। "हाम्रा लागि जेलभित्रै बहस हुन्थ्यो," उनले भने, "मिडियालाई समेत त्यसबारे थाहा हुँदैनथ्यो।"
केही गल्ती नगरेकाले एक दिन छुटिएला भन्ने आशा थियो, उनमा। आशैआशमा साढे १४ वर्ष जेलमै बिताए। ती साढे १४ वर्ष उनलाई साढे चार सय वर्षजस्तो लागिरहेछ। "ती दिन अहिले सम्भिmन पनि सक्दिनँ। जीउमा काँडा उम्रेजस्तो हुन्छ," पीडामिश्रति स्वरमा उनी भन्छन्।
जेलमै मृत्युको चिट्ठी
जेल बसेको करिब सात वर्षसम्म घरपरिवार कसैले सम्पर्क गरेनन्। एकपटक साला भेट्न गएबाहेक आफन्त, परिवार, इस्टमित्र सबैसँग सम्पर्क छिनिसकेको थियो। जेल परेको करिब पाँच वर्षपछि भेट्न पुगेका सालाबाटै उनले सुने, श्रीमती अर्कैसँग हिँडिन्। छोराछोरी सम्पर्कमा छैनन्। परिवार बर्बाद छ। यस्तो खबरले जेलमै भक्कानिए। "दुःख पर्दा कोही कसैले हेर्दैन रहेछ," उनी भावुक बने।
जेल परेको कति वर्ष भयो भन्ने पनि उनलाई ख्याल हुन छाडिसकेको थियो। उनका वकिलले यति समय भयो भन्दा मात्र उनको मुखबाट निस्कन्थ्यो, 'ओहो !' सात वर्षपछि जस्तो लाग्छ उनलाई, एक्कासि घरबाट चिट्ठी आयो, 'जेठा, उपचार नपाएरै तेरी आमाले संसार छाडिन्।' चिट्ठी कसले लेखेको थियो भन्ने पनि नपढी उनले एकातिर थन्क्याइदिए। "मलाई ऐँठन भयो। के गरूँ र कसो गरूँ भयो," यति भन्दै उनको स्वर पनि मलिन भयो।
मर्ने बेलामा आमाको मुख हेर्न नपाउनु भूपालमानलाई जीवनकै सबैभन्दा खट्किने बोझ बनिरहेको छ। "छोरा घरमै बस् भन्नुहुन्थ्यो। आमाको छायाँ एक महिनासम्म घुमिरह्यो। धेरै समय म एक्लै जेलभित्र रोएरै बिताएँ," यति भन्दा उनका आँखा रसाइसकेका थिए ।
आजीवन कारावास
बन्दी बनेको आठ वर्षपछि उनलाई आजीवन कारावासको सजाय सुनायो, पटियाला हाउस कोर्टले। २२ माघ ०६४ मा यो सजाय सुनाउँदा उनी अदालतमै थिए। अन्य अभियुक्त, जो भारतीय नागरिक हुन्, दिलीपकुमार भुजेल र अब्दुल लतिफलाई पनि आजीवन कारावासकै सजाय सुनाइएको थियो। "म पागलजस्तै भएँ। अब परिवार, नातागोता, इस्टमित्र कसैलाई पनि भेट्न नपाउने भएँ भनेर भक्कानिएँ। रिँगटा लाग्यो, ब्रह्मान्ड नै घुमेजस्तो भयो," फैसलाबारे बताइरहँदा भूपालमानका आँखा रसाइरहेका थिए, "घरबार बर्बाद भयो भनेर छटपटाएँ। गल्तीबिनै यति कठोर सजाय पाउँदा के हुन्छ ?"
२० दिनसम्म त उनले पानीबाहेक केही खाएनन् रे ! दुब्लाए । दिनरात रोइरहे। निद्रा लाग्न छाड्यो। "ए बाबा, मैले त केही अपराध गरेकै छैन। किन भगवान् पनि यति कठोर भएका होलान् भन्ने लाग्यो," उनी भन्छन्, "विष खाएर मर्नु पनि भएन। जिन्दगी यस्तै रहेछ भनेर चित्त बुझाएँ।"
न्यायको खोजी
आजीवन कारावासको सजाय सुनाइएपछि उनले वकिलमार्फत न्याय खोज्ने विचार गरे। तर, पैसा नभएकाले वकिल राख्न सकेनन्। त्यसपछि नेपाल सरकारले पहल गरे मुक्ति पाइएला कि भन्ने आशमा दिल्लीस्थित नेपाली दूतावासमा चिट्ठी पठाए, 'म नेपाली नागरिक। भारत सरकारले विमान अपहरणको आरोपमा जीवनभर जेल बस्नुपर्ने फैसला सुनाएको छ। तर, निर्दोष छु। मेरो वकिल छैन। वकिल राख्ने पैसा पनि छैन। सरकारले मेरो पैरवी गरेर बाहिर निकाल्न सहयोग गर्नुपर्‍यो।' तर, दूतावासले त्यसको जवाफै दिएन।
नेपालले बेवास्ता गरेपछि भूपालमानले भारत सरकारले कमजोर आर्थिक अवस्था भएका बन्दीहरूका लागि दिने वकिलको साथ लिए। पन्जाब र हरियाणा उच्च अदालतमा उनले आफू निर्दोष भएको भन्दै पुनरावेदन गरे। त्यही बीचमा बैंक र कार डकैतीको मुद्दामा मुम्बई अदालतबाट सफाइ पाए। तर, के गर्नु ? विमान अपहरण अभियोगमा आजीवन कारावासको सजाय उनी भोगिरहेकै थिए।
अन्ततः फागुन ०७० मा पन्जाब-हरियाणा उच्च अदालतबाट अपहरणमा सघाएको अभियोगबाट पनि सफाइ पाए। 'सीबीआईले विमान अपहरणमा संलग्न भएको प्रमाण दिन सकेन,' टाइम्स अफ इन्डियाको २६ फेब्रुअरीको अनलाइन संस्करणमा उच्च अदालतको फैसला उद्धृत गर्दै लेखिएको छ । भूपालमान भने अदालती आदेशको एक महिनापछि रिहा भए । मुक्तिको कामना गर्दै जीवनको उर्वर अवधि जेलमा बिताएका उनलाई उच्च अदालतको सफाइको फैसलाले भने त्यति दंग बनाएन रे ! किनभने, साढे १४ वर्षमा उनले गुमाउन बाँकी केही थिएन। "किस्मतमा जे थियो त्यही भयो," पन्जाबी लबजमा उनी भन्छन्, "उपरवालाको खेल हो सबै।"
बेखर्ची भूपालमानलाई पटियाला जेल प्रशासनले भारतका जुनसुकै ठाउँ गए पनि २४ घन्टाका लागि निःशुल्क यात्रा गर्न पाउने गरी हातमा छाप लगाएर रिहा गरेको थियो। "छाप लगाइदिएको थियो," दाहिने नाडी देखाउँदै उनले भने, "तर, मैले बाहिर निस्किएर मेटाइदिएँ। जेल बस्दा साथी बनेकाहरूले आपसमा उठाएर ६ हजार रुपियाँ बाटोखर्च दिए। त्यही रकमले दिल्ली हुँदै बसमा काठमाडौँ आएँ।"
काठमाडौँ झरेपछि उनी ठमेलमा एक जना साथीको घरमा बसे। भूपालमान आफ्नो जन्मथलो बिन्जेल पनि पुगे, काठमाडौँ आउनासाथ। उनले त्यहाँ झन् आफ्नोभन्दा बेसी दुःख देखे। ७३ वर्षका वयोवृद्ध बाबु एक वर्षअघि गाडीले किचेर हातखुट्टा नचल्ने भएका छन्। कान्छो भाइ विदेशतिर हिँडेछन्। माइलो भाइ गाडी चलाउँछ भन्ने खबर पाए। तर, भेट हुनु त परै जाओस्, फोनमा कुराकानी पनि भएको छैन। "बा हिँडडुल गर्न सक्नुहुन्न। उपचार गरौँ भने आफ्नै गाँसबास अलपत्र छ। बाको दुःख हेर्न सकिनँ र काठमाडौँ फर्किएँ," उनी बाध्यता सुनाउँछन्।
भगवान्को इच्छा र आफ्नो भाग्यले दुःख पाएको ठान्ने भूपालमानले काठमाडौँ आएर चार महिना तीर्थव्रतमा बिताए। पूर्वदेखि पश्चिमका विभिन्न मस्जिद डुले। थुपै्र रात व्रत बसे। तर, उनको दुःखको पहाड भने दिनदिनै अग्लिरहेको छ।
क्षतिपूर्ति: जिउने एक मात्र आशा
शरीरभरि रोग र मनभरि पीडा बोकेका भूपालमानको अबको एक मात्र आशा क्षतिपूर्ति रहेको छ। निर्दोष साढे १४ वर्ष जेलमा बिताएबापत भारत सरकारले क्षतिपूर्ति दिनुपर्ने उनको माग छ। तर, उनले कानुनी प्रक्रिया अगाडि बढाउने मेसो पाएकै छैनन्। कानुन व्यवसायी राख्न खर्च छैन। कसैले न्यायका लागि लडिदेला भन्ने आशा पनि छैन। परिवार, आफन्त, घर, समाज सबै गुमाए। शरीर छियाछिया भयो। मानसिक यातना र पीडाको कुनै हिसाब छैन। छातीको बायाँतर्फ हात राख्दै उनी भन्छन्, "तर, यहाँभित्र लागेको चोटको कसले हिसाब गर्छ ? कसले निको पार्न सक्छ ? बिनाकसुर जेलमा कोचियो। निर्दोष पनि भन्यो। तर, केही नदिई पठायो। त्यो अवधिको मेरो जीवनको बर्बादीको शोधभर्ना कसले गर्ने ?"
के थियो घटना ?
०५६ पुस ९ गते, बेलुका ४ः४५ बजे। इन्डियन एयरलाइन्सको आईसी-८१४ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्यो। उडेको करिब २५ मिनेटपछि आतंककारीहरूको अपहरणमा परेको उक्त विमान भारतको अमृतसर, पाकिस्तानको लाहोर, संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अफगानिस्तानको कान्दाहार पुर्‍याइएको थियो। विमानमा १ सय ७६ जना यात्रु र १५ जनाको चालक दल थियो। हर्कत-उल मुजाहिद्दिन नामक इस्लामिक आतंकवादी समूहले भारतीय जेलमा रहेका आफ्ना उच्च तहका नेता तथा कमान्डर छुटाउनका लागि यो विमान अपहरण गरेको थियो।
अपहरणकारीले विमान लखनउको आकाशबाट सोझै लाहोर पुर्‍याउन खोजे पनि पर्याप्त इन्धन नभएकाले अमृतसरमा अवतरण गराइयो। तर, भारतीय सुरक्षाफौजको हस्तक्षेपका कारण अमृतसर विमानस्थलमा तेल भर्न नसकेपछि पर्याप्त इन्धनबिनै जोखिम मोलेर पाकिस्तानको लाहोर विमानस्थल लगियो। सुरुमा लाहोरमा अवतरणको अनुमति दिन अस्वीकार गरिएको थियो। तर, पछि अवतरणको अनुमति दिइएको थियो।
काठमाडौँबाट उडेको पाँच घन्टापछि लाहोरमा इन्धन भरेर विमानलाई दुबई लगियो। दुबईमा पश्चिमा मुलुकका २७ यात्रुलाई छाडियो। त्यहीँ रुपिन कटियाल नामक यात्रु अपहरणकारीको छुरा प्रहारबाट मारिए। उनको शव पनि त्यहीँ छाडियो। त्यसपछि विमान कान्दाहारतिर उड्यो। कान्दाहार त्यतिबेला तालिवानी लडाकूको नियन्त्रणमा थियो। तालिवानी अधिकारीहरूले नै भारतीय अधिकारीहरूसँग विमान सकुशल मुक्त गराउनेबारे मध्यस्थताको भूमिका निर्वाह गरेका थिए। अन्ततः भारत सरकार आतंकवादी गतिविधिमा लागेको आरोपमा आफ्नो जेलमा रहेका मौलाना मसुद अजहर, अहमद ओमार सइद शेख, मुस्ताक अहमद जरगारलाई छोड्न राजी भयो र बदलामा सबै यात्रु सकुशल रिहा भए। मसुद हर्कत उल मुजाहिद्दिनका नेता थिए भने पाकिस्तानी मूलका बेलायती नागरिक सइद मुजाहिद्दिन र अलकायदाजस्ता आतंकवादी संगठनसँग सम्बन्ध बनाएका व्यक्ति थिए। जरगारले अलउजार मुजाहिद्दिन नामक संगठन चलाएका थिए। तीनै जनालाई छुट्टाछुट्टै अपहरण र हत्याको मुद्दामा भारतीय जेलमा राखिएको थियो। तीनै जनालाई विशेष विमानमा राखेर तत्कालीन भारतीय गृहमन्त्री जसवन्त सिंह कान्दाहार पुगेका थिए। र, बन्धक यात्रुलाई सोही विमानबाट भारत फिर्ता ल्याइएको थियो।
भारतको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई)ले विमान अपहरणबारे अनुसन्धान गरी अपहरण काण्डमा संलग्न भन्दै १० जनाको नाम सार्वजनिक गर्‍यो। तीमध्ये भारतीय नागरिकद्वय अब्दुल लतिफ र दिलीपकुमार भुजेल, नेपाली नागरिक भूपालमान दमाई -युसुफ नेपाली) छुट्टाछुट्टै पक्राउ परे। पक्राउ परेका तीनै जनालाई पन्जाबको पटियाला हाउस कोर्टले सन् २००८ मा आजीवन कारावासको सजाय सुनाएको थियो। तीमध्ये दमाई र भुजेललाई पन्जाब-हरियाणा उच्च अदालतले निर्दोष भन्दै १४ वर्षपछि रिहा गरिसकेको छ। लतिफविरुद्ध मृत्युदण्डको माग राख्दै उच्च अदालतमा मुद्दा दायर गरिएको थियो। अदालतले मृत्युदण्डको सजायचाहिँ अस्वीकार गरेको छ र उनी कारावासको सजाय भोगिरहेका छन्। सन् २०१२ मा जम्मु कश्मीरबाट विमान अपहरणका अर्का अभियुक्त मेहराजुद्दिन डाँड पक्राउ परे। उनीमाथि पनि अपहरणमा बन्दोबस्तीको सहयोग गरेको आरोप छ। बाँकी ६ जना भने फरार छन्, जसमध्ये पाँच जना अपहरणकारी भनिएका छन्। इब्राहिम अथर (मसुद अजहरका भाइ), सन्नी अहमद कजी, जहुर इब्राहिम, डाक्टर भनिने सइद अख्तर सइद, मोहम्मद शाकिर, युसुफ अजर र अब्दुल रउफ फरार छन्।
-@ नेपाल साप्ताहिक



Sunday, November 9, 2014

श्रीमानले श्रीमतिको योनीमा करेन्ट लगाए

एजेन्सी । भारतको गान्धीनगरमा एक व्यक्तिले आफ्नै श्रीमतिको गोप्य अंगमा आइरनले डामेका छन् । समयमै खान नपाएको भन्दै ४८ वर्षीेय ती व्यक्तिले श्रीमतिको संवेदनशील
1920191_992131784146088_254252171141005455_nश्रीमतिको गोप्य अंगमा आइरनले डामेका छन् । समयमै खान नपाएको भन्दै ४८ वर्षीेय ती व्यक्तिले श्रीमतिको संवेदनशील अंगमा डामेका हुन्।
एक प्राइभेट कम्पनीमा इलेक्ट्रिसियनको काम गर्ने उनले घर पुग्ने बित्तिकै खाना खान नदिएको भन्दै श्रीमतिको योनीमा डामेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रहरीले उनलाई पक्रेर हत्या प्रयास गरेको अभियोगमा मुद्धा चलाएको छ । घटना विवरणअनुसार बुधबार राति जब ती व्यक्ति कामबाट घर फर्किए तब उनले आफ्नी ४५ वर्षीया श्रीमतिसँग खाना मागे । श्रीमतिले आफ्नो स्वास्थ्य ठीक नभएकाले खाना नबनाएको बताइन् ।
यो सुनेर पति भड्किए र श्रीमतिलाई लठ्ठीले कुटे । लगत्तै उनले श्रीमतिलाई डामिदिए । प्रहरीका अनुसार घटनाका बखत ती व्यक्तिले रक्सी पिएका थिए । पक्राउ पर्ने डरले करेण्टले रगत पिच्छे भएकी श्रीमति छाडेर भाग्दै गरेका उनलाई प्रहरीले पक्रेको थियो । महिलालाई बेहोस अवस्थामा उद्धार गरी प्रहरीले अस्पताल पुर्‍याएको थियो । ५४ वर्षीया ती पीडित महिलाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

महिला शिक्षिकाद्धारा विद्यार्थी बलात्कृत

mahani
न्युयोर्कको प्रतिष्ठित ‘न्युयोर्क सिटी हाई स्कुल’ की जिम शिक्षिका तथा बास्केटबलका प्रशिक्षक मेगन महोनीले १६ वर्षीय छात्रलाई बलात्कारको गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ ।
२४ वर्षीया प्रशिक्षक मेगन मनोहीले छात्रलाई फकाईफुलाई यौनशोषण गर्ने गरेको खुल्न आएको छ । प्रहरीका अनुसार बलात्कारको घट्ना बाहिर आएपछि मनोहीले विद्यालयबाट राजीनामा दिइसकेकी छिन् । प्रहरीको जानकारी अनुुसार महोनीले छात्रसँग पहिलोपटक बास्केटवल खेल्ने क्रममा भेटेकी थिइन् । पीडित छात्रका अनुसार शिक्षिकाले अक्टोबर २०१३ देखि डिसेम्वर २०१३ सम्म ३० पटक यौन सम्वन्ध राखिसकेकी छिन् ।
प्रशिक्षक महोनीले न्युयोर्कको एक प्रतिष्ठित कलेजबाट बास्केटबलमा सहभागिता जनाइसकेकी छिन् ।
                                                                                                                                                                  -एजेन्सी

Friday, November 7, 2014

कक्षा कोठाभित्रै १३ बर्षे छात्रालाई नांगै बनाएर यौन दुव्र्यवहार र यातना

                                                  

झापा ,कात्तिक २२ – हिसाब नजान्दा झापाको एक विद्यालयका शिक्षकले चार छात्रामाथि यौन दुव्र्यवहार गरेका छन् । कोहबरा–९ को सहिद प्राथमिक विद्यालयका गणित शिक्षक मित्रराज नेपालले चार छात्रालाई लाइन लगाएर स्कर्ट र कट्टु खोल्न लगाई दुव्र्यवहार गरेका हुन् । छात्राहरुलाई कक्षा कोठाभित्रै दुव्र्यवहार गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय गौरीगन्जले बिहीबार पक्राउ गरेको छ ।

 विद्यालय प्रशासनको जाहेरीका आधारमा आरोपी शिक्षक पक्राउ परेका हुन् । चार कक्षामा गणित विषय पढाइरहेका बेला आफूले सोधेको प्रश्नको जवाफ दिननसकेपछि छात्राहरुमाथि दुव्र्यबहार गरेको आरोप शिक्षक नेपालमाथि लागेको छ । 

दुव्र्यबहारमा परेका छात्राहरु ११ वर्षदेखि १३ वर्ष उमेर समूहका छन् । ‘कक्षा चलिरहेका बेला शिक्षक नेपालले छात्राहरुको संवेदनशिल अंगमा हात हालेर दुव्र्यबहार गरेको भेटियो’ विद्यालयका प्रधानाध्यापक कार्तिकलाल गनगाईंले भने,‘तत्कालै उनीमाथि कानुनी कारबाहीका लागि विद्यालयले प्रक्रिया अघि बढाएको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


http://www.ratopati.com

सुनिता दनुवार : मुम्बईको कोठी देखि स्टकहोमसम्म संघर्षपूर्ण कथा


सुनिता दनुवार शक्ति समूहकी अध्यक्ष छिन । यो समूह अहिले महिला वेचविखन र मानव तस्करी रोक्न लागिपरेको छ । यो समूह कुनै समय मुम्बईको कोठीमा बेचिएकी चेलीहरुको सक्रियतामा स्थापना गरिएको हो । थुप्रै अन्तराष्ट्रिय अवार्डहरु जित्न सफल सुनिता दनुवारको कहाली लाग्दो विगत र लोभलाग्दो वर्तमानको संघर्षपूर्ण कथा :

म कान्छी छोरी, ६ सन्तान गुमाएपछि आमालाई मेरो भन्दा बढि चिन्ता दाईको थियो । मृत्युपछि दागबत्ती दिने दाईको चिन्ता पनि आमालाई किन नहोस । ६ सन्तान गुमाएपछि जन्मेका हामी तीन बहिनी र एक दाईको ज्यान जोगाउन आमाले जन्मथलो दैलेख छोड्नु भयो । म दैलख कासीकात गाविसको बडा नं ८ मा जन्मेकी हुँ ।

त्यतिबेला परिवार सम्पन्नशाली होइन, तर खाना लाउन पुग्थ्यो । त्यो बेला म सम्झन्छु ६ सन्तानको मृत्यु भएपछि आमालाई एउटा ठुलो तनाव थियो । उहाँ भन्नुहन्थ्यो ‘म मरेपछि अव दागबक्ती कसले देला ? आमालाई मेरेपछि दागवत्ती दिने सन्तानको खाँचो थियो । त्यही भएर होला छोरा प्रति आमाको धेरै ममता थियो । छोरालाई बचाउने आशमा आमाको जिद्दिले दैलेख छोडी हामी सुर्खेत आँयौ । सुर्खेतमा होटल चलाउन थाल्यौ । होटलमा मेरो काम भाँडा माँझने हुन्थ्यो ।

होटलबाट जिविका चलेकै थियो । त्यही बेला बुवा कुलतमा लाग्नु भयो । अर्काे महिलासँग उहाँको नाजायज सम्बन्ध हुन थालेको आमाले थाहा पाउनु भयो । त्यसपछि आमाको नेपाल बस्ने मन नै सकियो । त्यहाँबाट भारतको जम्मु कश्मिर पुग्यौ । त्यहाँ स्थानीयहरुको जग्गा भाडामा लिएर आलु खेति गर्न थाल्यौ । म त्यही हुर्केको । त्यसको केही समयपछि मेरो काका जम्मुकश्मिर पुग्नु भयो । काकाले के भनेर हो कुन्नी दाईलाई त्यहाँबाट भगाई दिनु भयो । जुन छोराका लागि नेपाल छोडी भारत जानु भयो, त्यही छोरा भागेपछि आमालाई थप पिडा भयो । दाई घरबाट हिडेको दुई बर्षपछि बुवाको साथी एक दिन घर आए । २०५० सालतिरको कुरा हो, उनले दाईलाई नैनितालमा देखेको बताए । आमाले तत्काल आलुखेति सवै छोडेर सवैलाई हिड्न भन्नु भयो हामी त्यहाँबाट हिड्यौ । चार दिन पैदल हिडेपछि गाडी भएको ठाउसम्म आइपुग्यौ । त्यो बेला हामीसँग भएको सवै पैसा सकियो ।

पैसा जुटाउन त्यही बालुवा चाल्ने र गिठी कुट्ने काम गर्न थाल्यौ । झण्डै चार हजार जति रमम जम्मा भयो । त्यही बेला दुई जना ट्याक्टर ड्राइभर मेरो नजिक हुन खोजिरहेका थिए । म १४ बर्षकी मात्र थिएँ । उनीहरुले जिस्क्याउदा पनि म नजिक भएकी थिइन् । एक दिन उनीहरुले भने ‘तिमी ठुली भइसक्यौ,अव आमा बाबुको बोझ बन्नु हुदैन, उनीहरुलाई तिमीले पाल्नु पर्दछ, हामीसँग हिड काम लगाई दिन्छौ ।’ कुरा सुनेर म छक्क परे र भने ‘मलाई राम्रो काम लगाई दिनेले किन ट्याक्टर चलाएर बसेको त ?’

बुवा आमासँग नजिक भइसकेका थिए । उनीहरुले बुवालाई छोरा खोज्न नैनितालसम्म जाने प्रस्ताव गरे । बुवाले हुन्छ भन्नु भयो । त्यो दिन हामी एउटा सामन्य होटलमा गएर वस्यौ । खाना खाएपछि मिठाई ल्याएर दिए । मैले खान मानिन् । बुवा र आमाले खाएपछि मैले पनि खाएँ । त्यसपछि म बेहोस भएँ । होस खुल्दा त म कश्मिर होइन मुम्बईको कोठीमा पाएँ । मलाई ती अपराधीहरुले १२ नम्बर गल्लीको एक कोठीमा बेचेर हिडेका रहेछन् । मलाई होस आउदा बन्द कोठमा थिएँ,कोठा बन्द गरिएको थियो । सुरुमा म कहाँ छु भन्ने पनि थाहा भएन, म आत्तिए । त्यही बेला एउटा मोटी महिला आई । उसले अव तिमीले धन्दा गर्नु पर्छ भनी । सुरुमा मैले धन्दा भनेको घरयासी काम होला भन्ने सोचे । मैले भने ‘मलाई सिकर्मी डकर्मी काम गर्न आउछ घरमा कहिले पनि काम गरेको छैन त्यसकारण म धन्दा गर्न सक्दिँना बुवा आमा भएको ठाउमा जान्छु । उसले मलाई जोडले भनि ‘चुप लाग’ त्यसपछि मैले फेरी सोधे धन्दा भनेको के हो ? उसले भनि ‘मान्छे खुसी बनाउनु पर्दछ’ मैले फेरी सोधे म यहाँ कसरी आँए ? उसले तिम्रा दुई जना दाईले लिएर आएका हुन् । उनीहरु बजारमा कपडा किन्न गएका छन् भनि । विहानदेखि साँझसम्म कुर्दा पनि उनीहरु आएनन् । त्यसपछि म जाँन्छु भन्दा त्यसले फेरी भनि ‘जाने होइन अव तेरो काम धन्दा गर्ने हो ।’

मैले पुनः सोधे ‘यो कुन ठाँउ हो’ उसले जवाफ दिई ‘बम्बई हो’ कहिले काँही आमा बुवाले बम्बईमा यस्तो काम हुन्छ भनेर कुरा गरेको सुनेकि थिएँ । पछि उनीहरुले मलाई यातना दिन थाले । म मर्छु वरु गर्दिना भने, यातना धेरै दिए । ‘तलाई पैसामा किनेको हो धन्दा नगर्ने भए यही खुकुरीले काटेर मारिदिन्छौ’ भनेर घाँटीमा खुकुरी राखे ।

मैले यो काम गर्नु भन्दा मर्नु बेश ठाँने र घाँटी तस्र्राएँ । यस्तै लडाई करिव एक महिनासम्म चल्यो । खाना पनि दिदैनथे, दैनिक पिट्ने काम मात्र गर्दथे । त्यहीबेला ती अपराधीहरुले दुई वटा ९ , १० बर्षका दुई किशोरीलाई फेरी ल्याएर आए । मेरै आँखा अगाडी बेचेर गए । एक जनालाई मैले भेटे र गालामा एक पटक उर्फेर हाने तर मेरो पछाडी भएका एक जनाले मलाई कुट्यो । फेरी कोठामा बन्द गरिदियो ।

त्यहाँ धन्दा गर्न मैले कुनैपनि हालतमा नमानेपछि उनीहरुले अर्काे घरमा मलाई फेरी बचे । त्यहाँ मलाई ग्याङ रेप गराइयो । त्यसपछि मैले मर्ने कोशिस गरे तर सकिन । अन्तः जीन्दगी यही रहेछ भन्ने सोचे । ५ महिनासम्म म धन्दामा लागे । सन् १९९६ मा हामीलाई त्यहाँबाट उद्दार गरि नेपाल ल्याइयो । म भाग्यमानी रहेछु भन्ने सँम्झे । १२८ जना हामीलाई उद्दार गरि नेपाल ल्याइयो । हामी बसेको चैनपुरबाट धेरै नेपालीलाई उद्दार गरिएको थियो । तर कतिपय नेपाल फर्किन चाहेनन् । कतिको एचआईभीका कारण मृत्यु पनि भयो । नेपाल आउदा हामी खुसी थियौ तर नेपाली समाज दुखी थियो । हामीलाई एचआईभीका पोका भनेर हेला गरिन्थ्यो । हामीलाई मुम्बईका बेश्या भनिन्थ्यो । जव इयरपोर्टमा आयौ, त्यो बेला पत्रकार र संघ÷संस्थाका मानिसको भिड थियो । कसैले फोटो खिचेर छाप्पी देला भन्ने पिर छुटै थियो । बेकारमा नेपाल किन आयौ होला जस्तो भयो ।

नेपाल फर्केका मध्ये हामी १५ जना मिलेर शक्ति समुह निर्माण गरयौ । शक्ति समुह निर्माण गर्दा नागरिकता नहुँदा ठुलो समस्या परेको थियो । नेपाल फर्किदा १२ जना हामी निकै नजिकका साथी थियौँ । ती मिलेर सन् २००० तिर संस्था दर्ता गरेका हौ । यहीबाट काम सुरु गरयौ । मेगासेस पुरस्कार देखि अहिले भर्खर सी टेन अवार्ड सम्म अहिले पाएकी छु ।

सुरुमा विवाह बाध्यात्मक थियो

मलाई नेपाल फर्केपछि विवाह गर्ने सोच थिएन । वाध्यता थियो सुरुमा । संस्था दर्ता गर्न चाहान्थे तर नागरिकता थिएन । नागरिकताका लागि विवाह गरे । आफ्नो पहिचानका लागि विवाह गरे, । मलाई सवै कुरा थाहा भइसकेको थियो । नेपाली केटा हेर्न पनि मन थिएन । पहिचानका लागि विवाह गरे । विवाहपछि परिवारमा निकै समस्या भयो । मेरो नन्दले मेरा बिषयमा धेरै कुरा गर्न थालिन । पछि सवैको मन जित्दै गएँ अहिले विवाह मेरा लागि खुसीको कुरा हो ।

Wednesday, November 5, 2014

जवर्जस्ती तानेर बिहे गर्ने यो कस्तो तरिका ?

गोरखा,कात्तिक १८ – सहरतिर महिलाको अन्च्छिामा छोए वा गलत नियतले हेरे पनि ‘आशय करणी’ को ऐनअन्तर्गत कारबाही हुन्छ । महिला अधिकारकर्मीहरुले नाराजुलुस गरेर सामाजिक बहिस्कार गर्छन् । तर गोरखाको केही गाउँमा युवतीलाई बाटोमा हिँडिरहेका बेला,सुतिरहेका बेला वा काम गरिरहेका बेला उपरिचित
युवकले जवरर्जस्ती तानेर विवाह गर्न पाउने चलन छ । ‘सरकारको नीति होइन,गाउँकै रीति हो’, ल्होका छेवाङ लामा भन्छन्,‘तल सहरतिर भए कानुन लाग्थ्यो होला,यहाँ पुरानो रितिस्थिती नै यस्तै छ ।’ युवकलाई युवती मन परेपछि बलफल्ती तानेर लाने र पछि परिवारलाई मनाउने परम्परा नै भएको उनले बताए । भोटे,लामा बसोबास गर्ने बिही,प्रोक,ल्हो,सामागाउँ,चुम्चेत र छेकम्पार गाविसमा तानेर बिहे गर्ने चलन रहेको स्थानीयले बताए । बिही गाविस ७ की कर्साङ डिकी लामा आफ्नो पनि तानेर बिहे भएको तर एक वर्षपछि सम्बन्ध विच्छेद गरेको बताउँछिन् । सोही गाउँकी छिरिङ डेमा पनि आफूलाई नचिनेको युवकले तानेर लगेका तर साथीहरुले बाटोबाटै खोसेर फर्काउन सफल भएको बताउँछिन् । ‘रातको समयमा मेला हेर्न गएको समय,राति घट्टमा मकै र गहुँ पिस्न जाँदा युवती तान्ने सम्भावना हुन्छ,’ तानेरै बिहे गरेका प्रोक ७ का पेमा लामा भन्छन्,‘रक्सी बेच्न गाउँगाउँ चहार्दा,मेलामा काम गरिरहेका बेला पनि तान्छन् ।’सहरमा पढेर भर्खरै गाउँ फर्केका युवतीलाई पनि गाउँका नचिनेका युवकले तान्ने गरेको बताए । ‘तानिने डरले सहरमा पढ्न गएका युवती गाउँ फर्कन समेत मान्दैनन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । स्केचः इकान्तिपुरबाट साभार www.ratopati.com

बीच सडकमा काटियो तीन जनाको टाउको

_beheaded-siriya-1एजेन्सी । आईएसआईएसको आतंकवादीले सिरियाको सहर रक्कामा सबैका सामु बीच सडकमा तीन सिरियाली नागरिकको शीर काटेर हत्या गरेका छन् ।
अल्लाहको अपमा गरेको भन्दै आतंकवादीहरुले यस्तो सजाय दिएका हुन् । सो संगठनले त्यसरी टाउको काटेको तस्वीर पनि सार्वजनिक गरेको छ ।
आतंकसम्बन्धी तालिम दिनका लागि सिरियामा ‘ओसामा बिन लादेन स्कुल’ खोलेको आईएसआईएसले जारी गरेकोसो तस्वीरमा बीच सडकमा टाउको काट्न लागेको देख्न सकिन्छ । जहाँ आसपास थुप्रै मानिसहरुको घुँइचो समेत देखिन्छ ।
सबै पीडितको आँखामा पट्टी बाँधिएको र हात बाँधिएको छ भने लाउडस्पिकरमा उनहरुको अपराध भनेर समेत सुनाइएको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरुले जनाएका छन् ।
- See more at: http://www.nepalsandesh.com/2014/11/01/108507#sthash.MCVvAS6x.u8hmJ4G3.dpuf

Tuesday, November 4, 2014

यसरी भयो ७ जनाको ज्यान जाने गरी ट्रक दुर्घटना (तस्विर सहित)

१८ कात्तिक, मकवानपुर । 
सहचालकले ट्रकको सन्तुलन कायम गर्न नसक्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा– १७ चुरीयामाईमा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । सर्लाहीबाट ईटा बोकेर आउँदै गरेको ट्र्क मकवानपुरको चुरीयामाईमा पल्टदा ट्रकको पछिल्लो भागमा रहेको ईटा माथि सुतेर आएका ७ जनाको ईटाले थिचेर मृत्यु भएको हो ।
Truck accident
घटनामा ९ जना घाईते भएका छन् । घाइते मध्य तीन जनाको हेटौडा अस्पतालमा सामान्य उपचार पछि घर फर्किएको र गम्भिर रहेका ६ जनालाई पथ उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

मृतकहरु सबै सर्लाहि औराही– ८ पटोर्वाका हुन् । मृत्यु भएका मध्य छ जनाको सनाखत भएको छ भने एक जना ससुरालि आएको बखत काम गर्नका लागि चितवन आएका कारण उनको सनाखत हुन सकेको छैन् । प्रहरीका अनुसार मृत्युहुनेमा सिहाराम महत्तो, झगुरु महत्तो, जित पास्वान, रामवली यादब र जंगिलाल महत्तो रहेका छन् ।
Truck accident
उनीहरुको शब घाईते रामबाबु यादबको सहयोगमा प्रहरीले पहिचान गरेको हो । उनीहरु चितवन धान काट्नका लागि मजदुरको रुपमा जादै गरेको घाईते रामबाबुले बताए । मापदण्ड भन्दा बढि लोड सहित यात्रु बोकेर आएको ट्रकलाई पथलैया ट्राफिकले जरिवाना काटेको छ । पथलैया कटेपछि सवारी चालकले ट्रक सहचालकलाई चलाउन दिदा दुर्घटना भएको प्रहरी नायब उपरिक्षक दिपक थापाले बताए ।
Truck accident
प्रारम्भिक अनुसान्धानका आधारमा ट्रक सहचालकले चलाएको खुलेको उनले बताए । यात्रुको भनाइको आधारमा ट्रकको चालक पथलैयाबाट सुतेको र ट्रक सहचालकलाई चलाउन दिएको बताइएको छ । ट्रक चुरीयाको उकालो उक्लि सकेपछि देब्रो पट्टी ढलमा पल्टिएको छ । सहचालकले ट्रकलाई सन्तुलनमा राख्न नसक्दा दुघटना भएको बताइएको छ ।

ट्रकका चालक र सहचालक दुबै फरार रहेका छन् । पथलैया बाट ट्रक सहचालकले चलाएको थियो । हामी धान काट्नका लागि चितवन जान लागेको हो । ट्रक पल्टिएपछि क्याबिनमा बस्नेले भन्यो र थाहा पाएको रामबाबुले बताए । पथलैया बाट ट्रक सहचालकले चलाएका थिए उनले भने ।

एक साता नबित्दै मकवानपुर अन्तरगत पर्ने राजमार्गमा १६ जनाको मृत्यु भएको छ । केहि दिन अघि मकवानपुरको बसामाडि–२ बस्तिपुरमा भएको बस दुघटनामा १० जनाको मृत्यु भएको थियो । प्रहरीले बसामाडिको घटनामा दुघटनामा जिम्मेवार मानिएको बसका चालकलाई सवारी एने अन्तरगत ज्यान मु्द्दा लगाएर कारबाही सुरु गरेको छ

Sunday, November 2, 2014

बोको हरामको स्तब्ध पार्ने भिडियो संदेश

                                  Nigeria-Violence

अबुजा (बीबीसी/एएफपी), कार्तिक १६ - नाइजेरियाको कट्टरपन्थी संगठन बोको हरामले संघर्ष विराममा सहमति नजनाएको र अपहृत २ सय स्कुले विद्यार्थीलाई रिहा गर्ने आश्वासन नदिएको भनेको छ । सरकारले गरेको उक्त दाबी झूटो भएको उसले जनाएको छ ।

संगठन प्रमुख अबु बकार सेकाउले ती छात्राहरूले इस्लाम धर्म स्विकारेको र अपहृत भएपछि उनीहरूको बिहे गराइएको जानकारी दिएको छ ।

उनीहरू आ-आफ्नो लोग्नेको घरमा भएको भनिएको छ । ह्युमन राइट्स वाचले गत साता आफ्नो रिपोर्टमा बोको हरामले ५ सयभन्दा बढी महिला र युवतीलाई बन्दी बनाएर राखिरहेको र उक्त समूहभित्र बलजफ्ती बिहे सामान्य भएको बताएको थियो ।

नाइजेरियाको सेनाले १७ अक्टोबरमा ती कट्टरपन्थी समूहसँग संघर्ष विराम भएको घोषणा गर्दै चाँडै ती बालिका र किशोरीलाई मुक्त गराउने भनेको थियो । 'हाम्रो कोहीसँग संघर्ष विराम भएको छैन, न त कोहीसँग वार्ता भएको छ, यो सब झूटो खबर हो,' सेकाउले शुक्रबार भिडियो जारी गर्दै भने । उनले अगाडि भनेका छन्, 'हामी सहमति गर्दैनौं, वार्तासँग केही लिनुदिनु छैन, अल्लाहले जे भन्छ, त्यही गर्छौं ।'

त्यहाँ सरकारी घोषणापछि पनि हिंसा जारी रह्यो । शुक्रबार पनि विस्फोटहरू भए । बोको हरामले त्यहाँ सन् २००९ देखि संघर्ष गरिरहेको छ । यो वर्ष करिब २ हजार नागरिकको ज्यान गयो । झन्डै ६ महिना अगाडि उत्तर-पूर्वी बोर्नो राज्यको चिबोकबाट २ सय १९ बढी स्कुले छात्राको अपहरणको घटना सार्वजनिक भएपछि उक्त समूहको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । असफल सरकारको पनि व्यापक निन्दा भएको थियो । बोको हरामका नेता सेकाउको दाबीपछि अपहरित बालिकाका परिवारजन स्तब्ध भएका छन् ।

उत्तर-पूर्वी नगरको चिबोक प्रौढ मञ्चका प्रमुख पोगो बित्रसले ती बालिकाको विवाह भएको खबर स्तब्ध बनाएको बताए । उनले बोको हराम वास्तवमै भरपर्न नसकिने समूह भएको बताए ।

बित्रसले बोको हरामले समुदायमा आक्रमण गर्न नछोडेकाले आफूहरूले युद्धविरामलाई कहिल्यै गम्भीर रूपमा नलिएको र बालिकालाई रिहा गर्ने कुरामा विश्वास नगरेको बताए ।     बित्रसका चार भतिजी पनि बन्धक बनेका छन् । उनले सरकार अगाडि बढेर कुनै न कुनै प्रयास गरी विद्रोहीलाई दबाउने आफूहरूले आशा गरेको बताए । सेकाउले यसअघिको भिडियो सन्देशमा यी बालिकामध्ये केहीलाई दास पत्नीको रूपमा बिक्री गरिदिने बताएको थिए ।

क्रिस्चियन धर्मगुरु एनोक मार्ककी छोरी तथा भतिजी पनि बन्धक बनेकी छन् । उनले बालिकाको अपहरण भएपछि वास्तविकता थाहा नभएको र विवादास्पद सूचना प्राप्त गर्ने गरेको बताए ।

उनले चिबोक बालिकाको विषयमा विश्वको ध्यान गएकोमा आफूहरू व्यंग्यात्मक रूपले भाग्यवानी भएको बताए । उनले बोको हरामले कति बालिकालाई अपहरण गरे भन्ने विषयमा भगवानलाई थाहा भएको र उनीहरू फर्केर आउने आशा गरिएको बताए ।


http://www.ekantipur.com

तीनजना महिलाले बन्दुक तेर्साउँदै पुरुषमाथि गरे सामुहिक बलात्कार

                   

जोहान्सवर्ग– पुरुषहरुबाट महिला बलाकृत भएको घटना हामीले धेरै सुनेका र पढेका छौँ । पुरुषहरु पनि महिलाहरुबाट बलात्कृत भएको घटना यदाकदा सुन्नमा आउँछ । यस्तो घटनाले सबैलाई अचम्मित बनाएको हुन्छ । हो, यस्तै अचम्मको घटना भएको छ दक्षिण अफ्रिकामा पनि ।

एक तीस वर्षीय युवकले आफूलाई तीनजना महिलाले बन्दुक तेर्साएर बलात्कार गरेको आरोप लगाउँदै निवेदन दिएका छन् ।

उनका अनुसार कारमा आइरहेका तीनजना महिलाले होटल स्याभोईको लेकेसन सोधे । उनीहरुलाई होटल जाने बाटोको बारेमा जानकारी दिँदै गर्दा कारभित्रबाट एकजना महिलाले उनले भनेको केहि पनि नबुझेका कारण उनलाई कारभित्र नै बस्न लगाई होटल देखाइदिन आग्रह गरे । कारमा बसिसकेपछि कार पार्कमा लगेर उनलाई कपडा फुकाल्न निर्देशन दिइयो ।

त्यसपछि उनीहरुले पालैपालो उनलाई बलात्कार गरेको आरोप लगाएका छन् । एकले बलात्कार गरिरहँदा अर्को महिलाले उनलाई बन्दुक देखाएको उनले पुलिसलाई बताएका छन् ।

पिडित पुरुषका अनुसार ती महिलाहरु २० देखि ३० उमेर समुहका देखिन्थे । बलात्कार गरिसकेपछि मेन रिज रोडमा पुराइदिएपछि आफू त्यहाँबाट हिँडेर घर पुगी पुलिसलाई सो घटनाको बारेमा जानकारी गराएको उनले बताएका छन् । घटनापछि आफूले निकै सास्ती सहनुपरेको उक्त पुरुषको आरोप छ । शंका लागेर उनले आफ्नो एचआइभी टेस्टसमेत गराएका छन् । (एजेन्सी)

http://edailynewsnepal.blogspot.com

Saturday, November 1, 2014

फिल्मी शैलीमा टनेल खनेर भारतमा बैंक लुटियो


भारतीय प्रहरीले टनेल खनेर बैंक लुट्न तीन जनालाई  हरियाणामा प्रकाउ गरेको छ। फिल्मी शैलीमा  १ सय २५ फिट लामो टनेल खनेर सो समूहले  गत शनिबार पञ्जाव नेशनल बैंकको हरियाणा शाखाबाट नगदसहित गरगहना लुटेको थियो।
 
प्रकाउ परेकोहरुको नाम सार्वजनिक नगरिएको बिबिसीले जनाएको छ।
 
उनीहरुले खनेको टनेल बैंक नजिकको एक खाली रहेको घरबाट सुरु भई बैंकको ढोकामा निस्किएको थियो। सिनेमाबाट प्रभावित भई लुटराहरुले यो हर्कत गरेको हुनसक्ने प्रहरी बताएको छ। टनेल खन्न ४० दिन लागेको प्रकाउ परेकाहरुले बताएका छन्।http://setopati.com/

Thursday, October 30, 2014

ताजा अपडेट : फेरि सुस्त चेलीमाथि प्रहरीबाटै बलात्कारको दुस्साहस : महिलामाथि ठाडो हमला



खोटाङ : एक युवतीलाई बलात्कार गर्न खोजेको अभियोगमा खोटाङमा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । मानसिक सन्तुलन गुमाएकी १८ वर्षीया युवतीलाई बलात्कार गर्न खोजेको अभियोगमा प्रहरी चौकी बराहापोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्रप्रसाद यादव पक्राउ परेका
हुन् ।

राती घरैमा सुतीरहेकी युवतीलाई उनको कोठैमा गएर यादवविरुद्ध आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक सुनिल दाहालले जानकारी दिए ।

उजुरीपछि सोमबार पक्राउ परेका उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको दाहालको भनाइ छ । आफन्तका अनुसार उनले गत आइतबार राती युवतीमाथि बलात्कार गर्न खोजेका थिए ।

मानसिक सन्तुलन गुमाएकी युवतीमाथि उनले मिलको फित्ताले बेरेर बलात्कार गर्न खोजेपछि पीडितले चिच्याएपछि थाहा भएको आफन्तले दिएको उजुरीमा उल्लेख छ । उनीविरुद्ध जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताएका छन् ।


annapurnapost.com