top_rightads

Showing posts with label ज्योतिस. Show all posts
Showing posts with label ज्योतिस. Show all posts

Wednesday, December 10, 2014

नगर्नुस् यी काम, कंगाल भइन्छ

शास्त्रमा जीवनमा आत्मअनुशासन सबैभन्दा महत्वपूर्ण रहेको भन्दै केही नियमको उल्लेख गरिएको छ । जसको पालना गर्नु अनिवार्य मानिन्छ । ब्रह्मवैवर्त पुराणमा यस्ता कुराको उल्लेख गरिएको छ जुन गर्नु हुँदैन । यस्ता काम गर्दा करोडपति पनि कङ्गाल हुने शास्त्रमा उल्लेख छ ।

यी तिथिमा भुलेर पनि नगर्नु मालिस र यौन कार्य
हिन्दु पाञ्चाङ्ग अनुसार कुनै पनि महिनाको औंशी, पूर्णिमा, चतुर्दशी र अष्टमी तिथिमा तेल मालिश र मांसाहार गर्नु हुँदैन । यी तिथिमा यौन कार्य गर्नु पनि अशुभ मानिन्छ । अझ परपुरुष वा परस्त्रीसँग त भुलेर पनि संगत गर्नु हुँदैन ।
never to do 12 things 4

जमिनमा राख्नै नहुने कुरा
शास्त्रमा बत्ति, शिवलिङ्ग, शालिग्राम, मणि, देवी-देवताका मुर्ति, जनै, सुन र शंख कहिले पनि भुइँमा राख्न नहुने उल्लेख छ । यिनलाई भुइँमा राख्नै परेपनि कपडा बिच्छ्यार राख्नु पर्छ ।


पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित
शास्त्रमा दिउसोमा पनि पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित छ । यी समयमा यौन क्रिडामा लिप्त हुँदा अनेक प्रकारका रोग लाग्ने र अशुभ हुने उल्लेख छ ।
never to do 12 things 2
सूर्य र चन्द्रमा अस्ताउँदा हेर्नु हुँदैन 

सूर्य र चन्द्रमा अस्ताको समयमा हेर्न त्यस दिशामा हेर्न नहुने शास्त्रमा उल्लेख छ । यस्तो समय अशुभ मानिन्छ । यस्तो दृष्य हेर्दा आँखामा समेत समस्या आउन सक्छ ।


यिनीहरुलाई कहिल्यै तल नपार्नुस्
आफ्ना बाबु, आमा, पुत्र, पुत्री, पत्नि, पति, गुरु, अनाथ स्त्री, बहिनी, भाई, देवी-देवता र ज्ञानी ब्यक्तिलाई अनादर गर्नु अशुभ मानिन्छ । यी ब्यक्तिको अनादर गर्दा अशुभ हुने र धननाश एवं दरिद्र्ता बढ्ने उल्लेख छ ।

never to do 12 things 3
घरमा प्रवेश गर्दा सँधै ख्याल गर्नुस्
जव बाहिरबाट घर आइन्छ त्यतिबेला सिधै भित्र प्रवेश गर्नु अशुभ मानिन्छ । जहिले पनि बाहिर बाट आइसकेपछि बाहिर खुट्टा सफा गरेर मात्र घर भित्र प्रवेश गर्नु पर्छ ।
nepaliheadlines.com

Tuesday, December 9, 2014

धर्मशास्त्र अनुसार यी काम नगर्नु जीवन बर्बाद हुन्छ ....

शास्त्रमा जीवनमा आत्मअनुशासन सबैभन्दा महत्वपूर्ण रहेको भन्दै केही नियमको उल्लेख गरिएको छ । जसको पालना गर्नु अनिवार्य मानिन्छ । ब्रह्मवैवर्त पुराणमा यस्ता कुराको उल्लेख गरिएको छ जुन गर्नु हुँदैन । यस्ता काम गर्दा करोडपति पनि कङ्गाल हुने शास्त्रमा उल्लेख छ ।
पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित
शास्त्रमा दिउसोमा पनि पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित छ । यी समयमा यौन क्रिडामा लिप्त हुँदा अनेक प्रकारका रोग लाग्ने र अशुभ हुने उल्लेख छ ।
never to do 12 things 2
सूर्य र चन्द्रमा अस्ताउँदा हेर्नु हुँदैन 


यी तिथिमा भुलेर पनि नगर्नु मालिस र यौन कार्य
हिन्दु पाञ्चाङ्ग अनुसार कुनै पनि महिनाको औंशी, पूर्णिमा, चतुर्दशी र अष्टमी तिथिमा तेल मालिश र मांसाहार गर्नु हुँदैन । यी तिथिमा यौन कार्य गर्नु पनि अशुभ मानिन्छ । अझ परपुरुष वा परस्त्रीसँग त भुलेर पनि संगत गर्नु हुँदैन ।
never to do 12 things 4

जमिनमा राख्नै नहुने कुरा
शास्त्रमा बत्ति, शिवलिङ्ग, शालिग्राम, मणि, देवी-देवताका मुर्ति, जनै, सुन र शंख कहिले पनि भुइँमा राख्न नहुने उल्लेख छ । यिनलाई भुइँमा राख्नै परेपनि कपडा बिच्छ्यार राख्नु पर्छ ।



सूर्य र चन्द्रमा अस्ताको समयमा हेर्न त्यस दिशामा हेर्न नहुने शास्त्रमा उल्लेख छ । यस्तो समय अशुभ मानिन्छ । यस्तो दृष्य हेर्दा आँखामा समेत समस्या आउन सक्छ ।


यिनीहरुलाई कहिल्यै तल नपार्नुस्
आफ्ना बाबु, आमा, पुत्र, पुत्री, पत्नि, पति, गुरु, अनाथ स्त्री, बहिनी, भाई, देवी-देवता र ज्ञानी ब्यक्तिलाई अनादर गर्नु अशुभ मानिन्छ । यी ब्यक्तिको अनादर गर्दा अशुभ हुने र धननाश एवं दरिद्र्ता बढ्ने उल्लेख छ ।

never to do 12 things 3
घरमा प्रवेश गर्दा सँधै ख्याल गर्नुस्
जव बाहिरबाट घर आइन्छ त्यतिबेला सिधै भित्र प्रवेश गर्नु अशुभ मानिन्छ । जहिले पनि बाहिर बाट आइसकेपछि बाहिर खुट्टा सफा गरेर मात्र घर भित्र प्रवेश गर्नु पर्छ ।

मंगलबार जन्मने व्यक्तिले नछुटाई पढ्नुहोस्

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । 

  भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले मंगलबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः 



१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । २. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् । उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । ३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । ४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । ५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । ६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् । ७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् । ८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् । ९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् । १०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । ११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो । १२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ । 

Saturday, December 6, 2014

शनिबार जन्मने व्यक्तिले अवश्य पढ्नुहोस्...

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले शनिबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः



१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।

 २. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।

 ३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।

४. तपाईं हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।

 ५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।

६.तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।

७. तपाईंलाई संगीत र खेलमा रुची हुन्छ ।

८. तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।

९. तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।

१०. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्छ ।

११. तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ । (एजेन्सी)

तपाईं आइतबार जन्मनुभएको हो ? हो भने अवश्य पढ्नुहोस्

मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले आइतबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः   १. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै 23-sunday-600विश्वसनीय हुन्छन् । २. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । ३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहनुहुन्छ । ४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ । ५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् । ६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ । ७. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न । ८. तपाईं सौन्दर्यलाई मनपराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् । ९. तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ । १०. तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् । (एजेन्सी) - www.ratopati.com

Friday, December 5, 2014

यो राशी हुनेसँग आकर्षित हुन्छन् विपरित लिङ्गी

मानिसको स्वभाव र ब्यक्तित्व राशि अनुसार फरक फरक हुन्छ । जसको नाम अ, चू, चे, ला, ल, ली, लू, ले वा लो बाट शुरु हुन्छ उनीहरु मेष राशिका हुन्छन् । यी अक्षरबाट नाम शुरु हुने ब्यक्तिहरु आकर्षक र प्रभावशाली हुने ज्योतिषशास्त्रीको भनाइ छ । यिनीहरुले अरु ब्यक्तिलाई सहजै आकर्षित गर्न सक्छन् ।


यस्तो हुन्छ मेष राशिको स्वभाव

ज्योतिषको राशि चक्रममा मेश राशि पहिलो स्थानमा पर्छ । यो राशीको चिन्ह भेडो हो । यो राशि पूर्व दिशाको प्रतिक मानिन्छ भने यस्को स्वामी मंगल हो । मेष राशि अन्तर्गत अश्विनी र भरिणी नक्षत्रका चारै चरण र कृतिका नक्षत्रको प्रथम चरण आउँछ ।
यो राशिका मानिसमा रिस र जिद्दी स्वभाव हुन्छ । यस्ता ब्यक्ति सामान्य कुरा पनि आफूले भनेको जस्तो नभए क्रोधित हुन्छन् । र झगडा गर्न कसिन्छन् ।

यो राशिका मानिसलाई कसैको अधिन मन पर्दैन । उनीहरुलाई स्वतन्त्ररुपमा काम गर्न मन पर्छ ।
प्रभावशाली ब्यक्तित्व

मेष राशी अग्नि तत्व भएको राशि हो । यसकारण मेष राशिका ब्यक्तिहरु प्रभावशाली हुन्छन् । शाहसी र दृढ इच्छा शक्ति यिनीहरुको परिचायक हो ।

रोमान्टिक पनि
मेष राशिका ब्यक्तिहरु रोमान्टिक हुन्छन् । यिनीहरु हतारमा प्रेम गर्छन् र फुर्सदमा पछुताउँछन् । यिनीहरु अत्याधिक कामूक हुन्छन् । यिनीहरुमा कबित्व पनि हुन्छ जसले गर्दा विपरित लिङ्गी छिटो नजिकिन्छन् ।

Thursday, December 4, 2014

धर्मशास्त्र अनुसार कोठीले पनि बताउँछ तपाईंको चरित्र...

शरीरका विभन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् ।


 जसले व्यक्तिको चरित्र संकेत गर्दछ । त्यसमध्ये कोठी पनि एक हो । शास्त्रमा शरीरको कुन अंगमा कोठी भए के फल प्राप्त हुन्छ भन्ने उल्लेख छ।
 शास्त्र अनुसार कम्मरमा कोठी भएका व्यक्तिले जीवनमा धेरै दुःख झैल्नु पर्दछ । पेटमा कोठी हुने उत्तम भोजन भोगी हुन्छ र उसलाई त्यस्तो अवसर पनि प्राप्त भइरहन्छ । जसको पिठ्युँमा कोठी छ, उसले जीवनभर धेरै यात्रा गर्दछ ।



 दाहिने गोडामा कोठी हुने मानिस बुद्धिमान हुन्छ । त्यस्तै देब्रे गोडामा कोठी हुनेको खर्च धेरै हुन्छ । गर्धनमा कोठी छ भने त्यो व्यक्ति आराम भोगी हो भन्ने थाहा हुन्छ र उसले त्यस्तो अवसर पनि पाउछ ।

 नाकमा कोठी हुने व्यक्ति जीवनमा कुनै न कुनै कारणले धेरै यात्रामा निस्कनुपर्ने हुन्छ । दाहिने हत्केलामा कोठी हुने व्यक्ति बलवान हुन्छ । बायाँ हत्केलामा कोठी छ भने धेरै खर्च गर्ने स्वभावको हुन्छ ।



 निधारमा कोठी हुने व्यक्ति बलवान हुने शास्त्रको मान्यता छ । जिउँडोमा कोठी हुने व्यक्ति आफ्नी प्रेमिकालाई धेरै माया नगर्ने स्वभावको हुन्छ । दाहिने आँखामा कोठी हुनेले भने आफ्नी प्रेमिकालाई धेरै माया गर्छ । यदि दायाँ आँखामा कोठी छ भने प्रेमिकासँग झगडा परिरहन्छ, दाम्पत्य जीवन पनि सुखी हुँदैन ।

 दाहिने गालामा कसैको कोठी छ भने उ निकै धनवान हुन्छ । बायाँ गालामा कोठी छ भने चाहिँ उसको खर्च बढी हुन्छ । ओठमा कोठी हुने व्यक्तिको स्वभाव यौनको विषयमा सोचिरहने हुन्छ । कानमा कोठी हुनु भनेको अल्पायुको संकेत हो ।

 दाहिने पाखुरामा कोठी हुनु मानप्रतिष्ठा मिल्ने संकेत हो जसले समाजमा उच्च स्थान प्राप्त गर्छन् । तर, बायाँ पाखुराको कोठी भने झगडालु स्वभावको संकेत हो ।

 दाहिने छातीमा कोठी हुने स्त्री निकै प्रेम गर्ने स्वभावको संकेत गर्दछ । उनीहरु आफ्ना पत्नीलाई धेरै माया गर्छन् । तर, बायाँ छातीमा कोठी छ भने स्त्रीसँग कुनै न कुनै कुरामा झगडा परिरहन्छ ।  एजेन्सी ।

कोठामा पलङ राख्दा अत्यन्तै ध्यान दिनोस् : नत्र वास्तु बिग्रन्छ

घरमा पलङ केवल सुत्ने बस्तुकोरुपमा बुझ्न नहुने बास्त्रु शास्त्रीहरु बताउँछन् । पलङले सकारात्मक र नकारात्मक उर्जा पैदा गर्ने भएका कारण यसलाई राख्दा देखि अन्य प्रयोगमा पनि ख्याल गर्नु पर्ने iघरकोगलत दिशामा पलङ राखेमा मान्छेलाई निद्रा नलाग्ने देखि तनाव हुने सम्मका समस्या हुने समेत बास्तु शास्त्रमा उल्लेख छ । यसरी गलत दिशामा राखिएको पलङमा सुत्दा दाम्पत्य जीवनमा समेत नकारात्मक असर पर्ने बताइन्छ ।

पलङको आसपास यी चिज नराख्नुस्




मानिसहरु सुत्ने पलङ नजिकै टिभी, फ्रिज, कम्प्यूटर आदि इलेक्ट्रानिक सामान राख्छन् । जुन घातक मानिन्छ । यस्ता समाग्रीले नकारात्मक उर्जा उत्पादन गर्ने भएका कारण सुत्ने पलङको नजिक राख्नु हुँदैन । त्यस्तै गरी सुत्ने कोठामा पानीका तस्विर पनि नभएको राम्रो मानिन्छ ।


कहाँ राख्ने पलङ




कोठामा ढोकाको नजिक पलङ राख्नु हुँदैन । ढोकाको नजिक पलङ राख्दा यसबाट बास्तु दोष उत्पन्न हुने समस्या हुन्छ । यस्तो पलङमा सुत्दा निद्रा नलाग्ने र मानसिक तनावको समेत समस्या हुन सक्छ ।


पलङको अगाडी पर्ने गरी ऐना नराख्नुस्

सुत्ने पलङको अगाडी पर्ने गरी ऐना राख्नु बास्तुको दृष्टीले राम्रो मानिँदैन । ऐनाले पलङको प्रतिविम्ब दिनु झनै नराम्रो मानिन्छ । यसले परिवारमा अशान्ति हुने बास्तुविदको भनाइ छ ।

पलङको उचाइ




पलङ अति होंचो वा अति अग्लो हुनु बास्तुको दृष्टीले राम्रो मानिँदैन । पलङको तलपट्टी उर्जा जम्मा हुने र उक्त उर्जा शरीरमा फैलिने भएका कारण पलङको उचाइमा ध्यान दिनु पर्छ । पलङको तल सामान राख्नु खराव मानिन्छ ।


शिरानी भित्तो पट्टी हुनु राम्रो



सुत्ने ओच्छ्यानमा शिरानी भित्ता पट्टी हुनु राम्रो मानिन्छ । यसले सुत्ने मानिसलाई सकारात्मक उर्जा प्रदान गर्छ । शिरान भएको साइडमा झ्याल भएमा त्यसबाट सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा जम्मा हुने मानिन्छ ।
 एजेन्सी


कतै तपाईं डिसेम्बरमा त जन्मिनुभएको होइन ?

                 
यदि तपाईंको जन्मदिन डिसेम्बरमा हो भने निम्नलिखित बुँदाहरु अवश्य पढ्नुहोस् किनभने जुन कुराहरु यहाँ दिइएको छ, तिनिहरु निश्चित रुपमा तपाईं भित्र कतै न कतै हुनेछः



१. तपाईं हेर्दा निकै सुन्दर देखिनुहुन्छ त्यसकारण मानिसहरु तपाईंलाई मन पराउने गर्दछन् ।
२. तर तपाईं निकै अल्छी हुने भएका कारण तपाईंको बानी धेरै मानिसहरुले मन पराउँदैनन् ।
३. तपाईंहरु हँसीलो स्वाभावको हुनुहुन्छ ।
४. तपाईंको निकै धेरै साथीहरु हुन्छन् ।
५. छल–कपटबाट तपाईं कोसौँ टाढा हुनुहुन्छ ।
६. तपाईं पैसा त कमाउनुहुन्छ तर खर्चिलो स्वभावको हुनुहुन्छ ।
७. साधारणतया, डिसेम्बरमा जन्मेका पुरुषहरुको स्नेह आफ्नी आमासँग हुन्छ भने महिलाहरुको स्नेह आफ्नो पितासँग निकै धेरै हुने गर्दछ ।
८. तपाईंसँग बिना मेहनत नै धेरै कुराहरु पहिले नै हुने गर्दछ ।
९. तपाईं आस्तिक किसिमको व्यक्ति हुनुहुन्छ र बिन्दास जीवनयापन गर्नुहुन्छ ।
१०. हुन त तपाईं जिद्दी पनि हुनुहुन्छ र तपाईंलाई छिनछिनमा रिस पनि उठ्छ तर यी सबैकुराहरु क्षणीक हुने गर्दछ । (एजेन्सी) भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Wednesday, December 3, 2014

वास्तु शास्त्र भन्छ १ कचौरा नून बाथरुममा राख्नुस् तपाईंको भाग्य चम्किन्छ

नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ । बास्तु शास्त्रमा जीवनलाई सुखी र समृद्धशाली बनाउने अचूक उपायहरुको उल्लेख गरिएको छ । नूनले खानाको स्वाद बढाउन मात्र होइन तपाइँको भाग्य पनि चम्काउन सक्छ भन्ने चाँहि थाह नहुन सक्छ ।  तपाइँको घरमा बास्तुदोष छ भने त्यसको उपचार केवल केही कचौरा नूनले गर्न सकिन्छ । तर यस्तो नून भने समुन्द्री नून नै हुनु पर्छ । बाथरुममा केही कचौरा नून राख्नुस् तपाइँको घरमा रहेको बास्तु दोष मेटिन्छ । तर हरेक महिना कचौरामा रहेको नून परिवर्तन गर्नु पर्छ ।




हाम्रो वरपर सकारात्मक र नकारात्मक गरी २ प्रकारका शक्ति हुन्छन् । यसको प्रभाव हाम्रो जीवनमा सिधा पर्छ । बास्तु शास्त्र यही सिद्धान्तमा आधारित छ । घरमा धेरै सदस्यको सोंच नकारात्मक छ भने सो घरमा शान्ति हुन कठिन हुन्छ ।
bathroom salt 1
नूनमा यस्तो अदभुत शक्ति हुन्छ जसले त्यस्ता नकारात्मक शक्ति नष्ट गरिदिन्छ । त्यसका साथै घरको दरिद्रता नष्ट हुने र लक्ष्मी प्रशन्न हुने समेत बास्तु शास्त्रको दावी छ । बाथरुममा नून राख्दा असफलताको अन्त्य हुने र सफलता शुरु हुने समेत विश्वास छ ।

नून पोखिनु अशुभ
हाम्रो परंपरागत मान्यतामा नून पोखिनु राम्रो मानिँदैन । त्यसैकारण नून प्रयोग गर्दा सचेत भएर गर्नु पर्छ । नून पोखिनु नेपाल र भारतमा मात्र होइन युरोपेली देशमा समेत नराम्रो संकेत मानिन्छ ।
bathroom salt 2
खासकुरा के हो भने प्राचिन समयमा नून दुर्लभ हुने गर्थ्यो । रोमान साम्राज्यमा सैनिकहरुलाई तलवको साटो नून दिने गरिन्थ्यो । तलवलाई अंग्रेजीमा स्यालरी भनिन्छ जुन स्याल र सल्टको अपभ्रंस हो । त्यसैले नून खस्नु भनेको भाग्य वा समृद्धीको पतन जस्तै मानिएको हो ।
एजेन्सी 

धर्म–कर्ममा विश्वास राख्ने व्यक्ति अत्यन्तै सफल

पूजा–पाठ गर्ने र धार्मिक आयोजनाहरुमा सफल हुनाले तनावको स्तरमा कमी आउने गर्दछ । बेलर युनिभर्सिटीका सोधकर्ताहरुका अनुसार यसको असर अफिसमा मानिसहरुको प्रदर्शनमा पनि देखिने गर्दछ ।

त्यस्ता मानिसहरु काममा ध्यान मात्र लगाउने नभई उनीहरुको उत्पादन क्षमतामा बृद्धि हुनाले प्रोमोसन र तलवमा वृद्धिको सम्भावना बढ्ने बताइएको छ । शोधकर्ताले एक हजार कर्मचारीहरुको कार्य क्षमतामा धर्म या अध्यात्मको असरको बारेमा जाँच गरे ।




भागवानमा विश्वास राख्ने मानिस, नियमित पूजा–पाठमा शरिक हुने र धार्मिक आयोजनाहरुमा खुसी भएर भाग लिने मानिसहरुको आफ्नो व्यवसायिक जीवनमा बढि सफल हुने उक्त अनुसन्धानले निष्कर्ष निकालेको छ । यस्ता व्यक्तिहरु आफ्नो मालिकको नजरमा राम्रो छवि बनाउन सफल हुने र आफ्ना सहकर्मीहरुसँगको सम्बन्ध राम्रो हुने बताएको छ ।  एजेन्सी

धर्मशाश्त्र भन्छ जीवनमा अधुरो कहिल्यै नछाड्नोस यी ४ कुरा

मानिस सुखी र समृद्ध कसरी बन्छ भन्ने विषयमा नीति शास्त्रमा धेरै कुरा उल्लेख छ । यस्ता नीतिको पालना गरेमा जीवनमा सुखी बन्न सकिने र सफलता हात लाग्ने शास्त्रविदहरु बताउँछन् । यस्तै नीति शास्त्रमा जीवनमा अधुरो छोड्न नहुने ४ कुराको उल्लेख गरिएको छ ।





कुन काम छोड्नु हुँदैन अधुरो ?

१ शत्रुता
जीवनमा कसैसँग पनि शत्रुता कायम राखेर छोड्नु हुँदैन । सके सम्म शत्रुतालाई मित्रतामा बदल्न कोशिस गर्नु पर्छ या त शत्रुतालाई निमिट्यान्न पार्न नसके शत्रुलाई निमिट्यान्न पार्नु पर्ने नीतिमा उल्लेख छ । शत्रुता कायम रहेमा जीवनमा यसले समयमा समयमा दुःख र झन्झट ल्याइरहने भएका कारण शत्रु सँधै डरको कारण बनिरहन्छ जसले जीवनमा शान्ति र सुख पाउन कठिन हुन्छ ।

२ आगो
यदि कहिँ आगो लागेको छ भने आगो सम्पूर्णरुपमा निभाउनु बुद्धिमानी हुन्छ । सानो भनेर आगोको अंश पनि छोडियो भने त्यसले भिषणरुप धारण गर्न कत्ति पनि बेर लगाउँदैन । आगोलाई कतिपय सन्दर्भमा आक्रोशसँग पनि तुलना गरिएको छ । तसर्थ आगो र आक्रोशलाई पूर्णरुपमा निवारण गरेर मात्र छोड्नु पर्छ अधकल्चो छोड्नु हुँदैन ।

३ रोग
कुनै पनि ब्यक्तिलाई कुनै रोग विमार लागेमा रोगको पूर्ण निवारण गर्नु पर्छ । कुनै पनि रोगलाई सामान्य भनेर उपचार नगरी अधकल्चो छोड्दा त्यसले अर्को भयकंर रोगलाई निम्त्याउन सक्छ । सामान्य भन्दा सामान्य रोगलाई पनि राम्रोसँग उपचार नगर्दा पुनः त्यही रोगले सताउने वा बारम्बार दुःख दिने हुन्छ । रोगलाई कहिल्यै पनि अधकल्चो पारेर छोड्नु हुँदैन सँधै निवारण गरेर उपचार गर्नु पर्छ नीतिमा उल्लेख छ ।

४ ऋण वा उधारो
कुनै पनि ब्यक्तिले कसैको उधारो वा ऋण लिएको छ भने त्यसलाई पुरै चुक्ता गर्नु उत्तम हुन्छ । ऋण वा उधारो पूर्ण रुपमा नतिर्दा सम्म त्यसले अनेक झन्झट दिने हुन्छ । उधारोमा हिसाव गडबड हुने र ऋणमा ब्याजले ढाड सेक्ने खतरा सँधै कायम रहन्छ । यसले आफूलाई मात्र होइन पुस्ता र सन्ततीलाई समेत पोल्न सक्छ । तसर्थ जीवनमा कहिल्यै पनि उधारो वा ऋणलाई अधकल्चो पार्नु हुँदैन यसलाई पूरै क्लियर पार्नु राम्रो हुन्छ ।
जीवनमा सुखी रहन यी ४ काम कहिल्यै पनि अधुरो नछोड्नुस् । एजेन्सी

शास्त्रविज्ञ भन्दछन् कुकुरले पनि दिन्छ अशुभ घटनाको संकेत...

कुकुरलाई मानिसको पुरानो साथी मानिन्छ । त्यही भएरपनि होला मानिसले कुकुरलाई घरको रक्षककोरुपमा मान्छन् । कुकुर अद्भुत प्राणि हो । यसले कुनै घटना हुन थालेको पूर्वजानकारी पाउँछ । कुनै घटना हुने चाल कुकुरबाट बुझ्न सकियो भने दुर्घटना टार्न समेत सकिने शास्त्रविदहरु बताउँछन् । कुकुरसँग यस्तो कुरा थाहा पाउने छैठौं इन्द्रिय हुने विश्वास समेत गरिन्छ ।


यहाँ कुकुरको ब्यवहारले बुझाउने केही संकेतबारे चर्चा गरिएको छ ।
कुकुर लडिरहेको



तपाइँ घरबाट निस्केर कतै जाँदा बाटोमा कुकुर आपसमा झगडा गरिरहेको र लडिरहेको देख्नु भो भने यो अशुभ संकेत हो । त्यो दिन तपाइँको काम हुने सम्भावना न्यून हुन्छ । कुकुर आपसमा लड्नुलाई अशुभ संकेत मानिन्छ र यसले तपाइँको दिन पनि खराव हुने संकेत गर्छ । तपाइँले कुनै विवाद वा अपमानको सामना समेत गर्नु पर्ने हुन सक्छ ।

प्लास्टिक दाँतले टोकेको




तपाइँले घरुबाट निस्कँदा कुकुर भोकाएर खानेकुरा खोजिरहेको अवस्थामा भेट्नु कुनै अनौठो कुरा होइन । तर कुनै पनि कुकुरले दाँतमा प्लाष्टिकको पोको च्याँपेर हिँडेको छ भने चाँहि यो अशुभ मानिन्छ । यसले तपाइँलाई उक्त दिन समस्या पर्ने संकेत गर्छ । तपाइँले गर्न आँटेको काम अर्को दिनलाई सार्नु उपयुक्त हुन्छ या अघि बढ्नै परे केही पानी पिएर मात्र अघि बढ्नु राम्रो मानिन्छ ।


मैथुन गरेको



यदि घरबाट निस्किने समयमा कुकुरले यौन क्रिडा गरिरहेको देख्नु भो भने पनि अशुभ मानिन्छ । यस्तो दृष्य देखेको दिन काम बन्दैन । उल्टै झन्झट आइलाग्छ ।

हड्डी वा ढुंगा टोकेको



कुनै पनि कुकुरले मुखमा हड्डी वा ढुंगा टोकेर हिँडेको देख्नु भो भने बुझ्नुस् अशुभ हूँदैछ । शास्त्रमा यस्तो दृष्य देखेपछि झन्झट आइलाग्ने र काम विग्रने उल्लेख छ ।



घरकै कुकुर 



घरबाट निस्कने समयमा तपाइँले घरमा पालेको कुकुर भुक्ने वा यता उता दौडिन थाल्यो भने बुझ्नुस् तपाइँ बाहिर ननिस्किनु नै उपयुक्त हुन्छ । त्यसैगरी कुकुरहरु जम्मा भएर भुक्न थालेपनि भने कुनै विपत्तिको संकेत गर्छ । यस्तो हुँदा छिमेकीसँग झगडा पनि हुन सक्छ ।
एजेन्सी

Tuesday, December 2, 2014

धर्मशास्त्र अनुसार यी ३ बार कहिल्यै नकाट्नु दारी र कपाल

धर्मशास्त्रमा जीवनका नियमहरु उल्लेख छन् । त्यसमा दारी र कपाल काट्न नहुने दिन समेत उल्लेख छ । यी दिनमा दारी कपाल काट्दा अशुभ हुने मानिन्छ ।

यी दिनमा नकाट्नुस् कपाल

शास्त्रका अनुसार मंगलवार, विहीवार र शनिवार कपाल काट्नु हुँदैन । यसले अशुभ गराउने विश्वास छ ।
ज्योतिष शास्त्रका अनुसार पनि मंगलबार मंगलको दिन हो । शरीरमा पनि मंगलको निवाश हुने यो दिनमा कपाल काट्नु राम्रो मानिन्छ । मंगलबार र शनिबार कपाल काट्दा अशुभ प्रभाव पर्ने उल्लेख छ ।

शास्त्रका अनुसार




मंगलबार कपाल काट्दा ८ महिना कम हुन्छ मान्छेको आयु
विहीबार लक्ष्मीको दिन मानिन्छ । यस दिन कपाल काट्दा लक्ष्मी अर्थात धनकी देवी बेखुसी भएर दरिद्र हुने सम्भावना हुन्छ ।
शनिबार कपाल काट्दा ७ महिना आयु कम हुने विश्वास गरिन्छ ।
बाँकि रहेका सोमवार, बुधवार, शुक्रवार र आइतवार कपाल काट्नु राम्रो मानिन्छ ।

Monday, December 1, 2014

धर्मशास्त्र अनुसार यी तिन कुराले पुरुषलाई बनाउंछ दुर्भाग्य

भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।

चाणक्य नीति भन्छः

वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।
भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।।

यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भनेे यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।





शत्रुको हातमा परेको धन

चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ ।

अरुको घरमा गुलाम

कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन ।

यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ ।अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ ।

धर्मग्रन्थका सान्दर्भिक भनाई यस्ता छन् , जुन् बैज्ञानिक दृष्टिमा समेत मेल खान्छ

कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । तर यो बानी बैज्ञानिक दृष्टीले त नराम्रो मानिन्छ नै धार्मिक दृष्टीले समेत अशुभ मानिन्छ । धर्म ग्रन्थले मानिसको आयु १०० वर्ष भन्दा पनि बढी हुने तर हाम्रा आनी बानीका कारण कम हुँदै गएको उल्लेख गरेका छन् । यस्तै अशुभ र आयु घटाउने बानी मध्ये मानिन्छ नङ टोक्ने बानी ।
यहाँ आयु घटाउने भनेर धर्म ग्रन्थमा उल्लेख गरिएका केही ब्यवहारको चर्चा गरिएको छ ।





१ जुन मानिस अस्थिर छ र नङ टोक्छ उसको मन अशुद्ध हुन्छ र चंचल हुने धार्मिक ग्रन्थमा उल्लेख छ । यस्ता ब्यक्तिको मृत्यु पनि छिटो हुने उल्लेख छ । यस्ता ब्यक्तिको अल्पायुमै मृत्यु हुन्छ ।
२ क्रोधहिन सत्य बोल्ने र हिंसा नगर्ने ब्यक्तिको आयु मात्र १०० वर्ष वा त्यस भन्दा बढी हुन्छ । तर हिँसा गर्ने र अन्य मानिसलाई समेत दुर्ब्यवहार गर्ने परपुरुष वा परस्त्रीको संगत गर्ने मानिसको आयु छोंटो हुने शास्त्रमा उल्लेख छ ।



३ रातिको समयमा कपाल कोर्ने, आँखामा गाजल लगाउने, दाँत माझ्ने काम अशुभ मानिन्छ । यी काम रातिमा गर्ने ब्यक्तिको पनि आयु छोंटो हुने शास्त्रमा उल्लेख छ ।

४ औंशी पूर्णिमाको दिन वा रातमा पनि यौन कार्यमा संलग्न हुने ब्यक्तिको पनि अल्पायुमा निधन हुने धर्मग्रन्थमा उल्लेख छ ।

५ गर्भवती स्त्री, कमजोर र अपाङ्गलाई बाटो नछोड्ने उल्टै धक्क्याएर हिँड्ने ब्यक्तिको समेत अल्पायुमा निधन हुने शास्त्रमा उल्लेख छ ।


यी ५ काम भुलेर पनि नगर्नुस् ।

Saturday, November 29, 2014

यस्ता सपनाले १० दिनपछी हुने घटनाको संकेत गर्छ

बैज्ञानिकहरु भन्छन् सपना हाम्रो दवाइका इच्छाका झलक हुन् । तर शास्त्रले भने यो कुरा मान्दैन । शास्त्रका अनुसरा सपनाको सम्बन्ध सिधा आत्मासँग हुन्छ ।

सपनाले देश काल र परिस्थिति एवं भविष्यको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।


कुन बेला देखिएको सपनाको अर्थ के ?
सूर्योदय भन्दा ७२ मिनेट अघि देखिएको सपनाले १० दिन पछि हुने घटनाको संकेत गर्छ । त्यस्तै रात्रिको सुत्ने वित्तकैको समय अर्थात प्रथम प्रहरमा देखिएको सपनाले एक वर्षमा र दुईतीय प्रहरमा देखिएको सपनाले ६ महिना भित्र हुने घटनाको संकेत गर्छ । तृतीय प्रहरमा देखिने सपनाले तीन महिना भित्र हुने घटना र चौथो प्रहरमा देखिने सपनाले एक महिनामै हुने घटनाको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।



सपना देख्ने वित्तिकै जाग्नु
कुनै पनि सपना देख्ने वित्तिकै निद्रा टुट्छ र त्यसपछि निद्रा नै लागेन भने त्यस्तो सपना सत्य हुन धेरै समय लाग्दैन । तर निद्रा लाग्यो भने सपना निष्फल हुन्छ । कुनै पनि सपना अरुलाई सुनाएपछि त्यसको प्रभाव कम हुने शास्त्रमा उल्लेख छ ।

सपनामा कुनै विपत्तिमा परेर भाग्न नसकेको देख्नु भो भने बुझ्नुस् जीवनमा पनि कुनै आपत् आइलाग्दै छ ।


उडेको सपना
यदि सपनामा हावामा उडेको देख्नु भो भने तपाइँको योजना सफल हुने संकेत दिन्छ भने जागिरमा पनि पदोन्नति हुन्छ । तर उड्दा उड्दै कुनै बस्तुसँग ठोक्कियो भने चाँहि सफलतामा बाधा आइलाग्छ ।

मरेको देख्नु 
सपनामा मृत्यु भएको वा लाश देख्नु शुभ मानिन्छ । सर्पले टोक्नु वा सिंह तथा हात्तिले लखेट्नु पनि राम्रै मानिन्छ ।

तर कुकुरले टोकेको वा नाङ्गो शरिर भएको ब्यक्ति देखिनु एवं भीरबाट खसेको वा भैंसीको हुल देख्नु नराम्रो संकेत हो ।




Wednesday, November 26, 2014

यस्ता डरलाग्दा सपनाले दिन्छ तपाईलाई अथाह धन...



भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।
 तपाई हामीले देख्ने केही सपनाहरू यस्ता हुन्छन्, जसले तपाई-हामीमा निकै डर पैदा गर्छ र लाग्छ यो सपनाले केही खराब संकेत त गर्दैन । तर, केही यस्ता सपनाहरू छन् जुन देख्दा निकै डरलाग्दा भएपनि ती सपनाले भविष्यमा केहि राम्रो हुने संकेत गर्छन् । यस्ता सपनाले भविष्यमा सम्पत्ति प्राप्त हुन सक्ने या अन्य लाभ हुने बताएका छन् । डरलाग्दा तर फाइदाकारी सपनाहरूबारे केही थाहा पाऔँ:

- शिर कटेको सपना देख्नु: आफ्नै टाउको काटिएको देख्नु कतिसम्म डरलाग्दो सपना होला ? पक्कै पनि निकै डरलाग्दो हुन्छ तर ज्योतिषका अनुसार यस्तो सपनाले धन लाभ गर्ने सूचना दिन्छ ।

- खुट्टा बाँधिएको देख्नु: आफ्नो खुट्टा बाँधिएको सपना देख्दा पनि केही असहज महसुस हुन्छ तर यस्ता सपना देख्नु राम्रो मानिन्छ । यस्तो सपनाले राज्य लाभ दिन्छ अर्थात् सरकारी क्षेत्रबाट फाइदा हुन्छ ।

- पहाड चढेको देख्नु: मानिसले पहाड चढ्नु भनेको गाह्रो काम गर्नु हो भन्ने सोच्छन् । तर तपाईले यही कुरा सपनामा देख्नु भयो भने यसले केही फाइदा हुने संकेत गर्छ । पहाड, समुन्द्र, वा खोला पार गरेको देख्नुले तपाईलाई धन लाभ हुने संकेत गर्छ ।

- टाउको दुखेको सपना देख्नु: सपनामा टाउको दुखेको देख्दा पनि धन लाभ हुने सम्भावना रहन्छ ।

- घोडा, हात्ती चढेको देख्नु: हात्ती, घोडा, कमलमा चढेको देख्दा पनि धन प्राप्तिको सम्भावना बढ्ने गर्छ ।एजेन्सी

Tuesday, November 25, 2014

याद गर्नुहोस्, यी चिजहरु घर अगाडी नराख्नुहोस् शंकट पर्न सक्छ



सामान्यतया मानिसले घर बनाउँदा वास्तुशास्त्र अनुसार बनाउँछन् । याद गर्नुहोस् घर बनाउँदा मात्र होइन वास्तुशास्तलाई मात्र ध्यान दिएर पुग्दैन ।
घरको अगाडि या मूख्यद्वारको अगाडि के–के राख्ने ? अर्थात् के–के राख्दा घरका परिवार बिरामी पर्ने, आर्थिक सङकट र सामाजिक कलंक लाग्छ ?घरको अगाडि राख्न नहुने केहि चिजहरुः
१.मुख्यद्वारको अगाडि रुख वा खम्बा भयो भने सन्तानलाई संकट पर्न सक्छ । वृत्ति विकासको अवसर नआउन सक्छ ।
२.खाल्डो भयो भने मानसिक रोगको बिरामी हुन सक्छ ।
३.हिलो भयो भने शोक पर्न सक्छ ।
४.मुख्यद्वारको अगाडि आएपछि बाटो सकियो भने ठूलो नोक्सानी पर्नेछ ।
५.गन्हाउने पानीको खाल्डो भयो भने ठूलो आर्थिक नोक्सानी पर्नेछ ।
घरपरिवारमा सुख, शान्ति, संवृद्धि, स्वस्थ्य हाँसो, खुसी कायम राख्न तपाई पनि माथि उल्लेखित चिजहरुबाट टाढै रहनोस् भन्ने वास्तुशास्त्रीहरुले सुझाएका छन् ।
एजेन्सी

Monday, November 24, 2014

शास्त्रीय मान्यता अनुसार धन प्राप्तीका लागि यस्ता संकेत शुभ ?



शास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ । विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो भन्ने थाहा दिन्छन् । धन प्राप्तीका लागि कस्ता संकेत शुभ ?

१ यदि तपाइँको दायाँ हातको हत्केला चिलायो भने बुझ्नुस् तपाइँलाई धन हात पर्दैछ । बैंक जाने समयमा बाटोमा गाइ देख्नु भो भने तपाइँको काम पुरा हुन्छ ।
 २ विहीबारको दिन कुमारी कन्या पहेंलो बस्त्रमा देख्नु भो भने तपाइँलाई धन लाभ हुन सक्छ ।
३ यदि कतै जाँदा सुन्दर स्त्री बाटोमा देख्नु भो भने पनि धनलाभ हुने सम्भावना हुन्छ । यदी पैसा हातबाट खस्यो भने तपाइँलाई धनलाभ हुन सक्छ ।
४ सपनामा कुनै निर्दोष ब्यक्तिले मुद्धाबाट सफाइ पाएको देख्नु भो भने धन प्राप्त हुन सक्छ । सपनामा तपाइँको छातीमा कसैले चलाएको वा कन्याएको देख्नु भो भने पनि धन हात लाग्ने संकेत हो ।


 ५ यदि सपनामा मोती, मुङ्गा, हार जस्ता गहना देख्नु भो भने घरमा लक्ष्मीको बास हुन्छ ।
६ पैसाको कारोवार गर्न जान लाग्दा कपडा लगाउने समयमा खल्तीबाट पैसा खस्यो भने पनि राम्रो संकेत हो ।
७ विहान उठ्ने वित्तिकै ढोकामा भिखारी माग्न आएको छ भने तपाइँको माग्नु पर्ने पैसा नमागी उठ्छ ।
८ सपनामा कट्टु लगाएर कपडामा टाँक लगाएको देख्नु भो भने धन मात्र होइन सम्मान समेत मिल्न सक्छ ।
 ९ कतै जाँदा लोखर्केले बाटो काट्यो भने पैसा हात पर्न सक्छ ।


 १० सपनामा फूल नास गरेको देख्नु भो भने यसले पनि धन प्राप्तिको संकेत गर्छ ।
 ११ सपनामा मुत्र, वीर्य, वा दिशा सेवन गरेको देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।
१२ सपनामा उँट देख्नु भो भने यसबाट पनि धन प्राप्त हुने संकेत मिल्छ ।
एजेन्सी