Wednesday, November 26, 2014
यस्ता डरलाग्दा सपनाले दिन्छ तपाईलाई अथाह धन...
भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।
तपाई हामीले देख्ने केही सपनाहरू यस्ता हुन्छन्, जसले तपाई-हामीमा निकै डर पैदा गर्छ र लाग्छ यो सपनाले केही खराब संकेत त गर्दैन । तर, केही यस्ता सपनाहरू छन् जुन देख्दा निकै डरलाग्दा भएपनि ती सपनाले भविष्यमा केहि राम्रो हुने संकेत गर्छन् । यस्ता सपनाले भविष्यमा सम्पत्ति प्राप्त हुन सक्ने या अन्य लाभ हुने बताएका छन् । डरलाग्दा तर फाइदाकारी सपनाहरूबारे केही थाहा पाऔँ:
- शिर कटेको सपना देख्नु: आफ्नै टाउको काटिएको देख्नु कतिसम्म डरलाग्दो सपना होला ? पक्कै पनि निकै डरलाग्दो हुन्छ तर ज्योतिषका अनुसार यस्तो सपनाले धन लाभ गर्ने सूचना दिन्छ ।
- खुट्टा बाँधिएको देख्नु: आफ्नो खुट्टा बाँधिएको सपना देख्दा पनि केही असहज महसुस हुन्छ तर यस्ता सपना देख्नु राम्रो मानिन्छ । यस्तो सपनाले राज्य लाभ दिन्छ अर्थात् सरकारी क्षेत्रबाट फाइदा हुन्छ ।
- पहाड चढेको देख्नु: मानिसले पहाड चढ्नु भनेको गाह्रो काम गर्नु हो भन्ने सोच्छन् । तर तपाईले यही कुरा सपनामा देख्नु भयो भने यसले केही फाइदा हुने संकेत गर्छ । पहाड, समुन्द्र, वा खोला पार गरेको देख्नुले तपाईलाई धन लाभ हुने संकेत गर्छ ।
- टाउको दुखेको सपना देख्नु: सपनामा टाउको दुखेको देख्दा पनि धन लाभ हुने सम्भावना रहन्छ ।
- घोडा, हात्ती चढेको देख्नु: हात्ती, घोडा, कमलमा चढेको देख्दा पनि धन प्राप्तिको सम्भावना बढ्ने गर्छ ।एजेन्सी
Similar Posts
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments