top_rightads

Monday, December 1, 2014

जापानले चीनको हतियार नष्ट गर्न सुरु गर्यो

 

१६ मङ्सिर, बेइजिङ ।
चीनमा रहेको र जापानले बनाएको कारखानाले सोमबार यस मुलुकमा दोस्रो विश्वयुद्धको समयमा छोडिएका ठूलो मात्राका रासायनिक हतियार नष्ट गर्न कार्य आरम्भ गरेको जानकारी टोकियोका अधिकारीहरूले दिएका छन् । यसलाई यी दुई मुलुकबीच यस्ता विषयमा कमै देखिने सहयोगको रूपमा हेरिएको छ ।
यो कारखाना उत्तरपूर्वी भागको हार्बालिङमा अवस्थित रहेको र यहाँ तीनदेखि चार लाख रासायनिक हतियार रहेको विश्वास गरिएको जानकारी जापानको मन्त्रिपरिषद्को कार्यालयले दिएको छ ।

जापानी तथा चिनियाँ कर्मचारीहरू यस कारखानामा काम गर्ने ती अधिकारीले बताए । स्थानीय जनता तथा वातावरणको सुरक्षालाई ध्यानमा राखी रासायनिक हतियार नष्ट गर्ने कार्यलाई गम्भीरतापूर्व अगाडि बढाउनु आफ्नो जिम्मेवारी भएको ती अधिकारीले बताए ।
टोकियो तथा बेइजिङबीचको सम्बन्ध पूर्वी चीन जल क्षेत्रको विवादका कारण केही वर्षदेखि बिग्रिएको छ । यसैगरी २० औँ शताब्दीमा जापानको यस मुलुकमा क्रूर नियन्त्रणलाई समस्याकै रूपमा लिने गरिन्छ ।

यी हतियार छोड्नु जापानी सैनिक आक्रमणकारीले चीनमाथि आक्रमणका समयमा गरेका अनेकौँ अपराधमध्ये एक भएको चिनियाँ एक अधिकारीले बताए भनी सिन्ह्वा समाचार संस्था उल्लेख गरेको छ ।




सन् १९९९ मा टोकियो तथा बेइजिङबीच यी हतियार नष्ट गर्ने विषयमा सहमति भएको थियो । सहमतिमा जापानले आवश्यक कोष, प्रविधि, विशेषज्ञ तथा स्रोत उपलब्ध गराउने व्यवस्था गरिएको थियो । आरम्भमा यो कार्य सन् २००७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पछि यो मिति सन् २०१२ का लागि सारियो र हाल यत्तिको ढिलो भएको छ ।
हार्बालिङमा यो काम सन् २०२२ मा सम्पन्न हुने लक्ष्य राखिएको जानकारी जापानका मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरूले दिए ।
जापान सरकारको छोडिएका रासायनिक हतियारसम्बन्धी कार्यालयले आफ्नो वेबसाइटमा कूल ४७ हजार रासायनिक हतियार यसअघि अन्यत्र लगिएको, प्राप्त भएको तथा भण्डारण गरिएको जानकारी दिइएको छ ।

बेइजिङले टोकियोलाई नियमित रूपमा विगतलाई गम्भीरतापूर्वक स्वीकार गर्न र यी विषयमा छिटो काम गर्न आग्रह गरिरहेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिङले पत्रकारहरूलाई चीन तथा जापानले तय गरेको योजनामा प्रगति अझै कम भएको बताउनुभयो । उहाँले बेइजिङले जापानलाई चीनमा छोडेका रासायनिक हतियार नष्ट गर्ने काममा गति दिन कर्मचारी तथा साधनका हिसाबले स्रोत बढाउन आग्रह गरेको उहाँले बताउनुभयो ।



जापानी विद्वान योसियाकी योसिमीलाई उद्धरण गरी बेइजिङ टाइम्सले सन् १९३१ देखि १९४५ बीच जापानले ७५ लाख हतियार बनाउन सात हजार ३०० टन विषाक्त ग्यास प्रयोग गरेको उल्लेख गरेको छ । रासस,एएफपी

No comments:
Write comments