top_rightads

Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Wednesday, December 10, 2014

सपना देखेपछि उत्खनन् गर्दा भगवानका आकृतिका शिला भेटियो

इलाम, मंसीर २५ – पूर्वी इलामको श्रीअन्तु–६ स्थित सिद्धिखोला छेउमा विभिन्न भगवान्का आकृति भएका शिला फेला परेका छन् । सोही स्थानका नरेन्द्र राईले सो स्थानमा देवीदेवता सपनामा देखेपछि उक्त ठाउँमा गएर उत्खनन गर्ने क्रममा भगवान्का आकृति भएका शिला भेटिएको राईले बताए ।

ती शिलाको राईले नामकरणसमेत गरेका छन् । हातको चित्र भएको शिलालाई बुद्धको दाहिने हात, सुदर्शन चक्र, आँखाको चित्र भएको शिलालाई सेतीदेवीको आँखा, किराँतेश्वर महादेव र कान्छी पाथीभराको नामकरण गरिएको छ ।



एक साताअघि फेला परेका ती शिलाहरू हेर्न तथा पूजा गर्न आउने भक्तजनको घुइँचो लाग्न थालेको छ । शिला फेला परेपछि स्थानीयले शनिबार र मङ्गलबार पूजाआजा गर्न थालेका छन् । पैतलाको समेत आकृति भएको शिला भेटिएपछि त्यसलाई विष्णुनारायण भगवान्को पैतला भनेर नामकरण गरिएको छ

। उक्त स्थानमा सिद्धेश्वर महादेवले तपस्या गरेको स्थानसमेत रहेको किंवदन्ती छ । प्राकृतिक रूपमा विचित्रको देखिने उक्त स्थानलाई संरक्षण गर्न देवेन्द्र शर्माको अध्यक्षतामा देवालय संरक्षण समिति गठन गरिएको छ ।

क्याम्पसका मोटरसाइकल हुने विद्यार्थी सावधान ! बिहानै २० ओटा मोटरसाइकल नियन्त्रणमा

काठमाडौं, मंसिर २५ । युवा–युवतीले चलाएको मोटरसाइकल दुर्घटना हुनेक्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलले त्यसको रोकथाम गर्ने काम थालेको छ । सोक्रममा क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरी मोटरसाइकल चेकजाँचमा कडाइ गरिएको छ ।

महानगरिय ट्राफिक प्रहरी वृत जावलाखेलका प्रमुख सीतारामा हाछेंथुको अगुवाइमा विहीबार बिहान ६ देखि साढे ६ बजेसम्म कुमारीपाटीमा मोटरसाइकल चेकजाँच गरी २० ओटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।



चालकसँग लाइसेन्स नभएको, मोटरसाइकलको ‘साइलेन्सर पाइप’ ठीक अवस्थामा नरहेको, मोटरसाइकलको ‘सक’ उठाइएको र ३ जना चढेको पाइएपछि नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका मोटरसाइकलहरु अभिभावकलाई बोलाएर फिर्ता दिइने भएको छ ।

सीताराम हाछेंथुलाई दरबारमार्गबाट सरुवा गरेर महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलमा सरुवा गरिएको चार दिन मात्र भएको छ ।  ईमेज खबर बाट साभार

अब एसएलसी दिने सबै पास : परीक्षामा अनुतीर्ण हुने प्रावधान नै खारेज

२५ मंसिर, काठमाडौ । एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरिएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बुधवार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विगत ८१ वर्षदेखि लागू हुँदै आएको एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरेको गोरखापत्रमा खबर छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले विद्यालयबीचको अस्वस्थ प्रतिष्पर्धी उन्मुलन गर्न र विद्यार्थीलाई मानसिक तनावबाट मुुक्त पार्न एसएलसी परीक्षामा अनुतीर्ण हुने ब्यवस्था अन्त्य गरिसकेको बताए । उनका अनुसार अवदेखि विद्यार्थीको हातमा अनुतीर्ण भएको प्रमाणपत्र थमाइने छैन ।
यस्तै ब्यवस्था यसवर्ष प्राविधिकतर्फको एसएलसी परीक्षामा परीक्षणका रुपमा लागू गर्ने र आगामी २०७२ सालको एसएलसी परीक्षादेखि साधारणतर्फ पनि लागू गरिने छ ।
परिषद्को बैठकले प्रशितका आधारमा गरिदै आएको परीक्षाको मूल्यांकन पद्धतिलाई विस्थापित गरी ‘लेटर ग्रेड’का आधारमा मूल्यांकन गर्ने आधारलाई स्वीकृत गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक ढुंगेलका अनुसार ९० देखि एक सय प्रतिशत अंक ल्याउनेलाई ‘ए प्लस’ (विशिष्ट), ८० देखि ८९ प्रशित अंक ल्याउनेलाई ‘ए’ (उत्कृष्ट), ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ‘बी’ (धेरै राम्रो), ४० देखि ५९ प्रतिशत अंक ल्याउनेलाई ‘सी’ (राम्रो) तथा २५ देखि ३९ प्रतिशत अंक ल्याउनेलाई ‘डी’ (कमजोर) र २५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ‘ई’ (धेरै कमजोर) भनी प्रमाणपत्रमा उल्लेख गरिनेछ ।

५० रुपैयाँमा प्रहरीले इज्जत बेचेपछि…

सिन्धुपाल्चोक । सवारीसाधनको कागजपत्र चेक/जाँच गर्ने क्रममा अरनिको राजमार्गस्थित विभिन्न स्थानमा बसेका प्रहरीले कागजपत्रसँगै पकेट खर्च असुल्ने गरेको पाइएको छ ।
अरनिको राजमार्गको विभिन्न स्थानमा रवारीसाधनको कागजपत्र चेकजाँच खटिएका प्रहरीहरुले ५० देखि २ रुपैयासम्म पकेट खर्चके रुपमा असुल्ने गरेका हुन् ।
काभ्रेको साँगादेखि सिन्धुपाल्चोकको विभिन्न स्थानमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले सवारीसाधन चेक गर्ने गरेका छन् ।


सवारीको कागजपत्र माग्जे क्रममा सवारी चालकहरुलले कागजपत्रभित्रै पैसा हालेर दिने गरेका छन् ।
राजमार्गमा चेकिङमा खटिने प्रहरीले निजी सवारी साधनभन्दा सार्वजनिक र मालबाहक गाडीसँग पैसा असुल्ने गरेको चालकहरुले बताएका छन् ।
चालकले दिएको पैसा किन लिएको भन्ने प्रश्नमा प्रहरीहरु दाँत कोट्याउन झिकेको पैसा गोजीमा हालेको भन्दै पन्छिने गरेका छन् ।
चालकहरुले लफडामा पर्नुभन्दा पैसा दियो उनीहरुको पनि चुल्हो बल्ने हुनाले पैसा दिने गरेको उल्लेख गरे । आजको राजधानीमा समाचार छ ।

पासपोर्ट भर्दै हुनुहुन्छ ? हतार नगर्नुस गाउँमै टोली आउँदै छ

काठमाडौ । अगामी एक बर्ष भित्र हस्तलिखित राहदानीलाई विस्थापनका लागि आवेदन संकलनको टोली नै खाडी मुलुक पठाउने तयारी परराष्ट्र मन्त्रालयले गरेको छ ।
मलेसिया, कतार, युनाइटेड अरब इमिरेट्स ९युएई० साउदी अरविया, कुवेत ओमान र बहराइनमा रहेको दूतावास तथा समुदायसंगको सहकार्यमा त्यहाँ टोली नै पठाएर आवेदन संकलनको तयारी अघि बढाएको जानकारी दिएको छ ।



सुशासन तथा अनुगमन समितिमा राहदानीको समस्याबारेमा जानकारी दिंदै परराष्ट्रका कामु सचिव शंकरदास बैरागीले भने,‘हामीले अवको एक बर्ष भित्र सबै हस्तलिखित राहदानी विस्थापन गर्न सक्नुपर्छ ।
यसको लागि प्रविधीमा सुधार गरेर अघि बढ्ने, नेपालीहरु काम गरिरहेका स्थानमा नै गएर आवेदन संकलन गर्ने, सूचना प्रवाह गर्ने जस्ता कार्यमा जुट्नेछौ ।’
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, परराष्ट्रका कामु सचिव बैरागी, राहदानी विभागका महानिर्देशक लोकबहादुर थापा र गृहका सहसचिव लक्ष्मिप्रसाद ढकालले सभासदहरुसंग आफ्नो बाध्यता र समस्या प्रस्तुत गर्दै सुधारको लागि अवलम्वन गरिएको विषय पनि राखेका थिए ।
परराष्ट्र र गृहमन्त्री समेत रहिसकेका सभासद कमल थापाले काठमाडौं केन्द्रित कार्यले गर्दा यस्तो समस्या आएको हो भन्दै यसलाई सके सबै जिल्लामा सहज वितरण नभए १४ अंचल त्यो पनि सम्भव नभए कम्तिमा पनि पाच विकास केन्द्रमा काठमाण्डौंबाट जस्तै गरि छिटो र छरितो ढंगले राहदानी वितरणको ब्यवस्थापन तत्काल गर्न आवश्यक रहेको बताए । उनको धारणामा सबै सभासदहरुले साथ दिदै सात दिनमा सबैले राहदानी पाउन पर्ने बताए ।
उनीहरुले रोजगारीको लागि विदेशमा रहेका नेपालीलाई पनि राहदानीको कारण अवैध नबनाउने तर्फ काम गर्न निर्देशन नै दिएका छन । आगामी नोभेम्वर २४ देखि विश्वभर एमआरपी लागू हुनेछ ।
हस्तलिखित राहदानीलाई अस्विकार गरिने हुदा त्यसको विस्थापन आवश्यक छ । अहिलेको गतिमा काम भएमा अवको एक बर्षमा पाच लाख राहदानी पनि विस्थापित हुन गाह्रो रहेको अवस्था छ ।
कम्तिमा पनि १५ लाख राहदानी विस्थापन गर्न जरुरी रहेको उनीहरु स्वयंले बताइरहेको अवस्थामा कसरी अघि बढ्ने योजना तत्काल लागू हुन जरुरी रहेकोमा सभासदहरुले ध्यान दिन आग्रह गरेका थिए । आजको कान्तिपुरमा समाचार छ ।

एकैदिनमा १३ छात्राहरु रुदै, कराउँदै एकाएक बेहोस..

सुर्खेत, मंसीर २४ – अघिल्लो महिना वीरेन्द्रनगर नगरपालिका–२ मा रहेको त्रिपुरेश्वर उच्च माध्यामिक विद्यालयका छात्राहरु एकाएक बेहोस् हुन थाले ।
दिन दिनै एकदुई जना छात्राहरु बेहोस् भइरहने गरेपछि विद्यालयका शिक्षक\शिक्षिकाहरु र विद्यालय व्यवस्थापन समिति नै आत्तियो । छात्राहरुमा रुने, कराउने र बेहोस् हुने समस्या बढ्दै गए पछि विद्यालयले जिल्ला शिक्षा कार्यालयलाई पनि जानकारी गरायो । तर जिल्ला शिक्षा कार्यालय सुर्खेतले पनि खासै वास्ता गरेन । यही समस्या पुनः दुई हप्ता पछि हिजो मंगलबार देखिएको छ । मंगलबार विद्यालयमा एकैदिन १३ जना छात्राहरु रुदै, कराउँदै बेहोस भएको विद्यालयले जनाएको छ । मंगलबार बेहोस हुने छात्राहरु कक्षा ६ देखि ९ सम्म अध्ययन गर्ने भएको विद्यालयले जनाएको छ ।
एक जना छात्रा बेहोस भएपछि एक पछि अर्काे गर्दै बेहोस हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद थानीले बताए । उनीहरु सुरुमा कराउने, काम्ने गर्ने र त्यसपछि बेहोस् हुने गरेको उनको भनाई छ । छात्राहरुले बेहोस् हुनु पूर्व यस्तो भन्ने गरेका छन्–‘‘कुवाबाट आयो, अव खान्छ , विद्यालयको नजिकै एउटा इनार पनि रहेको छ । यस्तो समस्या उनीहरुमा कम्तिमा आधा घण्टादेखि बढीमा एक घण्टासम्मा देखा पर्ने गरेको छ ।



यस्तो समस्या यस अघि नै देखा परेकोले विद्यालयले समस्या समाधानका लागि विभिन्न प्रयासहरु पनि गरेको बताएको छ । यस्तो समस्याको बारेमा डाक्टरलाई जानकारी गराउँदा ‘मास हिष्ट्रिया’ भएको बताउने गरेको विद्यालयले बताएको छ । छात्राहरुमा देखिएको यस्तो समस्या विद्यालयले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका डाक्टर हरि सापकोटालाई देखाएको विद्यालयका अध्यक्ष थानीले जानकारी दिए ।
डाक्टरलाई देखाउँदा पनि समस्या समाधान हुने संकेत नदेखिएपछि विद्यालयमा धाँमीझाँक्री बोलाएर झारफुक गरिएको छ । केही दिन अगाडि विद्यालयले धाँमी बोलाएर सबै प्रक्रिया पु¥याएर पुजा गरेको थियो । यसरी पुजा गरेपछि केही दिन समस्या नदेखिएपनि पुनः छात्रामा यस्तो समस्या देखिन थालेको छ । विद्यालयको हाताभित्र रहेको कुवामा झाँक्री भएको र त्यसमा फोहोर गरेपछि यस्तो समस्या देखिने गरेको स्थानीयको भनाइ छ । यता विद्यालयले भने विद्यालयमा आउने छात्रामा यस्तो समस्या देखिन थाले पछि नजिकिदै गरेको परीक्षामा पनि प्रभावित हुने भन्दै चिन्ता व्यक्ति गरेको छ । विद्यालय बन्द गर्न पनि नसकिने र विद्यालय संचालन गर्न वित्तिकै यस्तो समस्या देखिने भन्दै यो समस्या समाधानका लागि सबैले पहल गरिदिन विद्यालयले आग्रह गरेको छ ।
यो समस्या त्रिपुरेश्वर उच्च माध्यामिक विद्यालयमा वि.स. २०५१ सालमा पनि देखिएको थियो । त्यतिवेला क्षेत्रीय शिक्षा निर्देशनालयको पहलमा केन्द्रबाटै विशेषज्ञको टोली आएर छात्राहरुको उपचार गरेको थियो । विद्यालयका अनुसार यस अघि २०४४ सालमा पनि छात्राहरुमा यस्तो समस्या भएको थियो । रातो पाटि बाट साभार

१६ लासको लस्कर, भेरीमा आँशुको बाढी, बगरभरी मलामी : मलामी पनि बाँकी रहेनन् गोत्रीमा

सुर्खेत : यतिबेला सुर्खेतको क्षेत्रीय अस्पताल शोकले स्तब्ध छ। १६ लासको लस्कर उठाउन मलामी लाम लागेका छन्। मलामी र आफन्त आउने क्रम जारी छ। रुवाबासी चलिरहेको छ। सिंगो अस्पताल नै शोकमा डुबेको छ।

सुर्खेतको सुर्खेतको पोखरीकाँडास्थित भीर आइतबार साँझ भएको दुर्घटनामा ज्यान गुमाएका १६ जनाको आज भेरी नदीमा सामूहिक दाहसंस्कार गरिदैछ। सुर्खेत क्षेत्रीय अस्पतालमा राखिएका शवलाई अन्तिम संस्कारका लागि अस्पतालमा भेरीमा नदीमा लगिदैछ।



अहिले अस्पतालमा मृतकका आफन्त, मलामीको भीड छ। आफन्तका अाँखा अझै ओभाएको छैनन् । अहिले पनि रुवाबासी चलिरहेको छ। दुर्घटनामा मर्ने १६ जना बाजुराको गोत्री गाबिसका हुन्। गाउँलेहरु बस रिजर्भ गरेर मलामी आएका छन्। १६ शवलाई लस्करै लगेर भरीमा जलाउने तयारी छ। भेरी नदीमा मलामी तथा अन्य स्थानीयको भीड लाग्न थालेको छ। मृतकका प्रत्येक परिवारलाई किरिया खर्चबापत २५ हजार उपलब्ध गराइएको छ ।

बस दुर्घटनामा ज्यान गुमाएकाहरुको शव बुझ्न सुर्खेत आएका आफन्त
कालिकोटबाट कैलालीको टिकापुर लागि छुटेको बस सुर्खेतको पोखरीकाँडास्थित कल्याण काँध नजिक भीरमा खसेर दुर्घटना हुँदा बाजुराको गोत्रिका १६ जनाको ज्यान गएको हो । गाउँभरीका युवाको ज्यान गएपछि गोत्री गाविस शोकमा डुबेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा गोत्री गाविसका पंखे सार्की, मुनराज विष्ट, गोपी सार्की, लालबहादुर दर्जी, रामबहादुर दर्जी, दिलबहादुर सार्की, उज्वल सार्की, लालबीरे दर्जी र उनका छोरा रहेका छन् । त्यसैगरी सोही ठाउँका साउने सार्की र उनकी पत्नी, वीरजीत सार्की, माङ्ले सार्की, दुर्गा विष्ट र अन्य दुईजना पुरुषको ज्यान गएको  भएको पुष्टी भएको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने खुल्न सकेको छैन् ।

मजदुरीका लागि भारत जान हिँडेका बाजुरा गोत्रीकै अन्य १५ जना भन्दा बढी युवा घाइते भएका छन्। उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गोत्री–१ का साउने सार्की र कुसनकला सार्की पनि नफर्किने खगरी गएका छन् । गोत्री गाउँ यतिबेला शोकाकुर बनेको छ । गोत्री १ र ३ का मात्र सात ÷सात जनाको ज्यान गएको छ । ‘गाउँमा मलामीसमेत छैनन्,भएभरका सबै युवा सँगै थिए ,गाउँघरमा नावालक र वृद्द–बृद्दा मात्रै छन् । ती रुनमै ठिक्क छन्’ स्थानीय वीरबहादुर शाहीले भने । हिँउदको महिना घरमा काम नहुने भएकाले यहाँका सबैजसो स्थानीय कामका लागि वर्र्षेनी भारत जाने गर्दछन् । गरिब र विपन्नता यसको पहिलो कारण हो ।आजको राजधानी दैनिकमा खबर छ ।

एजेन्सी

Tuesday, December 9, 2014

विह्वल हुँदै गंगामाया भन्छिन् : मलाई टुँडिखेलमा लगेर फाँसी देउ..

बा (श्रीमान्) लाई सरकारले मार्यो । छोरा अपराधीले मार्यो । अब मलाई किन बाँच्न लगाउँछौं ? मलाई पनि मारिदेओ भन्छु, डाक्टरसँग तर उनीहरु बाँच्नुपर्छ भन्दै उपचार गर्छन् । यसरी जिउँदो लास भएर दिनदिनै पीडामा जिउनुभन्दा टुँडिखेलमा लगेर फाँसी दिए मेरो पीडा कम हुने थियो । केही गर्दा पनि मन बुझाउन सक्दिनँ ।



यो अस्पताल भित्र मैले बन्दी जीवन बिताइरहेको छु । कसैलाई भेट्न पनि दिँदैनन् । मेरो भान्जा, बहिनीको छोरो र भाइ भेट्न आएका थिए रे  । उनीहरुले समेत भेट्न नपाई फर्किएछन् । ठूलो छोरा कहाँ छ पत्तो छैन ।

छोरीकी साथी एउटी नानी थिइन् । ती नानी बेलाबेला आइरहन्थिन् । मेरो कपाल कोरिदिने, तेल लगाइदिने, लुगा कपडा फेराइदिने गर्थिन् ? उनलाई पनि भेट्न आउन दिएको छैन । बा बितेपछि केही दिन मानव अधिकारकर्मी र सरकारका मान्छटेहरु आएर जोर जबर्जस्ती अनशन तोडाए । त्यसपछि भेट्न आउने मान्छे पनि कम भए, आजको कान्तिपुर दैनिकमा खबर छ ।

चिसो छिँडीमै थरथरी मुटु कमाउँदै रात कटाउनेहरुको कथा

काठमाडौं, मंसीर  – काठमाडौं मस्त निन्द्रामा थियो । देशका शासक प्रशासक द्धारमा सुरक्षाकर्मी खडा राखेर मस्त निदाइरहेका थिए । ठिक त्यहिरात सहरको महंगा महल बाहिर छिँडीमा पनि केही मानिसहरु निदाइरहेका थिए,भुस्याहा कुकुरको साथमा । गएराती हामी त्यहि छिँडिका मानिसहरुको दरुण कथा उतार्न मध्यरातमा काठमाडौं उत्रेका थियौं । खबर तिनैको सम्प्रेषण गर्नु थियो, जो कैयौं रात यसरी शहरमा निदाउँदै आएका थिए ।

तर निमुखाहरुले सुत्ने यस्तो सुताई बारे काठमाडौं बेखबर जस्तै थियो । काठमाडौं कहिले देखि बेखबर छ, त्यसवारे हेक्का छैन । तर काठमाडौं छिँडीको सुताई र महल भित्रको सुताईको परिभाषा एकै रुपमा व्याख्या गर्ने कुचेष्ठा गर्दै थियो । निन्द्रा एकै हो तर ठाउँ फरक थियो र छ । कोही भुस्याहा कुकुरको अंगालोमा बेरियर त्यसकै तातोमा रात काट्न बाध्य छन्, त कतै महलका महंगा सयन कक्षमा मस्त निन्द्रा छन्, तिनै मानिस ।



नांगो आँखाले देखिने फरक शायद यत्तिनै होला । गएको रात अर्थात (२०७१,२२ मंसिर)को मध्यरातमा काठमाडौं शहरको व्यस्त बजार ‘ठमेल’ बाट, हामीले छिँडीका मानिसहरु नियाल्यौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहको घर नजिकै रहेको एक घरको बाहिर छिाडीमा एक बृद्ध मानिस निन्द्रामा थिए । उनको फुलेको कपाल ल्याम्पपोष्टले फालेको ज्योतिको सहायताले नियाल्न सकिन्थ्यो । वुवा तपाईको नाम केहो ? ‘कुमार ।

’ चिउरा र दालमोड चपाउँदै उनले जवाफ फर्काए । परिस्थिति त्यस्तै थियो, हामीले उनीसँग थप कुराकानी गर्नै सकेनौं । केहि घण्टा अन्यत्रका सुताई चियाउँदै हामी पुन: कुमार भएको ठाउँमा पुग्दा उनी मस्त निन्द्रामा थिए । उनी लामो समयदेखि त्यहि छिडिमा आफ्नो बाँकी जिन्दगी गुजार्दै रहेछन् । जाडोले काठमाडौंलाई आतंकीत पार्न खोज्दैछ, तर उनलाई कुनै त्रास थिएन । उनी मस्त निन्द्रामा थिए । एक सरो ओड्ने थियो, सिमेन्टको चिसो जमीन उनको विछ्यौना । राजधानीलाई चिसो हावा र तुषारोले स्पर्ष गर्दै गरेको सजिलै अनुभुती गर्न सकिन्थ्यो ।

कुमारको साथमा एक कुकुर थियो,जो हामी देखेपछि चनाखो भयो । हामीले मध्यरातमा मस्त निदाईरहेका तिनै कुमारको फोटो कैद गर्‍यौं । त्यसपछि हामी त्यस्तै अर्का कुमारहरुको खोजीमा लाग्यौं । नर्सिङ चोक नजिकै एक घरबाहिर छिाडीमा अर्का एक मानिस थिए,जसको अवस्था तिनै कुमारको भन्दा फरक थिएन । उनी पनि एउटा बोरा आढेर खाली जमीनमा निदाएका थिए । हामीले उनलाई नियाल्यौं मात्रै,उनको तस्बिर पनि हामीले आफ्नो क्यामरामा कैद गर्‍यौं ।

 सार्क सचिवालय र केशर पुस्तकालयको नजिकै रहेको अर्को एक घरको आगनकै खोँचमा एक व्यक्ति भेटिए । उनी सिमेन्टेड खाली जमिनमा मस्त निदाइरहेका थिए । उनीसँग ओड्ने कपडा थिएन, थियो त केवल मध्येरातमा आएको चिसो हावाको स्पर्ष,र जमीनसंगको साथ । सहकर्मी गोकर्ण लामिछानेले तस्बिर लिंदै गर्दा क्यामराले फालेको चहकीले फ्ल्यासले उनी तर्सिए । उठ्न खोजे तर उठ्नै सकेनन् । सायद जाडोले कठ्याङ्ग्रीएकाले उनलाई हातगोडाले भर दिएन् ।

 दरबारमार्ग र बागवजार तिर पनि चिसोसँग पौंठाजोरी खेल्दै घुँडा खुम्च्याएर सुत्नेहरुलाई हामीले नियाल्यौं । जो बिना चलमल निदाएका थिए,उनीहरुको निन्द्रा विथोलीने डरले हामीले उनलाई नजिकबाट नियाल्यौं मात्रै । तस्बिर लिएनौं । बसन्तपुर अर्को यस्तो ठाउँ रहेछ जहाँका मन्दिरमा रातमा भक्तजन होइन, छिँडीमा रात विताउनेहरुको लर्को लाग्दोरहेछ । बसन्तपुरको सबैभन्दा अग्लो मन्दिरको सवैभन्दा माथि हामी उक्लिएका मात्र के थियौं, त्यहाँ एक अवोध बालक भेटिए ।

 पौराणीक मन्त्र कुँदीएको ढुँगोको फेदीमा उनको कलिलो टाउको अडिएको थियो । ओड्नको लागि उनीसँग रेडिमेड बोरा थियो,त्यहिपनि डबल हैन एकपाखा च्यातिएको थियो । त्यसले यो मंसिर अन्तिम साताको जाडो किन धान्थ्यो ? ओढ्नको लागी ओढेजस्तो मात्र । मध्यरातमा त्यहि बोरा उनको एकल सहारा बनेर शरीरमाथी थपक्क अडिएको थियो । उनी घुर्दै थिए । बोलाउने दुस्साहस गरेनौं । तस्वीर कैद गर्‍यौं । हाम्रो क्यामराको फ्ल्यासले धान्न नसकेपछि मोवाईलको मिनी लाईट अन गरेर बालको अनुहार उज्यालो हुनेगरी धेरैपटक क्यामराले उनको अनुहारलाई हामीले खिचिरह्यौं ।

मन्दिर कत्ति तलाको थियो हामी गन्ती गर्नतिर लागेनौं । यो अन्तिम तलाको भुँइ भने काठको थियो । काठे भुँईको बिछ्यौंनामा त्यो बालकको शरिर निन्द्रामै कापीरहेको थियो । त्यो दृष्य हेर्दै गर्दा,कैयौं पटक हामी कापेका थियौं,त्यसको शब्दिक अनुबाद गर्न अलि कठिन हुन्छ । हामी कापेजस्तै राज्य काप्यो भने,हामीले यसरी मध्यरातमा छिंडी चियाउनु पर्ने थिएन। तर राज्य जनताले दु:ख पाएको हेर्नमै मजा मान्छ । सहरमा चिसो रातका छिंडीमा एक रात होइन कयौंले जीवन पार गरिसके तर राज्य उनीहरुको जीवनसँग साक्षात समेत नहुनु दुर्भाग्यपूर्ण छ ।

राजधानीमा भेटिएका यी मानिसहरुको जीवन प्रतिनिधि अनुहार मात्रै हुन् । यो शहरका गल्लिहरुमा यस्ता कयौं जीवनहरु यसरी रात विताइरहेका छन् । यी सडक बालक देखाएर धन्दा गर्नेहरु राजधानीमा धेरै छन् । सडक बालबालिकाहरुको तस्बिरको ब्यापार गर्नेहरुका ल्याण्डरोभर त्यहि सड्कमा गुडीरहेको हुन्छ । तिनका गाडीका चक्काले उडाएको धुलो घुम्दै–घुम्दै यस्ता अवोधका मुखमा पर्छन । विडम्वना उनीहरु भने हरियो डलर डकारीरहन्छन् । यता सडक बालबालिकाको वकालत गर्ने सिवीन जस्तै संस्थाहरु राजधानीमा नभएका होईनन् । तर सडक बालबालीकाका दु:ख जस्ताको तस्तै छ ।

 सिमेन्टेड जमीनको विछ्यौनामा खाली आकाश ओढेर निदाएका यी मानिसहरुसँगै आलिसान बंगालामा निदाइरहेको राज्य, सुँगुर भन्दा के फरक भयो र ? जो सुत्न पाएसम्म सुतिरहन्छ । तर सडकमा सुत्ने निमुखाहरु भने आँखाको विष मार्न मात्र सुत्छन्,थरथरी मुटु कमाएर । (फोटो:गोकर्ण लामिछाने)

केही दिनमै ७ हजार शिक्षकको विज्ञापन खुल्ने

काठमाडौं,मंसिर २४ – शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको स्थायी दरबन्दीका लागि विज्ञापन गर्ने भएको छ । आयोगकाअ अनुसार ७ हजार दरबन्दीका लागि खविज्ञापनको अन्तिम तयारी भइरहेको छ ।

देशभरका सामुदायिक विद्यालयमा रिक्त दरबन्दीको विवरण प्राप्त भएपछि शिक्षा मन्त्रालयसँग समन्वय गरेर छिट््टै विज्ञापन गरिने आयोगका अध्यक्ष उदयराज सोतीले बताए । ७५ जिल्लामध्ये काठमाडौंमा खाली रहेका शिक्षकको विवरणमात्र आउन बाँकी छ ।



काठमाडौंलाई पनि खाली रहेको शिक्षकको विवरण पठाउन माग गरेकाले केही दिनभित्रै आइसक्ने सोतीको भनाइ छ । सबै जिल्लाबाट शिक्षकको विवरण आएपछि ७ हजार भन्दा धेरै संख्यामा विज्ञापन हुने भएको छ । अब बिज्ञापन गर्ने स्थायी शिक्षकको विज्ञापनमा ०६३ बैशाख ११ देखि ०७२ असार मसान्तभित्रको अवधिमा खाली हुने शिक्षक दरबन्दी विवरण आयोगले मागेको खछ ।आजको कारोबार दैनिकमा खबर छ ।

सहरी समाज तर असभ्य व्यवहार

काठमाडौ, मंसिर २३ - सार्क सम्मेलनका बेला सडक छेउछाउ रोपिएका फूल, दूबो र स-साना बिरुवा भाँच्दै-कुल्चिँदै मानिसले जथाभावी बाटो काटेका तस्बिर सार्वजनिक हुनेबित्तिकै यस्तो कामको सर्वत्र आलोचना भयो । इन्टरनेटका सामाजिक सञ्जाल साइटहरूमा तस्बिर पोस्ट गरेर असभ्य कर्म निरुत्साहित गर्ने एक प्रकारको 'भर्चुअल' अभियान नै सुरु भएपछि काठमाडौँको तीनकुने-माइतीघर सडकखण्डमा रखवारीका लागि प्रहरी नै तैनाथ गरियो ।

यसअघि जेठको पहिलो साता उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले रत्नपार्कमा जेब्राक्रसिङबाट नभई बीच सडकको डोरी नाघेर बाटो काटेको घटनाबारे पनि सबैतिर टीकाटिप्पणी भए । मूलधारका कतिपय मिडियामा यही घटनाको आलोकमा कार्टुनचित्र बनाइए । आलोचना बढ्दै गएपछि गृहमन्त्री गौतम स्वयंले 'त्यो बाध्यताको उपज रहेको' स्वीकारे ।



सहरी जनजीवनमा अनुशासन मिचिएका घटना हरेक दिन दोहोरिन्छन् । उपत्यकाको यातायात क्षेत्र त झन् विरक्त लाग्दो छ । सार्वजनिक गाडीले मनपरी स्थानबाट मान्छे चढाउने र झार्ने दृश्य सामान्य हो । गाडीभित्र खानेकुरा खाने र खोल झ्यालबाट मिल्काउने, अशिष्ट शब्द प्रयोग गर्ने, दोस्रो व्यक्तिलाई दुव्र्यवहार गर्ने, सडकमा धूम्रपान गर्दै मच्चिँदै हिँड्ने, जथाभावी थुक्ने, आकाशेपुल प्रयोग नगरी बाटो काट्ने, अस्पताल र विद्यालयअगाडि चर्को हर्न बजाउने, छेउकुनामा शौच गर्ने, शौचालयका भित्तामा जथाभावी लेख्ने र जथाभावी फोहर मिल्काउने, ट्राफिक नियमविपरीत मनलाग्दी सवारी साधन हाँक्नेजस्ता कार्यले सहरी अनुशासनको परिचय दिँदैनन् ।

यतिसम्म कि, हामीले शिष्टाचारका न्यूनतम ज्ञानसमेत आर्जन गर्न सकेका छैनौँ । पसलमा कुनै सामान किन्दा धन्यवाद टक्र्याउने फुर्सदसमेत हुँदैन । घरमा चर्को स्वरमा क्यासेट घन्काएर छिमेकीलाई दिक्कै पार्नेहरू त टोलटोलमा भेटिन्छन् । "नियम-कानुन, आचरण र मानवीय हिसाबले पनि राम्रा नमानिने यस्ता गतिविधिका पछाडि हाम्रो निश्चित चरित्र र स्वभावले काम गरिरहेको हुन्छ," मानवशास्त्री डिल्लीराम दाहाल भन्छन्, "यस्ता कुरा कतिपय अवस्थामा परिस्थितिजन्य पनि हुन्छन् । मूलतः यो हाम्रो समाज र संस्कृतिसँग जोडिएको कुरा हो ।"

असभ्यताको आयाम

व्यवहार र शैलीको निर्माण भनेको सामाजिक प्रक्रिया हो । यो हाम्रो धर्म, राजनीति, संस्कृति, प्रशासन, कानुन र शिक्षासँग पनि अन्तरसम्बन्धित हुन्छ । झन् उपत्यकाजस्तो सहरीकरणको चपेटामा परेको र देशको सबैभन्दा ठूलो प्रशासनिक स्थानमा व्यक्तिगत व्यवहारको रूपान्तरण प्रक्रिया तीव्र र स्वाभाविक मानिन्छ । निम्न वर्गका श्रमजीवी त छँदै छन्, मध्यमदेखि उच्च वर्गसम्मले बसोवास गर्ने सहरमा अनेकन् समुदायका व्यक्ति, उनीहरूका आ-आफ्नै प्रकारका सामाजिक र सांस्कृतिक पृष्ठभूमि एवं मनोविज्ञानको छनक देख्न सकिन्छ । हरेक दिन देशका विभिन्न भागबाट नयाँ मान्छे भिन्नभिन्न उद्देश्य बोकेर सहर आउने-जाने क्रम चलिरहन्छ । त्यसैले काठमाडाँैको मनोदशा तरल प्रकृतिको छ, जसको प्रतिविम्ब मान्छेका व्यवहार, बोलीचाली र खानपिनका शैलीमा देखिन्छ ।

उपभोग प्रवृत्ति पनि यसबाट अछुतो रहन सक्दैन । जस्तो : रेस्टुराँ या रिसेप्सनहरूमा सहभागी सबैको खाने शिष्टता एउटै हुँदैन । बोल्दा चयन गर्ने शब्द र प्रतिक्रियाका भंगी एउटै हुँदैनन् । सार्वजनिक समारोहमा कसैले मञ्चबाट केही बोलिरहेको छ भने मोबाइलको घन्टी बजाउने, छेउछाउमा कुरा गर्ने र हाँस्ने/गफिनेहरू पनि देखिन्छन् । यतिसम्म कि, संसद् चलिरहेका बेला मोबाइल फोनमा गफिँदै गरेका सांसद पनि टेलिभिजनका प्रत्यक्ष प्रसारणमा देख्न सकिन्छ । "सहरी समाजमा मुस्कानको मूल्यसमेत लोप होला भन्ने खतरा देखियो । हाँस्दा पनि पैसा लाग्ला कि भनेजस्तो समाजमा लापरबाहीका घटना देखिनु नौलो रहेन," मानवीय व्यवहार र सद्भाव सिर्जनाका निम्ति शिष्टाचार अभियान चलाइरहेका सुमन दाहाल भन्छन्, "सबै कुरा सरकारले गर्नुपर्छ भन्ने तर आफ्नो व्यवहारको ऐना नहेर्ने चलन राम्रो होइन । व्यक्तिले चाहेमा सभ्य हुन सक्छन् । नजानेको सिक्न सक्छन् ।"

कर्पोरेट संस्कृतिका जानकार सुजीव शाक्यको विचारमा हाम्रो मौलिक सोच नै सामन्ती चरित्रको भएकाले त्यसको प्रभाव सहरी सभ्यतामा पनि परिरहेको छ । घरभित्रै आफूले खाना खाएको प्लेट माझ्ने ठाउँसम्म नलैजाने पुरुषहरू घरको सरसफाइ सबै महिलाले गरिदिऊन् भन्ने चाहन्छन् । पुरुष मात्र होइन, कतिपय महिला पनि यस्तो सोचबाट ग्रस्त हुन सक्छन् । यो मनोभाव कार्यालय र सामाजिक जीवनमा पनि प्रतिविम्बित हुन्छ । "यस्ता मान्छे पनि छन्, जो एउटा गोरो छाला भएको विदेशीलाई भेट्नुपर्‍यो भने नुवाइधुवाइ गरेर नयाँ पहिरन लगाएर जाने तर एक नेपालीलाई भेट्नुपर्‍यो भने चल्छ भन्दै जाथाभावी पहिरनमा भेट्ने," शाक्य भन्छन्, "यस्तै मनोविज्ञान भएका मान्छेले नै हो, सार्वजनिक रिसेप्सनमा पनि खाँदै गरेको मासुको हड्डी प्लेटमा नराखी फुत्त बाहिर मिल्काउने ।"

इन्जिनियर माधवभक्त माथेमा भने कतिपय सन्दर्भमा व्यक्तिको गल्तीको जरो राज्यले तय गर्ने सहरको योजनासम्म जोडिएको ठान्छन् । योजना भनेको भौतिक पूर्वाधारको कुरा मात्र होइन । यसको उपभोग पद्धति र अनुशासनको कुरा पनि हो, त्यसैले यो राजनीतिक पनि हो । मानिसलाई ती सम्पत्तिसँग जोडिएका आवश्यक सबै ज्ञान तथा जानकारी सम्बन्धित पक्षले दिनुपर्छ । त्यो राज्यको कर्तव्य हो, जुन पूरा भएको देखिन्न । "काठमाडौँ उपत्यकाका सडकलाई वर्गीकरण गर्ने कामसमेत भएको छैन भनेपछि हामीले स्वीकार्नैपर्छ, योजनाका मौलिक र आधारभूत कुरामै हामी चुकेका छौँ," इन्जिनियर माथेमा भन्छन्, "सडक जाम हुने, ठाउँठाउँमा ढल फुट्ने, हिलो छ्याप्दै हिँड्नेजस्ता दृश्य यसैका परिणति हुन् । सिद्धान्तहीन योजनाको परिणाम भोगिरहेका छौँ हामी ।"

अर्को कुरा, योजना बनाएर मात्र हुँदैन, त्यसको मर्मतसम्भार र पुनःनिर्माण सबैभन्दा महत्त्वपूर्ण पाटो हो । बस्ती, सडक र भवनको कुरा मात्र होइन, सांस्कृतिक सम्पदा र नदीहरूको हकमा पनि यही कुरा लागू हुन्छ । त्यसका लागि सबैलाई सचेत पार्ने काम सरकारको हो । ठूल्ठूला योजनाका सपना देखाउनुभन्दा भएका कुरालाई व्यवस्थित गर्ने उपायस्वरूप स-साना काममा ध्यान दिन सकियो भने कम्तीमा सहरी सभ्यताको एउटा मानक तयार हुन सक्छ । "सडकको स्वरूप हेर्ने हो भने जापानको राजधानी टोकियोमा पनि स-साना गल्ली छन् तर त्यहाँ व्यवस्थापन गर्ने तरिका परिष्कृत र चुस्त छ," राष्ट्र संघीय एजेन्सीको कामका सिलसिलामा विश्वका विभिन्न देश पुगेका माथेमा अनुभव सुनाउँछन्, "सबैभन्दा महत्त्वपूर्ण कुरा सहरी सभ्यताका नियमबारे सर्वसाधारणसम्म जानकारी पुग्नुपर्‍यो ।"

पहिले सिकाउने, नभए दण्ड

ठूल्ठूला भवन, फराकिला बाटा, झलमल्ल बिजुली, बाटोभरि सवारी साधन, मल तथा फिल्म हलहरूमा मान्छेको भीड भौतिक आधुनिकीकरणका सूचक हुन्, सभ्यताका होइनन् । अनुशासन त सभ्यताभित्रको एउटा महत्त्वपूर्ण हाँगो हो । हाम्रो सभ्यताको कडी धार्मिक आदर्श र ग्रामीण संस्कृति हो । हाम्रो धर्मले पाकालाई सम्मान गर्न र सानालाई माया गर्न सिकाएको छ । ग्रामीण संस्कृतिले परिश्रमी हुन सिकाएको छ । तर, आधुनिकीकरणले सापेक्ष व्यवहार सिकाएको छैन । "हामीले सहरी सभ्यता पश्चिमाबाट लिएको हुनाले पनि अझै यसलाई स्वीकार गर्ने प्रक्रियामा छौँ," मानवशास्त्री दाहाल भन्छन्, "त्यसैले पनि यस्ता गल्ती देखिन्छन् । तर, यी गल्ती सच्याउनैपर्ने खालका छन् ।"

मानवशास्त्री दाहालका भनाइमा खास गरी सहरी परिवारमा बालबालिकालाई सानैदेखि सहरी अनुशासनबारे जानकारी दिन सकियो भने त्यसको प्रभाव सामाजिक जीवनमा देखिन्छ । अर्को सिकाउने स्थान भनेको विद्यालय हुन् । सहरका विद्यालयमा अध्यापन गर्ने शिक्षकमा पनि यसबारे पर्याप्त ज्ञान हुनु आवश्यक छ । पाठ्यक्रम पनि सहरी जीवन सापेक्ष बनाइनुपर्छ । विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई शिष्टाचारबारे सिकाइरहेका सुमन दाहाल भन्छन्, "मीठो बोल्न, मुस्कुराउन र नम्र हुन सिकाउँदा पनि उनीहरूले धेरै थोक सिकिरहेका हुन्छन् ।" यस सँगसँगै विद्यालयहरूले जेब्राक्रसबाट बाटो काट्न, बाटोमा फोहर नफाल्न र सार्वजनिक यातायातमा अरूलाई असर पुग्ने व्यवहार नगर्न सिकाए भने त्यसको प्रभाव बालबालिकामा सानैदेखि पर्छ ।

सहरी सभ्यता र यसबारे ज्ञान विनिमय हुने स्रोत भनेको स्वयं सहरी समाज नै हो, जसलाई मानसिक आधुनिकीकरण भनिन्छ । "सधैँ प्रहरीले डन्डा देखाएर पनि साध्य हुँदैन । यस्ता न्यूनतम कुरा सिकाउनैपर्छ, नत्र लाज भइरहन्छ," मानवशास्त्री दाहाल भन्छन्, "सांस्कृतिक पछौटेपन राम्रो कुरा होइन ।" सहरमा जान्दाजान्दै र बुझ्दाबुझ्दै पनि गल्ती गर्नेहरू छन्, त्यस्तो अवस्थामा अनुगमन र दण्डबाहेक अरू उपाय छँदै छैन ।

असभ्यता अनेकौँ

अश्लील शब्दको प्रयोग

सार्वजनिक यातायातमा चालक र सहयोगी मात्र होइन, कतिपय यात्रु पनि मनपरी ढंगमा कुराकानी गरिरहेका भेटिन्छन् ।

दुव्र्यवहार

सवारी साधन र सडकमा समेत खास गरी महिलामाथि दुव्र्यवहारका हर्कत हुने गरेका छन् ।

ध्वनि प्रदूषण

चर्को स्वरमा गीत घन्काएर टोलछिमेक थर्कमान पार्नेहरू त भइहाले, सडकमा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गराउने पनि छन् ।

पार्किङ

जहाँ पायो त्यहीँ सवारीसाधन पार्किङ गरिएका हुन्छन् ।

आकाशेपुलको अपहेलना

मानिस आकाशेपुल मुन्तिरबाटै बाटो काटिरहेका देखिन्छन् ।

शौच

बाटो छेउछाउमै शौच गर्ने लगभग परम्पराजस्तै बनेको छ ।

धूम्रपान

सार्वजनिक स्थान, बाटोघाटो र कहिलेकाहीँ सार्वजनिक यातायातमा समेत चुरोट पुत्याइरहेका दृश्य सामान्य हुन् ।

तोडफोड

सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएर आफ्नो आक्रोश अभिव्यक्त गर्ने प्रवृत्ति आन्दोलनका क्रममा बढी देखिन्छ ।

फोहर

नदी किनार या सडकमा फोहर मिल्काएर हिँड्ने प्रवृत्ति छ । थुक्दै हिँड्नेको कमी छैन । घरमा पालेका कुकुरलाई सडक र सार्वजनिक स्थलमा ल्याएर मलमूत्र त्याग्न लगाइन्छ ।

जेब्रा क्रसिङमा अटेरी

मोटरसाइकल, कार, बस र माइक्रो रोकिँदैनन् । यात्रुले धेरै बेर पर्खिनुपर्छ ।

बानेश्वरतर्फ गईरहेको ट्रकको ठक्करबाट स्कुटर चालिकाको ज्यान गयो...

काठमाडौं : राजधानीको तीनकुने सडकमा सोमबार राति ट्रकले ठक्‍कर दिएर गम्‍भीर घाइते भएकी उदयपुरकी २० वर्षीया निशा बस्नेतको निधन भएको छ। उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको निधन भएको हो।उनको साँझ आठ बजे पुलमा दुर्घटना भएको थियो।




ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका प्रहरी निरीक्षक पोषराज ढकालका अनुसार तीनकुनेबाट नयाँ बानेश्वरतर्फ गुडिरहेको ना२ख ९६८४ नम्बरको ट्रकले सोही दिशामा गइरहेको बा५६प ६८६१ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। 'घटनाको प्रकृति हेर्दा ट्रकलाई ओभरटेक गर्न खोज्दा दुघर्टना भएको जस्तो छ', उनले भने, 'ओभरटेक गर्ने क्रममा ट्रकले स्कुटीलाई ठक्कर दिएको थियो।ठक्‍करबाट स्कुटीसहित बस्नेत ढलेकी थिइन्।

प्रत्यक्षदर्शीहरूका अनुसार ठक्करबाट लडेकी बस्नेतलाई ट्रकको अघिल्लो भागले घिसार्दै ५० मिटरसम्म लगेको थियो। बस्नेतको तिघ्रा र पेटमा गम्‍भीर चोट लागेको थियो। अन्नपुर्ण पोष्टबाट साभार

Monday, December 8, 2014

ज्ञानेन्द्रले दिल्लीमा क–कसलाई भेटे ?

काठमाडौं, २३ कात्तिक । भारत भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सत्तरुढ भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले कात्तिक २१ देखि १ मंसिरसम्म भारत भ्रमण गरेका थिए । नयाँ पत्रिकामा खबर छ ।



भाजपाका संगठन विभाग प्रमुख डा. दिनेश उपाध्यायका अनुसार ज्ञानेन्द्रले २३ कात्तिकमा भारतीय प्रधानमन्त्री मोदीसँग दिल्लीमा भेटवार्ता गरेका हुन् । छलफलका विषयमा भने उनले विस्तृत बताउन चाहेनन् । भाजपा अध्यक्ष अमित शाह, वरिष्ठ नेता लालकृष्ण आडवाणीलगायतसँग पनि पूर्वराजा ज्ञानेन्द्रले छलफल गरेको उपाध्यायले बताए । ०६६ मा गुजरात जाँदा मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए ।

यस्तो छ तीतो सत्यका नक्कली मोदीको रामकहानी

modiकाठमाण्डु– भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै नेपाल टेलिभिजनले लोकप्रिय हाँस्य शृंखला तीतो सत्यको प्रसारण रोकेको विषयले सञ्चार माध्यमले राम्रो कभरेज दिए ।
सामाजिक सञ्जालमा उक्त विषय भाइरल बन्यो ।
तीतो सत्यको प्रसारण रोकिएको विषयमा क्षमा माग्दै सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले उक्त शृंखलाको प्रसारण आगामी बिहीबार गर्न नेपाल टेलिभिजन व्यवस्थापनलाई निर्देशन दिइसकेका छन् । अब दर्शकले रोकिएको उक्त विवादास्पद शृंखला हेर्न तीन दिन प्रतीक्षा गर्नुपर्ने छ ।
उक्त प्रकरणमा तीतो सत्यका निर्देशक एवम् प्रमुख कलाकार दीपकराज गिरीले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय चर्चा पाए । तर नक्कली मोदीको भूमिकामा अभिनय गरेका कलाकारको भने कमै मात्र चर्चा भयो ।
हेरौं को हुन् र कस्ता छन् नक्कली मोदी
शिबहरि पौडेल र जितु नेपालको अर्को हास्य शृंखला जिरे खुर्सानीमा सभासद्को भूमिका गर्दै आएका शिवहरि बैरागी तीतो सत्यमा नक्कली मोदी बनेका छन् । ‘काठमाण्डु टुडेसँगको कुराकानीमा उही रसिक पारामा बैगारीले भने, ‘म उही जिरे खुर्सानीको पार्टीलाई सहयोग गरेको समानुपाकितमा परेको सभासद् के त ?’ बलेका ‘बाउ’ उनको यो थेगो गाउँदेखि सहरसम्म सबैको जिब्रोमै झुण्डिएको छ ।
खास गरी संविधानसभामा दलहरुले समानुपातिकतर्फबाट सभासद चयन गर्दा भएको आर्थिक चलखेलको पाटोलाई ब्यंग्य गर्न ‘पार्टीलाई सहयोग गरेको समानुपाकितमा परेको’ थेगो प्रयोग गरेको उनी बताउँछन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हर्के हल्दारमा भने उनी लाहुरेको सम्झी झम्के काकाको भूमिकामा देखा पर्छन् । सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस–९ मा जन्मिएका बैरागीको अभिनय यात्राले तीन दशक पार गरिसक्यो । सन् १९८५ मा नदरेन्द्र थापा अभिनित सानो पर्दाको चलचित्रबाट अभिनय यात्रा थालेका उनी अहिले सफलताको शिखर चुमेका छन्, खास गरी हाँस्य ब्यंग्यको क्षेत्रमा । उनलाई शिवरि भनेरै कमैले र पार्टीलाई सहयोग गरेको सभासद् भनेर धेरैले चिन्ने गरेका छन् ।
‘बाटामा देखे भने मानिसहरु ऊ हेर त हेर ‘पार्टीलाई सहयोग गरेर समानुपातिकमा परेको सभासद’ भनेर देखाउँछन्’, उनी भन्छन् । उनले उपकार, जिन्दगानी, शुभकामना, नयाँ नेपाल एक्सप्रेस, आउँदै गरेको ‘नाई न भन्नु ल थ्री’ सहित दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।
सोमबार दीपकराज गिरीको चलचित्र ‘वडा नम्बर ६’ को छायाकनका क्रममा काठमाण्डुको नलिनचोकमा रहेका उनले टेलिफोन कुराकानीको बिट मार्दै भने, ‘निर्देशकले एक्सन भने, मैले फोन राखिदिएँ है ।’ अचम्म त के छ भने हास्य ब्यग्य क्षेत्रमा यति धेरै सफलता हात पारेका उनी औषधि व्यवसायी हुन् । बीपी स्मृति अस्पताल वसुन्धारामा उनको औषधि पसल छ । सोही अस्पतालको शेयर होल्डर पनि हुन् ।  ‘धेरैलाई थाहै छैन, औषधि बेच्छु, कालीमाटी रविभावनमा औषधि बेचेर कमाएको केही र नौटंकीबाट कमाएको केही थपेर बासको व्यवस्था गरेको छु’ उनले भने ।
गएको वर्ष साउनमा गाइजात्राको केही समयअघि भारतीय प्रधानमन्त्री नदरेन्द्र मोदी पहिलोपटक औपचारिक नेपाल भ्रमणमा आएका थिए । त्यसबेला मोदीलाई ‘देखाउन’ सरकारकले काठमाण्डु उपत्यकामा सडक बनाउनेदेखि लिएर सडकका किनारामा सरसफाई र रातारात बोटविरुवा रोपेको थियो भने काठमाण्डुका छाडा गाई/गोरुलाई गाडीमा राखेर चोभार कटाइएको थियो । पशुपतिमा रहेको साँढेको कुरुवा प्रहरीको डिएसपी थिए ।
मोदी आउने भएपछि गरिएको सरकारी चुरीफुरीलाई गाइजात्रामा विषय बनाउने सोचे जिरे खुर्सानीका मुन्द्रे अर्थात जितु नेपालले । तर नक्कली मोदी बन्ने कोही पाइएन । उनले आफ्नै ‘सभासद’ अर्थात बैरागीलाई नक्कली मोदीका रुपमा देखाए । भृकुटी मण्डपमा देखाइएको मोदीको प्रहसन धेरैले रुचाएका थिए ।
‘दीपकराज गिरीलाई मोदी आएपछि रातारात विकास भएको देखाउन मन लागेछ’, उनले भने, ‘गाइजात्रामा जस्तै यसपटक तीतोसत्यमा मोदीको भूमिका खुल्दिनुप¥यो दाई भने, नार्इँं भन्न सकिन र नक्कली मोदी बनें ।’ उनले नक्कली मोदी बन्न आफूले न्यूरोडको एक टेलरबाट तलदेखि माथिसम्मको पोशाक र चश्माका लागि ७ हजार बढी खर्च गरे । अनौचारिक ‘फम्र्याट’ मा प्रस्तुत भएका बैरागीले भने, ‘चश्माको मात्र १८ सय परो, के कुरा गर्नु र ?’
उनले आफूले मोदीकै जस्तो आवाज निकल्ने कोसिस नगरे पनि अभिनयमा भने उनकै जस्तो गर्न खोजेको बताए । ‘आवाज चाहिं निकाल्न कोसिस गरेको छैन’, उनले भने, ‘मै ने बोल्दिया है’ भन्ने मोदीको बाक्वयमा अलिकति पारा ल्याउन खोज्छु ।’
क्यारिकेचर सिक्न समयले भ्याएसम्म टेलिभिजनमा मोदीले बोलेको हेर्ने गरेको उनले बताए ।
kathmandutoday.com

बलिउड देखि हलिउडका स्टारले लगाउने जिन्स यस्तो ...

जिन्स अव जीवनको अभिन्न पाटो बनिसकेको छ । जिन्स कपडा प्रयोग नगर्ने नयाँ पुस्तामा सायदै कोही होलान् । नेपाल भारत वा अमेरिका जहाँ बसेपनि मानिसहरुको सबै भन्दा मन पर्ने पहिरनमा पर्छ जिन्स । अमेरिकी राष्ट्रपति देखि विश्वकै धनाड्य ब्यक्ति विल गेट्सलाई पनि जिन्सका पहिरन मन पर्छन् । चीनमा सबै भन्दा विक्ने पनि जिन्स जापानमा सबैलाई मन पर्ने पनि जिन्स नै । बलिउड देखि हलिउडका स्टारले लगाउने पनि जिन्स सडकमा भारी बोक्नेले लगाउने पनि जिन्स । 

जिन्सको पहिलो प्रयोग
जिन्सको पहिलो प्रयोग सन् १८६४ मा भएको विश्वास गरिन्छ । अमेरिका वा इटालीमा जिन्सको प्रयोग पहिलो पटक भएको विश्वास गरिन्छ तर कहाँ हो भन्ने स्पष्ट प्रमाण छैन । तर एउटा कुरा भने निश्चित के हो भने यो जिन्सको पहिलो प्रयोग काम गर्ने कामदारहरुले गरेका थिए । जटिल काम गर्ने श्रमिकहरुलाई लक्षित गरेर बनाइएको थियो जिन्स । युरोप र अमेरिकामा मानिसहरु अहिले जिन्स सबै भन्दा बढी प्रयोग गर्छन् । सुपर मोडेल देखि राष्ट्रपति र घरमा काम गर्ने महिला सम्मले जिन्सलाई सबै भन्दा मन पराउँछन् । जिन्स अधिकाँशका लागि शोखको विषय नै हो ।

मानिसहरुलाई सोध्ने हो भने जिन्स लगाउनुको विषयमा फरक फरक जवाफ आउन सक्छन् । कसलाई जिन्स लगाउन सजिलो लाग्छ भने कसलाई टिक्ने भएका कारण जिन्स मन पर्छ । कतिलाई यसले स्टाइलिस देखाउने मान्छन् भने कतिपयलाई जिन्स लगाउँदा सहज महसुस हुन्छ । जवाफ फरक र अनौठा आउँछन् ।
jeans facts 1
′ब्लू जिन्स′ नामको पुस्तक नै प्रकाशित गरेका मानवशास्त्री डेनी मिलर भन्छन्- “जिन्सको लोकप्रियता किन यति सारो भयो भन्ने विषयमा खास अध्यन नै भएको छैन।”

मिलरले फिलिपिन्स, टर्की, भारत र ब्राजिल जस्ता देशको यात्रा गरेर हरेक देशका कम्तिमा आधा जनसंख्याले जिन्स लगाउने तथ्य पत्ता लगाएका थिए । उनका अनुसार दक्षिण एशिया र चीनका केही ग्रामिण इलाका बाहेक सबै ठाउँमा जिन्स सबै भन्दा लोकप्रिय कपडा हो ।

मिलरले आफ्नो पुस्तकमा लेखेका छन् कि फिटिङ र सहजताका कारण जिन्स दुनियाँमा सबै भन्दा लोकप्रिय कपडा बनेको हो । विश्वव्यापीकरण बढ्दै जाँदा पश्चिमी देशबाट कम विकशित देशमा जिन्स प्रशारित गरेका थिए मल्टी नेशनल कम्पनीहरुले । यद्यपी नेपाल जस्ता देशमा पाइने जिन्सको गुणस्तर पश्चिमी देशमा पाइने स्तरकै भने छैन ।

छिमेकी भारतमा पहिलो पटक सन् १९९५ मा जिन्स आएको थियो । अरबिन्द मिल्स नामक कम्पनीले जिन्स भारत भित्र्याएको थियो । त्यसपछि भारतमा विभिन्न ब्राण्डका जिन्सहरु भित्रिएका थिए । भारतसँगै नेपालमा पनि त्यसबेला नै जिन्स भित्रिएको विश्वास गरिन्छ ।

कहाँ बनेको थियो पहिलो जिन्स ?
कतिपय इतिहासकारहरुले पहिलो पटक जिन्सको प्रयोग अमेरिकामा भएको मान्छन् । लेबीस्ट्रास नामक कम्पनीले जिन्स पहिलो पटक बनाएको मानिन्छ । तर परिधानकोरुपमा लोकप्रिय भने जिन्सको प्रयोग अमेरिकामा एक यहुदी युवाले गराएको मानिन्छ । सन् १९८१ मा जर्मनीबाट अमेरिकामा आउका उनले खानीमा काम गर्ने मजदुरका लागि जिन्सका कपडा प्रयोगमा ल्याएका थिए । पछि विभिन्न कम्पनीहरुले जिन्सलाई बलियो कपडाकोरुपमा बजारमा चर्चित गराए । यस्तो पहिलो प्रयोग भने ज्याकोब डेविस नामका सूचीकारले गरेको विश्वास गरिन्छ । पछि डेविस र स्ट्रासले जिन्सको पेटेन्ट राइट नै लिए जुन अहिले सम्म विश्वमा धमाका गरिरहेको ब्राण्ड बनिरहेको छ ।
jeans facts 2
शुरुमा जिन्स मजदुरहरुले लगाउँदा लामो समय सम्म टिक्ने भएर बनाइएको हुनुपर्छ । तर अहिले यही जिन्स विश्वमा सबै भन्दा चल्ने कपडाको ब्राण्ड बनेको छ । जिन्सको आधिकारिक जन्मदिन भने २० मे सन् १९७३ को दिनलाई मानिन्छ । त्यतिबेला अमेरिकी कम्पनी डेभिस स्ट्रासले जिन्सको पेटेन्ट लिएको थियो । यद्यपी जन्सको प्रयोगबारे लिखित इतिहास भने छैन ।

आफ्नु भन्नेले नै बिक्रि गरे मलाई ,अत्यन्तै कारुणिक पिडा सुनाउँदै मिजार ..

मंसिर २२ गते
आफन्तले नै झुक्याएर यूएई ल्याई ६ महिनासम्म बिभिन्न दुःख भोगेकी शान्ता मिजार घर फर्कन पाउने भएकी छिन् ।
बिगत केहि समयदेखि नेपाली राजदुतावास आबुधाबीको महिला सेल्टरमा बस्दै आएकी मिजार आइतवार आबुधाबी इमिग्रेसन जाँदैछिन् । उनलाई आबुबिधाको इमिग्रेसनले टिकट लगायतका लागि १५ सय दिर्हाम जम्मा गराउन भनेको तर आफूसँग उक्त पैसा नभएकाले सहयोगको अपिल गरेकी थिइन् । सेप्टेम्बर ३० का दिन सिन्धुपाल्चोक सेवा समाज यूएईको पहलमा समस्यामा परेकी मिजारलाई उद्धार गरी दुतावास पुर्याइएको थियो। इमिग्रेसनले मागे बमोजिमको उक्त रकम प्रवासी नेपाली मञ्च यूएई, सिन्धुपाल्चोक सेवा समाज यूएई र काभ्रे सम्पर्क समिती यूएईले संयुक्त रुपमा प्रदान गरेका हुन् ।
गत आइतवार दुतावासमा यूएईका लागि नेपाली राजदुत धनन्जय झाका सामु मञ्चका महासचिव उत्तम अधिकारी, गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष कृष्णप्रसाद भुसाल तथा नेपाली बिजनेस काउन्सिल दुबईका सचिव दिपकराज पौडेलसहितको उपस्थितिमा सो रकम प्रदान गरिएको थियो । त्यस क्रममा मिजारले आफू चाँडै इमिग्रेसन जाने र २ दिन जति त्यहाँ (इमिग्रेसनको डिपोर्ट सेन्टर) बसेपछि मुलुक फर्कन पाउने सूचना आफूलाई प्राप्त भएको बताइन् । इमिग्रेसनमा उक्त रकम जम्मा गराएपछि नेपाल जाने टिकट त्यहीं प्राप्त हुने जानकारी आफूले पाएको उनले बताइन् ।
आफन्तको ललाईफकाइमा यूएई आइपुगेकी उनको कथा यस्तो छ:
आफन्तको ललाईफकाईमा उनी भारतको बाटो हुँदै थाहै नपाई यूएई आइपुगेकी थिइन् । काभ्रे भकुन्डेवेसी स्थायी घर भएकी उनलाई सिन्धुपाल्चोककी सानीआमा नाता पर्ने मिना र तिनकी साथी कविताले फकाएर काठमाडौँ पुर्याएका थिए । त्यहाँबाट कविताको श्रीमान रामबहादुर तामांगले रात्रिवस चढाएर गत जेष्ठ १४ गते भारत पुर्याएको उनी बताउँछिन् । आफूले जान्न खोज्दा १ दिनपछि नेपाल पठाउने भन्दै आफ्नो जानकारीबिना नै दुबई ल्याइएको र यी सबैकुरा आफूलाई थाहा नै नभएको मिजारले बताएकी छिन् । “यहाँ आएपछि मलाई बिभिन्न स्थानमा बिभिन्न घरायसी काम गर्न लगाइयो, कुटपिट पनि गरियो र कसैसँग सम्पर्क र भेटघाट गर्न पनि दिइएन। तब मैले आफूलाई बेचिएको रहेछ भन्ने थाहा पाएँ”-उनी भन्छिन् ।

उनको साथमा पासपोर्ट तथा त्यसको प्रतिलिपि नहुँदा र पासपोर्टको बिबरण तथा यूएई छिरेको एयरपोर्टको समेत उनलाई ज्ञान नभएका कारण दुतावासलाई उनको पासपोर्ट प्राप्त गर्न निकै कठिनाई भएको थियो । अब भने आफ्नो मातृभूमि फर्कन पाएकामा उनले ढुक्क महशुस गरेकी छिन् । भन्छिन् “म विदेश आउदिन”।
स्रोत - दैनिक नेपाल बाट

यिनै हुन् ५० हजार दिएर आफ्नै श्रीमानको हत्या गराउने निर्दयी पत्नी

विराटनगर, मंसिर २२ । श्रीमानको हत्यामा संलग्न भएको आरोपमा श्रीमतिसहित ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ केरौन गाविस ६ का छत्रबहादुर कटुवालको हत्या आरोपमा श्रीमती देउमाया कटुवालसहित ६ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अन्य २७ वर्षीया जयबहादुर तिम्सिना, १९ वर्षीया झुमा नेपाल, ५० वर्षीया विष्णुमाया पौडेल, ३० वर्षीया रिता तिम्सिना र २० वर्षीया सुरज लिम्बुलाई सार्वजनिक गरेको हो ।

गत मंसिर १३ गते बयरवनस्थित ओझा टोल जाने बाटोमा धारिलो हतियार प्रहार गरी कटुवालको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । कटुवाल ११ महिना अघिमात्र मलेसियावाट घर फर्केका थिए ।

घटनाको अनुसान्धानमा खटिएका इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रुद्रप्रसाद चुडालका अनुसार कटुवालकी श्रीमती देउमायाले श्रीमानको हत्याका लागि झापा जिल्ला महेशपुर १ का सुरज लिम्बु र बयरवन ७ का जयप्रकाश तिम्सिनालाई ५० हजार रुपैयाँ दिएको खुल्न आएको बताए ।

प्रहरीले घटनामा श्रीमती देउमाया पनि संलग्न भएको पाएपछि क्रियापुत्रीमा बसेको अवस्थामा नै पक्राउ गरी ल्याएको थियो । 

Sunday, December 7, 2014

भर्खरै प्राप्त समाचार अनुसार हावा र समुन्द्री छालका कारण डुंगा डुब्यो ७० जनाको मृत्यु

२२ मङ्सिर, एजेन्सी ।
यमनको पश्चिम तटीय क्षेत्रमा अफ्रिकी आप्रवासीहरु चढेको डुंगा डुब्दा कम्तिमा ७० जनाको मृत्यु भएको छ । तीव्र गतिको हावा र समुन्द्री छालका कारण डुंगा डुबेको अनुमान गरिएको छ ।




डुंगामा सवार अधिकांश व्यक्तिहरु इथियोपियाका नागरिकहरु रहेको यमनी अधिकारीले बताएका छन् । हरेक वर्ष यमन हुँदै हजारौँ अफ्रिकी नागरिकहरु रेड सी पार गर्ने गर्दछन् । यसक्रममा दर्जनौँ दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ ।
युरोप तथा मध्य एसिया प्रवेश गर्न खोज्ने हजारौँ अफ्रिकी नागरिकहरुका लागि यमन मुख्य प्रवेशद्धारका रुपमा चिनिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो १२ महिनामा युरोप प्रवेशका लागि निस्किएका आप्रवासीहरु सवार डुंगा दुर्घटनामा कम्तिमा दुई सयजनाको मृत्यु भइसकेको छ ।

भिरबाट खसेको रात्रीबसमा मृत्यु हुनेको संख्या १८ पुग्यो ...

सुर्खेत, मंसिर २२ - सुर्खेत दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । क्षमताभन्दा दोब्बर यात्रुसहितको बस कर्णाली राजमार्गको कालेखोलामा सडकबाट चिप्लेर खस्दा अन्य ४९ जना घाइतेको उपचार भइरहेको छ भने ५ जना उपचारपछि घर फर्किएका छन् ।आइतवार साँझ सुर्खेतको पोखरीकाँडास्थित कल्यानकाँधमा मध्यपश्चिम यातायातको ना ४ ख ६८५७ नम्बरको रात्री बस भीरबाट ८० मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परि १८ जनाले ज्यान गुमाएका छन् । १४ जनाको घटना स्थलमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते यात्रृको जिल्ला अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।




जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक योगेन्द्र हमालका अनुसार चालक र सहचालक फरार छन्। सुर्खेत र दैलेखबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले रातभर उद्धार कार्य जारी राखेको थियो।
घटनास्थलमा उद्धार कार्यमा संलग्न स्थानीय बासिन्दाका अनुसार साँझ साढे ६ बजे बस भीरबाट खसेको थियो।  प्रारम्भिक जानकारी अनुसार कालिकोटबाट ५१ जनाको चलानी भएपनि चालकले दैलेखमा इन्ट्री गराउँदा ३० जना यात्रु रहेको बताएको पाइएको छ ।

सुन कमिसन प्रकरण झन् चर्कियो : कसले खायो ३५ किलो सुनको सुराकी कमिसन ?

काठमाडौ  । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले बरामद गरेको तस्करीमा भित्रिएको ३५ किलो सुनको कमिसन अनियमितता प्रकरण झन् चर्किएको छ ।
कमिसनवापतको १५ प्रतिशत सुन वास्तविक सुराकीलाई नदिएको भन्दै तीनजना सुराकी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिमा पुगेपछि यस प्रकरण थप चर्किने संकेत देखिएको छ ।
समितिले सुनकाण्डबारे जानकारी लिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बोलाए पनि आइतबार उनी अनुपस्थित रहे ।



सुन बरामदपछि सुराकीवापत पाइने झन्डै १ करोड ७७ लाख रुपैयाँमा ब्यूरो र सुराकीबीच डेढ वर्षदेखि विवाद छ ।
चीनको खासाबाट बा ३ ख २५७० नम्बरको टाटा बक्स कन्टेनरमा पल्स बटम बनाएर काठमाडौं ल्याइँदै गरेको सुन २०७० साल असार २६ गते कोटेश्वरबाट बरामद भएको थियो ।
प्रहरीले भने सुराकी भनिएका तीन जना व्यक्तिले केन्द्रीय अनुसन्धान ब्यूरोमा कुनै सुचना नदिएको दाबी गरेको छ । गृह सचिव सूर्य सिलवालले पनि तीनै जना सुराकीले छुट्टै सुराक दिए नदिएको ब्यूरोमा भएको काजगातहरुमा नखुलेकोु प्रष्टिकरण दिएका छन् ।
भन्सार ऐन २०६४ ले राजश्व चुहावट नियन्त्रणमा संलग्न कर्मचारी एवं प्रतिवेदकलाईसमेत १५ प्रतिशत कमिसन दिनुपर्ने व्यवस्था गरेको छ । यस्तो रकम मुद्दाको अन्तिम किनारा लागेपछि कर्मचारी र सुराकीले पाउँछन् ।
तर, प्रहरीका उच्च अधिकारीहरुले वास्तविक सुराकीको नाम नराखी आफन्त र नातागोतालाई ुनक्कली सुराकी खडा गरेकोु सभासदहरुले आरोप लगाएका छन् । ुवास्तविक सुराकीले कमिसन पाएनन्, उनले भने, प्रहरीले कस कसलाई सुराकी बनाएर कमिसन दिएको छ स्पष्ट पार्नुपर्यो ।
कांग्रेसका धनराज गुरुङले वास्तविक सुराकीलाई प्रहरीले धम्कि दिएको आरोप लगाए ।  आजको कान्तिपुरमा समाचार छ ।