top_rightads

Wednesday, December 10, 2014

एकैदिनमा १३ छात्राहरु रुदै, कराउँदै एकाएक बेहोस..

 

सुर्खेत, मंसीर २४ – अघिल्लो महिना वीरेन्द्रनगर नगरपालिका–२ मा रहेको त्रिपुरेश्वर उच्च माध्यामिक विद्यालयका छात्राहरु एकाएक बेहोस् हुन थाले ।
दिन दिनै एकदुई जना छात्राहरु बेहोस् भइरहने गरेपछि विद्यालयका शिक्षक\शिक्षिकाहरु र विद्यालय व्यवस्थापन समिति नै आत्तियो । छात्राहरुमा रुने, कराउने र बेहोस् हुने समस्या बढ्दै गए पछि विद्यालयले जिल्ला शिक्षा कार्यालयलाई पनि जानकारी गरायो । तर जिल्ला शिक्षा कार्यालय सुर्खेतले पनि खासै वास्ता गरेन । यही समस्या पुनः दुई हप्ता पछि हिजो मंगलबार देखिएको छ । मंगलबार विद्यालयमा एकैदिन १३ जना छात्राहरु रुदै, कराउँदै बेहोस भएको विद्यालयले जनाएको छ । मंगलबार बेहोस हुने छात्राहरु कक्षा ६ देखि ९ सम्म अध्ययन गर्ने भएको विद्यालयले जनाएको छ ।
एक जना छात्रा बेहोस भएपछि एक पछि अर्काे गर्दै बेहोस हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद थानीले बताए । उनीहरु सुरुमा कराउने, काम्ने गर्ने र त्यसपछि बेहोस् हुने गरेको उनको भनाई छ । छात्राहरुले बेहोस् हुनु पूर्व यस्तो भन्ने गरेका छन्–‘‘कुवाबाट आयो, अव खान्छ , विद्यालयको नजिकै एउटा इनार पनि रहेको छ । यस्तो समस्या उनीहरुमा कम्तिमा आधा घण्टादेखि बढीमा एक घण्टासम्मा देखा पर्ने गरेको छ ।



यस्तो समस्या यस अघि नै देखा परेकोले विद्यालयले समस्या समाधानका लागि विभिन्न प्रयासहरु पनि गरेको बताएको छ । यस्तो समस्याको बारेमा डाक्टरलाई जानकारी गराउँदा ‘मास हिष्ट्रिया’ भएको बताउने गरेको विद्यालयले बताएको छ । छात्राहरुमा देखिएको यस्तो समस्या विद्यालयले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका डाक्टर हरि सापकोटालाई देखाएको विद्यालयका अध्यक्ष थानीले जानकारी दिए ।
डाक्टरलाई देखाउँदा पनि समस्या समाधान हुने संकेत नदेखिएपछि विद्यालयमा धाँमीझाँक्री बोलाएर झारफुक गरिएको छ । केही दिन अगाडि विद्यालयले धाँमी बोलाएर सबै प्रक्रिया पु¥याएर पुजा गरेको थियो । यसरी पुजा गरेपछि केही दिन समस्या नदेखिएपनि पुनः छात्रामा यस्तो समस्या देखिन थालेको छ । विद्यालयको हाताभित्र रहेको कुवामा झाँक्री भएको र त्यसमा फोहोर गरेपछि यस्तो समस्या देखिने गरेको स्थानीयको भनाइ छ । यता विद्यालयले भने विद्यालयमा आउने छात्रामा यस्तो समस्या देखिन थाले पछि नजिकिदै गरेको परीक्षामा पनि प्रभावित हुने भन्दै चिन्ता व्यक्ति गरेको छ । विद्यालय बन्द गर्न पनि नसकिने र विद्यालय संचालन गर्न वित्तिकै यस्तो समस्या देखिने भन्दै यो समस्या समाधानका लागि सबैले पहल गरिदिन विद्यालयले आग्रह गरेको छ ।
यो समस्या त्रिपुरेश्वर उच्च माध्यामिक विद्यालयमा वि.स. २०५१ सालमा पनि देखिएको थियो । त्यतिवेला क्षेत्रीय शिक्षा निर्देशनालयको पहलमा केन्द्रबाटै विशेषज्ञको टोली आएर छात्राहरुको उपचार गरेको थियो । विद्यालयका अनुसार यस अघि २०४४ सालमा पनि छात्राहरुमा यस्तो समस्या भएको थियो । रातो पाटि बाट साभार

No comments:
Write comments