top_rightads

Showing posts with label प्रबास. Show all posts
Showing posts with label प्रबास. Show all posts

Wednesday, December 10, 2014

कोरियामा रहेका नेपाली कामदारको तलब अर्को महिनाबाट बढ्ने

काठमाडौं,मंसिर २५ – नेपाली कामदारको लागि आकर्षक गन्तब्य बनिरहेको दक्षिण कोरियामा इपिएस परीक्षाबाट गएका कामदारको अर्को महिनादेखि तलव बढ्ने भएको छ । दक्षिण कोरियाले सन् २०१५ का लागि मजदूरको न्यूनतम तलव बृद्धि गर्ने निर्णयसँगै नेपाली कामदार त्यसवाट लाभान्वित हुने भएका हुन् । दक्षिण कोरियाले ६ महिनाअघि नै कामदारको न्यूनतम तलव ७ दशमलव १ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेको थियो ।



आगामी महिनादेखि वृद्दि भएको तलब कार्यान्वयनमा ल्याउन दक्षिण कोरियाको न्युनतम ज्याला निर्धारण समितिले पहल थालिसकेको जनाएको छ । समितिले कोरिया सरकारलाई पत्राचार गरेर वृद्दि गरिएको तलब कार्यान्वयनमा लगाउन आग्रह गरेको छ । समितिकै सिफारिसलाई आधार मानेर कोरिया सरकारले प्रतिवर्ष न्युनतम पारिश्रमीक बढाउँदै आएको छ ।

 नयाँ निर्णयपछि अहिले घन्टाको ५ हजार २ सय १० वन तलव पाउने कामदारले ५ हजार ५ सय ८० तलव पाउने छन् ।त्यस्तै प्रतिदिन ८ घन्टाको तलब ४४ हजार ६ सय ४० वन हुनेछ । त्यसैगरि प्रतिमहिना (४० घन्टा) को तलब ११ लाख ६६ हजार २ सय २० वन हुन्छ,आजको नागरिक दैनिकमा खबर छ ।

Wednesday, November 19, 2014

कतारमा छोरिले आत्महत्या गरिन , बाउ र दाई भन्छन् लाश भन्दा पहिले पैसा चाहियो !!

गत अक्टोबर १९ तारिखका दिन वुवा आमा तथा दाई संग पूर्व घर सल्यान भई हाल दाङ तुलसीपुरमा बसोबास गर्दै आएकी सन्ध्या कुमारी ओलीले कतारमा आफु कार्यरत स्पोन्सरको घरमा प्रभात्कालिन ६ बजेको समयमा नै आत्महत्या गरिन् । उसो त नेपाल सरकारले कतार लगायत अन्य खाडी मुलुकमा हाउसमेडको रुपमा काम गर्न आउने नेपाली महिलाहरुको लागि करिव ६ महिना अघि देखि नै रोक लगाएको हो । यसका बावजुद पनि एजेन्ट तथा मेनपावरहरुले विभिन्न फर्जी प्रक्रियाबाट भारतको छानो प्रयोग गरी विदेश पठाउन यस्ता गिरोहहरु सक्रिय रहेको यो अर्को जिउँदो प्रमाण पनि हो ।

नेपालमा नै रहने मृतक ओलीका परिवारजनका चिनारु एजेन्ट हिरा बि.क.ले सन्ध्यालाई दिल्लीको छानो हुँदै ३ जुलाईका दिन कतार पठाएका रहेछन् । सन्ध्यालाई कतार पठाए बापत सन्ध्याको परिवारजन संग भने केहि पैसा नलिएको सन्ध्याका दाजु सुवास ओलीले फोनमा बताए ।

कतार आएपछि सन्ध्या एक भारतीय परिवारको घरमा बच्चा रेखदेख गर्ने र घरका अन्य काममा व्यस्त हुँदै आईरहेको उनका स्पोन्सर शिजो म्याथ्यु बताउँछन् । कतार आएको केहि समयमा नै सन्ध्याको शरीर भरि साना साना विविरा देखा पर्न थालेपछि चिकित्सकको जाँचपड्ताल पछि सन्ध्यालाई लुतो आएको र स्नायुहरु सुन्निएको बताएकोले उनलाई नेपाल फिर्ता पठाउनु नै बेस हुने चिकित्सकले सल्लाह दिएको म्याथ्युले बताए ।

10806932_907240742628476_855445350_n

सधै जसो फोनमा बाराम्बार कुरा गरिरहने उनी नेपाल नै फर्किनुपर्ने अवस्था आउने भयो भनी सन्ध्या कि त मानसिक रुपमा तनावमा आएर आत्महत्या गरेको हुन सक्ने कि त दिनहुँ फोनमा कुरा गर्ने कुनै व्यक्तिसंग उनको भावनात्मक रुपको प्रेम सम्बन्ध पनि हुन सक्ने उनका स्पोन्सरको अड्कलबाजी छ ।

उसो त म्याथ्यु दम्पती दुवै जना कतारको प्रतिष्ठित कम्पनीमा उच्च ओहोदामा काम गर्ने कारिन्दा रहेछन् । म्याथ्युकै भनाईमा उमेर बढाएर पासपोर्ट बनाए पनि उनी भर्खरै मात्र २० बर्षमा टेकेको सन्ध्याले उनलाई बताएकी थिइन् रे ।

10808095_907241245961759_1554928912_n

१९ अक्टोबर विहान ६ बजे म्याथ्यु दम्पतीहरु घरमा नै रहेको अवस्थामा वाथरुमबाट एउटा निस्सासिदो किसिमको आवाज आएर हेर्न जाँदा सन्ध्याले वाथरुममा आफ्नै सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटेको उनीहरु बताउँछन् । त्यसको लगत्तै म्याथ्युले कतार पुलिसलाई  कल गरेर जानकारी गराएको र जानकारीको १० मिनेट भित्र नै पुलिस आएर हेर्दा सन्ध्या वेहोस अवस्थामा रहे पनि मृत्यु नभएको प्रहरीले बताएको सुनाए ।

कतारको हमाद मेडिकल कर्पोरेशनको आकस्मिक कक्षमा लगेपछि चिकित्सकले सन्ध्यालाई मृत घोषणा गरिदिएको बताए । कतारको पुलिसले म्याथ्यु दम्पतीलाई कानूनी शंकाको घेरामा राख्दै हत्या वा आत्महत्या के हो भनी लामो पुछताछ र अस्पतालबाट प्राप्त मृतकको चिकित्सकीय मृत्यु प्रकृति बारेमा भिडाएर हेर्यो र दुवै मेल खाए पछि कतारको प्रहरीले घाँटीमा कसिलो बन्धनले गर्दा श्वाश प्रश्वाशमा अवरोध आएको कारणले गर्दा मृत्यु हुन गएको कागजी मुचुल्का तयार गरीदियो ।

10808383_907240875961796_2035177830_n

अस्पताल तथा प्रहरीबाट प्राप्त सम्पुर्ण कागजात सहित कतार स्थित नेपाली राजदुतावासमा गई लाश पठाउने प्रकृया तयार भइसकेपछि दाङमा रहेका सन्ध्याका बुवा बिर बहादुर ओलीसंग फोनमा कुराकानी हुन थाल्यो । घटनाको दिनमा नै खबर पाएका सन्ध्याका बुवा बिर बहादुरले विदेशमा मर्यो भने त धेरै पैसा पाईन्छ । विना पैसा म छोरीको लाश बुझ्दिन । ५० लाख पाएमात्र मेरो छोरीको मृत्युको घाउ पुरिन्छ, उनले हाकाहाकी नै भने । यसो भन्दै विर बहादुरले फोन राखिदिए ।

सन्ध्याको बुवाबाट समस्याको निदान नहुने देखेपछि सन्ध्याको दाई सुवास ओलीसंग फोन सम्पर्क गर्दा सुवासले पनि सोही पैसाको कुरा निकाल्दै भने, विना पैसा लाश बुझ्दै नबुझ्ने र वुवा विर बहादुर भारत तर्फ नै धेरै बस्ने हुँदा बुवाको नाममा हैन आफ्नो नाममा पठाईदिनुपर्ने र आफ्नो नाममा पैसा पठाएमा २० लाख मात्र पाए पनि आफुले बहिनीको सम्पुर्ण सतगत गर्ने जनाए ।

अन्त्यमा सन्ध्याको आमा शारदा ओलीसंग सम्पर्क गर्दा उनले रुँदै भनिन् , कत्रो दुख गरेर हुर्काएकी छोरीको एक पटक मुख मात्र हेर्न पाए पुग्छ । काख गुमाएर पाएको लाख चाहिँदैन ।

मृतक सन्ध्याका जिवित तीन अभिभावकको तीन थरि कुराले गर्दा दुतावासले शव नेपाल पठाउन असहज भएको बताएको छ । कमसे कम परिवारजनले लाश बुझि पाउँ भनी पत्र दुतावासमा पठाएमात्र पनि हामीले तुरुन्त पठाउने थियौं, दुतावासका सहचारी केशवराज पन्थीले बताउनुभयो ।

10806932_907240742628476_855445350_n

आत्महत्या प्रकरणमा कतारको कस्तो कानूनी प्रावधान छ ?

कतारको हकमा मात्र नभै आत्महत्या गर्ने कुनै पनि व्यक्तिले प्रकृति हेरी जीवन वीमा देखि लिएर राहत पाउन सक्ने अधिकारबाट बञ्चित रहने र स्पोन्सरलाई बाध्यकारी अवस्था सिर्जना गर्न पनि कानूनी छुट नरहेको गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद्का कानूनी सल्लाहकार प्रोफेसर रमजान अलि मियाँ बताउनुहुन्छ । यस मुद्यालाई आफ्नो क्षेत्रबाट विशेष पहल गरिरहनुभएका मियाँले मृतकका आफन्तजनले पैसा नपाए लाश नबुझ्ने भनेर आफुलाई पनि पटक पटक यस्तो अभिव्यक्ति दिनु उहाँहरुप्रति आफ्नो छोरी, बहिनी गुम्नुको पिडामा पोखिएको आक्रोश र क्षोभ नभै प्रलोभन मात्र रहेको बताउनुभयो । अझ आत्महत्या गर्ने क्रममा कथंकदाचित आत्महत्याकारी बच्न सफल भएमा यहाँको कानुन बमोजिम उक्त व्यक्तिलाई दण्डित गरिने कानूनी प्रावधान रहेको पनि उहाँले बताउनुभयो ।

10805512_907240839295133_1345771245_n

सम्पुर्ण घटनाक्रम पछि सन्ध्याको शवलाई नेपाल पठाउने क्रममा विशेष पहल गरिरहनुभएका कानूनी सल्लाहकार प्रोफेसर रमजान अलि मियाँले सन्ध्याका स्पोन्सर शिजो म्याथ्युले सन्ध्यालाई नेपाल पठाउन लाग्ने सम्पुर्ण खर्च, शव लिएर जाने एक जनाको लागि दुइ तर्फी टिकट, काठमाण्डौंबाट दाङ सम्म लाग्ने शववाहन खर्च र सतगतको लागि लाग्ने रकम दिन आफु पहिले बाट नै तयार रहेको बताउँछन् ।

आशा गरौं, सन्ध्याकी आमा शारदा ओलीको छोरीको मृत्यु खबरले ममताको आकाश उध्रिए पनि छोरीको मुख अन्तिम पटक हेर्ने अभिलाषा उनका श्रीमान् विर बहादुर ओली र छोरा सुवास ओलीले छिटै पुरा गर्नेछन् ।.rescuenewsonline.com

10815844_907239432628607_2140105694_n

Tuesday, November 11, 2014

‘मेरी प्रेमिका’माथि शंका गरेर गल्ती गरेः पारस शाह

paras shahकेही समयअघि लागुऔषधसहित बैंककमा पक्राउ परेका पूर्व युवराज पारस शाहले आफू पक्राउ पर्नुमा प्रेमिकाको हात छ भन्दै शंका गरेर गल्ती गरेको बताएका छन् । आफ्नो फेसबुकमा लेख्दै शाहले मनको साटो अरुको कुरा सुनेर आफ्नो महिला माथि आफूलाई फसाउन खोजेको भनेर शंका गर्नु गलत रहेको कुरा स्वीकार गरेका हुन् ।
पक्राउ परेपछि केही समय अघि मात्र पारसले आफ्नी प्रेमिका कन्निकाले नै आफूलाई फँसाएको भन्दै फेसबुकमा कुर्लेका थिए ।
उनले लेखेका छन्,
जब म मरिसकेको थिएँ, मेरी महिला कन्निकाले गर्दा नै म आज तपाईंहरुको माझ छु । उनको बोलीभन्दा कामले नै सबै कुरा स्पष्ट हुन्छ । जब उनी भाग्न सक्थिन्, उनी भागिनन् । मेरो मनलाई सँधै थाहा थियो उनी निर्दोष छिन् । तर, मैले मेरो मनलाई सुनिँन र मानिसहरुमाथि विश्वास राखें ।
एक हप्ता सोँचे पछि म यो निचोडमा पुगेको छु, उनी निर्दोष छिन् ।
मैले अघिल्लो पटक फेसबुकमा लेख्दा म निकै तनाव थिएँ । मैले गरेको गल्तीको लागि म माफी माग्न चाहन्छु ।
पारसले आफूलाई फसाउँन ठूलै कनेक्सन भएकाहरु लागि परेको आरोप लगाएका छन् र तिनीहरुले नै आफूलाई आफ्नो प्रेमिका माथि शंका गर्न बाध्य पारेको बताएका छन् । आफूलाई फँसाउन खोज्नेहरुले आफू नेपाल नफर्कोस भन्ने चाहेको भएर आफ्नो पक्षमा एक पनि साक्षी नरहोस् भनेर आफ्नै प्रेमिकामाथि शंका गर्ने वातावरण सृजना गरेको बताएका छन् ।
 http://www.ratopati.com

Sunday, November 9, 2014

फेसबुकमा प्रेमिकालाई संकेत गर्दै पूर्वयुवराज पारसले यस्तो लेख

थाइल्याण्डमा रहेका पूर्व युवराज पारस शाह फेसबुकमा स्टाटस लेख्न पछिल्लो समय सक्रिय छन् । केही दिनअघि गाँजा सहित पक्राउ परेर छुटे लगत्तै उनले फेसबुकमार्फत आफूलाई प्रेमिकाले फसाएको उल्लेख गरेका थिए ।

सोमबार फेरि उनले फेसबुकमा अर्को स्टाटस लेखेका छन् । आफ्नी प्रेमिका कन्निका चाइसानले फेसबुकमा राखेको कभर फोटोलाई शेयर गर्दै उनले लेखेका छन्ः

‘‘कि पछि लाग कि अघि बढ । केही मानिस नेतृत्व गर्नको लागि जन्मिन्छन् र केही पछि लाग्न जमिन्छन् । जति सक्यो छिटो यो कुरा अंगाल्न सक्यो भने जीवनलाई राम्रोतिर मोड्न सकिन्छ । तथ्यहरु सधैं तथ्य नै हुन्छन् । किनकी कसैलाई तथ्य मन मर्दैन । त्यसलाई परिवर्तन पनि गर्न सकिदैन’

पारसको यो स्टाटसमा लाइक र कमेन्ट गर्नेको संख्या थपिंदो छ ।

Thursday, October 30, 2014

ओमनमा यौन शोषण खेपिरहेकी युवतीको उद्धार गर्न परिवारको आग्रह

नुवाकोट, कात्तिक १३ – घरेलु कामदारका रूपमा ओमन पुगेकी नुवाकोटकी एक युवतीलाई मालिकले यातना दिएको भन्दै परिवारले उद्धार गरिदिन आग्रह गरेको छ । चारघरे गाविस–९ गौरीबेँसीकी २१ वर्षीया रिमा तामाङलाई काम गर्ने घरको मालिकले बन्दी बनाई यौनहिंसा गरी मानसिक तथा शारीरिक यातना दिएको भन्दै उनको परिवारले उद्धार गरी सहयोग गर्न आग्रह गरेको हो । बुधबार विदुरमा आधिकारकर्मीहरूसँग छोरीको उद्धार गर्न पहलका लागि अनुरोध गर्न आएकी लक्ष्मीले फोनमा छोरीले रुँदै आफूलाई थुनेर राखेको, खाना खान नदिने, कुटपिट गर्ने गरेको भन्ने गरेको बताइन् । “मालिक र मालिकको चारवटा छोराले यौन शोषण गरेको, नमाने मार्ने धम्की दिने गरेका छन्, हामीले तँलाई किनेर ल्याएको भन्दै कुटपिट गर्छन् भन्दै छोरी रुन्छे,” लक्ष्मीले भनिन्, “छोरीलाई पठाउने सुशीलालाई समाउन पुलिसले वास्ता गरेको छैन । आफू केही जान्दिनँ । छोरी मर्छे कि भन्ने पिर लाइरा’छ । हजुरहरूले बचाउन पहल गर्दिनुपर्यो ।” लक्ष्मीले रिमालाई विदेश पुर्याउने चारघरे गाविस–९ गौरीबेँसी माइती भई धादिङको धार्केमा घर भएकी सुशीला रिमाललाई झिकाएर कारबाही र छोरीको उद्धार गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पनि उजुरी दिएकी छिन् । गत असार १२ गते राहदानी बनाउन सुशीलासँग सदरमुकाम जान्छु भनी गएकी रिमा त्यसपछि परिवारबाट सम्पर्कविहीन भएकी थिइन् । भदौ १५ गते एक्कासि ओमनबाट छोरीले बिलौना गर्दै फोन गरेकी आमा लक्ष्मीले बताइन् । रिमालाई फकाएर विदेश पुर्याउने सुशीलाले उल्टै फोन गरी धम्क्याउँदै ‘छोरीको बारेमा मलाई सोध्ने होइन’ भन्ने गरेको पीडित परिवारले बताएको छ । अत्यन्त न्यून आर्थिक अवस्था भएका निरक्षर तामाङ परिवारले छोरीको उद्धारका लागि राजधानीको परराष्ट्र मन्त्रालय वा दूतावास कतै पुग्न सकेको छैन । तामाङ परिवारले रिमालाई तत्काल उद्धार गरी ज्यान बनाउन सरकारसमक्ष आग्रह गरेको छ । - See more at: http://www.ratopati.com/

Wednesday, October 29, 2014

युएईमा नेपाली महिला कामदारको कार दुर्घटनामा परी मृत्यु

युएईमा सेक्युरिटी सिस्टम कम्पनीमा कार्यरत सेक्युरिटी गर्दै किशा लामाको दुर्घटनामा परी मृत्यु भएको छ ।
मंगलबार दुबईको फुजेरामा भएको दुर्घटनामा परी नेपाली किशोरीको   मृत्यु भएको हो । काठमाडौँको बौद्धमा घर भै बिगत ५ महिना देखी युएई फुजेराको प्रोफेसनल सेक्युरिटी सिस्टम कम्पनीमा कार्यरत लामाको कारको ठक्कर बाट मृत्यु भएको हो ।
मंगलबार बिहान कोठाबाट कामतर्फ जाँदै गर्दा बाटो पार गर्ने क्रममा अर्को दिशाबाट आउँदै गरेको कारले ठक्कर दिदा लामाको मृत्यु भएको हो ।image-2
लामाको मृत्युबारे नेपाल सरकार अनविज्ञ रहेको भए पनि लामाका सहयोगीले दिएको जानकारी अनुसार उनको सव फुजेराको एक हस्पिटलमा राखिएको छ । कारले ठक्कर दिदा किशाको घटनास्थलमै मृत्यु भएको थियो ।

लाहुरेहरू लागे गाउँको विकासमा

म्याग्दी, कात्तिक १२ – जीवनको जोस, जाँगर र उत्साहको उमेरमा विदेशी भूमिमा परिश्रम गरेर बिताएका म्याग्दीका पूर्व लाहुरे सामाजिक काममा लागेका छन् । युरोपेली देशमा पुगेका म्याग्देलीहरूले आफ्नो गाउँमा विकासका काम गर्न सहयोग गर्न थालेका हुन् । बेलायत, बेल्जियम, अमेरिका पुगेका म्याग्देली गाउँमा विकास भित्र्याउन लागेका छन् । कसैले विदेशमै विभिन्न सङ्घ संस्था खोलेर जिल्लाका लागि काम गरेका छन् भने कसैले आफँै लगानी गरेर विकासका काम गरिदिन थालेका छन् । आप्रवासी संस्थाको लगानीमा जिल्लाका विभिन्न ठाउँमा र ५० करोड भन्दा बढीको लगानीमा विकासका साथै सामाजिक काम भएका जिल्ला विकास समिति म्याग्दीको एक तथ्याङ्कमा उल्लेख गरिएको छ । लाहुरेहरूको लगानीमा म्याग्दीमा सडक निर्माणदेखि लिएर अस्पताल, स्वास्थ्य चौकी, विद्यालय, सिँचाइ योजना, पुललगायतका कैयौँ काम भएका म्याग्दीका स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले बताए । जिविस म्याग्दीको योजना तथा अनुगमन शाखाका अनुसार विदेशमा रहेका म्याग्देलीबाट मात्रै जिल्लामा रु ५० करोडभन्दा बढी लगानीमा विकास निर्माणका काम भएका छन् । “जीवनको ऊर्जाशील समय विदेशमै बिताइयो”, दाना घर भई हाल वेलायत बस्दै आउनुभएका कमल पुर्जाले भने, “युवा समयमा गाउँमा बस्न नपाए पनि अहिले विदेशमा बसेर गाउँका लागि के गर्न सकिन्छ भनेर सोचिरहेका छाँै ।” दानास्थित ज्ञानप्रकाश माविलाई सहयोग रकम हस्तान्तरण गर्न आउनुभएका पुर्जाले विद्यालयलाई रु दुई लाख २० हजार नगद उपलब्ध गराएका थिए । त्यसैगरी पुर्जा अध्यक्ष रहेको ‘फ्रेन्डली ब्रदर्श’ वेलायतको नेतृत्वमा सङ्कलित रु नौ लाख ६० हजारबाट विद्यालयले खेलमैदान निर्माणका लागि आठ रोपनी जग्गा पनि खरिद गरिसकेको छ । गत असारमा बेलायतमा मृत्यु भएका बेनी क्याम्पसचोकका सन्तोष श्रेष्ठको परिवारलाई सोही संस्थाको पहलमा राहत सङ्कलन गरेर पठाइएको थियो । पुर्जाको सक्रियतामा सङ्कलन गरिएको रु २० लाख नगद श्रेष्ठ परिवारलाई उपलब्ध गराइएको छ । पुर्जाले जस्तै बेलायतको बिवाइसी कम्पनीका सञ्चालक योगेन्द्र केसीले पश्चिम म्याग्दी दरबाङ युवा क्लवको भवन निर्माण गर्न आर्थिक सहयोग गरेका थिए । केसीले बहुउपयोगी मञ्चसहितको एक कोठे, एक तले भवन निर्माण गर्न रु तीन लाख सहयोग गरेका छन् । केसीले दरबाङ, लुलाङ र मराङका १५ जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि वार्षिक रु ५० हजार उपलब्धसमेत गराएका थिए । बेलायतमा मात्र नभएर बेल्जियम पुगेका म्याग्देलीहरू पनि जिल्लाको विकासमा सहयोग भित्र्याउन क्रियाशील छन् । विकास नेपाल बेल्जियम, मोनालगायतका संस्थाले जिल्लाको शैक्षिक, स्वास्थ्य र विकास निर्माणका क्षेत्रमा करोडाँै लगानी गरेका छन् । विकास नेपाल बेल्जियमको सहयोगमा ताकम माविको भवन निर्माण भएको छ । भवन निर्माणका लागि संस्थाले रु ९५ लाख सहयोग गरेको छ । त्यसैगरी सो संस्थाले जिल्ला अस्पताल परिसरमा रक्तकेन्द्रको भवन निर्माण गर्न पनि सहयोग गरेको थियो । संस्थाका प्रतिनिधि ज्ञान विकले सहयोग रकमको सदुपयोग गर्दै विकासमा लाग्न गाउँलेलाई आग्रह गरे । त्यसैगरी, पूर्व बेलायती सैनिकको संस्था कादुरीले पनि म्याग्दीको ताकम, रुम, राम्चे, चिमखोला, पाखापानी, कुइनेलगायतका ठाउँमा झोलुङ्गे पुल निर्माण गरिदिएको छ । दर्मीजा र देवीस्थानको जुक्जामा कादुरीको लगानीमा सञ्चालन भएका लद्युजलविद्युत् परियोजनाबाट स्थानीयवासीले विद्युत् सेवा उपभोग गरिरहेका छन् । कादुरीले बेगको तिप्ल्याङ, हिस्तानको दोसल्ले, बरङ्जा र कुइनेमा गत वर्ष खानेपानी योजना निर्माण गरेको थियो । - See more at: http://www.ratopati.com/2014/10/29/178039.html#sthash.Z5cMSgn9.R39aJULg.dpuf

Tuesday, October 28, 2014

कस्तो राष्ट्र हो उज्वेकिस्तान ? नेपाली कामदारलाई उज्वेकिस्तान खुला..

                            

काठमाडौं,कात्तिक १२ – सरकारले वैदेशिक रोजगारीका लागि उज्वेकिस्तान खुला गरेको छ ।श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मन्त्रीस्तरीय निर्णय गरी म्यानपावर एजेन्सीमार्फत निःशुल्क उज्वेकिस्तान खुला गरेका हुन् । श्रम तथा रोजगार मन्त्रालयले उज्वेकिस्तानमा कामदार पठाउन राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।

यससँगै नेपालका श्रम गन्तव्य मुलुक ११० पुगेका छन् । एसओएस म्यानपावरले उज्वेकिस्तानका लागि माग ल्याइसकेको छ । उसले कोरियाली निर्माण कम्पनी सामसुङको स्काफोल्डिङ कामका लागि मासिक पारिश्रमिक ३ सय ५० डलर (३५ हजार रुपैयाँ)मा माग ल्याएको हो । मागबमोजिम कामदारले दैनिक ८ घण्टाका दरले सातामा ५ दिन काम गर्नुपर्छ ।

रोजगारदाता कम्पनीले कामदारको मृत्यु भए ३० हजार डलर (करिब ३० लाख रुपैयाँ)को बिमा र अपांगता भए १५ हजार डलर (१५ लाख रुपैयाँ )क्षतिपूर्ति दिने सम्झौता गरेको छ । मौसमका हिसाबले उज्वेकिस्तानमा धेरै चिसो छ । मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग छलफल गरी म्यानपावरले कामदारलाई निःशुल्क उज्वेकिस्तान पठाउन सक्ने बताए ।   कस्तो राष्ट्र हो उज्वेकिस्तान ? उज्वेकिस्तान क्षेत्रफलको हिसाबले ५६ औं ठुलो र भुपरिवेष्ठित मुलुक हो ।

यसको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम माइनस २३ डिग्री सेल्सियस हुन्छ । मानवअधिकारमा उ अब्बल मानिन्छ । सुन परिमाणको हिसाबले चौथो र ग्यास उत्पादनमा ११ औं ठुलो मुलुक पनि हो । त्यहाँ प्रतिव्यक्ति आम्दानी १ हजार ९ सय डलर छ । बढीजसो लगानी तामा,सुन,तेल र सुनचाँदी उत्खनन्मा छ । ९० प्रतिशतभन्दा बढी मानिस मुस्लिम धर्म मान्छन् । आजको कारोबार दैनिकमा खबर छ ।

www.ratopati.com

Monday, October 27, 2014

मलेसियामा कमाउन गएका नेपाली चेलीहरुको तमासा हेर्नोस-(भिडियो)

अष्ट्रेलियाले १६ देशका नागरिकलाई भिसा नदिने

australia visaअष्ट्रेलियाले पश्चिम अफ्रिकाका १६ देशमा आवत जावतमा रोक लगाएको छ । इबोलाग्रस्त पश्चिम अफ्रिकी राष्ट्रहरुबाट इबोला अष्ट्रेलिया भित्रिने खतरा बढेको भन्दै अष्ट्रेलिया सरकारले यस्तो प्रतिबन्ध लगाएको हो । अष्ट्रेलियाका आप्रवासन मन्त्री स्कोट मोरिसनले सोमबार त्यहाँको संसदमा बोल्दै अष्ट्रेलियाले इबोला संक्रमण रहेका देशमा जान र त्यहाँबाट अष्ट्रेलिया आउन चाहनेहरुलाई भिसा दिन रोक लगाएको जानकारी गराएका हुन् । इवोलाका कारण पश्चिम अफ्रिकामा ५००० भन्दा बढीको मृत्यु भैसकेको छ भने १०००० भन्द बढी संक्रमित भएको आशंका गरिन्छ । तत्कालका लागि ती देशका लागि दिँदै आएको सहयोग समेत स्थगित गर्ने जानकारी मन्त्री मोरिसनले दिए । यस अघि नै भिसा लिएका नागरिक भने अष्ट्रेलिया प्रवेश गर्न पाउने छन् । यद्यपी कुनै पनि ब्यक्तिलाई भिसा नदिने वा निलम्बन गर्न सकिने उनले बताए । अमेरिका र युरोपमा इवोला संक्रमित ब्यक्ति भित्रिइसकेको भएपनि अष्ट्रेलियामा भने हाल सम्म यस्तो संक्रमण फेला परेको छैन । 

Sunday, October 26, 2014

जापानमा विसौं हजार नेपाली, सबैको आ-आफ्नो पिडा हेर्नुहोस भिडियो.

Friday, October 24, 2014

अरबी देशमा महिला कामदारले खेप्नु परेको पिडा यस्तो छ ...

saudi-maid-woundsमनिला, कार्तिक ७ – गरिब मुलुकबाट संयुक्त अरब इमिरेट्समा घरेलु कामदारका रूपमा काम गर्ने महिलाले शारीरिक, यौनजन्य तथा भावनात्मक दुव्र्यवहार सहनुपर्ने र उनीहरूलाई प्रणालीगत रूपमा सुरक्षा अस्वीकार गरिने जानकारी मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले दिएको छ । यस संस्थाले यस मुलुकलाई उनीहरूको प्रतिबन्धात्मक प्रवेशाज्ञा प्रणालीमा सुधार गर्न तथा दुव्र्यवहार रोक्न घरेलु महिला कामदारका लागि श्रम कानुन पारित गर्न आग्रह गरेको छ । ह्युमन राइट्स वाचसँगको एक भिडियो अन्तर्वार्तामा फिलिपिनी महिला मारेली ब्रुवाले आफ्ना पूर्व रोजगारदाताले आफूलाई पहिलेनै खरिद गरिएको र गुनासो गर्ने आफ्नो अधिकार नभएको बताएको जानकारी दिइन् । उनले आफूलाई प्रति महिना १००० दिराम दिने सम्झौता गरिए पनि ८०० दिराम मात्र दिइएको बताइन् । यो रकम फिलिपिन्समा न्युनतम बेतन बराबर हुनआउँछ । ब्रुआ जस्तै ९९ घरेलु कामदारले ह्युमन राइट्स वाचसँगको मल्टिमेडिया अन्तर्वार्तामा गुनासो गरेका छन् । यो प्रतिवेदन मनिलामा सार्वजनिक भएको हो । संयुक्त अरब इमिरेट्समा फिलिपिन्स, इन्डोनेसिया, भारत, बङ्गलादेश, श्रीलङ्का, नेपाल तथा इथियोपियाबाट एक लाख ४६ हजार महिला घरेलु कामदारका रुपमा काम गर्छन् । यस मानवअधिकारवादी संस्थाले संयुक्त अरब इमिरेट्सले यी महिला कामदारलाई कुनै पनि दण्ड नभोगिकन आफ्नो रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्थायुक्त प्रवेशाज्ञा प्रणाली बनाउनुपर्ने माग गरेको छ । वर्तमान प्रणालीमा कुनै घरेलु महिला कामदारले आफ्नो नोकरी परिवर्तन गर्न चाहेमा निजलाई भविष्यमा नोकरीका लागि प्रतिबन्ध लगाउने व्यवस्था छ । यहाँ रोजगारदातालाई यी महिलाका लागि प्रायोजन गर्ने व्यक्तिको रूपमा लिइन्छ र उनीहरूले महिलामाथि दुव्र्यवहार गर्ने गरेको बताइन्छ । ह्युमन राइट्स वाचले श्रम कानुन पारित गर्नका साथै यी महिला कामदारका लागि कार्य अवधि स्पष्ट हुनुपर्ने, उनीहरूलाई प्रतिसाता एक दिन बिदा दिनुपर्ने र २४ घण्टाको अवधिमा ८ घण्टा आराम गर्न दिनुपर्ने व्यवस्था हुनुपर्ने माग गरेको छ । संयुक्त अरब इमिरेट्सको श्रम कानुनअन्तर्गत घरेलु महिला कामदार नआउने तथा प्रवेशाज्ञामा गरिएको सुधारमा पनि उनीहरू नसमेटिने वाचले जानकारी दिएको छ । यस संस्थाले संयुक्त अरब इमिरेट्समा कामदार पठाउने मुलुकलाई यस मुलुकमा आफ्नो दूताबासको कर्मचारीलाई बलियो बनाउन, आफ्ना नागरिकलाई उनीहरूको अधिकारका विषयमा जानकारी दिन तथा यस मुलुकका सरकारसँग दुव्र्यवहारका विषयमा समन्वयात्मक रूपमा काम गर्न आग्रह गरेको छ । एचआरडब्लुको प्रतिवेदनमा समावेश फिलिपिन्सका अर्का महिला जिनी अल्फिलरले आफूलाई रोजगारदाताकी आमाले उनको भनेको नमान्दा हातमा इस्तिरीले डामिदिएको बताइन् । संयुक्त अरब इमिरेट्सका अधिकारी यी दाबीका विषयमा प्रतिक्रिया दिएका छैनन् । रासस÷एएफपी - See more at: http://www.ratopati.com/2014/10/24/176811.html#sthash.pZWrq2Vn.dpuf

Thursday, October 23, 2014

कतारमा ७५ नेपाली कामदारको बिचल्ली : ११ महिनादेखि तलब नपाएर मुद्दा झेल्दै

दोहा (कतार), कार्तिक ७ - ११ महिनादेखि तलब नपाएर मुद्दा झेल्दै आएका ७५ कामदारमध्ये आधाभन्दा बढी तलब छाडेर स्वदेश फिरेका छन् । बाँकी पनि स्वदेश फिर्ने तयारीमा छन् ।

एउटा सरकारी टावर बनाउने काम गरेका ती कामदारले पाउनुपर्ने १७ लाख रियाल (करिब ४ करोड ५९ लाख रुपैयाँ) तलबको लागि एक वर्षदेखि यहाँको उच्च अदालतमा मुद्दा लडिरहेका थिए । तलब नपाउनेमा प्रतिव्यक्ति १० हजार रियालदेखि ५७ हजार रियालसम्म बाँकी छ ।

'अब हामी थप मुद्दा लड्न नसक्ने स्थितिमा पुग्यौं,' पाँचथरका राजकुमार सम्बाहाम्फेले भने, 'हामी झन् मानसिक तनावमा पर्‍यौं । अब घर जान चाहन्छौं ।' उनका अनुसार ३५ जना कामदार मात्रै बाँकी रहेको बताए । 'अधिकांश साथीहरू घर फिरिसकेका छन्,' उनले

भने, 'कति पहिला नै गए । कति जान

थालेका छन् ।'

गत बिहीबार सम्बाहाम्फे, तेह्रथुमका प्रवीणकुमार रुम्बा, गुल्मीका मिनुराम बुढाथोकी, सर्लाहीका रोहितकुमार चौधरी र रुपन्देहीका रामप्रसाद डाँडी घर पठाइदिन भन्दै नेपाली दूतावास पुगेका थिए । 'मेरो मात्रै ३५ हजार रियाल बाँकी छ । घर नगएको चार वर्ष बित्यो,' उनले भने, 'घरपरिवार पनि मुद्दामा अल्भिmएको कारण चिन्तामा छन् । थप बसिराख्नु अब

अर्थ छैन ।'

भिसा पनि लागेन

ती कामदारहरू ली टे्रडिङमा काम गर्थे । कम्पनीका म्यानेजर जेलमा छन् । स्पोन्सर सम्पर्कमा छैनन् । उनीहरूको ठूलो रकम भएकाले मुद्दा लड्नका लागि

नेपाली दूतावासको पहलमा उनीहरूलाई स्पोन्सर परिवर्तन गर्ने भनियो । त्यसका

लागि खोज तथा अनुसन्धान विभागले समेत सहयोग गरे ।

उनीहरू अर्का कम्पनीमा परिवर्तन भए । तर, त्यस कम्पनीले जरिवाना तिर्न नसक्ने भन्दै भिसा लगाउन सकेन । 'पहिला परिवर्तन गर्न जरिवाना तिर्नु पर्दैन भनियो,' उनले भने, 'अहिले जरिवाना तिर्नुपर्छ भनेर नयाँ कम्पनीले पनि भिसा लगाइदिएन ।'

साथमा भिसा नभएपछि कतिपय साथीहरू पक्राउ पर्न थालेकोमा उनीहरूले चिन्ता व्यक्त गरे ।

यसरी रोकियो तलब

उनीहरू दोहास्थित सिटी सेन्टर नजिक अलबिदा टावरको ३८ र ३९ तलामा सारसज्जा मिलाउने काम गर्थे । 'मैले २०१२ नोभेम्बर महिनाको तलब पाएँ,' २०१० जुलाई १४ तारिख कतार आइपुगेका डेड गाउँ, नवलपरासीका दुर्गाबहादुर विकेले भने ।

उनी इलेक्टि्रकलको काम गर्छन् । 'हामीलाई तलब नदिई झुक्काउँदै काममा लगाइरह्यो,' रुपन्देहीका २४ वषर्ीय राम अचल कुँवरले भने, 'हरेक पटक माग्दा १०, १५ दिनपछि तलब दिन्छु भन्दै टार्‍यो । त्यसपछि खानाका लागि २ सय रियाल दिन्थ्यो । तलबको हिसाबकिताब पछि गरौंला भन्दै पन्छियो ।'

सरकारी 'प्रोजेक्ट' भएकाले तलब पाउनेमा ढुक्क थिए । कम्पनीले झुलाउने गरेपछि काम बन्द पनि गरेका थिए । तर, प्रोजेक्ट सकिए लगत्तै पेमेन्ट आउने र त्यसलगत्तै तलब पाउने आश्वासन दिएकाले उनीहरूले कामलाई जारी राखेका थिए ।

कम्पनीका म्यानेजर चेक बाउन्स भएको मुद्दामा जेलमा परे । 'त्यसपछि हामी अन्योलमा परे पनि त्यस प्रोजेक्टका एक अधिकारीले यो भवन बनाएर सकिदेऊ तलब हामी दिन्छु भन्थे,' कम्पनीका सुपरभाइजर अर्घाखाँचीका कृष्णा खनालले भने, 'त्यसपछि हामी प्रोजेक्ट सिध्याउनेतिर लाग्यौं । प्रोजेक्ट अगस्टको अन्तिममा सकियो । तर, तलब पाएन ।'

त्यस प्रोजेक्ट सिद्धिएपछि अक्टोबार एकबाट काम नगरी उनीहरू क्याम्पमै बस्दै

आएका छन् ।

अदालतमा मुद्दा जारी

आफ्नो तलब र सेवासुविधासहितको माग गर्दै गत वर्षको अक्टोबर १० बाट उच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यसपछि निरन्तर तारेख धाइरहेका छन् । 'अदालतले सबै कामदारले पाउनुपर्ने रकमको फैसला गरिदिएको छ,' बुढाथोकीले भने, 'तर, रकम कम्पनीबाट पाएको छैन ।' अदालतले आफ्नो खातामा रकम दाखिल गरिदिन कम्पनीको नाममा आदेश जारी गरेको थियो । ७५ जना मध्ये सबैभन्दा बढी तलब रोकिएको कृष्णाको हो । 'मेरो ११ महिनाको ५६ हजार रियाल -१५ लाख रुपैयाँ) लिन बाँकी छ', उनले भने ।

बोइल्डरको काम गर्ने हेटौंडाका मीनप्रसाद गौतमको २९ हजार -८ लाख रुपैयाँ) पाउन बाँकी छ । 'यत्रो पैसा छोडेर कसरी घर जाने आँट आउँछ र ?,' उनले भने, 'पैसाका लागि भए पनि पर्खनु त पर्‍यो ।'

धेरैजसोले घरमा पैसा पठाउन नसकेर पारिवारिक मनमुटावसमेत परेका छन् । 'घरबाट दिनहुँ मिसकल आउँछ । पैसाको अभावमा धन भित्र्याउन र गहँु लगाउन सकिएको छैन । ट्याक्टरले अरू पैसा नदिए पनि तेलको पैसा दिनुपर्छ भनिरहेको छ रे,' धकधई गाविस, रुपन्देहीका राम अचल कुँवरले भने, 'यता आफ्नै बिजोग छ ।'

कम्पनीको लेखा विभागले सबैलाई पाउनुपर्ने तलब सिट दिएको छ । '१० हजार रियाल मुनि कसैको छैन,' उनले भने, 'कागजमा मात्रै लेखेर नहुने रहेछ ।' ८ महिनाअघिदेखि घर जान बसेका कामदार पनि स्वदेश फिर्न नपाएको ओखलढुंगाको अमरबहादुर दमाईले कान्तिपुरलाई भने ।

दूतावासले यो मुद्दाबारे थप बुझ्न जरुरी रहेको बताए । पीडितहरूले मुद्दा दूतावासलाई जिम्मा दिएर आफूहरूलाई स्वदेश पठाउन अनुरोध गरे । 'के गर्न सकिन्छ, हामी छलफल गर्नेछौं,' कार्यवाहक राजदूत गणेश ढकालले पीडितहरूसमक्ष बताए ।

एक वर्षदेखि तलबका लागि मुद्दा लड्दै आएका कामदारहरू स्वदेश फिर्नका लागि नेपाली दूतावासमा निवेदन दिँदै ।


http://www.ekantipur.com/np

Monday, October 20, 2014

४० देखि ४५ लाख रुपैयाँ तिरेर अमेरिका गएका फसे यस्तो छ कहानी ....

सुरेन्द्र पौडेल, काठमाडौं- गैरकानुनी तरिकाले अमेरिका प्रवेश गरेको अभियोगमा पक्राउ पर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ। युएस डिपार्टमेन्ट फर होमल्यान्ड सेक्युरिटीले सार्वजनिक गरेको अमेरिकी आर्थिक वर्ष (सन् २०१३ अक्टोबर १ देखि २०१४ सेप्टेम्बर ३० सम्म) को प्रतिवेदनअनुसार गैरकानुनी प्रवेश गर्दा पक्राउ पर्ने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर देखिएको छ।

इमिग्रेसन् इन्फोर्समेन्ट एक्सन्स : २०१३' प्रतिवेदनअनुसार गएको एक वर्षमा अमेरिकामा ४ सय ४८ जना नेपाली पक्राउ परेका छन्, जबकि अघिल्लो वर्षमा यो संख्या मात्र २ सय ४८ रहेको थियो। अमेरिकामा यति ठूलो संख्यामा नेपाली यसअघि पक्राउ परेका थिएनन्।

मानव तस्करहरूको प्रलोभनमा परी दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, मध्यपूर्व, ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गर्ने क्रममा तथा गरिसकेपछि नेपालीहरू पक्राउ परेका हुन्। उनीहरूमध्ये अधिकांशलाई अमेरिकी सीमा सुरक्षा बलले पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा सानो संख्या छोटो अवधिको भिसा लिई अमेरिकामा ओभर स्टे गर्ने पनि छन्।

प्रतिवेदनअनुसार सन् २०१३ अक्टोबर १ देखि २०१४ सेप्टेम्बर ३० सम्म अमेरिकामा ६ लाख ६२ हजार ४ सय ८३ विदेशी पक्राउ परेका थिए। तीमध्ये सीमा सुरक्षा बलले मात्र ४ लाख २० हजार ७ सय ८९ जनालाई पक्राउ गरेको थियो।
विदेशीमध्ये ९० प्रतिशत मेक्सिकोसँग जोडिएको अमेरिकाको दक्षिण–पश्चिम सीमाबाट पक्राउ परेका थिए जहाँबाट मानव तस्करहरूले नेपालीलाई पनि अवैध तरिकाले अमेरिका छिराउने गर्छन्।

मानव तस्करले नेपालीसँग प्रतिव्यक्ति ४० देखि ४५ लाख रुपैयाँ लिई काठमाडौंबाट भारत (नयाँ दिल्ली), त्यहाँबाट थाइल्यान्ड (बैंकक), कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मोक्सिको हुँदै अमेरिका छिराउने गर्छन्।

अमेरिकी सीमा सुरक्षा बलले सबैभन्दा बढी रियो ग्रान्डी भ्याली, टक्सन, लारेडो, स्यान डियागो र डेल रियोबाट अवैध तरिकाले प्रवेश गर्ने विदेशीलाई पक्राउ गरेको हो। सबैभन्दा बढी विदेशी पक्राउ परेका यी पाँच नाका दक्षिण–पश्चिम अमेरिकाको सीमा (मेक्सिकोसँग जोडिने) मा रहेका छन्। प्रतिवेदनअनुसार सन् २००४, २००५, २००६, २००७, २००८, २००९, २०१० र २०११ मा क्रमशः ६०, ३३, ४८, ४४, १ सय २, १ सय ४८, २ सय ३० र १ सय ८० नेपाली अमेरिकामा पक्राउ परेका थिए।




प्रतिवेदनअनुसार अमेरिकाले सन् २०१३ मा ७७ जना नेपालीलाई सीमा नाकाबाटै फिर्ता गरेको थियो। अघिल्लो वर्ष अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्नेमध्ये ६७ जना नेपालीलाई आफ्नो भूमिमा प्रवेश गर्न नदिई अमेरिकाले फिर्ता पठाएको थियो।

सन् २०१३ मा अमेरिकाले आफ्नो भूमिमा प्रवेश नदिई स्वदेश फिर्ता गरेका २ लाख ४ हजार १ सय ८ विदेशीमध्ये ५० दशमलव ७ प्रतिशत स्थल र २५ दशमलव ३ प्रतिशत जल मार्ग हुँदै अमेरिकी सीमा पुगेका थिए। स्थल र जल मार्ग हुँदै अमेरिकी सीमा पुग्ने अधिकांश विदेशीलाई मानव तस्करले मेक्सिको हुँदै त्यहाँ पुर्यागउने गरेका हुन्। अमेरिकाले सन् २००८ मा १ सय २२, २००९ मा ६६, २०१० मा ६३ र २०११ मा १ सय ४ जना नेपालीलाई मेक्सिको सीमाबाट प्रवेशमा रोक लगाई स्वदेश फिर्ता पठाएको थियो।

प्रतिवेदनमा अनुसार सन् २०१३ मा कुनै कानुनी आदेशबिनै २५ जना नेपालीलाई नेपाल फिर्ता पठाइएको थियो। अमेरिकाबाट डिपोर्ट (फिर्ता पठाइने) नेपालीको संख्या भने बिस्तारै घट्ने क्रममा रहेको देखिएको छ। त्यसरी फिर्ता पठाइएका नेपाली सन् २००९, २०१०, २०११ र २०१२ मा क्रमशः ५२, ४३, ६३ र ३६ जना थिए।

सन् २०१३ मा कानुनी आदेशअनुसार अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीको संख्या ३९ छ। तीमध्ये १२ जनामाथि आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप छ। अघिल्लो वर्ष ३८ नेपालीलाई अमेरिकाले कानुनी आदेशका आधारमा नेपाल डिपोर्ट गरेको थियो।

अमेरिकी होमल्यान्ड सेक्युरिटीको शरणार्थीसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार सन् २०१३ मा अमेरिकामा शरणार्थीको 'स्टाटस' पाउने चौथो ठूलो राष्ट्र नेपाल भएको छ। सन् २०१३ मा ८ सय ५४ नेपालीलाई अमेरिकाले शरणार्थीको स्टाटस दिएको छ।
यस्ता नेपाली सन् २०१२ मा ९ सय ७५, २०११ मा ७ सय ४० र २०१० मा ७ सय ५५ थिए। अवैध तरिकाले अमेरिका प्रवेश गर्नेहरू त्यहाँ छिर्नेबित्तिकै शरणार्थीको पहिचान माग्ने गर्छन्।  नागरिक दैनिकले यो समाचार छापेको छ ।

Thursday, October 16, 2014

एकवर्षमा ४ सय ८८ जना नेपाली अमेरिकामा पक्राउ

अमेरिकी सरकारले गत बुधबार अर्थात् अक्टोबर १ मा सार्वजनिक गरेको तथ्यांक अनुशार गत वर्ष अर्थात् सन् २०१३ मा मात्रै अमेरिकामा ४ सय ४८ जना नेपालीहरु पक्राउ परे । पक्राउ पर्नेहरुमध्ये अधिकांश सीमा सुरक्षा बलले पक्राउ गरेकाहरु छन् भने कैयन नेपालीहरुलाई अमेरिका भित्रै छिरिसकेपछि विभिन्न अपराधका आधारमा पक्राउ गरिएको छ । नेपालीहरु यसरी अमेरिकामा पक्राउ परेको यो अहिलेसम्मकै ठूलो रेकर्ड हो । अर्थात् अहिलेसम्म यति धेरै नेपालीहरु अमेरिकामा पक्राउ परेका थिएनन् ।         अघिल्लो वर्ष सन् २०१२ मा जम्मा २ सय ४८ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । सन् २०११ मा भने १ सय ८० जनामात्रै नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । सन् २०१० मा अमेरिकामा पक्राउ पर्ने नेपालीहरुको संख्या ह्वात्तै बढेका थिए । यो वर्ष २ सय ३० जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । सन् २००९ मा १ सय ४८ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । त्यस्तै सन् २००८ मा १ सय २ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । यसअगाडि भने अमेरिकामा पक्राउ पर्ने नेपालीहरुको संख्या अत्यन्तै कम रहेको थियो । सन् २००८ सम्म नेपालीहरुलाई इक्वेडर आउन पनि त्यती सहज थिएन । तर सन् २००८ मा इक्वेडरले सबैलाई विमानस्थलमा नै ९० दिनको पर्यटकभिसा दिन थालेपछि इक्वेडरको बाटो हुँदै अमेरिका छिर्ने नेपालीहरुको संख्या बढेकाले अमेरिकाको सिमाक्षेत्रमा पक्राउ पर्ने नेपालीहरुको संख्या पनि बढेको हो । इक्वेडरको नयाँ नीतिका कारण नेपाली मानव तस्करहरुलाई सहज हुन गएको हो भने नेपालबाट अमेरिकामा मानव तस्करी पनि यसैवर्षदेखि गुणात्मक रुपमा बृद्धि भएको हो ।         सन् २००७ मा त जम्मा ४४ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । ति मध्ये केही अमेरिकाभित्र अपराध लगायतका विभिन्न कारणले पक्राउ परेका थिए भने केहीलाई सीमा सुरक्षा बलले पक्राउ गरेको थियो । सन् २००६ मा ४८ जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । त्यस्तै सन् २००५ मा अमेरिकामा पक्राउ पर्ने नेपालीहरुको संख्या ३३ रहेको थियो । सन् २००४ मा भने ६० जना नेपालीहरु अमेरिकामा पक्राउ परेका थिए । अमेरिकाको अध्यागमन र सीमा सुरक्षा बलले सबैभन्दा धेरैलाई पक्राउ गर्दै आएको छ । अमेरिकाको सीमा क्षेत्रको रक्षा र अमेरिका छिर्ने स्थल, हवाई तथा सामुन्द्रिक नाकाहरुमा यो बल कार्यरत रहदै आएको छ ।          अमेरिकाको मेक्सिको र क्यानडासँग सिमा जोडिएको झण्डै ७ हजार माइलको क्षेत्रमा र समुन्द्रको २६ सय माइलको सिमा क्षेत्रमा अमेरिकी सिमा सुरक्षा गस्ती तैनाथ रहेको छ । त्यो बाहेक अमेरिकाको अध्यागमन कार्यान्वयन इकाईले तस्करी , अपराध लगायतका गतिविधिमा संलग्नहरुको निगरानी र पक्राउ गर्दै आएको छ । अमेरिकामा पक्राउ परेका नेपालीहरुमध्ये कैयनलाई यही इकाईले पक्राउ गरेको छ । उनीहरु गलत तरिकाले अमेरिकी नागरिकता लिन खोजेको, मानव तस्करीमा संलग्न भएको, लागुऔषधमा संलग्न रहेको, गाडी चलाउने क्रममा कसैलाई ठक्कर दिएर भागेको, आक्रमण गरेको, डकैती गरेको, हातहतियार सम्बन्धि अपराधमा संलग्न भएको, यौन दुब्र्यबहार गरेको र किर्ते काममा संलग्न भएको अभियोगमा पक्राउ परेका हुन् ।

Wednesday, October 15, 2014

सुकुम्बासीले जग्गा पौने भए

कञ्चनपुर, आश्विन ३० । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सुकुम्बासी समस्या समाधान आयोग खारेजीको माग गरिरहेको बेला कञ्चनपुरमा भने भूमिहीन, सुकुम्बासी र अव्यवस्थित परिवारसँग आवेदन लिन थालिएको छ ।
गत भदौमा गठित आयोगले दुई सातासम्म सरकारी तथा गैर सरकारी निकायसंग छलफल गरी आवेदन लिन थालेको हो । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित जग्गा समाधानका लागि पहिलो चरणमा निवेदन संकलन गर्न थालिएको आयोगकी अध्यक्ष भुवनेश्वरी रावलले बताइन ।
निवेदनबारे छलफल गरी जग्गा प्रदान गरिने योजना आयोगको छ । अहिलेसम्म करिव ३ सय जनाले आवेदन दिएका छन् ।
आयोगले अव्यवस्थित जग्गाको पूर्जा बनाई दिने, भूमिहीन र सुकुम्बासीलाई सहरी क्षेत्रमा १२ धुर र ग्रामीण क्षेत्रमा १ कट्टा १० धुरसम्म जग्गा निःशुल्क रुपमा उपलब्ध गराइने बताएको छ ।

Saturday, September 6, 2014

सुनुवाइमा ढिलाइ भएको भन्दै हिरासतमा रहेकालाई रिहा गर्ने आदेश



भारतको सर्वोच्च अदालतले शुक्रबार मुलुकका निकै भीडयुक्त कारागारहरूलाई हिरासतमा राखिएका व्यक्तिहरूमध्ये उनीहरूमाथि लगाइएको अभियोगको अधिकतम सीमाको आधाभन्दा बढी जेल सजाय भोगिसकेका भए तिनीहरूलाई रिहा गरिदिन आदेश दिएको छ । यसलाई भारतमा ऐतिहासिक फैसलाका रूपमा लिइएको छ र यसले भारतका कारागारमा रहेका लाखौँ व्यक्तिमाथि प्रभाव पार्ने बताइएको छ ।

भारतमा करिब ४० लाख व्यक्तिलाई हिरासतमा राखिएको छ र उनीहरू अदालती सुनुवाइको प्रतिक्षामा रहेका छन् । एमनेस्टी इन्टरनेसनलले उनीहरूले वषौँसम्म कारागारमा जीवन बिताएको जानकारी दिएको छ ।
भारतको फौजदारी न्याय संहिताले कुनै पनि व्यक्तिलाई सुनुवाइ पूर्व नै निजमाथि अभियोग प्रमाणित भए दिइने काराबास सजायको आधा भाग कारागारमा बिताइसकेको भए निजलाई रिहा गरिनुपर्ने व्यवस्था गरेको छ । यसो भए पनि यो कानुन हालसम्म लागू भएको छैन ।
शुक्रबार प्रधानन्यायाधीश आर.एम. लोधाले मुलुकभरका अदालतले यो कानुन पालना गर्नुपर्ने बताउँदै स्थानीय न्यायाधीशहरूलाई यो प्रक्रियालाई ध्यान दिन आदेश दिनुभयो ।
उहाँले न्यायिक अधिकारीहरूले अभियोग प्रमाणित भएमा भोग्नुपर्ने काराबासको सजायको आधा समय हिरासतमा बिताइसकेका व्यक्तिको पहिचान गर्नुपर्ने बताउनुभयो ।
यो प्रक्रिया सम्पन्न भएपछि उनीहरूले कारागारमै यसरी सुनुवाइका क्रममा हिरासतमा राखिएका व्यक्तिलाई रिहा गर्न उचित आदेश दिनुपर्ने पनि उहाँले निर्देशन दिनुभयो ।
यस निर्णयले हिरासतमा राखिएका कति व्यक्तिमाथि प्रभाव पार्नेछ भन्ने स्पष्ट भएको छैन ।
एमनेस्टी इन्टरनेसनल इन्डियाले यस मुलुकमा हजारौँ व्यक्तिहरूलाई उनीहरूको अभियोग प्रमाणित भएपछि भोग्नुपर्ने काराबासको सजायँभन्दा बढी समय हिरासतमा राखिएको र तीमध्ये केही नाबालिग पनि परेको उल्लेख गरेको छ ।
यस संस्थाका अनुसन्धान व्यवस्थापक दिभ्या ऐयरले सर्वोच्च अदालतको आदेश अभिप्रेरणात्मक तथा स्वागतयोग्य भएको बताउनुभयो ।
भारतमा कारागारमा राखिएका व्यक्तिहरूमा दुई तिहाइ सुनुवाइका क्रममा हिरासतमा रहेका व्यक्ति छन् । सुनुवाइको क्रममा अनावश्यक रूपमा हिरासतमा राखिनुले व्यक्तिको निष्पक्ष र छिटो सुनुवाइको अधिकारलाई उल्लङ्घन गर्ने र यसले कारागारमा रहने व्यक्तिको सङ्ख्या बढ्ने बताइएको छ ।
भारतको पुरानो तथा न्यून स्रोतयुक्त न्यायप्रणाली पहिलेदेखि थुप्रिएका ठूलो सङ्ख्याका मुद्दा फछ्र्यौट गर्न सङ्घर्षरत देखिएको छ । भारतभर सन् २०१२ को अन्त्यसम्म करिब तीन करोड मुद्दा सुनुवाइको क्रममा रहेको देखिएको छ । 

यहाँ हिरासतमा राखिएका व्यक्तिले आफ्नो मुद्दामा सुनुवाइका लागि वर्षौसम्म कुर्नुपर्छ र यसका कारण कारागार पनि भीडयुक्त हुनेगर्छ ।
भारतका धेरै कारागारमा सामान्य क्षमताभन्दा कम्तीमा दोब्बर मात्रामा व्यक्ति हिरातमा रहेको ठानिन्छ ।
सुनुवाइ पूर्व हिरासतमा राखिएका व्यक्तिमध्ये ४६ प्रतिशतको उमेर १८ देखि ३० रहेको देखिएको छ । तीमध्ये ३० प्रतिशत निरक्षर छन् । उक्त जानकारी एमनेस्टी इन्टरनेसनलले दिएको हो । यहाँ करिब दुई हजार व्यक्तिलाई सुनुवाइपूर्व नै पाँच वर्षभन्दा बढी हिरासतमा राखिएको छ ।
सर्वोच्च अदालतले जनवरीमा मृत्युदण्ड दिन निकै ढिला भएको भनी यस्तो सजायँ पाएका व्यक्तिको सजायँ कम गरेको थियो ।
मानव अधिकारकर्मीहरूले हिरासतमा राखिएका व्यक्तिलाई न्याय दिन अझै धेरै काम हुनुपर्ने बताएका छन् ।
यसरी कारागारमा निकै समय बिताउने व्यक्तिमा गरिब तथा निरक्षर व्यक्तिहरू पर्ने र उनीहरूलाई आफ्नो अधिकारका विषयमा थाहा नहुने जानकारी नयाँ दिल्लीमा केन्द्रीय कार्यालय रहेको एसियन सेन्टर फर ह्युमन राइट्सका निर्देशक सुहास चक्माले दिनुभयो ।
उहाँले यस्ता व्यक्तिलाई पीडा दिएकाले उनीहरूलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो । 
रासस, एएफपी

अश्लिल भिडियो बनाएर आफ्नै बुहारीको यौन शोषण



भारतमा एउटा लज्जाजनक घटना भएको छ । भारतको एक गाउँमा एक पुरुषले आफ्नै बुहारीलाई बलात्कार गरी अश्लिल भिडियो बनाएर निरन्तर यौन शोषण गरेको खुलासा भएको हो । कोतवाली क्षेत्रमा पर्ने एक गाउँमा सात महिनाकी गर्भवती महिलाले डिएनए परीक्षण गराउन माग गर्दै उजुरी दिएपछि यस्तो घटना बाहिर आएको हो ।

यो गर्भ ससुराको रहेको भन्दै ती महिलाले गर्भपतन गराउन अनुमति समेत मागेकी छिन् । ती महिलाले आफ्न ससुरालाई कारवाही गर्न समेत उनले उजुरी गरेकी छिन् ।
सन् २०१३ को मार्च ३० मा विवाह भएकी ती महिलाका श्रीमान विवाह भएको छ दिन पछि नै पैसा कमाउन साउदी गएका थिए । त्यस लगत्तै उनीमाथि ससुराले गिद्धे दृष्टी लगाए । तर उनले ससुराको ब्यवहारबारे सासुलाई भनेपछि सासुले उल्टै चुपचाप बस्न चेतावनी दिइन् ।

श्रीमानलाई यो कुरा भन्दा उनले फोन गर्नै छोडिदिए । सन् २०१३ को जुलाईमा आफू घरमा एक्लै भएको समयमा आफूलाई जवर्जस्ती गरेर ससुराले भिडियो क्लिप समेत बनाएको उनको भनाइ छ ।
त्यसपछि निरन्तर त्यही क्लिप देखाएर यौन सम्बन्ध नराखे भिडियो इन्टरनेटमा राख्ने धम्की दिँदै यौन सम्बन्ध राख्न बाध्य तुल्याएको उजुरी महिलाले पुलिसमा गरेकी छिन् ।
ससुरासँगको सम्बन्धकै कारण उनी गर्भवती समेत भइन् । त्यसपछि ससुराले उनलाई घरबाट निकाला गर्ने घोषणा गरे । त्यसपछि मात्र उनी पुलिसमा उजुरी गर्न पुगिन् । एजेन्सी ।

Thursday, September 4, 2014

म श्रीमतीविना नै सन्तान चाहन्छु : सलमान खान



केही समयअघि आफू अझै पनि ‘भर्जिन’ रहेको अभिव्यक्ती दिएका नायक सलमान खानले फेरि एकपटक बिहे र सम्बन्धका बारेमा मुख खोलेका छन् । उनले आफूलाई ब्याचुलर हिरोको उपनाम परिवर्तन गर्न मन लागेको बताए ।
तर सलामनले आफूलाई श्रीमतीविना नै सन्तान जन्माउन मन लागेको बताएर फेरि मिडियाको मसला बन्ने काम गरेका छन् । सलमानले भने-’हो, म चाहन्छु मेरो पनि बच्चा हुन् । तर म चाहन्छु बच्चा श्रीमतीविना नै हुन् । फेरि म चाहन्छु, ति सन्तानका लागि श्रीमती होस् ।’
सलमानको यो भनाई निक्कै फरक र नौलो लाग्छ । संभवत उनले आफ्नो च्यारेटीबल संस्था ‘बीइङ ह्यूमन’बाट अनाथ बच्चा पाल्ने सोचेको हुनसक्छ । र उनीहरुलाई हेरचाहा गर्नका लागि श्रीमती जीवनमा आओस् भन्ने चाहेको हुनसक्छ । तर पनि सलमानको यो भनाई आफैमा नौलो र अचम्म लाग्दो छ ।
www.onlinekhabar.com

बिहेको केक १ लाख ३५ हजार रुपैयाँमा बिक्यो


बेलायती युवराज्ञी डायना र युवराज चाल्र्सको बिहेको समयमा प्रयोग गरिएको एक केकको टुक्राको किर्तिमानी मूल्यमा लिलामी भएको छ ।
अघिल्लो बिहीबार अमेरिकाको लस एन्जल्समा भएको लिलामीमा ३३ वर्ष पुरानो उक्त केकको टुक्रा १ हजार ३ सय ७५ अमेरिकी डलर अर्थात् झण्डै १ लाख ३५ हजार रुपैयाँमा बिक्री भएको हो ।
यो केकलाई अहिलेसम्म पनि उहीँ बक्समा सुरक्षित राखिएको छ जुन बक्समा उक्त केकलाई सजाइएको थियो ।
उक्त केकको सेतो बाहिरी बट्टामा ‘बकिंघम दरबार, २९ जुलाई १९८१’ लेखिएको छ ।
उक्त केकको सुरुवाती मूल्य ११ सय डलर तोकिएको थियो । तर एक जना मानिसले त्यो केकलाई सुरुमै १३ सय ७५ डलरको बोली लगाए । दोश्रो बोली कसैले नलगाएपछि उनले नै उक्त ऐतिहासिक केक आफ्नो बनाउन सफल भएका हुन् ।
लिलाम घरका प्रवक्ताका अनुसार केक किन्ने व्यक्ति निजि संकलक हुन् । उनको नाम भने खुलाइएको छैन । एजेन्सी

onlinekhabar.com