top_rightads

Showing posts with label feature. Show all posts
Showing posts with label feature. Show all posts

Thursday, December 11, 2014

यस्ता छन् तोरीको सागका ५ फाईदा

 
तोरीको सागमा पाइने भिटामिन, मिनिरल, फाइबर र प्रोटीन निक्कै लाभदायक हुने विज्ञहरु बताउँछन् । १०० ग्राम तोरीको सागमा २७ क्यालोरी, शून्य दशमलव ४ ग्राम चिल्लो, ३५८ मिलिग्राम पोटाशियम, ४ दशमलव ७ ग्राम कार्वोहाइड्रेट, २ दशमलव २ ग्राम फाइवर, १ दशमलव ३ ग्राम सुगर, विटामिन ए, सी, डी, बी १२, म्याग्नीशियम, आइरन र क्याल्शियम जस्ता तत्व हुन्छ ।

जाडोमा तोरीको साग सेवन गर्दा हुने फाइदाः
तोरीको सागमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा हुन्छ । यसले शरीरमा रहेका विकार विसर्जनमा मुख्य भूमिका खेल्छ । र रोगसँग लड्ने क्षमता बढाउँछ । त्यतिमात्र होइन तोरीको साग सेवन गर्दा मुत्रनली, पेट, छाती, फोक्सो, प्रोस्टेट र पाठेघरको क्यान्सरबाट समेत तोरीको सागले बचाउँछ ।



१ मुटुका लागि राम्रो
तोरीको सागले शरीरमा नकारात्मक कोलेष्ट्रोल नियन्त्रण गर्छ र फोलेटको निर्माण बढाउँछ । यसले कार्डियोभास्कुलर रोगको सम्भावना समेत घटाउँछ ।

२ पेट सफा बनाउँछ
तोरीको साग फाइबरको मात्रा बढाउँछ जुन पाचनको लागि निक्कै राम्रो मानिन्छ । यसको सेवनले पाचन प्रणली स्वस्थ रहन्छ ।

३ कम क्यालोरी बढी फाइवर
तोरीको सागमा क्यालोरी कम र फाइबर बढी हुने हुँदा यसले शरीरको पाचन प्रणाली मात्र राम्रो राख्दैन । मोटोपन पनि नियन्त्रण गर्छ । मोटोपनको शिकार भएकाहरुलाई समेत तोरीको साग लाभदायक छ ।

४ हाडलाई बलियो बनाउँछ
तोरीको सागमा क्याल्सियमको मात्र बढी हुन्छ । यसले पोटाशियमको मात्रा पनि बढी दिन्छ । हड्डी बलियो बनाउन चाहिने यी तत्व तोरीको सागमा पाहिन्छ । हाडको समस्या हुनेलाई समेत तोरीको साग राम्रो मानिन्छ ।

५ आँखा तेज बनाउँछ
आँखाको लागि सागपात सबै भन्दा राम्रो चिज हो । तोरीको सागले आँखाको तेज बढाउँछ र आँखाका मांसपेसी समेत मजबुत राख्छ । स्रोत नेपाली हेडलाइनस्

Wednesday, December 10, 2014

सपना देखेपछि उत्खनन् गर्दा भगवानका आकृतिका शिला भेटियो

इलाम, मंसीर २५ – पूर्वी इलामको श्रीअन्तु–६ स्थित सिद्धिखोला छेउमा विभिन्न भगवान्का आकृति भएका शिला फेला परेका छन् । सोही स्थानका नरेन्द्र राईले सो स्थानमा देवीदेवता सपनामा देखेपछि उक्त ठाउँमा गएर उत्खनन गर्ने क्रममा भगवान्का आकृति भएका शिला भेटिएको राईले बताए ।

ती शिलाको राईले नामकरणसमेत गरेका छन् । हातको चित्र भएको शिलालाई बुद्धको दाहिने हात, सुदर्शन चक्र, आँखाको चित्र भएको शिलालाई सेतीदेवीको आँखा, किराँतेश्वर महादेव र कान्छी पाथीभराको नामकरण गरिएको छ ।



एक साताअघि फेला परेका ती शिलाहरू हेर्न तथा पूजा गर्न आउने भक्तजनको घुइँचो लाग्न थालेको छ । शिला फेला परेपछि स्थानीयले शनिबार र मङ्गलबार पूजाआजा गर्न थालेका छन् । पैतलाको समेत आकृति भएको शिला भेटिएपछि त्यसलाई विष्णुनारायण भगवान्को पैतला भनेर नामकरण गरिएको छ

। उक्त स्थानमा सिद्धेश्वर महादेवले तपस्या गरेको स्थानसमेत रहेको किंवदन्ती छ । प्राकृतिक रूपमा विचित्रको देखिने उक्त स्थानलाई संरक्षण गर्न देवेन्द्र शर्माको अध्यक्षतामा देवालय संरक्षण समिति गठन गरिएको छ ।

योवर्ष पनि लगन नजुरेका नायिकाहरु..

खासमा यो महिनालाई बिहेको मौसमका रुपमा बुझिन्छ । मंसिर सकिनै लागेको छ । उमेर पुगेर पनि अविवाहित रहेका नायिकाहरुको च्यानाकुटी च्यानाकुटी झ्याइँ यसपालि देख्न नपाइने लगभग पक्का भएको छ ।

हुन त बिहे गर्न मंसिरै कुर्नुपर्छ भन्ने छैन । मन,परिस्थिती मिले जति नै उमेर घर्किए पनि जुनसुकै महिनामा पनि बिहे हुन्छ । आधा शताब्दी उमेर खाएपछि राजेश हमालले गत जेठमा बिहे गरे ।

बैशाखमा आर्यन सिग्देलले सपना भण्डारीको सिउँदो रंगाए । हमालकै उमेर हाराहारीमा मिथिला शर्माले गत असारमा पूर्वप्रहरी प्रमुख मोतीलाल बोहोराको सिन्दुरले सिउँदो रंगाइन् ।

अविवाहित हिरोइनहरु पनि अचेल अभिनेता हमाल र अभिनेत्री शर्माको उमेर बिहेको कुरा गरेर आफ्नो बिहेबारे पन्छन खोज्छन् ।

sushma-karki-two-piece



‘बिहे गर्न केको हतार ?’ नायिका नन्दिता केसी भन्छिन्,‘हमाल दाइ,मिथिला दिदीले त हतार गर्नुभएन । म त सानै छु ।’

नन्दिता बलिउड सुपरस्टार शाहरुख खानझैं बेहुलोको पर्खाइमा छिन् रे । ‘मेरो सपनाको राजकुमार शाहरुखजस्तो हुनुपर्छ’ नन्दिता भन्छिन्,‘तर मैले अहिलेसम्म मेरो सपनाको राजकुमार भेटेको छैन । त्यही भएर त बिहे नगरेकी ।’



नायिका सुष्मा कार्की पनि अविवाहित छिन् । पहिला लामो समय सुदर्शन थापाको प्रेममा रहेकी उनी ब्रेकअपपछि नरेन शाहीको प्रेममा परिन् । कुरा बिहेसम्म पुग्दा नपुग्दै नरेनसँग उनको ब्रेकअप भयो ।

हाल सिंगल रहेकी सुष्माले बिहेबारे सोचेकी छैनन् रे । ‘खै कहिले गर्छु बिहे,थाह छैन’,उनी भन्छिन्,‘लगन आएपछि आफैं हुन्छ । किन आत्तिनु ?’




अविवाहित नायिकामा पर्छिन् नीता ढुंगाना । तर उनले आफू र नवअभिनेता अमेश भण्डारी गहिरो प्रेममा रहेको सार्वजनिक गरिसकेकी छन् ।

बिहे भने अर्को वर्ष धुमधामसँग गर्ने रे । अनु शाह पनि अविवाहित छिन् । घरबाट बिहे गर्न दबाब आउने गरेको भए पनि आफूले खोजेकोजस्तो जीवनसाथी नभेटाएकाले सिंगल रहेको दाबी उनको छ ।

गरिमा पन्त भने बिहेभन्दा करिअरमा केन्द्रीत भएको बताउँछिन् । नेपालि हेडलाईन बाट साभार

क्याम्पसका मोटरसाइकल हुने विद्यार्थी सावधान ! बिहानै २० ओटा मोटरसाइकल नियन्त्रणमा

काठमाडौं, मंसिर २५ । युवा–युवतीले चलाएको मोटरसाइकल दुर्घटना हुनेक्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलले त्यसको रोकथाम गर्ने काम थालेको छ । सोक्रममा क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरी मोटरसाइकल चेकजाँचमा कडाइ गरिएको छ ।

महानगरिय ट्राफिक प्रहरी वृत जावलाखेलका प्रमुख सीतारामा हाछेंथुको अगुवाइमा विहीबार बिहान ६ देखि साढे ६ बजेसम्म कुमारीपाटीमा मोटरसाइकल चेकजाँच गरी २० ओटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।



चालकसँग लाइसेन्स नभएको, मोटरसाइकलको ‘साइलेन्सर पाइप’ ठीक अवस्थामा नरहेको, मोटरसाइकलको ‘सक’ उठाइएको र ३ जना चढेको पाइएपछि नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका मोटरसाइकलहरु अभिभावकलाई बोलाएर फिर्ता दिइने भएको छ ।

सीताराम हाछेंथुलाई दरबारमार्गबाट सरुवा गरेर महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलमा सरुवा गरिएको चार दिन मात्र भएको छ ।  ईमेज खबर बाट साभार

अब एसएलसी दिने सबै पास : परीक्षामा अनुतीर्ण हुने प्रावधान नै खारेज

२५ मंसिर, काठमाडौ । एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरिएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बुधवार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विगत ८१ वर्षदेखि लागू हुँदै आएको एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरेको गोरखापत्रमा खबर छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले विद्यालयबीचको अस्वस्थ प्रतिष्पर्धी उन्मुलन गर्न र विद्यार्थीलाई मानसिक तनावबाट मुुक्त पार्न एसएलसी परीक्षामा अनुतीर्ण हुने ब्यवस्था अन्त्य गरिसकेको बताए । उनका अनुसार अवदेखि विद्यार्थीको हातमा अनुतीर्ण भएको प्रमाणपत्र थमाइने छैन ।
यस्तै ब्यवस्था यसवर्ष प्राविधिकतर्फको एसएलसी परीक्षामा परीक्षणका रुपमा लागू गर्ने र आगामी २०७२ सालको एसएलसी परीक्षादेखि साधारणतर्फ पनि लागू गरिने छ ।
परिषद्को बैठकले प्रशितका आधारमा गरिदै आएको परीक्षाको मूल्यांकन पद्धतिलाई विस्थापित गरी ‘लेटर ग्रेड’का आधारमा मूल्यांकन गर्ने आधारलाई स्वीकृत गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक ढुंगेलका अनुसार ९० देखि एक सय प्रतिशत अंक ल्याउनेलाई ‘ए प्लस’ (विशिष्ट), ८० देखि ८९ प्रशित अंक ल्याउनेलाई ‘ए’ (उत्कृष्ट), ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ‘बी’ (धेरै राम्रो), ४० देखि ५९ प्रतिशत अंक ल्याउनेलाई ‘सी’ (राम्रो) तथा २५ देखि ३९ प्रतिशत अंक ल्याउनेलाई ‘डी’ (कमजोर) र २५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ‘ई’ (धेरै कमजोर) भनी प्रमाणपत्रमा उल्लेख गरिनेछ ।

कोरियामा रहेका नेपाली कामदारको तलब अर्को महिनाबाट बढ्ने

काठमाडौं,मंसिर २५ – नेपाली कामदारको लागि आकर्षक गन्तब्य बनिरहेको दक्षिण कोरियामा इपिएस परीक्षाबाट गएका कामदारको अर्को महिनादेखि तलव बढ्ने भएको छ । दक्षिण कोरियाले सन् २०१५ का लागि मजदूरको न्यूनतम तलव बृद्धि गर्ने निर्णयसँगै नेपाली कामदार त्यसवाट लाभान्वित हुने भएका हुन् । दक्षिण कोरियाले ६ महिनाअघि नै कामदारको न्यूनतम तलव ७ दशमलव १ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेको थियो ।



आगामी महिनादेखि वृद्दि भएको तलब कार्यान्वयनमा ल्याउन दक्षिण कोरियाको न्युनतम ज्याला निर्धारण समितिले पहल थालिसकेको जनाएको छ । समितिले कोरिया सरकारलाई पत्राचार गरेर वृद्दि गरिएको तलब कार्यान्वयनमा लगाउन आग्रह गरेको छ । समितिकै सिफारिसलाई आधार मानेर कोरिया सरकारले प्रतिवर्ष न्युनतम पारिश्रमीक बढाउँदै आएको छ ।

 नयाँ निर्णयपछि अहिले घन्टाको ५ हजार २ सय १० वन तलव पाउने कामदारले ५ हजार ५ सय ८० तलव पाउने छन् ।त्यस्तै प्रतिदिन ८ घन्टाको तलब ४४ हजार ६ सय ४० वन हुनेछ । त्यसैगरि प्रतिमहिना (४० घन्टा) को तलब ११ लाख ६६ हजार २ सय २० वन हुन्छ,आजको नागरिक दैनिकमा खबर छ ।

५० रुपैयाँमा प्रहरीले इज्जत बेचेपछि…

सिन्धुपाल्चोक । सवारीसाधनको कागजपत्र चेक/जाँच गर्ने क्रममा अरनिको राजमार्गस्थित विभिन्न स्थानमा बसेका प्रहरीले कागजपत्रसँगै पकेट खर्च असुल्ने गरेको पाइएको छ ।
अरनिको राजमार्गको विभिन्न स्थानमा रवारीसाधनको कागजपत्र चेकजाँच खटिएका प्रहरीहरुले ५० देखि २ रुपैयासम्म पकेट खर्चके रुपमा असुल्ने गरेका हुन् ।
काभ्रेको साँगादेखि सिन्धुपाल्चोकको विभिन्न स्थानमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले सवारीसाधन चेक गर्ने गरेका छन् ।


सवारीको कागजपत्र माग्जे क्रममा सवारी चालकहरुलले कागजपत्रभित्रै पैसा हालेर दिने गरेका छन् ।
राजमार्गमा चेकिङमा खटिने प्रहरीले निजी सवारी साधनभन्दा सार्वजनिक र मालबाहक गाडीसँग पैसा असुल्ने गरेको चालकहरुले बताएका छन् ।
चालकले दिएको पैसा किन लिएको भन्ने प्रश्नमा प्रहरीहरु दाँत कोट्याउन झिकेको पैसा गोजीमा हालेको भन्दै पन्छिने गरेका छन् ।
चालकहरुले लफडामा पर्नुभन्दा पैसा दियो उनीहरुको पनि चुल्हो बल्ने हुनाले पैसा दिने गरेको उल्लेख गरे । आजको राजधानीमा समाचार छ ।

पासपोर्ट भर्दै हुनुहुन्छ ? हतार नगर्नुस गाउँमै टोली आउँदै छ

काठमाडौ । अगामी एक बर्ष भित्र हस्तलिखित राहदानीलाई विस्थापनका लागि आवेदन संकलनको टोली नै खाडी मुलुक पठाउने तयारी परराष्ट्र मन्त्रालयले गरेको छ ।
मलेसिया, कतार, युनाइटेड अरब इमिरेट्स ९युएई० साउदी अरविया, कुवेत ओमान र बहराइनमा रहेको दूतावास तथा समुदायसंगको सहकार्यमा त्यहाँ टोली नै पठाएर आवेदन संकलनको तयारी अघि बढाएको जानकारी दिएको छ ।



सुशासन तथा अनुगमन समितिमा राहदानीको समस्याबारेमा जानकारी दिंदै परराष्ट्रका कामु सचिव शंकरदास बैरागीले भने,‘हामीले अवको एक बर्ष भित्र सबै हस्तलिखित राहदानी विस्थापन गर्न सक्नुपर्छ ।
यसको लागि प्रविधीमा सुधार गरेर अघि बढ्ने, नेपालीहरु काम गरिरहेका स्थानमा नै गएर आवेदन संकलन गर्ने, सूचना प्रवाह गर्ने जस्ता कार्यमा जुट्नेछौ ।’
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, परराष्ट्रका कामु सचिव बैरागी, राहदानी विभागका महानिर्देशक लोकबहादुर थापा र गृहका सहसचिव लक्ष्मिप्रसाद ढकालले सभासदहरुसंग आफ्नो बाध्यता र समस्या प्रस्तुत गर्दै सुधारको लागि अवलम्वन गरिएको विषय पनि राखेका थिए ।
परराष्ट्र र गृहमन्त्री समेत रहिसकेका सभासद कमल थापाले काठमाडौं केन्द्रित कार्यले गर्दा यस्तो समस्या आएको हो भन्दै यसलाई सके सबै जिल्लामा सहज वितरण नभए १४ अंचल त्यो पनि सम्भव नभए कम्तिमा पनि पाच विकास केन्द्रमा काठमाण्डौंबाट जस्तै गरि छिटो र छरितो ढंगले राहदानी वितरणको ब्यवस्थापन तत्काल गर्न आवश्यक रहेको बताए । उनको धारणामा सबै सभासदहरुले साथ दिदै सात दिनमा सबैले राहदानी पाउन पर्ने बताए ।
उनीहरुले रोजगारीको लागि विदेशमा रहेका नेपालीलाई पनि राहदानीको कारण अवैध नबनाउने तर्फ काम गर्न निर्देशन नै दिएका छन । आगामी नोभेम्वर २४ देखि विश्वभर एमआरपी लागू हुनेछ ।
हस्तलिखित राहदानीलाई अस्विकार गरिने हुदा त्यसको विस्थापन आवश्यक छ । अहिलेको गतिमा काम भएमा अवको एक बर्षमा पाच लाख राहदानी पनि विस्थापित हुन गाह्रो रहेको अवस्था छ ।
कम्तिमा पनि १५ लाख राहदानी विस्थापन गर्न जरुरी रहेको उनीहरु स्वयंले बताइरहेको अवस्थामा कसरी अघि बढ्ने योजना तत्काल लागू हुन जरुरी रहेकोमा सभासदहरुले ध्यान दिन आग्रह गरेका थिए । आजको कान्तिपुरमा समाचार छ ।

बिहान उठ्ने बित्तिकै पानि पिउनुहोस्, अनेकौं रोगबाट छुटकारा पाउनुहोस्

 
हरेक दिन बिहान उठ्ने बितिकै खाली पेटमा पानि पिउने बानी जापानमा लोकप्रियछ। यस बाहेक बैज्ञानिक परिक्षणले पनि पुष्टि गरेको छ कि नियमित निम्नतरिकाले पानी पिउने हो भने केहि त्यस्ता नया पुराना रोगहरु टाउको दुख्ने, शरीर दुख्नु, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक,  मधुमेह, कब्जियत,आँखा रोग, कान, नाक र घाँटी रोग आदि नलाग्न, निको पार्न, अथवा बढ्न नदिन पानीले ठुलो मदत पुर्याउछ।



पानि पिउने विधि

१. बिहान उठ्ने बित्तिकै ब्रस गर्नु अघि खाली पेटमा ४ गिलास*१६० मिलिलिटर पानि पिउनुहोस।
२. अब ब्रस गर्नुहोस र अन्य दैनिकी नित्यकर्म गर्नुहोस तर पानि पिएको ४५मिनेट फेरी केहि पेय पदार्थ नपिउनुहोस र केहि खाना पनि नखानुहोस।
३. ४५ मिनेट पछी तपाइले नियमित झैं नास्ता या खानपिन गर्न सक्नुहुन्छ।
४. नास्ता या अन्य बिहान बेलुकाको भोजन गरेको १५ मेनेट पछी २ घण्टा सम्म फेरी केहि खानपिन नगर्नुहोस।
५.  जापानिज र चाइनिजहरु आफ्नो भोजन संग तातो चिया वा तातो सुप पिउनेगर्छन। हामी पनि नक्कल गर्ने कि? हुनत खाना संग एक गिलास चिसो पेय सबैलाईमन पर्छ। तर भोजनमा भएको चिल्लो पदार्थ पचाउन तातो पेयले मदत गर्छ भने चिसोपेयले जमाउछ।
६. रोगि वा बिरामीले यदि सुरुमा ४ गिलास पानि पिउन कठिन हुन्छ भने जतिसकिन्छ त्यति बाट सुरु गर्नुहोस र बिस्तारै बढाउदै ४ गिलासमापुर्याउनुहोस्।

निम्न रोगहरु लाग्न नदिन, कम गर्न, निको पार्न माथिको पानि पिउने विधिले मदत गर्दछ..

उच्च रक्तचाप – ३० दिन
गैस्ट्रिक – १० दिन
मधुमेह – ३० दिन
क्यान्सर – १८० दिन
क्षयरोग – ९० दिन
माथिको विधि अनुसार पानि पिउदा साइड इफेक्ट केहि हुदैन निश्चिन्त हुनुहोसतर केहि बेर लगातार पिसाब लाग्ने छ। यो विधिलाई सबैले आफ्नो दैनिकी बनाउनेहो भने स्वस्थ रहन मदत पुग्ने छ।
दैनिक कति मात्रामा पानि पिउने भन्ने प्रस्नको उत्तर फरक फरक हुन सक्छ।स्वास्थ्य स्थिति, वातावरण र सारीरिक क्रियाकलाप अनुसार पिउने पानीकोमात्रा फरक होला तर सामान्य अवस्थामा स्वस्थ मानिसलाइ दैनिक ३ देखि ४ लिटरतरल पदार्थको आवस्यक्ता पर्दछ। केहि मात्रामा तरल पदार्थ फलफुल र खानाकोमाध्यम बाट पनि आपूर्ति हुन्छ। मानव सरिरका प्राय सबै प्रणालीलाई पानीचाहिन्छ। पानीले नै हो सरिरमा भएका बिकारलाई पसिना र पिसाबको माध्यमबाटबाहिर निकाल्छ, हरेक कोषहरूमा पौष्टिक आहार पुर्याउन्छ, नाक कान् र घांटीमाओसिलो पन राख्छ। त्यसैले माथिको विधि अनुसार दैनिक पानि पिउन सुरु गरौस्वस्थ रहौ।
गर्मीको महिना र सारीरिक ब्यायम गर्दा साबिकको भन्दा बेसी पानि पिउने बानी बसालौ।

२५ वर्ष बाख्राको खोरमा थुनिएकी महिलाको उद्धार !

25 वर्षदेखि बाख्राको खोरमा थुनिएकी भरतपुर उपमहानगरपालिका–१८ मंगलपुरकी काशीमाया तामाङको बुधबार उद्धार गरीएको छ ।
उहाँलाई भरतपुर अस्पतालमा उपचारको व्यवस्था समेत मिलाइएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान चलिरहँदा मानसिक समस्या भएको भन्दै महिलालाई वर्षौदेखि खोरमा थुनिएको भन्ने समाचार आएपछि प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका व्यक्ति सञ्चारकर्मीसहितको टोलीले उद्धार गरेको हो ।bakhrakokhormaउद्धारमा सक्रिय राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमल्सिना, प्रमुख जिल्ला अधिकारी मानबहादुर विके, भरतपुर अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर महेन्द्रराज न्यौपानेसहितको टोलीले घरमा गएर महिलको उद्धार गरेको हो । बुधबार नै काशीमायालाई भरतपुर अस्पतालको मानसिक रोक उपचार कक्षमा राखर उपचार सुरु गरिएको छ । बिरामी काशीमायालाई निको नभएसम्मको लागि निःशुल्क उपचार, खान, बस्नको लागि व्यवस्था गर्ने डाक्टर महेन्द्रराज न्यौपानले बताउनुभयो । २५ वर्षसम्म खोरमा थुनिएर बस्दा समेत उहाँको चेतान शक्ति सुधारउन्मुख रहेकाले उपचार गर्दा निको हुने डाक्टर न्यौपानले बताउनुभयो ।
१६ वर्षमा विवाह भएर १७ वर्षको उमेरबाट मानसिक समस्या देखिएपछि काशीमायालाई परिवारका सदस्यले बाख्रा बाध्ने खोरमा थुन्नेका थिए । केही वर्ष भारतका विभिन्न शहर, नेपालको पाटन अस्पतालमा उपचार हुँदा केही सुधार भएपनि नियमित औषधी खुवाउन नसक्दा समस्या भएको बुबा फयसिंह तामाङले बताउनुभयो । फयसिंहले जेठाछोरोमा पनि मानसिक समस्या देखिएपछि उपचार गर्न कठिन भएको जानकारी दिनुभयो । बिरामी काशीमाया र उहाका भाइलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।स्रोत :उज्यालो अनलाइन 

नगर्नुस् यी काम, कंगाल भइन्छ

शास्त्रमा जीवनमा आत्मअनुशासन सबैभन्दा महत्वपूर्ण रहेको भन्दै केही नियमको उल्लेख गरिएको छ । जसको पालना गर्नु अनिवार्य मानिन्छ । ब्रह्मवैवर्त पुराणमा यस्ता कुराको उल्लेख गरिएको छ जुन गर्नु हुँदैन । यस्ता काम गर्दा करोडपति पनि कङ्गाल हुने शास्त्रमा उल्लेख छ ।

यी तिथिमा भुलेर पनि नगर्नु मालिस र यौन कार्य
हिन्दु पाञ्चाङ्ग अनुसार कुनै पनि महिनाको औंशी, पूर्णिमा, चतुर्दशी र अष्टमी तिथिमा तेल मालिश र मांसाहार गर्नु हुँदैन । यी तिथिमा यौन कार्य गर्नु पनि अशुभ मानिन्छ । अझ परपुरुष वा परस्त्रीसँग त भुलेर पनि संगत गर्नु हुँदैन ।
never to do 12 things 4

जमिनमा राख्नै नहुने कुरा
शास्त्रमा बत्ति, शिवलिङ्ग, शालिग्राम, मणि, देवी-देवताका मुर्ति, जनै, सुन र शंख कहिले पनि भुइँमा राख्न नहुने उल्लेख छ । यिनलाई भुइँमा राख्नै परेपनि कपडा बिच्छ्यार राख्नु पर्छ ।


पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित
शास्त्रमा दिउसोमा पनि पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित छ । यी समयमा यौन क्रिडामा लिप्त हुँदा अनेक प्रकारका रोग लाग्ने र अशुभ हुने उल्लेख छ ।
never to do 12 things 2
सूर्य र चन्द्रमा अस्ताउँदा हेर्नु हुँदैन 

सूर्य र चन्द्रमा अस्ताको समयमा हेर्न त्यस दिशामा हेर्न नहुने शास्त्रमा उल्लेख छ । यस्तो समय अशुभ मानिन्छ । यस्तो दृष्य हेर्दा आँखामा समेत समस्या आउन सक्छ ।


यिनीहरुलाई कहिल्यै तल नपार्नुस्
आफ्ना बाबु, आमा, पुत्र, पुत्री, पत्नि, पति, गुरु, अनाथ स्त्री, बहिनी, भाई, देवी-देवता र ज्ञानी ब्यक्तिलाई अनादर गर्नु अशुभ मानिन्छ । यी ब्यक्तिको अनादर गर्दा अशुभ हुने र धननाश एवं दरिद्र्ता बढ्ने उल्लेख छ ।

never to do 12 things 3
घरमा प्रवेश गर्दा सँधै ख्याल गर्नुस्
जव बाहिरबाट घर आइन्छ त्यतिबेला सिधै भित्र प्रवेश गर्नु अशुभ मानिन्छ । जहिले पनि बाहिर बाट आइसकेपछि बाहिर खुट्टा सफा गरेर मात्र घर भित्र प्रवेश गर्नु पर्छ ।
nepaliheadlines.com

आफ्नै दुध बेचिन् युवतीले ,क्रिसमसको खर्च जुटाउँन

आउँदै गरेको क्रिसमस भव्य रुपमा मनाउने खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचिकी छिन् ।बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर बिक्रि गरिरहेकी छिन् । आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ जम्मा गरिसकेको उनले जनाइन् ।

चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली एक वर्षकी छिन् । काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरी सोही बमोजिम गरेकी हुन् ।उनको एक बोतल दुध साढे १२ पाउण्ड अर्थात् झण्डै १९ सय ४० रुपैयाँमा बिक्ने गरेको उनले बताइन् । उनले अहिलेसम्म ८ जना ग्राहकलाई दुध बेचिसकेकि हुन् ।

आफ्ना कतिपय ग्राहकले यौनिक प्रयोजनका लागि आफ्नो दुध खरीद गरेको उनले खुलासा गरेकी छिन् ।
उनको दुध पिउने पुरुषहरुले आफ्नो यौन क्षमता बढेको अनुभव गर्ने गरेका उनले भनाई छ । आफुले आफ्नो दुध किन्न चाहने जो कोहीलाई पनि दुध बेच्ने भन्दै उनले बडी विल्डर देखि लिएर सेक्स क्षमता बढाउन चाहने सबैलाई आफुले दुध बेच्ने जनाइन् ।

मान्छेको दुध पिउनु प्राकृतिक र सामान्य कुरा भएको भन्दै उनले आफ्नो दुधमा प्रसस्त भिटामिन रहेको एक टेलिभिजन कार्यक्रममा दाबी गरेकि छिन् ।

नयाँ कानुन : २४ घण्टाभित्र बलात्कारीको हत्या गर्नेलाई कारबाही नहुने

काठमाण्डौ, २४ मंसिर– बलात्कारीलाई घटनाको २४ घण्टाभित्र हत्या गरे कानुन नलाग्ने व्यवस्थासहितको कानुन बन्ने भएको छ ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो कडा प्रावधानसहितको व्यवस्था लागू गर्न प्रस्ताव गरिएको हो । हालको ऐनमा बलात्कारीलाई घटनाको एक घण्टाभित्र पीडितले हत्या गरेमा कानुनी कारबाही नहुने व्यवस्था छ ।
विधेयकबारे छलफल गर्न बुधबार आयोजित कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री निलम केसीले यस्तो जानकारी दिएकी हुन् ।
उनले राज्यका हरेक तहमा महिलाहरुको समान सहभागिता नभएसम्म लैंगिक विभेद अन्त्य नहुने बताइन् ।
उनले महिला हिंसा अन्त्यको अभियान घरबाटै सुरु हुनेपर्ने उल्लेख गरिन् ।
‘प्रत्येक नेपालीलाई म हिंसा गर्दिन र हिंसाविरूद्ध आवाज उठाउँछु’ भन्ने प्रतिबद्धता जाहेर गर्न उनले आग्रह गरिन् ।

यस्तो पनि ! ७६ वर्षकी पत्नि ४२ वर्षका पति (तस्विर सहित)

एजेन्सी ।
भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमलाई उमेर वा अन्य कुनै कुराले पनि रोक्न सक्दैन । समाजमा कहिले काँहि यस्ता उदाहरण देखिन्छन् जसले पुष्टी गर्छ कि प्रेम साँच्चिकै अन्धो हुन्छ ।
 डेली मेलमा प्रकाशित एक समाचार अनुसार चीनको लिआओनिङ प्रान्तमा एक जोडी यस्तो अनौठो छ कि पति र पत्निबीच ३२ वर्षको फरक छ । त्यसमा पनि पति पत्नि भन्दा ३२ वर्ष कान्छा छन् । आमा छोरा उमेरका जोडी ।

यो जोडी मध्ये पतिको उमेर ४२ वर्षको छ भने पत्निको उमेर ७६ वर्ष छ । यिनीहरुले विवाह गरेको १८ वर्ष भैसक्यो । १८ औं वर्षगाँठ धुमधामसँग मनाउने उनीहरुको तयारी छ ।

यी युवकले आफू ८ वर्षको हुँदा देखि नै आफ्नी आमाको उमेरकी यी महिलालाई प्रेम गर्थे । यी मा युकिन नामकी महिला त्यतिबेलाकी चर्चित कलाकार थिइन् । बच्चा देखि नै आफ्नै सेलिब्रेटी आमा उमेरकी यी महिला मन पर्ने यी युवकले समाजले के भन्ला भन्ने कुरा वास्ता नगरी विवाह गरे ।

ली नामका यी युवकले बच्चा देखि नै आफ्नी आमाको उमेरकी महिलालाई प्रेम गर्थे र अन्टी भन्थे । जवानीमा जति सुन्दर युवती नजिकिन खोजेपनि लीलाई मन परेन बरु तिनै अन्टीलाई विवाह गरे ।

लीका आमा बाबुले यो सम्बन्धलाई जति गरेपनि टुटाउन सकेनन् । छोराले यी बुढी महिललाई विवाह गरेपछि ली की आमाको मृत्यु नै भयो ।

महिलालाई ‘म्याक्सी’ र ‘नाइटी’ लगाउन नदिएपछि बबाल…

एजेन्सी । भारतको महाराष्ट्रको एक गाउँका महिलालाई नाईटी लगाउन निषेध गरिएको छ । प्रहरीका अनुसार रातमा महिलाले यस्ता कपडा लगाएमा ५ सय रुपैया जरिवाना गर्न सकिने थियो ।
गाउँको एक स्थानीय समूह प्रहरीको आदेश अनुसार रातमा महिलाले यस्ता कपडा लगाएमा ५ सय रुपैया जरिवाना गर्न सकिने थियो । गाउँको एक स्थानीय समूह ‘इन्द्रायणी महिला मण्डल’ का अनुसार बलात्कार जस्ता घटना रोक्नका लागि यस्तो आदेश जारी गरिएको थियो ।


इण्डियन एक्सप्रेसका अनुसार समूहकी एक महिला सदस्यले घर बाहिर यस्ता कपडा लगाएका कारण अपराध बढिरहेको छ । उनले हालका दिनहरुमा म्याक्सी या नाईटी लगाउने प्रचलन बढेको छ ।
यस्ता कपडा घरबाहिर लगाउदा भद्दा देखिन्छ । महिला मण्डलले आइतबार गाउँको सूचना बोर्डमा यस्तो आदेश टाँसेको थियो । सूचनामा गाउँका महिलाले यस्ता कपडा लगाएर गाउँ घुमेमा ५ सय जरिवाना गरिने उल्लेख थियो ।
यस्तो आदेशको केही महिलाहरुले बिरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले भने कुनै महिलालाई यस्तो आदेश दिने अधिकार कसैलाई नभएको भन्दै हस्तक्षेप गरेको हो । त्यसपछि उक्त सूचना हटाइएको छ ।

चलचित्र निर्माता नारायण खतिवडा मृत भेटिए

काठमाडौं । चलचित्र निर्माता नारायण खतिवडा मृत भेटिएका छन् । बुधबार दिउँसो करिब ४ बजेतिर उनी काठमाडौंको होटल हार्दिकमा मृत भेटिएका हुन् ।
होटल हार्दिकको कोठा नम्बर १०३ मा उनी मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । उनी मंगलबार दिउँसो नै होटलमा आएको स्रोतले जनाएको छ ।



बुधबार बिहानैबाट उनी बसेको कोठाको ढोका नखुलेपछि शंका लागेर हेर्दा उनी मृत भेटिएको होटलले जनाएको छ । चितवन घर भएका खतिवडाको तेस्रो फिल्म ‘मेरो मान्छे’ को छायांकन हालै सकिएको थियो ।
यसअघि उनले चलचित्र भेटी र लफडा निर्माण गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रियंकाले भनिन्- हामी सेक्सको मजा लिने चिज होइनौं

 बलिउडकी सुन्दरी अभिनेत्री प्रियंका चोपडाले महिलालाई सेक्स गरेर मजा लिने चिजकोरुपमा मात्र नहेर्न चेतावनी दिएकी छिन् । भारतमा बढीरहेको महिला हिंसातर्फ इङ्गित गर्दै उनले यस्तो चेतावनी दिएकी हुन् ।

                   priyanka chopra speaks

बलिउड हंगामा डटकमलाई अन्तरवार्ता दिँदै प्रियंकाले महिला र पुरुषलाई समान दृष्टीले हेर्नु पर्ने बताइन् । महिलालाई सेक्सको मजा लिने चिजकोरुपमा हेर्न नहुने उनको भनाइ छ ।   भारतमा पुरुषको मानसिकता परिवर्तन गर्न जरुरी रहेको उनले बताएकी छिन् । बलात्कारका घटना बढ्नु पुरुषको कमजोर मानसिकताको उपज भएको उनको भनाइ छ । 'महिला केवल सेक्स र किचनका लागि बनेका होइनन्' उनले भनिन् । पुरुषको मानसिकता नबदलिए सम्म वलात्कारका घटनामा कमी नआउने उनको भनाइ छ । एजेन्सी ।

लामो सेक्सको लागि प्रयोग गर्नुस यी ५ किसिमका कण्डम

कण्डम यौनजन्य रोग देखी एड्सजस्ता प्राणघातक रोगबाट बच्ने प्रभावकारी अस्थाई साधन हो।तर यसको उपयोगिता सुरक्षाका लागि मात्रै नभएर मनोरञ्जनका लागि पनि हो। नेपालका जस्ता विकाशशिल देशमा मानिसहरु खुलेर सेक्सका बारेमा खुरा गर्ने अफ्यट्यारो मान्ने
भएकाले तपाईलाई कुन चाहि कण्डम ठिक हुन्छ भन्ने थाहा नहुन् सक्छ किन भने बजारमा थरिथरिका कण्डम पाइन्छन् । कण्डम अनुसार त्यसको विशेषता समेत फरक फरक रहेका छन्।
यहाँ बजारमा उपलब्ध पाँच किसिममा कण्डमका बारेमा उल्लेख गरिएको छ।

१.फ्लेवर्ड कण्डमः
फ्लेवर्ड कण्डमहरु चकलेट,कफि,स्ट्रवेरी,मिन्ट, भेनिला जस्ता फ्लेवरमा पाइन्छन। यी कण्डमहरु ओरल सेक्सको लागि उपयुक्त मानिन्छन्। यदि तपाई यसलाइ भेजिनल सेक्सको लागि प्रयोग गर्न चाहनुहुन्छ भने सुगर फ्रि छ कि छैन पक्का गर्नुहोस अन्यता यिस्ट इंफेक्सन हुन सक्दछ ।



२ डटेड कण्डमः
अतिरिक्त मज्जाको लागि भनेर यो कण्डम प्रयोग गरिन्छ। यसको बाहिरी भागमा डट आकारको साना साना डट हुन्छन जसले सेक्सका दौरान थप घर्षण गराइलाई मज्जालाई दुइ गुना पारिनदिन् सक्दछ ।


३सुपर थिन कण्डम
यी किसिमका कण्डमहरु अत्यन्त पातला हुन्छन् र कण्डम नलगाएको महसुस गराउँदछन्। कण्डमको प्रयोग गर्न नचाहने व्यक्तिहरुलाइ यो कण्डम उपयुक्त हुन्छ। पातला नै भएपनि यौन रोग र गर्वधारणका हिसावले भने पक्का हुन्छन् ।

४.प्लेजर सेप्ड कण्डमः
यी किसिमका कण्डमहरुको टुप्पो लामो र नरम हुन्छ र सेक्सका दौरानले यसको फरक आकारले थप मज्जा दिन सक्दछ

५.ग्लो इन डार्क कण्डमः
यी कण्डम प्याकेट बाट खोलेपछि रातमा समेत चम्किन्छन , यी कण्डमहरुमा तीन तह हुन्छ र सेक्सका लागि अत्यन्ते मज्जेदार मानिन्छ

दिनमा दुई मुठी ओखरको गुदी खानाले यी अद्भुत फाइदाहरु ...

 
ओखरको नियमित सेवनले पुरुषको शुक्रकिटलाई स्वस्थ बनाउने पछिल्लो अध्ययनले देखाएको छ । बायोलोजी अफ र्रि्रोडक्सन जर्नलमा छापिएको अध्ययन प्रतिवेदन अनुसार दिनमा दुइ मुठी जति ओखरको गुदी खानाले तन्नेरीहरुको शुक्रकिटलाई स्वस्थ राख्दछ ।



अध्ययनको क्रममा १२ हप्तासम्म भोजनमा नियमित रुपमा ओखर सेवन गरेका पुरुषहरुमा शुक्रकिटको आकारप्रकार, गति तथा स्वास्थ्यमा निकै धेरै सुधार आएको पाइएको थियो ।

खासगरी ओखरमा रहेको फ्याट्टी अम्लले शुक्रकिटको विकाशमा सघाउ पूराउने अध्ययनकर्ताको निष्कर्षछ । त्यसैले ओखर पुरुषको बाँझोपनको उपचारमा समेत सहायक सिद्ध हुनसक्ने अनुमान गरिएको छ ।

बेलायतको शेफिल्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार ओखर सेवन गर्ने पुरुषको अण्डकोषमा बढि शुक्रकिट उत्पादन हुनुका साथै त्यस्ता शुक्रकिट स्वस्थ समेत हुन्छन् । प्रमुख शोधकर्ता एलान प्यासीले यस्ता अध्ययनका निष्कर्षाई खिसिट्युरी गर्न सजिलो हुने भएपनि आफुहरुको अध्ययनले निकै महत्वपर्ूण्ा तथ्य पत्ता लगाएको र यसले प्रजनन स्वास्थ्यमा ठूलो भूमिका निर्वाह गर्ने बताएका छन् ।

अध्ययनको क्रममा लिइएका २१ देखि ३५ वर्षसम्मका ११७ जना पुरुषहरुलाई दुइ भागमा विभाजन गरिएको थियो । त्यसमध्ये एक समूहका पुरुषलाई दैनिक ७५ ग्राम ओखरको गुदी खान दिइयो । तर अर्को समूहका पुरुषलाई ओखर खान दिइएन । १२ हप्तापछि ति दुइ समूहका पुरुषको विर्यको परिक्षण गर्दा नियमित ओखर खाएका पुरुषको विर्यमा शुक्रकिटको मात्रा बढि हुनुका साथै शुक्रकिट बढि स्वस्थ भएको पाइयो भने ओखर नखाएका पुरुषको शुक्रकिटमा कुनै फरक आएन ।

सलमानको नाम लिँदा झर्किइन् ऐश्वर्या राय

सलमान खान र ऐश्वर्या रायको प्रेम प्रसंग बलिउडमा सबैभन्दा चर्चित प्रेम सम्बन्ध मानिन्छ । उनीहरुको ब्रेकअप समेत उत्तिकै चर्चा भयो । उनीहरुको ब्रेकअप भएर ऐश्वर्याको विवाह भएको समेत ७ वर्ष भैसकेको छ । तर सलमानको नाम लिँदा ऐश्वर्यालाई अहिले पनि टाउको दुख्छ ।



भारतको एक अखवारले हालै पनि विदेशमा एक कार्यक्रममा उपस्थित ऐश्वर्या सलमानको नाम आएपछि रिसाएर झर्किएको खुलासा गरेको छ । ऐश्वर्या शारजाहमा एशियाभिजन मूवी अवार्ड्समा सहभागी हुन पुगेकी ऐश्वर्या कसैले सलमानको नाम लिएपछि असहज मात्र भइनन् रिसाइन् पनि । समारोहमा ऐश्वर्यालाई ‘आइकन अफ इण्डियन सिनेमा’ अवार्ड दिइएको थियो ।   सलमान जाने भनेपछि दुवइ समेत जान अस्वीकार गरेकी ऐश्वर्याले सलमान खान नभएर मलयालम फिल्मका स्टार दुलकेर सलमान रहेको थाहा पाएपछि मात्र उनी त्यहाँ जान तयार भएको बताइएको छ ।