top_rightads

Showing posts with label हिन्दि सिनेमा. Show all posts
Showing posts with label हिन्दि सिनेमा. Show all posts

Wednesday, December 10, 2014

प्रियंकाले भनिन्- हामी सेक्सको मजा लिने चिज होइनौं

 बलिउडकी सुन्दरी अभिनेत्री प्रियंका चोपडाले महिलालाई सेक्स गरेर मजा लिने चिजकोरुपमा मात्र नहेर्न चेतावनी दिएकी छिन् । भारतमा बढीरहेको महिला हिंसातर्फ इङ्गित गर्दै उनले यस्तो चेतावनी दिएकी हुन् ।

                   priyanka chopra speaks

बलिउड हंगामा डटकमलाई अन्तरवार्ता दिँदै प्रियंकाले महिला र पुरुषलाई समान दृष्टीले हेर्नु पर्ने बताइन् । महिलालाई सेक्सको मजा लिने चिजकोरुपमा हेर्न नहुने उनको भनाइ छ ।   भारतमा पुरुषको मानसिकता परिवर्तन गर्न जरुरी रहेको उनले बताएकी छिन् । बलात्कारका घटना बढ्नु पुरुषको कमजोर मानसिकताको उपज भएको उनको भनाइ छ । 'महिला केवल सेक्स र किचनका लागि बनेका होइनन्' उनले भनिन् । पुरुषको मानसिकता नबदलिए सम्म वलात्कारका घटनामा कमी नआउने उनको भनाइ छ । एजेन्सी ।

सलमानको नाम लिँदा झर्किइन् ऐश्वर्या राय

सलमान खान र ऐश्वर्या रायको प्रेम प्रसंग बलिउडमा सबैभन्दा चर्चित प्रेम सम्बन्ध मानिन्छ । उनीहरुको ब्रेकअप समेत उत्तिकै चर्चा भयो । उनीहरुको ब्रेकअप भएर ऐश्वर्याको विवाह भएको समेत ७ वर्ष भैसकेको छ । तर सलमानको नाम लिँदा ऐश्वर्यालाई अहिले पनि टाउको दुख्छ ।



भारतको एक अखवारले हालै पनि विदेशमा एक कार्यक्रममा उपस्थित ऐश्वर्या सलमानको नाम आएपछि रिसाएर झर्किएको खुलासा गरेको छ । ऐश्वर्या शारजाहमा एशियाभिजन मूवी अवार्ड्समा सहभागी हुन पुगेकी ऐश्वर्या कसैले सलमानको नाम लिएपछि असहज मात्र भइनन् रिसाइन् पनि । समारोहमा ऐश्वर्यालाई ‘आइकन अफ इण्डियन सिनेमा’ अवार्ड दिइएको थियो ।   सलमान जाने भनेपछि दुवइ समेत जान अस्वीकार गरेकी ऐश्वर्याले सलमान खान नभएर मलयालम फिल्मका स्टार दुलकेर सलमान रहेको थाहा पाएपछि मात्र उनी त्यहाँ जान तयार भएको बताइएको छ ।

सुजैनले अब अर्जुन रामपालसँग मस्ती गर्न थालिन्

बलिउड अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजेन औपचारिक रुपमा नै एक अर्कासंग छुट्टिएका छन |ऋतिक र सुजेन छुटिए संग उनीहरु आफ्नो आफ्नी जीवनमा रमाउन थालेका छन |

सुजैन खानले रितिक लाइ छोडेसंगै अर्का बलिउड नायक अर्जुन रामपालसँग दोस्ती बढाइरहेको खवर सार्वजनिक भएको छ | आजभोली सुजैन र अर्जुन मित्रता निकै गहिरिदै गएको छ । उनीहरुले हालै सँगै बिदेशयात्रा पनि गरेको पनि हल्ला चलिरहेको छ । ऋतिकसँग सम्बन्ध बिच्छेदमा अर्जुनको भूमिका रहेको भन्दै अघिल्लै बर्ष भारतीय संचारमाध्यमहरुले टिप्पणी गर्न थालेका थिए ।

पछिल्ला दिनहरुमा सुजैन र अर्जुनलाई सँगै देख्न थालिएपछि यो टिप्पणीमा बल पुगेको छ । तर, अर्जुन रामपालले भने मिडियाको यस्तो टिप्पणीप्रति आक्रोश पोखेका छन् । उनले सामाजिक संजालमा पनि मिडियालाई अनावस्यक टिप्पणी नगर्न आग्रह गरेका छन् 

बादशाह शाहरुख खानलाई आफ्नै घरको गार्डले भित्र छिर्न नदिएपछि …

बलिउडका बादशाह भनिने शाहरुख खानलाई उनकै घर मन्नतमा छिर्न दिएनन् त्यो पनि उनकै गार्डले । यस्तो सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर यो फिल्म शुटिङको दृष्य हो । शाहरुख खानले पछिल्लो समय अपकमिङ फिल्म ‘फ्यान’ को शूटिङ गरिरहेका छन् ।  



यही चलचित्र शुटिङ्का क्रममा आफ्नै बंगला मन्नतमा छिर्न खोज्दा गार्डले रोकेको दृष्य यतिबेला मिडियाका लागि मसला बनेको छ ।   शाहरुखलाई आफ्नै सुरक्षा गार्डले घर जान नदिएको यो दृष्य यतिबेला सामाजिक सञ्जालमा भारइल बनेको छ ।   शाहरुख अभिनित चलचित्र ‘फ्यान’ आदित्य चोपडाले प्रोड्युस गरिरहेका छन् । यो फिल्ममा एक फ्यानको भूमिकामा छन् । एजेन्सी

Tuesday, December 9, 2014

एक्सन किङ रजनीकान्त तरुनी सोनाक्षि सिन्हासँग रोमान्स गर्न लजाए

एजेन्सी । एक्सन किङ पनि भनेर चिनिने बलिउडका चर्चित अभिनेता रजनीकान्तले फिल्म लिंगाको एक दृश्यमा भूमिका निभाउन निकै मुस्किल परेको बताएका छन् । उनले निभाएको भूमिका भने कुनै खतरनाक एक्सन–सिन थिएन । खालि, हिरोइन् सोनाक्षी सिन्हासँग रोमाञ्चक गीतमा नाच्नु थियो । तर, यसैलाई रजनीकान्तले आफ्ना लागि निकै गाह्रो काम भएको बताएका हुन् । उनले सोनाक्षीसँग नाच्न जति मुस्किल त पहिलोपटक क्यामेराको सामना गर्दा पनि नभएको बताएका छन् ।
                       

‘तमिल फिल्म लिंगामा मेरो को–स्टार सोनाक्षी सिन्हा छन् । उनी मभन्दा निकै कम उमेरकी हुन्,’ रजनीकान्त भन्छन्, ‘मजस्तो ६० वर्षीय अभिनेतालाई सबैभन्दा ठूलो सजाय हो— युगल गीत । जसमा भूमिका निभाउन मलाई चलिरहेको रेलमा स्टन्ट गर्नुभन्दा बढी गाह्रो भएको थियो । सोनाक्षी बच्चै हुँदादेखि मैले उनलाई चिनेको हुँ । उनी मेरा छोरीहरुसँगै हुर्केकी हुन् । र, मैले शत्रुघ्न सिन्हालाई मित्र मान्छु । त्यसैले सोनाक्षीसँग रोमान्टिक मुडमा नाच्न मलाई धेरै मुस्किल प¥यो ।’
केएस रवि कुमार निर्देशित फिल्म लिंगा १२ डिसेम्बरदेखि प्रदर्शन हुँदै छ । यही दिन रजनीकान्तको जन्मदिन पनि हो ।

Monday, December 8, 2014

'धुम ४' मा शाहरुख खानले धुम मच्चाउने

शाहरुख खान अहिले यशराज ब्यानरको फिल्म 'फ्यान' को सुटिङमा ब्यस्त छन । सुन्नमा आएको छ कि यशराज ब्यानरका मालिक आदित्य चोपडाले उनको नयाँ फिल्म 'धुम ४' को लागि शाहरुख खानलाई अप्रोच गरेका छन ।



सुत्रका अनुसार आदित्यले शाहरुखसँग 'धुम ४' फिल्ममा अभिनयको लागि कुराकानी शुरु गरेका छन । शाहरुखले भने विचार गर्नको लागि आदित्यसँग केही मागेका बताइएको छ ।

शाहरुखले आफ्नो जन्मदिनको पार्टीमा 'धुम' जस्तो फिल्ममा आफू पनि जोडिन चाहेको बताएका थिए । शाहरुख खानका प्राय सबै फिल्मले बक्स अफिसमा धुम मच्चाइरहेको बेला अब अर्को धुमको लागि शाहरुख तयार हुन्छन कि हुदैनन् यो भने शाहरुखको जवाफबाट नै थाहा होला। एजेन्सी

बलिउड अभिनेत्रि पुजा भट्टको सम्बन्धबिच्छेद...

मुम्बई । अभिनेत्री एवं निर्मात्री पूजा भट्ट र उनको श्रीमान मनीष मखिजाको सम्बन्ध बिच्छेद भएको छ । विवाह गरेको ११ वर्षपछि सम्बन्ध बिच्छेद गरेको जानकारी पूजाले ट्वीटर मार्फत दिएकी थिइन् । पूजाले ट्वीट गर्दै भनेकी छिन् ‘जो हाम्रो वारेमा चिन्ता गर्नुहुन्छ, म उहाँहरुलाइ जानकारी दिन चाहन्छु श्रीमान र मैले बिबाह गरेको ११ वर्षपछि अलग हुने निर्णय गर्‍यौं ।

 आगामी दिनमा पनि एकअर्कार्विच सौहार्दपूर्ण ब्यबहार गर्ने धारणा राख्दै पूजाले भनेकी छिन् ‘अब पनि हामी एकअर्काको सम्मान गर्छौं ।’ पूजा र मनिषले सन् २००३ मा बिबाह गरेका थिए । हिन्दी फिल्म ‘पाप’को सुटिङका क्रममा उनिहरु नजिक भएका थिए । पूजा प्रसिद्ध निर्देशक महेश भट्टको छोरी हुन् भने मनिष मुम्बमा रहेको एक रेष्टुरेन्टका मालिक हुन् ।

श्रद्धा कपुरले भनिन्- म प्रेममा परें

बलिउड सुन्दरी श्रद्धा कपुरले ट्वीटरबाट आफ्नो प्रेम सार्वजनिक गरेकी छिन् ।

यस अघि 'आशिकी 2' का सहकर्मी कलाकार आदित्य रफय कपूरसँग नाम जोडिएपनि सम्बन्ध नखुलेको अवस्थामा श्रद्धाले ट्वीटरमार्फत प्रेमको खुलासा गरेकी हुन् ।



उनले ट्वीटरमा भनेकी छिन्, 'ओके, रोमान्चक समय आउँदैछ । मलाई लाग्छ म प्रेममा परेकी छु' ।

श्रद्धाले आफूको सँग प्रेममा परेको भनेर खुलाएकी छैनिन् ।

यस्तो रह्यो सलमान खानको आमाको बर्थ डे (तस्विर सहित)

सलमान खानले आइतबार आफ्नी आमाको जन्मदिनमा भव्य पार्टी दिए ।

salman mother birthday 3

 सलमानले आफ्नी भर्खरै विवाह गरेकी बहिनी अर्पिताको घरमा सर्पराइज पार्टी दिएका हुन् । 

salman mother birthday

पार्टीमा सलमानकी आमा सलमा हेलन र बाबु सलीम खानसँगै थिए ।

salman mother birthday 4

 सलमान खानका भाइबुहारी सोहेल खान, अरबाज खान लगायतका पारिवारिक सदस्यको जमघट नै थियो । 

Sunday, December 7, 2014

देशकै धनाड्य महिला नीता अम्बानीसँग के गर्दैछन् सलमान (फोटो फिचर)

बलिउड सेलिब्रेटी सलमान खान आइतबार देशकै सबै भन्दा धनाड्य परिवारकी महिला नीता अम्बानीसँग देखिए । उनी मुम्बइको बांद्रास्थित फुटवल मैदानमा नीता अम्बानीसँग देखिएका हुन् ।
salman nita ambani
स्कुले बच्चाहरुबीचको पहिलो खेल 'स्लम सकर' र म्याजिक बस इण्डडिया फाउण्डेशनबीचको प्रतिस्पर्धा हेर्न सलमान नीतासँगै रंगशाला पुगेका थिए । सलमान र नीताले विजेताहरुलाई पुरस्कार पनि प्रदान गरेका थिए ।
salman nita ambani 2
सलमानले बच्चाहरुको लागि विइङ ह्युमन नामक आफ्नो संस्थाबाट विभिन्न सहयोग गर्दै आएका छन् । सलमान र नीताले बच्चाहरुलाई विभिन्न टिप्स समेत दिएका थिए ।

salman nita ambani 2 salman nita ambani 2
मैदानमा सलमानलाई देखेपछि बच्चाहरु हौसिएका थिए । सलमानले किक हानेको बलले रंगशालामा नयाँ तरंग ल्याएको थियो । नीताको परिवारसँग सलमानको पारिवारिक सम्बन्ध राम्रो रहँदै आएको छ ।
salman nita ambani 2 

शिल्पा सेट्टीको वास्तविक नाम तपाईलाई थाहा छ ?

एजेन्सी । बलिउडकी चर्चित नायिका शिल्पा सेट्टीलाई नजान्ने कोही पनि छैन । तर के उनको असली नाम के हो तपाईलाई थाहा छ ?
धेरैलाई थाहा नभएको उनको असली नाम अश्विनी सेट्टी हो । उनको यो नाम उनका बाबु आमाले राखिदिएका हुन् । तर उनको नाम उनकै आमा सुनन्दा सेट्टीले बदलेर शिल्पा बनाइदिएकी हुन् ।



धेरै थोरै मानिसहरुलाई थाहा छ कि उनकी आमा एस्ट्रोलोजर हुन र उनले आफ्नी छोरीको करियर बनाउनका लागि नाम बदलिदिएकी हुन् । उनको असली डकुमेन्टहरुमा शिल्पाको नाम आज पनि अश्विनी रहेको छ ।

अनुष्काको हाल सम्मकै हट फोटो शुट ( फोटो फिचर )

बलिउड अभिनेत्री अनुष्कार शर्माले एक म्यागजिनका लागि हाल सम्मकै सबैभन्दा बोल्ड फोटो शुट गराएकी छिन् । अनुष्काले GQ म्यागजीनका लागि डिसेम्बर महिनाको अंकमा यस्ता तस्विर खिचाएकी हुन् ।

तस्विरमा अनुष्काको अहिले सम्मकै बोल्डरुप देखिएको छ ।
anuska hot pics
फिल्म 'पीके' मार्फत २ वर्ष पछि पर्दामा फर्किएकी अनुष्का शर्माको चलचित्र रिलिज हुनु अघि यस्ता तस्विर सार्वजनिक भएका हुन् ।
 anuska hot pics 2
anuska hot pics 5anuska hot pics 6

फेसबुकमा अमिताभको १ करोड ८० लाख नाग्यो..

मुम्बई । भारतमा सामाजिक सञ्जालमा अमिताभ बच्चनको लोकप्रियता अचम्मलाग्दो छ । त्यसो त ट्वीटरमा पनि अमिताभ बच्चनको एक करोडभन्दा बढी फलोअर्स छन् नै । फेसबुकमा पनि उनको पेजमा लाइक गर्नेको संख्या एक करोड ८० लाख नाघेको छ । ट्वीटरमार्फत अमिताभले आफ्नो प्रशंकहरुलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘१८ मिलियन !!! भन्दा बढी फलोअर्स ।




फेसबुकको फैलँदो परिवारलाई धन्यवाद !’ ब्लगदेखि लिएर फेसबुक र ट्वीटरसम्म अमिताभ बच्चन निकै सक्रिय रहन्छन् । उनले आफ्नो कामसँग जोडिएको जानकारी, तस्वीर र निजी विचार यिनै माध्यमहरु मार्फत बाँड्दछन् । उनी बलिउड स्टारहरुमा पहिलो स्टार थिए, जसले ब्लग लेख्न सुरु गरेका थिए ।



पछि नयाँ नयाँ सामाजिक सञ्जालहरुमा उत्तिकै सक्रिय छन् । उनले प्रायजसो आफ्ना प्रशंसकहरुको जवाफ दिइरहेका हुन्छन् । एजेन्सी

सलमान खानका ११ गर्लफ्रेण्ड, कसैलाई कुटे,कसैलाई छोडे.

बलिउडका सुपरस्टार सलमान खान प्रेममा निकै दुर्भाग्यशाली मानिन्छन्। उनका जिन्दगीमा निकै राम्रा केटीहरु आए तर ती लामो समय भने टिक्न सकेनन् ।
त्यसैहोला जिन्दगीले ५ दशक छुने लाग्दा सलमान हालसम्म अविवाहित नै छन्,
उनका दुइ भाइ अरबाज र सोहेल खान समेत विवाहित हुन्। बलिउडका दुइ खान सुपरस्टार शाहरुख र अमिर पनि विवाहित हुन् । तर सलमानको भने विवाह गर्ने दिन अहिले सम्म आएन।
झन रोमानियाकी नायीका लुलियासंग केही दिन अघी मात्रै उनको ब्रेक अप भएपछि त सलमान ११ औं पटक प्रेम सम्वन्ध जोगाउन सफल भएको चर्चा बलिउडमा छ ।
सलमानको जिवनमा एश्वर्या राय देखी क्याट्रिना कैफ सम्म आएका थिए र समयक्रममा ती सवैले आफ्नो बाटो तताए सलमानलाई एक्लै छोडेर।



सलमान चर्चित ११ गर्लफ्रेण्ड..
१.संगिता बिजलानीः
सलमान र संगिताबिच नब्बेको दशकमा अफेयर थियो तर सम्वन्ध भने लामो समय सम्म रहन सकेन। उनिहरुले विवाह गर्ने समेत फैसला गरेका थिए ।
२. सोमी अली
सलमान र सोमी अली पाँच वर्षसम्म एका अर्कासंग रहे। सोमी अली सलमानको व्यवहारबाट निकै पिडित बनेकी थिइन्। एकपटक त पार्टीमा सलमानले सोमीलाई रक्सी नै खन्याइदिएका थिए। त्यसपछी यी दुइबिचको सम्वन्ध टुट्न समय लागेन ।
३.महक छल
बिग बोसको पाँचौ सिजनका प्रतियोगी महक छलसंग पनि सलमानको नाम जोडियो। महकले सलमानको चलचित्र 'वान्टेड'मा पनि काम गरेकी थिइन। तर यो सम्वन्ध पनि लामो समय चल्न सकेन् ।
४.एश्वर्या राय
सलमान र एश्वर्या रायको प्रेम सम्वन्ध बलिउड तरंगित पारेको थियो। उनिहरु छुट्दा पनि हंगामा गरेर छुटे। सन १९९८ बाट शुरु भएको सम्वन्ध धेरै लामो समयसम्म तग्न भने सकेन । सलमानले सलमानलाई भौतिक दुर्व्यवहार पनि गर्ने गरेको मिडियामा आएको थियो। हाल एश्वर्याले नायक अभिशेख बच्चनसंग विवाह गरेर एक छोरीको आमा समेत बनिसकेकी छिन् ।
५.क्याट्रिना कैफ
सलमानको क्याट्रिनासंगको सम्वन्ध पनि बलिउडमा चर्चित बन्यो। तर क्याट्रिना पनि सलमानको हुन सकिन्। वास्तवमा क्याट्रिनाको सफलता बनाउन पनि सलमानको ठुलो भुमिका छ । क्याट्रिना हाल रणबिर कपुरसंग छिन् ।
६.सना खान
सलमानलाई नायीका सना खानसंग पनि केही समय जोडियो। सलमानको आउँदो चलचित्र मेंटलमा पनि सना खानलाई नायीकाको रुपमा देख्न पाइन्छ।
७.लुलिया
सलमान र रोमानियन नायीका लुलियाको सम्वन्ध पनि लामो चल्न सकेन्। भारत आएको बेला उनिसंग सलमानको भेट भएको थियो। सञ्चारमाध्यमा लुलिया विवाहित भएको खवर आउन थालेपछी सलमान उनिसंग पनि टाढिए ।
८.स्नेहा उलाल
एश्वर्यसंग ब्रेकअपले सलमान निकै चिन्तित देखिएका थिए ।सलमानले एश्वर्या जस्तै देखिने केटी स्नेहा उलाललाई खोजेर निकालेका थिए। उनले स्नेहालाइ चलचित्र 'लक्की'मा नायीकाको रुपमा खेलाएका पनि थिए।
सलमान र स्नेहाको सम्वन्ध पनि तग्न भेन सकेन।
९. जरिन खान
सलमानलाई केही समय नायीका जरिन खानसंग जोडेर हेरियो।
जरिनाको खास खुरा के थियो भने उनको अनुहार क्याट्रिनासंग मिल्छ। तर सलमान र जरिनपनि संगै रहन भने सकेनन् । सलमान र जरिनले 'बीर'मा संगै काम गरेका थिए।

१०. डेजी शाह
सलमानको डेजीसंग अफेयर रहेको पनि चर्चा थियो केही समय अघि सलमान र डेजीलाई संगै देखिएको चर्चा चलेको थियो। तर हाल भने चर्चा सेलाएको छ।

११.अली आर्टर
म्यारी गोल्डकी नायीका अली आर्टरसंग पनि सलमानको अफेयर रहेको थियो। सन २००६ मा चलचित्र म्यारीगोल्ड शुटिङ हुँदा उनिहरु निकै नजिक थिए। तर लामो समयसम्म भने यो सम्वन्ध पनि टिक्न सकेनन् ।
एजेन्सी

सलमानको विवाह बारे आमिर खान यसो भन्छन्...

बलिउडमा २ खान सलमान र आमिरखानबीच निक्कै राम्रो मित्रता छ । उनीहरुबीचमा अन्तरंग सम्बन्ध रहेको छ र एक अर्काको फिल्म प्रचार गर्न मरि मेट्छन् । आमिर खानले सलमानको बहुप्रतिक्षित विवाहको विषयमा पहिलो पटक मुख खोलेका छन् ।



 उनले मजाक गर्दै सलमान खानको विवाह कहिले हुन्छ भन्ने विषयमा हकीम लुकमानले समेत जवाफ दिन नसक्ने बताएका हुन् ।   पछिल्लो चलचित्र ‘पीके’ को प्रचारका क्रममा रहेका आमिरले सलमानको विवाहको विषयमा मुख खोलेका हुन् । आफूले सलमानलाई विवाह गर्नका लागि कैयौं पटक आग्रह गरिसकेको समेत उनले बताए । एजेन्सी

प्रधानमन्त्री मोदी आमिर खानको फिल्म 'पीके' हेर्न हल जाने ?

बलिउड सेलिब्रेटी अभिनेता आमिर खानले आफ्नो आगामी चलचित्र 'पीके' को प्रचार गरिरहेका छन् । यी प्रचारकै क्रममा आमिरले आफ्नो फिल्म हेर्न भारतीय प्रधानमन्त्री मोदीलाई समेत हलमा आउन निमन्त्रणा दिएका छन् ।
मोदीलाई फिल्म देखाउन हल पुर्‍याउने आमिरको भनाइ छ ।



मोदी दिनभरको ब्यस्तताका कारण केवल ४ घण्टा मात्र सुत्ने बताइन्छ । तर आमिरले जसरी पनि पीके हेर्ने समय निकाल्न आग्रह गर्ने बताएका छन् । हाल जेलमा रहेका सञ्जय दत्त पनि आफ्नो चलचित्र पीकेको प्रिमियरमा उपस्थित हुनका लागि विदा मागिरहेका छन् ।
यो चलचित्रमा आमिर खान, सञ्जय दत्त, अनुष्का शर्मा र सुशान्त सिंह राजपूतको भूमिका छ । एजेन्सी

Saturday, December 6, 2014

माहिलिको छोपिनु पर्ने सबै अंगले बाहिरी संसार नियाली रहेका थिए...


हलिउडकी चर्चित गायिका माइली साइरसले चर्चामा आउन विभिन्न हर्कत गर्छिन् । पछिल्लो समयमा उनले स्टेजमा कपडा नलगाइ गएर चर्चामा छिन् ।

'आर्ट बेसेल मियामी' नामक लाइभ शोमा माइलीले शरीरमा लगाएका कपडा नलगाए बराबर जस्तै थिए । उनको कपडाबाट छोपिनु पर्ने सबै अंगले बाहिरी संसार नियाली रहेका थिए ।





२२ वर्षकी यी गायिका 'डिस्क बोल पेस्टीज' र लेगिन्स मात्र लगाएकी थिइन् । उनले पोष्ट गरेका तस्विर इन्स्टाग्राममा सुपर हिट भएका छन् । एजेन्सी

छिट्टै नेपाल आउने भईन् सोनाक्षी सिन्हा

मुम्बइ । सलमान खानसँग हिन्दी फिल्म ‘दबंग’ मा काम गरेर चर्चामा आएकी अभिनेत्री सोनाक्षी सिन्हा पशुपतिनाथ दर्शनका लागि नेपाल आउने भएकी छिन् ।
सोनाक्षी अभिनित फिल्म ‘एक्सन ज्याक्सन’को विषेश प्रदर्शनपछि जुम टिभीको प्लानेट बलिउड कार्यक्रमसँग कुरा गर्दै उनकी आमा पुनमले सोनाक्षी नेपाल आउन लागेको जानकारी दिएकी हुन् ।





धार्मिक स्वभावकी सोनाक्षी अभिनेता सत्रुघन सिन्हाकी छोरी हुन् । आउँदो क्रिशमसको छुट्टीमा उनी नेपाल आउने तयारी छ ।
पछिल्लो समय बलिउडका कलाकार नेपाल आउनेक्रम निकै बढेको छ । मंसिर २७ गले कपिल शर्मा र सोनु निगम काठमाडौ आउने भएका छन् भने पछिल्लो तीन महिनाको अवधिमा सुस्मिता सेन, रबिना टण्डन, अक्षयकुमार, आमिर खान लगायत थुप्रै कलाकार नेपाल आएका छन् । एजेन्सी

सलमानले ७ सय करोड लगेपछि निर्माताहरु चिन्तित

नयाँदिल्ली । बलिउड सुपर स्टार सलमान खान बारेको मुद्दा अहिले अदालतमा विचाराधिन अवस्थामा छ । केही वर्ष पहिले उनको कारको ठक्करबाट एक जनाको ज्यान गएको र चार जना घाइते भए पछि उनले अदालतमा मुद्दा खेप्दै आएका हुन् । हाल यसैमा व्यस्त देखिन्छन्, त्यसैले उनलाई लगानी गर्ने निर्माता तथा निर्देशकहरु यो कुराप्रति त्रसित देखिन्छ । सलमानले फिल्म तथा थुप्रै विज्ञापनहरु खेल्ने सम्झौता अनुुसार यस अघि नै झण्डै ७ सय करोड बराबरको भारतीय रुपैया लिइसकेको स्रोतलाई उद्धद गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सलमानलाई अदालतले सजाय दिने सम्भावना उच्च रहेकोले सलमानसँग जोडिएको व्यक्तिहरु यो समय निकै तनाव रहेको समाचारमा जनाईएको छ ।

आलियाले देखाइन् भित्रीवस्त्र, हातले पनि छोप्नुपर्‍यो (फोटो फिचर)


बलिउडमा उदाउँदी नायिकाको छवि बनाएकी आलिया भट्टको भित्रीवस्त्र एक पटक हैन नौ नौ पटक देखिएको छ ।


उनले यो जानेर देखाइन् वा नजानेर यो उनले नै अहसुस गर्ने कुरा हो । आलिया भट्ट एक कार्यक्रममा थिइन् । एक ब्युटी उत्पादनको प्रचारमा यति छोटो कपडा लगाएकी थिइन् कि बस्ने बित्तिकै भित्री वस्त्र प्रस्टै देखिएको थियो ।





बरुण धवनसँग एक अवार्ड कार्यक्रममा उनले छोटो कपडा लगाएर आएकी थिइन् त्यसले उनलाई बचाइ राख्न सकेन । सेलिब्रेटीहरुले गलत ड्रेस चयन गर्ने र बस्ने तरिका गलत हुँदा यस्ता घटनाहरु बारम्बार घटिरहे्का छन् ।
हम्टी शर्माको दुल्हनिया फिल्मको प्रमोशनको कार्यक्रम आलिया समेत सहभागी भएकी थिइन् । उनले आफ्नो छोटो कपडा थाहा पाएर होला उनले हातले छोप्नु परेको थियो ।
एजेन्सी