top_rightads

Tuesday, December 9, 2014

एक्सन किङ रजनीकान्त तरुनी सोनाक्षि सिन्हासँग रोमान्स गर्न लजाए

 

एजेन्सी । एक्सन किङ पनि भनेर चिनिने बलिउडका चर्चित अभिनेता रजनीकान्तले फिल्म लिंगाको एक दृश्यमा भूमिका निभाउन निकै मुस्किल परेको बताएका छन् । उनले निभाएको भूमिका भने कुनै खतरनाक एक्सन–सिन थिएन । खालि, हिरोइन् सोनाक्षी सिन्हासँग रोमाञ्चक गीतमा नाच्नु थियो । तर, यसैलाई रजनीकान्तले आफ्ना लागि निकै गाह्रो काम भएको बताएका हुन् । उनले सोनाक्षीसँग नाच्न जति मुस्किल त पहिलोपटक क्यामेराको सामना गर्दा पनि नभएको बताएका छन् ।
                       

‘तमिल फिल्म लिंगामा मेरो को–स्टार सोनाक्षी सिन्हा छन् । उनी मभन्दा निकै कम उमेरकी हुन्,’ रजनीकान्त भन्छन्, ‘मजस्तो ६० वर्षीय अभिनेतालाई सबैभन्दा ठूलो सजाय हो— युगल गीत । जसमा भूमिका निभाउन मलाई चलिरहेको रेलमा स्टन्ट गर्नुभन्दा बढी गाह्रो भएको थियो । सोनाक्षी बच्चै हुँदादेखि मैले उनलाई चिनेको हुँ । उनी मेरा छोरीहरुसँगै हुर्केकी हुन् । र, मैले शत्रुघ्न सिन्हालाई मित्र मान्छु । त्यसैले सोनाक्षीसँग रोमान्टिक मुडमा नाच्न मलाई धेरै मुस्किल प¥यो ।’
केएस रवि कुमार निर्देशित फिल्म लिंगा १२ डिसेम्बरदेखि प्रदर्शन हुँदै छ । यही दिन रजनीकान्तको जन्मदिन पनि हो ।

No comments:
Write comments