top_rightads

Wednesday, September 3, 2014

सानिमा बैंकले १५ प्रतिशत बोनस सेयर दिने

 



सानिमा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत (३३ करोड रुपैयाँ बराबरको) बोनस सेयर दिने निर्णय गरेको छ ।



बैंकले गत वर्ष ४५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ४० प्रतिशतले बढी हो ।

सञ्चालक समितिको यो निर्णय नियामक निकाय राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै लागू हुन्छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ ।

गत वर्षर् बैंकले २४ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी. २० अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकको कुल सम्पती ३३.६७ प्रतिशतले बढेर २९ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी बैंकले प्रवाह गरेको कूल कर्जाको ०.०२ प्रतिशत खराब कर्जा रहेको छ । यो सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम हो । त्यस्तै, कूल कर्जाको ४.५६ प्रतिशत रियलस्टेट कर्जा छ भने पुँजीकोष १२.५४ प्रतिशत छ ।

अनलाइनखबरले बुधबार सानिमा बैंकसँग अधिकतम १६ प्रतिशत लाभांस दिनसक्ने हैसियत भएको समाचार प्रकाशित गरेको थियो ।

.onlinekhabar.com

No comments:
Write comments