बेलायती युवराज्ञी डायना र युवराज चाल्र्सको बिहेको समयमा प्रयोग गरिएको एक केकको टुक्राको किर्तिमानी मूल्यमा लिलामी भएको छ ।
यो केकलाई अहिलेसम्म पनि उहीँ बक्समा सुरक्षित राखिएको छ जुन बक्समा उक्त केकलाई सजाइएको थियो ।
उक्त केकको सेतो बाहिरी बट्टामा ‘बकिंघम दरबार, २९ जुलाई १९८१’ लेखिएको छ ।
उक्त केकको सुरुवाती मूल्य ११ सय डलर तोकिएको थियो । तर एक जना मानिसले त्यो केकलाई सुरुमै १३ सय ७५ डलरको बोली लगाए । दोश्रो बोली कसैले नलगाएपछि उनले नै उक्त ऐतिहासिक केक आफ्नो बनाउन सफल भएका हुन् ।
लिलाम घरका प्रवक्ताका अनुसार केक किन्ने व्यक्ति निजि संकलक हुन् । उनको नाम भने खुलाइएको छैन । एजेन्सी
onlinekhabar.com
No comments:
Write comments