शाहरुख खान अहिले यशराज ब्यानरको फिल्म 'फ्यान' को सुटिङमा ब्यस्त छन । सुन्नमा आएको छ कि यशराज ब्यानरका मालिक आदित्य चोपडाले उनको नयाँ फिल्म 'धुम ४' को लागि शाहरुख खानलाई अप्रोच गरेका छन ।
सुत्रका अनुसार आदित्यले शाहरुखसँग 'धुम ४' फिल्ममा अभिनयको लागि कुराकानी शुरु गरेका छन । शाहरुखले भने विचार गर्नको लागि आदित्यसँग केही मागेका बताइएको छ ।
शाहरुखले आफ्नो जन्मदिनको पार्टीमा 'धुम' जस्तो फिल्ममा आफू पनि जोडिन चाहेको बताएका थिए । शाहरुख खानका प्राय सबै फिल्मले बक्स अफिसमा धुम मच्चाइरहेको बेला अब अर्को धुमको लागि शाहरुख तयार हुन्छन कि हुदैनन् यो भने शाहरुखको जवाफबाट नै थाहा होला। एजेन्सी
No comments:
Write comments