Thursday, November 27, 2014
सार्क सम्झौतामा हस्ताक्षरको सम्भावना बढ्यो : मोदी र शरिफको धुलिखेलमा पहिलोपटक हात मिल्यो
धुलिखेल । सार्क शिखर सम्मेलनका क्रममा धुलिखेल पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच छलफल भएको छ ।बुधबार सार्क सम्मेलनको उद्घाटन सत्रमा हात समेत नमिलाएका दुई नेताबीच धुलिखेल रिट्रिटका क्रममा भेटघाट भएको हो ।
यसअघि सोल्टी होटलमा भएको साइडलाई वार्ता र रात्रीभोजमा समेत दुई नेताबीच कुराकानी भएको थिएन ।सार्क सम्मेलनका क्रममा एक अर्काबीच हेराहेरसमेत नगरेका मोदी र सरिफले धुलिखेल रिट्रिटमा भने हात मिलाएका हुन् ।
धुलिखेलस्थित द्वारिकाज होटलमा राखिएको रिट्रिटमा सहभागी भएर काठमाडौं फर्किएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने अस्वस्थताका कारण सहभागी भइनन् । सार्क सम्झौतामा हस्ताक्षर हुने सम्भावना पनि अब बढेको छ । एजेन्सी
Similar Posts
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments