top_rightads

Sunday, December 7, 2014

प्रधानमन्त्री मोदी आमिर खानको फिल्म 'पीके' हेर्न हल जाने ?

 

बलिउड सेलिब्रेटी अभिनेता आमिर खानले आफ्नो आगामी चलचित्र 'पीके' को प्रचार गरिरहेका छन् । यी प्रचारकै क्रममा आमिरले आफ्नो फिल्म हेर्न भारतीय प्रधानमन्त्री मोदीलाई समेत हलमा आउन निमन्त्रणा दिएका छन् ।
मोदीलाई फिल्म देखाउन हल पुर्‍याउने आमिरको भनाइ छ ।



मोदी दिनभरको ब्यस्तताका कारण केवल ४ घण्टा मात्र सुत्ने बताइन्छ । तर आमिरले जसरी पनि पीके हेर्ने समय निकाल्न आग्रह गर्ने बताएका छन् । हाल जेलमा रहेका सञ्जय दत्त पनि आफ्नो चलचित्र पीकेको प्रिमियरमा उपस्थित हुनका लागि विदा मागिरहेका छन् ।
यो चलचित्रमा आमिर खान, सञ्जय दत्त, अनुष्का शर्मा र सुशान्त सिंह राजपूतको भूमिका छ । एजेन्सी

No comments:
Write comments