top_rightads

Monday, December 8, 2014

बलिउड अभिनेत्रि पुजा भट्टको सम्बन्धबिच्छेद...

 

मुम्बई । अभिनेत्री एवं निर्मात्री पूजा भट्ट र उनको श्रीमान मनीष मखिजाको सम्बन्ध बिच्छेद भएको छ । विवाह गरेको ११ वर्षपछि सम्बन्ध बिच्छेद गरेको जानकारी पूजाले ट्वीटर मार्फत दिएकी थिइन् । पूजाले ट्वीट गर्दै भनेकी छिन् ‘जो हाम्रो वारेमा चिन्ता गर्नुहुन्छ, म उहाँहरुलाइ जानकारी दिन चाहन्छु श्रीमान र मैले बिबाह गरेको ११ वर्षपछि अलग हुने निर्णय गर्‍यौं ।


 आगामी दिनमा पनि एकअर्कार्विच सौहार्दपूर्ण ब्यबहार गर्ने धारणा राख्दै पूजाले भनेकी छिन् ‘अब पनि हामी एकअर्काको सम्मान गर्छौं ।’ पूजा र मनिषले सन् २००३ मा बिबाह गरेका थिए । हिन्दी फिल्म ‘पाप’को सुटिङका क्रममा उनिहरु नजिक भएका थिए । पूजा प्रसिद्ध निर्देशक महेश भट्टको छोरी हुन् भने मनिष मुम्बमा रहेको एक रेष्टुरेन्टका मालिक हुन् ।

No comments:
Write comments