बलिउडकी सुन्दरी अभिनेत्री प्रियंका चोपडाले महिलालाई सेक्स गरेर मजा लिने चिजकोरुपमा मात्र नहेर्न चेतावनी दिएकी छिन् । भारतमा बढीरहेको महिला हिंसातर्फ इङ्गित गर्दै उनले यस्तो चेतावनी दिएकी हुन् ।
बलिउड हंगामा डटकमलाई अन्तरवार्ता दिँदै प्रियंकाले महिला र पुरुषलाई समान दृष्टीले हेर्नु पर्ने बताइन् । महिलालाई सेक्सको मजा लिने चिजकोरुपमा हेर्न नहुने उनको भनाइ छ । भारतमा पुरुषको मानसिकता परिवर्तन गर्न जरुरी रहेको उनले बताएकी छिन् । बलात्कारका घटना बढ्नु पुरुषको कमजोर मानसिकताको उपज भएको उनको भनाइ छ । 'महिला केवल सेक्स र किचनका लागि बनेका होइनन्' उनले भनिन् । पुरुषको मानसिकता नबदलिए सम्म वलात्कारका घटनामा कमी नआउने उनको भनाइ छ । एजेन्सी ।
Wednesday, December 10, 2014
प्रियंकाले भनिन्- हामी सेक्सको मजा लिने चिज होइनौं
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments