top_rightads

Sunday, December 7, 2014

फेसबुकमा अमिताभको १ करोड ८० लाख नाग्यो..

 

मुम्बई । भारतमा सामाजिक सञ्जालमा अमिताभ बच्चनको लोकप्रियता अचम्मलाग्दो छ । त्यसो त ट्वीटरमा पनि अमिताभ बच्चनको एक करोडभन्दा बढी फलोअर्स छन् नै । फेसबुकमा पनि उनको पेजमा लाइक गर्नेको संख्या एक करोड ८० लाख नाघेको छ । ट्वीटरमार्फत अमिताभले आफ्नो प्रशंकहरुलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘१८ मिलियन !!! भन्दा बढी फलोअर्स ।




फेसबुकको फैलँदो परिवारलाई धन्यवाद !’ ब्लगदेखि लिएर फेसबुक र ट्वीटरसम्म अमिताभ बच्चन निकै सक्रिय रहन्छन् । उनले आफ्नो कामसँग जोडिएको जानकारी, तस्वीर र निजी विचार यिनै माध्यमहरु मार्फत बाँड्दछन् । उनी बलिउड स्टारहरुमा पहिलो स्टार थिए, जसले ब्लग लेख्न सुरु गरेका थिए ।



पछि नयाँ नयाँ सामाजिक सञ्जालहरुमा उत्तिकै सक्रिय छन् । उनले प्रायजसो आफ्ना प्रशंसकहरुको जवाफ दिइरहेका हुन्छन् । एजेन्सी

No comments:
Write comments