top_rightads

Wednesday, December 10, 2014

सपना देखेपछि उत्खनन् गर्दा भगवानका आकृतिका शिला भेटियो

 

इलाम, मंसीर २५ – पूर्वी इलामको श्रीअन्तु–६ स्थित सिद्धिखोला छेउमा विभिन्न भगवान्का आकृति भएका शिला फेला परेका छन् । सोही स्थानका नरेन्द्र राईले सो स्थानमा देवीदेवता सपनामा देखेपछि उक्त ठाउँमा गएर उत्खनन गर्ने क्रममा भगवान्का आकृति भएका शिला भेटिएको राईले बताए ।

ती शिलाको राईले नामकरणसमेत गरेका छन् । हातको चित्र भएको शिलालाई बुद्धको दाहिने हात, सुदर्शन चक्र, आँखाको चित्र भएको शिलालाई सेतीदेवीको आँखा, किराँतेश्वर महादेव र कान्छी पाथीभराको नामकरण गरिएको छ ।



एक साताअघि फेला परेका ती शिलाहरू हेर्न तथा पूजा गर्न आउने भक्तजनको घुइँचो लाग्न थालेको छ । शिला फेला परेपछि स्थानीयले शनिबार र मङ्गलबार पूजाआजा गर्न थालेका छन् । पैतलाको समेत आकृति भएको शिला भेटिएपछि त्यसलाई विष्णुनारायण भगवान्को पैतला भनेर नामकरण गरिएको छ

। उक्त स्थानमा सिद्धेश्वर महादेवले तपस्या गरेको स्थानसमेत रहेको किंवदन्ती छ । प्राकृतिक रूपमा विचित्रको देखिने उक्त स्थानलाई संरक्षण गर्न देवेन्द्र शर्माको अध्यक्षतामा देवालय संरक्षण समिति गठन गरिएको छ ।

No comments:
Write comments