काठमाडौं, मंसिर २५ । युवा–युवतीले चलाएको मोटरसाइकल दुर्घटना हुनेक्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलले त्यसको रोकथाम गर्ने काम थालेको छ । सोक्रममा क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरी मोटरसाइकल चेकजाँचमा कडाइ गरिएको छ ।
महानगरिय ट्राफिक प्रहरी वृत जावलाखेलका प्रमुख सीतारामा हाछेंथुको अगुवाइमा विहीबार बिहान ६ देखि साढे ६ बजेसम्म कुमारीपाटीमा मोटरसाइकल चेकजाँच गरी २० ओटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।
चालकसँग लाइसेन्स नभएको, मोटरसाइकलको ‘साइलेन्सर पाइप’ ठीक अवस्थामा नरहेको, मोटरसाइकलको ‘सक’ उठाइएको र ३ जना चढेको पाइएपछि नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकलहरु अभिभावकलाई बोलाएर फिर्ता दिइने भएको छ ।
सीताराम हाछेंथुलाई दरबारमार्गबाट सरुवा गरेर महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलमा सरुवा गरिएको चार दिन मात्र भएको छ । ईमेज खबर बाट साभार
No comments:
Write comments