पक्राउ परेपछि केही समय अघि मात्र पारसले आफ्नी प्रेमिका कन्निकाले नै आफूलाई फँसाएको भन्दै फेसबुकमा कुर्लेका थिए ।
उनले लेखेका छन्,
जब म मरिसकेको थिएँ, मेरी महिला कन्निकाले गर्दा नै म आज तपाईंहरुको माझ छु । उनको बोलीभन्दा कामले नै सबै कुरा स्पष्ट हुन्छ । जब उनी भाग्न सक्थिन्, उनी भागिनन् । मेरो मनलाई सँधै थाहा थियो उनी निर्दोष छिन् । तर, मैले मेरो मनलाई सुनिँन र मानिसहरुमाथि विश्वास राखें ।
एक हप्ता सोँचे पछि म यो निचोडमा पुगेको छु, उनी निर्दोष छिन् ।
एक हप्ता सोँचे पछि म यो निचोडमा पुगेको छु, उनी निर्दोष छिन् ।
मैले अघिल्लो पटक फेसबुकमा लेख्दा म निकै तनाव थिएँ । मैले गरेको गल्तीको लागि म माफी माग्न चाहन्छु ।
पारसले आफूलाई फसाउँन ठूलै कनेक्सन भएकाहरु लागि परेको आरोप लगाएका छन् र तिनीहरुले नै आफूलाई आफ्नो प्रेमिका माथि शंका गर्न बाध्य पारेको बताएका छन् । आफूलाई फँसाउन खोज्नेहरुले आफू नेपाल नफर्कोस भन्ने चाहेको भएर आफ्नो पक्षमा एक पनि साक्षी नरहोस् भनेर आफ्नै प्रेमिकामाथि शंका गर्ने वातावरण सृजना गरेको बताएका छन् ।
http://www.ratopati.com
No comments:
Write comments