प्रेमीले आफ्नो प्रेमिकालाई कसरी प्रेम प्रस्ताव राख्ला ? फुल दिएर, कुनै महत्वपुर्ण दिन पारेर, उसलाई मनपर्ने चीज दिएर ? पक्कै पनि सबैको आ–आफ्नै शैली हुन्छ । त्यस्तै चीनका एक युवकले अनौठो शैलीमा प्रेमिकालाई प्रेम प्रस्ताव राखे । एक कम्प्युटर इन्जिनियरले प्रेमिकालाई ९९ वटा आईफोन ६ एस को पान आकार बनाएर त्यस भित्र उनलाई प्रेम प्रस्ताव राखे । ८५ हजार २ सय ६६ डलर पर्ने ९९ वटा आईफोन पे्रमिकालाई प्रदान गरेका उनले प्रेमिकाबाट राम्रा जवाफ भने पाएनन् । मन पराएको मान्छेले प्रेम प्रस्ताव अस्वीकार गरेपछि उक्त प्रेमी आईफोन र हातमा भएको फुलहरु लिएर निराश भई बसे ।
No comments:
Write comments