top_rightads

Wednesday, October 29, 2014

युएईमा नेपाली महिला कामदारको कार दुर्घटनामा परी मृत्यु

 

युएईमा सेक्युरिटी सिस्टम कम्पनीमा कार्यरत सेक्युरिटी गर्दै किशा लामाको दुर्घटनामा परी मृत्यु भएको छ ।
मंगलबार दुबईको फुजेरामा भएको दुर्घटनामा परी नेपाली किशोरीको   मृत्यु भएको हो । काठमाडौँको बौद्धमा घर भै बिगत ५ महिना देखी युएई फुजेराको प्रोफेसनल सेक्युरिटी सिस्टम कम्पनीमा कार्यरत लामाको कारको ठक्कर बाट मृत्यु भएको हो ।
मंगलबार बिहान कोठाबाट कामतर्फ जाँदै गर्दा बाटो पार गर्ने क्रममा अर्को दिशाबाट आउँदै गरेको कारले ठक्कर दिदा लामाको मृत्यु भएको हो ।image-2
लामाको मृत्युबारे नेपाल सरकार अनविज्ञ रहेको भए पनि लामाका सहयोगीले दिएको जानकारी अनुसार उनको सव फुजेराको एक हस्पिटलमा राखिएको छ । कारले ठक्कर दिदा किशाको घटनास्थलमै मृत्यु भएको थियो ।

No comments:
Write comments