top_rightads

Sunday, December 7, 2014

भर्खरै प्राप्त समाचार अनुसार हावा र समुन्द्री छालका कारण डुंगा डुब्यो ७० जनाको मृत्यु

 

२२ मङ्सिर, एजेन्सी ।
यमनको पश्चिम तटीय क्षेत्रमा अफ्रिकी आप्रवासीहरु चढेको डुंगा डुब्दा कम्तिमा ७० जनाको मृत्यु भएको छ । तीव्र गतिको हावा र समुन्द्री छालका कारण डुंगा डुबेको अनुमान गरिएको छ ।




डुंगामा सवार अधिकांश व्यक्तिहरु इथियोपियाका नागरिकहरु रहेको यमनी अधिकारीले बताएका छन् । हरेक वर्ष यमन हुँदै हजारौँ अफ्रिकी नागरिकहरु रेड सी पार गर्ने गर्दछन् । यसक्रममा दर्जनौँ दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ ।
युरोप तथा मध्य एसिया प्रवेश गर्न खोज्ने हजारौँ अफ्रिकी नागरिकहरुका लागि यमन मुख्य प्रवेशद्धारका रुपमा चिनिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो १२ महिनामा युरोप प्रवेशका लागि निस्किएका आप्रवासीहरु सवार डुंगा दुर्घटनामा कम्तिमा दुई सयजनाको मृत्यु भइसकेको छ ।

No comments:
Write comments